काठमाडौ । प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मध्य कमाण्ड इञ्चार्ज सुदर्शन भनिने हेमन्तप्रकाश ओलीसहित नौ जना नेता कार्यकर्तालाई आज बिहान काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको छ ।

खानीखोला गाउँपालिका–७ मिल्चेस्थित बोरेनी नजिकै काभे्रपलाञ्चोक र ललितपुरको सिमानाबाट बा१७च ४८९३ नं को स्कारपियो गाडीमा ओलीसहितका नेता कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेल स्रोतले जनाएको छ । उनीहरुलाई दुई जिल्लाको सिमाना दुर्लङखोला पार गरेलगत्तै प्रहरीको विशेष ब्यूरो, महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले ‘सर्च÷अप्रेशन’का क्रममा पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार ओलीसहितको टोली काभे्रपलाञ्चोकबाट बिहान ललितपुर हुँदै काठामाडौँ जाँदै थियो । गाडीमै रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने अन्यमा धर्मराज राजबहाक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित तामाङ, शङ्कर अधिकारी, देव घिमिरे, सञ्जीव कार्की र लोकेन्द्र खड्का रहेका छन् । प्रहरी स्रोतका अनुसार ओलीले गत फागुन १० गते बेलुका ललितपुरको नक्खुस्थित एनसेल कार्यालय अगाडि बम विस्फोट गराउँदा एक जनाको मृत्यु तथा दुई जना घाइते भएको घटनाको जिम्मा लिएका छन् ।

काभ्रेपलाञ्चोककै रोशी गाउँपालिका–२ खहरेपाँगुस्थित काफलडाँडामा गत मङ्गलबार साँझ ‘सर्च’मा गएको महानगरीय अपराध अनुसन्धानको प्रहरी टोलीले विप्लव नेकपाका कार्यकर्ता मेची नगरपालिका–३ का ३३ वर्षीय शिव धिताल र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ नेवारटोलका ३३ वर्षीय विशाल तामाङलाई पक्राउ गरेको थियो । सो सर्च अप्रेशनका क्रममा ओली भाग्न सफल भएका थिए । सरकारले ध्वंसात्मक गतिविधिमा संलग्न भएको भन्दै विप्लव माओवादीलाई गत फागुन ३० गतेदेखि प्रतिबन्ध लगाएको हो ।

विदुर । नुवाकोट क्रिकेट संघको आयोजनामा आगामी बैशाख १५ देखी जिल्लाब्यापी बिद्यालयस्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन गरिने भएकोछ । त्यसको लागी आवश्यक तयारी अघि बढाइसकेको आयोजक जिल्ला क्रिकेट संघले शुक्रबार विदुरमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
केही महिना अघिमात्र बिद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिता सम्पन्न गरेको संघले त्यसको दुई महिना भित्र अर्को जिल्लास्तरी ठूलो प्रतियोगिताको रुपमा पुनः विद्यालयतहको क्रिकेटलाई प्रोत्साहन जगाउन विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागेको जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गाराज पाठकले जानकारी दिनुभयो ।

क्रिकेट खेलको मुख्य बेशलाइन नै विद्यालयतह भएको मध्येनजर गर्दै एकपछि अर्को विद्यालयस्तरीय प्रतियोगिता गर्न लागिएको अध्यक्ष पाठकले बताउनुभयो । उहाँको अनुसार नयाँ शैक्षिक सत्रको सुरुवाती समय भएको विद्यार्थीको पढाई प्रभावित नहोस भन्ने हेतु र नयाँ शैक्षिक सत्रमा उत्साहकको साथ अध्ययनमा केन्द्रित हुने विद्यार्थीलाई खेल प्रतिको आकर्षण बढाउनको लागी प्रतियोगितालाई महत्वको रुपमा हेरिएको छ ।

आगामी बैशाखमा गर्न लागिएको प्रतियोगितामा हालसम्म जिल्लामा सञ्चालन भएका प्रतियोगिताको भन्दा पुरस्कार राशी सर्वाधिक छ । प्रतियोगिताको बिजेताले नगद तीस हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र र क्रिकेट सामाग्री प्राप्त गर्नेछन् । यस्तै उपबिजेताले नगद बीस हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र र क्रिकेट सामाग्री प्राप्त गर्ने बताइएको छ ।

हेटौंडा । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमला जागरण अग्रज पत्रकारिता पुरस्कार–२०७५ बाट मंगलबार पुरस्कृत भएका छन् ।
स्टेट भिजन प्रालिद्वारा संचालित तु–खबर डटकमको दोस्रो वार्षिक उत्सव कार्यक्रमको अवसरमा धमलालाई १५ हजार राशिसहित उक्त पुरस्कार प्रदान गरिएको हो ।
लामो समयदेखि पत्रकारिताको क्षेत्रबाट मुलुकको सुशासन, विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै धमलालाई पुरस्कृत गरिएको हो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको हातबाट पत्रकार धमलालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले पत्रकार धमलाको चर्चित टेलिभिजन कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा आर्थिक क्रान्ति किन भएन भनेर बहस सुरु गर्नुपर्ने धारणा राखेका थिए ।
अध्यक्ष तिमल्सिनाले मुलुकको विकास र समृद्धिको लागि मिडियामा पत्रकार धमलाले नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने विश्वास दिलाए । उनले थपे,‘ऋषिजीले यो काम गर्न सक्नुहुन्छ, मलाई पूरा विश्वास छ।’
त्यस्तै प्रदेशन नम्बर ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले पत्रकार धमललाई देशको पत्रकारिताको नेताको रुपमा चित्रण गरे । उनले भने,‘ऋषिजी नेपाली पत्रकारिता जगतको नेता हो, उहाँले पत्रकारिताको माध्यमबाट देश विकासको लागि र सुशासन कायम गर्न अग्रणी भूमिका निर्वाह गर्नुभएको छ।’

उनले आजबाट विकास पत्रकारिताको नेतृत्वपनि धमलाले गर्ने विश्वास दिलाए । उनले भने,‘अहिले मुलुकको विकास र समृद्धिको लागि नीति कमजोर छ, अब ऋषिजीले यो विषय मिडियामार्फत उठाउनुपर्छ । फोकस गर्नुपर्छ । त्यो कुरा गर्न पत्रकारको नेता धमलाजी हो । उहाँले मात्रै गर्न सक्नुहुन्छ, अरुले गर्न सक्दैन् ।’

कार्यक्रममा प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले नेपालको हरेक परिवर्तनका आन्दोलनमा पत्रकार धमलाको अग्रणी भूमिका रहेको बताए ।
उनले भने,‘नेपालको परिवर्तनको आन्दोलनमा ऋषिजीको ठूलो भूमिका रहेको थियो, यो कुरा देशले कहिल्यै बिर्सन सक्दैन् । हरेक विषयमा धमलाजी पोख्त हुनुहुन्छ, उहाँ गतिशिल व्यक्तिव्य हो, एजेण्डा उठान गर्नमा धमलाजी अरु पत्रकार साथीहरुभन्दा धेरै अगाडि हुनुहुन्छ ।’

त्यस्तै प्रमुख प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहराज्यमन्त्री ईन्द्र बानियाँले पनि समग्र देशको विकासको लागि पत्रकार धमलाले खेलेको भूमिका महत्वपूर्ण र अतुलनीय रहेको भन्दै मुक्तकण्ठले प्रशंसा गरेका थिए । उनले थपे,‘पत्रकारिताको माध्यमबाट उहाँले खेलेको भूमिका धेरै महत्वपूर्ण छ, मुलुकको विकासको लागि उहाँले धेरै मेहनत गर्नुभएको छ । पत्रकारहरुको पनि उहाँ नेता नै हो ।’
यता, नेकपाका नेता एवम् राष्ट्रियसभा सदस्य रामनारायण विडारीले पनि पत्रकार धमलाले मुलुकको विकास र समृद्धिको लागि विभिन्न मिडियाका माध्यमबाट अग्रणी भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेका थिए ।
पुरस्कृत भएपछि सम्बोधन गर्दै पत्रकार धमलाले आफूले अब मुलुकको विकास र समृद्धिको लागि नै मिडियामार्फत सशक्त आवाज उठाउने विश्वास दिलाए ।

त्यस्तै उनले मुलुक विकास हुनबाट बञ्चित हुनु भनेको नै भ्रष्टाचार रोग भएकोले भन्दै अब भ्रष्टाचारलाई जरैदेखि उखेल्ने पनि आफूले सशक्त अभियान चलाउने स्पष्ट पारे ।
उनले भने,‘म रिपोर्टर्स क्लब र प्राईम टेलिभिजनमार्फत यो विषयमा गहन बहस तथा अन्तरक्रिया गर्नै प्रण गर्दछु, भ्रष्टाचार अन्न्तयको लागि मैले अभियान सुरु गरिसकेको छु, त्यस्तै मुलुकको विकासको लागि सुशासन अनिवार्य शर्त हो, यसमा पनि हामी पत्रकारहरु खरो उत्रिनुपर्छ ।’

उनले अब पत्रकारहरुले व्यवसायिक पत्रकारितामा बढि जोड दिनुपर्ने धारणा राखे । उनले भने,‘देश बनाउनेगरि पत्रकारिता गर्नुपर्छ, यो संकल्प हामीले राख्यौं भने धेरै परीवर्तन गर्न सकिन्छ।’ उनले मुलुकको विकास र समृद्धिको लागि आफूले राष्ट्रिय अभियान नै चलाउने घोषणा पनि गरे । धमलाले भ्रष्टाचार गर्नेलाई कारवाही गर्नुपर्ने पनि टिप्पणी गरे ।

फरक प्रसँगमा उनले प्रदेश नम्बर ३ को राजधानी हेटौंडा बनाउनको लागि आफूले पनि सहयोग गर्ने वचन दिए । उनले थपे,‘प्रदेश नम्बर ३ को राजधानी हेटौंडालाई बनाउन म सक्दो सहयोग गर्छु ।’
तु–खबर डटकमको प्रधानसम्पादक तथा अध्यक्ष गिरिजा अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष सम्माननीय गणेश तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा प्रदेश सभा सदस्य कुमारी मोक्तान, राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, जिल्ला समन्वय समितिका संयोजक रघुनाथ खुलाल, नेपाल पत्रकार महासंघ महासचिव रमेश विष्टलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा पत्रकार महासंघ ३ नं. प्रदेशका अध्यक्ष प्रताप बिष्ट, थाहा
नगरपालिकाका मेयर लबशेर बिष्ट, उद्योग वाणिज्य संघ मकवानपुरको अध्यक्ष
कृष्ण कटुवाल, उद्योग संघका अध्यक्ष नवराज अर्याल, पत्रकार महासंघ
मकवानपुरका अध्यक्ष हरि हुमागाई लगायतकाको उपस्थिति थियो ।

काठमाडौ । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक र विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै प्रहरीले अहिलेसम्म १७ नेता तथा कार्यकर्ता पक्राउ गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार उनीहरुलाई पक्राउ गरी कानूनी कारवाही थालिएको छ । उपत्यकाबाट पाँच कार्यकर्ता पक्राउ गरेको छ । घोषणअघि विभिन्न घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका थप नौ जनामाथि कारवाही जारी छ । पक्राउ पर्नेमा उक्त समूहका पोलिटब्यूरो सदस्य मोहन कार्कीसहित रहेका छन् । मुलुकभर नेपाल कम्युनिष्ट पार्टीको गतिविधिमाथि सुक्ष्म निगरानी गरी उच्च सतर्कता अपनाइएको तथा शान्ति सुरक्षा सबल र सुदृढ पारिएको सुवेदीले जानकारी दिनुभयो ।

सरकारले विप्लवको समूहसँग प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्न हुने व्यक्ति, संस्था र समूहलाई समेत कारवाही गर्ने निर्णय गरेको छ । विप्लव समूहका पछिल्ला गतिविधि राजनीतिकभन्दा पनि हिंसात्मक र आपराधिक देखिएको सरकारको निष्कर्ष छ । गृहमन्त्रालयले कानूनबमोजिम लिनुपर्ने इजाजत नलिई, नवीकरण नगराई वा इजाजतपत्र लिएको व्यक्तिको मृत्युपश्चात् हकवालाको नाममा नामसारी नगराइ वा अन्य जुनसुकै तरिकाले अवैध हातहतियार राखेको भए सरकारलाई बुझाउन चैत १ गतेदेखि लागू हुने गरी ३५ दिने सूचना जारी गरेको छ ।

विगतमा चन्दा आतङ्कदेखि अपहरण, बम विष्फोट र व्यक्ति कारवाहीका घटनामा उक्त समूह संलग्न रहेको प्रहरीले जनाएको छ । विप्लव समूहले यसअघि विभिन्न क्षेत्रमा बम विष्फोट गराउनेदेखि आपराधिक क्रियाकलाप सञ्चालन गर्दै आएको थियो । गत फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आपराधिक समूह भएको निष्कर्ष निकाल्दै उसका गतिविधिमाथि प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेको थियो ।

विदुर । नुवाकोट र रसुवालाई सेवा दिँदै आएको विदुर नगरपालिकामार्फत सञ्चालित दमकल बिग्रिएर थन्किएको छ । पानी जम्मा गर्ने रिजर्भ ट्याङ्की चुहिने भएपछि दुई जिल्लामा सेवा दिँदै आएको दमकल हाल नगर क्षेत्रभित्रका सडक पखाल्न प्रयोगमा ल्याइएको छ ।

आगलागी, डढेलोलगायतका अग्नि नियन्त्रणका लागि नुवाकोटका सबै स्थानीय तहसहित रसुवासम्म सेवा दिँदै आएको दमकल बिग्रिएपछि दुई जिल्ला दमकल सेवाविहीन भएका हुन् । नगरपालिकामार्फत सञ्चालित दमकल बिग्रिएपछि दुई जिल्लाका १७ स्थानीय तहमा दमकल सेवा नहुँदा अहिलेको हिउँद तथा सुख्खायाममा आगलागाी भएमा ठूलो क्षति पुग्ने जोखिम देखिएको छ ।

दमकलको पानीट्याङ्की चुहिने भएर ‘बिग्रिएकाले मर्मत नभएसम्मका लागि सेवा दिन नसक्ने’ सूचना नगरपालिकाले गत शुक्रबार जारी गरेको छ । नगरपालिका प्रमुख सञ्जु पण्डितका अनुसार दमकलको ट्याङ्कीबाट पानी चुहिएर प्रयोग गर्न नमिल्ने भएकाले ममर्तका लागि पठाउन लागिएको छ । “प्राविधिक अध्ययनमा मर्मतका लागि रु १० लाख लाग्ने अनुमान छ”, प्रमुख पण्डितले भन्नुभयो, “मर्मतका लागि खर्च अभाव र कम्तीमा एक महीना समय लाग्ने देखिएकाले अहिलेको सुक्खायाममा के गर्ने अन्योलमा परेका छौँ ।”

विसं २०५६ मा चीन सरकारबाट अनुदान प्राप्त उक्त दमकल बनाउन कहाँ पठाउने निर्णय हुन बाँकी छ । गत शुक्रबारदेखि उक्त दमकललाई नगर क्षेत्रभित्रका सडकको धुलो पखाल्न प्रयोगमा ल्याइएको छ । यो वर्षको मङ्सिरदेखि फागुन अन्तिमसम्म नुवाकोटका सात स्थानमा आगलागी हुँदा करोडौँ मूल्य बराबरको धनमाल र केही पशुचौपाया मरेका थिए ।

विदुर नगरपालिकामार्फत सञ्चालित दमकल बिग्रिएपछि सडकको धुलो पखाल्नको लागी प्रयोग गरिदै ।

रामहरि न्यौपाने,
नुवाकोट । ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत पहिलो शेयर माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजना (नुवाकोट र रसुवामा निर्माणाधीन)ले निष्काशन गर्ने भएको छ । यही चैत ७ गतेदेखि सर्वसाधारणका लागि शेयर आवेदन खोल्न लागिएको आयोजना प्रमुख आनन्द ढुङ्गेलले जानकारी दिनुभयो ।

सैँतीस मेगावाट क्षमताको उक्त आयोजनाले गत फागुन २ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलो चरणमा आम सर्वसाधारणका लागि शेयर खुला गर्न लागेको हो । मन्त्रालयले ४९ प्रतिशत जनताको शेयर सुनिश्चित गर्न तथा शुरुमा १० प्रतिशत शेयर दिने गरी रु एक खर्ब बराबरको विभिन्न १९ आयोजनाको शेयर जनतालाई दिने सार्वजनिक गरेको थियो । सोही आधारमा कम्पनीको जारी पूँजी रु दुई अर्ब ४७ करोड को १५ प्रतिशत अर्थात रु ३७ करोड पाँच लाख बराबरको रु. १०० अङ्कित दरको ३७ लाख पाँच हजार साधारण सेयरमध्ये ३ प्रतिशत कम्पनीका कर्मचारीका लागि छुट्याई बाँकी ३५ लाख ९३ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ ।

“बिहीबार खुला गर्ने शेयर छिटोमा चैत १२ र ढिलोमा वैशाख ६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था मिलाउन लागिएको छ”, आयोजना प्रमुख ढुङ्गेलले भन्नुभयो, “एक व्यक्तिले बढीमा एक हजार कित्तासम्म आवेदन दिन पाउने शेयरको मूल्य रु १०० अङ्कितमा त्यसको १० प्रतिशत हुन आउने रु १० मात्र तोकिएको छ ।”

जनताको जलविद्युत् कार्यक्रमका लागि तय गरिएको प्रावधानअनुसार जलविद्युत् आयोजनाको इक्विटी (स्वपूँजी) मध्ये ४९ प्रतिशत जनतालाई दिने तथा त्यसमध्ये १० प्रतिशत पहिलो चरणमा जनतासँग शेयर आह्वान गर्ने व्यवस्था भए पनि त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको प्रबन्धपत्रमा भएको व्यवस्थाअनुसार १५ प्रतिशत शेयर सर्वसाधारणका लागि जारी गर्ने तयारी पूरा गरेको कम्पनीका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमले जानकारी दिनुभयो ।

गत वर्षको फागुनदेखि निर्माण थालिएको उक्त अयोजना विसं २०७८ फागुन १७ भित्र सम्पन्न गर्ने लक्ष्य छ । आयोजना निर्माणमा रु आठ अर्ब २२ करोड ७४ लाख ४१ हजार (निर्माण अवधिको ब्याजसमेत) लाग्ने प्रक्षेपण छ । जसमा आयोजनाको प्रवद्र्धक नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको समान ३०–३० प्रतिशत, प्रभावित जिल्ला (नुवाकोट र रसुवा) का स्थानीय तह पाँच प्रतिशत, प्रभावित जिल्लाका स्थानीय बासिन्दा १० प्रतिशत, विद्युत् प्राधिकरण र दूरसञ्चार कम्पनीका कर्मचारीका लागि (शेयरधनी सम्झौता भएको बखत विसं २०६८ वैशाख २९ गतेदेखि शेयर निष्काशन गरेको बखतसम्म कार्यरत स्थायी कर्मचारीलाई संस्थाको कर्मचारी सङ्ख्याका आधारमा समानुपातिक रुपमा वितरण हुनेगरी) पाँच प्रतिशत, जलविद्युत् आयोजनामा लगानी गर्ने उद्देश्यले प्रभावित जिल्ला (नुवाकोट र रसुवा) का बासिन्दाले स्थापना गरेका कम्पनीको लागि पाँच प्रतिशत एवं आमसर्वसाधारणका लागि १५ प्रतिशत (सो को तीन प्रतिशत त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका कर्मचारीका लागि संरक्षित) शेयर सुनिश्चित गरिएको छ ।

विसं २०७२ जेठ २४ मा विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरेको उक्त आयोजनाले विसं २०७४ भदौ ६ मा विद्युत् खरीदबिक्री सम्झौता (पिपिए) र २०७५ भदौ ४ मा ऋण सम्झौता (सिएफए) गरेको थियो । आयोजनाले हालसम्म साइट आवास, कार्यालय भवन, जग्गा अधिग्रहण, टेस्ट अडिट टनेल, पहुँच मार्गसम्मको अधिन, वन क्षेत्रको प्रयोग र रुख कटानलगायतका कार्य सम्पन्न गरिसकेको छ । उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनसम्म पु¥याउन उत्पादनगृहदेखि थ्री ‘बी’ हबसम्म जडानका लागि लैजान आवश्यक पर्ने तीन किमी दूरीको १३२ केभी प्रसारण लाइन निर्माणकार्य हाल जारी रहेको छ ।

समग्रमा आयोजनाको भौतिक प्रगति २९ प्रतिशत र वित्तीय प्रगति १२ प्रतिशत छ । आयोजना निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी सिचुवान एन्हे हाइड्रोलिक तथा हाइड्रोइलेक्ट्रिक इञ्जिनीयरिङ कम्पनीमार्फत भइरहेको छ ।

सरोज लामा,
विदुर । नुवाकोटमा होली पर्वको अवसरमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको छ । दुप्चेश्वर गाउँपालिकाको आयोजनामा यहि चैत ६ गतेदेखि ९ गतेसम्म ‘दोश्रो दुप्चेश्वर कप खुल्ला राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता सञ्चालन गर्न लागिएको मूल आयोजक दुप्चेश्वर गाँउपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो ।

उहाँको अनुसार प्रतियोगिता सञ्चालनको लागी आवश्यक सबै तयारी पूरा भइसकेकाले अहिले समूह दर्ताको प्रक्रिया चलिरहेको छ ।
दुप्चेश्वर गाँउपालिका–५ स्थित बालकुमारीमा रहेको कल्याण माध्यामिक बिद्यालयमा सञ्चालन हुने प्रतियोगितामा पहिलो हुने समूहलाई एक लाख २५ हजार, दोश्रो हुनेलाई ७५ हजार, तेश्रो हुनेलाई ५० हजार र सात्वना स्थान हासिल गर्नेलाई २५ हजार रुपैयाँ नगद सहित शिल्ड, मेडल र ट्रफि प्रदान गरिने भएको छ ।

यसैगरी, प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई पाँच हजार रुपैयाँ र उत्कृष्ट स्पाइकर, उत्कृष्ट सटर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट सरभरलाई समेत जनही तीन हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

आयोजकले सहभागी हुने खेलाडी तथा क्बललाई यही चैत ५ गतेसम्म नाम दर्ता गर्न सूचना जारी गरेको छ । दर्ता हुन पाँच हजार रुपैयाँ शुल्क तोकिएको छ । एउटा टोलीमा नौ जना खेलाडी, एक जना टिम मेनेजर र एक जना प्रशिक्षक समेत गरी ११ जनाको लागी खाना र बाँसको ब्यवस्था आयोजकले नै मिलाएको प्रतियोगिता सञ्चालनका संयोजक बिक्रम थापाले जानकारी दिनुभयो ।

उहाँको अनुसार यही चैत ६ गते फागुपूर्णिमा पर्वदेखि सुरु हुने प्रतियोगिता चैत ९ गतेसम्म चल्नेछ । दुप्चेश्वर गाँउपालिकाको आयोजनामा पहिलो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७४ सालमा सञ्चालन गरिएको थियो ।

काठमाडौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालको विकास, समृद्धि र राष्ट्रियतासम्बन्धी गीति एल्बम बजारमा आउने भएको छ ।

उहाँको दोस्रो गीति एल्बम ‘परिवर्तनका स्वरहरु भाग २’ मिलन तिमल्सिनाको सङ्गीत र विभिन्न गायकगायिकाको स्वरमा यही चैत ९ गते प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीबाट सार्वजनिक हुने जनसांस्कृतिक महासङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पूर्वप्रधानमन्त्री खनालले आफूले विसं २०६२÷६३ को आन्दोलनपछि यता देशप्रेम, विकास, निर्माण, समृद्धि, गृह जिल्ला इलामका सन्दर्भहरुमा लेखिएका गीतहरु समावेश गरिएको जनाउँदै आन्दोलनको चरण सकिएकाले अब साहित्यकारले विकास र निर्माणका लागि कमल चलाउनु पर्नेमा जोड दिनुभयो ।

खनालको पहिलो गीति एल्बम ‘परिवर्तनका स्वरहरु भाग १’ २०६५ सालमा सार्वजनिक भएको थियो ।

महासङ्घका अध्यक्ष सरल सहयात्री र खगेन्द्र राईले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा राजनीतिक कामको व्यस्त तालिकाबाट समय निकालेर साहित्य, कला र संस्कृतिमा कलम चलाएर नेता खनालले यस क्षेत्रलाई कार्यसूचीमा राखेको पाइनु सकारात्मक रहेको बताउनुभयो ।

अनेकोटमा सांस्कृतिक दिवस :

महासङ्घले सशस्त्र युद्धकालमा जनकलाकारहरुको हत्या गरिएको स्थल काभ्रेको अनेकोटका मङ्गलबार कलाकारहरुको सम्मानसहित सांस्कृतिक दिवस मनाउने भएको छ ।

विगतमा तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट सांस्कृतिक महासङ्घले चैत ५ गतेलाई सांस्कृतिक दिवस मनाउने गरेकामा नेकपा (एमाले) सँगको एकतापछि र पार्टी सरकारमा भएको स्थितिमा सांस्कृतिक दिवस मनाउन लागिएको महासङ्घका महासचिव प्रेमनाथ अधिकारीले जानकारी दिनुभयो । विसं २०५५ चैत ५ गते सात जना जनकलाकारको हत्या भएको थियो ।

काठमाडौ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि प्रदेश नं ३ बाट जिम्न्याष्टिक खेलाडी छनोट भएका छन् ।

समान ६–६ पुरुष÷महिला गरी १२ खेलाडी छनोट भएको प्रदेश ३ खेलकूद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जानकारी दिनुभयो । छनोट हुने पुरुष खेलाडी भक्तपुरका उज्ज्वल तिवारी, त्रिदेव गिरी, सत्यनारायण मानन्धर, मनीष भैल र विवेक पौन तथा काठमाडौँका पिजः महर्जन रहेका छन् ।

त्यस्तै महिलामा तारा शिवाकोटी, जेनिशा थापा, प्रकृति थापा मगर, शौभाग्य कोजु, सविक्षा सुवाल र रिजु रञ्जित छन् । शौभाग्य र रिजु ललितपुरका हुन् भने बाँकी पाँचै खेलाडी भक्तपुरका हुन् ।

सुटिङ ः महिला एयर राइफलमा सुस्मिता नेपाल र जुनु घिसिङ तथा एयर पेस्तोलमा सङ्गीता गुरुङ कार्की र रुविना श्रेष्ठ छनोट भए । पुरुष एयर राइफलमा कृष्ण घोरासैनी र दीपक थापा तथा एयर पेस्तोलमा विपेश खड्का र उत्कर्ष थापा छानिए ।

कराते ः पुरुषतर्फ ५० केजीमा काभ्रेका साजन मोक्तान, ५५ केजीमा सिन्धुपाल्चोकका विजय श्रेष्ठ, ६० केजीमा रामेछापका फिन्चोक दोर्जे लामा, ६७ केजीमा मकवानपुरका आशिष थापा, ७५ केजीमा चितवनका किशोर लामा, ८४ केजीमुनि चितवनका रमेश तामाङ र ८४ केजीमाथि ललितपुरका विपिनराज सिंह छनोट भए । पुरुष एकल कातामा ललितपुरका युनोज महर्जन तथा टिममा रामेछापका विमल मगर, दीक्षित थापा र आदर्श लामा छानिए ।

महिला ४५ केजीमा काभ्रेकी मीना ब्लोन, ५० केजीमा नुवाकोटकी सविना श्रेष्ठ, ५५ केजीमा दोलखाकी रोजिता ढुङ्गेल, ६१ केजीमा काभ्रेकी सुनिता ब्लोन, ६८ केजीमुनि काभ्रेकी निरुपा तामाङ र ६८ केजीमाथि काठमाडौँकी कृशा शेर्पाले राष्ट्रिय खेलकूदमा प्रतिस्पर्धा गर्नेछन् । कृषा एकल कातामा सफल भइन् । महिला टिम कातामा ललितपुरका मीरा खाती, रेश्मा सुनुवार र रुजा कालीकोटे छनोट भए ।

काठमाडौ । पूर्वमुमा बडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाह स्वास्थ्य लाभ गरी यही सोमबार अस्पतालबाट फिर्ता हुनुभएको छ । यही फागुन २१ गते स्वास्थ्योपचारका लागि उहाँ नर्भिक अस्पताल भर्ना हुनु भएको सो अस्पतालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह एवम् पूर्वमुमा बडामहारानीको स्वास्थ्योपचारको क्रममा सहयोग पु¥याउने नर्भिक अस्पतालका चिकित्सक, कर्मचारी, व्यवस्थापन र शीघ्र स्वास्थ्य लाभको कामना गर्ने सबै शुभेच्छुकलाई धन्यवाद दिइएको अस्पतालका नायब महाप्रबन्धक आरपी मैनालीद्वारा विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौ । नेपाल पत्रकार महासङ्घले यही चैत १६ गते ६४औँ स्थापना दिवस विविध मौलिक तथा रचनात्मक कार्यक्रम गरी मनाउन देशभित्र र बाहिरका सबै प्रदेश, शाखा र एशोसिएट समितिलाई निर्देश गरेको छ ।

सो अवसरमा महासङ्घका पूर्व पदाधिकारी सम्मान, शाखा सम्मान, जोखिम, सङ्कट तथा कठिन अवस्थाको रिपोर्टिङ अनुभवको प्रस्तुतीकरण प्रतियोगिता, पूर्व अध्यक्ष तथा सभापतिहरुसँग अन्तरसंवाद, मैत्रीपूर्ण फूटसल प्रतियोगिता तथा निःशुल्क स्वास्थ्य शिविरजस्ता कार्यक्रम गर्ने निर्णय भएको महासचिव रमेश विष्टले जानकारी दिनुभयो । महासङ्घका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा आज बसेको केन्द्रीय समितिको बैठकले गत फागुन ९ र १० गते कास्कीको पोखरामा आयोजित केन्द्रीय साधारणसभाका निर्णय, निर्देशन तथा विशेष प्रस्ताव कार्यान्वयनका लागि विस्तृत कार्ययोजना बनाइ आवश्यक पहल गर्ने निर्णय पनि गरेको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासङ्घले आगामी मे २ र ३ तारिखमा मनाउने राष्ट्रिय प्रेस स्वतन्त्रता सम्मेलनमा महासङ्घका सबै पूर्वअध्यक्ष तथा सभापति, महासङ्घले हालसम्म घोषणा गरेका प्रेस स्वतन्त्रता सेनानी तथा सरोकारवाला संस्थाका प्रतिनिधिको सहभागिता रहनेछ । सो अवसरमा सबै प्रेस स्वतन्त्रता सेनानीलाई परिचयपत्र र प्रतीक चिह्न प्रदान गरिनुका साथै प्रेस स्वतन्त्रता सेनानी सम्मानसमेत गरिनेभएको छ ।

पोखरा । कास्कीको मादी गाउँपालिका–३, याङ्जाकोटमा कुखुरामा बर्डफ्लू भेटिएको छ । स्थानीय सन्तु परियारले पालेका कुखुरामा बर्डफ्लू भेटिएको भेटेरेनरी अस्पताल पोखराका पशु चिकित्सक शहदेव पौडेलले जानकारी दिनुभयो ।

सङ्क्रमित क्षेत्रलाई हाल चार किल्ला कायम गरिएको र त्यहाँ रहेका कुखुरा, चल्ला एवम् पक्षीजन्य पदार्थ पूर्णरुपमा नष्ट गरिने प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमित क्षेत्रबाट कुखुरा र कुखुराजन्य वस्तु ओसारपसार गर्न रोक लगाइएको र जिल्ला प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ ।
यसअघि, मकवानपुर, काठमाडौ लगायतको जिल्लामा पनि बर्डफ्लु रोग देखिएको थियो ।