फोरमसँग मिल्नु बाध्यता भएको बाबुराम भट्टराईको बचाउ

काठमाडौ । नवगठित समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले तत्कालीन संघीय समाजवादी फोरमसँग एकता गर्नु बाध्यता भएको बताएका छन्।

पार्टी एकताप्रति असन्तुष्ट बनेका केही नेताहरूले बिहिबार बुझाएको ज्ञापनपत्र बुझ्दै परिषद् अध्यक्ष भट्टराइले यस्तो धारणा राखेका हुन्।

'वैकल्पिक राजनीतिक शक्तिलाई अझै सशक्त बनाउन पार्टी एकीकरण गरिएको हो,' डा भट्टराइले भनेका थिए।

तत्कालीन नयाँ शक्ति नेपाल वैकल्पिक राजनीतिक धारका लागि स्थापना गरिएको तर फोरमसँग पार्टी वियल गरिएको भन्दै नयाँ शक्ति केन्द्रीय समितिका सदस्यहरुले असन्तुष्टि राख्दै आएका छन्।

‘एक्लै हिँडेर कहिँ नपुगिने भएकाले एकता गर्न बाध्य भयौं, वैकल्पिक राजनीतिको धार झन् बलियो र सशक्त भएको छ,’ डा भट्टराइलाई उद्धृत गर्दै भेटमा सहभागी एक नेताले भने।

असन्तुष्ट समूहले पार्टीको नाम, झन्डा र नेतृत्वलगायतका विषयमा असन्तुष्टि राख्दै आएका छन्।

उनीहरुले तत्कालीन नयाँ शक्तिको केन्द्रीय समितिमा छलफल नै नगरी हतारोमा फोरमसमक्ष एकता गरेको आरोप लगाएका छन्।

'यी विषयमा व्यापक छलफल गरी सच्चाउन माग गर्दै डा भट्टराईलाई ज्ञापनपत्र बुझाएइको हो,' असन्तुष्ट समूहका नेता नारायण तिवारीले नेपाल लाइभ समक्ष भने।

पूर्वमन्त्री कल्पना धमला, भट्टराई प्रधानमन्त्री रहेको समयमा उनको प्रेस सल्लाहकार रहेका रामरिझन यादव तथा पूर्वसांसद ज्ञानेन्द्र कुमाललगायतका नेता असन्तुष्ट बनेका छन्।

मलेसिया रोजगारीमा पुरानै प्रक्रिया कार्यान्वयन गराउन मन्त्री विष्टको चलखेल

काठमाडौ । रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण यसअघिकै ३७ मेडिकल संस्थाबाट हुने भएको छ।

केही दिन अगाडि मात्रै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले स्वास्थ्य परीक्षणमा रहेकाे सिन्डिकेट हटाउँन नयाँ मेडिकल संस्था थप्ने तयारी थालेका थिए। तर, मलेसियाली दूतावासले पुरानै ३७ वटा मेडिकल संस्थाबाटै मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्नुपर्ने भन्दै पत्राचार गरेको छ।

दूतावासले मेडिकल व्यवसायी कैलाश खड्कालाई सम्बोधन गर्दै पत्र लेखेको हो। योसँगै पुरानै 'भेन्डर' ब्युँताउने चलखेलमा मन्त्री विष्टको चर्चा सुरु भएको छ।

कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुका लागि मलेसिया सरकारले नयाँ मापदण्ड पठाएको भनेर बायोमेट्रिक ब्युँताउने चलखेलमा मन्त्री विष्ट नै सक्रिय रहेको खुलेको हो। यसअघि दुबै देशका सरकारकै सहमतिमा ३७ वटा स्वास्थ्य संस्थाले मात्रै मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका थिए।

मलेसिया र नेपालबीच ०७५ कात्तिक १२ गते भएको श्रम समझदारी (एमओयू)मा पनि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण तिनै ३७ वटा संस्थाले नै गर्ने भन्ने कुरा प्रस्ट उल्लेख छ।

त्यस्तै, मलेसियाली दूतावासले परराष्ट्र मन्त्रालयलाई ८ अप्रिल, २०१९ अर्थात गत चैत २५ गते पठाएको पत्रमा पनि मलेसिया रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने ३७ वटै संस्थाहरु रहने उल्लेख छ।

एक स्वास्थ्य व्यवसायीले नाम नबताउने सर्तमा नेपाल लाइभलाई भने, ‘मलेसिया र नेपाल सरकारबीच पहिले नै स्वास्थ्य परीक्षण गर्ने संस्थाहरु ३७ वटा मात्रै रहने सहमति भएको छ, सिन्डिकेट हटाई नयाँ मेडिकल संस्था थप गर्ने भन्ने मन्त्री विष्टको त्यही बायोमेट्रिक ब्युँताउने चलखेल मात्रै हो।’

मलेसियालाई नयाँ मापदण्ड पठाएको जस्तो गर्न लगाएर नयाँ स्वास्थ्य संस्था थप गर्ने भन्ने भ्रम सिर्जना गरी फेरि पुरानै 'भेन्डर' ब्युँताउने मन्त्री विष्टको चलखेल रहेको ति व्यवसायीले बताए।

'भिएलएन'लगायत संस्थाले सन् २०२२ सम्म कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने गरी मलेसिया सरकारसँग सम्झौता गरिसकेकाले पुराना 'भेण्डर'लाई खारेज गरी नयाँ स्वास्थ्य संस्था राख्न पाउने अवस्था नरहेको व्यवसायीहरु दाबी गर्छन्।

मलेसियाली दूतावासले नेपाल मेडिकल व्यवसायी संघका अध्यक्ष कैलाश खड्कालाई सम्बोधन गर्दै पठाएको पत्रमा पनि कामदारको स्वास्थ्य परीक्षण गर्न ३७ वटा स्वास्थ्य संस्थालाई मात्रै अधिकार प्रदान गरी मलेसिया र नेपाल सरकारले श्रम समझदारी गरेको उल्लेख छ।

दिल्ली क्यापिटल्सले सन्दिपलाई किन मैदानमा उतारेन ?

एजेन्सी ।  भारतमा जारी इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा सनराइजर्स हैदरावादविरुद्धको खेलमा आज नेपाली स्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले मैदानमा नउतार्ने भएको छ ।

भिशाखापट्नममा जारी खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको दिल्ली क्यापिटल्सले सन्दीपलाई नखेलाएको हो । दिल्लीका लागि आज पृथ्वी श, शिखर धवन, श्रेयस ऐयर, ऋषभ पन्त, कोलिन मुन्रो, सेरफाने रुथ्सफोर्ड, अक्षर पटेल, किमो पउल, अमित मिश्र, ट्रेन्ट बोल्ट र इसान्त शर्मालाई मैदानमा उतारेको छ ।

प्रेम सञ्जेलले यसरी गराए प्रशासनको ध्यानाकर्षण

विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले कार्यालयसम्म आउने सेवाग्रहीसँग सरोकार राख्ने क्षेत्रको समस्या समाधानमा सहयोग गर्न विभिन्न कार्यालयको ध्यानाकर्षण गराएका छन् ।

कार्यालय परिसर बाहिरका सटरले मासिक ३ हजार ५ सय भाडा लिने गरेकोमा अहिले ३५ हजारसम्म पुर्‍याएको भन्ने जन-प्रतिनिधिबाटै गुनासो आएको भन्दै सञ्जेलले जिल्ला प्रशासन कार्यालय, विराटनगर महानगरपालिका तथा अन्य क्षेत्रलाई बुधबार पत्राचार गर्दै ध्यानाकर्षण गराएका हुन ।

परिसरमा खुलेका साइबरले नगरपालिका तथा अन्य निकायमा दर्ता नगरेको, श्रम कार्यालयमा आउने सेवाग्राहीलाई अर्मादित तरिकाले तानेर छिटो काम गराई दिनेभन्दै अतिरिक्त रकम लिने गरेको, नोबेल अस्पताल चौक, धरान रोडबाट आउँदा सिटी रिक्साले घटीमा ५० र बसपार्कबाट आउनेलाई ७५ रुपैयाँसम्म भाडा लिने गरेको भन्दै वाणिज्य आपूर्ति ताथ उपभोक्ता संरक्षण कार्यालयसमेतलाई यसबारे जानकारी गराएका छन् । प्रदेशस्तरमै श्रम स्वीकृति दिन सुरु गरेपछि सेवाग्राहीलाई सहज भएको छ ।

यस्ता काम गर्नेको विषयमा अनुगमन गरी सेवाग्राहीलाई पर्ने समस्या हटाउन मद्दत गर्न सञ्जेलले सम्बन्धित कार्यालयलाई श्रम कार्यालय प्रमुख सञ्जेलले अनुरोध गरेका छन् ।

आत्मघाती विस्फोटमा ८ को ज्यान गयो, १५ वर्षीय किशोर संलग्‍न रहेको पाइयो

एजेन्सी । पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरको सूफी दरगाह दाता दरबारमा दर्शनार्थीहरु खचाखच थिए । दक्षिण एसियाकै सबभन्दा पुरानो दरगाहमध्ये एक मानिने लाहोरको सूफी दरगाह दातामा अरुदिन त भिडभाड हुन्थ्यो भने अहिले त मुस्लिम धर्मालम्बीको मुख्य चाड रमजान चलिरहेकोले त्यहाँ भिडभाड बढी नै थियो ।

त्यसको सुरक्षार्थ दरगाह दाता दरबार बाहिर सुरक्षाकर्मी तैनाथ थिए । एकाएक बुधबार बिहान दरगाह दाता दरबारको दुई नम्बर गेटको महिला प्रवेशद्वार बाहिर सुरक्षामा खटिएको प्रहरी टोलीको भ्यान लक्षित बम विस्फोट भएको पाकिस्तानी सञ्‍चार माध्यम डन डटकमा उल्‍लेख छ ।

उक्त विस्फोटमा पाँच सुरक्षाकर्मी र तीन स्थानीयसहित आठ जनाको मृत्यु भयो भने २५ भन्दा बढी घाइते भए । किङ इडवार्ड चिकित्सा विश्वविद्यालयका उपकुलपति प्रोफेसर खालिद गोन्डलले मृत्यु हुनेको संख्या अझै बढ्‍न सक्ने बताएका छन् । उनले घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताएका छन् । घाइतेमध्ये सात जनालाई मायो अस्पतालमा भर्ना गरिएको छ ।

प्रहरीका अनुसार उक्त विस्फोट आत्मघाती बम हमला गराइएको थियो । पन्जाबका मुख्यमन्त्रीका प्रवक्ता शहबाज गिलले सञ्‍चारमाध्यसँग कुरा गर्दै भने, " उक्त आत्मघाती हमला एक १५ वर्षीय किशोरले गरेका थिए । ती किशोर एक फलफूल पसलबाट निस्किए र प्रहरीको भ्यान नजिकै आएर र विस्फोट गराए ।"

उक्त बममा सात किलो विस्फोटक पदार्थ भरिएको अनुसन्धानबाट खुलेको जनाइएको छ । टेलिभिजनमा देखाइएका उक्त विस्फोटका दृश्यहरु निकै कारुणिक छन् । नजिकै पार्कीङमा राखेका सवारी साधनहरुका झ्यालका सिसा फुटेका छन् भने नजिकैका भवनहरु चर्किएका छन् ।  विस्फोट लगत्तै त्यहाँ निकै भागदौड मच्चिएको थियो । सुरक्षाकर्मीले तत्काल उक्त क्षेत्रलाई घेरा हालेर अनुसन्धान थालेका थिए ।

गाई काटेको अभियोगमा सुजन र रामशरण पक्राउ

रामेछाप । गाई काटेको आरोपमा रामेछापमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

खाँडादेवी गाउँपालिका-१ चापडीका रामशरण खड्का र २९ वर्षीय सुजन खड्कालाई गाई काटेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले यससम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।

विप्लव नेकपाबाट युद्धकालीन भौगोलिक संरचना विभाजन, युद्धमा होमिएको घोषणाको तयारी

काठमाडौ । तत्कालीन नेकपा माओवादीले सशस्त्र युद्धकालमा प्रयोगमा ल्याएका संरचनालाई नै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) ले प्रचलनमा ल्याएको छ। पछिल्लो पटक गरिएको राज्य पुनर्संरचना अन्तर्गत गठित भौगोलिक संरचनाको साटो सो पार्टीले फरक संरचना तयार गरी राजनीतिक गतिविधि गरिरहेको हो।

पार्टीले पूर्वी, मध्य र पश्चिम गरी तीन वटा कमान्ड बनाएको छ। सोही कमान्ड अन्तर्गत रहने गरी ब्युरो बनाइएको छ। साबिकका अञ्चलको नामबाट राखिएका त्यस्ता ब्युरोका साथै उपत्यका र पूर्वी एवं पश्चिम तामसालिङ ब्युरोसमेत थपिएको छ। ७७ जिल्ला संरचनाको ठाउँमा केही जिल्लासमेत थप गरिएको बताइन्छ।

रोल्पालाई भने नेकपाले एक भौगोलिक र दुई विशेष जिल्लागरी तीन जिल्लामा विभाजन गरेको छ। एक वर्षअघि उक्त भौगोलिक संरचना तयार गरी पार्टी कमिटी गठन तथा अन्य संगठनात्मक क्रियाकलाप गरिरहेको सो पार्टीले जनाएको छ।

रोल्पाको होलेरी बजारलाई केन्द्र बनाई सल्यान, दाङ, प्यूठान र रोल्पाका केही भूभाग मिलाएर विशेष जिल्ला बनाइएको छ। यसैगरी रुकुम पूर्वका केही भूभाग र थवाङलाई जोडेर रोल्पामै अर्को विशेष जिल्लाको संरचना बनेको छ। जिल्लाको बाँकी भूगोल रहने गरी रोल्पा जिल्ला कायम गरिएको छ। पार्टीको काम चुस्त बनाउन यस्तो विशेष भौगोलिक संरचना बनाएको सो पार्टीका एक नेताले जानकारी दिए। 'पार्टीको संगठनात्मक अवस्था कमजोर रहेको होलेरी क्षेत्रलाई विशेष जिल्लाको रुपमा बनाई पार्टी संगठन मजबुत बनाउन यस्तो भौगोलिक संरचना तयार गरेका हौं,' ती नेताले भने।'

थवाङलाई भने माओवादी सशस्त्र युद्धताका विशेष जिल्लाको रुपमा राखिएको थियो। थवाङलाई केन्द्रविन्दु बनाई रुकुमको केही भागसमेत त्यसमा मिसाइएको थियो। शान्ति प्रक्रियाको केही समयसम्म पनि थवाङलाई विशेष संरचनाको रुपमा राखिँदै आएको थियो। त्यसैलाई निरन्तरता दिँदै विप्लव नेतृत्वको नेकपाले हालको थवाङ गाउँपालिका र रुकुम पूर्वका केही गाउँपालिका मिलाएर विशेष जिल्लाको रुपमा सांगठनिक गतिविधि गरिरहेको छ।

पञ्चायतकालदेखि कम्युनिस्टलाई साथ दिँदै आएको थवाङले माओवादी सशस्त्र युद्धमा ठूलो कुर्वानी गरेको थियो। शान्ति प्रक्रियासँगै तत्कालीन माओवादीमा आएको फुटपछि विप्लव नेतृत्वको नेकपा र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले थवाङलाई आफ्नो बनाउन लामो समय रस्साकस्सी चलिइरह्यो। २०७० सालको निर्वाचनसम्म एक ढिक्का जस्तो देखिने थवाङ २०७४ को निर्वाचनसम्म आउँदा भने विभाजित देखिएको थियो। सो गाउँलाई नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आधारभूमि मान्दै आएको छ।

मोहन वैद्यसँग सम्बन्ध विच्छेद गरेसँगै विप्लवको पार्टीले आफ्नो आठौं महाधिवेशन काठमाडौंको खुलामञ्चमा उद्घाटन गरी बन्दसत्र थवाङमा गरेको थियो। एकीकृत जनक्रान्तिको कार्यदिशा गाउँ र सहरको फ्युजन भएको मान्यता स्थापित गर्न आफूहरुले महाधिवेशन उद्घाटन सहरमा गरी बन्दसत्र ग्रामीण क्षेत्रमा गरेको सो पार्टीका कार्यकर्ताले बताएका थिए।

महाधिवेशनका लागि सो पार्टीले करिब एक हजार क्षमताको हलसमेत निर्माण गरेको छ। पार्टी कार्यकर्ता र शुभेच्छुकको सहयोगमा निर्मित उक्त भवनको लागत एक लाख रहेको निर्माण विभागले जानकारी दिएको थियो।

विप्लवका गतिविधि पछ्याउँदै
विप्लवको यही संरचना पछ्याउदै सुरक्षा निकायले समेत थवाङ र होलेरीमा छुट्टाछुट्टै संयुक्त सुरक्षा बैठक सम्पन्न गर्‍यो। बैसाख १४ गते थवाङमा आयोजित अन्तरजिल्ला संयुक्त सुरक्षा बैठकमा रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम र बाग्लुङका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका जिल्लास्थित कार्यालय प्रमुखहरुको सहभागिता थियो। थवाङ बैठकलगत्तै बैसाख २० गते दक्षिणी रोल्पाको होलेरीमा समेत त्यस्तै बैठक आयोजना गरियो। सो बैठकमा रोल्पा, प्यूठान, दाङ र सल्यानका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका जिल्लास्थित कार्यालय प्रमुखहरु सहभागी थिए।

दुबै बैठकको मुख्य एजेन्डा सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको पार्टीको गतिविधिमाथि केन्द्रित रहेको बताइएको छ। प्रतिबन्धपछि सुरक्षा चुनौती घटेको आंकलन गरे पनि ढुक्क हुने अवस्था नरहेको निष्कर्ष निकालिएको एक सुरक्षा अधिकारीले बताए। बैठकले नेकपाको गतिविधि नियन्त्रण गर्ने, तस्कारी, अपराध नियन्त्रण तथा प्रकोप व्यवस्थापन सम्बन्धी साझा धारणा तय गरेको उनको भनाइ छ।

सीमा जोडिएका जिल्लाका सुरक्षा निकायबीच नियमित छलफलको रुपमा उक्त बैठकको आयोजना गरिएको रोल्पाका प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसी बताउँछन्। 'बैठकमा सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि नियन्त्रण, लागुऔषध ओसारपसार नियन्त्रण लगायतका विषयमा समेत छलफल भयो,' उनले भने।

अख्तियारले दिएको तीन लाख घुस हरायो

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने कर्मचारीविरुद्ध 'स्टिङ अप्रेसन' अभियान सञ्चालन गर्दै भ्रष्टाचार मुद्दा चलाउने काम गर्दै आएको छ। घुस लिने कर्मचारीलाई मुद्दा चलाउन उसले सेवाग्राहीलाई घुस रकम दिँदै आएको छ। सो घुस रकम सेवाग्राहीले घुस लिने कर्मचारीलाई बुझाउने गरेका छन्। यसका लागि उसले दिएका पैसाका नोटको फोटोकपी गरी रेकर्ड राख्दै आएको छ। यसरी घुस लिने कर्मचारीलाई उजुरीकर्ताको सहयोगमा रकम दिएर गरिने कारबाहीलाई 'स्टिङ अपरेसन' भन्ने गरिएको छ।

तर उच्च अदालतका एक कर्मचारीमाथि स्टिङ अप्रेसनका लागि दिएको पैसा हराएको पाइएको छ।

मुद्दा मिलाउन वकिलको ल फर्मबाट पक्राउ परेका उच्च अदालत तुल्सीपुरका नेपालगञ्ज इजलासका टाईपिस्ट नायब सुब्बा पदमा कार्यरत कुष्णकुमार पाठकलाई ३ लाख घुससहित नियन्त्रणमा लिएको अख्तियारले विज्ञप्ति जारी गरेको थियो। तर अख्तियारले उक्त रकम पाठकसँग तत्काल फेला पार्न सकेको थिएन।

अख्तियारको बुटवल सम्पर्क कार्यालयले पाठकलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

पाठकले मुद्दा जिताइदिने भन्दै घुस मागेपछि सेवाग्राही अख्तियारको कार्यालय पुगेका थिए। अदालतको मुद्दा मिलाउन एक कर्मचारीले घुस मागेको जानकारी गराएपछि स्टिङ अप्रेसन गराउन भन्दै ३ लाख रपैयाँ फोटोकपी आफूले राख्दै दिएको थियो।

अख्तियारको यही योजनाअनुसार अख्तियारको टोलीले सेवाग्रही र पाठकलाई निगरानी गर्न थाल्यो। टाईपिष्ट नासु पाठक अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लेनदेन गर्न नेपालगन्जको चार बाहीनीचोकमा रहेको श्री लयर्स च्याम्बरमा पुगे।

सेवाग्राहीले पाठकलाई रकम दिए। त्यसको केही समयमा अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लियो। तर पाठकसँग अख्तियारले रकम फेला पारेन। पछि थप अनुसन्धान गर्दा पाठकले उक्त रकम आफ्ना छोरालाई दिएर फरार गराएको रहस्य खुल्यो। पाठकको चलाखी देखेर अख्तियारको टोली नै अचम्ममा पर्‍यो।

अख्तियारको बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख गणेश गैरेका अनुसार नियन्त्रणमा लिएको कागज गराएर केन्द्रीय कार्यालय काठमाडौं पठाइएको छ।

वकिलको ल फर्म (नेपालगञ्ज चारबाहिनी चोकस्थित श्री लयर्स च्याम्बर)बाट घुससहित रंगेहात अदालतका कर्मचारी पक्राउ पर्नुले अदालत भित्र हुने भ्रष्टाचार र वकिलको संलग्नताबारेपनि अख्तियारले अनुसन्धान थालेको छ।

थप अध्ययनका लागि पाठकलाई विशेष अदालतबाट १० दिनको म्याद थप भएको छ। यसअघि पाठक विशेष अदालतमै कार्यरत रहेका थिए। समयक्रममा उनी सोही अदालतमा भ्रष्टाचार मुद्दाको अभियुक्त भई आइपुगेका छन्।

यसअघि काठमाडौ जिल्ला अदालतका एक कर्मचारी रंगेहात घुस सहित पक्राउ परेका थिए। मुद्दा मिलाई दिने बहानामा कर्मचारी ट्रेड युनियनका नेता नै पक्राउ परेपछि न्यायाधीश समेत विवादमा तानिएका थिए।

‘एक गाउँ एक पशु सेवा प्राविधिक’ अभियान सुरु

दमौली । गण्डकी प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ‘एक गाउँ एक पशु सेवा प्राविधिक’ लाई सेवा सञ्चालनका लागि उपकरण प्रदान गरेको छ। पशुपालक कृषकको घरदैलोमा पुगेर सेवा दिने उद्देश्यले मन्त्रालयले तनहुँ र नवलपुरका पशु सेवा प्राविधिकलाई विभिन्न उपकरण प्रदान गरेको हो।

पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला पोखराले मङ्गलबार दमौलीमा एक कार्यक्रमको आयोजना गरी ३४ पशु सेवा प्राविधिकलाई विभिन्न ७ उपकरण प्रदान गरेको छ। उपकरण पाउनेमध्ये तनहुँका २० र नवलपुरका १५ पशु सेवा प्राविधिक रहेको प्रयोगशालाका प्रशिक्षक डा गणेश केसीले जानकारी दिए।

उनका अनुसार पशु सेवा प्राविधिकलाई माइक्रोस्कोप, सर्जिकल सेट, खसी पार्ने उपकरण, सेन्टिफ्युजलगायतका उपकरण प्रदान गरिएको छ। माइक्रोस्कोप भने तनहुँमा ४ र नवलपुरमा २ वटा मात्रै प्रदान गरिएको उनले जानकारी दिए। पशु सेवा प्राविधिकलाई करिब १४ लाख रुपैयाँको उपकरण प्रदान गरिएको छ। पशु सेवा विभागमार्फत गत वर्ष नै वितरण गर्नुपर्ने ती उपकरण प्राविधिक कारणले वितरणमा ढिलाइ भएको बताइएकाे छ।

उपकरण पाएसँगै कृषकको घरघरमै पुगेर सेवा दिन सहज हुने पशु सेवा प्राविधिक धनराज कुमालले बताए। उनले भने, 'उपकरणको अभावमा सेवा प्रवाहमा असहजता उत्पन्न भएको थियो, अब भने सहज हुने भएको छ।'

पशु सेवा प्राविधिकलाई उपकरण प्रदान गर्दै गण्डकी प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले कृषि र पशुपालनमा प्रदेशलाई आत्मनिर्भर बनाउन पशु प्राविधिकको महत्वपूर्ण भूमिका रहने धारणा राखे। उनले समयमै उपचार नपाउँदा पशुको मृत्युसमेत हुनसक्ने भएकाले पशु प्राविधिक त्यसप्रति बढी संवेदनशील हुनुपर्नेमा जोड दिए।

मन्त्री थापाले कृषिमा श्रमप्रतिको विश्वास जगाउन आवश्यक रहेकाे जोड दिँदै कृषकलाई काम गर्ने वातावरण सिर्जना गर्न प्रदेश सरकार सदैव क्रियाशील रहने प्रतिबद्धता जनाए।

युवापुस्तालाई कृषिमा आकर्षण गर्नका लागि नीति बनाउन सरकार लागिपरेको बताउँदै उनले कृषिलाई सम्मानित पेसा बनाइने जिकिर गरे।

सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

लाहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित मल्हनियाँ चोकमा रोकिराखेको नेपाली सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा गए राति एक जनाको मृत्यु भएको छ।

चोहर्वास्थित नेपाली सेनाकाे बा१ग २४६२ नम्बरको ट्रकमा स६प ८०१३ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–५ निवासी सागरकुमार जयसवालको घटनास्थलमै मृत्य भएको हो।

मल्हनियाँ चोकमा बिग्रिएर रोकिराखेको नेपाली सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा जयसवालको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

प्राध्यापकलाई कालो मोसो लगाएपछि विश्वविद्यालय बन्द

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवनमा एक महिनादेखि पठनपाठन ठप्प भएको छ। गत चैत २१ गते विश्वविद्यालयको कृषि सङ्कायका सहायक डिन विष्णु ओझालाई विद्यार्थीले कालोमोसो दली अभद्र व्यवहार गरेपछि विश्वविद्यालय ठप्प भएको हो ।

विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिका अनुसार ओझालाई कालोमोसो दल्ने विद्यार्थीलाई कडा कारबाहीको माग गर्दै प्रजातन्त्रवादी प्राध्यापक सङ्घले आन्दोलन जारी राखेको छ। प्राध्यापकहरुले मुख्य कार्यालयमा तालाबन्दी गरेका छन् । कालोमोसो दलेको भन्दै विश्वविद्यालयले ६ विद्यार्थीलाई ३ महिनाका लागि निष्काशन गरेको छ। त्यसलगत्तै अनेरास्ववियुले विश्वविद्यालयमा तालाबन्दी गरेको थियो।

कोलाक्षपतिका अनुसार अनेरास्ववियुले तालाबन्दी २ दिनअघि खोलेको भए पनि प्राध्यापक सङ्घले कारबाही कमजोर भएको भन्दै आन्दोलन जारी राखेपछि पठनपाठनसहित विश्वविद्यालयको काम कारबाही ठप्प भएको छ।

राजनीतिक दल र प्राध्यापक सङ्घसँग नियमित छलफल भइरहेको भए पनि निकास निस्कन नसकेको उनले बताए। विश्वविद्यालयमा विगत एक वर्षदेखि विभिन्न आन्दोलनका कारण पठनपाठन र काम प्रभावित हुँदै आएको छ। गएको असार २० गते निजी क्याम्पसलाई सम्बन्धन दिएपछि विद्यार्थी र प्राध्यापकले आन्दोलन जारी राख्दा विश्वविद्यालय प्रभावित बनेको छ ।

यसै क्रममा कालोमोसो प्रकरण थपिएपछि विश्वविद्यालय अस्तव्यस्त बनेको हो। विगत एक वर्षमा आधा समय पनि विश्वविद्यालय नखुलेको जनाइएको छ।

भूकम्पपीडितले जीविकोपार्जनको लागी पनि सहुलियतपूर्ण ऋण पाउने

काठमाडौ । सहुलियतपूर्ण ऋण लिन भूकम्पपीडितलाई थप सहज हुने भएको छ। त्यस्तै, भूकम्पपीडितले आवास निर्माणका अतिरिक्त जीविकोपार्जनका लागि थप एक कर्जा पनि लिन पाउने छन्।

मन्त्रिपरिषद्ले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधिमा पहिलो संशोधन गरी यस प्रकारको सुविधा उपलब्ध गराइएको हो।

भूकम्पपीडितले निजी आवास निर्माणका लागि ऋण लिए भए पनि व्यवसायिक कुषि तथा पशुप‌ंक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमी कर्जा, दलित समुदाय विकास कर्जा एवं उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जामध्ये एक शीर्षकको कर्जा लिन सक्नेछन्।

त्यसैगरी, भूकम्पपीडितले कर्जा लिँदा राख्नुपर्ने धितोको बारेमा पनि प्रष्ट पारिएको छ। भूकम्पपीडित निजी आवास पुनर्निर्माण वा प्रबलीकरण लाभग्राहीले निजी आवास निर्माण कर्जा लिई निर्माण गर्ने वा गरिरहेको घर र सो घरले चर्चेको जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाले ऋण दिनु पर्नेछ।

त्यस्तै, भूकम्प पीडितलाई निजी आवास निर्माण गर्ने कर्जा लिनका लागि स्थायी लेखा नम्बर (प्यान) आवश्यक नपर्ने भएको छ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web