नुवाकोट उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनको लागी भएको मतदानको गणना सुरु

चैत्र २४, २०७५ मा प्रकाशित | 1701 views

नुवाकोट । नुवाकोट उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनको लागी मतदान सम्पन्न भएको छ । शनिबार विदुरमा भएको मतदानमा १४६३ मत खसेको सहायक निर्वाचन अधिकृत पुष्कर शर्मा रिमालले जानकारी दिनुभयो ।

उहाँको अनुसार मतदानमा १४५३ मत पदाधिकार सहित महिलाा सदस्य तथा खुला सदस्यको लागी खसेको हो भने दश मत पदाधिकारी, महिला सदस्य तथा बस्तुगत सदस्यको लागी खसेको हो । बिहान ८ बजेदेखि भनिएपनि ९ बजेबाट सुरु भएको मतदान साँझ ६ बजेसम्म भनिएपनि लाइनमा बसेका मतदाताहरुले साँझ साढे सात बजेसम्म मतदान गरेका थिए ।

मतदान सम्पन्न भएपछि मत गणनाको लागी राती दश बजेदेखि थालिएको आचार संहिता बनाउने कार्य तथा गणनाको लागी आवश्यक तयारी राती साढे १२ बजे पूरा भएको हो । उम्मेदवारका प्रतिनिधिबीच सहमति भएसगै मतगणना सुरु गर्न लागिएको हो ।

मतगणना स्थल विदुरमा दुवै पक्षका समर्थनहरुको उल्लेख्य सहभागिता रहेको छ । सुरक्षा व्यवस्था पनि बाक्लो रहेको छ । गणनास्थलमा उम्मेदवारहरु पनि सक्रिय रुपमा बसिरहेका छन् ।

शनिबार विदुर सहित आसपासको स्थानमा सिमसिम पानी समेत परिरहे पनि  मतदाताहरुको सहभागिता उल्लासजनक रहेको थियो ।  मतदानमा १७०० भन्दा बढी मतदाता रहेकोकमा करीब तीन सय मतदाता सहभागी भएनन ।
दशौँ अधिवेशन अन्तरगतको निर्वाचनमा ताराबहादुर कार्की र रमेश श्रेष्ठ अध्यक्ष रहेको दुई प्यानल चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

दुई पक्ष अन्तरगत कार्कीले लोकतान्त्रिक व्यवसायी र श्रेष्ठले प्रगतिशील प्यानलको नेतृत्व गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web