प्रदेस नं. ३ सरकारले नुवाकोटको विभिन्न स्थानमा कृषि सडकको लागी आठ योजनामा बजेट बिनियोजन गरेको छ ।

जिल्लाको कृषि क्षेत्र तथा कृषकलाई सेवा प्रवाहको लागी सहज बनाउन अति आवश्यक रहेका स्थानहरुमा बजेट बिनियोजन भएको नुवाकोटबाट प्रदेससभा सदस्यमा प्रतिनिधित्व गर्दै प्रदेस नं. ३ को उपसभामुख समेत रहनुभएको राधिका तामाङले जानकारी दिनुभया । उहाँको अनुसार नुवाकोटलाई कृषि र पर्यटन प्रबद्धनमा उल्लेख्य योगदान पुर्याउन आवश्यक रहेको सडक विस्तारका अन्य योजना तथा कार्यक्रम भएपनि हाल आठ सडक योजनाको लागी बजेट छुट्टाइएको छ । बाँकी योजनाहरु पनि क्रमशः समावेश गराउनको लागी पहल भइरहेको पूर्व कृषि विकास राज्य मन्त्री समेत हुनुभएका तामाङले भन्नुभयो ।

उहाँले नुवाकोटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत आलु र तरकारीको जोन कार्यक्रम, पकेट र ब्लक कार्यक्रम लगायत मार्फत जिल्लालाई कृषिमा आत्मनिर्भर भएर आम्दानीको मुख्य श्रोत बनाउनको लागी बनाउनुभएको सोच अनुसार हाल छनोटमा परेका सडक योजनाहरु सम्पन्न भएपनि कृषि क्षेत्रको विकासमा उल्लेख्य योगदान पुग्ने विश्वास लिएको बताउनुभएको छ ।

३ नं. प्रदेश सरकारबाट बजेट विनियोजित नुवाकोट जिल्लाका कृषि सडकहरु :
१. उप्रा–घ्यावरचौर–इल्दुम–तालुकसेरी जोडने कृषि सडक –दुप्चेश्वर–१, रु. ३०,००,०००।
२. लोकमार्ग–कुण्डला–बाँकेघर–मिश्र पँधेरो–महादेव खोला छहरे कृषि सडक– पञ्चकन्या–५, रु. ३०,००,०००।
३. मंगला मावि–मझुवा प्रावि हुदै बालकुमारी जोडने कृषि सडक–पञ्चकन्या–४ रु. ४५,००,०००।
४. मिश्रफाँटको पीच बाटोबाट २ किमी दायाँबायाँ–पञ्कन्या–२, रु. ३५,००,०००।
५. आनपा देखि निउरेनी हुँदै मानेथोक जोडने कृषि सडक–पञ्कन्या–३, रु. २५,००,०००
६. रिजारको मिल–पहरेधारा हुँदै सत्तरी जोडने कृषि सडक– शिवपुरी ८, रु. २५,००,०००।
७. डाडागाउँ हुदै गेर्खु खोला जोडने कृषि सकड– विदुर नपा–११, रु. ३५,००,०००।
८. बान्द्रे देखि पाँडेगाउँ हुँदै चोगते जोडने कृषि सडक –विदुर न.पा.–१ रु. ३५,००,०००।

यही चैत २४ गते आइतबारदेखि ५ दिनदेखि आकस्मिकबाहेक सबै सेवा बन्द गरी आन्दोलनमा लागेका सरकारी डाक्टरको माग जायज नभएको भन्दै सरकारले तत्काल काममा फर्कन निर्देशन दिएको छ ।

डाक्टरको आन्दोलन संविधान र संघीयता विरोधी भएकोले कर्मचारी समायोजनमा पुनर्विचार गर्न नसकिने सरकारको चेतावनी छ । आफ्नो माग सम्बोधनका लागि सरकारले तत्काल वार्तामा बोलाए आन्दोलन फिर्ता लिने डाक्टरहरुले बताए पनि वार्ताको औचित्य नभएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको तर्क छ । मन्त्री पण्डितसँग उज्यालो अनलाइनको लागी पत्रकार टेकमान शाक्यले गर्नुभएको कुराकानी यहाँ साभार गरिएको छ ।

डाक्टरले आन्दोलन गर्ने, तपाईँहरुले समाधान नखोज्ने अनि बिरामी भने मर्कामा परिरहने कहिलेसम्म ?

डाक्टरसाबहरुले आन्दोलन गर्नुको कुनै औचित्य छैन । उहाँहरुको कुनै माग जायज छैन । उहाँहरुका कत्तिपय मागहरु संविधानसँग बाझिएको, संविधानभित्र अट्नेगरी नभएको र कतिपय कुराहरु उहाँहरुसँग पटक–पटक बसेर प्रष्ट भैसकेपछि पनि ‘रडाको’ को रुपमा लिने र सेवा बन्द गर्ने कुरा अपराधपूर्ण छ । संसारका कुनै देशका डाक्टरहरुले यसरी आन्दोलन गरेको रेकर्ड छैन ।

अति आवश्यकीय र संवेदनशील क्षेत्रमा बन्द गर्न नपाइने प्रावधान छ । यो निजी क्षेत्रका क्लिनिकहरुलाई प्रोत्साहित गर्ने कदम हो । तत्काल बन्द गरी काममा फर्कनुको अर्को विकल्प छैन । काममा फर्किएन भने डाक्टरहरु कारबाहीमा पर्छन् ।

तपाईँहरुले मागअनुसार नै समायोजन गर्छौँ भनेर आफ्नै तालमा समायोजन गर्नुभयो भन्ने डाक्टरहरुको तर्क छ नि ?

त्यो उहाँहरुको गलत बुझाइ हो । कत्तिपय भ्रमपूर्ण प्रचार गर्नुभएको छ । संविधान, संविधान अनुसार संघीयता र संघीयता अनुसार स्वास्थ्य क्षेत्रलाई तीन तहमा विभक्त गरिसकेको कारणले डाक्टरहरुले आफ्नो कुरा मात्रै बुझ्ने, देशको संविधान र ऐन कानुनलाई नबुझ्ने, आफ्नो कर्तव्य बिर्सने र सरकारी सेवामा आउँदा खाएको सपथ पनि बिर्सिएर अस्पताल बन्द गरिएको छ । यो कदम गलत छ । यसैमा अल्झिराख्ने हो भने सरकारले कडा कारबाही गर्छ ।

डाक्टरहरुले माग सम्बोधन गर्न सरकार गम्भीर नभए सामूहिक राजीनामा दिने भनेका छन् । डाक्टरहरुको सामूहिक राजीनामा आयो भने, त्यसको भोलिपल्ट आउने चुनौती सामना गर्न सक्नुहुन्छ ?

डाक्टरसाबहरुले झुटो कुरा गरेर अल्मल्याउन खोज्दै हुनुहुन्छ । उहाँहरुले राजीनामा पनि दिनुहुन्न । उहाँहरुले आ–आफ्नो अस्पतालमा काम गर्नुपर्छ । यदि उहाँहरुले राजीनामा दिएको खण्डमा म काँध थाप्न तयार छु । तर, सेवाग्राहीलाई दुःख दिने काम भैरह्यो भने दण्ड हुन्छ ।

संघमा पनि आउन पाउने वा आफूखुशी सरुवा हुन पाउनुपर्ने भन्ने सरकारी डाक्टरहरुको माग छ । यो माग सम्बोधन गर्यो भने के हुन्छ ?

त्यो संविधानसम्मत हुँदैन । मिल्न सक्ने कुराहरुमा सरकारले स्पष्ट बनाइसकेको छ । यो संविधान र संघीयता विरोधी कुरा हो ।

त्यसो भए, अति आवश्यक क्षेत्र भनिएको स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा यतिका दिनसम्म आन्दोलन भैरहँदा समाधानको बाटो किन नअपनाएको त ?

समाधानको बाटो अवलम्बन भैसकेको छ । उहाँहरु मेरो गोरुको बाह्रै टक्का भनेर हिँड्नुभएको छ । एउटा गीत छ नि, ‘मलाई त्यही केटी चाहिन्छ…’ भन्ने जस्तो गरेर रडाको गर्नुको कुनै अर्थ छैन ।

वार्ताका लागि ढोका खुला भयो भने, आन्दोलन छोडेर टेबलमा बस्न तयार छौँ भनेर डाक्टरहरुले भनेका छन् नि ?

सरकार कुनै वार्ता गर्न तयार छैन । गलत काम गर्नेसँग वार्ता गर्नुको कुनै औचित्य छैन ।

माग पूरा नभए, अझै दमन गरिए, कठोर आन्दोलनको अप्रिय मार्गमा जाने भनेर डाक्टरहरुले विज्ञप्ति नै निकालेका छन् ?

उहाँ डाक्टरहरु जसरी आउनुहुन्छ, सरकार त्यसैअनुरुप प्रस्तुत हुन तयार छ ।

नेपालगञ्ज । पाँच नम्बर प्रदेशमा आज (बुधबार) देखि हुने आठौं राष्ट्रिय खेलकुद अन्तर्गत विभिन्न पाँच हुने भएका छन् । आज दाङको घोराही कभर्डहलमा टेबलटेनिस खेल हुनेछ त्यस्तै कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा कुस्ती हुँदा नेपालगन्जको मंगलप्रसाद उमाविमा पुरुष हक्की हुनेछ भने ललितपुरको सातदोबाटोमा स्क्वास र बुटवलमा लनटेनिस हुनेछन् ।

आठौं राष्ट्रियको औपचारिक उद्घाटन वैशाख ५ गते हुने भए पनि ५ खेल भने पूर्वनिर्धारित तालिकाअनुसार बुधबारदैखि नै हुन लागेको हो । समापन वैशाख ११ गते हुनेछ । उद्घाटन र समापन दुवै नेपालगन्ज रंगशालामा हुने कार्यक्रम रहेको छ ।
उद्घाटनअघि यी पाँच खेलसहित विभिन्न १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसक्ने छ । बुधबार हुने खेल बाहेक बक्सिङ, कबड्डी, जुडो, बास्केटबल, बुद्धिचाल, फुल कन्ट्याक्ट कराँते, साइक्लिङ, फेन्सिङ र गल्फ उद्घाटनपूर्व सकिने छ । आठौं राष्ट्रियमा विभिन्न ३५ खेल समावेश छन् ।

काठमाडौ । सरकारले पुरानै आयोजनालाई जनताको जलविद्युत कार्यक्रममा सामेल गरेर सर्वसाधारणलाई झुक्याएको पाइएको छ । सम्पन्न हुनै लागेका दुई परियोजनालाई ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रममा समावेश गरेपछि सर्वसाधारण सरकारको आकर्षक नारामा झुक्किएका हुन् ।

‘नेपालको पानी, जनताको लगानी’ अन्तर्गत रहेका परियोजनामा सर्वसाधारणले सेयर मूल्यको १० प्रतिशत (प्रतिकित्ता १० रुपैयाँ) मै आवेदन दिन पाउने व्यवस्था छ भने आयोजनाको कूल पुँजीको ४९ प्रतिशत सेयरमा आम सर्वसाधारणले लगानी गर्न पाउँछन् । तर, वैशाख ६ गते खुल्न लागेको रसुवागढी र सान्जेन जलविद्युतको सेयरमा पनि सर्वसाधारणले सेयर मूल्यको शतप्रतिशत रकम तिरेर आवेदन गर्नुपर्छ भने उनीहरुका लागि १५ प्रतिशतमात्र सेयर छुट्याइएको छ ।

यी दुबै आयोजनालाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले गत चैत २१ गते मात्र जनताको जलविद्युत कार्यक्रममा समावेश गरेको हो । निर्माण कार्यको करिब तीन चौथाई काम सकिन लागेको आवस्थामा सरकारले यी दुई आयोजनालाई बहुचर्चित कार्यक्रममा समेटेर सर्वसाधारणलाई झुक्याउन लागेको छ ।

दुबै कम्पनीको पुँजीमा सर्वसाधारण सेयरधनीतर्फ पूर्वनिर्धारित सेयर संरचनाअनुसार सर्वसाधारणले १५ प्रतिशतका लागि मात्र आवेदन दिन पाउने व्यवस्था छ । दुबै कम्पनीको आईपीओमा कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने दुई लाख कर्मचारीले करिब २० प्रतिशत, ऋणदाता संस्थाका कर्मचारीले १ प्रतिशत, प्रबर्द्धक संस्थाका कर्मचारीले ३.५ प्रतिशत सेयर र स्थानीयवासीले १० प्रतिशत सेयरमा आवेदन दिन पाउनेछन् ।

यस अर्थमा सर्वसाधारणको नाम रहेको ४९ प्रतिशतमध्ये भागबन्डा भएर बाँकी रहेको १५ प्रतिशत पुँजीमा सर्वसाधारणले लगानी गर्न पाउनेछन् । जसअनुसार रसुवागढीको ६ करोड ८४ लाख २१ हजार कित्ता सेयरमध्ये सर्वसाधारणले मात्र १ करोड २ लाख ६३ हजार १ सय ५० कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन् भने सान्जेनको २ करोड ७३ लाख ७५ हजार कित्ता सेयरमध्ये सर्वसाधारणले मात्र ५४ लाख ७५ हजार कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन् । जनताको लगानी कार्यक्रमअनुसार सर्वसाधारणले रसुवागढीको ३ करोड ३० लाख र सान्जेनको १ करोड ३५ लाख कित्ता सेयरमा आवेदन दिन पाउनुपर्ने हो ।

उर्जा मन्त्री वर्षमान पुनकाअनुसार साविकमा रहेका १९ कार्यक्रमहरुको सूचीमा १ सय ११ मेगावाट र ५७ मेगावाटका यी दुई कम्पनी थपिएको हो । उनले भने, “जनताको लगानी भन्नाले सर्वसाधारणबाट स-साना रकम जम्मा गर्नु हो । यी दुई कम्पनीलाई पनि यही सूचीमा राखिको हो ।”

तर, मन्त्री पुनले भनेअनुसार यी दुई कम्पनीमा सर्वसाधारण जनताको तर्फबाट स-सानो रकम भने उठ्ने छैन । किनकि यी दुबै कम्पनीमा सर्वसाधारणले पुँजीको बाँकी १५ प्रतिशतमा मात्र लगानी गर्न पाउनेछन् ।

यसो त जनताको लगानी कार्यक्रमअन्तर्गत रहेका जलविद्युत् आयोजनामा सरकारले आवेदनको १० प्रतिशत (प्रति कित्ता दश रुपैयाँ) मात्र प्रतिबद्धता रकम माग्ने व्यवस्था छ । तर, अन्य कम्पनीको आईपीओ भरेझैं यी दुबैकम्पनीमा लगानी गर्दा सर्वसाधारणले शतप्रतिशत रकम (प्रति कित्ता एक सय रुपैयाँ) प्रतिबद्धता बुझाउनुपर्ने हुन्छ ।

मन्त्री पुनले दुबै आयोजनाको ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेका कारण जनताको लगानी कार्यक्रममा रहेका अन्य परियोजना झैं नहुने व्यवस्था रहेको प्रस्ट्याए । उनले भने, “विगतमा नै सेयर संरचना निर्धारण गरेअनुसार आम सर्वसाधारणले १५ प्रतिशत मात्र सेयर पाए भने ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भएका कारण शतप्रतिसत लगानीसहित आवेदन दिन पाइन्छ ।”

उनले यी दुबै परियोजना तोकेको मितिभन्दा अगावै र अनुमान गरेभन्दा कम लागतमा निर्माण हुन लागेको जानकारी पनि दिए ।

यी दुबै आयोजनाले १५ प्रतिशत प्रतिफल दिने देखिएका कारण जनताको लगानीका कार्यक्रमको सूचीमा राखिएको दाबी गरे । उनले यसअघि माथिल्लो त्रिशूली थ्री बी मा मागभन्दा १८ गुण बढी आवेदन परेको उल्लेख गर्दै नागरिकमा सरकारप्रति विश्वास बढेको र प्रधानमन्त्रीको सहभागीताले लगानी सुरक्षित रहेको महसुस गरेको बताए ।

दुबै जलविद्यूत् आयोजना रसुवामा निर्माणाधीन रहेका छन् । यी मध्ये रसुवागढी जलविद्यूतको कार्य प्रगति ७० प्रतिशत रहेको छ भने २०७६ फागुन ७ गतेदेखि उत्पादन थाल्ने लक्ष्य लिइएको छ । त्यस्तै क्यास्केड आयोजनाको रुपमा रहेको सान्जेनको माथिल्लो आयोजना (१४.८ मेगावाट) को ७७ प्रतिशत र तल्लो (४२.५ मेगावाट) को ७० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

कसको भागमा कति ?

रसुवागढी :

सान्जेन :

यो सामाग्रि बाह्रखरी अनलाईनको लागी पत्रकार रोविन पौडेलले तयार गर्नुभएको हो ।

नुवाकोट । नुवाकोट उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनको लागी भएको मतदानको मतगणना जारी छ । जारी रहेको मतगणनामा लोकतान्त्रिक प्यालनका उम्मेदवार ताराबहादुर कार्की नेतृत्वको सबै उम्मेदवारले अग्रता लिइरहेका छन् । ४१५ मतको गणना सम्पन्न हुुदाँ अध्यक्षमा कार्कीले २५६ मत र प्रगतिशील प्यानलका उम्मेदवार रमेश श्रेष्ठले १५० मत ल्याएका छन् ।
अध्यक्ष सहित बाँकी पदाधिकारी र सदस्यहरुमा सबैमा कार्की प्यानल सुरुवाति देखि नै अग्र स्थानमा रहेका छन् ।

शनिबार विदुरमा भएको मतदानमा १४६३ मत खसेको सहायक निर्वाचन अधिकृत पुष्कर शर्मा रिमालले जानकारी दिनुभयो । उहाँको अनुसार मतदानमा १४५३ मत पदाधिकार सहित महिलाा सदस्य तथा खुला सदस्यको लागी खसेको हो भने दश मत पदाधिकारी, महिला सदस्य तथा बस्तुगत सदस्यको लागी खसेको हो ।

मतदान सम्पन्न भएपछि मत गणनाको लागी राती दश बजेदेखि थालिएको आचार संहिता बनाउने कार्य तथा गणनाको लागी आवश्यक तयारी पूरा भएपछि राती साढे १२ बजेदेखि सुरु गरिएको हो । ११५ मत गणना गर्न बिहान पाँच बजेसम्म लागेको हो ।

मतगणना स्थल विदुरमा दुवै पक्षका समर्थनहरुको उल्लेख्य सहभागिता रहेको छ । सुरक्षा व्यवस्था पनि बाक्लो रहेको छ । गणनास्थलमा उम्मेदवारहरु पनि सक्रिय रुपमा बसिरहेका छन् ।

यही शनिबार भएको मतदानमा १७०० भन्दा बढी मतदाता रहेकोकमा करीब तीन सय मतदाता सहभागी भएनन ।
दशौँ अधिवेशन अन्तरगतको निर्वाचनमा ताराबहादुर कार्की र रमेश श्रेष्ठ अध्यक्ष रहेको दुई प्यानल चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

दुई पक्ष अन्तरगत कार्कीले लोकतान्त्रिक व्यवसायी र श्रेष्ठले प्रगतिशील प्यानलको नेतृत्व गर्नुभएको हो ।

नुवाकोट । नुवाकोट उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनको लागी भएको मतदानको मतगणना जारी छ । जारी रहेको मतगणनामा ताराबहादुर कार्की नेतृत्वको प्यानल नै अगाडी रहेको छ । ११५ मतको गणना हुदा अध्यक्षमा कार्की ७४ मत र श्रेष्ठले ३६ मत ल्याएका छन् ।
अध्यक्ष सहित बाँकी पदाधिकारी र सदस्यहरुमा पनि कार्की प्यानल नै अगाडी रहेका छन् ।

शनिबार विदुरमा भएको मतदानमा १४६३ मत खसेको सहायक निर्वाचन अधिकृत पुष्कर शर्मा रिमालले जानकारी दिनुभयो ।

उहाँको अनुसार मतदानमा १४५३ मत पदाधिकार सहित महिलाा सदस्य तथा खुला सदस्यको लागी खसेको हो भने दश मत पदाधिकारी, महिला सदस्य तथा बस्तुगत सदस्यको लागी खसेको हो ।

मतदान सम्पन्न भएपछि मत गणनाको लागी राती दश बजेदेखि थालिएको आचार संहिता बनाउने कार्य तथा गणनाको लागी आवश्यक तयारी पूरा भएपछि राती साढे १२ बजेदेखि सुरु गरिएको हो । ११५ मत गणना गर्न बिहान पाँच बजेसम्म लागेको हो ।

मतगणना स्थल विदुरमा दुवै पक्षका समर्थनहरुको उल्लेख्य सहभागिता रहेको छ । सुरक्षा व्यवस्था पनि बाक्लो रहेको छ । गणनास्थलमा उम्मेदवारहरु पनि सक्रिय रुपमा बसिरहेका छन् ।

यही शनिबार भएको मतदानमा १७०० भन्दा बढी मतदाता रहेकोकमा करीब तीन सय मतदाता सहभागी भएनन ।
दशौँ अधिवेशन अन्तरगतको निर्वाचनमा ताराबहादुर कार्की र रमेश श्रेष्ठ अध्यक्ष रहेको दुई प्यानल चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

दुई पक्ष अन्तरगत कार्कीले लोकतान्त्रिक व्यवसायी र श्रेष्ठले प्रगतिशील प्यानलको नेतृत्व गर्नुभएको हो ।

नुवाकोट । नुवाकोट उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनको लागी मतदान सम्पन्न भएको छ । शनिबार विदुरमा भएको मतदानमा १४६३ मत खसेको सहायक निर्वाचन अधिकृत पुष्कर शर्मा रिमालले जानकारी दिनुभयो ।

उहाँको अनुसार मतदानमा १४५३ मत पदाधिकार सहित महिलाा सदस्य तथा खुला सदस्यको लागी खसेको हो भने दश मत पदाधिकारी, महिला सदस्य तथा बस्तुगत सदस्यको लागी खसेको हो । बिहान ८ बजेदेखि भनिएपनि ९ बजेबाट सुरु भएको मतदान साँझ ६ बजेसम्म भनिएपनि लाइनमा बसेका मतदाताहरुले साँझ साढे सात बजेसम्म मतदान गरेका थिए ।

मतदान सम्पन्न भएपछि मत गणनाको लागी राती दश बजेदेखि थालिएको आचार संहिता बनाउने कार्य तथा गणनाको लागी आवश्यक तयारी राती साढे १२ बजे पूरा भएको हो । उम्मेदवारका प्रतिनिधिबीच सहमति भएसगै मतगणना सुरु गर्न लागिएको हो ।

मतगणना स्थल विदुरमा दुवै पक्षका समर्थनहरुको उल्लेख्य सहभागिता रहेको छ । सुरक्षा व्यवस्था पनि बाक्लो रहेको छ । गणनास्थलमा उम्मेदवारहरु पनि सक्रिय रुपमा बसिरहेका छन् ।

शनिबार विदुर सहित आसपासको स्थानमा सिमसिम पानी समेत परिरहे पनि मतदाताहरुको सहभागिता उल्लासजनक रहेको थियो । मतदानमा १७०० भन्दा बढी मतदाता रहेकोकमा करीब तीन सय मतदाता सहभागी भएनन ।
दशौँ अधिवेशन अन्तरगतको निर्वाचनमा ताराबहादुर कार्की र रमेश श्रेष्ठ अध्यक्ष रहेको दुई प्यानल चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

दुई पक्ष अन्तरगत कार्कीले लोकतान्त्रिक व्यवसायी र श्रेष्ठले प्रगतिशील प्यानलको नेतृत्व गर्नुभएको हो ।

नुवाकोट । नुवाकोट उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनको लागी विदुरमा मतदान भइरहेको छ ।
बिहान ८ बजेबाट सुरु हुने भनिएपनि आवश्यक तयारी मिलाउन भएएको ढिलाईले करीब ९ बजेबाट मतदान सुरु भएको सहायक निर्वाचन अधिकृत पुष्कर शर्मा रिमालले जानकारी दिनुभयो ।
उहाँको अनुसार मध्यान्ह १२ बजेसम्म दुई सय मतदाताले मतदान गरेका छन् ।

मतदानमा उल्लासजनक सहभागिता भएपनि नाम पुष्टि गर्न हुने ढिलाईले मतदानमा भोट खसाल्न पनि ढिलाई भएको उहाँले बताउनुभयो । सिमसिम पानी समेत परिरहेकाले मतदानमा केही असहज भएको देखिन्छ । दुई पक्षबीचको सहमति अनुसार बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म मतदिन पाउने व्यवस्था गरिएको छ । मतदानमा १७०० भन्दा बढी मतदाता रहेका छन् ।

दशौँ अधिवेशन अन्तरगतको निर्वाचनमा ताराबहादुर कार्की र रमेश श्रेष्ठ अध्यक्ष रहेको दुई प्यानल चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
दुई पक्ष अन्तरगत कार्की लोकतान्त्रिक व्यवसायी र श्रेष्ठले प्रगतिशील प्यानलको नेतृत्व गर्नुभएको हो ।

काठमाडौ । बारा, पर्सामा आइतबार साँझ आएको भुमरीसहितको हावाहुरी ‘टोर्नाडो’ भएको पुष्टि भएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठसहितको एक टोलीले गरेको अध्ययनले नेपालको इतिहासमै पहिलो पटक यस्तो हावाहुरी ‘टोर्नाडो’ आएको पुष्टि गरेको हो । गोरखापत्र दैनिकसँगको कुराकानीमा मौसमविद श्रेष्ठले बारा, पर्सामा आएको हावाहुरी ‘टोर्नाडो’ भएको बताउनु भएको हो ।

भुमरीको रुपमा आउने यस्तो हुरीले छोएको ठाउँको हरेक भौतिक वस्तु उखेलिने जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक समेत रहनुभएका श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘टोर्नाडो आउँदा आकाशबाट बादलसहितको वायु सोली आकारमा धर्तीमा केन्द्रित हुन्छ, जहाँ छुन्छ, त्यहाँ पूरै विनाश गर्छ, बाहिर बादलको घेरा र भित्र हावाको न्यून चाप हुने हुँदा यसले छोएका हरेक भौतिक वस्तु उखेलिन्छन् ।’

सुरुमा आँधीबेहरी भनेर पूर्वानुमान गरिए पनि त्यसभित्र पनि उच्चतम जोखिम भएको मौसम प्रणाली विकास हुँदा टोर्नाडो बन्ने श्रेष्ठ बताउनुहुन्छ । टोर्नाडो आउँदा सुख्खा हुरीसहितको बादल र पानी भएको बादल गर्जदैँ चट्याङ, असिना पर्ने अनि सँगै कडा आँधीको सिर्जना हुन्छ । त्यसले फैलिएको आकारबाट खुम्चिदै तल सानो क्षेत्रमा कडा भार सिर्जना गर्ने उहाँले बताउनुभयो ।

उहाँले भनेजस्तै बारामा आएको हुरीले स्थानीयका पक्की घरसँगै रूख, ठूला सवारी साधन, भौतिक संरचना सबै उखेल्ने, उडाउने र सोहोरेर लगेको छ । भू–उपग्रहबाट लिइएका तस्बिरको अध्ययन गर्दैगर्दा सेन्टिनियल नामको भूउपग्रहले त्यस दिन नेपालको बारा, पर्सामा विपत्तिको भोलिपल्ट १० मिटर उचाइबाट खिचेका तस्बिरको अध्ययनपश्चात ‘टोर्नाडो’ नेपालमा आएको पुष्टि भएको उहाँले बताउनुभयो ।

फेटा गाउँपालिका क्षेत्र भएर करिब ३० किलोमिटरको क्षेत्रलाई यसले बाटो बनाएर अघि बढेको तस्बिरमा प्रस्ट देखिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार, यात्रामा जे भेट्यो, सबै क्षतिग्रस्त बनाएको पनि देखिएको थियो । विज्ञ श्रेष्ठका अनुसार अझ बढी स्पष्ट देखिन अमेरिकाको भूउपग्रहले खिचेको तस्बिर किन्नुपर्ने र त्यसका लागि प्रकृया सुरु गरेर पत्र पनि पठाएको उहाँले जानकारी दिनुभयो ।

काठमाडौ । चैत्र शुक्ल प्रतिपदाअर्थात् चैत २३ गते शनिबारदेखि चैत्र नवरात्र सुरु भएको छ । चैतेदशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । आश्विन शुक्ल पक्षमा पर्ने दशैँ अर्थात् बडादशैँ जति भव्यरुपमा नमनाइए पनि चैतेदशैँमा देशभरका शक्तिपीठमा भक्तजनको भिड लाग्ने गर्छ । वैदिक सनातन धर्मावलम्बीले घरघरमा शक्तिको उपासना स्वरुप देवीको पूजाआजा गर्नुका साथै देवीभागवत, दुर्गा सप्तशती चण्डी, देवी स्तोत्रलगायत देवीको महिमा गाइएको ग्रन्थ पाठ गरिन्छ ।

चैत्र शुक्ल अष्टमी र नवमीलाई भने देशभर विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीलाई चैतेदशैँ र नवमीलाई रामनवमी पर्वका रुपमा मनाउने गरिएको हो । यस वर्ष चैत ३० गते अष्टमी र वैशाख १ गते नव वर्षका दिन रामनवमी पर्व परेको छ ।

वर्षमा चार नवरात्र पर्छन् । चैत, असार, आश्विन र पुस महीनाको शुक्ल पक्षमा नवरात्र पर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । चार नवरात्रमध्ये चैत्र र आश्विनका नवरात्रलाई विशेष रुपमा मनाउने गरिएको छ ।

आषाढ र पौषका दुई नवरात्रमा भने साधना मात्र गरिन्छ । यी दुई नवरात्रलाई सुषुप्त दशैँ भन्ने गरिएको उहाँले बताउनुभयो । चैत्र नवरात्र सुरु भएको अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ । उपत्यकाका गुह्येश्वरी, जयबागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, सुन्दरीमाईलगायत पीठमा भक्तजनको भिड लागेको छ ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, बागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजाआजा एवं दर्शन गरेमा शक्ति प्राप्त हुने विश्वास छ ।

काठमाडौ । काठमाडौंमा आज विहानैबाट मेघ गर्जनसहित हावाहुरी चलिरहेको छ । हावाहुरीसहित पानी पनि परिरहेको छ । यो क्रम अझै दुईदिनसम्म चल्ने छ ।

पश्चिमी वायूको प्रभाव र न्यूनचापिय रेखा पश्चिमतिर सक्रिय रहेकाले मौसममा बदली आएको हो । प्रि मनसुनको सिजन भएको र यो सिजनमा हावाहुरी र चट्याङ्गसहित पानी पर्ने गरेको जल तथा मौसम विभागकी मौसमविद् विभूती पोखरेलले जानकारी दिइन् । उनका अनुसार अझै तीन दिन मौसममा बदली आउने छ । यद्यपि आजको तुलनामा आइतबार र सोमबार केही कम हुनेछ ।

विभागका अनुसार आज देशका अधिकाम्स भूभागमा सामान्य देखि पूर्णतया बदली रहनेछ केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हुरी बतास चल्ने छ भने वर्षा पनि हुने छ ।

उच्च हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको विभागको भनाइ छ । तराईका भूभागहरुमा हुरी बतास चल्ने सम्भावना रहेको छ ।

नुवाकोट । यही चैत २३ गते हुन गइरहेको नुवाकोट उद्योग बाणिज्य संघको निर्वाचनमा पार्टीको निर्देशन विपरित उम्मेदवारी दिएको भन्दै विदुर नगरपालिका–६ का काँग्रेसका क्रियाशिल सदस्य दिपक तिमिल्सिनालाई नुवाकोट काँग्रेसले कारबाही गरेको छ । उनले लोकतान्त्रिक प्यानलको विरुद्धमा हुने गरेर स्वतन्त्र रुपमा खुला सदस्य पदमा उम्मेदवारी दिएपछि शुक्रबार बसेको उम्मेदवार चयन कार्यदलले कारबाही गर्दै त्यसको स्वीकृतको लागी केन्द्रमा पठाउने निर्णय गरेको कार्यदल संयोजक एंव पार्टी कोषाध्यक्ष महेन्द्र थिंङले जानकारी दिनुभयो ।

तिमिल्सिनालाई अबको तीन वर्षसम्म पार्टीको क्रियाशिल र साधारण सदस्य दुवै नहुने गरी कारबाही गरिएको छ । कार्यदलको बैठकले सर्वसम्मत गरेको कारबाहीको निर्णय कार्यान्वयनको लागी पार्टी केन्द्रीय समितिमा पठाइएको कार्यालय सचिव कृष्ण रिजालले जानकारी दिनुभयो ।

दशौँ अधिवेशन अन्तरगत नुवाकोट उद्योग बाणिज्य संघको शुक्रबार उद्घाटन समारोह र शनिबार नयाँ नेतृत्व चयनको लागी हुने निर्वाचनमा लोकतान्त्रिक प्यानलबाट प्रतिनिधित्व गर्दै वर्तमान अध्यक्ष ताराबहादुर कार्कीको टोली र प्रगतिशिल प्यानलबाट यसअघिका अध्यक्षका प्रत्यासी समेत रहनुभएका रमेश श्रेष्ठको टोली प्रतिस्पर्धामा रहेका छन् ।

काँग्रेसको निर्देशन विपरित खुला सदस्यमा उम्मेदवारी दिएपछि कारबाहीमा परेका तिमिल्सिनाले अब प्रगतिशिल प्यानल तिर लाग्ने सोचमा रहेको बताएका छन् ।

यस्तो छ तिमिल्सिनालाई गरेको कारबाहीको ब्यहोरा :