विदुर । नुवाकोट र रसुवालाई सेवा दिँदै आएको विदुर नगरपालिकामार्फत सञ्चालित दमकल बिग्रिएर थन्किएको छ । पानी जम्मा गर्ने रिजर्भ ट्याङ्की चुहिने भएपछि दुई जिल्लामा सेवा दिँदै आएको दमकल हाल नगर क्षेत्रभित्रका सडक पखाल्न प्रयोगमा ल्याइएको छ ।

आगलागी, डढेलोलगायतका अग्नि नियन्त्रणका लागि नुवाकोटका सबै स्थानीय तहसहित रसुवासम्म सेवा दिँदै आएको दमकल बिग्रिएपछि दुई जिल्ला दमकल सेवाविहीन भएका हुन् । नगरपालिकामार्फत सञ्चालित दमकल बिग्रिएपछि दुई जिल्लाका १७ स्थानीय तहमा दमकल सेवा नहुँदा अहिलेको हिउँद तथा सुख्खायाममा आगलागाी भएमा ठूलो क्षति पुग्ने जोखिम देखिएको छ ।

दमकलको पानीट्याङ्की चुहिने भएर ‘बिग्रिएकाले मर्मत नभएसम्मका लागि सेवा दिन नसक्ने’ सूचना नगरपालिकाले गत शुक्रबार जारी गरेको छ । नगरपालिका प्रमुख सञ्जु पण्डितका अनुसार दमकलको ट्याङ्कीबाट पानी चुहिएर प्रयोग गर्न नमिल्ने भएकाले ममर्तका लागि पठाउन लागिएको छ । “प्राविधिक अध्ययनमा मर्मतका लागि रु १० लाख लाग्ने अनुमान छ”, प्रमुख पण्डितले भन्नुभयो, “मर्मतका लागि खर्च अभाव र कम्तीमा एक महीना समय लाग्ने देखिएकाले अहिलेको सुक्खायाममा के गर्ने अन्योलमा परेका छौँ ।”

विसं २०५६ मा चीन सरकारबाट अनुदान प्राप्त उक्त दमकल बनाउन कहाँ पठाउने निर्णय हुन बाँकी छ । गत शुक्रबारदेखि उक्त दमकललाई नगर क्षेत्रभित्रका सडकको धुलो पखाल्न प्रयोगमा ल्याइएको छ । यो वर्षको मङ्सिरदेखि फागुन अन्तिमसम्म नुवाकोटका सात स्थानमा आगलागी हुँदा करोडौँ मूल्य बराबरको धनमाल र केही पशुचौपाया मरेका थिए ।

विदुर नगरपालिकामार्फत सञ्चालित दमकल बिग्रिएपछि सडकको धुलो पखाल्नको लागी प्रयोग गरिदै ।

16.49¡ÆC