मदानपुर । बेलकोटगढी नगरपालिका वडा नं १२ को वडा कार्यालयको नयाँ भवन निर्माणको लागी मंगलबार शिलान्यास गरिएको छ ।
नयाँ भवन निर्माणको लागि मेयर राजेन्द्ररमण खनाल र उपमेयर कविता ढुङ्गाना सहित प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल र वडाअध्यक्ष डिल्लीराम सिलवालले सयुक्त रुपमा नयाँ भवन निर्माणको लागी शिलान्यास गर्नुभएको हो ।

नयाँ भवन शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै मेयर खनालले नगरवासीमा यसअघिका पीडा हटाउन आफुहरु जनप्रतिनिधिको जिम्मेवारी सम्हालेर आएपछि सुधारहुँदै गएको अनुभूति दिलाउनतर्फ लागेको बताउनुभयो ।
उहाले नगरमा मापदण्ड निर्धारण गरेर सडक विस्तारमा दुर्त गतिमा काम अघि बढाईरहेको विकासको लागि जनताको माग अनुसार करोडौका योजना सञ्चालन भइरहेको स्पष्ट पार्नुभयो ।

मेयर खनालले आफु जनताको प्रतिनिधि भएकाले पार्टीगत स्वार्थ त्यागेर
जनताको चाहना अनुसार योजना तर्जुमा र कार्यान्वयन तर्फ लागिरहेकाले
सकारात्मक कार्यमा पक्ष तथा विपक्षिबाट सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले आफू वडा नं १२ को स्थानीयबासिन्दा भएपनि समग्र नगरबासीको हितको लागी
बृहत्त योजना बनाएर विकास निर्माण एंव जनतालाई सेवा पुर्याउन प्रतिबद्धत
रहेको बताउनुभयो ।

यस्तै, उपमेयर कविता ढुङ्गानाले नयाँ
निर्माण गरिएको वडा कार्यालय भवन स्थानीयतह भएकाले यहाँ भौतिक संरचनाका
अभाव पूरा गर्नको लागि क्रमशः त्यसतर्फ १२ नं वडाको भवन शिलान्यास गरेर
सुरु गरिएको बताउनुभयो । उहाँले नगरपालिकाको १३ वटा वडा मध्ये नौ वटा वडामा
कार्यालय अभाव रहेकाले यो आर्थिक वर्षमा चार वटा वडा कार्यालयको भवन बनाउन
लागिएको जानकारी दिनुभयो । उहाँको अनुसार यो वर्ष चारवटा नयाँ निर्माण
गर्न लागिएकोमा वडा नं १२ को भवन पहिलो शिलान्यास गरिएको र क्रमश थप वडाका
भवनहरुको पनि शिलान्यास गरेर असार भित्रै नयाँ कार्यालय भवन सञ्चालनमा
ल्याउन लागिएको छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत
शिवप्रसाद लम्सालले नगरमा चारवटा वडा कार्यालय निर्माणका क्रममा वडाबासी
जनता लगायतको सकृयताले पहिलो नम्बरमा १२ नं को भवन निर्माण सुरु गरिएको
बताउनुभयो । उहाँले नगरमा बजेटको श्रोत प्रयाप्त रहेकाले तर्जुमा गरिएका
योजनाको पारदर्शी एव गुणस्तरीय रुपमा काम गर्न नगरबासीलाई आग्रह गर्नुभयो ।
उहाँले नगरपालिकाको भवन अस्थायी संरचनामा बसेर सञ्चालन गरेपनि जनतालाई भने
विकास निर्माण, सेवा प्रवाहमा कुनै कमी भएको महशुस हुन नदिन नगरपालिका
परिवार प्रतिबद्ध रहेको आश्वासन दिनुभयो ।

शिलान्यास कार्यक्रममा वडा नं १३ का वडाअध्यक्ष पशुपति लोहनीले नयाँ निर्माण गरिएको नगरपालिकामा विकास निर्माणको लागि धेरै चुनौतिका बिच नगर र वडाहरुको कार्यालय सञ्चालन, बस्तिहरुमा सडक निर्माण, भूकम्प पछिको पुर्ननिर्माणमा सकृय भएर लागिपरेको बताउनुभयो । नगरपालिको प्रवक्ता समेत रहनुभएका लोहनीले नगरपालिकाबाट प्रवाह हुने सेवा सरल बनाएर अघि बढाउदै आएकाले सबै वडा र वस्तीमा सामानरुपमा वितरण तथा उपलब्ध गराउन लागिएको बताउनुभयो ।

कार्यक्रममा वडा नं .१२ का वडाध्यक्ष डिल्लीराम सिलवालले भृकुटी स्थित
फूलबारीमा स्थानीय दाताहरुबाट प्राप्त भएको जग्गा नयाँ निर्माण थालिएको
भवन सबैको लागी पायक पर्ने र भवन बनेसगै वडाबाट प्रवाह हुने सेवामा थप
गुणस्तरीयता बन्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा
नगरपालिकाको बागवानी विकास अधिकृत छविलाल शर्मा, सवईञ्जिनियर बद्री
भण्डारी, नगर सदस्य नरेशबहादुर राई, नेपाली काँग्रेसका प्रतिनिधि
कृष्णप्रसाद सेढाई लगायतको सहभागिता रहेको थियो ।

वडासचिव अमरबहादुर
तामाङको अनुसार चारकोठा पक्कि भवन निर्माणको लागी श्रवशक्ति महामायाँ
प्रालि निर्माण व्यवसायीलाई जिम्मेवारी दिइएको छ । उक्त प्रालीले रु ४२ लाख
रुपैयाँमा बनाउने जिम्मेवारी पाएको हो ।
निर्माण थालिएको भवन असार
मसान्तभित्रै पूरा गर्नुपर्ने बाध्यता रहेको छ । हाल वडा कार्यालय भवन
अभावमा फूलबारी स्थित भृकुटी माविबाट सञ्चालन भइरहेको छ ।

25.42¡ÆC