बट्टार । नुवाकोटको बट्टारमा रहेको नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको विषयलाई लिएर विद्यार्थीको अध्ययन प्रभावित भएको छ ।

तोकिएको समयमा निर्वाचन गराउने वातावरण बनाउनुको साटो क्याम्पस प्रशासनले यही ७ देखि १२ गतेसम्म क्याम्पस बिदा दिएपछि विद्यार्थीले अध्ययन गर्न पाउने अधिकारको सुनिश्चितता र तोकिएको मितिमा स्ववियु निर्वाचन गराउन माग गर्दै स्थानीय प्रशासनलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

उक्त क्याम्पसमा यही चैत १० गते स्ववियु निर्वाचनको मिति तोकिएको थियो । उक्त मितिमा चुनाव गराउन आवश्यक वातावारण सिर्जना गर्नुको साटो क्याम्पस प्रमुख नारायणमान डङ्गोल र क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठले क्याम्पस बिदाको सूचना जारी गरेपछि विद्यार्थी आक्रोशित भएका स्ववियुमा अनेरास्ववियुबाट सभापतिका प्रत्यासी विष्णुहरि रिमालले बताउनुभयो ।

क्याम्पसमा कक्षा ११ देखि स्नाकोत्तरसम्म एक हजार पाँच सयको हाराहारीमा विद्यार्थी अध्ययरत छन् । “क्याम्पसको भौतिक संरचनाको भाडाबाट मासिक लाखौँ आम्दानी हुने भए पनि आर्थिक प्रतिवेदनमा भने नोक्सान देखाइने गरेको छ”, रिमालले भन्नुभयो ।

विद्यार्थीले क्याम्पसमा पठनपाठनको माग गर्दैै विरोध प्रदर्शन गरेको विषयलाई लिएर क्याम्पसका अध्यक्ष श्रेष्ठ निकट विद्यार्थीले अनेरास्ववियुबाट सभापतिका प्रत्यासी रिमाललाई ‘गोली हानेर ज्यान लिने’ धम्की दिएपछि विद्यार्थीले प्रहरी र प्रशासनलाई ज्ञापनपत्र बुझाएर सुरक्षाको माग गरेका छन् ।

क्याम्पस खुलाउन शुक्रबार दिनभर क्याम्पस प्रमुख डङ्गोलसहित राजनीतिक दल, विद्यार्थी सङ्गठनलगायतको जिल्ला प्रशासन कार्यालयमा भएको प्रयास असफल भयो । बिदा भए पनि विद्यार्थी क्याम्पसमा भेला भएर दैनिक रूपमा नाराबाजी गर्दै अध्ययन हुनुपर्ने माग गर्दै आएका छन् ।

उक्त क्याम्पसमा विसं २०६५ पछि हालसम्म स्ववियु निर्वाचन भएको छैन । हाल स्ववियु निर्वाचनका लागि अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी सङ्घले दर्ता गराएका छन् । तोकिएको मितिमा निर्वाचन गराउन सबै तयारी भए पनि क्याम्पस प्रशासनको उदासिनताले द्वन्द्व उब्जिएको नेविसङ्घबाट स्ववियुमा सभापतिका प्रत्यासी सुरज सिलवालले बताउनुभयो ।

23.72¡ÆC