गरिब तथा विपन्न वर्गले अब निःशुल्क विद्युत मिटर पाउने

काठमाडौ । आर्थिक अवस्था कमजोर भएका नागरिकलाई सरकारले निःशुल्क रुपमा विद्युत्को मिटर वितरण गर्न थालेको छ ।

चालू आर्थिक वर्षको बजेटमा समेत आर्थिकरुपमा विपन्न समुदायलाई निःशुल्क रुपमा मिटर दिने व्यवस्था गरिएको छ । सोही व्यवस्थालाई देशव्यापी रुपमा नै कार्यान्वयन गर्न थालिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

अभियानकै रुपमा मिटर वितरण गर्ने कार्यलाई नेपाल विद्युत् प्राधिकरणले आना वितरण केन्द्रमार्फत् शुरु गरेको छ । प्राधिकरणले मुलुकभर रहेका आफ्ना वितरण केन्द्रमार्फत् विपन्न वर्गलाई निःशुल्क मिटर जडान शुरु गरेको जानकारी दिएको छ ।

विपन्न वर्गले प्राधिकरणको मापदण्डअनुसारको पाँचदेखि ३० एम्पिएर क्षमताको बक्ससहितको सिङ्गल फेज विद्युत् मिटर, एमसिबी बक्स निःशुल्क पाउने छन् । प्राधिकरणले मिटर जडानका लागि सेवा शुल्क लिँदैन । सम्बन्धित स्थानीय तहले उपलब्ध गराएको विपन्न वर्गको सिफारिसका आधारमा प्राधिकरणले निःशुल्क मिटर जडान गरिदिने छ ।

मिटरको रु एक हजार ९३५, एमसिबीको मूल्य, अधिकतम दुईवटा पोल (करीब १०० (मिटर) सम्मको सर्भिस केबल, जडान गर्दा लाग्ने सेवा शुल्कसहित नयाँ मिटर जडान गर्दा लाग्ने जम्मा रु तीन हजारदेखि तीन हजार ५०० बराबरको सामान वर्गले निःशुल्क पाउने छन् । यो रकम जुटाउन नसक्दा त्यस्ता समुदायले चोरीमार्फत् विद्युत् प्रयोग गर्दै आएका थिए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकभर रहेका वितरण केन्द्रका सञ्जालमार्फत विभिन्न वर्गलाई निःशुल्क वितरण भइरहेको जानकारी दिनुभयो । “पैसा अभावमा मिटर राख्न नसकेपछि विपन्न वर्गले हुकिङ गरी विद्युत् प्रयोग गर्दै आएका थिए, निःशुल्क मिटर वितरणपछि चोरी नियन्त्रण भई विद्युत् चुहावट घट्ने र अनाधिकृत प्रयोगमार्फत् हुने विद्युतीय दुर्घटना कम हुने छ”, घिसिङले भन्नुभयो, “यस कार्यक्रमले विद्युत्को पहुँच विपन्न वर्गसम्म विस्तार भएको छ ।”

सरकारले चालू आवमा विपन्न वर्गलाई निःशुल्क मिटर जडान कार्यक्रम कार्यान्वयन गर्न रु ४० करोड विनियोजन गरेको छ । सरकारले उपलब्ध गराएको रकमलाई प्राधिकरणले आफ्ना आठ क्षेत्रीय कार्यालयलाई रु पाँच÷पाँच करोडका दरले बाँडफाँट गरेको थियो । क्षेत्रीय कार्यालयले प्राप्त रकमलाई विपन्न वर्गको सङ्ख्याका आधारमा शाखा कार्यालयलाई बाँडफाँट गरेका छन् ।

प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालयका निर्देशक ओमप्रकाश महतोले निःशुल्क मिटर जडान कार्यक्रम प्रभावकारी देखिएको र लक्षित समुदायबाट राम्रो प्रतिक्रिया प्राप्त भएको जानकारी दिनुभयो । कार्यालयले तीन हजारभन्दा बढी घरधुरीमा निःशुल्क मिटर जडान गरिसकेको छ ।

माथिल्लो त्रिशूली थ्री बीको सेयर वितरण (कसलाई कति पर्यो विस्तृतमा)

काठमाडौ । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत पहिलो आयोजनाको रुपमा अघि बढ्न लागेको ३७ मेगावाट उत्पादन क्षमताको माथिल्लो थ्री बी जलविद्युत आयोजनाले आज सेयर बाँडफाँट गरिएको छ।

नेपाल धितोपत्र बोर्डले उक्त आयोजनाका लागि ३७ लाख ५ हजार कित्ता सेयर निस्कासनको अनुमति दिएको थियो। जसमध्ये ३ प्रतिशत सेयर कर्मचारीका लागि छुट्याइएको छ। बाँकी ३५ करोड ९३ लाख ८ हजार ५ सय रुपैयाँ बराबरका ३५ लाख ९३ हजार ८ सय ५० कित्ता सेयर पहिलो किस्ताका रुपमा १० रुपैयाँका दरले सर्वसाधारणका लागि बाँडिएको हो।

सबै योग्य आवदेकले २० कित्ता सेयर पाएका छन्। १ लाख ५४ हजार ५ सय ५९ कित्ता सेयर आवेदकलाई प्रति २० कित्ताका दरले ३० लाख ९१ हजार १ सय ८० कित्ता सेयर वितरण भएको छ। बाँकी ५ लाख २ हजार ६ सय ७० कित्ता सेयर बाँडफाँट गोलाप्रथाका आधारमा भएको हो। जसअनुसार ५ हजार २ सय ६७ जना आवेदकले थप १० कित्ता सेयर पाएका छन्।

उक्त आयोजनको सेयर बिक्री खुला चैत ७ गतेदेखि ११ गतेसम्म भएको थियो।

पहिलो आवेदकका रुपमा सेयर भरेका प्रधानमन्त्री ओलीलाई २० कित्ता सेयर परेको छ। त्यसैगरी ऊर्जामन्त्री तथा ऊर्जा मन्त्रालयका सचिवलाई पनि समान २० कित्ता मात्रै परेको बिक्री प्रबन्धकको जिम्मा पाएको ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ।

प्रधानमन्त्री ओलीले आयोजनामा १ लाख रुपैयाँ बराबरका १० हजार कित्ता सेयरका लागि आवेदन दिएका भए पनि २ सय रुपैयाँ बराबरको २० कित्ता सेयर मात्रै परेको हो।

त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले पहिलो किस्ताका रुपमा प्रतिकित्ता १० रुपैयाँमा मात्रै सेयर निकासा गरेको थियो।

मध्येरातमा प्रश्नपत्र बाहिरिएपछि विज्ञान विषयको एसइई रद्द

काठमाडौ । प्रदेश २ मा बिहीबार भएको विज्ञान विषयको परीक्षा रद्द गरिएको छ। परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको सूचना पाएपछि रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए। रद्द भएको परीक्षा आगामी चैत २२ गते हुने उनले बताए।

‘२१ गते सबै विषयको परीक्षा सकिन्छ, त्यसपछि चैत २२ गते पुनः परीक्षा हुने गरी प्रदेश २ मा पुनः विज्ञान विषयको परीक्षा हुने समय तालिका तोकेका छौं,’ उनले भने। बोर्डको आकस्मिक बैठकले प्रश्नपत्र बाहिरएकोबारे छानबिन गर्न ४ सदस्यीय टोली गठन गरेको छ।

बोर्ड सदस्य अमोदा श्रेष्ठको संयोजकत्वमा छानविन टोली गठन भएको छ। प्रदेश २ का दुई सय ६२ परीक्षा केन्द्रमा ७० हजार ५ सय ६८ विद्यार्थी परीक्षामा सहभागी थिए।

सप्तरी जिल्लाको परीक्षा केन्द्रबाट प्रश्नपत्र आउट भएको प्रारम्भिक अनुमान गरिएको छ। बिहान ८ बजे परीक्षा सुरु हुनु अगावै प्रश्नपत्र बाहिरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलेले जानकारी दिए।

प्रश्नपत्र बाहिरिएको पुष्टि भएपछि जिल्ला परीक्षा समन्वय समिति सप्तरीले विज्ञान विषयको परीक्षा रद्द गर्न सिफारिश गरेको थियो।

बोर्डले प्रदेश २ भित्रका सबै जिल्लाको परीक्षा रद्दको निर्णय गरेको हो। छानविन टोलीले विस्तृत अध्ययन गरेर प्रश्नपत्र बाहिरएकोबारे प्रतिवेदन दिने बोर्डले जनाएको छ।

सकियो कर्मचारी समायोजन, टुङ्गिएन कर्मचारी अभाव

काठमाडौ । सरकारले संघीय संरचना अनुसार कर्मचारीको समायोजन सकिएको घोषणा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघीय संरचना अनुसार कर्मचारी समायोजनको काम सम्पन्न गरिएको जानकारी गराएको हो।

मन्त्रालयका अनुसार एक लाख ३५ हजारभन्दा बढी कर्मचारी समायोजन भएका कर्मचारी समायोजनका क्रममा स्वास्थ्य सेवाका ६ सय ५७ जना कर्मचारी भने फाजिलमा परेका छन्।
कर्मचारी समायोजन अनुसार सबैभन्दा बढी कर्मचारी स्थानीय तहमा परिचालन गरिएको छ। स्थानीय तहमा ६६ हजार ९ सय ८ जना कर्मचारी समायोजन गरिएको हो। त्यसैगरी प्रदेशमा २२ हजार ७ सय ९७ र संघमा ४८ हजार ४ सय ९ जना कर्मचारी समायोजन गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। स्वास्थ्य सेवा अन्तर्गत स्थानीय तहमा २२ हजार १ सय ७६, प्रदेशमा २ हजार ३ सय ९४ र संघमा २ हजार ७५ जना कर्मचारी समायोजन भएका छन्।

संवैधानिक व्यवस्था अनुसार संघीय संरचनाका लागि सबै कर्मचारी समायोजनको काम सकिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिए। उनले केही प्राविधिक कर्मचारीहरु अभाव भए करारमा लिएर काम चलाउन प्रदेश र स्थानीय तहलाई पत्राचार गरिएको पनि बताए।

सरकारले यही आर्थिक वर्षभित्र आवश्यक सबै कर्मचारीहरुको व्यवस्था गर्ने योजना पनि अघि सारेको छ। देशका विभिन्न स्थानीय तहमा कर्मचारीहरुको अभाव भइरहेको गुनासो आइरहेका बेला मन्त्री पण्डितले चालू आर्थिक वर्षभित्र आवश्यक सबै कर्मचारीहरुको व्यवस्था हुने गरी परीक्षा लिन लोकसेवा आयोगलाई निर्देशन दिएको पनि बताए। अब लोकसेवा आयोगले तत्काल २० हजार विभिन्न तहको कर्मचारीको लागि लोकसेवा आयोग आवेदन खुला गर्नेछ। सोही आयोगको परीक्षा पास गरेकाहरुबाट आवश्यक कर्मचारीको व्यवस्था गर्ने मन्त्री पण्डितको योजना छ।

मन्त्री पण्डितले कर्मचारीहरुको व्यवस्थापनका लागि प्रदेश लोक सेवा आयोग गठन नभएसम्म संघीय लोकसेवा आयोगले नै संघ, प्रदेश र स्थानीय तहको कर्मचारी व्यवस्थापनका लागि परीक्षा लिने काम गर्ने पनि बताए।

भूकम्पपछिको झण्डै चार वर्ष : निजी आवास पुनःनिर्माणको गति सुस्त

काठमाडौ ।  भूकम्पले क्षति भएको चार वर्ष बितिसक्दा पनि तारकेश्वर नगरपालिकामा हालसम्म २३ प्रतिशत मात्रै निजी आवास पुनःनिर्माण गरिएको छ ।

सानो क्षेत्रफलमा बनेका घर, बहुस्वामित्वका घर, जग्गाधनी पूर्जा नभएका, गुठीको जग्गामा बनेका घर र क्षतिग्रस्त घर भत्काउँदासँगै रहेका घरलाई समेत क्षति पुग्ने भएकाले त्यस्ता घरलाई के गर्ने भन्ने स्पष्ट नीति नभएकाले निजी आवास पुनःनिर्माण अघि बढ्न नसकेको नगर प्रमुख रामेश्वर बोहोराले बताउनुभयो ।

नगरपालिकामा पुनःनिर्माणको जम्मा लाभग्राही सङ्ख्या छ हजार १५१ लाभग्राही रहेकामा एक हजार ४५७ लाभग्राहीले मात्रै निजी आवास निर्माण सकेको कार्यालयले जनाएको छ । प्रवलीकरणबाट सजिलै पुनःनिर्माणमा जान सकिए पनि पुनःनिर्माणबाट प्रवलीकरणमा जान सजिलो छैन ।

पुनःनिर्माणका लागि थप रकम सरकारले दिने अनुदानभन्दा धेरै रकम जुटाउनुपर्ने र प्रवलीकरणका बारेमा स्थानीयवासी नै स्पष्ट हुन नसकेका कारण निजी आवास पुनःनिर्माणको गति सुस्त भएको नगरपालिकाका वरिष्ठ इञ्जिनीयर शशि गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल नगरपालिकामा पहिलो किस्ता लिने पाँच हजार १६९ र दोस्रो किस्ता लिने एक हजार ७९२ लाभग्राही रहेको छ । त्यस्तै तीन हजार ४०० लाभग्राहीले पहिलो किस्तावापतको रु ५० हजार अनुदान लिएर निजी आवास पुनःनिर्माण शुरुआत नै गरेका छैनन् । धेरैजसो घर गुठी जग्गामा बनेका थिए ।

धेरैले प्रवलीकरणलाई सामान्य मर्मत गरे पुग्छ भनेरै पुनःनिर्माणबाट प्रवलीकरणा आउन चाहदैनन् । एक व्यक्तिले विविध कारण देखाइ निजी आवास पुनःनिर्माणस्वरुप लिएको पहिलो किस्ता रु ५० हजार फिर्ता गरेको कार्यालयले जनाएको छ ।

राष्ट्रियसभा : हिउँदे अधिवेशन सकियो

काठमाडौ ।  राष्ट्रियसभाको चालु हिउँदे अधिवेशन आजदेखि समापन भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चालू हिउँदे अधिवेशन समापन भएको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा बैठकमा पढेर सुनाउनुभयो । बैठकमा अध्यक्ष तिमिल्सिनाले तेस्रो अधिवेशन अवधिभर भएका बैठक र काम कारवाहीबारेमा जानकारी गराउँदै ८९ दिन बैठक बसेको र विभिन्न १२ विधेयक पारित भएको बताउनुभयो ।

यसअघि राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले सभाबाट पारित भएको सन्देशसहित प्रतिनिधिसभामा पठाइएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ लाई प्रतिनिधिसभाबाट पारित भई आएको सन्देश बैठकसमक्ष जानकारी गराउनुभयो ।

चण्डेश्वरी माविका विद्यार्थी शर्मिला तामाङको परीक्षा प्रज्वल अधिकारीले दिए

विदुर । विदुर नगरपालिका वडा नं. ७ स्थित तुप्चेको अक्करेमा रहेको चण्डेश्वरी माविमा अध्ययनरत छात्रा शर्मिला ग्लान (तामाङ) ले चैत १० गते आइतबारदेखि सुरुभएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अरुकै सहायताबाट दिनुभएको छ ।
उहाँले अर्काको सहायताबाट आज सञ्चालित भएको अनिवार्य अङ्ग्रेजी सहित बाँकी सबै विषयको परीक्षा पनि अर्कै मार्फत लेखाउन अनुमति लिनुभएको छ । नुवाकोटमा न्यून दृष्टियुक्त व्यक्तिका लागि पढ्न ब्रेललिपि माध्यमको व्यवस्था नभएपछि उहाँले सोही विद्यालयमा अध्ययनरत आफूभन्दा जुनियर विद्यार्थी प्रज्वल अधिकारी मार्फत परीक्षा दिनुभएको हो । उहाँको सिम्बोल नं. ०२५०८७० ‘भी’ रहेको छ ।

पढ्नमा जेहेन्दार तथा अनुशासित विद्यार्थी गुरुङले विदुर नगरपालिका १० स्थित ओममाने पब्लिक विद्यालय परीक्षा केन्द्रबाट परीक्षा दिनुभएको हो । उहाँले देख्न नसक्ने भएपछि सहयोगी मार्फत परीक्षा दिने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिनुभयो ।

योभन्दा अगाडिका परीक्षामा कुनैमा आफैँले जसोतसो तथा कुनैमा सहयोगी मार्फत लेखेर परीक्षा दिनुभएका गुरुङले अहिलेको एसइईमा अक्षर राम्रो बनाउन  तथा छिटोछरितो लेख्न सहयोगीको साथ लएको बताउनुभयो ।
सहयोगी प्रजवलले प्रश्नपत्र पढिदिने र त्यो प्रश्न सुनिसकेछि शर्मिलाले उत्तर भनिदिएपछि प्रज्वलले लेखिदिने गर्नुभएको छ ।

जारी रहेको एसइईमा विशिष्ट श्रेणीमा उर्तिण हुने चाहना राख्नुभएको शर्मिलाले उच्च शिक्षा अध्यययन गरेर अपाङ्गता भएका व्यक्ति तथा समुदायमा कमजोर रहेका वर्गको लागी सेवा पुर्याउने लक्ष्य लिएको बताउनुहुन्छ ।

एशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्ट मार्फत परोपकार क्लबलाइ एम्बुलेन्स उपलब्ध

नुवाकोट । एशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्टले नुवाकोटको तार्केश्वर गाँउपालिको वडा नं. ६ मा रहेको परोपकार युवा क्लबलाई एम्बुलेन्स उपलब्ध गरइएको छ ।

भारतीय दूतावाससंगको सहकार्यमा नेपाल ल्याइएको बा. २१ च ४६७७ नं. को एम्बुलेन्स ट्रस्टका संरक्षक एंव नेपाली काँग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसी र अध्यक्ष डा. केदारनरसिंह केसीले शनिबार एक कार्यक्रमकाबीच एम्बुलेन्सको साचो क्लबका अध्यक्ष रामकृष्ण रिमालाई हस्तान्तरण गर्नुभयो ।

विदुर नगरपालिकासंग जोडिएको बस्ती भएपनि भौगोलिक रुपमा पीछडिएको तथा यातायातको सहज साधन नहुदाँ यहाँका बासिन्दा बिरामी हुदाँ समयमा नै अस्पताल पुर्याउन भइरहेको कठिनाई समाधानको लागी एम्बुलेन्स सेवा प्रभावकारी हुने विश्वास लिएको पूर्व शिक्षा समेत हुनुभएका अर्जुननरसिंह केसीले बताउनुभयो ।

ट्रस्ट मार्फत नुवाकोट र रसुवा हुदै सिन्धुपाल्चोकसम्म शिक्षा र स्वास्थ्यमा सेवा पुर्याउदै आएकाले तार्केश्वरमा अति आवश्यक रहेको एम्बुलेन्स सेवा भारत सरकारसंगको विशेष पहलमा नेपाल ल्याएर तार्केश्वर गाँउपालिका वडा नं ६ सहित आसपासमा पर्ने बासिन्दालाई प्रदान गरेको ट्रस्टका अध्यक्ष डा. केदारनरसिंह केसीले बताउनुभयो ।

उहाँले नुवाकोटका बिरामीले समयम नै एम्बुलेन्स सेवा पाउन नसकेको गुनासो चौतर्फी आइरहेकाले ट्रस्ट मार्फत मात्रै सात थान एम्बुलेन्स उपलब्ध गराइसकेकाले त्यसको परिचालन प्रभावकारी बनाउनको लागी सम्बन्धित पक्षलाई डा. केसीले आह्वान गर्नुभयो । एम्बुलेन्स पाउन कठिनाई भएको गुनासो एकातिर विद्यमान उल्लेख गर्दै अर्को तिर एम्बुलेन्सले बिरामीलाई अस्पताल लैजादा चालकहरुले कमिसन पाउने अस्पतालमा लैजाने गरेको समेत सुनिएकाले बिरामीको स्वास्थ्यलाई हेलचक्राई नगर्न पनि उहाँले एम्बुलेन्स चालक र सञ्चालकको ध्यानाकषर्ण गराउनुभयो ।

कार्यक्रममा ट्रस्टका उपाध्यक्ष प्रतिमा केसी, नेपाली काँग्रेसका जिल्ला नेताहरु चोकराज शाक्य, केशव अर्याल, रेडक्रस नुवाकोट सभापति सुरतबहादुर चित्रकार, नेविसंघका केन्द्रीय नेता निरन्जन थापा, नेविसंघ जिल्ला अध्यक्ष नमराज सुवेदी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा स्थानीय कलाकारहरुले विभिन्न साँस्कृतिक प्रस्तुती देखाएका थिए ।

आज विश्व क्षयरोग दिवस : रोगभन्दा रोगीलाई हेर्ने दृष्टिकोण जटिल बन्दै

विष्णु नेपाल, काठमाडौ । ‘निरोगी छु, मलाई क्षयरोग नहुन सक्छ ।’ तपाईँ अनुमानमा हुनुहुन्छ ? ढुक्क नहुनुहोस् । हाम्रो शरीरमा क्षयरोगको किटाणुको जोखिम रहेको हुन्छ । यसरोगका किटाणु निष्कृय र सक्रिय दुई प्रकारका हुन्छन् । शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमताले निष्क्रिय क्षयरोगको कीटाणुलाई सक्रिय हुन दिइरहेको हुँदैन । तर सक्रिय क्षयरोगको कीटाणुले क्षयरोग लाग्ने गर्छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा निष्क्रिय क्षयरोग भएका १०० मध्ये १५ लाई भविष्यमा सक्रिय क्षयरोग हुनसक्छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक चिकित्सक भीमसिंह तिंकरी भन्नुहुन्छ, “हामी अधिकांश क्षयरोगको जोखिम समूहमा नै छाँै, रोग छैन भन्ने अवस्था रहँदैन ।”

चिकित्सकका अनुसार निष्क्रिय क्षयरोगको उपचार गरेमा भविष्यमा सक्रिय क्षयरोगमा परिणत हुने सम्भावना न्यून रहन्छ । विशेषगरी रगत, खकार, छाला परीक्षणबाट सक्रिय क्षयरोगको कीटाणुको अवस्थाका बारेमा पत्ता लाग्ने गर्दछ । छातिरोग विशेषज्ञ चिकित्सक सरोज ढुङ्गानाका अनुसार शरीरको तौल घट्ने, सुक्खा खोकी लागिरहने, राति ज्वरो तथा पसिना आउने सक्रिय क्षयरोगका लक्षण हुन् । यस्ता व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा श्वासप्रश्वासका माध्यमले कीटाणु हावामा फैलिन सक्छ । हावामा फैलिएका अति सुक्ष्म जीवाणु स्वस्थ्य व्यक्तिमा सर्न पुगी क्षयरोगको सङ्क्रमित हुनसक्छ ।

यसैबीच क्षयरोग बारेमा जनचेतना जगाउन ‘समय अबको, क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ ।

सन् १८८२ मार्च २४ मा चिकित्सक रोबर्ट कोचले शरीरमा क्षयरोगको कीटाणु पत्ता लगाएका थिए । कीटाणु पत्ता लगाएको एकसय वर्षपछिबाट आजकै दिनलाई क्षयरोग दिवस मनाउन सुरु गरिएको थियो ।

लगानी धेरै उपलब्धि कम

नेपालमा क्षयरोग निवारणका कार्यक्रम शुरु भएको ६० वर्षभन्दा बढी अवधि पूरा भइसक्यो । तर, सरकारले यस क्षेत्रमा खासै उपलब्धि हासिल गर्न सकिरहेको छैन । स्वास्थ्य मन्त्रालयसित क्षयरोग निवारणका लागि सरकारी तथा दातृ निकायबाट कति पैसा खर्च भयो भन्ने कुनै तथ्याङ्क छैन । चालू आवमा मात्र यस कार्यक्रमका लागि रु ७० करोड रकम विनियोजित छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा प्रत्येक वर्ष ४५ हजार नयाँ क्षयरोगीका बिरामी थपिन्छन् । केन्द्रले गत आवमा नयाँ र पुराना नेपालमा करीब ६० हजार क्षयरोगी रहेका जनाएको छ । कूल मृत्यु हुने रोगमध्ये क्षयरोग साताँै नम्बरमा रहेको छ । दैनिक १८ को मृत्यु यही रोगबाट भइरहेको छ ।

क्षयरोगको उपचार प्रक्रियामा नआएका बिरामी पत्ता लागाई उपचारमा ल्याउनु स्वास्थ्य मन्त्रालयलाई प्रमुख चुनौती बनेको छ । केन्द्रका निर्देशक चिकित्सक तिंकरी भन्नुहुन्छ, “अहिले स्थानीय निकायबाट क्षयरोगका बिरामीको तथ्याङ्क उपलब्ध हुनसकेको छैन । महिलाले स्वास्थ्य परीक्षण कम गराउने र टाढाबाट आउने भएका कारण धेरै महिला क्षयरोग कार्यक्रमको दायरामा समावेश हुनसकेका छैनन् । औषधि वितरणमा समेत समस्या परिरहेको छ ।”

क्षयरोगको उपचार सेवा तथा औषधि निःशुल्क रहेको छ । निःशुल्क औषधिका लागि मात्र वार्षिक रु १५ करोडभन्दा बढी रकम खर्च हुने गर्दछ । क्षयरोग सङ्क्रमितमध्ये ६४ प्रतिशत पुरुष र ३६ प्रतिशत महिला रहेका छन् । नेपालमा क्षयरोगीका बिरामी पत्ता लगाउने दर प्रतिलाख ११२ रहेको छ । केन्द्रका अनुसार गत आव २०७४÷७५ मा एक लाख ९६ हजार ३६३ मा क्षयरोगको आशङ्का गरिएको थियो । तीमध्ये खकार परीक्षण गर्दा ३२ हजार ४७४ मात्र उपचारको पहुँचमा आएका थिए ।

नयाँ क्षयरोगीका १३ हजार बिरामी पत्ता लगाई उपचारको पहुँचमा ल्याउन सकिएको छैन । “क्षयरोगी किन सरकारी उपचार सेवामा आएनन् ? क्षयरोगी पत्ता लगाई उनीहरुलाई सरकारी उपचार सेवामा ल्याउन प्रमुख चुनौती बनिरहेको छ”, निर्देशक चिकित्सक तिंकरी भन्नुहुन्छ ।

मापदण्डअनुसार भएन उपचार

अर्काेतर्फ विश्व स्वास्थ्य सङ्गठनका अनुसार कूल क्षयरोगीमध्ये १५ देखि २० प्रतिशतसम्म निजी क्षेत्रका अस्पतालमा सेवा लिन जान्छन् । तर निजी क्षेत्रले उपचार गरेका ती बिरामीको तथ्याङ्क सरकारलाई दिँदैनन् । केन्द्रका प्रमुख सर्भिलेन्स अधिकृत अनिल थापा भन्नुहुन्छ, “निजी अस्पतालले क्षयरोगको उपचार विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार गर्दैनन् । तर पनि बिरामी उपचारमा लिन गइराखेका छन् ।”

निजी अस्पतालमा क्षयरोग उपचारका लागि आवश्यक पर्ने संरचनासमेत नरहेको केन्द्रले जनाएको छ । हालै जारी भएको जनस्वास्थ्य ऐन, २०७५ मा निजी अस्पतालले क्षयरोगका बिरामीको अनिवार्य तथ्याङ्क स्वास्थ्य मन्त्रालयलाई दिनुपर्ने प्रावधान रहेको छ । ऐनका आधारमा क्षयरोग अनिवार्यरूपमा प्रतिवेदन गर्नुपर्ने रोगको सूचीमा सूचीकृत गर्ने तयारी मन्त्रालयले अगाडि बढाएको छ । हाल मन्त्रालयले एकीकृत स्वास्थ्य प्रणालीमार्फत चार हजार ३२३ उपचार केन्द्रबाट स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी विधि (डट्स) उपचार सेवा, क्षयरोग पत्ता लगाउन खकार परीक्षण गर्न ६०४ प्रयोगशाला, ५६ जीन एक्सपर्ट केन्द्र सञ्चालन गरिराखेको छ ।

केन्द्रका निर्देशक चिकित्सक तिंकरीले क्षयरोगको २० महीना लामो उपचार अवधिलाई घटाएर ९–१२ महीनाको नमूना उपचार सेवा शुरु गरिएको जानकारी दिनुहुन्छ । पहिलो चरणमा लागू भएको नमूना परीक्षण सफल भएपछि देशभरि कार्यक्रम कार्यान्वयनमा आउनेछ ।

सरकारले क्षयरोग उपचार सेवा निःशुल्क बनाएको छ । उपचारमा सहजता ल्याउन बिरामीलाई रु तीन हजार यातायात खर्च समेत प्रदान गर्दै आएको छ । सात प्रदेशमध्ये गण्डकी प्रदेशमा क्षयरोग उपचारको सेवा अति प्रभावकारी रहेको छ । प्रदेश नं २ मा सबैभन्दा बढी क्षयरोगीका सङ्ख्या रहेका छन् । “क्षयरोगको उपचार हुन्छ, रोग नलुकाउन र निःशुल्क उपचार सेवामा आउन, हामी आग्रह गरिरहन्छौँ । तर बिरामी सेवा लिन किन आउँदैनन्, बुझ्नै गाह्रो भो”, निर्देशक चिकित्सक तिंकरी भन्नुहुन्छ ।

अध्ययन अन्तिम चरणमा

केन्द्रले क्षयरोगसम्बन्धी स्थलगत अध्ययन कार्य (प्रिभ्यालेन्स सर्वेक्षण) अन्तिम चरणमा पुगेको जनाएको छ । नेपालमा पहिलोपटक ५५ जिल्लाका ९९ क्षेत्र (क्लष्टर)मा ५७ हजार ६१० व्यक्तिमा कागजविहीन प्रविधिमा आधारित भई गरिएको सो रोगको स्थलगत अध्यययनको ८० प्रतिशत काम पूरा भएको केन्द्रले जनाएको छ । सन् २०१७ बाट शुरु भएको सो सर्वेक्षण कार्यअन्तर्गत ६० हजारको खकार तथा छातीको परीक्षण स्थलगतरूपमा गरिनेछ ।

सर्वेक्षणले विशेषगरी क्षयरोगीका बिरामी पत्ता लगाउने दर, क्षयरोग उपचारको अवस्था, क्षयरोग व्यवस्थापनका कार्यक्रमको अवस्था, क्षयरोग निवारणका चुनौती, क्षयरोग निको पार्न प्रयोग हुने औषधिको उपयोगिताजस्ता महत्वपूर्ण क्षेत्रमा नयाँ सूचक (इन्डिकेटर) पत्ता लगाउने अपेक्षा राखेको छ ।

पाँच वर्षमुनिका बालबालिकामा हुने क्षयरोगको सङ्ख्या कति छ, क्षयरोगका शङ्कास्पद व्यक्तिको आर्थिक, सामाजिक अवस्था कस्तो छ, उनीहरु कस्ता स्वास्थ्य संस्थामा उपचारमा जाने गरेका छन्, औषधि प्रयोग कसरी गरिरहेका छन् जस्ता महत्वपूर्ण जानकारी तथ्याङ्कमा आउने बताइएको छ ।

केन्द्रका प्रमुख सर्भिलेन्स अधिकृत थापा भन्नुहुन्छ, “समाजले पछिल्लो समय क्षयरोगलाई सामाजिक रोगका रूपमा बुझ्न थालेको छ । क्षयरोग लागेका बालबालिकालाई विद्यालयमा अवरोध गर्ने, श्रम गर्न नदिने, क्षयरोग सर्ने नाममा वैवाहिक जीवनमा कलह हुनेलगायतका घटना अन्त्य भएको छैन । यो अन्त्य गर्न सामूहिक प्रयत्नको खाँचो छ ।”

एसइई परीक्षा आजदेखि

काठमाडौ ।  यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि शुरु हुँदैछ । बिहान ८ बजेदेखि हुने परीक्षामा आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् ।

यस वर्षदेखि पहिलो पटक सङ्घीय संरचनाको स्वरुपअनुसार शुरु भई यही चैत २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन् ।

खुला राष्ट्रिय पुरुष भलिबलको उपाधि दुप्चेश्वरलाई

भ्याङ्ले । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको आयोजनामा सम्पन्न ‘दोश्रो दुप्चेश्वर कप खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को उपाधि आयोजक दुप्चेश्वर गाँउपालिकाले नै जितेको छ ।
दुप्चेश्वर गाँउपालिका–५ स्थित कल्याण माविमा आज सम्पन्न फाइनल खेलमा दुप्चेश्वरले सोसियल सर्भिस युथ क्लबलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको दुप्चेश्वर गाँउपालिकाको अध्यक्ष योबिन्द्रसिंह तामाङले जानकारी दिनुभयो ।
प्रतियोगिताको फाइनलमा दुप्चेश्वरले सोसियल सर्भिसलाई २५–२२, २५–२३ र २५– १४ को सेटमा हराएको हो ।

उपाधि जितेको टोलीलाईरु एक लाख २५ हजार र दोश्रो भएको टोलीलाई रु ७५ हजार नगद सहित शिल्ड, मेडल र ट्रफि कार्यक्रमका प्रमुख अतिथी काँग्रेस जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले प्रदान गर्नुभयो ।
प्रतियोगितामा अन्तरगत आजै भएको खेलमा पञ्चकन्या गाँउपालिकालाई हराउदै कालिका युवा क्लबले तेश्रो स्थान हासिल गरेको खेल व्यवस्थापक बिक्रम थापाले जानकारी दिनुभयो । प्रतियोगितामा उत्कृष्ट खेलाडी बिनोद चन्द घोषित हुनुभयो ।

दुई वर्ष अघिदेखि सुरु गरिएको दुप्चेश्वर कप खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगितालाई निरन्तर रुपमा राष्ट्रिय क्लबहरु सहभागी गराएर पुरस्कार राशी समेत बृद्धि गरी सञ्चालन गर्ने दुप्चेश्वर गाँउपालिकाको अध्यक्ष योबिन्द्रसिंह तामाङले बताउनुभयो ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पस : पढाई भन्दा राजनीति बढी

बट्टार । नुवाकोटको बट्टारमा रहेको नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको विषयलाई लिएर विद्यार्थीको अध्ययन प्रभावित भएको छ ।

तोकिएको समयमा निर्वाचन गराउने वातावरण बनाउनुको साटो क्याम्पस प्रशासनले यही ७ देखि १२ गतेसम्म क्याम्पस बिदा दिएपछि विद्यार्थीले अध्ययन गर्न पाउने अधिकारको सुनिश्चितता र तोकिएको मितिमा स्ववियु निर्वाचन गराउन माग गर्दै स्थानीय प्रशासनलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

उक्त क्याम्पसमा यही चैत १० गते स्ववियु निर्वाचनको मिति तोकिएको थियो । उक्त मितिमा चुनाव गराउन आवश्यक वातावारण सिर्जना गर्नुको साटो क्याम्पस प्रमुख नारायणमान डङ्गोल र क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठले क्याम्पस बिदाको सूचना जारी गरेपछि विद्यार्थी आक्रोशित भएका स्ववियुमा अनेरास्ववियुबाट सभापतिका प्रत्यासी विष्णुहरि रिमालले बताउनुभयो ।

क्याम्पसमा कक्षा ११ देखि स्नाकोत्तरसम्म एक हजार पाँच सयको हाराहारीमा विद्यार्थी अध्ययरत छन् । “क्याम्पसको भौतिक संरचनाको भाडाबाट मासिक लाखौँ आम्दानी हुने भए पनि आर्थिक प्रतिवेदनमा भने नोक्सान देखाइने गरेको छ”, रिमालले भन्नुभयो ।

विद्यार्थीले क्याम्पसमा पठनपाठनको माग गर्दैै विरोध प्रदर्शन गरेको विषयलाई लिएर क्याम्पसका अध्यक्ष श्रेष्ठ निकट विद्यार्थीले अनेरास्ववियुबाट सभापतिका प्रत्यासी रिमाललाई ‘गोली हानेर ज्यान लिने’ धम्की दिएपछि विद्यार्थीले प्रहरी र प्रशासनलाई ज्ञापनपत्र बुझाएर सुरक्षाको माग गरेका छन् ।

क्याम्पस खुलाउन शुक्रबार दिनभर क्याम्पस प्रमुख डङ्गोलसहित राजनीतिक दल, विद्यार्थी सङ्गठनलगायतको जिल्ला प्रशासन कार्यालयमा भएको प्रयास असफल भयो । बिदा भए पनि विद्यार्थी क्याम्पसमा भेला भएर दैनिक रूपमा नाराबाजी गर्दै अध्ययन हुनुपर्ने माग गर्दै आएका छन् ।

उक्त क्याम्पसमा विसं २०६५ पछि हालसम्म स्ववियु निर्वाचन भएको छैन । हाल स्ववियु निर्वाचनका लागि अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी सङ्घले दर्ता गराएका छन् । तोकिएको मितिमा निर्वाचन गराउन सबै तयारी भए पनि क्याम्पस प्रशासनको उदासिनताले द्वन्द्व उब्जिएको नेविसङ्घबाट स्ववियुमा सभापतिका प्रत्यासी सुरज सिलवालले बताउनुभयो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web