काठमाडौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मध्य कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ को बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

वलीलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै गएको चैत १३ गते छोरी बिपना वलीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट बुधबार सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले खारेज गरेको हो । योसँगै वलीलाई थुनामा राख्न प्रहरीलाई बाटो खुलेको छ ।

गएको चैत ९ गते नेपाल प्रहरीको विशेष टोलीले काभ्रेबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मध्य कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित नौ जनालाई पक्राउ गरेको थियो ।

वलीले नख्खु बम विस्फोट घटनाको जिम्मा लिएका थिए । उनीसहित नौ जनालाई प्रहरी संगठित अपराधअन्तर्गतको मुद्दामा अनुसन्धान गरिरहेको छ ।

20.12¡ÆC