जिलिङ । बेलकोटगढी नगरपालिका वडा नं ९ को वडा कार्यालयको नयाँ भवन निर्माणको लागी शुक्रबार नलगाँउमा शिलान्यास गरिएको छ ।
नयाँ भवन निर्माणको लागि मेयर राजेन्द्ररमण खनाल र उपमेयर कविता ढुङ्गाना सहित प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल र वडाअध्यक्ष बाबुराम गजुरेलले सयुक्त रुपमा नयाँ भवन निर्माणको लागी शिलान्यास गर्नुभएको हो ।

नयाँ भवन शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै मेयर खनालले स्थानीय सरकार गठन भएपछि जनताका सबै किसिमका समस्या समाधान गराउदै अघि बढेकाले नयाभवन बनेपछि सेवा थप गुणस्तरीय हुने बताउनुभयाे । उहाँले नगरवासीमा यसअघिका पीडा हटाउन आफुहरु जनप्रतिनिधिको जिम्मेवारी सम्हालेर आएपछि सुधारहुँदै गएको अनुभूति दिलाउनतर्फ हर समय कृयाशिल भईरहेकाले कतै केही गुनासा भए
त्यसकाे जानकारी नगर कार्यालयलाई गराउन आग्रह गर्नुभयो ।
मेयर खनालले बेलकाेटगढी नगरमा मापदण्ड निर्धारण गरेर सडक विस्तारमा दुर्त गतिमा काम अघि बढाईरहेकाले विकासको लागि जनताको माग अनुसार करोडौका योजनाहरु अहिले कार्यान्वयनमा रहेकाे बताउनुभयो ।

यस्तै, उपमेयर कविता ढुङ्गानाले नयाँ निर्माण गरिएको वडा कार्यालयमा भवन निर्माणसगै अभाव रहेकाे कर्मचारी, फर्निचर लगायत अावश्यक उपकरणकाे ब्यबस्थापन गर्न नगरपालिकाकाे कार्यालय प्रतिबद्ध रहेकाे बताउनुभयाे ।
उहाँले नगरपालिकाको १३ वटा वडा मध्ये विभिन्न नौ वटा वडामा कार्यालय अभाव रहेकाेमा यो आर्थिक वर्षमा वडा नं ९ सहित थप चार वटा वडामा कार्यालयको भवन निर्माण अघि बढाउन प्रक्रिया सुरु भैसकेकाे बताउनुभयाे ।

उममेयर ढुङ्गानाकाे अनुसार यो अावमा चारवटा नयाँ भवन निर्माण गर्न लागिएकोमा वडा नं १२ को भवन गत मंगलबार शिलान्यास भैसकेको क्रमश थप वडाहरु वडा नं ४ र ५ काे भवनहरुको पनि शिलान्यास गरेर अागामी असार भित्रै नयाँ भवनमा कार्यालय भवन सञ्चालनमा अाउने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले नगरबासी जनताकाे लागी अति अावश्यक देखिएको भूकम्पले लडेका संरचनाकाे पुर्ननिर्माण, सडक विस्तार, खानेपानी लगायतकाे विकास निर्मार्णमा नगर कार्यालय क्रियाशील रहेकाे बताउनुभयो । उहाँले नगरपालिकामा बजेटको श्रोत प्रयाप्त रहेकाले तर्जुमा गरिएका योजनाको पारदर्शी एव गुणस्तरीय रुपमा काम गर्न नगरबासीलाई आग्रह गर्नुभएकाे छ ।

भवन शिलान्यास कार्यक्रममा वडा नं ९ का वडाअध्यक्ष बाबुराम गजुरेलले नयाँ निर्माण गरिएको नगरपालिकामा विकास निर्माणको लागि धेरै चुनौतिका बिच नगर र वडाहरुको कार्यालय सञ्चालन, बस्तिहरुमा सडक निर्माण, भूकम्प पछिको पुर्ननिर्माणमा सकृय भएर अाफूहरु लागिपरेको बताउनुभयो । उहाँले वडाबाट प्रवाह हुने सेवा सरल बनाएर अघि बढाउदै आएकाले वडाका सबै वस्तीमा सामानरुपमा वितरण तथा उपलब्ध गराउन प्रतिबद्ध रहेकाे उहाँको चनाइ छ ।

कार्यक्रममा वडा नं ८ वडाअध्यक्ष भाेजप्रसाद पुडासैनी, वडा नं १० का पूर्णबहादुर त्रिपाठी लगायतको सहभागिता रहेको थियो ।

वडा सचिव बिरेन्द्र बहादुर बोहोराको अनुसार चारकोठा पक्कि भवन निर्माणको लागी पिएन निर्माण सेवालाई जिम्मेवारी दिइएको छ । उक्त प्रालीले रु ३५ लाख रुपैयाँमा बनाउने जिम्मेवारी पाएको हो ।
निर्माण थालिएको भवन यही असार मसान्तभित्रै पूरा गर्नुपर्ने बाध्यता रहेको छ ।
वडा कार्यालयकाे सेवा भवन अभावमा हाल भाडाकाे कनेठाबाट सञ्चालन हुँदै अाइरहेकाे छ ।

सिन्ध्ली । तपाइँ फेसबुकमा बनेका साथिलाई कत्तिको विश्वास गर्नुहुन्छ ? तर झट्ट र भरपर्दो विश्वास चाहिँ गरिनहाल्नु है, सिन्धुलीमा यस्तै फेसबुकमा बनेका साथीले मासिक ४० हजार रुपैयाँको जागिर लगाइदिने भन्दै १११ जना युवायुवतीलाई नराम्ररी ठगेर बेपत्ता भएका छन् ।

सिन्धुली जिल्लाकै गोलान्जोर गाँउपालिका–४, तीनकन्याका कुमार भन्ने एकेन्द्र मगर, हेमराज गुरुङ, पाथीभरा आयुर्वेद हस्पिटल, सिनामंगल काठमाण्डौका बीपी तिमल्सिना र सिन्धुपाल्चोक घर बताउने गोपाल भण्डारीले जागिर लगाइदिने नाममा ठगी गरेको भन्दै पीडितहरुले कारबाहीको माग गरी प्रहरीमा उजुरी गरेका छन् ।

फेसबुककाे साथीबाट ठगिनुभएकी तीनपाटन गाउँपालिका–५ की २१ वर्षीया कुसुम कार्की भन्नुहुन्छ, ‘फेसबुकमा साथी बनेका एकेन्द्रले जागिरका लागि फर्म भर्न लगाए । मैले एकेन्द्रले भने अनुसार नै छ हजार सात सय रुपैयाँ तिरेर फर्म भरेँ र तीन दिने तालिम लिएर गाँउमा गएर दुई महिना काम गरे । तर तलब दिने अत्तोपत्तो भएन, उल्टै एकेन्द्र सम्पर्कविहीन भए । लामो समयसम्म एकेन्द्र सम्पर्कविहीन भएपछि बल्ल आफू ठगिएको थाहा भयो ।’

मासिक ३० हजार तलब र १० हजार फिल्ड भत्ता गरी ४० हजारको जागिर लगाइदिने भन्दै उनीहरुले १११ जनासँग प्रति व्यक्ति ६ हजार सात सय रुपैयाँ उठाएर बेपत्ता भएका पीडित कुसुमले जानकारी दिनुभयो ।

उनीहरुले फर्म भरेका सबैलाई काठमाण्डौमा बोलाएर गएकाे पुस २५,२६ र २७ गते सीटीईभीटीको प्रमाणपत्र तीन महिनापछि आउँछ भन्दै तालिम दिएका थिए । त्यसपछि माघ १६ गतेदेखि सिन्धुलीका सबै गाँउपालिकाका वडामा खटाएर दुई महिनासम्म स्वास्थ्य सम्बन्धी तथ्यांक संकलनको काम लगाएको भए पनि कसैले अहिलेसम्म तलब नपाएको उहाँको गुनासो छ ।

उहाँले भन्नुभयो, ‘दुई महिनासम्म फिल्डमै बसेर काम गरेको तलब पाउनु त कता हो कता ! प्रमाणपत्र पनि पाइएन, बरु काम लगाउने नै अहिले बेपत्ता छन् ।’

जिल्ला प्रहरी कार्यालयका अनुसार नेटवर्क बनाएर ठगी गर्नेमध्ये हेमराज गुरुङलाई प्रहरीले पक्राउ गरी कारबाही प्रकृया अघि बढाएको छ भने अन्य फरार छन् । पीडितकाे उजुरीका आधारमा प्रहरीकाे अनुसन्धानपछि जिल्ला तथा गाँउमै रोजगारी दिने भन्दै जिल्लाका १११ जना युवायुवतीहरुलाई ठगेको खुलेको छ । राम्रो तलब र सुविधासहितको जागिर हुने भन्दै फेसबुकबाट नेटवर्क बनाएर उनीहरुलाई ग्रीन क्लब नेपाल संस्थाको नामबाट ठगेको खुलेको हो ।

प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले ठगी गर्नेमध्ये एक जनालाई पक्राउ गरी ठगी मुद्धा अदालतमा चलाई कारबाही प्रकृयाअघि बढाएको जानकारी दिनुभयो । ‘ठगी गर्ने चार जनामात्र नभइ अरु पनि हुन सक्छन,’ उहाँले भन्नुभयो, ‘त्यस सम्बन्धमा अनुसन्धान र खोजी भइरहेको छ ।

रुकुम पश्चिम । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्ली शर्मा पक्राउ परेका छन् ।

प्रहरीले चौरजहारी नगरपालिका ५ सल्लीबोटबाट शर्मालाई बिहीबार पक्राउ गरेको हो । पक्राउ गर्ने क्रममा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो । प्रहरी टोली पुग्दा उनी भाग्न खाजेपछि दुई राउण्ड हवाई फायर गर्नु परेको जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिए ।

नियन्त्रणमा लिने क्रममा शर्माले प्रहरी माथि नै आक्रमण गरेको उनले बताए । त्यस क्रममा एकजना प्रहरी घाइते भएको र शर्मालाई पनि सामान्य चोट लागेको खड्काले जनाए । ‘जिल्लाभरी चन्दा आतंक मच्चाएको र विकास निर्माणका काममा पनि अवरोध गरेको सुचना पाएपछि खोजी गरेका थियौ,’ उनले भने, ‘पक्राउ गर्न खोज्दा उनि भाग्न खोजेपछि हवार फायर गर्नुपरेको हो ।’

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका ५ चुकपानीमा एक अभिभावकले आगो लगाएर आफ्नै शिशुको हत्या गरेका छन् । २२ वर्षीय नवीन विष्टले आफ्नो ११ महीने छोरी अनुस्काको बिहीबार राति आगो लगाएर हत्या गरेका हुन् । घर नजिकै रहेको खरमा आगो लगाएर छोरीको हत्या गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनामा संलग्न विष्ट र उसकी पत्नी शीलालाई पक्राउ गरेको छ ।

उनीहरुलाई शुक्रबार बिहान घरबाटै पक्राउ गरी सदरमुकाम ल्याइएको छ । राति छोरीको हत्यापछि भाग्न लागेका दुवै जनालाई स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको वडा नम्बर ५ का अध्यक्ष मङ्गलसिंह धाँमीले जानकारी दिए । हत्याको कारण खुलाइएको छैन ।

हरि भेटवाल, विदुर ।
खरानीटार । नुवाकोट जिल्लाको तादि गाउँपालिका वडा न ३ खरानीटारमा बिहीबार योजना र्तजुमा तथा अन्र्तक्रिया छलफल कार्यक्रम सम्पन्न भएको छ । नुवाकोट र्निवाचन क्षेत्र न १ सघिय सासंद हित बहादुर तामाङको प्रमुख आतिथ्यमा भएको थियो । उहाँले स्थानिय तहमा जनताको विकासको लागि तिन वटा सघ प्रदेस स्थानिय तहका सरकारले समान रुपमा बाट काम गर्नुपर्ने र स्थानिय तहमा विकासको लागि स्थानिय सरकार बलियो बनाई समवन्य गरि अघि बढी जनप्रतिनिधि मिलेर समान रुपमा काम गर्नुपर्ने बताउनुभयो ।

प्रदेस न ३ का उपसभामुख राधिका तामाङले स्थानीयतह लाई जनताको विकासको लागि कडा तरिका बाट लागेर काम गरे जनताले सघियताको अनुभुति गर्न सकिने र स्थानिय सरकार सग प्रदेस सरकार समवन्य गरेर विकास र समृद्विका लागि काम गरेर अघि बढिरहेको बताउनुभयो । कार्यक्रममा शिवपुरी गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले पहिलो वर्ष प्रदेस सरकार बाट आएका योजना स्थानिय सरकार सग समवन्य नगरि आएको र यो वष यसरि समवन्य गरेर विकासका योजना हाल्दा सहज हुने बताउनुभयो ।

पञ्चकन्या गाउँपालिका अध्यक्ष तेज बहादुर तामाङ रमेस ले यस्तो योजना छलफल कायृक्रम राम्रो भएको र विकासको योजना स्थानिय तहमा प्रदेसबाट हाल्दा दिगो र प्रभावकारि हुनुर्पने बताउनु भयो । दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्रसिङ तामाङले प्रदेस सरकारका विकासको योजनामा काम गर्न समृदि का लागि सधै सहयोग गर्न बताउनु भयो । तादि गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डेले प्रदेसको योजना स्थानिय तह सग समवन्य गरेर काम गर्नुपर्ने सहकार्य र समवन्य गर्न यस कार्यक्रमले सहज भएको बताउनुभयो ।

जिल्ला समवन्य समिती नुवाकोटका उपप्रमुख अप्सरा थापाले प्रदेस सरकारले महिला हक अधिकारका लागि पनि योजना लेइ काम गर्नुर्पने बताउनु भयो । छलफल कार्यक्रममा यस क्षेत्रका ४ वटा गाउँपालिका का वडा अध्यक्ष राजनितिक दलका प्रतिनिधि कार्यक्रममा सहभागि भएका थिए र प्रदेस बाट आउने योजना विकास स्थानिय तहमा आबश्यकता भएको ठाउँमा हुनुर्पने र एउटै योजना डुबलिकेसन नगरि सबैक्षेत्रको विकासको लागि हालनु र्पने सुझाब दिएका थिए ।

छलफल कार्यक्रमा योजना भने दिइएकाे थिएन । २८ गते भित्र गाउँपालिकाले प्रदेस सासदलाई उपलब्ध गराउने जनाएका छन । योजना र्तजुमा र्गदा प्रदेस र्निवाचन क्षेत्रमा कुनै एउटा ठुलो आयोजनामा १० करोड भन्दा माथि ५० करोड भन्दाकम साना ३ ओटा आयोजनामा ५० लाख भन्दा बढि र १० करोड भन्दा कम छनौट र्गन प्रदेस नीति तथा योजना आयोगले परि पत्र गरेको छ । योजना र्तजुमा छलफल कार्यक्रम जिल्ला समवन्य समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले सहजिकरण गर्नुभएको थियो ।

काठमाडौ । नेपालगञ्जको तापक्रम यो वर्षकै उच्च मापन गरिएको छ । बिहीबार दिउँसो नेपालगञ्जको तापक्रम ४३ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएको वर्ष नेपालगन्जमा वैशाख २६ गतेको अधिकतम तापक्रम ३६ दशमलव ७ डिग्री सेल्सियस थियो । पानी नपर्दा नेपालगञ्जसहित देशभरी कै तापक्रम बढेको हो । यस्तै बिहीबार धनगढीको तापक्रम ४२ दशमलव २ डिग्री सेल्सियस, दिपायलको ४० दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाण्डौको तापक्रम ३१ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

शुक्रबार पश्चिममा पश्चिमी वायु प्रवेश गर्ने भएकाले पश्चिमी क्षेत्रको मौसम बदली हुने मौसमविद्ले बताएका छन् । मौसम बदली भएसँगै बढ्दै गएको तापक्रम थोरै घट्ने मौसमविद् वरुण पौडेलको अनुमान छ ।

पश्चिमी वायुको प्रभावले अबको तीन दिन पहाडी क्षेत्रको एकदुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । पश्चिमी तराई बाहेक पूर्व र मध्य क्षेत्रको तराईमा भने मौसम सफा हुनेछ । शुक्रबार दिउँसो काठमाडौसहित मध्य र पूर्वी पहाडी भेगको एकदुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने मौसमविद् पौडेलको अनुमान छ । तर ठूलो पानी पर्ने सम्भावना भने नरहेको माैसमविद्काे भनाइ छ ।

काठमाडौ । समयमै कालोपत्रे सम्पन्न नगरेको विरोधमा स्थानीयबासीले चावहिल–साँखु सडक अवरुद्ध पारेका छन् । सडक विभागको उपत्यका सडक विस्तार आयोजनाले ०७२ सालमा विस्तारका लागि सो सडक खण्डको ठेक्का यनाइटेड बिल्डर्स–बज्रगुरु–बिरुवा जेभी कम्पनीलाई लगाएको हो ।
४ वर्ष बित्दा पनि सडक विस्तार कालोपत्रे सम्पन्न नभएपछि स्थानीय आक्रोसित भएका हुन् ।

बिहीबार विरोध प्रदर्शन गरिएको बौद्धदेखि जोरपाटीसम्मको २ किमि सडक ०७२ असोजमा युनाइटेड बिल्डर्स कम्पनीले ठेक्का पाएको हो । सरकारले साइड क्लियर नगरेको भन्दै २ वर्षदेखि कम्पनली सो खण्डको काम गरेको छैन । स्थानीयले घरको क्षतिपूर्तिसहित मुआब्जा पनि मागेकाले मूआब्जा रकम दिने बजेट नभएको बताउँदै आयोजना कार्यालयले साइड क्लियर नगरेको हो ।

सरकार, ठेकेदार कम्पनी र स्थानीयको आ–आफ्ना अडानले उक्त सडकखण्ड विस्तार र कालोपत्रे ढिलाइ भएको हो । ०७१ सालमा सडक विभागले त्रिपुरेश्वरदेखि नागढुङ्गा र चावहिलदेखि साँखुसम्मको सडक विस्तारको सर्भे गरेर यी सबै स्थानमा विभिन्न ठेकेदार कम्पनीलाई ०७२ सालबाट विभिन्न खण्डमा ठेक्का लगाएको थियो ।
हाल अन्य स्थानका सडक पनि विस्तार सम्पन्न नभएको र कालोपत्रे नभएको अवस्थामा छन् । “नयाँ एसेसरिजहरु धुलोले गर्दा सेकेन्ड हेन्डजस्तो देखिने भएकाले ग्राहकले पसलमा सामान किन्न छोडिसके । बेच्नका लागि राखेको नयाँ मोबाइलको स्क्रीन, चार्जिङपोर्टमा धुलो पसेर बिग्रिने समस्या छ,” जोरपाटी चोकका मोबाइल पसल सञ्चालक दीपक पाण्डेले भने, “हाम्रो स्वास्थ्यमा पनि यहाँको धुलोले धेरै असर गरेको छ । यसरी हामी बाध्य भएर बौद्ध, जोरपाटीका व्यापारी भेला भए पछि सडक कालोपत्रे चाँडो सक्न सरकारलाई ध्यानाकर्षण गराउनका लागि आज बिहानबाट विरोध प्रदर्शन सुरु गरेका हौं ।”

“प्रधानमन्त्रीले केही दिनअघि काठमाडौंका सबै सडक कालोपत्रे भइसके अब माक्स लगाएर कसैले हिँड्नुपर्ने छैन । प्रधानमन्त्रीज्यू सिंहदरबारमा होइन, यहाँ आउनूस् अनि देखिन्छ धुलो,” बौद्धका स्थानीय तथा पर्यटन व्यवसायी पेम्बा लामाले भने ।

काठमाडौ । नेपालमा तत्कालीन नेकपा माओवादी नेतृत्वमा भएको दश वर्षे सशस्त्र युद्धका बाल सैनिक लेनीन बिष्टले नेपालको द्वन्द्वको बारेमा नेदरल्याण्डस्का राजपरिवारका एक सदस्यसँग समेत भेटेर कुरा राखेका छन् । उनले नेदरल्याण्ड्सकी प्रिन्सेस लाउरेन्टाइनसँग पूर्व बाल सेनाको व्यवस्थापन, दीर्घकालीन रणनीति, सहयोग र सहकार्यबारेमा छलफल गरेको बताइएको छ ।

लेनीनले आफूलाई नेदरल्याण्ड्सका राजपरिवारका सदस्यले रात्रिभोजका लागि आमन्त्रण गरेको जनाएका छन् ।

प्रिन्सेस लाउरेन्टाइन नेदरल्याण्डसका अहिलेका राजा विलेम अलेक्ज्याण्डरका कान्छो भाइ राजकुमार रादजल जभास्ट्राटकी पत्नी हुन् । अर्थात् नेदरल्याण्डस्का पूर्वमहारानी बिट्रिक्सकी उनी कान्छी बुहारी हुन् । पूर्वअर्थमन्त्री लारेन जान ब्रिन्कहोस्र्टकी छोरी उनी सन् २०००मा नेदरल्याण्डस्को राजपरिवारसँग वैवाहिक सम्बन्ध भएपछि त्यहाँको राजपरिवारकी सदस्य भएकी हुन् । उनी साक्षरता अभियानमा सक्रियतापूर्वक सहभागी भएका कारण केही प्रतिष्ठित पुरस्कार समेत पाएकी छन् ।

लेनीन करिब डेढ महिनादेखि नेदरल्याण्डस् लगायतका विभिन्न युरोपेली मुलुकमा गएर नेपालको तत्कालीन द्वन्द्वका कारण आफूहरुलाई परेको पीडाका बारेमा न्यायको खोजीमा रहेका छन् । उनलाई नेदरल्याण्ड्स सरकारले नै भ्रमणको चाँजोपाँजो मिलाइदिएको उनले केही अघि बाह्रखरीसँगको कुराकानीमा बताएका थिए ।

उनले हेग अदालतमा नेपालको द्वन्द्वको बारेमा मुद्धा दर्ता गराउन परामर्श गरेको भएपनि नेपालले रोम विधान अनुमोदन नगरेका कारण उनको त्यो उद्देश्य भने पूरा हुन सकेको छैन । उनले युरोपेली अभियन्ताहरुलाई रोम विधान अनुमोदन नगरेको भन्दैमा हामीहरुमाथि ज्यादती भइरह्यो भने पनि विश्व समुदायले हेरिरहने भनेर प्रश्न समेत सोधेको केही अघि बताएका थिए ।

काठमाडौ । पत्रकार आचारसंहिता विपरीत समाचार लेख्नेलाई १० लाख रुपैयाँसम्म जरिवाना गरिने भएको छ। 'नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक' मा उक्त जरिवाना गराइने व्यवस्था गरिएको हो।

हालको प्रेस काउन्सिललाई नेपाल मिडिया काउन्सिल बनाउने समेत सो विधेयकमा व्यवस्था गरिएको छ। काउन्सिलले आचारसंहिता विपरीत समाचार लेख्नेलाई २५ हजार रुपैयाँदेखि १० लाखसम्म जरिवाना गर्ने व्यवस्थाको प्रस्ताव सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको हो।

मन्त्री गोकुल बाँस्कोटाले बिहीबार मात्रै प्रतिनिधिसभा सचिवालयमा दर्ता गराएको उक्त विधेयक दर्ता गरेका हुन्।

आचारसंहिता विपरीतका सामाचारमूलक सामग्री प्रकाशन वा प्रसारण गरेर कसैको मर्यादा वा प्रतिष्ठामा आँच पुर्याएको देखिएमा जरिवाना भराई काउन्सिलले क्षतिपूर्तिसमेत भराइदिन सक्ने व्यवस्था गरिएको छ।

विधेयकमा दफा १८ मा भनिएको छ, ‘काउन्सिलबाट जारी भएको आचारसंहिता विपरीत कुनै सामग्री प्रकाशन वा प्रसारण गरेका कारण मर्यादा वा प्रतिष्ठामा आँच आएको भनी सम्बन्धित व्यक्तिले दिएको उजुरी प्रमाणित भएमा सम्बन्धित आमसञ्चार माध्यम, प्रकाश, सम्पादक, पत्रकार वा सम्वाददातलाई २५ हजारदेखि १० लाखसम्म जरिवाना गर्न सक्नेछ।’

काउन्सिलले जाँचबुझ गर्दा समाचारकै कारण कुनै व्यक्ति वा संस्थालाई क्षति भएको ठहर्याएमा मनासिव क्षतिपूर्ति भराउने व्यवस्था पनि गरिएको छ।

आाचारसंहिता उल्लंघनसम्बन्धी काम कुनै अन्य प्रचलित कानून बमोजिमको कसुर हुने भए आवश्यक कारबाहीका लागि लेखी पठाउने अधिकार काउन्सिललाई दिइएको छ।

आचार संहिता उल्लंघनमा कारबाही भएपनि अन्य प्रचलित कानुन बमोजिम कारवाही र सजाय गर्न सकिने व्यवस्था विधेयकमा गरिएको छ।

काउन्सिलले कारबाही गर्ने निर्णय चित्त नबुझेमा आदेश भएको मितिले ३५ दिनभित्र उच्च अदालतमा पुनरावेदन दिन सकिने व्यवस्था समेत विधेयकमा छ।

आचारसंहिता उल्लंघन सम्बन्धी उजुरी सम्बन्धित व्यक्तिबाहेक अन्य स्रोतबाट पनि लिन सकिने बताइएको छ। सामाजिक सञ्जाल वा गोप्य जानकारीलाई पनि उजुरी मानेर कारबाही प्रक्रिया अघि बढाउन सक्ने कानून निर्माण गर्न लागिएको छ।

आचारसंहिता उल्लंघनका विषयमा काउन्सिलले गरेको निर्णय वा आदेशसम्बन्धी आमसञ्चार माध्यममा प्रकाशन गर्न लगाउन सक्नेसम्मका अधिकार दिइएको छ।

काठमाडौ । पत्रकार आचारसंहिता विपरीत समाचार लेख्नेलाई १० लाख रुपैयाँसम्म जरिवाना गरिने भएको छ। 'नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक' मा उक्त जरिवाना गराइने व्यवस्था गरिएको हो।

हालको प्रेस काउन्सिललाई नेपाल मिडिया काउन्सिल बनाउने समेत सो विधेयकमा व्यवस्था गरिएको छ। काउन्सिलले आचारसंहिता विपरीत समाचार लेख्नेलाई २५ हजार रुपैयाँदेखि १० लाखसम्म जरिवाना गर्ने व्यवस्थाको प्रस्ताव सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको हो।

मन्त्री गोकुल बाँस्कोटाले बिहीबार मात्रै प्रतिनिधिसभा सचिवालयमा दर्ता गराएको उक्त विधेयक दर्ता गरेका हुन्।

आचारसंहिता विपरीतका सामाचारमूलक सामग्री प्रकाशन वा प्रसारण गरेर कसैको मर्यादा वा प्रतिष्ठामा आँच पुर्याएको देखिएमा जरिवाना भराई काउन्सिलले क्षतिपूर्तिसमेत भराइदिन सक्ने व्यवस्था गरिएको छ।

विधेयकमा दफा १८ मा भनिएको छ, ‘काउन्सिलबाट जारी भएको आचारसंहिता विपरीत कुनै सामग्री प्रकाशन वा प्रसारण गरेका कारण मर्यादा वा प्रतिष्ठामा आँच आएको भनी सम्बन्धित व्यक्तिले दिएको उजुरी प्रमाणित भएमा सम्बन्धित आमसञ्चार माध्यम, प्रकाश, सम्पादक, पत्रकार वा सम्वाददातलाई २५ हजारदेखि १० लाखसम्म जरिवाना गर्न सक्नेछ।’

काउन्सिलले जाँचबुझ गर्दा समाचारकै कारण कुनै व्यक्ति वा संस्थालाई क्षति भएको ठहर्याएमा मनासिव क्षतिपूर्ति भराउने व्यवस्था पनि गरिएको छ।

आाचारसंहिता उल्लंघनसम्बन्धी काम कुनै अन्य प्रचलित कानून बमोजिमको कसुर हुने भए आवश्यक कारबाहीका लागि लेखी पठाउने अधिकार काउन्सिललाई दिइएको छ।

आचार संहिता उल्लंघनमा कारबाही भएपनि अन्य प्रचलित कानुन बमोजिम कारवाही र सजाय गर्न सकिने व्यवस्था विधेयकमा गरिएको छ।

काउन्सिलले कारबाही गर्ने निर्णय चित्त नबुझेमा आदेश भएको मितिले ३५ दिनभित्र उच्च अदालतमा पुनरावेदन दिन सकिने व्यवस्था समेत विधेयकमा छ।

आचारसंहिता उल्लंघन सम्बन्धी उजुरी सम्बन्धित व्यक्तिबाहेक अन्य स्रोतबाट पनि लिन सकिने बताइएको छ। सामाजिक सञ्जाल वा गोप्य जानकारीलाई पनि उजुरी मानेर कारबाही प्रक्रिया अघि बढाउन सक्ने कानून निर्माण गर्न लागिएको छ।

आचारसंहिता उल्लंघनका विषयमा काउन्सिलले गरेको निर्णय वा आदेशसम्बन्धी आमसञ्चार माध्यममा प्रकाशन गर्न लगाउन सक्नेसम्मका अधिकार दिइएको छ।

काठमाडौ । सर्बाेच्चको आदेशपछि अहिले जन्मको आधारमा नागरिकता लिएका बुबाआमाका सन्तानलाई वंशजको नागरिकता वितरण रोकिएको छ । गृह मन्त्रालयले परिपत्र गरेपछि मोरङमा जन्मसिद्ध नागरिकका तीन हजार नौ सय १० जना सन्तानले वंशज नागरिकता लिइसकेका छन् । अरु २४ सय जना नागरिकता दिने पालो पर्खिरहेका छन् ।

गृह मन्त्रालयको परिपत्र पछि नागरिकता बनाउनेको भीड बढेपछि जिल्ला प्रशासन कार्यालयले टोकन प्रणाली सुरु गरेको थियो । गृहको परिपत्रका आधारमा दिइने नागरिकता दिनमा १ सय ५० जनालाई मात्र दिन टोकन वितरण गरिएको थियो । तर पछि घटाएर दिनमा एक सय वटा मात्र टोकन वितराण् गरिको थियो ।

चैतमा वितरण भएको टोकन बिहीबार सकिदै थियो । पुरानो टोकनका ३०० र नयाँ टोकन लिएका २१ सय गरी २४ सय जना नागरिकता पाउने पालो पर्खिरहेका थिए ।

सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार जिल्ला प्रशासन कार्यालय मोरङ, इलाका प्रशासन कार्यालय रंगेली र उर्लाबारीबाट जम्मा ३ हजार ९ सय १० जनाले नागरिकता पाएका छन् ।

उनका अनुसार जेठ २१ गते सम्मका लागि नागरिकता बितरण गर्न टोकन वितरण गरिएको थियो । २०६३–६४ मा मोरङबाट २० हजार ५ सय हाराहारीले जन्मका आधारमा नागरिकता लिएका थिए ।

हेटौडा । प्रहरीले मकवानपुरमा पहिलो पटक अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ८ ख ३७९३ नम्बरको बस चेकजाँचका क्रममा पूर्वपश्चिम राजमार्ग अन्तर्गत रातमाटेमा सुनसहित भोजपुर षडानन्द नगरपालिका ४ का २९ वर्षका ल्वागुन बिक प्रक्राउ परेका हुन् ।

उनको साथबाट प्रहरीले १ किला ६ सय ४९ ग्राम ८ सय ९० ग्राम सुन बरामद गरेको छ । प्रहरीले बिकले लगाएको दुबै खुट्टाको जुत्ताभित्र र पाईन्टको खल्तीमा लुकाएर ल्याएको सुन बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशुवाहको टोलीले हेटौंडा १५ रातोमाटेबाट सुनसिहत उनलाई पक्राउ गरेको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । उनका अनुसार विकले ल्याएको सुनको मूल्य ८५ लाख ८६ हजार २६ रुपैयाँको रहेको छ ।

कारोबारमा संलग्न रहेका बिक दोस्रो पटक लैजादै गर्दा पक्राउ परेको बताइएको छ । पक्राउ परेको सुन र कारोबारमा संलग्न रहेका बिकलाई राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाइने प्रहरीले जनाएको छ ।