बेलकोटगढी नगरपालिका वडा नं. १२ को वडा कार्यालय भवन शिलान्यास

मदानपुर । बेलकोटगढी नगरपालिका वडा नं १२ को वडा कार्यालयको नयाँ भवन निर्माणको लागी मंगलबार शिलान्यास गरिएको छ ।
नयाँ भवन निर्माणको लागि मेयर राजेन्द्ररमण खनाल र उपमेयर कविता ढुङ्गाना सहित प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल र वडाअध्यक्ष डिल्लीराम सिलवालले सयुक्त रुपमा नयाँ भवन निर्माणको लागी शिलान्यास गर्नुभएको हो ।

नयाँ भवन शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै मेयर खनालले नगरवासीमा यसअघिका पीडा हटाउन आफुहरु जनप्रतिनिधिको जिम्मेवारी सम्हालेर आएपछि सुधारहुँदै गएको अनुभूति दिलाउनतर्फ लागेको बताउनुभयो ।
उहाले नगरमा मापदण्ड निर्धारण गरेर सडक विस्तारमा दुर्त गतिमा काम अघि बढाईरहेको विकासको लागि जनताको माग अनुसार करोडौका योजना सञ्चालन भइरहेको स्पष्ट पार्नुभयो ।

मेयर खनालले आफु जनताको प्रतिनिधि भएकाले पार्टीगत स्वार्थ त्यागेर
जनताको चाहना अनुसार योजना तर्जुमा र कार्यान्वयन तर्फ लागिरहेकाले
सकारात्मक कार्यमा पक्ष तथा विपक्षिबाट सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले आफू वडा नं १२ को स्थानीयबासिन्दा भएपनि समग्र नगरबासीको हितको लागी
बृहत्त योजना बनाएर विकास निर्माण एंव जनतालाई सेवा पुर्याउन प्रतिबद्धत
रहेको बताउनुभयो ।

यस्तै, उपमेयर कविता ढुङ्गानाले नयाँ
निर्माण गरिएको वडा कार्यालय भवन स्थानीयतह भएकाले यहाँ भौतिक संरचनाका
अभाव पूरा गर्नको लागि क्रमशः त्यसतर्फ १२ नं वडाको भवन शिलान्यास गरेर
सुरु गरिएको बताउनुभयो । उहाँले नगरपालिकाको १३ वटा वडा मध्ये नौ वटा वडामा
कार्यालय अभाव रहेकाले यो आर्थिक वर्षमा चार वटा वडा कार्यालयको भवन बनाउन
लागिएको जानकारी दिनुभयो । उहाँको अनुसार  यो वर्ष चारवटा नयाँ निर्माण
गर्न लागिएकोमा वडा नं १२ को भवन पहिलो शिलान्यास गरिएको र क्रमश थप वडाका
भवनहरुको पनि शिलान्यास गरेर असार भित्रै नयाँ कार्यालय भवन सञ्चालनमा
ल्याउन लागिएको छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत
शिवप्रसाद लम्सालले नगरमा चारवटा वडा कार्यालय निर्माणका क्रममा वडाबासी
जनता लगायतको सकृयताले पहिलो नम्बरमा १२ नं को भवन निर्माण सुरु गरिएको
बताउनुभयो । उहाँले नगरमा बजेटको श्रोत प्रयाप्त रहेकाले तर्जुमा गरिएका
योजनाको पारदर्शी एव गुणस्तरीय रुपमा काम गर्न नगरबासीलाई आग्रह गर्नुभयो ।
उहाँले नगरपालिकाको भवन अस्थायी संरचनामा बसेर सञ्चालन गरेपनि जनतालाई भने
विकास निर्माण, सेवा प्रवाहमा कुनै कमी भएको महशुस हुन नदिन नगरपालिका
परिवार प्रतिबद्ध रहेको आश्वासन दिनुभयो ।

शिलान्यास कार्यक्रममा वडा नं १३ का वडाअध्यक्ष पशुपति लोहनीले नयाँ निर्माण गरिएको नगरपालिकामा विकास निर्माणको लागि धेरै चुनौतिका बिच नगर र वडाहरुको कार्यालय सञ्चालन, बस्तिहरुमा सडक निर्माण, भूकम्प पछिको पुर्ननिर्माणमा सकृय भएर लागिपरेको बताउनुभयो । नगरपालिको प्रवक्ता समेत रहनुभएका लोहनीले नगरपालिकाबाट प्रवाह हुने सेवा सरल बनाएर अघि बढाउदै आएकाले सबै वडा र वस्तीमा सामानरुपमा वितरण तथा उपलब्ध गराउन लागिएको बताउनुभयो ।

कार्यक्रममा वडा नं .१२ का वडाध्यक्ष डिल्लीराम सिलवालले भृकुटी स्थित
फूलबारीमा स्थानीय दाताहरुबाट प्राप्त  भएको जग्गा नयाँ निर्माण थालिएको
भवन सबैको लागी पायक पर्ने र भवन बनेसगै वडाबाट प्रवाह हुने सेवामा थप
गुणस्तरीयता बन्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा
नगरपालिकाको बागवानी विकास अधिकृत छविलाल शर्मा, सवईञ्जिनियर बद्री
भण्डारी, नगर सदस्य नरेशबहादुर राई,  नेपाली काँग्रेसका प्रतिनिधि
कृष्णप्रसाद सेढाई लगायतको सहभागिता रहेको थियो ।

वडासचिव अमरबहादुर
तामाङको अनुसार चारकोठा पक्कि भवन निर्माणको लागी श्रवशक्ति महामायाँ
प्रालि निर्माण व्यवसायीलाई जिम्मेवारी दिइएको छ । उक्त प्रालीले रु ४२ लाख
रुपैयाँमा बनाउने जिम्मेवारी पाएको हो ।
निर्माण थालिएको भवन असार
मसान्तभित्रै पूरा गर्नुपर्ने बाध्यता रहेको छ । हाल वडा कार्यालय भवन
अभावमा फूलबारी स्थित भृकुटी माविबाट सञ्चालन भइरहेको छ ।

जति राम्रो गरेपनि विरोध सहनुपर्ने बाध्यता भएको प्रचण्डको गुनासो

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारले एक वर्षमा 'समृद्ध नेपाल सुखी नेपाली' नारालाई साकार रुप दिने आधार तयार गरेको बताएका छन्। आफ्नै पार्टी नेतृत्वको सरकारलाई धन्यवाद दिनु औपचारिकता जस्तो हुने भन्दै उनले सरकारका कामको प्रशंसा गरे।

सरकारकाे नितीत तथा कार्यक्रमका सम्बन्धमा आफ्ना धारणा राख्दै आजकाे संसद बैठकमा उनले भने, ‘यो एक वर्षमा सरकारले समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई पूरा गर्ने प्रयास गरेको छ।'

अध्यक्ष प्रचण्डले संविधानमा उल्लेख भएका मौलिक हकसँग सम्बन्धित ऐनहरु समयमै निर्माण गरेर संवैधानिक संकट टारेको दाबी गरे। ‘असाेज ३ भित्र ती ऐन निर्माण गर्न नसकेको भए संवैधानिक बहस सुरु हुन सक्थ्यो। तर, सरकारले समयमै निर्माण गर्‍यो। यो कामका लागि धन्यवाद।’

यसबीचमा परराष्ट्र सम्बन्ध सन्तुलित बनाउने र छिमेकसँगको सम्बन्ध देशको हितअनुसार अघि बढाउने प्रयास भएकाे उनले जिकिर गरे।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दा र त्यसमाथि बहस गर्दा परिपक्वता देखेको भन्दै सरकार र विपक्षी दलप्रति पनि उनले आभार प्रकट गरे। ‘मैले नयाँ अनुभूति र महशुस गरेको छु। गत साल संविधान बनेर त्यस अन्तर्गतको निर्वाचन भएपछिको पहिलो नीति तथा कार्यक्रम र बजेट निर्माणको प्रक्रियामा सत्तापक्षको तयारी स्तर र प्रतिपक्षको प्रतिवादको स्तर कमजोर थियो। यसपल्ट दुबै व्यवस्थित रुपमा प्रस्तुत भएको देखेको छु।’

सरकारले नीति तथा कार्यक्रममा एक वर्षका अनुभवसहित त्यसलाई आफ्नो तर्फबाट सकेको व्यवस्थित गर्न प्रयास गरेको प्रचण्डकाे भनाइ थियाे। उनले जनताको चाहना र भावनालाई सम्बोधन गर्ने अधिकतम कोशिस भएको पनि उल्लेख गरे।

प्रतिपक्षले पनि राम्रो तयारी गरेर लिखित रुपमा आफ्ना धारणा प्रस्तुत गरेर बहसको नयाँ स्तर दिने कोशिस भएको भन्दै उनले प्रशंसा गरे।

वर्तमान शासन प्रणालीको स्वभाव नै विवाद र बहस गर्ने भएकाले यसले नयाँ गति दिने प्रचण्डकाे भनाइ थियाे। यसबीचमा उनले वर्तमान शासन प्रणालीका कमजोरी समेत औंल्याएका थिए। ‘सत्ता पक्षले राम्रै कुरा गरेपनि विरोध गर्नुपर्ने बाध्यता छ। प्रतिपक्षीले राम्रै सुझाव दिए पनि इग्नोर गर्नुपर्ने बाध्यता छ’, उनले सन्देह व्यक्त गरे, ‘यसले कतै नकारात्मक सन्देश त दिँदैन?

पूर्वन्यायाधीशहरु भन्छन : अदालतमा बिचौलिया बढ्यो, भ्रष्टाचार पनि मौलाउदै

काठमाडौ ।  पूर्वन्यायाधीश फोरम नेपालको २०७५ मंसिर २५ मा बसेको साधारण सभाले न्यायलयको अवस्था अध्ययन गर्न एक समिति गठन गरेको थियो। सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रप्रसाद भण्डारी नेतृत्वमा बनेको समितिमा सर्वोच्चकै पूर्व न्यायाधीशहरु पवनकुमार ओझा, गिर वैद्यनाथ उपाध्याय सदस्य थिए। पुनरावेदन अदालतका पूर्व मुख्य न्यायाधीश शम्भुबहादुर खड्का सदस्य सचिव थिए।

उक्त अध्ययन समितिले न्यायालयमा बिचौलियाहरु विभिन्न भेषभूषामा रहने गरेको उल्लेख गरेको छ। यस्ता बिचौलिया राजनीतिक दल एवं सामाजिक कार्यकर्ताहरु जस्ता राम्रा र चिल्ला अनुहारमा रहनेको र कतिपय वकिल, न्यायकर्मी वा पूर्व न्यायकर्मी समेत रहेको प्रतिवेदनमा उल्लेख छ। अध्ययन प्रतिवेदनको दुई खण्डमा बिचौलियाहरुको बारेमा चर्चा गरिएको छ।

पहिलो खण्डका अदालतका कस्ता व्यक्तिहरु बिचौलियाको रुपमा रहेका छन् र उनीहरु कुन पोसाकमा उत्रन्छन् भनेर चर्चा गरिएको छ भने दोस्रो खण्डमा उनीहरुबाट बच्न के गर्नु पर्छ भनी सुझाइएको छ।

राजनीतिक हस्तक्षेप बढ्यो :
न्यायालयमा बढेको राजनीतिक प्रभावले मुलुक सर्वसत्तावादतर्फ प्रवेश गर्न लागेको तर्फ पूर्वन्यायाधीशहरूले चिन्ता जाहेर गरेका छन्। न्यायालय गलत बाटोमा जान थालेको प्रति समेत उनीहरुको टिप्पणी छ।

‘न्यायपालिकाले राजनीतिक दुष्प्रभाव समेतबाट जनताको अधिकारको सुरक्षा गर्नुपर्ने दायित्व बोक्नुपर्ने हुन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘न्यायपालिका दलहरुको प्रभावमा पर्ने दुर्भाग्यपूर्ण अवस्थामा देश एकदलीय शासन वा कुनै न कुनै सर्वसत्तावादतिर धकेलिन सक्ने सम्भावना बढ्दै जान्छ।’

प्रतिवेदनमा न्यायपरिषद्ले न्यायाधीश नियुक्तिको माध्यमबाट न्यायालयमा राजनीति घुसाएको निष्कर्ष छ। अनुभव नै नभएका व्यक्तिलाई न्यायालयमा नियुक्त गर्दा अदालतको मान, सम्मान र न्यायकै धज्जी उड्ने अवस्था सिर्जना भएको प्रतिवेदनमा उल्लेख छ।

‘कानुन व्यवसायमा समर्पित भई जनतालाई न्याय दिलाउने प्रयासको सट्टा नामका लागि मात्र वकिलको रुपमा दर्ज भई जसरी भएकाहरुले अवसर पाएका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘जसरी पनि  पैसा कमाउने र राजनीतिक स्वार्थ साधनमा लाग्नेलाई न्यायाधीशको रुपमा दलीय भागबन्डाको आधार नियुक्ति गर्ने काम पछिल्ला वर्षमा प्रशस्त भएका छन्।’ त्यसबाट न्यायपालिका जनतामा न्यायिक निष्पक्षताको प्रत्याभूति गर्न सक्षम हुन नसक्ने प्रतिवेदनमा उल्लेख छ।

केही न्यायाधीश आफ्नो राजनीतिक दल र नेताप्रति बफादारी देखाउन पार्टीका कार्यकर्तामार्फत र अन्य विभिन्न किसिमले नेताको सम्पर्कमा रहिरहने हुनाले न्यायालयमा राजनीतिक चलखेलको प्रभाव परिरहेको प्रतिवेदनमा भनिएको छ।

कानुन व्यवसाय क्षेत्रबाट ल्याइएका केही न्यायाधीशले नि:सन्देह राम्रा उदाहरण प्रस्तुत गरेको भन्दै समितिको प्रतिवेदनले उनीहरु ओझेलमा परेको भनिएको छ। वर्तमान न्यायपरिषदको बनोटपछि त्यस क्षेत्रबाट ल्याइएका केही न्यायाधीशमा अनिवार्य रुपले हुनुपर्ने निष्पक्षताको अभाव रहेको निष्कर्षसमेत प्रतिवेदनमा निकालिएको छ।

प्रधानन्यायाधीशको नियुक्तिमा राजनीति !
पूर्वन्यायाधीश समाजको उक्त प्रतिवेदनमा न्याय परिषदमा राजनीतिक नेतृत्व हाबी भएकाले प्रधानन्यायाधीशकै नियुक्तिमा समेत राजनीति हाबी भएको उल्लेख छ।

न्यायापरिषद्को अध्यक्ष प्रधानन्यायाधीश हुन्छन् भने तीन सदस्य राजनीतिक नियुक्तिका रहने गरेका छन्। अदालतका तर्फबाट अल्पमत हुने भएकाले राजनीतिक तहले दबाबमा काम गराउन बाध्यसमेत पार्ने गरेको प्रतिवेदनमा उल्लेख छ।

न्यायाधीशमा क्षणिक लोकप्रिय हुने भोक :
सरकारवादी फौजदारी, अर्थ, आयकर वा यस्तै अरु मुद्दामा क्षणिक लोकप्रियता प्राप्त गर्ने विचारले कुनै न्यायाधीशहरुले फैसला गर्न थालेको प्रतिवेदनको निष्कर्ष छ।

त्यस्तो कार्य गर्दा सरकार वा केहीलाई  फाइदा भए पनि समग्र रुपमा न्यायालय भने धरासायी हुने प्रतिवेदनमा उल्लेख छ।

मिडिया ट्रायल धेरै भयो :
पूर्वन्यायाधीशहरुको प्रतिवेदनले पछिल्लो समयमा मिडिया ट्रायल हुने गरेको निष्कर्ष निकालेको छ।

न्यायालयको मर्यादा समाजमा विस्तारै खस्किरहेको औंल्याउदै प्रतिवेदनमा राजनीतिक दलका पदाधिकारी, सरकारी पदाधिकारी वा कुनै पनि व्यक्तिविशेषले समेत अदालतमाथि ट्रायल गर्न थालेको प्रतिवेदनमा उल्लेख छ।

न्यायाधीशहरुमाथिको ट्रायल सञ्चारमाध्यमबाट भएको प्रतिवेदनले जनाएको छ। 'कतिपय सञ्चारमाध्यमले न्यायपालिका र न्यायाधीशको मानमर्दन हुने खालका अभिव्यक्ति र समाचारहरु पस्किने गरेका छन्,’ प्रतिवेदनमा उल्लेख छ, ‘न्यायाधीश एवं न्यायकर्मीसमेत आफ्नो र न्यायपालिकाको मानमर्यादाप्रति सचेष्ट रहनुपर्छ।’

गोरखापत्र संस्थानको घर ‘बाख्राको खोर’ !

काठमाडौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले गोरखापत्र संस्थानको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

मन्त्री बाँस्कोटाले गोरखापत्र संस्थानको काममा तत्काल सुधार नभए कर्मचारीहरुको विकल्प खोज्ने चेतावनी समेत दिए। उनले गोरखापत्र संस्थानमा कार्यरत कर्मचारीहरुलाई उत्साहका साथ काम गर्न निर्देशन दिँदै त्यसमा सुधार नभए पेन्सन रोक्का गर्नुपर्ने अवस्था आउनेतर्फ पनि सचेत गराए।

गोरखापत्र प्रकाशनको १ सय १९औं वर्ष प्रवेश तथा चौंथो राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पेन्सन खाने तर गोरखापत्र संस्थानको काममा सुधार नहुने कुरालाई अन्त्य गरेर अघि बढ्ने योजना पनि अघि सारे। गोरखापत्र संस्थानको घरलाई ‘बाख्राको खोर’को संज्ञा दिँदै मन्त्री बाँस्कोटाले त्यसलाई भत्काएर नयाँ भवन निर्माण गर्ने पनि बताए।

‘गोरखापत्र संस्थापनको बाख्राको खोरजस्तो कार्यालय भत्काएर अर्को बनाउनेदेखि लिएर सबै कुरा प्लानिङका साथ अघि बढ्ने’ मन्त्री बाँस्कोटाको भनाइ छ।

मन्त्री बाँस्कोटाले गोरखापत्र संस्थानलाई पढौं–पढौं लाग्ने बनाउन इमानदार भएर काम गर्न पनि कर्मचारीहरुलाई सचेत गराए। गोरखापत्र संस्थान चुनौतीको घेरामा रहेको उल्लेख गर्दै उनले त्यसलाई मुनाफामा परिणत नगरेसम्म सरकारले त्यहाँका कर्मचारीहरुलाई थप सुविधा दिन नसक्ने पनि स्पष्ट पारे।

मन्त्री बाँस्कोटाले इमानदार भएर काम गर्नुनै लोकतन्त्र भएको उल्लेख गर्दै त्यसैबाट मात्रै हरेकको सम्मान हुने जिकिर गरे। कार्यक्रममा मन्त्री बाँस्कोटाले कामै नगरेको भन्दै हुलाक कार्यालयप्रति पनि आक्रोश व्यक्त गरेका थिए।

राष्ट्रिय स्वंयम सेवक नेपालकाे दाेश्राे जनचेतनामूलक कार्यक्रम गंगबुमा सम्पन्न

काठमाडौ । काठमाडौंकाे गाेंगबु स्थित बिजि मल अगाडी राष्ट्रिय स्वंयम सेवक नेपालकाे आयोजनामा शुक्रबार जननचेतनामूलक कार्यक्रम गरेकाे छ ।

"जय देशको नाराले मातृभुमिको संरक्षण गरौं साराले" भन्ने नारा सहित शान्ती, उन्मुक्ति आर्थिक सम्बृदी र सामाजिक न्यायको लागी राष्ट्रिय स्वंयमसेवक बन्न आब्हानकाे लागि उक्त कार्यक्रम गरिएकाे बक्ताहरुले बताएका छन् ।
शान्तिपुर्ण आग्रहको बाटाेबाट अघि बढ्दै राष्ट्रको निकास र बिकासको लागि राष्ट्रिय स्वंयमसेवक बनाउन गत शुक्रबारदेखि सुरु गरिएकाे संयाेजक
श्रीराम घिमिरेले बताउनु भयाे ।

कार्यक्रममा सँस्थाका  महासचिव पुरुषोत्तम गजुरेल, प्रबक्ता सफलता बोगटी, कोषाध्यक्ष गायत्रि दाहाल, सहकोषाध्यक्ष सरिता पन्डित लगायतमा बक्ताहरुले सिङ्गाे देश बचाई राखौ, देशका भष्टचारिलाई कार्बाहीकाे दायरामा ल्याउन जनदबाब सृजनाकाे लागि सुरु भएकाे अभियान मुलुकभर पुर्याइने र त्यसमा आम समुदायकाे साथ र सहयाेगकाे आवश्कता रहेकाे बताएका थिए ।

सरकार भन्छ : दुई वर्ष भित्रै जोखिमयुक्त बस्ती सबै स्थान्तरण भइसक्छ

काठमाडौ । सरकारले भौगोलिक विकटातामा रहेका बस्तीलाई दुई वर्षभित्र स्थानान्तरण गर्ने नीति लिएको छ ।

आर्थिक वर्ष ०७६/७७ को सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख छ । प्राकृतिक विपतको जोखिमा रहेका असुरक्षित वस्तीलाई नजिकको सुरक्षित स्थानमा सारिने कार्यक्रममा उल्लेख छ ।

बस्ती स्थानान्तरण गरिने ठाउँमा सरकारी सबै पुर्‍याइने र सुविधा सम्पन्न आवास निमार्ण हुने कार्यक्रममा उल्लेख छ । यस्तै सरकारले काठमाडौंको बस्ती व्यावस्थापन गर्न जग्गा एकीकरणमार्फत काम सुरु गर्ने पनि जनाएको छ ।

केटीको निहुँमा ग्याङफाइट, एक जनाको मृत्यु

काठमाडौ । ललितपुरको पुल्चोकमा युवाहरुको दुई समूहबीच भएको ग्याङ फाइटमा एक जनाको मृत्यु भएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले कृष्ण तामाङसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

शुक्रबार साँझ ललितपुर महानगरपालिका–३ पुल्चोकस्थित सुमेरु अस्पताल नजिकको गल्तीमा ग्याङ फाइट भएको थियो । १२/१४ जना युवाहरुको समूहमा भएको झडपमा २० वर्षका अन्सल शाक्यको मृत्यु भएको छ ।

झडपमा घाइते भएका उनलाई ६ः४५ बजे सुमेरु सिटी अस्पताल पुर्याइएको थियो । तर, ७ बजे चिकित्सकले मृत घोषित गरेका छन् ।
उनको टाउको, छाति लगायतका स्थानमा धारिलो हतियार प्रहार गर्दा गम्भीर चोट लागेको थियो ।

प्रहरीका अनुसार दुई समूहबीच केटीको निहुँमा झडप भएको थियो । संलग्न कृष्ण तामा सहित ६ जना नियन्त्रणमा लिएर अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डीएसपी नारायणप्रसाद चिमोरियाले अनलाइनखबरलाई जानकारी दिए ।

आज आमाको मुख हेर्ने दिन

काठमाडौ ।  जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व पौराणिक कालदेखि मनाइँदै आइएको हो ।

पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार औंसीका अवसरमा बिहान सबेरै स्नान गरी आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन रहीआएको छ । यसदिन आमा नभएकाहरुले भने आमाको श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् ।

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी भन्दै शास्त्रीय रुपमा नै जन्म दिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूला हुन् भनिएको छ । आमाप्रति श्रद्धाभाव व्यक्त गरिने यो पर्व आफैंमा महत्वपूर्ण छ,’ गौतमले भने ।

शास्त्रमा बाबुभन्दा आमा दश गुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरिएको छ । मातृदेवो भवः भनेर सबैभन्दा पहिले भनिन्छ । त्यसपछि मात्र पितृदेवो भव, आचार्यदेवो भव भनिन्छ । यसैबाट शास्त्रले आमालाई महत्व दिएको स्पष्ट हुन्छ ।

मातातीर्थमा मेला :

दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औंसीमा काठमाडौंको मातातीर्थमा ठूलो मेला लाग्ने गर्दछ । मेलामा सहभागी भई त्यहाँस्थित कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास रही आएको छ । आजकै दिन भक्तपुरका नेवार समुदायले भक्तपुरको हनुमानघाटमा गई आमाको सम्झनामा श्राद्ध गरी तर्पण दिने प्रचलन छ ।

घरबाट टाढा रहेकाहरु आमाको मुख हेर्नका लागि घर पुग्ने तथा जान नपाएकाहरुले टेलिफोन गरेरै भए पनि आमालाई सम्झने गर्दछन् । कतिपयले सामाजिक सन्जालमा आमाको तस्वीर शेयर गरेर सम्मान भाव प्रकट गर्दछन् ।

क्षयरोग लक्षणका बिषयमा नुवाकोटमा चित्रकला प्रतियोगिता सम्पन्न

विदुर । नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा नुवाकोटको अायाेजनामा शुक्रबार जुनियर नाटाका विद्यार्थीबिच अन्तर बिद्यालयस्तरीय क्षयरोगका लक्षणका बिषयमा चित्रकला प्रतियोगिता सम्पन्न भएकाे छ ।

क्षयरोग निवारण संस्था जिल्ला शाखा नुवाकोटका अध्यक्ष निरनमान डंगोलकाे सभाध्यक्षतामा भएकाे कार्यक्रममा बिदुर नगर कार्यपालिकाका प्रमुख सञ्जु पण्डितकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएकाे हाे ।

उक्त प्रतियाेगितामा ज्ञानज्याेति माबिका सञ्जिव गुरुङ प्रथम, चन्द्रज्याेति माबिका सञ्जिव कुमाल र महादेव माबिका दिपेन्द्र माैरातीले तृतीय स्थान हासिल गर्न सफल भए ।

मुल्यांकन समितिमा बिदुर नगरपालिका शिक्षाका दिवाकर चापागाई, बिदुर नगरपालिका स्वास्थ्य शाखाका  दिनेशप्रसाद भट्टराई र नाटा नुवाकोटका सचिव शर्मिला थापामगर रहनुभएको थियाे ।

कार्यक्रममा चन्द्रज्याेति माबिका शिक्षक गणेश प्याकुरेल, महादेव माबिका शिक्षक रामप्रसाद लामिछाने , बिदुर नगरपालिका शिक्षा शाखाका नेत्र प्रशाद पाैडेल, भैरबि माबिका दिवाकर शर्मा रिमाल, सहभागि बिद्यार्थीहरुले अाफ्नाे भनाइ मन्तब्य राख्नुहुदै अागामि दिनहरुमा पनि अझै यस्ता खाले प्रतियोगिताहरु अायाेजना हुदै जानुपर्छ जस्ले बिद्यार्थीहरुमा कलाकाे बिकाश साथै सचेतना पनि फैलने कुरामा बिशेष जाेड दिदै अाफ्ना भनाईहरु राख्नु भएको थियाे ।

उक्त प्रतियाेगितामा पहिलाे, दाेस्राे र तेस्रो हुनेलाई क्रमश रु.२ हजार १५, सय र १ हजार रुपैयाँ नगदका साथै प्रमाणपत्र कार्यक्रममा प्रमुख अतिथि मेयर पण्डितdबाट प्रदान गरिएकाे थियाे ।

देवकीधरम विद्यालयका विद्यार्थीलाई स्टेशनरी र पोषाक वितरण, विशाल तामाङलाई एसइईसम्म लाग्ने खर्च उपलब्ध

पञ्चकन्या । नारी जागरण समाज र बेलडाँडा परिवार (पञ्चकन्या)को सहयोगमा नुवाकोटको पञ्चकन्या गाँउपालिका वडा नं. ३ पञ्चकन्यामा रहेको देवकीधरम आधारभूत विद्यालयमा शैक्षिक सामाग्रि वितरण गरिएको छ ।

नुवाकोटमा सामाजिक सँस्थाको रुपमा अग्रणी स्थानमा रहेका उक्त दुई सँस्थाहरुको पहलमा विद्यालयमा अध्ययरनरत सम्पूर्ण विद्यार्थीलाई स्टेशनरी र पोशाक सामाग्रि वितरण गरिएको नारी जागरण समाजका अध्यक्ष रमा तामाङले जानकारी दिनुभयो ।

उहाँको अनुसार विठद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा कार्यबहाक वडाध्यक्ष मानबहादुर तामाङले सँस्थाले उपलब्ध गराएका सामाग्रि प्रदान गर्दै विद्यार्थीहरुलाई लगनशील तथा इमान्दार भएर अध्ययनमा केन्द्रित हुन आग्रह गर्नुभयो ।

कार्यबहाक वडाध्यक्ष तामाङले विद्यालयमा कक्षा ७ मा अध्ययनरत बिशाल तामाङ टुहुरो भएको र उहाँको घरको आर्थिक अबस्था निकै कमजोर भएकाले माध्यामिक शिक्षा परीक्षासम्म अध्ययनको लागी आवश्यक पर्ने सम्पूर्ण खर्च उपलब्ध गराउने घोषणा समेत गर्नुभयो ।

‘प्रथम खुल्ला फिडे रेपिड रेटिंग बुद्धिचाल प्रतियोगिता’ नुवाकोटमा आयाेजना, नाम दर्ता २७ गतेसम्म गरिने

विदुर । मुलुकभरका खेलाडी समावेश गराउदै 'प्रथम नुवाकोट खुल्ला फिडे रेपिड रेटिंग बुद्धिचाल प्रतियोगिता' नुवाकोटमा आयाेजना गरिएको छ ।

यही बैशाख २७ र २८ गते नुवाकोटमा दुइ दिने प्रतियोगिता सञ्चालन गर्न लागिएको हाे ।
नुवाकोट बुद्विचाल (चेस) संघकाे आयाेजनामा सञ्चालन गर्न लागिएकाे प्रतियोगितामा सहभागी हुने इच्छुक खेलाडीहरुकाे लागी नाम दर्ता गर्न आह्वान गरिएकाे प्रतियोगिताका निर्देशक श्याम केसीले जानकारी दिनुभयो ।

उहाँको अनुसार सहभागी हुन चाहने खेलाडीले नाम दर्ताकाे लागि नुवाकोट (स्थानीय ), महिला र १६ वर्ष भन्दा कम उमेरका खेलाडीलाई ५०० र बाँकीकाे लागि १००० शुल्क ताेकिएकाे छ ।
नाम दर्ता यही बैशाख २७ गते बिहानसम्म गर्न सकिने ब्यबस्था मिलाइएकाे छ ।

प्रतियोगितामा (समग्रमा) १५ खेलाडीले कुल ६० हजार पुरस्कार प्राप्त गर्नेछन

पहिलाे हुने खेलाडीले १५ हजार, दाेर्श्राेले १० हजार, तेर्श्राेले ७ हजार,
चाैथाेले ५ हजार, पाचाैँ हुनेले ३ हजार पुरस्कार पाउनेछन् ।
यसैगरी छैटौं देखि दशाै स्थानसम्म हासिल गर्ने पाँच जना खेलाडीले २-२ हजार
पुरस्कार ताेकिएकाे छ ।

यसैगरी,
नुवाकोटबाट सहभागी उत्कृष्ट एकजना खेलाडीले चार हजार पाउने छ भने उत्कृष्ट
महिलातर्फ एक जना, १६ वर्ष भन्दा कम उमेर तर्फबाट उत्कृष्ट एकजना,
उत्कृष्ट भेन्ट्रास ( ५५ वर्ष माथी) एक जना, खुला तर्फ एकजनाले १५ सय
पुरस्कार पाउने आयाेजक नुवाकोट बुद्विचाल संघका अध्यक्ष अमजाद आलमले जानकारी दिनुभयो ।

नेकपा नेतृत्वको ओली सरकारलाई राष्ट्रपतिले ‘मेरो सरकार’ भनेपछि काँग्रेस नेताहरुले यसो भने…

काठमाडौ । नेपाली कांग्रेसका नेता एवं सांसद गगनकुमार थापाले सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनेको भन्दै कटाक्ष गरेका छन् ।

सांसद थापाले आफू नेपाल सरकारको (जनताको सरकार) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएपनि संसदमा नेपाल सरकारको नभई राष्ट्रपतिको निजी सरकारको कार्यक्रमको पो घोषणा भइरहेको रहेछ भन्दै कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा सांसद थापाले लेखेका छन्,‘म त नेपाल सरकारको (जनताको सरकार ) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको ,यहाँ त राष्ट्रपतिज्यू बाट महामहिम ज्यू को निजी सरकार को कार्यक्रम को पो घोषणा भैरहेको छ। @PM_Nepal ज्यू,नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला ?’

त्यस्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि ‘मेरो सरकार’ भनेकोमा आपत्ति जनाएका छन् ।

प्रवक्त शर्माले कुनै बेला श्री ५ को सरकार थियो, राजाले ‘मेरो सरकार’ भनेर सम्बोधन गर्थे । आज राष्ट्रपतिले उही शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा व्यवस्था छ रु भनि प्रश्न गरेका छन् ।

‘राष्ट्रपतिलाई राष्ट्रपति नै रहन दिऊँ सरकार, राजतन्त्र विदा गरेका नेपाली नागरिकलाई ‘रानी’ बोक्ने कुनै रहर छैन’ उनले अगाडि भनेका छन्,‘दशैंको टीका प्रकरण अनि आजको ‘मेरो सरकार’ सामान्य त्रुटि विल्कुलै होइन ।’

सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सट्टा ‘मेरो सरकार’ भनेकोमा सामाजिक सञ्जालहरुमा आलोचना भइरहेको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web