अञ्जना हत्याकाण्ड प्रकरण, अपराधको घटना सुन्दा शरीर नै हुन्छ सिरिङ्ग

काठमाडौ । महानगरीय प्रहरी वृत्त, चापागाउँका प्रमुख राजकुमार खिउजुले प्रहरी सेवामा प्रवेश गरेको दुई दशक नाघिसक्यो । तर, जेठाजुद्वारा बुहारीको हत्या गरिएको घटनाले उनलाई चकित बनाएको छ । ‘जागिर खाएको यत्रो वर्ष भइसक्यो । यस्तो विभत्स घटना देखेको थिइन’, डीएसपी खिउजु भन्छन् ।

घटनास्थल हेर्दा एउटा प्रहरी अधिकारीकै आङ सिरिङ हुन्छ भने सर्वसाधारणलाई कस्तो लाग्दो हो ? घटना हो, बिहीबार दिउँसो ललितपुरको ढोलाहिटीमा भएको अञ्जना महत हत्या । प्रहरी टोली घटनास्थलमा पुग्दा उनको टाउकोकाे थोरै छाला मात्रै शरीरमा अड्किएको थियो । खुट्टाले भुइँ छोए पनि आधा शरीर खाटमै थियो । कोठामा रगतको आहाल थियो । अञ्जनामाथि कतिपटक हतियार प्रहार गरियो भन्ने लख काट्नसमेत मुस्किल छ ।

खुला रुपमा देखिने खत त कति हो कति ! कपडा पनि अधिकांश ठाउँ काटिएका थिए । घटनास्थल पुगेका प्रहरी अधिकारीहरु आफैं प्रतिप्रश्न गर्छन्, ‘कसरी मानिस यो हदसम्म पनि जान सक्छ ?’

तर, प्रहरीको कामै अपराध अनुसन्धान गर्ने हो । जस्तो अवस्था भएपनि अनुसन्धान गर्नैपर्छ । त्यसैले प्रहरीले प्रारम्भिक जाँच मुचुल्का तयार पारे र लाशलाई पोष्टमार्टमका लागि पठाउने तारतम्य मिलाए ।

जब खुकुरी लिएर छोरा आए…

ढोलाहिटी चोकबाट एक सय मिटर पर रहेको घरमा त्यो दिन आमा पुष्पा, बुहारी अञ्जना र जेठाजु उज्वल मात्रै थिए । बुबा कमलबहादुर र अञ्जनाका पति प्रज्वल विहानै काममा निस्किएका थिए ।

दिउँसो करिब साढे दुई बजेतिर उज्वल दौडिँदै आमा भएतिर आए । छोरा हल्ला गर्दै आएपछि तल्लो तलामा सुतेकी उनी ब्युझिइन् । ‘पुलिस बोलाइदिनू…’, परैबाट पुष्पाले आवाज सुनिन् । उनले छोराको कुरा बुझिनन् ।

‘पानी आएछ कि क्या हो भनेर सोधेँ पनि’, उनी सम्झिन्छिन्, ‘तर, जब ऊ मेरो कोठामा आयो, त्यसपछिको अवस्था म कल्पना समेत गर्न सक्दिन ।’

रगतैरगतले लतपतिएको हातमा खुकुरी बोकेर उनी तल झरेका थिए । ‘मैले त्यसलाई मारिदिएँ’, उनको भनाइलाई उद्धृत गर्दै आमा भन्छिन्, ‘पुलिस बोलाइदिनू ।’ जब उनी बुहारीको कोठामा गइन्, तब विभत्स हत्या देखिन् । लगत्तै प्रहरीलाई खबर गरियो ।

शरीरमा पटकपटक खुकुरी प्रहार गर्दा न त घरमै रहेकी आमाले थाहा पाइन् न छिमेकीले । निद्रामा मस्त भएकाले आफूले केही थाहा नपाएको उनी बताउँछिन् । प्रहरीलाई खबर हुनेवित्तिकै नजिकै रहेको सीआरभी टोली पुग्यो र घटनास्थललाई घेरा हाल्यो ।

ससुराले मृत्युको खबर पत्याउन सकेनन् :

काममा गएका ससुरालाई दिउँसो घरबाटै बुहारीको हत्या भएको खबर गयो । तर, सुरुमा उनले पत्याउनै सकेनन् । भन्छन्, ‘सुरुमा छिटो आउ भन्दा मलाई विश्वासै लागेन । काममा छु, अहिले किन आउनु भनेको थिएँ ।’

जब अरुले पनि फोन गर्न थाले, तब उनी त्यो अकल्पनीय घटना विश्वास गर्न बाध्य भए । उनी घर पुग्दा भने धेरै ढिला भइसकेको थियो । प्रहरीले बुहारीको शव उठाइसकेको थियो भने जेठो छोरा उज्वल प्रहरी नियन्त्रणमा पुगिसकेका थिए ।

के हो हत्याको कारण ?

हालसम्मको प्रहरी अनुसन्धानले उनको हत्याको कारण खुलाउन सकेको छैन । तर, उनको पृष्ठभूमितिर फर्किँदा उनी डिप्रेसनको शिकार भएको अनुमान लगाउन सकिन्छ ।

बुहारी हत्या आरोपमा पक्राउ परेका उज्वल म्यूजिसियन हुन् । उनले चर्चित गीत ‘सुन साइली…’, ‘छक्का पञ्जा २’, ‘काले दाइ.. काले दाइ..’ लगायतमा कला देखाएका थिए । तिहारपछि भने उनले जागिर छाडेका थिए ।

काममा समस्या देखिएपछि जागिर छाडेका आफ्नो छोरालाई त्यसयता निरन्तर कार्यालयबाट धम्की आएको बुबा कमल दाबी गर्छन् । ‘६ महिना आराम गर्नुपर्छ भनेर ऊ औषधि लिँदै आराम गरिरहेको थियो’, कमलले सम्झिए, ‘तर, अफिसबाट उसलाई दिनरात फलो भइरह्यो ।’

आमा पुष्पा पनि उज्वलले आफ्नो मोबाइल ह्याक भएको सुनाउने गरेको बताउँछिन् । ‘कहिले मान्छे पठाएर सुराकी गर्दा रहेछन् । कहिले को मान्छे मर्‍यो भनेर तनाव दिन्थे’, उनी भन्छिन्, ‘सधैं उसको दिमाग घुमाइदिन्थे ।’ कमललाई त्यसरी धम्की दिने व्यक्ति शिव राई भएको परिवारको दाबी छ । एक दिन छोरा-बुहारीलाई पछ्याउँदै राई घर छेउसम्म आइपुगेको उनको भनाइ छ ।

‘त्यतिबेला उनी यति डराएका थिए कि, जतिसुकै बेला श्रीमती र छोरालाई मार्दिन्छु भन्ने गरेका थिए’, परिवारका अर्का सदस्य भन्छन् । उज्वलको फेसबुक प्रोफाइल हेर्दा उनी क्रिपा डिजिटल स्टुडियोमा म्यूजिक एरेन्जरको रुपमा काम गर्ने गरेको देखिन्छ ।

माइती पक्षको आशंका परिवारमाथि पनि :

के उज्वलले बुहारीको विभत्स हत्या गर्नुको कारण डिप्रेसन नै हो, वा अरु केही ? यो विषय भने प्रहरीको अनुसन्धान सकिएपछि मात्रै खुल्नेछ ।

अहिले उनीविरुद्ध ज्यान मुद्दामा म्याद थप गरेर बयान लिने काम भइरहेको छ ।

अञ्जनाको माइती पक्ष भने हत्यामा जेठाजु मात्र संलग्न रहेको स्वीकार्दैन । छोरीको मृत्युको खबर सुनेर हेटौंडाबाट आएका बुबा गणेश लामा भन्छन्, ‘यस्तो अमानवीय तरिकाले हत्या भएको छ । यसमा एक जनाको मात्र संलग्नता हुनै सक्दैन ।’

अन्तरजातीय विवाहका कारण घटना भएको हुनसक्ने भन्दै छानविन गर्नुपर्ने माइती पक्षको माग छ । उनले अनलाइनखबरसँग भने, ‘पागलले मार्‍यो भनेर अपराधीलाई बचाउने खेल भइरहेको छ, तर ऊ पागल होइन । अपराधीलाई बचाउने काम नहोस् ।’

महतका छिमेकी भने दाजु-भाइ र उनीहरुका श्रीमतीबीच कहिल्यै झगडा नदेखिएको बताउँछन् । ‘यो परिवारको यति राम्रो सम्बन्ध थियो कि सबैले उदाहरणीय मान्थे’, एक छिमेकीले भने, ‘एक्कासि यस्तो घटना बाहिर आउँदा पत्याउनै गाह्रो भइरहेको छ ।’

चापागाउँ वृत्तका डीएसपी खिउजु भने उज्वलले सामान्य व्यक्ति सरह व्यवहार गर्ने गरेको बताउँछन् । ‘उनले हत्या स्वीकारेका छन्’, खिउजुले अनलाइनखबरसँग भने, ‘हतियारसहित उनी रंगेहात समातिएका हुन् । त्यसैले उनले हत्या गरेको होइन भन्ने कुरै आउँदैन ।’

यद्यपि, घटनामा अन्य कसैको संलग्नता खुले पक्राउ गरेर अनुसन्धान गरिने उनले बताए ।

भ्रष्टाचार अभियोग लागेका अख्तियारका पूर्व आयुक्त पाठक धरौटीमा छुटे

काठमाडौ । घुस लिएको आरोप लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक ७८ लाख रुपैयाँको बैंक ग्यारेन्टी बुझाएर रिहा भएका छन् ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्य तथा न्यायाधीशहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले बुधबार पाठकसँग ७८ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

अदालतको आदेशानुसार पाठकले नेपाल बंगलादेश बैंकको ग्यारेन्टी बुझाएर रिहा भएका हुन् ।

भक्तपुरको नेपाल इन्जिनियरङ कलेजको सम्पत्ति बाँडफाँट सम्बन्धी मुद्दा मिलाइदिने भन्दै पाठकले घुस लिएको विषय सार्वजनिक भएको थियो ।

घुस लिएको विषय सार्वजनिक भएपछि पाठकले अख्तियारको आयुक्त पदबाट राजीनामा दिएका थिए । त्यसपछि अख्तियारले उनीमाथि अनुसन्धान गरेर गत चैत १२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

घुस लिएको विषय सार्वजनिक भएदेखि नै ‘फरार’ रहेका पाठक बुधबार सुटुक्क विशेष अदालतमा उपस्थित भएका थिए । बुधबार नै बयान सकिएपछि विशेष अदालतमा थुनछेक बहस शुरु भएको हो । अदालती समय (५ बजे) भन्दा ढिलो गरी जारी भएको आदेशमा पाठकसँग ७८ लाख रुपैयाँ धरौटी माग गरिएको हो ।

अदालतको आदेश पछि पाठकका आफन्तहरुले नेपाल बंगलादेश बैंकबाट ७८ लाख रुपैयाँ बराबरको ग्यारेन्टी ल्याएर बुझाएका विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले खबरहबलाई जानकारी दिए ।

कर्मचारी सरुवामा मन्त्री मातृका यादवले स्वकीय सचिवबाट घुस खाए ?

काठमाडौ ।  कर्मचारी सरुवाको विषयलाई लिएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा केहीबेर होहल्ला मच्चिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवका निजी सचिव प्रेम आचार्यले घुस लिएर कर्मचारीको अनियमित सरुवा गरेको केही कर्मचारीले आरोप लगाएपछि दिउँसो केहीबेर होहल्ला मच्चिएको हो ।

मन्त्रालयले उद्योग विभागमा उपसचिव विनोद खड्कालाई सरुवा गरेको थियो । तर उपसचिव शोभाकर रेग्मीले आफू विभागमा सरुवा हुनुपर्नेमा अरुलाई गरिएको भन्दै विरोधमा उत्रनुभएको हो ।

मन्त्रालयबाट सहसचिव रेग्मीले उद्योग विभागमा सरुवा हुने इच्छा देखाएको भए पनि मन्त्रीले खड्कालाई पठाइएपछि विवाद उत्पन्न भएको हो । खड्का नेकपा निकट मानिन्छन भने रेग्मी कांग्रेस निकट कर्मचारी संगठनका उपाध्यक्ष हुन् ।

रेग्मीसँगै शाखा अधिकृत विश्वबन्धु रेग्मीलगायत कांग्रेस निकट कर्मचारीको समूह सरुवा अनियमित तरिकाले गरिएको भन्दै मन्त्रीका निजी सचिव आचार्यको कार्यकक्षमा होहल्ला गर्दै पुगेपछि कार्यकक्षमै रहेका मन्त्री यादव निस्केर किन हल्ला गरेको भन्दा मन्त्री र कर्मचारीबीच केहीबेर धकेलाधकेल हुन पुगेको आधिकारिक ट्रेड युनियनका केन्द्रीय सदस्य विश्व रेग्मीले बताउनुभयो ।

मन्त्री यादवले ‘झगडा गर्ने को हो, घूस खाएको के प्रमाण छ ? त्यसै आरोप लगाउने भन्दै प्रमाणित नगर्ने भए थुन्दिन्छु’ भन्दै ढोका लगाउन निर्देशन दिएपछि धकेलाधकेल हुन पुगेको थियो ।

मन्त्री यादवले अनियमति तरिकाले भएको सरुवाको बारेमा बुझ्न गएका कर्मचारीमाथि नै हात हाल्न खोजेको आधिकारिक ट्रेड युनियनका केन्द्रीय सदस्य विश्व रेग्मीले आरोप लगाउनभएको छ । यता मन्त्रीका निजी सचिव आचार्यले भने कर्मचारीहरुले होहल्ला गर्दै मन्त्रीमाथि नै हातपातको प्रयास गरेको दाबी गर्नुभएको छ ।

तर कर्मचारीहरुले भने मन्त्री यादव आफ्नो कार्यकक्षबाट बाहिर निस्केर आफूहरुमाथि हातपातको प्रयास गरेको त्यहाँ रहेको सीसी टीभी फुटेजबाट हेर्न सकिने दाबी गरेका छन् ।

मापदण्ड अनुरुप सरुवा हुनुपर्यो भन्दा मन्त्रीले उल्टै कर्मचारीलाई हातपातको प्रयास गर्नु निन्दनीय कार्य भएको केन्द्रीय सदस्य रेग्मीले बताउनुभयो ।

मन्त्री यादवका निजी सचिव आचार्यले भने ती कर्मचारीहरुले उद्योग विभाग जान नपाएको झोँकमा आफूमाथि घूस लिएको आरोप लगाएको दाबी गर्नुभयो ।

चन्द्रमामा देखियो यस्तो डरलाग्दो चिज, बैज्ञानिक पनि भए चिन्तित

एजेन्सी ।
अमेरिकाको नेशनल एयर स्पेस म्युजियमको एक प्रतिवेदनले चन्द्रमाको आकार घट्दै गएको देखाएको छ । चन्द्रमाको भित्री सतह चिसो भएका कारण चन्द्रमाको आकार घट्दै गएको हो ।

पछिल्लो करोडौं वर्षमा पृथ्वीको यो उपग्रह ५० मिटरसम्म खुम्चिएको छ । यसकै कारणले अहिले चन्द्रमामा भूकम्प आइरहेको छ । गएका भूकम्पमध्ये केहीको तीव्रता स्केल पाँच रहेको छ । यो प्रतिवदेन नेचर जियोसाइन्स जर्नलमा प्रकाशित भएको छ ।

अमेरिकाको नेशनल एयर एण्ड स्पेस म्युजियमका वैज्ञानिक थोमस वेटर्सका अनुसार, चन्द्रमाको सतह चाउरिँदै गएकाे जस्तो देखिएको छ, जुन अङ्गुरबाट किसमिस बन्ने क्रममा देखिन्छ । यद्दपि अङ्गुरको बाहिरी सतह लचिलो हुन्छ भने खुम्चिँदै जाँदा चन्द्रमाको सतह फाट्ने प्रक्रियामा पुग्दछ ।

‘चन्द्रमा खुम्चिँदै जाँदा उपग्रहमा 'थर्स्ट फल्ट' बन्न थाल्दछ’, वैज्ञानिक वेटर्सले भने । यो प्रक्रियामा चन्द्रमाको एक सतह दोस्रो सतहमा खप्टिन थाल्दछ र यही कारणले चन्द्रममा तीव्र गतिमा भूकम्प आइरहेको छ ।

उनका अनुसार, 'थर्स्ट फल्ट' को आकार सिँढीजस्तै हुने गर्दछ । झण्डै १० मिटर लामो फल्ट कैयौं किलोमिटरमा फैलिएको छ । अपोलो मिसन ११, १२, १४, १५ र १६ को माध्यमबाट चन्द्रमामा सेस्मोमिटर्स राखिएको थियो । यिनमा प्राप्त हुने तथ्यांक गणना गर्दा वैज्ञानिकहरुले चन्द्रमामा भैरहेको उलटपलट र भूकम्पको जानकारी पाइरहेका छन् ।

ऊर्जा खपत हुने क्रममा चन्द्रमा पछिल्लो लाखौं वर्षमा झण्डै एक सय ५० फिट (५० मिटर) सम्म खुम्चिएको छ ।

त्रिशूली–काठमाडौँ प्रसारण लाइनको परीक्षण सुरु, निरन्तर तीन दिन चल्ने

रामहरि न्यौपाने
विदुर । त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ सर्किट प्रसारण लाइनको परीक्षण आजदेखि शुरु गरिएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ को उत्पादनगृहदेखिकाठमाडौँको मातातीर्थ सवस्टेशनसम्म विस्तार गरिएको प्रसारण लाइनमा विद्युत् प्रवाह गरेर परीक्षण थालिएको हो । परीक्षण अवधि लगातार तीन दिन (७२ घण्टा) चल्ने छ ।

परीक्षणका लागि केन्द्रीय प्रसारण लाइनको विद्युत् प्रवाह गरिएको आयोजनाका सहायक निर्देशक नारायणप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार ६० मेगावाट क्षमताको थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भइसकेकाले उक्त आयोजनाको पहिलो युनिटमा लोड दिएर (विद्युत् उत्पादन) दुवै योजनाको संयुक्त परीक्षण गर्ने तयारीसमेत छ ।

प्रसारण लाइन निर्माणको जिम्मेवारी पाएको चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन (सिडब्लुइ) का प्राविधिक विस्तार भएको खम्बा र तारमा स्थलगत रुपमा खटिएर परीक्षण शुरु गरेका छन् । परीक्षण अवधिमा विद्युतीय खम्बा, अर्थिङ्ग तार र विद्युतीय प्रसारण तारलगायत प्रसारण लाइनसँग सम्बन्धित संरचनाको दायाँबायाँ १५–१५ मिटर आसपासमा नजान आयोजनाले सूचना निकालेर सर्वसाधारणलाई सचेत गराएको छ ।

प्रसारण लाइनको परीक्षणमा खटिएका प्राविधिक (चिनियाँ नागरिक)को मङ्गलबार यहाँको लिखु गाउँपालिका–३ सूर्यमतीमा मृत्यु भएको थियो । परीक्षण अवधिमा प्रसारण लाइन आसपासको क्षेत्र ‘विद्युतीय सुरक्षाको दृष्टिकोणले जोखिम’ रहेको बताइएको छ । नुवाकोट र रसुवामा उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न विसं २०६८ फागुन १४ गतेदेखि निर्माण शुरु भएको २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणकार्य गत वैशाख १५ मा सम्पन्न भएको थियो ।

उक्त प्रसारण लाइनमा १४० खम्बा निर्माण गरिएको छ । यसैगरी प्रसारण लाइन निर्माणमा यस आयोजनाअन्तर्गत नेपालमा पहिलोपटक काठमाडौँको मातातीर्थदेखि केन्द्रीय प्रसारण लाइनको स्टेशनस्थलसम्म एक किमी दूरीमा विद्युतीय तार विस्तारको कार्य भूमिगत (अन्डरग्राउण्ड) गरिएको छ ।

उक्त प्रसारण लाइनमार्फत् नुवाकोट र रसुवाका दुई जिल्लामा निर्माणाधीन रसुवागढी, साञ्जेन, तल्लो साञ्जेन, त्रिशूली–१, त्रिशूली थ्री ‘ए’, थ्री ‘बी’मध्ये त्रिशूली–गङ्गासहित तादी र त्रिशूली करिडोरका सानाठूला गरी तीन दर्जनभन्दा बढी आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जडान गरिने नेपाल विद्युत् प्राधिकरणको योजना छ ।

उक्त प्रसारण लाइन निर्माणमा चीन सरकारको सहुलियत ऋण सहयोगमा नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहेको छ । आयोजना निर्माणमा रु दुई अर्ब ५० करोड लागेको प्रारम्भिक अनुमान छ ।

सिंहदरबारलाई ४८ हजार कर्मचारीले पनि पुगेन

काठमाडौ ।  संघीय सरकार र संघीय संरचना मातहतका निकायको लागि अहिले ४८ हजार ४ सय ३ जना कर्मचारी दरबन्दी कायम गरिएको छ । तर त्यो दरबन्दी पनि अपूग भएको भन्दै संघीय सरकारले केन्द्रमा अरु दरबन्दी थप्न गृहकार्य अघि बढाएको छ ।

विज्ञहरु भने संघमा राखिएको ४८ हजारको दबरन्दी ज्यादै नै बढी भएको टिप्पनी गर्छन । संघमा ३० हजार दरबन्दी भए पुग्ने उनीहरुको विश्लेषण छ । संघीय मन्त्रालय भने केन्द्रमा कर्मचारी थोपर्न संघमा दरबन्दी थपेको थप्यै गर्दै छ ।जुन संघीयताको ममर्त र भावना विपरित हो ।

विज्ञहरु भन्छन, संघमा राखिएको दरबन्दी घटाउनु पर्ने छ । यस्तो बेला दरबन्दी बढाउनु भनेको कर्मचारीको तलब भत्तामै राज्यको व्ययभार बढाउनु हो । संघीय मामिला मन्त्रालयले संगठन तथा व्यवस्थापन (ओएएनएम)पुनरावोलकन गरी गरी संघमा दरवन्दी थप्न गृहकार्य थालेको छ । मन्त्रालयले कर्मचारी समायोजन ऐनमा राखिएको एउटा दफाको दुरुपयोग गर्दै संघमा दबरन्दी थप्न लागेको हो ।

कर्मचारी समायोजन ऐन २०७५को दफा २५मा ‘तत्काल संगठन संरचना तथा दरबन्दी पुनरावोलकन गर्न नेपाल सरकारले आवश्यक ठानेमा प्रचलित कानुन बमोजिम संगठन संरचना तथा दरबन्दी पुनरावोलन गर्न बाधा पर्ने छैन’ भनी व्यवस्था गरिएको छ । सो व्यवस्था अनुसार संघीय मन्त्रालयले केन्द्रमा दरबन्दी पुनरावोलकन गर्ने तयारी गरेको हो ।

संघीय मालिा मन्त्रालयका एक सहसचिव ८-९ वटा मन्त्रालय तथा केही निकायबाट दरबन्दी पुनरावोलकन गर्न मन्त्रालयमा चिठी आाएको जानकारी गराउदै दरबन्दी थप्न गृहकार्य अघि बढेको बताए । यसरी दरबन्दीमा पुनराावोलकन गर्ने हो भने संघमा करिब १० देखि १२ हजार दरवन्दी बढाउनु पर्ने उनको विश्लेषण छ ।

मन्त्रालय स्रोतका अनुसार गृहमा  १९ सहसचिव सहित करिव १सय ३० दरवन्दी थप्न गृहबाट संघीय मन्त्रालयमा प्रस्ताव गएको छ । ओएनएम कमिटिबाट सो प्रस्ताव हाल संघीय मामिला मन्त्री लालबाबु पण्डितको टेबुलमा पुगेको छ । हिमाली जिल्ला बााहेक सबै जिल्लामा सहसचिव तहका सिडिओ राख्न प्रस्ताव गरिएको छ । हिमाली बाहेक सबै जिल्लामा सहसचिव तहका कर्मचारी सिडिओ राख्दा सहसचिवमा १९ दरवरन्दी थप्न आवश्यक रहेको प्रस्ताव गरिएको छ । स्थानीय तहका प्रमुखभन्दा सिडिओको मर्यादाक्रम माथि राख्न  सिडिओ  सहसचिव तहको हुनु पर्ने प्रस्ताव गरिएको स्रोतका भनाइ छ । हाल कायम गरिएको मयार्दाक्रम अनुसार उपसचिवको मयार्दाक्रम स्थानीय तहका प्रमुखभन्दा मुनि छ ।

मन्त्रालयका  अनुसार समावेशी आयोग, खानेपानी विभाग, महिला मन्त्रालय, उद्योग मन्त्राल, रक्षा मन्त्रालय, शहरी विकास विभाग, वाािणज्य मन्त्रालय लगयतका कार्यालयबाट आरेएनएम दरबन्दी पुनारावोलकन गर्न संघीय मामिला मन्त्रालय अन्तर्गन संगठन विकाश महाशाखामा प्रस्ताव गएको छ  । प्रस्तावमा  हाल कायम गरिएको दरबन्दी संख्या अपर्याप्त रहेको जनाउदै दरबन्दी थप्न दबरन्दी थप्न मन्त्रालयलाई आग्रह गरिएको स्रोतको भनाइ छ । परराष्ट्रले पनि माथिल्लो तहका दरबन्दी बढाउन संघीय मन्त्रालयमा प्रस्ताव पठाएको छ । परराष्ट्रले उपसचिवमा ४ वटा दरबन्दी थप्न मन्त्रालयलाई प्रस्ताव पठाएको हो । सो प्रस्ताव अहिले सामान्य प्रशासन मन्त्रीको टेबेलमा पुगेको छ । स्रोत भन्छ, दरबन्दी बढाउन सबैभन्दा पहिलो प्रस्ताव परराष्ट्रबाट पुगेको हो ।

संघमा कुनै पनि अवस्थामा दरबन्दी थप्न आवश्यक नभएको विज्ञहरु बताउछन् ।  काशीराज दाहालको संयोजकत्वमा गठित प्रशासन सुधार सुझाव आयोगले गत वर्ष सरकारलाई बुझाइएको रिपोर्टमा संघमा हाल कायम गरिएको दरबन्दीमा एक चौथाइ दरबन्दी घटाउन प्रस्ताव गरिएको छ । दाहाल अहिले सामान्य प्रशासन मन्त्रालयमा विज्ञको रुपमा नियुक्त पाएका छन्। त्यसैले अहिले उनी दरबन्दी बढाउन लागेकोमा विरोध गरेका छैनन् । भित्र भित्रै मन्त्रालयको कामलाई समर्थन नै गरेका छन् । मन्त्रालयले भने हरेक पटक ओएनएम सर्भे रिपोर्टमा परिमार्जन गर्दै संघमा दरबन्दी बढाउने गरेको छ ।

सुरुमा संघमा करिब ३० हजार दरबन्दी कायम गरिएको थियो । त्यस पछि हरेक पटक संघमा दरबन्दी थपिदै गएको छ । पछिल्लो पटक संघमा ४८ हजार ४सय ९ दरबन्दी कायम गरिएको थियो । त्यो भन्दा पहिले ४७ हजार ९ सय २० दरबन्दी कायम गरिएको थियो । त्यो भन्दा अघि संघमा करिब ४५ हजार दरबन्दी  राखिएको थियो ।

मन्त्रालयका अनुसार समायोजन फाराममा अधिकांश कर्मचारीको रोजाइ संघमा रहेको छ ।  संघमा स्वीकृत भएको ४८ हजार ४सय ९ दरबन्दीमा ३९ हजार ९ सय ६० कर्मचारीको  समायोजनको काम पूरा भएको मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार  प्रदेशतर्फ स्वीकृत भएको २२हजार २सय ९७ दरबन्दीमा १३ हजार ८ सय २१ कर्मचारी समायोजन भएका छन् । त्यसैगरी स्थानीय तहतर्फ स्वीकृत भएको ६६ हजार ९सय ८ दरबन्दीमध्ये निजामती सेवाबाट ३१हजार ७सय १० कर्मचारीहरु समायोजन भएका छन् ।

साविकका स्थानीय तहका १० हजार ५सय ४०, साविकका जिविसबाट १ हजार २सय ४१ र अन्य सेवाबाट ३ सय १६ कर्मचारी गरी १२ हजार ९७ कर्मचारीहरु स्थानीय तहमा समायोजन भएका छन् । यसैगरी स्थानीय सरकार सञ्चालन ऐन, अनुसार स्थानीय तहमा हाल कार्यरत रहेका करिब ७ हजार सय ६ सय ५० कर्मचारी गरी  ५१ हजार ४ सय ५७ स्थानीय तहमा समायोजन गरिएका छन् ।  ओएनएम रिपोर्टमा संघको मातहतमा अधिकांश कार्यकारी पद राखिएको छ । यसकारण पनि धेरैजसो कर्मचारीको रोजाइ संघ भएको हुन सक्ने विश्लेषण मन्त्रालयका एक उच्च कर्मचारीको छ ।

त्यसो त, प्रदेश र स्थानीय तहमा समायोजन हुने कर्मचारीहरूमध्ये धेरैजसो शाखा अधिकृत र शाखा अधिकृत मूनिकै कर्मचारी छन् । स्रोतका भन्छ, सकेसम्म काठमाडौंमा बस्न खोज्ने उच्च तहका कर्मचारीको चाहना र दबाबमा  दरबन्दी बढाउन थालिएको छ । जुन हचुवाको भरमा दबरन्दी बढाउन थालिएको छ । ओएनएम पछि प्रदेशको मातहतमा राख्नु पर्ने केही कार्यालय संघको मातहतमा राखिएका छन् ।

बुवाको निमर्मतापूर्वक हत्या भएको भन्दै छोराछोरी न्याय माग्न मिडिया गुहारे

काठमाडौ । सुर्खेत विरेन्द्रनगर–१ का ४५ वर्षीया चन्द्रप्रसाद आचार्यको हत्या भएको भन्दै उनका छोराछोरी न्याय माग्दै मिडियामा आएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा छोरा तिलकराज आचार्य र छोरी संगिता आचार्यले पत्रकार सम्मेलन गरेर आफ्नो बुवाको हत्या नै भएको आरोप लगाएका हुन् ।

उनीहरुका अनुसार मिति २०७५ साल फाल्गुन १८ गते शनिबारका दिन रातको १०ः०३ मा कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर नगरपालिका वडा नं. ६ (विरेन्द्रनगर मुख्य बजार) बुद्धपथमा रहस्यमय तरिकाले एकदमै निर्मम्ता पूर्वक हत्या गरि शव बाटोमा फालिएको अवस्थामा नेपाल प्रहरीका इन्स्पेक्टर डिल्लीराज सापकोटाको कमाण्डमा हिंडेको मोवाइल टोलीले फेला पारेको बताईएको थियो ।

उनीहरुले आफ्नो बुवाको निर्ममतापूर्वक हत्या गरिएको भन्दै सरकारसँग सत्य तथ्य छानबिन गरि आफूहरुलाई न्याय दिनुपर्ने माग गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै छोरी संगिताले भनिन्,‘बुवाको शवको अवस्था र पोष्टमार्टम रिपोर्ट हेर्दा यो हत्या नै भएको हाम्रो दाबी छ । त्यसैले सरकारले यसबारेमा छानबिन गर्नुपर्छ । आज ७१ दिन भैसक्यो, तर अहिलेसम्म यसबारेमा प्रहरी प्रशासनले सत्य तथ्य बाहिर ल्याउन नसक्नु एकदमै दुःखदायी कुरा हो ।’
आफ्नो बुवाको विरेन्द्रनगरको बिच बजार बुद्धपथमा नै हत्या हुँदासमेत प्रहरी प्रशासन अनुशन्धानमा चुक्नु र अहिलेसम्म दोषी पत्ता लगाउन नसक्नुले आफूहरुलाई पीडामाथि थप पीडा थपिएको उनले गुनासो पोखिन् ।

उनले थप भनिन्,‘मैले मरिसकेको बुवालाई फर्काईदेउ भनेर कसैलाई पनि भनेको छैन, तर न्याय देउ भनिरहँदापनि आजसम्म न्याय नपाउँदा बुवा गुमाउनुकोभन्दापनि न्याय नपाउनुको पीडा ठूलो बनेको छ । हाम्रो परिवार यतिखेर विक्षिप्त छ ।’

मृत्तकका छोरा तिलकराज आचार्यले पनि आफ्नो बुवाको हत्या नै भएको दाबी गरे । सरकारले हत्यामा संलग्न दोषीलाई छिटोभन्दा छिटो पक्राउ गरि कारवाही गर्नुपर्ने उनको माग थियो । आफ्नो बुवाको शव फेला परेको ठाउँ प्राईभेट हस्पिटल, नाम चलेका होटल र विभिन्न सञ्चार माध्यमहरु भएको ठाउँ भएको सुनाउँदै बुवाको व्यस्त बजारमा हत्या हुँदापनि कुनैपनि स्थानीय मिडियाले समाचार नबनाएकोमा आफूहरु थप संशकित भएको उनले स्पष्ट पारे ।
छोरा र छोरीका अनुसार मृत्तक तत्कालिन नेकपा एमालेमा आवद्ध थिए ।

अहिले सत्ताको नेतृत्व गरिरहेको नेकपामा आवद्ध सदस्य अर्थात भोटर हुँदापनि यो हत्याको विषयमा पार्टी नेतृत्वले यसबारेमा अहिलेसम्म कुनै चासो नदिएको उनीहरुको गुनासो छ । उनीहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘मृत्तकको शरिरमाथि घाटमै पार्टीको झण्डा ओढाएर उहाँको बारेमा व्याख्या र विश्लेषण गरि एउटा शवमाथि राजनीति गर्ने स्थानीय नेताहरुसमेत ११ दिन पछि एकपटक पनि न त पीडित परिवारलाई भेट्न नै जानुभयो न त जिल्ला प्रहरी कार्यालयमा फलोअपको लागि नै जानुभयो ।

आफ्नै दुई तिहाईको सरकार हुँदासमेत उहाँहरु आफ्नो पार्टीको कार्यकर्ता माथि भएको अन्यायका विरुद्ध २ शब्द बोल्नुहुन्न भने उहाँहरुबाट हामीले के न्यायको आश गर्ने ?’ उक्त घट्नाको अनुशन्धाननको क्रममा सुरुवाती चरणदेखि नै प्रहरी प्रशासनले त्रुटिपूर्ण तवरले अनुशन्धान गरेको पनि उनीहरुको आरोप छ ।

अनुसन्धानमा भएका त्रुटिहरु
    प्रहरीले
फाल्गुन १८ गते राती १०ः०३ मा शव फेला पारिसकेपछी परिवार तथा आफन्त कोही
कसैलाई खबर नगरी आफ्नो मनोमानी तरिकाले शव उठाउनु । शवलाई १०ः०३ मा
प्रहरीले फेला पारेको तर मृतकको पकेटमा भएको आफन्त महेन्द्र प्रसाद शर्माको
सम्पर्क नम्वरमा रातको १ः३० बजे मात्रै सम्पर्क गर्नु । प्रहरीले मृतकको
पकेटमा भएको पैसा शव उठाउने समयमानै फेला पार्नु तर सोही पकेटमा भएको
सम्पर्क नम्वरको चिट राती १ः३० बजे मात्रै फेला पार्नु ।
    बिहान
५ः०० बजे आफन्तहरु महेन्द्र प्रसाद शर्मा र मृतकको साला बलीराम अधिकारी
सनाखत गर्न पुग्दा शव सिधै पोष्टमार्टम् गृहमा फेला पार्नु ।

घटनास्थलबाट शव प्रहरीलेनै उठाएको भएतापनि भोलिपल्ट मृतकको साला बलीराम
अधिकारीले घटनास्थलमा छानबिनको लागी आउनुहोस् भनेर अनुरोध गरेपछि मात्रै
इन्स्पेक्टर डिल्लीराज सापकोटाको टिम घटनास्थलमा जानु ।
    घटनास्थलमा ५÷ ६ थोपा मात्र रगत हुनु र वरीपरी कसैलाई पनि घटनाको बारेमा केहि जानकारी नहुनु ।
    घटनास्थलमा अहेबको रोहबरमा मृत घोषणा गरिएको भनिएको छ तर ति २ जना अहेब को हुन् अहिलेसम्म पनि कोहि कसैलाई थाहा छैन ।

मेरो बुवाको शरिरलाई मृत घोषणा गरेको अस्पतालको र डाक्टरको प्रमाणपत्र
देखाउनुहोस् भन्दा अहिलेसम्म पनि प्रहरीले पिडित समक्ष पेश गर्न नसक्नु ।

१८ गते राती १०ः०३ बजे शव फेला पारिसकेको भएपनि उक्त घटनाको मुचुल्का १९
गते बिहान ८ः०० बजे मात्रै उठाइएको तर पनि मुचुल्का उठाउने समयमा मृतकको
परिवार र आफन्त कसैलाई पनि संलग्न नगरी सिमित व्यक्तिहरुको बिचमा मुचुल्का
उठाउनु ।
    अस्पतालमा पनि पिडीतका आफन्तहरुलाई प्रहरी प्रशासन र स्थानिय जनप्रतिनिधीहरुले पोष्टमार्टम्को लागी दवाब दिनु ।
    मृतकको परिवारको गैर हाजिरीमै पोष्टमार्टम् गर्नु ।

प्रहरी इन्स्पेक्टर डिल्लीराज सापकोटाले घटना घटेको तेस्रो दिन पिडितको
घरमा गई तपाईंहरु ढुक्क हुनुहोस् तपाईंहरु १३ दिनको काजक्रिया भित्रै हुंदा
हामी अपराधीलाई कानुुनी दायरामा ल्याउंछौं भनि प्रतिबद्धता गर्नु ।
    घटना घटेको तेस्रो साता डिल्लीराज सापकोटाको काठमाण्डौ सरुवा हुनु ।

डिल्लीराज सापकोटाबाट अनुसन्धानको क्रममा त्रुटी भएकै हो अपराधीलाई
प्रमाण लुकाउन र भाग्नको लागी रातभरीको समय दिनु, र पिडित परिवारले प्रश्न
गर्न थालेपछि निजको सरुवा हुनु ।
    घटनास्थलका प्रत्यक्षदर्शी र पछि
यस घटनाको अनुसन्धानमा खटिएका हरेक अनुसन्धान अधिकारी प्रहरीहरुले पिडित
समक्ष फरक फरक कुरा पेश गर्नु ।
    मृतकको शरिरमा भएको कपडाहरु पिडित
परिवारले ५ औं दिनको दिन कहां छ भनेर खोजी गर्दा हामीलाई थाहा भएन भनेर
गैरजिम्मेवार पूर्ण जवाफ दिनु ।
    पिडित परिवारले शंका लागेका
व्यक्तिहरु घटनास्थल नजिकैका अतिथि होटलका संचालक गोविन्द पाण्डे,
व्यवस्थापक नेत्रलाल पाण्डे र कुक यामलाल गौतम माथी र अन्य व्यक्तिहरु माथी
समेत गम्भिर तरिकाले अनुसन्धान नगरी सामान्य सोधपुछ गर्दै छोड्दै गर्नु ।
    पोष्टमार्टम् रिपोर्ट घटना घटेको ३७ औं दिनको दिनसम्म पनि परिवारलाई देखाउन नमान्नु ।

पिडित परिवारले प्रहरीले कमजोरी ग¥यो भनेर भन्दा इन्स्पेक्टर निरञ्जन
घिमिरेले तपाईंहरुले हामी माथी शंका गर्नुहुन्छ भने तपाईंहरुको केस यत्तिकै
सेलाउन पनि सक्छ भनी धम्कीपूर्ण कुरा पेश गर्नु ।
    विधी विज्ञान
प्रयोगशाला सामाखुशीमा पठाएका अतिथी होटलमा भेटिएको प्रमाणहरु रगत जस्तो
वस्तुले लतपतिएको टावेल, काउण्टरमा लागेको रगत र भित्तामा भेटिएको रगतको
ल्याव टेष्टको लागी पिडित परिवारले पहल नगर्दा सम्म जिल्ला प्रहरी कार्यालय
सुर्खेतबाट कुनै पहल नगरिनु र हालसम्म पनि उक्त रिपोर्ट पिडित परिवार
समक्ष पेश गर्न नसक्नु ।
    घटनास्थल अतिथी होटलका म्यानेजर नेत्रलाल
पाण्डे (फस्ट आई विट्नेस) भएता पनि प्रहरीले हामीलेनै भेटेको भनेर दावी
गर्नु र निज नेत्रलाल पाण्डे माथी सामान्य अनुसन्धान गरी छाड्नु ।

एउटा सामान्य घटनाको बारेमा समेत सञ्चारमाध्यमलाई खबर गर्ने प्रहरीले
त्यती ठूलो घटना प्रदेश राजधानीको बिच बजारमा हुंदा समेत सञ्चारमाध्यमलाई
खबर नगर्नु ।
    पिडित परिवारले शंकास्पद व्यक्तिमाथी किटानी जाहेरी
दिन्छौं भन्दा डिल्लीराज सापकोटा र प्रदिप कुमार क्षेत्री ले तपाईंहरुले
किटानी दिनु भयो भने हामी ती व्यक्तिहरुलाई केही समयको लागी थुनीदिन्छौं
अनि तपाईंहरुको केस सकिन्छ र ती व्यक्तिहरु यदी दोषी सावित नभएमा
तपाईंहरुले उनीहरुलाई क्षतिपूर्ति समेत तिर्नुपर्ने हुन्छ भनी पिडित
परिवारलाई त्रास देखाउनु र किटानी जाहेरी लिन नमान्नु ।

न्यायका
रक्षक प्रहरीहरुबाटै यस घटनामा अपराधीलाई उन्मक्ती दिने र प्रमाण लुकाउने
वाताबरण बनाइएको प्रशस्तै आधारहरु हामीले भेटेका छौं । बिशेष गरी अतिथि
होटल र त्यहां नजिक रहेका बांसपानी होटल, एभरेष्ट होटल र अतिथि होटल संगै
रहेको खाजा पसल (टहरा) माथी हामी पिडित परिवारको आशंका रहेको छ । फेरी पनि
हामीले न्यायको आशा राख्ने एकमात्र ठाउं प्रहरी प्रशासननै हो । हामी प्रहरी
प्रशासनबाट हाम्रो केश जति सक्दो छिटो समाधान गरि हामी पिडितको अनुहारमा
थोरै भएपनि न्यायको अनुभूति र हाम्रो गुमेको अभिभावकको आत्मालाई शान्ति दिई
दोषीलाई कानुनि दायरामा ल्याई हदै सम्मको कारवाहीको भागेदार बनाइयोस्
भन्ने हाम्रो माग हो ।
अन्त्यमा हामी पनि यहि कानुनी राज्यका नागरिक
हौं भन्ने कुराको आभाष दिलाउनको लागी र पिडित परिवारलाई जति सक्दो छिटो
न्याय र अपराधीलाई कानुनी दायरामा ल्याई हदै सम्मको कारवाहीको भागेदार
बनाउनको लागी स्थानिय सरकार, प्रदेश सरकार, केन्द्रिय सरकार, प्रहरी
प्रशासन, सञ्चारमाध्यम, राजनैतिक दल, मानव अधिकारवादी संघ संस्थाहरु सबैले
आ–आफ्नो ठाउंबाट जसले जसरी हुन्छ त्यसरी नै पहल गरिदिनुहुन हार्दिक अपिल
गर्दछौं ।
पिडित परिवार

प्रथम नुवाकोट खुल्ला फिडे रेटिङ्ग रेपिड चेस टुर्नामेन्टको उपाधि बद्रिलाल नेपालीलाई

विदुर । प्रथम नुवाकोट खुल्ला फिडे रेटिङ्ग रेपिड चेस टुर्नामेन्टको उपाधि पूर्व नेपाल च्याम्पियन बद्रिलाल नेपालीले जितेका छन् ।

स्वीस लिग ७ चरणको खेलमा उनले ६ अंक हासिल गरेका थिए । उपाधिसंगै बद्रिले नगद १५ हजार हातपारे । त्यस्तै समान साढे पाँच अंक भएपनि प्रागे्रसिभ टाइब्रेकमा निबर्तमान नेपाल च्याम्पियन मदनकृष्ण कायस्थ दोश्रा र काठमाडौ चेस क्लबका राजेन्द्र बज्राचार्य तेश्रा भए । उनीहरुले क्रमशःनगद १० हजार र ७हजार प्राप्त गरे ।

विदुर नगरपालिकाको प्रायोजनमा नुवाकोट जिल्ला बुद्धिचाल संघद्धारा जिल्लामै पहिलापटक आयोजित प्रतियोगितामा ललितपुरका हेराकाजी महर्जन चौथौं, दमकका प्रकाश नेपाल पाँचौं, पूर्व नेपाल च्याम्पियन सुरवीर लामाछैटौं, झापाका सुश्रुत दाहालं सातौं, पूर्व नेपाल च्याम्पियननविन तण्डुकार आठौं, काठमाडौका मोहनसिंह प्रधाननवौं र भगवति प्रसाद शर्मा दशौं सथन हासिल गरे ।

त्यस्तै स्थानीयतर्फ त्रिशुलीका प्रकाशजोशी, भेट्रानमा अमजद आलम, यु १६ मा मिशन युवाक्लब टोखाका निशान बजगाईं र अनरेटेडतर्फ काठमाडौंका नकुल बुढाथोकीउत्कृष्ठ भए ।

प्रतियोगिताका विजयी तथा सहभागी खेलाडीहरुलाई आयोजक संघका अध्यक्ष अमजद आलमको सभापतित्वमा एक कार्यक्रममा प्रमुख अतिथि विदुर नपाका मेयर सन्जु पण्डित, फिडे इथिक्स कमिसन सदस्य राजेशहरि जोशी, जिखेविस नुवाकोटका अध्यक्ष बद्रि प्रधान लगायतले ट्रफि, नगद तथा प्रमाण पत्रप्रदानगर्नु भयो ।

दुईदिने प्रतियोगितामा चारजना नेपाल च्याम्पियन, २ जना क्यान्डिडेट मास्टरसहित ८ जिल्ला र ३ विभाग बाट ३७जना खेलाडीले सहभागिता जनाएका थिए ।
कुलनगद पुरस्कार ६० हजार रहेको प्रतियोगिताका संयोजक तथा आयोजक संघका उपाध्यक्ष श्यामकुमार केसीले बताउनुभयो ।

एनआरएनएको उप-क्षेत्रीय चुनावमा नुवाकोटका पाण्डे प्रतिस्पर्धामा

विदुर । बेलकोटगढी नगरपालिका बडा नं १३ दाङ्मै, मदानपुरमा जन्मिएका रामबाबु पान्डेले आगामी मे १८ र १९ तारीखमा हुन लागेको एनआरएनएको अमेरीकाको नयाँ कार्य समितिको निर्वाचनमा पश्चिम क्षेत्रीय उपाध्यक्ष पदका लागि आफ्नो उमेद्वारी दिएका छन्।

उनी हाल अमेरीकाको विभिन्न राज्यहरुमा बसोबास गरिरहेका नेपाली समुदायबिच जनसम्पर्क तथा अन्तरक्रीयामा ब्यस्त रहेका छन्। उनी अहिलेपनि क्यालीफोर्नीया राज्यको एनआरएनए अध्यक्ष भई काम गर्दै आएका छन्। अमेरीकाको क्यालीफोर्नीया राज्यमा बसोबास गर्दै आएका सबैका प्रिय बनेका पाण्डे सफल ब्यबसायी तथा सामाजिक अभियन्ता रुपमा परिचित छन् ।
एनआरएनए लाई सबै गैर आबासीय नेपालीहरुको साझा संन्जालको रुपमा बिकाश गराउनुपर्ने, सबैलाई सहज समाज निर्माणका लागि राजनितीक भन्दा सामाजिक अभियान नै प्रभाबकारी हुने भएकाले आफुलाई मतदान गर्नुपर्ने उनले बताए ।

नुवाकोटको मदानपुरमा जन्मेर विगत एक दशकदेखी अमेरिकालाई कर्मथलो बनाई आफ्नो व्यवसाय गर्दै आएका पाण्डले अमेरीकामा रहेका बिभिन्न सामुदायिक केन्द्रका लागि सहयोग गर्दै आएका छन । उनले पशुपतीनाथ फाउन्डेशनमा पचासी हजार डलर सहयोग गरी निरन्तर त्यसको संरक्षणमा लागिरहेकान छन् । उनले विनाशकारी भुकम्पको वेला आफ्नो व्यक्तिगत तथा संस्थागत दुबै तर्फबाट बिभिन्न क्षेत्रमा राहत बितरणमा सहयोग गरेका थिए । सबल, सक्षम र समाबेशी एनआरएनए निर्माणको लागि सहमती, सहकार्य र एकताको आबश्यकता मान्यता राख्ने पाण्डेले आफु नेतृत्वमा पुगेको खन्डमा सबैलाई समेटेर अघि बढ्ने बताए ।

उनलाई उनको योग्यता र क्षमताको कदर स्वरुप सबैले साथ र सहयोग गर्नुपर्ने नुवाकोट मदानपुरका यूवा नेता रमेश पाण्डेले बताए । उनले असल नेतृत्वकला भएका रामबाबु पान्डे समाजसेवामा दत्तचित्त भएर लाग्दै आएकाले उनको नेतृत्वले स्थान पाएमा नेपाल र नेपालीको शिर उचो रहनेमा विश्वस्त रहेको बताए ।

मदिरा सेवन गराएर युवतीको बलात्कार

अर्घाखाची । जबर्जस्ती करणी अभियोगमा सन्धिखर्क नगरपालिका–१२ डिभर्नाका प्रेमबहादुर खड्का पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले उनलाई सन्धिखर्क शान्ति बगैँचास्थित होटल क्याराभानबाट पक्राउ गरेको हो।

कपिलवस्तु बुद्धभूमि नगरपालिकाबाट कामको सिलसिलामा सन्धिखर्क आएकी एक महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनले होटलको व्यवस्था मिलाइदिने तथा होटलको भाडासमेत तिरिदिने भनी आश्वासन देखाई होटलमा लगी करणी गरेको प्रहरीले जनाएको छ।

खड्काले युवतीलाई मदिरा सेवन गर्न लगाई जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए। उनलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको बताइएको छ।

अवैध नेटवर्किङ व्यवसाय गर्ने १२ जना पक्राउ

काठमाडौ । प्रहरीले अवैध नेटवर्किङ व्यवसायमा संलग्न भएको आशङ्कामा १२ भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

दरबारमार्गस्थित होटल याक एण्ड यतिमा नेटवर्किक व्यवसायका विषयमा छलफल चलाइरहेका उनीहरुलाई नेपाल राष्ट्र बैंक, राजश्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

नेटवर्किङ व्यवसायमा नेपाली ठगिने सम्भावना देखिएकाले भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

नेटवर्किङ व्यवसाय विस्तार गर्न लागेको भन्ने सूचनाका आधारमा प्रहरीले शुक्रबार राति होटलमा छापा मारेको थियो । त्यस क्रममा पक्राउ परेका अभियुक्तलाई अहिले महानगरीय प्रहरी परिसरमा ल्याई अनुसन्धान प्रक्रिया चलिरहेको प्रहरीले जनाएको छ ।

शिर्ष खेलाडीहरुको शिर्ष स्थानमा अधिपत्य

नुवाकोट ।  बुद्धिचालको पुरानो जिल्ला नुवाकोटमा शुक्रबार देखि दुई दिने प्रथम नुवाकोट खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता शुरु भएको छ। प्रतियोगितामा पूर्व नेपाल च्याम्पियन बद्री लाल नेपाली, नवीन तण्डुकार,शुरवीर लामा, मदनकृष्ण कायस्थ लगाएत शिर्षस्थ खेलाडी सहित स्थानीय गरि जम्मा ३७ जना खेलाडीहरुको सहभागीता रहेको छ।

नुवाकोट जिल्ला बुद्धिचाल संघको आयोजनामा सञ्चालन भएको यस प्रतियोगिताको पहिलो र दोश्रो चरणमा उच्च रेटेड खेलाडीहरुको दबदबा रह्यो । पूर्व नेपाल च्याम्पियन शुरवीर लामाले शुरुमा निशान बजगाईलाई र दोस्रो  खेलमा युवराज पौडेललाई सहजै पराजित गरेका छन्। त्यस्तै नवीन तण्डुकारले मोहन सिं प्रधान र सुमित जोशीलाई पाखा लगाए । मदनकृष्ण कायस्थले पनि मिसन वास्कोटा र सुसन गौतम माथि जीत हात पारे भने बद्रीलाल नेपालीले क्रमशस् नकुल बुढाथोकी र जितेन्द्र कुमार विरुद्ध विजय प्राप्त गरेका छन्। पूर्व नेपाल च्याम्पियन चारै जनाले २र२ अंकका साथ प्रथम स्थानमा रहन सफल भएका छन्।

विश्व बुद्धिचाल महासंघ इथिक्स कमिशनका सदस्य एवं 3.2 जोनल र नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष राजेश हरी जोशीले पहिलो वोर्डमा सेतो गोटी चालि आरम्भ गरेको दोस्रो चरणमा जीत दर्ता गर्ने क्रममा प्रकाश नेपाल , राजेन्द्र बज्राचार्य , भगवती प्रसाद शर्मा , सस्रुत दहाल, सुरज लामाले पनि दुई जीत संगै संयुक्त शिर्ष स्थानमा हिस्सेदार बनेका छन्।

कुल पुरस्कार राशि साठ्ठी हजारमा प्रथम हुनेले रु १५ हजार , दोस्रो हुनेले १० हजार , तृतीय हुनेले ७ हजार गरि जम्मा १५ जनाले  नगद प्राप्त गर्ने छन्। भोलि सञ्चालन हुने बाकी खेलहरुमा खेलाडीहरुले ईतिहास रच्ने दाउपेच लगाउने छन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web