यस्ता पनि बाबुआमा, जलाएर आफ्नै छोरीको हत्या

बैशाख २७, २०७६ मा प्रकाशित | 8310 views

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका ५ चुकपानीमा एक अभिभावकले आगो लगाएर आफ्नै शिशुको हत्या गरेका छन् । २२ वर्षीय नवीन विष्टले आफ्नो ११ महीने छोरी अनुस्काको बिहीबार राति आगो लगाएर हत्या गरेका हुन् । घर नजिकै रहेको खरमा आगो लगाएर छोरीको हत्या गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनामा संलग्न विष्ट र उसकी पत्नी शीलालाई पक्राउ गरेको छ ।

उनीहरुलाई शुक्रबार बिहान घरबाटै पक्राउ गरी सदरमुकाम ल्याइएको छ । राति छोरीको हत्यापछि भाग्न लागेका दुवै जनालाई स्थानीयवासीको सहयोगमा  नियन्त्रणमा लिइएको  वडा नम्बर ५ का अध्यक्ष मङ्गलसिंह धाँमीले जानकारी दिए । हत्याको कारण खुलाइएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web