धादिङवेसी । काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस त्रिशुलीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । काठमाडाैँ आउँदै गरेको बस धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ बन्छेटारबाट त्रिशुली नदीमा खस्दा पाँच जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गुजुरीका प्रहरी निरीक्षक नवराज ढुंगेलले दैनिकीलाई जानकारी दिए ।<br><br>ढुंगेलका अनुसार मृत्यु हुनेमा चन्द्रागिरि नपाका ३५ वर्षीया सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी, काठमाडौँ जिल्ला थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी रहेका छन । अन्य दुईको सनाखत भएको छैन । दुर्घटनामा २९ जना घाइते भएका छन । घाइतेहरूको केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ भने केहीलाई थप उपचारका लागि काठमाडाैँ पठाइएको छ । घइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बजे त्रिशुलीमा खसेको हो । घाइतेको उद्धारमा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका थिए ।<br>
22.7¡ÆC