दुप्चेश्वर गाउँपालिकाको कार्यालयमा भेट्टिएको बम हटाइयो

अशोज १५, २०७६ मा प्रकाशित | 11139 views

विदुर । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको कार्यालयमा आज बिहान देखिएको शंकास्पद बस्तु प्रहरीले हटाएको छ ।

वडा नं. ६ समुन्द्रटार स्थित गाउँपालिकाको कार्यालय भित्र सकेट बम जस्तो शंकास्पद बस्तु फेला परेको र त्यसलाई त्यहाँबाट सुरक्षित स्थानमा हटाएको प्रहरीले जनाएको छ ।

गाउँपालिकाको अध्यक्ष योबिन्द्रसिंह तामाङको अनुसार कार्यालयको मुख्य ढोका (फलामे चेन गेट)बाट भित्रको कोठा परिसरमा विष्फोटक पदार्थ जस्तो देखिएको बस्तु राखेको अबस्थामा फेला परेपछि प्रहरीलाई जानकारी गराएर हटाउन लगाइएको हो । उक्त बस्तु बम जस्तो भएपनि एकीन हुन भने बाँकी रहेको छ । कसले र किन त्यो बस्तु राखेको खुल्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web