चिनियाँ राष्ट्रपति सीको सम्मानमा आयोजित रात्रिभोजमा २ सय ५ जनालाई निम्तो

अशोज २५, २०७६ मा प्रकाशित | 9730 views

काठमाडौ । चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले साँझ सोल्टी होटलमा रात्रिभोजको आयोजना गर्दैछिन् ।

रात्रिभोजका लागि २ सय ५ जनालाई निमन्त्रणा गरिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । साँझ साढे ७ बजे सुरु हुने रात्रिभोजमा होटलमा आमन्त्रितहरुका लागि मात्र आवश्यक सिट व्यबस्थापन गरिएको छ ।

उपराष्ट्रपति, उपसभामुख, मन्त्रीहरु, पूर्व प्रधानमन्त्रीहरु, प्रमुख प्रतिपक्षी दलका नेता, संवैधानिक अंगका प्रमुखहरु, मुख्य सचिव, प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरु, नेकपाका सचिवालय तहका नेतासहित सिमित व्यक्तिलाई मात्र रात्रिभोजमा आमन्त्रण गरिएको जनाइएको छ ।

उनीहरुका लागि ड्रेस कोड र रात्रिभोजमा पालना गर्नुपर्ने आचारसंहितासमेत जारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web