विदुर । नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा नुवाकोटको अायाेजनामा शुक्रबार जुनियर नाटाका विद्यार्थीबिच अन्तर बिद्यालयस्तरीय क्षयरोगका लक्षणका बिषयमा चित्रकला प्रतियोगिता सम्पन्न भएकाे छ ।

क्षयरोग निवारण संस्था जिल्ला शाखा नुवाकोटका अध्यक्ष निरनमान डंगोलकाे सभाध्यक्षतामा भएकाे कार्यक्रममा बिदुर नगर कार्यपालिकाका प्रमुख सञ्जु पण्डितकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएकाे हाे ।

उक्त प्रतियाेगितामा ज्ञानज्याेति माबिका सञ्जिव गुरुङ प्रथम, चन्द्रज्याेति माबिका सञ्जिव कुमाल र महादेव माबिका दिपेन्द्र माैरातीले तृतीय स्थान हासिल गर्न सफल भए ।

मुल्यांकन समितिमा बिदुर नगरपालिका शिक्षाका दिवाकर चापागाई, बिदुर नगरपालिका स्वास्थ्य शाखाका दिनेशप्रसाद भट्टराई र नाटा नुवाकोटका सचिव शर्मिला थापामगर रहनुभएको थियाे ।

कार्यक्रममा चन्द्रज्याेति माबिका शिक्षक गणेश प्याकुरेल, महादेव माबिका शिक्षक रामप्रसाद लामिछाने , बिदुर नगरपालिका शिक्षा शाखाका नेत्र प्रशाद पाैडेल, भैरबि माबिका दिवाकर शर्मा रिमाल, सहभागि बिद्यार्थीहरुले अाफ्नाे भनाइ मन्तब्य राख्नुहुदै अागामि दिनहरुमा पनि अझै यस्ता खाले प्रतियोगिताहरु अायाेजना हुदै जानुपर्छ जस्ले बिद्यार्थीहरुमा कलाकाे बिकाश साथै सचेतना पनि फैलने कुरामा बिशेष जाेड दिदै अाफ्ना भनाईहरु राख्नु भएको थियाे ।

उक्त प्रतियाेगितामा पहिलाे, दाेस्राे र तेस्रो हुनेलाई क्रमश रु.२ हजार १५, सय र १ हजार रुपैयाँ नगदका साथै प्रमाणपत्र कार्यक्रममा प्रमुख अतिथि मेयर पण्डितdबाट प्रदान गरिएकाे थियाे ।

22.25¡ÆC