काठमाडौ । बुधबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मनसुनी गतिविधि सक्रिय नभए पनि स्थानीय वायुको प्रभावका कारण केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले सुदुरपश्चिमका केही ठाउँमा हल्का पानी परिरहेको छ । तर ठूलो पानी पर्ने सम्भावना भने नरहेको उहाँले बताउनुभयो । दिउँसो यी ठाउँमा पनि मौसममा सुधार भएर मौसम सफा हुने उहाँले बताउनुभयो ।

तर राति भने फेरि बादल लागेर केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । बिहीबार र शुक्रबारको मौसम पनि यस्तै रहने मौसमविद्को अनुमान छ ।

यस्तो छ आगामी तीन दिनको माैसम पूर्वानुमान

असोज १५ गते बुधबार

दिउँसो : देशको पश्चिमी भूभागमा सामान्य बदली, मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानमा साथै मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । पश्चिमी तथा पूर्वी पहाडी भूभागका १ वा २ स्थानमा मेघगर्जनसहित चट्याङको सम्भावना छ ।

राति : देशभरि आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भूभागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज १६ गते बिहिबार

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भूभागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति : देशको मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ। पश्चिमी भूभागमा आंशिक बदली रहनेछ ।

असोज १७ गते शुक्रबार

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही पूर्वी भू–भागलगायत मध्य पहाडी भूभागका थोरै स्थानमा साथै पश्चिमी पहाडी भूभागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति : देशको मध्य तथा पूर्वी भुभागमा आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा हल्का वर्षाको सम्भावना छ। । पश्चिमी भूभागमा आंशिक बदली रहनेछ।

विदुर । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको कार्यालयमा आज बिहान देखिएको शंकास्पद बस्तु प्रहरीले हटाएको छ ।

वडा नं. ६ समुन्द्रटार स्थित गाउँपालिकाको कार्यालय भित्र सकेट बम जस्तो शंकास्पद बस्तु फेला परेको र त्यसलाई त्यहाँबाट सुरक्षित स्थानमा हटाएको प्रहरीले जनाएको छ ।

गाउँपालिकाको अध्यक्ष योबिन्द्रसिंह तामाङको अनुसार कार्यालयको मुख्य ढोका (फलामे चेन गेट)बाट भित्रको कोठा परिसरमा विष्फोटक पदार्थ जस्तो देखिएको बस्तु राखेको अबस्थामा फेला परेपछि प्रहरीलाई जानकारी गराएर हटाउन लगाइएको हो । उक्त बस्तु बम जस्तो भएपनि एकीन हुन भने बाँकी रहेको छ । कसले र किन त्यो बस्तु राखेको खुल्न सकेको छैन ।

काठमाडौ । नेपाल प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियारलाई मङ्गलबार साँझ पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक छेदुलाल कामतीले त्रिभुवन विमानस्थल हुँदै सुन ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । “त्रिभुवन विमानस्थलबाट पास भएर चावहिल ल्याइसकेको अवस्थामा पक्राउ गरेका हौँ”, उनले भने ।

काठमाडौ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरूको महान् पर्व बडादशैँ आइतबारदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षाेल्लास र धूमधामका साथ मनाइन्छ ।

बडादशैँको पहिलो दिन आइतबार घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको साइत बिहान १०ः ३५ मा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई विधिपूर्वक जमरा राखिन्छ ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको अध्यक्ष गौतम बताउनुहुन्छ ।

यद्यपी, कुल परम्परा र स्थान विशेषअनुसार जौसँगै अन्य रोप्ने पनि चलन छ । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ । विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ ।

दुर्गा देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा हुन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य एवं महासरस्वतीलाई विद्या तथा वुद्धिको प्रतीकको रूपमा लिइ पूजा गर्ने चलन रही आएको छ । दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा हुन्छ ।

‘दुर्गा पूजा र दशैँ पर्व कुनै जात एवम धर्म विशेषको भनी शास्त्रीय रूपमा प्रमाण छैन, यो मानव मात्रको कल्याणका पक्षमा काम गर्ने शक्तिको प्रतीकका रूपमा मनाइन्छ’, अध्यक्ष गौतम भन्नुहुन्छ । बडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फुलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दशैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम दर्शनार्थीको भीड लाग्छ ।

टीका साइत :

असोज २१ गते मङ्गलबार विजयादशमीका दिन बिहान ८ : ४५ बजे देवी विसर्जन गरेपछि १० : ३५ को शुभ साइतमा मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिनेछ ।

धेरैजसो शैक्षिक संस्थाले घटस्थापनाका दिनदेखि दशैँका अवसरमा बिदा दिने गर्दछन् । घटस्थापनाका अवसरमा दिने सार्वजनिक बिदा भने पछिल्ला वर्षमा कटौती गरिएको छ ।

बाघखोर । नुवाकोटको बेलकोटगढी नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका बजार तथा व्यवसायको अनुगमनलाई तिव्र बनाएको छ । नगर उपप्रमुख कविता ढुंगानाको नेतृत्वमा रहेको सयुक्त बजार अनुगमन टोलीले आफ्नो नगरक्षेत्रमा रहेका बजारहरु उपभोक्तामैत्री बनाएर सञ्चालनको लागी जिम्मेवार बनाउन नियमित तथा छड्के अनुगमनलाई तिव्र बनाइएको हो ।

दशैतिहार पर्व लक्षित गरेर नगर क्षेत्र भित्रका बजारमा भित्रन सक्ने खाद्य तथा गैह्रखाद्य सामाग्रिलाई ब्यवस्थित बनाउन शनिबार नगर उपप्रमुख ढुङ्गानाको टोलीले नगरपालिकाको केन्द्र रहेको बाघखोरको बजार क्षेत्रमा सहित आसपासमा बजार अनुगमन गरिएको हो ।

अनुगमनमा मुल्यसूचि टाँ नगरेको, पसलको नाम स्पष्ट नभएको, नगरपालिकाको कार्यालयमा ब्यवसाय दर्ता नभएको र केहि मात्रामा समय सकिएको अखाद्य बस्तुहरु भेट्रिएको अनुगमन टोलीका संयोजक ढुङ्गानाले जानकारी दिनुभयो ।

बजार अनुगमन मार्फत आफूले गर्ने ब्यवसायलाई जिम्मेवार, कानूनी प्रक्रिया अनुसार सञ्चालन तथा उपभोक्तामैत्री बनाउनको लागी सहजिकरण एंव जानकारी ब्यवसायीले पाएका छन् । बजार अनुगमनलाई उत्साहको साथ सम्पन्न गर्न ब्यवसायीहरुले पनि सहयोग पु-याउदै नियमित रुपमा अनुगमन गनै अनुगमन टोलीलाई सुझाब दिएका छन् ।

स्थानीय सरकारले बजार ब्यवस्थापनको पक्षलाई जिम्मेवारी लिएपछि बजार क्षेत्रमा निकै सुधारका पक्षहरु देखिएको अनुगमन टोलीका संयोजक ढुङ्गानाले जानकारी दिनुभयो । बजार अनुगमन नियमित हुदै आएको र बजार क्षेत्रमा अन्य कामको शिलशिलमा आफू पुग्दा समेत त्यसतर्फ ध्यान दिदै आएकाले नगर क्षेत्र भित्रको बजारको अबस्था उपभोक्तामैत्री रहेको उहाँले बताउनुभयो ।
बजार ब्यवस्थापनमा सयुक्त बजार अनुगमन टोलीको नेतृत्व गरिरहेको नगरपालिका एक्लैले भन्दापनि ब्यवासायी, उपभोक्ताहरु पनि उत्तिकै सचेत हुनुपर्ने उहाँको सुझाब छ ।

चाडपर्वको समयमा नगर क्षेत्रमा बाहिरबाट अखाद्य बस्तु भित्रन सक्ने, म्याद गुज्रिएका सामाग्रि पाइनसक्ने, बढी मूल्यमा कारोबार गर्न सक्ने भएकाले पछिल्लो समय सयुक्त अनुगमन टोली बनाएर संयोजक रहनुभएका उपप्रमुख ढुङ्गाना सहित, नगरपालिकामा रहेको कृषि शाखा प्रमुख छविलाल शर्मा, स्थानीय ब्यावसायी, भद्रभलाद्मी, प्रहरी, जननिर्वाचित प्रतिनिधिको टोली परिचालन हुदै आएको छ ।

रामहरि न्यौपाने,
विदुर । नुवाकोटको तादी गाउँपालिका–५ का सावित्री भण्डारीको तीन महिनाको गर्भ खेर गएर अत्याधिक रक्तश्रावबाट जोखिममा परेको शरीर नेपाली सेना र शिक्षकले दिएको रगतले खतरामुक्त भएको छ ।

बिहीबार राती गर्भ खेर गएर हाल जिल्ला अस्पतालमा उपचाररत ३५ वर्षीया भण्डारीलाई आवश्यक पर्ने ‘ओ नेगेटिभ’ समूहको रगत नहुदाँ जोखिममा परेको शरीर बचाउन शनिबार जबरजंग गण, देवीघाटका सहसेनानी गौ बहादुर गुरुङ र विदुर नगरपालिका–७ का सुवास भण्डारीले रक्तदान गर्नुभएको हो ।

भण्डारी उपचाररत जिल्ला अस्पताल त्रिशूलीका डा.मधुकर दाहालका अनुसार यहाँको ‘ब्लड बैंक’मा रगत अभावले बचाउन कठिन अबस्था भएपछि गरिएको अपिल अनुसार सैनिक गुरुङ र स्पार्कल इन्टरनेशनल स्कुल कोलनीका शिक्षक सुवासले रगत उपलब्ध गराएका हुन् ।

तेश्रो सन्तानको रुपमा रहेको गर्भ खेर गएसगैँ अत्याधिक रक्तश्राव पश्चात बेहोस अबस्थामा भण्डारी शुक्रबार अस्पताल भर्ना हुनुभएको थियो ।

एम्बुलेन्स मार्फत काठमाडौ पठाउदाँ थप जोखिम हुने र हवाई माध्यमबाट लैजान मौसमको कारण उत्पन्न समस्याले जोखिममा परेको सुत्केरीको शरीर दाताको रगतले पुर्नजीवन मिलेको हो ।
दाताबाट प्राप्त दुई पिन्ट रगत उपलब्ध गराए पश्चात् उहाँको स्वास्थ्य अबस्था अहिले सामान्य हुँदै आएको चिकित्सकले बताएका छन् ।

जिल्लामा नेपाल रेडक्रस सोसाइटी मार्फत ब्लक बैंक सञ्चालनमा भएपनि नियमित रक्तदान कार्यक्रम नहुदाँ रगतको अभाव चर्किएको हो । रगतको अभावले जोखिममा पर्ने बिरामीलाई बचाउन नेपाली सेना, नेपाल प्रहरी सहित विभिन्न संघ संगठनमा आबद्ध सदस्य मार्फत हुने संकलनले सहजता पुग्ने गरेको छ ।

टिमुरे । रसुवागढी नाकामा सवारी व्यवस्थापन हुन नसक्दा सडक अस्तव्यस्तता बढेको छ । सडकमा दैनिक घण्टौँसम्म जाम हुन थालेको छ । स्याफ्रु–रसुवागढी सडक खण्डमा सवारी व्यवस्थापन गर्न नसक्दा समस्या सिर्जना भएको हो ।

चाडपर्वका लागि चाहिने सामग्रीको आयात बढेको, साँघुरो सडक र ट्राफिक व्यवस्थापनको काम गर्न नसकिएपछि नाका अस्तव्यस्त भएको हो । टिमुरेमा केही समयअघि प्रहरीले चालक कुटेको भिडियो सार्वजनिक भएपछि प्रहरीले व्यवस्थापनमा सक्रियता देखाएको छैन ।

पछिल्लो समय जिल्लामा सवारी जाँच हुन पनि छाडेको छ । जिल्लाभित्र तीनवटा सुरक्षा निकायका एक दर्जन जाँच चौकी भए पनि अहिले स्याफ्रुमा मात्रै चेकिङ हुने गरेको छ । दैनिक २ सयभन्दा बढी सवारी सञ्चालन हुने यो नाकामा अहिले सवारी सञ्चालन गर्न कठिन हुन थालेको छ ।

रामहरि न्यौपाने,

विदुर । विनासकारी भूकम्पको कारण घरबाँस गुमाएका नुवाकोटका सुकुम्वासी र भूमिहीन भूकम्प पीडितले जग्गा अभावले घर बनाउनबाट बञ्चित भएका छन् ।
चार वर्षअघि गएको ‘गोरखा भूकम्प’को कारण जिल्लामा ४१७ परिवार विस्थापित भएको र २५२ भूूमिहीन भएकामा आधा भन्दाबढीले अझै घर बनाउन बाँकी रहेको जिल्ला आयोजना कार्यान्वय इकाईले जनाएको छ ।

जिल्लाको समग्र पुर्ननिर्माण ७५ प्रतिशत पूराहुदाँ जग्गा अभावले सुकुम्वासी र भूमिहीनको समस्या भने अझै कायमै रहेको इकाई कार्यालयका सूचना अधिकारी विशाल सापकोटाले जानकारी दिनुभयो ।

उहाँको अनुसार भूकम्पको कारण नुवाकोटमा विस्थापित भएका ४१७ मध्ये हालसम्म २७१ परिवारले सरकारी अनुदानमा जग्गा खरिद गरेर नयाँ घर बनाएका छन् । यस्तै, २५२ भूमिहीन मध्ये ७७ परिवारले जग्गा खरिद गरेर आवास पुर्ननिर्माण गरेका छन ।

भूकम्पको कारण घरमा क्षति र सुख्खा पहिरोले बस्ती बगाएपछि विस्थापित भएका तथा आफ्नो नाममा कहीँकतै जग्गा नभएका (भूमिहीन)लाई राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले सुरक्षित स्थानमा घडेरी खरिदका लागी रु दुई लाखसम्म अनुदान उपलब्ध गराउदै आएको छ ।
“घडेरी खरिदको लागी सरकारी अनुदान वितरण प्रक्रिया ढिला हुदाँ आवास निर्माण ढिलो भएको छ ।” सापकोटाले भन्नुभयो “समयमै जग्गा र अनुदान वितरण नहुदाँ विस्थापित परिवारले जोखिममै घर बनाएका छन् ।”

बस्ती जोखिम भएका कारण विस्थापितलाई जग्गा उपलब्ध गराउन र भूमिहीनलाई जग्गा दिने भनेर प्राधिकरणले निर्णण नगर्दा पुर्ननिर्माण प्रभावित भएको हो ।
विस्थापित मध्ये २६ परिवारले जोखिम स्थानमै घर बनाएका छन् भने २१ परिवारले अर्काको जग्गामा घर बनाएका कारण उनीहरुका लागी जग्गा खरिद गर्न दिइने रु दुई लाख र आवास निर्माणको लागी दिने थप रु तीन लाख अनुदान रोकिएको छ ।

विस्थापितलाई पुर्नस्थापना एवम् भूमिहीनलाई जग्गा उपलब्ध गराउन पहल गर्दै आएको ‘पिपुल ईन निड’ र आत्म निर्भर सेवा केन्द्रबाट सञ्चालित ‘दिगो कार्यक्रम’का पैरवी अधिकृत कल्पना न्यौपानेका अनुसार जिल्लाबाट सिफारिस भएकामध्ये १४० भूमिहीन परिवारको प्राधिकरणको केन्द्रीय कार्यालयबाट निर्णय नहुदाँ उनीहरु अस्थायी टहरामै बसोबास गर्न बाँकी रहेको छ ।
विसं २०७२ बैशाख १२ मा गएको भूकम्पको कारण नुवाकोटमा ७६ हजार ८०९ परिवारको घर पूर्ण रुपमा क्षति पुगेको तथ्याङ्क रहेको छ ।

तोकिएको मापदण्ड अनुसार भूकम्प प्रतिरोधी नयाँ घर निर्माणका लागी हालसम्म सम्झौता गरेर ७३ हजार ३७ परिवारले पहिलो किस्ता बापत रु ५० हजार रकम लिइसकेको इकाई कार्यालय विदुरले जनाएको छ । त्यसमध्ये ६७ हजार ६१२ परिवारले घरको जगतह बसालेर दोश्रो किस्ता बापत रु दुई लाख तथा ५५ हजार १५ परिवारले नयाँ घरको पुर्ननिर्माण सम्पन्न गरेर तेश्रो किस्ता बापत रु तीन लाख बुझिसकेका छन् ।

समुन्द्रटार । नुवाकोटको दुप्चेश्वर गाँउपालिका वडा नं. १ मा रहेको घ्याङ्फेदि माध्यमिक विद्यालयमा विजयादशमी विषेश कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा गाँउपालिकाको अध्यक्ष योबिन्द्रसिंह तामाङ लगायत सरोकारवालाहरुको समेत उपस्थिती रहेको थियो ।

काठमाडौ । दशैंका लागि शुक्रबारदेखि नयाँ र सुकिला नोट साट्न पाइने भएको छ । असोज १७ गतेसम्म राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका शाखाहरु वा आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट नयाँ र सुकिला नोट साट्न सक्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

बढीमा १८ हजार ५ सय सम्मका ५, १०, २०, ५० र एक सय रुपैयाँ दरका नोट साट्न मिल्ने राष्ट्र बैंकले जनाएको छ । १८ हजार ५ सय भन्दा धेरै आवश्यक पर्नेलाई भने नयाँ

नोटकको सट्टा पुरानो तर सुकिला नोट साट्ने व्यवस्था मिलाइएको छ । केन्द्रीय बैंकले आफ्नै मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयमा नयाँ नोट उपलब्ध हुने जनाएको छ ।

यस्तै, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका काठमाण्डौ उपत्यकामा रहेका विभिन्न शाखाबाट पनि नयाँ नोट साट्न पाइने छ ।

नेपाल बैंकका नयाँ सडक, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखामा नयाँ नोट उपलब्ध हुनेछ । यस्तै राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार शाखा, टेकु, नयाँ बानेश्वर, सानोथिमि, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा तथा कृषि विकास बैंकका गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट नयाँ नोट दिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, अन्य वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट पनि सुकिलो तथा सीमितमात्रामा नयाँ नोट सटहीका लागि उपलब्ध गराइनेछ ।

टिमुरे । रसुवागढी नाकामा सवारी व्यवस्थापन हुन नसक्दा सडक अस्तव्यस्तता बढेको छ । सडकमा दैनिक घण्टौँसम्म जाम हुन थालेको छ । स्याफ्रु–रसुवागढी सडक खण्डमा सवारी व्यवस्थापन गर्न नसक्दा समस्या सिर्जना भएको हो ।

चाडपर्वका लागि चाहिने सामग्रीको आयात बढेको, साँघुरो सडक र ट्राफिक व्यवस्थापनको काम गर्न नसकिएपछि नाका अस्तव्यस्त भएको हो । टिमुरेमा केही समयअघि प्रहरीले चालक कुटेको भिडियो सार्वजनिक भएपछि प्रहरीले व्यवस्थापनमा सक्रियता देखाएको छैन ।

पछिल्लो समय जिल्लामा सवारी जाँच हुन पनि छाडेको छ । जिल्लाभित्र तीनवटा सुरक्षा निकायका एक दर्जन जाँच चौकी भए पनि अहिले स्याफ्रुमा मात्रै चेकिङ हुने गरेको छ । दैनिक २ सयभन्दा बढी सवारी सञ्चालन हुने यो नाकामा अहिले सवारी सञ्चालन गर्न कठिन हुन थालेको छ ।

विदुर । विनाशकारी भूकम्पबाट भत्किएको बिज्ञान माध्यामिक विद्यायलमा नयाँ भवन पुर्ननिर्माण गरिएको छ । जापानी सँस्था जाइकाको लगानीमा निर्माण सम्पन्न भएको भवनको असोज ९ गते उक्त विद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण भएको छ ।