ट्रिपरले ठक्कर दिदाँ बट्टारमा मोटरसाइकल चालकको मृत्यु, अर्का एक घाइते

नुवाकोट । ट्रिफर र मोटरसाइकल एक–आपसमा ठोक्किदा नुवाकोटको बट्टारमा आज एक जनाको मृत्यु भएको छ ।
बट्टारबाट गगंटेतर्फ जादै गरेको मोटरसाइकललाई विपरित दिशाबाट आएको ट्रिपरले ठक्कर दिदाँ विदुर नगरपालिका–२ का दिवाकर खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर पल्लिमगरले जानकारी दिनुभयो । प्रहरीको अनु्सार ट्रिफरको ठक्करबाट ना. ३३ प ३४६६ नंं को मोटरसाइकल चालक २३ वर्षका खनालको घटनास्थलमा नै मृत्यु भएको हो । मोटरसाइकलमा सवार मुन्ना गुप्ता सामान्य घाइते भएका छन् । दुर्घटना पश्चात आक्रोशित स्थानीयबासीले मोटरसाइकललाई ठक्कर दिने बा.५ ख २८९८ नं. को ट्रिफरमा आगजनी गरेर क्षति पु-याइदिएका छन् ।

दोषी चालकलाई कडा कारबाही, पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयबासीले बट्टारबजार–गगंटे सडक खण्ड अबरुद्ध बनाइरहेका छन् ।
स्थानीयबासीले ट्रिपर धनी रामबाबु जिसी आएर माग सम्बोधन गरेपछि मात्र शव उठाउने भन्दै बिरोध प्रदर्शन गरिरहेका छन् ।

तिव्र गतिमा रहेको ट्रिफरले नियन्त्रण गुमाउदाँ मोटरसाइकललाई ठक्कर दिएको देखिएको प्रहरीले जनाएको छ । ट्रिपरका चालकलाई भागिरहेको अबस्थामा प्रहरीले बट्टार बजारबाट नियन्त्रणमा लिएर कारबाहीको लागी आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ ।

नुवाकोटमा बिहीबार  विदुरमा माइक्रोबसले ठक्कर दिदाँ एक गम्भीर सहित दुई घाइते भएका थिए । यसैगरी धादिङतर्फको कोल्प्खोला नजिकै मिनीट्रकले ठक्कर दिदा नुवाकोट घर भएका एक बृद्धको ज्यान गएको थियो ।

साढे तीन् किलो सुनसहित तीन जना विमानस्थल भित्रैबाट समातिए

काठमाडौ । झण्डै साढे ३ किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ गरेका छन् ।

त्रिभुवन विमानस्थल प्रहरी र भन्सार कार्यालयको टोलीले तीन किलो ३०० ग्राम सुनसहित उनीहरुलाई पक्राउ परेको हो । मलद्धारमा सुन लुकाएर ल्याउँदै गर्दा उनीहरु पक्राउ परेका हुन् ।

खोज पत्रकारिताको चर्चित अभियान विकिलिक्सका सहसंस्थापक पक्राउ

काठमाडौ । विकिलिक्सका सहसंस्थापक जुलिएन एसान्ज लण्डनमा पक्राउ परेका छन् । उनलाई लण्डनस्थित एक्वेडोरिएन राजदूतावासबाट पक्राउ गरिएको हो ।

लण्डन प्रहरीका अनुसार अदालतमा आत्मसमर्पण गर्न अस्वीकार गरेपछि उनलाई पक्राउ गरिएको हो ।
उनले अन्तर्राष्ट्रिय संयन्त्र उल्लंघन गरेपछि उनको शरण फिर्ता लिएको एक्वेडोरका राष्ट्रपति लेनिन मोरेनोले जनाएको बीबीसीले जनाएको छ ।

तर, विकिलिक्सले ट्वीट गर्दै इक्वेडोरले गैरकानूनी रुपमा पक्राउ गरेको जनाएको छ ।

उनी सन् २०१२ देखि इक्वेडरमा निर्वासनको जीवन बिताइरहेका थिए ।

पब्जी खेललाई नेपालमा लगाइयो प्रतिबन्ध

काठमाडौ । सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलले आत्महत्याकाे घटना बढेकाे भन्दै प्रतिबन्ध लगाउन निर्देशन दिएका हुन् । पब्जी खेलका कारण विभिन्न घटना भएको भन्दै प्रहरीमा उजुरी परेपछि नेपाल दुरसञ्चार प्राधिकरणले बन्द गर्ने निर्णय गरेको हो।

नेपाल दुरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले पब्जी खेलमा प्रतिबन्ध लगाएको बताए । पब्जी इन्टरनेटबाट खेलिने भिडियो गेम हाे । यो खेल दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले बनाएकाे हाे ।

धादिङका किसानको तरकारी खेतीबाट यसरी फेरियो जीवन

मलेखु । धादिङका एक युवाले व्यवसायिक तरकारी खेती गरेर समाजमा उदाहरणीय बनेका छन् । वैदेशिक रोजगारीमा गएर स्वदेश फर्किएका बेनीघाट रोराङ गाउँपालिका वडा नं. ४ खहरेका लक्ष्मण गुरुङले अहिले गाउँमै व्यवसायिक तरकारी खेती गरेर राम्रो आम्दानी गर्ने गरेका छन् ।

निर्वाहमुखी कृषिबाट परिवारको प्रगति नहुने निष्कर्षसहित २०६१ सालको सुरुमै मलेसिया हानिए गुरुङ । साहुसँग ब्याजमा ऋण लिएर १ लाख १० हजार म्यानपावर कम्पनीमा दाखिला गरेर मनभरी धन कमाउने अभिलाषा बोकेर उनी मलेसिया पुगे । त्यतिबेला उनको शुरुवाती तलव ४ सय ८१ रिंगेट थियो । त्यसमा पनि कम्पनीले ६० रिंगेट लेवी कटाउँथ्यो । त्यती बेला एक रिंगेट सटही गर्दा १८ रूपैयाँ आउँथ्यो । महिनाभरको कमाइले आफ्नो खर्च र घरपरिवारको खर्च धानेर साहुको ऋण तिर्न हम्मेहम्मे हुने गरेको स्मरण गर्छन् उनी । मलेसियामा बल्लबल्ल साढे तीन वर्ष बिताएर उनी घर फर्किए ।

“विदेश गएर ज्यालामजदुरी गर्नुभन्दा स्वदेशमै काम गर्दा स्वाभिमानी बन्ने सोच पलाएपछि स्वदेश फर्किएँ,” गुरुङले भने, “गाउँमै व्यवसायिक खेती गर्न थालेपछि सफल भएको छु ।” विदेशबाट फर्केपछि १२ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरेका उनले अहिले त्यसलाई विस्तार गर्दै लगेका छन् । खेती सुरु गर्दा गाउँमा मोटरबाटो र बजारसमेत नभए पनि अहिले सहज हुन थालेको उनको भनाइ छ । “सुरुआती दिनमा भारी नै बोकेर ३ घण्टामा बजार पुग्ने गरेको थिएँ,” उनले भने, “साहुसँग ऋण लिएर सुरु गरेको व्यवसायबाट आएको धेरै जसो आम्दानी बिचौलियाको मुखमा पर्दा दुःख लाग्ने गरेको थियो ।” उनले भने सुरुमा जग्गाको भाडा र साहुको ब्याज तिर्दै ठिक्क हुने गरेको थियो ।
गुरुङले कुडुले फाँटको खेत हिउँदे एक वालीका लागि १२ रोपनी जग्गा २५ हजारमा भाडामा लिएका छन् । उनले ३ जनालाई नियमित रोजगारी दिएका छन् ।

यतिवेला लौका काँक्रो टिप्ने बेला भएको छ । घिरौंला र करेला केही दिनपछि टिप्न सुरु हुन्छ । हरेक दुईपछि एक टन टिप्दै आएको र काँक्रो ५० रूपैयाँ र लौका ३५ रूपयाँमा विक्री भएको गुरुङले बताए । यही मूल्य कायम रहे अघिल्लो वर्षको घाटा पूर्ति हुनेमा उनी आशावादी छन् । “दैनिक एक जना कामदारलाई छ सय रूपैयाँ ज्याला, दुई पटक खाना र दुईपटक खाजा खुवाउने गरेका छु,” उनले भने, “नियमित तीन जना र कहीलेकाहीँ त ६-७ जनासम्म काम गर्नेहरू हुन्छन् ।” आफू विदेश ज्याला गरेर आएकाले कामदारको सम्मान गर्नुपर्छ भन्ने बुझेको उनले बताए ।

चार छोराछोरीलाई मलेखुमा कोठा भााडामा लिएर सरकारी स्कुल पढाएका गुरुङको खर्च मासिक १५ हजार र घरखर्च पाँच हजार हुने गरेको छ । कामदारलाई खाना खाजामा दैनिक पाँच सय खर्च हुन्छ । सवै खर्च कटाएर एकवाली तरकारी खेतीबाट राम्रो भाउ आए आठ लाखसम्म बचत गर्न सकिने गुरुङले बताए । श्रीमती सरस्वतीले आफूलाई काममा सहयोग गरिरहेको उनले जानकारी दिए । “हामीले खुशी साथनै कृषिमा लगानी गरेका छौं,” उनले भने, “अहिलेसम्म १५ लाख रूपैयाँभन्दा बढी बचत भएको छ ।”

गाउँमा सडक पुगेसँगै स्वरोजगारको अवसर खुलेको छ । पहिलेको तुलनामा विदेश जाने क्रम घटेको छ । सरकारले कृषकका समस्या बुझेर कार्यक्रम बनाउने र नारामा व्यवसायलाई उतार्ने हो भने सरकारले मल बीउ समयमा सुलभ मूल्यमा उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।

यो सामाग्रि कारोबार दैनिकका लागी धादिङबाट राजेन्द्र बस्नेतले तयार गर्नुभएको हो ।

डोजरले सडक खनेको हेर्न जादाँ मृत्यु

नुवाकोट । शिवपुरी गाउपालिका वडा १ तलाखुमा डोजरले सडक खनेको हेर्न गएका एक व्यक्तिको सोही समयमा ढलेको रुखले लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३७ वर्षका कान्छा तामाङ रहेको प्रहरीले जनाएको छ । बुधबार राती करीब दश बजेको समयमा डोजरले सडक खनेको हेर्न गएको समयमा डोजरले ढालेको रुखले लागेर घाइते भएका तामाङको उपचारको लागी काठमाडौ तर्फ लैजादै गर्दा मृत्यु भएको हो ।

शवलाई शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षण पश्चात परिवारलाई जिम्मा लगाइएको छ ।

नुवाकोटको विदुरमा माइक्रोबस र मोटरसाइकल ठोक्किदाँ दुई गम्भीर

विदुर । नुवाकोटको विदुरबाट आज बिहान त्रिशूलीतर्फ जादै गरेको मोटरसाइकल र त्रिशूलीबाट आउदै गररेको माइक्रोबस एक–आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् ।

बा.८४ प ९२१४ नं. को मोटरसाइकललाई त्रिशूलीबाट आउदै गरेको बा. १ ज ९३४४ नंं को माइक्रोबसले विदुर स्थित लोकतान्त्रिक चौतारो नजिकै ठक्कर दिदाँ मोटरसाइकल चालक विदुर नगरपालिका–९ का राजकुमार ढकाल र त्यसमा सवार सन्तोष तामाङ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिनुभयो ।

उहाँको अनुसार दुर्घटनामा परेका ३४ वर्षका ढकालको अबस्था गम्भीर छ ।

उहाँको दायाँ खुट्टामा गहिरो चोट लागेको छ । ३३ वर्षका तामाङको दायाँ हात भाचिएको र शरीरको विभिन्न स्थानमा चोट लागेको छ ।

उनीहरुलाई जिल्ला स्थित नुवाकोट सिटी अस्पतालमा उपचार हुन नसकेपछि हेलिकोप्टर मार्फत काठमाडौको ग्राण्डी अस्पतालमा पठाइएको छ ।

दुर्घटना पश्चात स्थानीयवासीले माइक्रोबसमा तोडफोड गरेका छन् । चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार ती चालकको सवारी चालक अनुमति पत्र नभएको पाइएको छ ।

भूकम्पले क्षति पुगेको तातोपानी नाका जेठ १७ गतेदेखि सञ्चालन हुने

सिन्धुपाल्चोक । गोर्खा भूकम्पपछि बन्द भएको सिन्धुपाल्चोकको तातोपानी नाकाको सरकारी उच्चस्तरीय टोलीले मंगलबार स्थलगत निरीक्षण गरेको छ । तातोपानी नाका र अरनिको राजमार्ग पुनःसञ्चालनमा ल्याउन निर्माण कार्य धमाधम भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मन्त्रीहरु, प्रधानमन्त्रीका सल्लाहकार, पुनःनिर्माण प्राधिकरणका प्रमुख, सांसदलगायतको टोलीले यो क्षेत्रमा पुगेर नाका सञ्चालनका हालसम्म भैरहेको प्रगतिकाबारेमा जानकारी लिनुभएको हो ।

एक साताअघि भूकम्प प्रभावित १४ जिल्लाका सांसदले प्रधानमन्त्रीसँग भेट्दा तातोपानी नाका सञ्चालनका विषयमा कुरा भएको र सोहीअनुसार  निरीक्षण गरिएको सांसद अग्नि सापकोटाले जानकारी दिनुभयो ।

नाकाको स्थलगत निरीक्षणका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सांसद सापकोटा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, पुनःनिर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवाली र घनश्याम भट्टराई उक्त क्षेत्रमा पुग्नुभएको थियो ।

भूकम्पपछि बन्द रहेको तातोपानी नाका सञ्चालन गर्न चिनियाँ पक्षले सीमा क्षेत्रदेखि बसेरीसम्म र बाह्रबीसेदेखि बसेरीसम्म डिभिजन सडक कार्यालय चरिकोटले सडक निर्माण गरिरहेको सडक कार्यालय दोलखाका प्रमुख धर्मेन्द्र झाले बताउनुभयो । टोलीले निर्माणाधीन सुक्खा बन्दरगाह, मितेरी पुल र एक दर्जनभन्दा बढी स्थानमा बिग्रेभत्केको सडकक्षेत्रको निरीक्षण गरेको थियो ।

सुक्खा बन्दरगाह निर्माण कार्य अन्तिम चरणमा पुगेको चिनियाँ पक्षले जानकारी गराएको थियो । चिनियाँ पक्षले मे ३१ (जेठ १७ गते) नाका सञ्चालनको तयारी गरेको सांसद सापकोटाले जानकारी दिनुभयो ।

“अब नाका सञ्चालन हुने सुनिश्चित भयो, यसमा हामी खुशी छौ”, बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताउनुभयोे ।

विप्लवका नेता हेमन्तप्रकाश वलीलाई थुनामै राख्न मिल्ने गरेर अदालतले यस्तो आदेश दियो

काठमाडौ ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मध्य कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ को बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

वलीलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै गएको चैत १३ गते छोरी बिपना वलीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट बुधबार सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले खारेज गरेको हो । योसँगै वलीलाई थुनामा राख्न प्रहरीलाई बाटो खुलेको छ ।

गएको चैत ९ गते नेपाल प्रहरीको विशेष टोलीले काभ्रेबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मध्य कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित नौ जनालाई पक्राउ गरेको थियो ।

वलीले नख्खु बम विस्फोट घटनाको जिम्मा लिएका थिए । उनीसहित नौ जनालाई प्रहरी संगठित अपराधअन्तर्गतको मुद्दामा अनुसन्धान गरिरहेको छ ।

न्यूनतम १० कित्ता शेयर समेत आवेदन गर्न सकिने

काठमाडौ । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा हालको कम्तीमा ५० कित्ता आवेदन गर्ने व्यवस्थामा परिवर्तन गरी न्यूनतम १० कित्ता पनि आवेदन गर्न पाउने व्यवस्था गरेको छ ।

विद्यार्थी तथा स–साना पूँजी भएका वर्गको पूँजी बजारमा पहुँच बढाउने र यसलाई समावेशी बनाई ‘एक नेपाली एक डिम्याट खाता’ अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले सार्वजनिक निष्कासनमा न्यूनतम १० कित्ता आवेदन गर्न पाउने व्यवस्था गरिएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिनुभयो ।

बोर्डले आजै यस व्यवस्थालाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित सबै निष्कासन तथा बिक्री प्रबन्धक मर्चेन्ट बैंकरलाई परिपत्रसमेत गरेको छ । यस समावेशी व्यवस्थाले पूँजीबजारमा जनसहभागिता बढ्ने र पूँजीबजारको विकास र विस्तारमा थप टेवा पुग्ने विश्वास गरिएको प्रवक्ता रेग्मीले बताउनुभयो ।

सबै वर्गका लगानीकर्ताको सहभागिता बढाउन उपलब्ध भएसम्म सबै आवेदकले कम्तीमा १० कित्ता शेयर पाउने समावेशी वितरण प्रणाली र २०७३ सालदेखि आश्वा व्यवस्था लागू भएपश्चात् देशैभर साना तथा आम लगानीकर्ताको सहभागिता बढ्दै गएको बोर्डले जनाएको छ ।

नेपालमै पहिलो पटक बेरोजगारलाई जागिर दिने पसल खुल्यो

काठमाडौ । बानेश्वरबाट पूर्वतिरको शान्तिनगर चोक । धेरै पसलका बीचमा एउटा पसल छ । नाम रोजगारी पसल । पसलको नाम लेखिएको बोर्डमा नामभन्दा तल लेखिएको छ – यहाँ काम र कामदार पाइन्छ ।

पसलभित्र चार/पाँच जना कर्मचारी काम गरिरहेका छन् । अघिल्लो हप्ता रोजगारी पसलमा पुग्दा पसलका बिजनेस म्यानेजर सन्जिव निरौला त्यो दिनका लागि कामदार खोज्दै आएका आवेदन हेर्दै हुनुहुन्थ्यो । शुक्रबार मात्रै पसलमा काठमाण्डौका लागि २० जना कामदार चाहियो भन्दै आवेदन परेको थियो ।

‘आजका लागि मात्रै काठमाण्डौमा २०, इटहरीका लागि ३, पोखराका लागि ४ अनि बुटवलबाट २ जना मान्छे चाहियो भनेर माग आएको छ’ कम्प्युटरमा अध्यावधिक भएको विवरण सुनाउँदै निरौलाले भन्नुभयो, ‘आएका मागमध्ये कुकमा बढी छ अनि त्यसपछि धेरै कामदार खोज्ने क्षेत्र सेल्स र मार्केटिङ हो ।’

यो पसलमा दिनहुँ यसरी नै आफूलाई चाहिने कामदारको माग आउँछ अनि काम खोज्नेहरुका आवेदन पनि । काम खोज्दै आउनेहरुका निवेदनका आधारमा उनीहरुसँग अन्तरवार्ता लिएर काम खोजिदिने काम गर्छ पसलले ।

पछिल्लो ७/८ वर्षमा रोजगारी पसलले झण्डै एक लाख जनालाई काम खोजिदिएको छ । अनि त्यतिकै मात्रामा कामदार खोज्नेहरुको माग पनि पूरा गरिदिएको छ पसलले  ।
अनलाइन हेरेर काम गर्न जाँदा सजिलो

काठमाण्डौका मिङ्मा दावा शेर्पा एउटा होटलमा कुकको काम गर्नुहुन्छ । उहाँले यो काम गर्न थालेको अढाई वर्ष भयो । त्योभन्दा पहिले पनि मिङ्मा होटल र रेष्टुरेण्टहरुमै काम गर्नुहुन्थ्यो । तर त्यतिबेला न काम गर्ने समय निश्चित थियो, न त्यसबापत पाइने पैसाकै टुङ्गो थियो ।

त्यही भएर उहाँले ६ महिना जति काम छोड्नुभयो । तर काम छोडेपछि उहाँलाई झनै तनाव भयो । त्यतिबेला मिङ्मालाई उहाँका दाइले अनलाइनबाट आवेदन गरेकै आधारमा काम खोजिदिने रोजगारी पसलका बारेमा बताउनुभयो ।

पसलमा निवेदन दिएपछि तीन ठाउँमा अन्तरवार्ता दिएपछि मिङ्माले कुक हेल्परको जागिर पाउनुभयो । अढाई वर्षपछि उहाँको बढुवा भएको छ । अहिले उहाँ कुक हुनुहुन्छ ।

आफैं काम खोज्दै हिँड्दा काम दिने व्यक्तिले जति भन्यो त्यति समय काम गर्नुपथ्र्यो । अनि आफूले सोचेको जस्तो तलब पनि पाइँदैनथ्यो । यो दुःख मिङ्माले पनि नभोग्नुभएको होइन । तर पसलमा आवेदन दिएर त्यहाँ कामदार खोज्न आएका होटलहरुमध्ये अन्तरवार्ता दिएर काम गर्न थालेको होटलमा यी समस्या छैनन् ।

काजोल लामाले पनि पसलमार्फत नै काम खोजनुभएको हो । तीन वर्षअघि उहाँ एउटा म्यानपावरमा काम गर्नुहुन्थ्यो । आफैंले काम गर्ने म्यानपावरमा दुबईबाट राम्रो कामको माग आएपछि उहाँ दुबई पुग्नुभयो । दुई वर्षमा कम्पनी बन्द भएपछि नेपाल फर्किएकी काजोल अहिले एउटा कम्पनीमा रिसेप्सनमा काम गर्नुहुन्छ ।

दुबईबाट फर्किएर काम खोजिरहेकी काजोललाई अनलाइनबाट काम खोजिदिने पसलका बारेमा बहिनीले सुनाइन् । सुरुमा त काजोललाई यो कुरा पत्यार लागेन । तर पसलमा आएर आफ्नो विवरण छोडेको केही समयमा उहाँले जागिर पाउनुभयो ।

‘मैले अहिलेसम्म अनलाइनबाट कुनै पनि कुरा खोजेको थिइनँ, त्यसमाथि काम नै खोजिदिन्छन् भनेर बहिनीले भन्दा त ठग्ने होला भन्ने जस्तो पनि लागेको थियो ।’ रोजगारी पसलमै भेटिएकी काजोलले भन्नुभयो, ‘तर होइन रहेछ । पसलले आफ्नो क्षमता अनुसारको काम खोजिदिने रहेछ ।’

भनेका कामदार पाउन समस्या :

काम पाइएन भने काम खोज्न शहर पस्नेको सङ्ख्या ठूलै छ । प्रायः धेरैले कार्यालयको १० देखि ५ बजेको जागिर खोज्छन् । यही कारणले शहरमा घरका काम गर्ने कामदार पाउन गाह्रो छ । कञ्चनपुरको बेलौरीका जनक भट्टलाई केही वर्षअघि एउटा समस्या पर्‍यो ।

उहाँ बसेको कोठाको ढोका बिग्रिएर मर्मत गर्नुपर्ने भयो । ढोका मर्मत गरिदिने मान्छे खोज्न उहाँलाई हप्ता दिनभन्दा धेरै लाग्यो । ढोका बनाउन आएका व्यक्तिले एक घण्टा काम गरेर दुई हजार रुपैयाँ लिएर गए ।

एक त कामदार पाउन भागेको सास्ती अनि अर्कोतिर एक घण्टामा ती व्यक्तिले दुई हजार रुपैयाँ लिएपछि जनकले यस्ता काममा कामदारको अभाव रहेछ भन्ने मात्रै बुझ्नुभएन कमाइ पनि राम्रै हुने रहेछ भन्ने थाहा पाउनुभयो ।

उहाँ कम्प्यूटर इञ्जिनियरको विद्यार्थी । पढाइकै क्रममा जागिर खाँदा उहाँको भेट सिरहाका सुनिल साहसँग भएको थियो । दिल्ली युनिभर्सिटीमा पढेका सुनिल पनि अरुको कम्पनीमा काम गर्नुभन्दा आफ्नै केही गर्न चाहनुहुन्थ्यो । जनक र सुनिलले त्यतिबेलै मिलेर आफ्नै केही गर्ने सोच्नुभएको थियो ।

जनकले भोगेको कामदार नपाउने समस्यासँग उहाँहरुको सोच मिलेपछि उहाँले घरमा चाहिने विभिन्न कामका लागि कामदार खोजिदिने सोच बनाएर सुरु गर्नुभयो ‘होम सेवा’ ।

होम सेवाले विभिन्न क्षेत्रका कामदार चाहिएका बेलामा उपलब्ध गराउने गर्छ । होम सेवाले अहिले पेन्टर, कम्प्यूटर बनाउने, मेसन, इलेक्ट्रिसियन, प्लम्बर, कार्पेन्टर र ब्यूटिसियन चाहिएमा भनेको ठाउँमा पठाइदिने गरेको छ ।

‘यो हामीले काम गर्ने मुख्य क्षेत्र भए पनि हामी प्रायः जसले जे कामका लागि कामदार माग गर्छन ती सबै कामका लागि कामदार उपलब्ध गराउँछौं ।’ होम सेवाका सञ्चालकमध्येका एक सुनिल साहले भन्नुभयो ।

तर भनेका कामदार पाउन उहाँहरुलाई पनि त्यति सजिलो छैन । रोजगारी पसलले जस्तै उहाँहरुले पनि अहिले भनेको समयमा भनेको जस्तो कामदार पाउन सकिरहनुभएको छैन ।

युवाहरु काम पाइएन भन्दै देश छोडेर विदेश गइरहेका छन् । वैदेशिक रोजगारीमा जानेमध्ये ७५ प्रतिशतभन्दा धेरै अदक्ष रुपमै विदेश गइरहेका छन् । उनीहरुले विदेशमा काम  गरेबापत १५ देखि २५ हजार रुपैयाँ पाउने गरेको विभिन्न सरकारी तथ्याङ्कले देखाउँछ ।

तर यतिको कमाइ हुने काम नेपालमै धेरै रहेको रोजगारी पसलका बिजनेश म्यानेजर सञ्जिव निरौलाको भोगाइले बताउँछ । उहाँ भन्नुहुन्छ, ‘कामदारको माग हामी कहाँ आइरहन्छ, तर हामीले भनेको जस्तो कामदार नै पाइरहेका छैनौं । हामीलाई आफ्नो ठाउँमा काम गर्न केले छेक्छ छेक्छ ।’

उहाँको विचारमा गाउँ समाजमा अझै पनि कामलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन सकेको छैन । जसका कारणले युवाहरु देशमा काम गर्नभन्दा विदेश नै जान जोड गरिरहेका छन् ।

यो सामाग्रि पत्रकार मोहन पौडेलले उज्यालो अनलाईनको लागी तयार गर्नुभएको हो ।

मलेसियामा भएको बस दुर्घटनामा दुई नेपालीको मृत्यु, १२ घाइते

काठमाडौ । आइतबार राती मलेसियामा बस दुर्घटना हुँदा दुई नेपालीको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् ।

मुतियारा कायामास कम्पनीमा काम गर्ने रामु चौधरी र जगरनाथ सिंह दनुवारको दुर्घटनामा ज्यान गएकाे त्यही कम्पनीमा कार्यरत रमेश पन्थीले उज्यालोलाई जानकारी दिनुभएको छ । दुर्घटनामा ज्यान गुमाएका रामु चौधरी घर बिदामा नेपाल आएर २८ दिनअघि मात्रै मलेसिया फर्किनुभएको थियो ।

घाइते हुनेहरुमा केशव थापा, लोकेश ओली, कृष्णबहादुर पुन मगर, भरत शाही, पदमबहादुर कवार, सुमन काम्छा मगर, सन्तोषकुमार यादव, लोकेन्द्रबहादुर शाही, सुरज यादव, महेशकुमार बुढाथोकी,  विश्वकर्मा मण्डल र सन्तोषकुमार साह रहेको कम्पनीले जनाएकाे छ । कम्पनीकाअनुसार घाइतेमध्ये केशव थापा, लोकेश ओली, विश्वकर्मा मण्डलको अवस्था गम्भीर रहेकाले आइसीयूमा उपचार भइरहेको छ ।

होस्टलबाट रातीको सिफ्टमा काम गर्न कार्यस्थलतर्फ जाँदै गर्दा स्थानीय समयअनुसार आइतबार राति झण्डै ११ बजेर १० मिनेटमा बस दुर्घटनामा परेको थियो । बस विमानस्थलको कार्गोमा कामदार बोकेर गइरहेको पन्थीले बताउनुभयो ।

बस दुर्घटनामा पर्नुअघि बसका चालक फोनमा झगडा गरिरहेको र त्यही कारण दुर्घटना भएको घाइतेले बताएको पनि पन्थीले उज्यालोलाई जानकारी दिनुभयो ।

घाइते नेपाली कामदारको सेरदान, पुत्रजया, बान्तिङ र काजाङ अस्पतालमा उपचार भइरहेको छ । बस ४४ जना कामदार बोकेर मलेसियाको क्वालालाम्पुर विमानस्थलतर्फ जाँदै थियो ।

बस विमानस्थल नजिकै सेपाअङमा १० मिटर तल नालीमा खसेर दुर्घटना हुँदा दुई नेपालीसहित पाँच जना बंगलादेशी, तीन जना इण्डोनेसियन र एक मलेसियन नागरिकको ज्यान गएको हो । मलेसियन नागरिक बसका चालक रहेको प्रहरीले उल्लेख गरेको छ ।

दुर्घटनामा ३३ जना घाइते भएका छन् । बसमा १४ जना नेपाली, १२ जना बंगलादेशी, १४ जना इण्डोनेसियन र दुई जना मलेसियन नागरिक रहेको मलेसियन प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चार माध्यम मेट्रोले उल्लेख गरेको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web