सप्तरी । डाक्टर ड्युटीमा नबसेको भन्दै सोमबार बिरामीका आफन्तले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल तोडफोड गरेका छन् । अर्थोपेडिक विभाग हाडजोर्नी तथा नशा रोगसम्बन्धी विशेषज्ञ डा. ज्ञानेन्द्र झा र डा. प्रनेश यादव अस्पताल नआएपछि आक्रोसित बिरामीका आफन्तले तोडफोड गरेको अस्पताल स्रोतले जनाएको छ ।

तोडफोटबाट बिरामी जाँच्ने कोठामा क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ । तोडफोडमा संलग्नकाे आरोपमा राजविराज नगरपालिका–१ का २२ वर्षीय गुञ्जन झालाई प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी अस्पताल प्रशासनले डा. झा बिदामा रहेको र अर्का डा. यादव आपत्कालीन कक्षमा बिरामीको उपचार गरिरहेका बेला तोडफोड भएको जनाएको छ ।

हेटौडा । थाहा नगरपालिका ५ को कार्यालयमा आगजनी गरेको आशंकामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुसँग अनुसधान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरीक्षक (एसपी) मुकेशकुमार सिंहले बताउनुभयो । यसअघि पनि श्रृङ्खलाबद्ध रुपमा आगजनी भएका थिए । त्यसलगतै वडा कार्यालयमा पनि पनि आगजनी भएको हो ।

आइतबार राति नगरपालिकाको आरनडाँडामा रहेकोे कार्यालयमा आगजनीमा संलग्न रहेको आशंकामा इलाका प्रहरी कार्यालय पालुङले पाँच जनालाई पक्राउ गरेको हो । आइतबार राति कार्यालयको ढोका फुटाएर पेट्रोल तथा मट्टीतेल छर्किएर आगो लगाएको बताइएको छ ।

पेट्रोल तथा मट्टीतेल लगिएको बोतल कार्यालय छेउवमा नै भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । आगजनीबाट कार्यालयको कागजपत्र तथा फर्निचर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) लोकबहादुर गुरुङले बताउनुभयो ।

आगजनीका कारण कार्यालयको कम्प्युटर, प्रिन्टरसहितका विद्युतीय उपकरण र कार्यालय प्रयोजनका सामग्री जलेको प्रहरीले जनाएको छ ।

काठमाडौ । चिनियाँ राष्ट्रपति सी जिनपिङले असोज २५ गते सोल्टी होटलमा भएको रात्रिभोजमा सम्बोधनका क्रममा नेपाल भ्रमण वर्षको बारेमा पनि उल्लेख गर्नुभयो । चिनियाँ राष्ट्रपति सीले भन्नुभएको थियो, ‘सन् २०२० नेपाल भ्रमण वर्षको अवसरमा हामी बढीभन्दा बढी चिनियाँ पर्यटकलाई नेपाल आउन उत्प्रेरित गर्नेछौं ।’

चिनियाँ राष्ट्रपति सी नेपाल आउँदैमा नै नेपालमा आउने चिनियाँ पर्यटक बढ्ने अपेक्षा गर्न सकिन्छ । त्यसमाथि राष्ट्रपतिले सम्बोधनकै क्रममा चिनियाँ पर्यटक नेपाल पठाउन उत्प्रेरित गर्ने बताएपछि यसले थप सकारात्मक प्रभाव पार्ने देखिएको छ । सन् २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्यमा यो भ्रमण कोशेढुंगा बन्न सक्नेमा सरकारी र निजी क्षेत्र ढुक्क छ ।

चिनियाँ दूतावास भन्छ : अर्को वर्ष ५ लाख पर्यटक नेपाल आउँछन् :

सन् २०१८ मा नेपालमा अहिलेसम्मकै धेरै अर्थात झण्डै १२ लाख पर्यटक नेपाल घुम्न आए । झण्डै १२ लाख पर्यटकमध्ये सबैभन्दा धेरै पर्यटक नेपाल भित्रने देशको दोस्रो नम्बरमा चीन थियो । सन् २०१८ मा चीनबाट १ लाख ५३ हजार ६ सय २ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए । जुन सन् २०१७ को तुलनामा ४६ दशमलव ८ प्रतिशतले धेरै थियो ।

तर सन् २०२० मा भने यो संख्या ५ लाख पुग्ने नेपालमा रहेको चिनियाँ दूतावासले जनाएको छ । चीनको ग्लोबल टाइम्स पत्रिका/अनलाइनलाई नेपालमा रहेको चिनियाँ दूतावासका वाणिज्य तथा आर्थिक कन्सुलर झ्याङ फानले भनेका छन्, ‘नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षको घोषणा गरिरहँदा चीन र नेपालको पर्यटन बजार झनै नजिकिँदै गएको छ, सन् २०२० मा नेपालमा ५ लाख चिनियाँ पर्यटक नेपाल आउने अनुमान गरेका छौं ।’

ग्लोबल टाइम्सले सन् २०२० पछि नेपालमा चिनियाँलगायत अरु देशका पर्यटक झनै बढ्ने उल्लेख गरेको छ । खासगरी पोखरामा चिनियाँ निर्माण कम्पनीले क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाइरहेको प्रसंगलाई जोड दिँदै उसले पर्यटक बढ्ने दाबी गरेको छ ।

पाेखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेपछि यस्ताे देखिनेछ पाेखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेपछि यस्ताे देखिनेछ

‘अहिले विमानस्थलको ४७ प्रतिशत काम सकिएको छ, हामीले सन् २०२१ भित्र यो विमानस्थल सञ्चालनमा ल्याउने गरी काम गरिरहेका छौं, सकभर तोकिएको समय भन्दा चाँडै काम सक्ने अपेक्षा छ ।’ विमानस्थल निर्माणको जिम्मा पाएको चाइना सीएएमसी इन्जिनियरिङ कम्पनीको १ नम्बर इन्जिनियरिङ शाखाका प्रमुख याङ झिग्याङले ग्लोबल टाइम्ससँग भनेका छन् ।

चिनियाँ दूतावासले सन् २०१७ को तुलनामा सन् २०१८ मा नेपालमा चिनियाँ पर्यटकको संख्या ४६ दशमलव ८ प्रतिशतले बढेको जनाएको छ । नेपालमा आउने पर्यटकमध्ये चिनियाँ पर्यटकको संख्या निकै वृद्धि भैरहेको चिनियाँ दूतावासको भनाइ उद्धृत गर्दै ग्लोबल टाइम्सले जनाएको छ ।

नेपालको बारेमा जान्न खोज्ने चिनियाँहरु पनि बढेको देखिएको छ । चिनियाँ अनलाइन ट्राभल प्लेटफर्म मानिएको माफेङ्ग्वो डटकमका अनुसार सन् २०१९ को पहिलो ६ महिनामा चिनियाँ वेबसाइटबाट नेपाल सर्च गर्ने चिनियाँको संख्या १३ प्रतिशतले बढेको छ ।

पर्यटन बोर्ड भन्छ : नेपालको पर्यटन प्रवर्द्धनमा सीको भ्रमण अति नै महत्वपूर्ण

सन् २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्य लिएपछि पूरा होला कि नहोला भनेर नेपाल पर्यटन बोर्ड अलमलमा छ । तर चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले नेपाल आउने पर्यटक बढ्नेमा बोर्ड ढुक्क छ ।

‘जहाँ–जहाँ चिनियाँ राष्ट्रपति पुग्नुहुन्छ, त्यहाँ चिनियाँहरु बढ्छन्, उहाँ आउँदा धेरै चिनियाँ मिडियाले नेपालको कभर गरे, यहाँका राम्रा राम्रा भिडियोहरु बनाए, त्यसमाथि उहाँले घोषणा गरेरै नेपाल भ्रमण वर्ष २०२० मा धेरैभन्दा धेरै चिनियाँलाई नेपाल भ्रमणका लागि उत्प्रेरित गर्ने बताउनुभएको छ, यस्तो प्रचार त हामीले अरबौँ रुपैयाँ तिरेर पनि गर्न सक्दैनौँ’, बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले उज्यालो अनलाइनसँग भन्नुभयो ।

चिनियाँ राष्ट्रपतिको नेपाल आगमनले चीनका नागरिक मात्रै नभै संसारभरका पर्यटकले नेपालबारे जानेको र संसारभर नै नेपालबारे जान्न खोज्नेहरु बढ्न सक्ने सीईओ जोशीको भनाइ छ ।

यस्तै चिनियाँ पर्यटन बजार अहिले संसारकै ठूलोमध्येको एक रहेको र अहिले चिनियाँ सञ्चारमाध्यमले गरेको रिपोर्टिङको सकारात्मक असर पर्यटन क्षेत्रमा पर्ने पनि उहाँले बताउनुभयो ।

सन् २०२० का लागि मात्र नभै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले दिगो प्रभाव पार्ने उहाँको भनाइ छ । ‘नेपालको पूर्वाधारमा चीनले सहयोग गर्ने, हवाई, रेललगायतमा कनेक्टिभिटी बढाउनेलगायतका योजना बन्नु भनेको नै पर्यटक आउने पूर्वाधार बन्नु हो, त्यसैले सीको नेपाल भ्रमणले दिगो पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउँछ’, जोशीले भन्नुभयो ।

निजी क्षेत्र पनि उत्साहित :

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि नेपालको निजी क्षेत्र पनि उत्साहित भएको छ । नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा चीनका राष्ट्रपतिको नेपाल भ्रमण हुनु र उहाँले नै नेपाल भ्रमण वर्षको बारेमा बोल्नु नेपालको लागि सुखद कुरा भएको निजी क्षेत्रको भनाइ छ ।

‘उहाँको भ्रमण र उहाँले नेपालको पर्यटन वर्षको बारेमा बोलेको कुरा ऐतिहासिक नै हो, उहाँले हामीलाई ठूलो हौसला दिनुभएको छ, हामी निकै खुशी छौँ’, होटल एसोसिएशन अफ् नेपाल हानकी अध्यक्ष तथा अन्नपूर्ण होटलकी सीईओ सिर्जना राणाले भन्नुभयो, ‘विश्वकै शक्तिशाली देशको राष्ट्रपति हाम्रो देशमा आउनु भनेको आफैमा प्रचार हो, नेपालमा चिनियाँ पर्यटक बढ्छन भन्नेमा हामी विश्वस्त छौँ ।’ तर चिनियाँ राष्ट्रपतिले मात्रै नभएर नेपालले पनि चिनियाँ पर्यटक तान्न धेरै सुधार गर्नुपर्ने राणाको भनाइ छ ।

‘चीनका राष्ट्रपति आउँदा चिटिक्क बनाउन सकिने सडक अरु बेला पनि त्यस्तै हुनुहपर्यो, फोहोर व्यवस्थापन हुनुपर्यो, बेहाल अवस्थाका सडक सुधार हुनुपर्यो तबमात्रै चिनियाँ राष्ट्रपतिको हौसलालाई हामीले व्यवहारमा उतार्न सक्छौँ’, राणाले उज्यालो अनलाइनसँग भन्नुभयो ।

यस्तै ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल टानका अध्यक्ष खुमबहादुर सुवेदीले पनि पर्यटकीय सिजन र नेपाल भ्रमण वर्षको ठ्याक्कै अगाडि चिनियाँ राष्ट्रपति नेपाल आउनु उपहार प्राप्त भएजस्तै भएको बताउनुभयो ।

‘पर्यटन क्षेत्रको लागि यो ठूलो उपहार र सौभाग्य हो, उहाँले बोलेपछि चिनियाँ पर्यटक बढ्नेछन्, बरु हामीले उनीहरुलाई फेरि फर्केर आउने र अरुलाई नेपाल घुम्न प्रेरित गर्ने हिसाबले सेवा दिनुपर्छ’, टानका अध्यक्ष सुवेदीले भन्नुभयो ।

काठमाडौ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले नेपालसँग जोडिएका चीनका विभिन्न नाकामा व्यवसायीलाई सहजरूपमा प्रवेश गर्न पाउनुपर्ने माग गरेको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका क्रममा शनिबार एक विज्ञप्ति जारी गरी नेपाल–चीन व्यापारलाई अझ मजबुत र दिगो बनाउन व्यवसायीलाई सहजरूपमा नाकासम्म प्रवेश गर्न दिनुपर्ने माग गरेको हो । अहिले नाका जोडिएका जिल्लाका नागरिकलाई मात्र नागरिकताको आधारमा नाकासम्म जान दिने व्यवस्था गरिएको छ ।

महासङ्घका अध्यक्ष नरेश कटुवालले चीनबाट नेपालमा धेरै सामान आयात हुने भएकाले व्यवसायीलाई व्यवसायको सहजताका लागि मल्टिपल भिसाको व्यवस्था गर्नुपर्ने बताउनुभयो । ‘मल्टिपल भिसाको व्यवस्था गरेसँगै व्यापार व्यवसायमा सहज हुनेछ’, उहाँले भन्नुभयो ।

महासङ्घले चीनबाट नेपाल आउने सामान छुटाउनका लागि नाकासम्म पुग्न अस्थायी पासको व्यवस्था गर्नसमेत माग गरेको छ । अस्थायी पासको व्यवस्थासँगै सामान हराउने वा चोरी हुने क्रम रोकिने महासङ्घको ठहर छ ।

काठमाडौ । विनाशकारी भूकम्पपछि अवरुद्ध हुन पुगेको नेपाल–चीनबीचको प्राचीन व्यापारिक रसुवागढी नाकाको व्यवस्थित सञ्चालनका लागि चिनियाँ पक्षले मितेरी पुलको पुनःनिर्माण गरिसकेको छ । नेपाली पक्षमा पनि नाका व्यवस्थापन र सडक स्तरोन्नतिका काम भइरहेको छ । चिनियाँ राष्ट्रपति सी चीनफिङको राजकीय नेपाल भ्रमणमा क्रममा केरुङ–काठमाडौँ रेलमार्गको लगानीको ढाँचाका विषयमा हुने छलफलको तयारीले यो नाकाको चर्चा पुनः चुलिएको छ । सीमा जोडिएको रसुवा र नुवाकोटको मात्र होइन, सिङ्गो देशले केरुङ–काठमाडौँ रेलमार्ग सञ्चालनको परिकल्पना गरिरहेको छ । काठमाडौँबाट पोखरा–लुम्बिनी हुँदै भारतसम्म रेलमार्ग जोड्ने सरकारको दीर्घकालीन लक्ष्य छ ।

रेलमार्ग निर्माण भएमा चीनसँगको लगानी, व्यापार र पर्यटक आवागमनमा उल्लेख्य वृद्धि हुने निश्चित छ । मल्लकालमा शुरु भएको रसुवागढीबाट केरुङसम्म २३ किलोमिटरको दूरी पर्छ । चीनले सिगात्सेबाट केरुङसम्म रेलमार्ग बनाउने लक्ष्य लिएकामा नेपालले उक्त रेलमार्गलाई केरुङ–काठमाडौँ हुँदै पोखरासम्म जोड्न गरेको प्रस्तावमा चिनियाँ पक्ष सकारात्मक छ । चीनको ‘बेल्ट एण्ड रोड’ पहल र हिमालयन वारपार बृहत् सम्पर्क सञ्जालमा नेपालले सहमति जनाइसकेकाले भावी दिनमा सहकार्यको दायरा फराकिलो हुने देखिँदा त्यसबाट नाका जोडिएको जिल्लाले प्रत्यक्ष लाभ लिन सक्नेछ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीको शनिबार र आइतबार हुने राजकीय भ्रमणका अवसरमा रेलमार्ग निर्माणको कार्यसूची उच्च प्राथमिकतामा छ ।

चिनियाँ राष्ट्रपति सीको भ्रमणको पूर्वसन्ध्यामा यही असोज २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विज्ञको बैठकमा रेलमार्गको लगानीको ढाँचा, सुरुङसहित बेत्रावती रसुवागढी दोहोरो मार्गको सडक निर्माण, टोखा छहरे सुरुङ निर्माण, विद्युत् र कनेक्टिभिटीसहित अन्य विभिन्न नाकाको सञ्चालनलगायतका विषयमा चिनियाँ पक्षसँग वार्ता हुने जानकारी दिइएको थियो । केरुङ–काठमाडौँ रेलमार्ग बन्नुपर्ने कुनै पनि दलको आपत्ति छैन तर यसको सम्पूर्ण लगानी ऋणमा नेपालले गरेमा त्यसको भार थेग्न सक्छ कि सक्दैन भन्ने बहस जारी छ । भूकम्पपछि यो नाका व्यवस्थित नभए पनि हाल जेनतेन चलेको छ । यस्तो स्थितिमा पनि वार्षिक रु आठ अर्ब राजस्व सङ्कलन यो नाकाले गरेको छ । हाल गल्छी बेत्रावती स्याफ्रुबेँसी रसुवागढीको १६ किलोमिटरको नयाँ बाटोमा ११ वटा नयाँ पुल बन्दैछन् बेत्रावती धुन्चे हुँदै रसुवागढी जाने पुरानो बाटो पनि नियमित छैन । एकीकृत भन्सार निर्माणका क्रममा छ भने सुक्खा बन्दरगाह निर्माणका लागि मुअब्जा वितरण शुरु भएको छ ।

रसुवाका सांसद मोहन आचार्यले नाकाको व्यवस्थापन र सडकको स्तरोन्नति आवश्यक भएको र आफूहरुले त्यसका चिनियाँ सहयोगमा अपेक्षा गरेको जनाउँदै भन्सार क्वारेन्टाइनको स्थापना हुनुपर्ने बताउनुभयो । उहाँले नेपालबाट कृषि उपजका सामान निर्यातको अवस्था हुन सकेमा व्यापार घाटा घट्ने जनाउनुभयो । रसुवाका पूर्वसांसद जनार्दन ढकालले राष्ट्रपति सीको भ्रमणले आपसी सम्बन्ध प्रगाढ हुनाका साथै सो नाका व्यवस्थित भई रेलमार्ग निर्माण भएमा उक्त नाका रसुवा, नुवाकोटका लागि मात्र नभई देशकै समृद्धिको ‘लाइफलाइन’ बन्न सक्ने प्रतिक्रिया दिनुभयो । नेकपाका नेता ढकालले भन्नुभयो, “रेलमार्ग बनाउँदा हामी धेरै ऋणमा पर्छाैं, थिचिन्छौँ भन्ने कुरा होइन । यसले कालान्तरमा भारतसँग पनि सम्पर्क जोड्ने भएकाले आर्थिक समृद्धिमा प्रत्यक्ष टेवा दिन सक्नेछ ।” चीनको ‘नेशनल रेल्वे अथोरिटीले’ केरुङ–काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन गत मङ्सिर २४ गते नेपाल सरकारलाई बुझाएको थियो । रेलमार्ग निर्माण सम्बन्धमा चिनियाँ प्राविधिक टोलीले तयार पारेको उक्त प्रतिवेदनका आधारमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र लगानीको ढाँचाका सम्बन्धमा दुई देशबीच छलफल हुँदैछ ।

चिनियाँ टोलीले काठमाडौँ–पोखरा रेलमार्गको पनि सम्भाव्यता अध्ययन गरिसकेको छ । केरुङ–काठमाडौँ रेलमार्गको दूरी करीब ८० किलोमिटर हुनेछ । सो रेलमार्गको निर्माण अवधि आठ वर्षको हुने र करीब रु तीन खर्बभन्दा बढी लगानी लाग्ने अनुमान गरिएको छ । काठमाडौँ–पोखरा रेलमार्गको लम्बाइ १७१ किलोमिटर हुने बताइएको छ । प्रधानमन्त्री ओलीले २०७३ असार ५ देखि १० गतेसम्म गर्नुभएको चीनको औपचारिक भ्रमणका क्रममा सो रेलमार्ग निर्माण प्रक्रिया अगाडि बढाउने सहमति भएको थियो । रसुवागढी नाकाबाट हाल स्याउ, अदुवा, लसुन, जुत्ता चप्पल, तयारी पोशाक, बच्चाका खेलौना, विद्युत् तथा सिँगारका सामग्री आदि नेपाल आयात तथा नेपालबाट कारागारमा निर्मित बुनेका मुढा, चाउचाउ, बिस्कुट, कृषि उपज आदि निर्यात हुँदै आएको छ । टिमुरेस्थित व्यापारी सुनाम वाङ्जी तामाङ नाकाको व्यवस्थित सञ्चालन भएमा व्यापारिक कारोवार सहज भई व्यापार बढ्ने बताउनुहुन्छ भने रसुवाका नागरिक क्षेत्रका अगुवा बाबुलाल तामाङ पनि नाकासम्मको सडकको स्तरोन्नति मुख्य सवाल भएको बताउनुभयो । बेत्रावतीस्थित समाजसेवी चन्द्रशेखर लम्सालले राष्ट्रपति सीको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने र रसुवामा विद्यालय, खानेपानी, बिजुली, सिँचाइका क्षेत्रमा समेत सहयोग अभिवृद्धि हुने अपेक्षा व्यक्त गर्नुभयो ।

रसुवागढी नेपाल र चीन सिमानामा रसुवा जिल्लाको साविक टिमुरे गाविसमा अवस्थित डेढ शताब्दी पुरानो ऐतिहासिक गढी मानिन्छ । उत्तरबाट लिङ्दे र पश्चिमबाट केराङ खोला मिलेर भोटेकोशी नदी शुरू हुने दोभानमा विसं १०१२ मा रसुवागढी निर्माण भएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने यही गढीको नामबाट रसुवा जिल्लाको नामकरण भएको हो । दुई पक्षबीच युद्ध हुँदा बहादुर शाहको समयमा भएको नेपाल–भोट युद्धमा भोटको सहायताका लागि यही बाटो हुँदै आएका चिनियाँ फौज नेपाल आएको थियो । पछि जङ्गबहादुरको पालामा भएको नेपाल–भोट युद्धमा नेपाली फौज गढीको बाटो हुँदै केरूङ र दिगर्वसम्म पुगेका थिए । दुवै पक्षबीच पछि समझदारी भएको थियो । लिच्छवीकालमा अंशुबर्माको शासनकालमा उहाँकी छोरी भृकुटी यही नाका हुँदै घर माइती गर्ने गरेको पाइन्छ । भृकुटीले तिब्बती राजा स्रङ्चङ गम्पोसँग विवाह गरेकी थिइन् । विसं २०७२ मा दक्षिणी छिमेकी भारतले पेट्रोलियम पदार्थको आपूर्तिमा अघोषित नाकाबन्दी गरेपछि चीनबाट रसुवागढी नाकाबाट नुवाकोट हुँदै काठमाडौँसम्म पेट्रोलियम पदार्थ ल्याउने विषयमा दुईपक्षीय छलफल भएको थियो

काठमाडौ । विमानस्थलको कार्यक्रम सकेर चिनियाँ राष्ट्रपति होटल सोल्टी पुगेका छन् । उनी विमानस्थलबाट साँझ ५ः४० बजे होटल सोल्टी प्रस्थान गरेका थिए ।

राष्ट्रपति सी होटल सोल्टीमा केहीबेर आराम गर्नेछन् । त्यसपछि उनको भेट नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग हुनेछ ।

त्यसपछि उनले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग पनि शनिबारै भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

देउवासँगको भेटपछि राष्ट्रपति सी भण्डारीले होटल सोल्टीमै उनको सम्मानमा आयोजना गरिने रात्रिभोजमा सरिक हुनेछन् ।

काठमाडौ । राष्ट्र बैंकले रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) तिहारपछि मात्र सञ्चालनमा ल्याउने भएको छ ।
चेक नकाटी ठूलो रकम स्थानान्तरण गर्न सकिने, कारोबार हुनासाथ अर्को खातामा पैसा जम्मा हुनेलगायत विभिन्न सुविधा सहितको आरटीजीएस प्रणाली भदौ २९ मा औपचारिक रूपमा सुरु भएको थियो । पर्याप्त गृहकार्य नगरी सञ्चालनमा ल्याउँदा समस्या आएपछि बन्द गरिएको थियो । अब सबै गृहकार्यपछि मात्र सञ्चालनमा ल्याउने तयारी भएको राष्ट्र बैंकले जनाएको छ । ‘नोभेम्बर १ (कात्तिक १५) देखि सञ्चालनमा ल्याउने तयारी गरेका छौं,’ राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भने, ‘अहिले आरटीजीएसमार्फत कारोबार परीक्षण गर्ने काम भइरहेको छ ।’

यसअघि अनौपचारिक रूपमा राष्ट्र बैंकले भदौ २६ देखि आरटीजीएस प्रणालीमार्फत कारोबार सुरु गरेको थियो । औपचारिक रूपमा उद्घाटन भएको २ दिनमै आरटीजीएसले काम गर्न सकेन र राष्ट्र बैंकले त्यसलाई बन्द गरेको थियो । आरटीजीएस प्रणाली तयार भए पनि राष्ट्र बैंक र वाणिज्य बैंकहरूको प्रणालीमा पूर्ण रूपमा एकीकृत भइनसकेकाले केही समयका लागि स्थगित गर्नु परेको राष्ट्र बैंकले बताएको थियो ।

आरटीजीएस आधुनिक भुक्तानी प्रणाली हो । यो प्रणालीमार्फत कारोबार गर्दा नागरिकले तत्काल रकम भुक्तानी सुविधा पाउनेछन् । हाल चेकमार्फत रकम भुक्तानी गर्दा क्लियरिङ प्रक्रियामा जानुपर्ने भएकाले सामान्य अवस्थामा एकदेखि दुई दिनमा मात्र राफसाफ हुँदै आएको छ । आरटीजीएस कार्यान्वयनमा आएपछि त्यो अवस्थाबाट छुटकारा पाइने छ । चेक नकाटेरै पनि रकम भुक्तानी गर्न सकिनेछ । आरटीजीएसमार्फत कारोबार गर्दा ग्राहकले आफ्नो खाता रहेको बैंकमा गएर एउटा फाराम भर्नुपर्नेछ । सोही फारामको आधारमा आफूले भुक्तानी गर्न चाहेको व्यक्तिको खातामा उतिबेलै रकम स्थानान्तरण हुनेछ । खासगरी ठूला कारोबारका लागि यो आरटीजीएस उपयुक्त हुने जानकारहरू बताउँछन् ।

सुरुमा राष्ट्र बैंकले २ लाखभन्दा बढी र २० लाख रुपैयाँभन्दा कम रकम भुक्तानी गर्दा आरटीजीएस वा चेक काटेर दुवै माध्यमबाट गर्न पाइने व्यवस्था गरेको थियो । २० लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्दा भने अनिवार्य रूपमा आरटीजीएसमार्फत गर्नुपर्ने बताएको थियो । सुरुको अवस्था भएकाले अर्को सूचना जारी नभएसम्मका लागि ग्राहकको इच्छाअनुसार २० लाखभन्दा बढी रकम पनि आरटीजीएस वा चेकमार्फत कारोबार गर्न सुविधा दिइएको छ । यो प्रणाली संस्थागत भएपछि अर्को सूचना जारी गरी २० लाखभन्दा बढीको भुक्तानी अनिवार्य रूपमा आरटीजीएसमार्फत गरिने राष्ट्र बैंकको योजना थियो ।

यो प्रणाली लागू भए पनि तत्काल ग्राहकको खातामा पैसा आउने भएकाले बजारमा तरलताको गति बढ्ने जानकारहरू बताउँछन् । राष्ट्र बैंकले पहिलो चरणमा वाणिज्य बैंकमार्फत आरटीजीएस लागू गरेको थियो । वाणिज्य बैंकहरू आरटीजीएसका मुख्य (प्रिन्सिपल) सदस्य हुन् । विकास बैंक र फाइनान्स कम्पनी एसोसिएट सदस्य छन् ।

आउँदो पुसदेखि विकास बैंक र वित्त कम्पनीमा पनि आरटीजीएस प्रणाली लागू गरिने राष्ट्र बैंकले जनाएको छ । त्यसपछि सदस्य बैंक तथा वित्तीय संस्थाको खातामा तत्काल रकम जम्मा गर्न मिल्ने सुविधा ग्राहकले पाउनेछन् । यो प्रणालीमार्फत कारोबार गर्दा ग्राहकले करिब ३० मिनेटमा (२ देखि २० मिनेटमा) राफसाफ भइसक्ने र ग्राहकले बिहान साढे १० बजेदेखि साढे ३ बजेसम्म मात्र यो प्रणालीमार्फत कारोबार पाउने बताइएको थियो । आरटीजीएस प्रणाली प्रणालीमार्फत कारोबार गर्दा ग्राहकले शुल्क भने तिर्नुपर्छ । यस्तो शुल्क बैंक अनुसार फरकफरक हुन सक्छ । यो खबर कान्तिपुर अनलाइनमा रहेको छ।

काठमाडौ । चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले साँझ सोल्टी होटलमा रात्रिभोजको आयोजना गर्दैछिन् ।

रात्रिभोजका लागि २ सय ५ जनालाई निमन्त्रणा गरिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । साँझ साढे ७ बजे सुरु हुने रात्रिभोजमा होटलमा आमन्त्रितहरुका लागि मात्र आवश्यक सिट व्यबस्थापन गरिएको छ ।

उपराष्ट्रपति, उपसभामुख, मन्त्रीहरु, पूर्व प्रधानमन्त्रीहरु, प्रमुख प्रतिपक्षी दलका नेता, संवैधानिक अंगका प्रमुखहरु, मुख्य सचिव, प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरु, नेकपाका सचिवालय तहका नेतासहित सिमित व्यक्तिलाई मात्र रात्रिभोजमा आमन्त्रण गरिएको जनाइएको छ ।

उनीहरुका लागि ड्रेस कोड र रात्रिभोजमा पालना गर्नुपर्ने आचारसंहितासमेत जारी गरिएको छ ।

काठमाडौ । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले विमानस्थलमै स्वागत गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विमानमै पुगेर चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्नुभएको हो । साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि उपस्थित हुनुहुन्थ्यो ।

राष्ट्रपति भण्डारीले स्वागत गरेपछि अहिले उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सीलाई स्वागत गर्दै हुनुहुन्छ । चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न मन्त्रीहरु पनि विमानस्थलमा पुगेका छन् ।

विमान अवतरण गरेको झण्डै २० मिनेटपछि मात्र चिनियाँ राष्ट्रपति विमानबाट ओर्लनुभएको हो ।

६४औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयले नुवाकोटले ज्योति विकास बैंकलाई कदर पत्रले सम्मान गरेको छ ।
नुवाकोटको जिल्ला सदरमुकाम सहित बजार क्षत्रेमा सिसिटिभी क्यामरा जडानको लागी सहयोग पु-याएको भन्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटले शुक्रबार जिल्ला प्रहरी कार्यालय विदुरमा आयोजित प्रहरी स्थापना दिवसमा ज्योत विकास बैंकलाई सम्मान गरेको हो ।

सिसिटिभी क्यामरा जडान गरेर अपराध नियन्त्रणका् लागी प्रहरीलाई पु-याएको सहयोगको प्रंससा गर्दै नुवाकोट प्रहरीले ज्योति विकास बैंकको नुवाकोट क्लस्टर प्रमुख राकेश डंगोललाई कदर पत्रले सम्मान गरेको हो ।

बैंकको नुवाकोट क्लस्टर प्रमुख राकेश डंगोललाई कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख शन्तमान तामाङले कदर पत्रले सम्मान गर्नुभएको हो ।
जिल्लाको नगर तथा बजार क्षेत्रमा अपराध नियन्त्रण तथा शान्ति सुरक्षाको लागी जडान गरेको सिसिटिभी क्यामरा बिग्रिएपछि मर्मत गरेर सञ्चालनको लागी ज्योति विकास बैंकले रु २ लाख २५ हजार रुपैयाँ जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई प्रदान गरेको थियो ।

नुवाकोटमा केन्द्रीय कार्यालय रहेर हाम्रो विकास बैंकको रुपमा सञ्चालनमा रहेको बैंक गत वर्षदेखि ज्योति विकास बैंकसंग मर्ज भएर सञ्चालनमा रहेको छ । हाल यो बैंकको नुवाकोटको विभिन्न स्थानमा आठ र धादिङमा एक वटा शाखा कार्यालय रहेको छ ।

किस्पाङ । नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं. १ भाल्चेमा रहेको अहिंसावादी युबा क्लबको आयोजनामा आयोजित ‘प्रथम भाल्चे फुटबल प्रतियोगिता’को उपाधि थ्रीडी युवा क्लव काउलेले हात परेको छ ।

शुक्रबार सम्पन्न फाइनलमा नुचेत युव क्लवलाई ६–० गोल अन्तरले हराउदै थ्रीडी युवा क्लव पहिलो भएको हो । पहिलो भएको थ्रीडी युवा क्लवले ५५,५५५ रुपैयाँ र दोश्रो भएको नुचेत युव क्लवले ३३,३५५ रुपैयाँ पाएको छ । ३२ क्लबको सहभागिता रहेको प्रतियोगितमा तेश्रो भएको कग्यु मोन्लम अहिंसावादी युबा क्लव १५,००० रुपैयाँ पाएको छ ।

कार्यक्रममा उत्कष्ट भएको क्लब र खेलाडीलाई खेल समापन समारोहका प्रमुख अतिथी किस्पाङ गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष आइत घले, विशेष अतिथि सामाजिक अभियन्ता तथा नेकपाका युवा नेता सोमवहादुर तामाङ, प्रतियोगिता आयोजक अहिंसावादी युबा क्लबका अध्यक्ष एंव कार्यक्रमका सभापति धनवहादुर तामाङ लगायतले नगद रुपैयाँ सहित, प्रमाणपत्र, शिल्ड र मेडल प्रदान गर्नुभयो ।

उक्त अशसरमा वडाअध्यक्ष घलेले क्लबको आयोजनामा भएको प्रतियोगिताले दशै पर्वको समयमा आपसी एकता, युवालाई खेल प्रतिको आकर्षण र मनोरञ्जन प्रदान गरेकाले आगामी समयममा पनि प्रतियोगितालाई निरन्तरता दिन सहयोगको प्रतिबद्धता जनाउनुभयो ।

नेकपाका युवा नेता सोमबहादुर तामाङले विभिन्न सामाजिक कार्यमा संलग्न रहेको अहिंसावादी युबा क्लबको कार्य सराहनीय रहेको भन्दै खेल क्षेत्रको माध्यममा आयोजित जिल्लास्तरको प्रतियोगिता गराएर राम्रो सन्देश दिएको बताउनुभयो । उहाँले युवाहरुलाई देश विकास तथा समाजप्रति जिम्मेवार बनाउनको लागी अन्य क्षेत्रसगसगैँ खेल क्षेत्र पनि एक विधा भएकाले यसलाई सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

यस्तै, आयोजक क्बलका अध्यक्ष धनबहादुर तामाङले आगामी वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिएर पुरस्कार राशीमा बृद्धि गरिने बताउनुभयो ।
प्रतियोगिताको समापन एंव फाइनल खेलको अवलोनक गर्न हजारौको सङ्ख्यामा दर्शकको उपस्थिती रहेको थियो ।

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० बडहरे झिल्केमा बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० जना पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दुर्घटनास्थलमा ५ जनाको ज्यान गएको र थप ५ जनाको उपचारको क्रममा लैजाँदै गर्दा बाटोमा ज्यान गएको हो । ज्यान गुमाउनेको पहिचान खुलेको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेका अनुसार घाइतेहरुको हेलिकप्टर र एम्बुलेन्स मार्फत धुलिखेल अस्पताल लगिएको छ । डीएसपी काफ्लेका अनुसार बसमा ५० भन्दा बढी यात्रु सवार रहेका थिए ।

सिन्धुपाल्चोकको सिपाटारबाट काठमाण्डौ जादै गरेको बा २ ख २७१५ नम्बरको बस शुक्रबार बिहान दुर्घटनामा परेको हो ।