बेलकोटगढीले यस आर्थिक वर्षमा चार वटा वडा कार्यालको नयाँ भवन बनाउने

रामहरि न्यौपाने,
बाघखोर, नुवाकोटको बेलकोटगढी नगरपालिकाले चालु आर्थिक वर्षमा चार स्थानमा नयाँ वडा कार्यालयको पक्कि भवनको निर्माण सुरु गरेको छ । नयाँ निर्माण गरिने वडा कार्यालय मध्ये दुई स्थानको भवनको निर्माण अघि बढाइएको छ ।
संघीयता कार्यान्वयन अन्तरगत राज्य पुर्नसंरचनाको क्रममा जिल्लाको विभिन्न छ वटा साविकका गाँउ विकास समितिलाई समावेश गरेर निर्माण भएको नगरपालिका भएकाले भौतिक संरचना अभावमा गुज्रिएको छ ।
संरचना अभाव भोग्दै आएको नपाले नगरकार्यपालिकाको सभाबाट बिनियोजित पुरक बजेट मार्फत यो आवको बााकी दुई महिनाको अवधिमा चार स्थानमा वडा कार्यालय भवन निर्माण गर्न लागिएको नगर प्रमुख राजेन्द्ररमण खनालले जानकारी दिनुभयो ।
उहाँको अनुसार नयाँ बनाइने भवन मध्ये वडा नं. ९ को नलगाँउ र वडा नं. ११ को फूलबारीमा कार्य सुरु भएको छ ।
नगरमा रहेका १३ मध्ये आठ वटा वडामा भवन अभाव रहेको छ । चालु आवमा वडा नं. ४, ५, ९ र ११ को लागी नयाँ कार्यालय बनाउन बजेट तर्जुमा गरिएको छ ।
उक्त चार वटा स्थानमा भवन निर्माणको लागी रु दुई करोड बजेट चैतमा सम्पन्न नगरसभाले बिनियोजित गरेको थियो ।
वडा नं. ९ को भवन निर्माणको लागी पि.एन. निर्माण सेवा प्रालीलाई रु ३५ लाखमा र वडा नं. ११ मा भवन बनाउन श्रवशक्ति महामाँया प्रालीलाई रु ४२ लाखमा जिम्मेवारी दिइएको छ । बाँकी वडाको भनवको शिलान्यास एक साताभित्रै गरिने उपप्रमुख कविता ढुङ्गानाले जानकारी दिनुभयो ।

स्थानीय सरकार गठन भएपछि निर्वाचित प्रतिनिधिले जनताका समस्या समाधान गराउन सक्रिय रहेकाले नयाँ भवन निर्माणले सरकारी सेवा प्रवाह थप गुणस्तरीय हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
नगरपालिका सञ्चालन हुदैँ आएको भवन समेत विपद्बाट जोखिममा परेका समुदायको लागी राख्न बनाइएको अस्थायी संरचनामा सञ्चालन हुदै आएको छ । वडा कार्यालयको भवन निर्माण सम्पन्न पश्चात नगरपालिकाको लागी भवन बनाउने योजना बनाइएको छ ।

धादिङमा बस दुर्घटना, पाँच जनाको मृत्यु, २९ जना घाइते, पाँचको अवस्था गम्भीर

धादिङवेसी ।  काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस त्रिशुलीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । काठमाडाैँ आउँदै गरेको बस धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ बन्छेटारबाट त्रिशुली नदीमा खस्दा पाँच जनाको घटनास्थलमै मृत्यु भएको  इलाका प्रहरी कार्यालय गुजुरीका प्रहरी निरीक्षक नवराज ढुंगेलले दैनिकीलाई जानकारी दिए ।

ढुंगेलका अनुसार मृत्यु हुनेमा चन्द्रागिरि नपाका ३५ वर्षीया सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी, काठमाडौँ जिल्ला थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी रहेका छन । अन्य दुईको सनाखत भएको छैन । दुर्घटनामा २९ जना घाइते भएका छन । घाइतेहरूको केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ भने केहीलाई थप उपचारका लागि काठमाडाैँ पठाइएको छ । घइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बजे त्रिशुलीमा खसेको हो । घाइतेको उद्धारमा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका थिए ।

त्रिशूली थ्री ‘ए’को शुक्रबारदेखि परीक्षण उत्पादन सुरु

रामहरि न्यौपाने,
विदुर । रसुवामा बाँध र नुवाकोटमा विद्युत उत्पादनगृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाले आज (शुक्रबार)देखि उत्पादन परीक्षण सुरु गरेको छ ।
आयोजना निर्माणसंग सम्बन्धित सम्पूर्ण तयारी पूरा भएसगैँ बिहीबार गरिएको उत्पादन परीक्षण सफल देखिएपछि आज साँझ पाँच बजेदेखि परीक्षण उत्पादन सुरु गरेको आयोजना प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिनुभयो । उहाँको अनुसार आयोजनाको पहिलो युनिट ३० मेगावाट क्षमताको टवाईन घुमाएर लगातार ७२ घण्टा परीक्षण गरिनेछ । उक्त अवधिको परीक्षण सफल भएमा आयोजनाबाट निरन्तर ३० मेगावाट क्षमताको विद्युत उत्पादन गरेर केन्द्रीय प्रशारण लाइनमा जोडिनेछ ।

आयोजनाको बिहीबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अवलोकन गरेपश्चात नुवाकोटको किस्पाङ गाँउपालिका–५ स्थित विद्युत उत्पादन गृहको स्विचयार्डको कन्ट्रोल कक्षमा स्विच दबाएर आयोजनाबाट उत्पादन भएको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको घोषणा गर्नुभएको थियो ।

आयोजनाबाट विद्युत उत्पादन र प्रशारण लाइनको तत्कालीन परीक्षण सफल
देखिएपछि कार्यकारी निर्देशक घिसिङले निरन्तर परीक्षण गरेर सञ्चालनमा
ल्याउने बताउनुभएको हो ।
पहिलो पटक पहिलो युनिटबाट ३० मेगावाट विद्युत
उत्पादन हुने छ भने असार दोश्रो सातासम्ममा दोश्रो युनिटबाट थप ३० मेगावाट
विद्युत उत्पादन हुने आयोजनाका उपप्रबन्धक ई.सत्यराम ज्याख्वाले जानकारी
दिनुभयो ।
उहाँको अनुसार पहिलो युनिटको विद्युत केन्द्रीय प्रशारण लाइनमा जोडिएपछि दोश्रो युनिटको परीक्षण सुरु गरिनेछ ।

“विभिन्न
विवाद र प्राकृतिक विपत्तिका कारण अन्योल अबस्थामा पुगेको आयोजनाबाट
विद्युत उत्पादन सुरु गर्न लागिएको छ ।” उपप्रबन्धक ज्याख्वाले भन्नुभयो
“आयोजनाको सफलताले सहायक योजना थ्री ‘बी’ निर्माण सुनिश्चितता र
त्रिशूली–काठमाडौ प्रशारण लाइन विस्तारमा योगदान पुगेको छ ।”

यो
आयोजनाको निर्माण चाइना गेजुवा गु्रप अफ कम्पनी (सिजिजिसी) मार्फत गरिएको
हो । उक्त कम्पनीले सन् २०११ जुनदेखि काम सुरु गरेको हो । निर्माणको लागी
सो कम्पनीसंग इन्जिनियरिङ, प्रोक्युरमेन्ट एवम् कन्स्ट्रक्सन (ईपिसी)
अवधारणामा सम्झौता भएको हो ।
ईपिसी मोडेलमा निर्माण गरिएको नेपाल विद्युत प्राधिकरणको यो पहिलो जलविद्युत आयोजना हो ।

आयोजनामा
नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको सयुक्त लगानी रहने गरी चीन
सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा एक्जिम बैंक, चीनले रकम उपलब्ध गराएको छ ।
आयोजना निर्माणको लागत १२ करोड ५७ लाख अमेरिकी डलर रहेको आयोजना पक्षले
जनाएको छ ।

विसं २०७२ बैशाख १२ को विनासकारी भूकम्पले धेरै क्षति
पु-याएको यस आयोजनाको मुख्य संरचना निर्माणमा निर्माण व्यवसायीलाई हालसम्म
कुनै ‘भेरिएशन’ दिइएको छैन । भूकम्पले आयोजनाको बाँधस्थलसम्म पुग्ने पहुँच
मार्गमा पु-याएको ठूलो क्षतिको पुर्ननिर्माण र त्यहाँ दीर्घकालीन रुपमा
पहिरो रोकथाम सम्बन्धि कार्यको लागी भने नेपाल सरकार मन्त्रिपरिषद्को
निर्णय अनुुसार नेपाली सेना खटाइएको थियो । सेनाले उक्त कार्यको जिम्मेवारी
अन्तरगत पहुँच मार्ग खुला गरेपछि आयोजनाको काम अघि बढाउन सहज बनेको हो ।
पहिरो रोकथामको कार्य सेनाको निर्माण कार्यदलले अन्तिम चरणमा पु¥याएको
जनाएको छ ।
त्रिशूली नदीको पानीबाट ‘रन अफ रिफर’ मोडलमा निर्माण भएको यस
आयोजनाबाट बार्षिक ४८९.७६ गिगावाट घण्टा विद्युत उत्पादन हुने लक्ष्य छ ।
आयोजना पूर्ण रुपमा सञ्चालन आए पश्चात यहाँबाट उत्पादन हुने विद्युतबाट
बार्षिक करीब रु तीन अर्ब आम्दानी गर्दछ ।

त्रिशूली नदी स्थित
रसुवाको डाँडाँगाँउमा बाँध बनाएर नुवाकोटको मनकामनामा उत्पादन गृह रहेको
आयोजनाको निमार्ण सबै भूमिगत (पहाड भित्र) बनाइएको छ ।
आयोजनाबाट साढे
आठ महिना पूर्णरूपमा (६० मेगावाट) विद्युत उत्पादन हुनेछ । कुल उत्पादनको
४६.६ प्रतिशत विद्युत सुख्खायाममा उत्पादन हुने भएकाले मुलुकको लागी आवश्यक
विद्युत उपलब्ध गराउन यस आयोजनालाई महत्वका रुपमा हेरिएको आयोजनाका सहायक
निर्देशक नारायणप्रसाद आचार्यले जानकारी दिनुभयो ।

उहाँको
अनुसार नुवाकोट र रसुवामा उत्पादन हुने विद्युत केन्द्रीय प्रशारण लाइनमा
जडानको लागी थ्री ‘ए’ को व्यवस्थापनमा २२० केभी ‘डलब सर्किट’ प्रशारण
लाइनको निर्माण सम्पन्न भइसकेको छ ।
यसैगरी, यस आयोजनाको क्यासकेड
आयोजनाको रुपमा ३७ मेगावाट क्षमताको थ्री ‘बी’ आयोजनाको निर्माण जारी छ ।
थ्री ‘बी’लाई आगामी तीन वर्षभित्र पूरा गर्नेगरी विस. २०७४ फागुनदेखि
निर्माण थालिएको छ ।

नारी जागरण समाजबाट गरिव तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामागि

थप्रेक । नुवाकोट पञ्चकन्या गाँउपालिका वडा नं. ४ थप्रेकमा रहेको नारी जागरण समाजले गरिव तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्रि उपलब्ध गराएको छ । थप्रेकमा रहेको उदयजालपा माध्यामिक विद्यालयमा अध्ययनरत गरिव तथा जेहेनदार विद्यार्थीलाइ शैक्षिक सामाग्रि वितरण गरेको समाजका अध्यक्ष रमा तामाङले जानकारी दिनुभयो ।

उहाँको अनुसार उक्त सामाग्रि विद्यालयमा आयोजित एक कार्यक्रमका बीच सरोकारवालाहरुले छनोट गरेका सात जना विद्यार्थीलाई बिहीबार उपलब्ध गराइएको हो ।
उदय जालपा माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिबहादुर तामाङ्गको अध्यक्षता तथा पञ्चकन्या गाउँपालिका वडा नं. ४ का कार्यबहाक वडाध्यक्षको प्रमुख आतिथ्यमा विद्यार्थीलाई अध्ययनमा सहयोग पुर्याउन शैक्षिक सामाग्रिको रुपमा कापी, कलम, सिसा लगायतका सामाग्रि हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा नारी जागरण समाजका विभिन्न पदाधिकारी, विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीय शिक्षाप्रेमीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले समाजको सहयोगमा विद्यार्थीलाई गरिएको उपलब्ध गराइएको सहयोग सामाग्रिको प्रशंसा गर्नुभयो ।
कार्यक्रमको सहजिरकण सरोज कुमार केसीले गर्नुभएको थियो ।

क्याम्पसमा तोडफोड, स्ववियु सभापतिसहित ९ जना पक्राउ

डडेल्धुरा । डडेल्धुरा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनकै अगुवाईमा तोडफोड भएको छ । शुक्रबार क्याम्पसले कर्मचारी भर्नाका लागि लिखित परीक्षा लिएका बेला स्ववियु सभापति जगत ऐर नेतृत्वको टोलीले ढुंगामुढा र तोडफोड गरेको हो । तोडफोडमा संलग्नको आरोप लागेका सभापति ऐरसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मुख्य कार्यालय सहायक र मुख्य लेखा सहायक पदको परीक्षा विथोल्ने उद्देश्यले क्याम्पसको झ्याल ढोका तोडफोड गरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताएका छन् । पक्राउ परेका विद्यार्थी नेतालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । तोडफोडबाट क्याम्पसका केही कोठाको झ्यालका सीसा फुटेका छन् ।

डडेल्धुरा बहुमुखी क्याम्पसले त्रिविको नियम विपरीत राजनीतिक भागभण्डाको आधारमा कर्मचारी भर्ना गर्न लागेको भन्दै स्ववियुले ८ दिन अगाडि ताला लगाएको थियो । नेकपा डडेल्धुरा, नेपाली कांग्रेस डडेल्धुरा र जिल्ला प्रशासनको मिलेमतोमा कर्मचारी भर्ना गर्ने लागेको भन्दै स्ववियुले तालाबन्दी गरेको थियो ।

क्याम्पसले ताला तोडेर पूर्वनिर्धारित मितिमै कर्मचारी भर्नाको परीक्षा लिएको थियो । तीन जनाको लागि सिटमा १२ जनाले आवेदन दिए पनि ७ जना मात्र परीक्षामा सहभागी भएको क्याम्पसले जानकारी दिएको छ ।

क्याम्पसको कर्मचारी भर्ना विज्ञापनमा स्ववियु सभापति ऐरकी श्रीमतीले पनि आवेदन दिएकी थिइन । सभापती ऐरले आफ्नी श्रीमतीलाई नियुक्त गर्न क्याम्पस प्रमुखलाई दबाब दिएको तर नमानेपछि आन्दोलन सुरु गरेको आरोप लागेको छ ।

स्ववियु सभापति पक्राउ परेपछि रिहाइको माग गर्दै विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गरेका छन् ।

धादिङ केन्द्र बनाएर शक्तिशाली पराकम्प गयो

काठमाडौ । धादिङको कुम्पुरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । शुक्रबार २ बजेर ८ मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिम्मामा समेत महसुस भएको थियो ।

यो २०७२ वैशाखको गोरखा भूकम्पकै पराकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

मिडिया सम्बन्धि नयाँ कानून, तानाशाही राजाको समयमा भन्दा १० गुणा बढी जरिबाना

काठमाडौ । सरकारले संसद्मा हालै दर्ता गरेको ‘मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा राजाको सक्रिय शासनकालमा भन्दा १० गुणा बढी जरिबानाको व्यवस्था गरिएको छ ।

‘सरकार नियन्त्रित मिडियाको परिकल्पना’ गरिएको भन्दै चौतर्फी आलोचना भइरहेको यो विधेयक प्रधानमन्त्री केपी शर्मा ओलीले सोच विचार गरेर मात्रै ल्याइएको भनेर स्पष्ट पारेका छन् । तर, यस विधेयकमा पत्रिका र पत्रकारलाई गरिने व्यवहार भने राजाको शासनकालमा भन्दा कठोर देखिएको छ । राजाको शासनकालमा प्रेस र पत्रकारलाई बढीमा रु. एक लाख जरिवाना गर्न सकिने प्रावधान राखिएकोमा अहिलेको प्रस्तावित विधेयकमा बढीमा रु. १० लाख जरिवाना र दुई वर्षसम्म कैदको प्रावधान छ ।
जनताको हकअधिकार कुण्ठित गर्दै सशक्त ढंगले राजतन्त्रात्मक अधिनायकवाद ल्याउनुपर्ने सोचका डा. तुलसी गिरी उपाध्यक्ष भएको समयमा तत्कालीन सरकारले वि.सं. २०६२ असोज २३ गते पत्रकारिता सम्बद्ध विभिन्न ऐन संशोधन गर्ने अध्यादेश ल्याएर अभिव्यक्ति स्वतन्त्रता हनन् गर्ने कोशिस गरेको थियो । राजाले ल्याएको प्रेस, तथा छापाखाना र प्रेस काउन्सिल ऐनलाई संशोधन गर्न ल्याएको अध्यादेशभन्दा लोकतान्त्रिक विधिबाट निर्वाचित कम्युनिस्ट सरकारले १० गुणा बढी जरिबानाको प्रावधान राखेर आफ्नो चरित्र स्पष्ट पारेको विज्ञहरू बताउँछन् ।

“काउन्सिलबाट जारी भएको आचारसंहिता विपरीत कुनै सामग्री प्रकाशन वा
प्रसारण गरेको कारण मर्यादा वा प्रतिष्ठामा आँच पुर्‍याएको भनी सम्बन्धित
व्यक्तिले दफा १६ बमोजिम दिएको उजुरी उपर दफा १७ बमोजिम जाँचबुझ गर्दा
कसैको मर्यादा वा प्रतिष्ठामा आँच पुर्‍याएको देखिएमा काउन्सिलले सम्बन्धित
आम सञ्चारमाध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा संवाददातालाई २५ हजार
रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ,” विधेयकमा उल्लेख छ ।

छापाखाना र प्रकाशन सम्बन्धी राजाले जारी गरेको विधेयकमा
प्रतिबन्धित प्रकाशन वा निषेधित प्रकाशन प्रकाशित गरेमा प्रकाशक वा
सम्पादकलाई १० हजार रुपैयाँसम्म जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय
हुने व्यवस्था थियो ।

स्वतन्त्र पत्रकारिताको अभ्यासमा प्रकाशक तथा
सम्पादक एउटै व्यक्ति नभएको अवस्थामा समाचारमा प्रकाशित सामग्रीको
सन्दर्भमा सम्पादकलाईमात्र पूर्ण जिम्मेवार मानिने प्रचलन विपरीत
प्रस्तावित विधेयकमा प्रकाशकलाई पनि कारबाही र जरिबाना तिराउने व्यवस्था
गरिएको छ ।

पत्रकारलाई आचारसंहिता लागू गराउन उद्यत रहने प्रेस
काउन्सिलको स्थानमा आउने मिडिया काउन्सिलले पीडितलाई तोकिएको जरिबानाभन्दा
बढी रकम क्षतिपूर्ति पनि भराइदिने परिकल्पना गरेको छ । काउन्सिलबाट जारी
भएको आचारसंहिता विपरीत कुनै सामग्री प्रकाशन वा प्रसारण गरेको कारणबाट
कुनै व्यक्ति वा संस्थालाई क्षति पुगेको भएमा काउन्सिलले त्यस्तो क्षति
पुगेको व्यक्ति वा संस्थालाई मनासिव क्षतिपूर्ति भराइदिन सक्ने,” व्यवस्था छ

माथिल्लो त्रिशूली थ्री ‘ए’बाट विद्युत उत्पादन सुरु, सिधै केन्द्रीय प्रशारण लाइनमा जोडियो

विदुर । लामो समय विवाद र प्राकृतिक प्रकोपका कारण समस्यामा परेको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको विद्युत् आजदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।

आयोजनाको पहिलो युनिटबाट ३० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिई आयोजना पूर्णरुपमा सम्पन्न भएको हो ।नेपाल विद्युत् प्राधिकरणका कार्यकरी निर्देशक कुलमान घिसिङले नुवाकोटको किस्पाङ–५ सिम्लेस्थित स्विचयार्डको कन्ट्रोल रुममा रहेको स्विच दबाएर आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको घोषणा गरे । यो दिनको प्रतिक्षाका लागि प्राधिकरणले विगत दश वर्षदेखि अनवरत प्रयास गर्दै आएको थियो । आयोजनाको विद्युत् सिम्लेमा रहेको विद्युत्गृहबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत् काठमाडौँको मातातीर्थस्थित सबस्टेशनमा जोडिएको छ ।

शुक्रबार साँझ ५ बजेबाट पहिलो युनिटबाट परीक्षणका रुपमा लगातार ७२
घण्टा विद्युत् उत्पादन गरिने छ । त्यसपछि उपकरण तथा सुरुङ, बाँधलगायतका
संरचनाका पुनः परीक्षण गरिने प्राधिकरणले जनाएको छ । सो परीक्षण सकिएपछि
आयोजनाबाट नियमित विद्युत् उत्पादन शुरु हुनेछ । आयोजनाको दोस्रो युनिट भने
आगामी असारको दोस्रो साताभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।

कार्यकारी
निर्देशक घिसिङले माथिल्लो त्रिशूली थ्री ए सञ्चालनमा आएपछि कुलेखानी
जलाशयको पानी जोगिने र भारतबाट आयात भइरहेको विद्युत् परिमाण घट्ने बताए ।
विद्युत् बढी माग हुने काठमाडौँ उपत्यकाबाट नजिक रहेको र हिउँदमा समेत करीब
४५ मेगावाट विद्युत् उत्पादन हुने भएकाले यसबाट काठमाडौँ उपत्यकाको
विद्युत् आपूर्ति प्रणालीलाई सन्तुलनमा राख्न ठूलो योगदान रहनेछ ।

सो
आयोजनाबाट उत्पादित विद्युत्ले उपत्यकाको विद्युत् वितरण प्रणालीमा थप
विश्वसनीयता बढ्ने विश्वास लिइएको छ । कार्यकारी निर्देशक घिसिङका अनुसार
त्रिशूली ३ ए पूर्णरुपमा सञ्चालनमा आएपछि आयोजनाबाट देशभर खपत हुने ऊर्जामा
करीब आठ प्रतिशतको योगदान रहनेछ । त्यसबाट मुख्यरुपमा हिउँदको विद्युत्
माग धान्न भारतबाट आयात हुने ऊर्जासमेत कम गर्न सकिनेछ ।

विभिन्न
समस्या झेल्दै रुग्ण बनेको आयोजनालाई निरन्तरको प्रयासबाट विद्युत् उत्पादन
शुरु गर्ने अवस्थामा पर्‍यायएको हो । आयोजनाले नै काठमाडौँको
मातातीर्थसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको समेत निर्माण गरेको छ ।
यसबाट त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने जलविद्युत्
आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न पूर्वाधारसमेत तयार
भएको छ ।

कूल अनुमानित लागत १२ करोड ५८ लाख अमेरिकी डलर रहेको
आयोजना नेपाल सरकार, प्राधिकरणको लगानी र चिनियाँ आयात निर्यात बैंकको
सहुलियतपूर्ण ऋणमा निर्माण भएको हो । इञ्जिनीयरिङ, खरीद र निर्माण (इपिसी)
ढाँचामा विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा
हाइड्रो मेकानिकलको काम गर्न चिनियाँ कम्पनी गेजुवासँग २०७६ जेठ १४ गते
ठेक्का सम्झौता भएको थियो । प्रसारण लाइनको ठेक्का भने चाइना वाटर एण्ड
इनर्जीले पाएको थियो ।

विसं २०७१ साल जेठ १७ गतेभित्र निर्माण
सक्ने गरी गेजुवासँग ठेक्का सम्झौता भएको थियो । विगतमा विद्युत्गृह भूमिगत
बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णयलगायतका कारणले
आयोजनाको निर्माण ढिलाइ भएको थियो । भूकम्पले गर्दा आयोजनाको निर्माण
तालिका नराम्ररी प्रभावित भएको थियो ।

‘वीर विक्रम-२’ र ‘जात्रै जात्रा’ को बूकिङ खुल्यो

काठमाडौ । यही शुक्रवारदेखि प्रदर्शनमा आउने दुई चलचित्र ‘जात्रै जात्रा’ र ‘वीर विक्रम २’ को बूकिङ खुला गरिएको छ । यस वर्षका दुई आशा गरिएका फिल्मको रिलिजअघि नै बूकिङ खुला गरिएको हो ।

राजधानीका मल्टिप्लेक्स हलहरुमा चलचित्र ‘जात्रै जात्रा’ ले बढी शो पाएको छ । यस्तै ‘वीर विक्रम २’ पनि शुक्रवार ओपनिङ दिनका लागि क्युएफएक्सका हलमा १३ शो पाएको छ । यता ‘जात्रै जात्रा’ ले भने क्युएफएक्सका राजधानीका हलमा १९ शो पाएको छ ।

फिल्मको कुरा गर्नुपर्दा चलचित्र ‘जात्रै जात्रा’ मा प्रदीप
भट्टराईको निर्देशन देख्न सकिन्छ भने यो फिल्ममा रविन्द्र सिंह बानियाँ,
दयाहाङ राई, रविन्द्र झा, वर्षा राउत, विपिन कार्की लगायतका कलाकारको शीर्ष
भूमिका रहेको छ । यो फिल्म ‘जात्रा’ को सिक्वेल हो । निर्माण टिमका अनुसार
‘जात्रा’ मा कथा जहाँ सकिन्छ, त्यहीँबाट दोस्रो सिक्वेलमा कथा शुरु हुन्छ ।

यस्तै
फिल्म ‘वीर विक्रम २’ लाई मिलन चाम्सले निर्देशन गरेका हुन् । यो फिल्ममा
प्रदीप भारद्वाजको कथा छ भने पल शाह, वर्षा शिवाकोटी, नाजिर हुसेन, बुद्धि
तामाङ लगायतका कलाकारको अभिनय छ । चलचित्रलाई वीर र विक्रमको मित्रताको कथा
भनिएको छ । फिल्मले हिमाली गाउँको कथालाई कथानक बनाइएको छ । बुधरवार
गरिएको प्रिमियरमा यो फिल्मले राम्रै प्रतिक्रिया पाएको थियो ।

भारतको सिक्किम र दार्जिलिङमा पोखराको किन गरियो चर्चा

लेकसाइड ।  दिगो पर्यटनका लागि समान सहभागिता भन्ने उद्देश्यका साथ स्थापित पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)को टोलीले भारतको सिक्किम, दार्जिलिङलगायत क्षेत्रमा पोखराको पर्यटन प्रवद्र्धनमा साझेदारीका लागि छलफल गरेको छ । सिक्किम सरकार ग्रामीण व्यवस्थापन र विकास विभागअन्तर्गतको सिक्किम राज्य ग्रामीण विकास संस्थानको आयोजनामा सिक्किममा आयोजित अन्तक्र्रियामा नेपालको भूबनोट, निकटताजस्ता कारण दुवै देशमा पर्यटकीय साझेदारीका विषयमा जोड दिइएको थियो । टेवानका अध्यक्ष लक्की कार्की क्षेत्रीले टेवानले स्थापनाकालदेखि नै पर्यटन प्रवद्र्धनका लागि विविध गतिविधि गर्दै आएको बताउनुभयो ।

उहाँले पोखरासहित समग्र नेपालको पर्यटकीय साझेदारीलगायतका विषयमा अध्ययन अवलोकन एवं अन्तक्र्रियाका लागि यस क्षेत्रको भ्रमण गरिएको जानकारी दिनुभयो । पर्यटन क्षेत्रमा महिलाको समान सहभागिता बिना पर्यटन क्षेत्रको विकास सम्भव नभएको बताउँदै उहाँले यससंस्थाबाट गरिएको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण पर्यटकीय साझेदारीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सिक्किम राज्य ग्रामीण विकास संस्थाका सहायक निर्देशक मनोज क्षेत्रीले महिला बिनाको ग्रामीण पर्यटनको कल्पनासमेत गर्न नसकिने बताउनुभयो ।सिक्किमको पर्यटनको अवस्थाबारे जानकारी गराउँदै उहाँले यस क्षेत्रमा पछिल्लो समय बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटक बढ्दै गएकाले ग्रामीण पर्यटन विकासका लागि राज्य सरकारले नागरिकलाई घरबास नमूनाका दुईकोठे घर, तालीम साथै ‘एक्सपोजर भिजिट’को कार्यक्रम पनि सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुएको बताइएको थियो ।

सिक्किममा होमस्टेको सिकाइ स्याङ्जाको सिरुबारीबाट सिकेको जानकारी दिँदै सहायक निर्देशक क्षेत्रीले सन् २०११ मा मात्र प्रदेश सरकारले १३६ घर बनाएर नागरिकलाई दिएको र स्वदेशमै केही गर्न चाहने परिवार तथा युवालाई रु २० लाखसम्म बिना धितो ऋण उपलब्ध गराउँदै आएको सो अबसरमा बताइयो ।सप्ताहाव्यापी भ्रमणका क्रममा सिक्किम दार्जिलिङ क्षेत्रमा पोखराको पर्यटन प्रवद्र्धनका साथै सरोकारवालाबीच अन्तक्र्रियाले पोखरासहित नेपालको पर्यटकीय विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिएको टेवान नेपालका उपाध्यक्ष रेनु थापाले जानकारी दिनुभयो ।

नेकपाले टुंग्यायो जनवर्गीय संगठनको जिम्मेवारी (विवरण सहित )

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनवर्गीय एकताको टुंगो लगाएको छ । बिहीबार बसेको नेकपा सचिवालय बैठकले एकताको टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

जनवर्गीय एकता टुङ्गयाएसँगै युवाको अध्यक्ष तत्कालीन माओवादीका रामप्रसाद सापकोटाले पाएका छन् । त्यस्तै, विद्यार्थी संगठनको नेतृत्व ऐन महरले पाएका छन् । त्यस्तै महिला संगठनको नेतृत्व अमृता थापाले मजदुर संगठनको नेतृत्व विनोदा श्रेष्ठ र पत्रकार संगठनको नेतृत्व महेश्वर दाहालले पाएका छन् ।

चर्चित अभिनेत्री पूजा शर्माले कलाकारिता छाडने, यस्तो छ कारण

काठमाडौ । नेपाली चर्चित अभिनेत्री पुजा शर्माले कलाकारिता छाेड्ने बताएकी छिन् । चलचित्र प्रेम गीतबाट चर्चा कमाएकी पुजाले आर्यन सिग्देल जस्ता नायकसंग पनि काम गरेकी छिन् ।

निर्देशक सुर्दशन थापासंगको निकटताले उनलाई अझै पनि , चङखे सङखे पङखे हुँदै प्रेम गीतसम्म ल्याई पु¥याउँदा उनले नसोचेको फ्यानफलोईङ र स्टारडम बनाई । म यस्तो गीत गाउँछु हुँदै रामकहानीसम्म निर्माता समेत बनेकी उनले यसबीचमा दर्शकको अपार माया लुट्न सफल भईन ।

नायिका पुजाले सुर्दशनको फिल्ममा मात्र काम गरेको भन्ने आरोप लागेकाे छ । हालै ‘सम्हालिन्छ कहिले मन’ फिल्ममा १५ लाख पारिश्रमिक लिएर सर्वाधिक महंगी नायिकाको लिस्टमा परेकी पुजाले बिवाहपछि फिल्म लाईनबाट टाढा रहने निर्णय गरेकी हुन् ।

विवाहकाे विषयमा केही साेच नभएपनि  पुजाले बिवाहपछि फिल्मी क्षेत्रबाटै टाढा रहने बताईन् । उनी भन्छिन् “बिवाहपछि म फिल्म क्षेत्रबाट अलग हुन्छु र असल बुहारी भएर जिवन बिताउँछु” । निर्मात्रीसमेत रहेकी पुजाले बिवाहपछि अभिनयसंगै फिल्म निर्माणमा पनि हात नहाल्ने बताएकी छिन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web