‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक एक वर्षमा १० प्रतिशत मात्र

बिदुर ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण भैरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाको काम एक वर्षमा १० प्रतिशत मात्र भएको छ ।

एक्काइस महिनाभित्र पूरा गर्ने सम्झौता भए पनि काम शुरु भएको एक वर्षमा १० प्रतिशतमात्र स्तरोन्नतिको काम भएको हो ।

पृथ्वी राजमार्गस्थित धादिङको गल्छीदेखि शुरु भएर देवीघाट–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी हुँदै चीनको केरुङ प्रवेशद्वारसम्म जोडिने सडक ८२ किमी लम्बाइको छ ।

सडक निर्माणअन्तर्गत ठेकेदार कम्पनीमार्फत भइरहेको ४६ किमी सडक ९गल्छी–त्रिशूली–मैलुङ्ग०को काम सम्झौता भएर शुरु भएको एक वर्षमा १० प्रतिशत मात्रको निराशाजनक प्रगतिलाई तीव्र बनाउन पहल गरिएको योजना प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिनुभयो ।

दुई लेनको ११ मिटर कालोपत्र हुने सडकको केन्द्रदेखि दायाँबायाँ १५÷१५ मिटर जग्गा अतिक्रमण गरिने आयोजनाले जनाएको छ ।

नौ अर्ब ५० करोड लगानीमा निर्माण हुन लागेको सडकखण्डमध्ये ठेकेदार टुण्डी कम्पनीले तीन अर्ब ६३ करोड ९१ लाखमा ४६ किमी सडक निर्माण पूरा गर्ने जिम्मेवारी पाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा विसं २०७२ मंसिर १७ मा मन्त्रिपरिषद् बैठकले सहायक राजमार्गका रूपमा सडक निर्माण गर्ने निर्णय सहित बजेट व्यवस्था गरेपछि विसं २०७३ पुस १ देखि काम थालिएको थियो ।

विद्युत् प्राधिकरणद्धारा कर्मचारीसँग कार्यसम्पादन करार सम्झौता शुरु

काठमाडौं ।
विद्युत् चुहावटलाई २० प्रतिशतमा झार्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले मातहतका कर्मचारीसँग कार्यसम्पादन करार सम्झौता गर्न शुरु गरेको छ ।
प्राधिकरणको प्रणालीमा हाल २२।९ प्रतिशत विद्युत् चुहावट छ । चालु आर्थिक वर्षको अन्त्यसम्म २।९ प्रतिशतले चुहावट घटाएर २० प्रतिशतमा झार्ने लक्ष्यका साथ कार्यसम्पादन करार सम्झौता शुरु गरिएको हो ।
प्राधिकरण सञ्चालक समितिका अध्यक्ष एवं ऊर्जा सचिव अनुपकुमार उपाध्यायसँग प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्यस्तो सम्झौता यसअघि नै गरिसक्नुभएको थियो ।
आगामी तीन वर्षभित्र प्रणालीमा रहेको चुहावटलाई १५ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ ।

नाबालक देखी प्रहरी उच्च अधिकारी हत्याका आरोपी रेशम चौधरीलाई पक्राउ गर्न बाटो खुल्यो

काठमाडौं ।
कैलालीको टीकापुर घटना हत्याका आरोपी तथा कैलाली–१ बाट प्रतिनिधिसभामा निर्वा्चित सदस्य रेशम चौधरीलाई पक्राउ गरी अनुसन्धान गर्न बाटो खुला भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले सर्वोच्च अदालत प्रशासनले वारेसमार्फत दर्ता गर्न ल्याएको मुद्दा दरपीठ गर्नु कानूनसम्मत भएको फैसला सुनाएको हुँदा चौधरीलाई पक्राउ गरी अनुसन्धान गर्न बाटो खुला भएको हो ।
प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले यही पुस ४ गते कर्तव्य ज्यान, लुटपाटलगायतको अभियोगपत्रको कागजातको प्रमाणित प्रतिलिपि झिकाउने आदेश दिएको थियो ।
सर्वोच्चको आजको आदेशमा अभियोग लागेका व्यक्तिले जानीजानी अदालती प्रक्रियालाई अवज्ञा गरी राज्यद्वारा प्रदान गरिने सुुविधा वा हक उपभोग गर्न गैरकानूनी बाटोको प्रयोग गर्ने हो भने देशमा दण्डहीनताको स्थिति सिर्जना हुनसक्ने उल्लेख गरिएको छ ।
आदेशमा “अदालती प्रक्रियालाई छलेर कसैले पनि संविधान एवं प्रचलित कानूनले प्रदान गरेको सुविधा उपभोग गर्न पाउनुपर्छ भन्नु कदाचित मिल्दैन ।”भनिएको छ
त्यसैगरी, आदेशमा कर्तव्य ज्यान मुद्दाको अभियोग लागेका चौधरीले अदालतबाट जारी भएको वारेन्ट तथा म्यादी पुर्जी अवज्ञा गरेको देखिएको र फरार अभियुक्तलाई जुनसुकै बेला पक्राउ गरेर अदालतमा दाखिल गर्नुपर्ने प्रावधान रहेको उल्लेख छ । कैलालीको टीकापुरमा आठजनाको ज्यान जाने गरी भएको घटनाका मुख्य अभियुक्त भनी पक्राउ पुर्जी जारी भई फरार रहेकै अवस्थामा प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि चौधरीले वारेसमार्फत विजयको प्रमाणपत्र लिन नपाएपछि सर्वोच्चमा रिट निवेदन दर्ता गर्न खोज्दा सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो ।

अब साना वाम दलपनि एकिकृत हुन्छन-खनाल

काठमाडौं ।
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पुष्पलाल कम्युनिष्ट आन्दोलनका साझा नेता भएको बताउनुभएको छ ।
पुष्पलाल स्मृति प्रतिष्ठानको पाँचौँ साधारणसभाको आज काठमाडौंमा उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री खनालले स्वर्गीय पुष्पलालको सपनालाई साकार पार्न सम्पूर्ण वामपन्थी शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले एमाले पार्टी र नेकपा ९माओवादी केन्द्र० बीच छिट्टै एकता हुने र त्यसपछि अन्य ससाना वाम दललाई पनि समाहित गरिने जानकारी दिनुभयो ।

एमालेसँग पार्टी एकताबाट माओवादी पछि फर्कन सक्दैन :प्रचण्ड

चितवन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र माओवादी केन्द्र दुवै पार्टी एकताबाट पछाडी फर्कन नसक्ने बताउनु भएको छ ।
दुवै पार्टी निकट बौद्धिक संस्था नेपाल बुद्धिजीवी परिषद् र नेपाल बुद्धिजीवी संगठनले चितवनमा आज गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले दुई पार्टी एकता जनताको अभिमतले अनुमोदन गरिसकेकाले पार्टी एक गर्नुको विकल्प नभएको बताउनुभयो ।
उहाँले दुवै पार्टीको नेतृत्वले पार्टी एकता नहुने कल्पनासमेत नगरेको बताउनु भयो ।
अध्यक्ष प्रचण्डले प्रतिपक्ष सहभागी हुँदा बहस र छलफलले जीवन्तता पाउने भएकाले राष्ट्रियसभामा काँग्रेसको प्रतिनिधित्व गराउँदा भने राम्रो हुने बताउनुभयो ।

राष्ट्रियसभा गठनका लागि दलहरुबीच सहमति र सहकार्य जरुरी : राष्ट्रपति

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठनका लागि दलहरुबीच सहमति र सहकार्य जरुरी रहेको बताउनुभएको छ ।
राष्ट्रपति कार्यालय, शीतल निवासमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठसँगको भेटमा उहाँले संविधान र कानूनअनुसार राष्ट्रियसभाको निर्वाचन गर्नका लागि दलहरु मिलेर जानका लागि आह्वान गर्नुभयो ।
संघीय फोरमका नेताहरुसँग राष्ट्रपतिले अध्यादेशका बारेमा देखिएको विवादको समाधान मुख्य दलहरुले सहमतिका साथ गर्नुपर्ने सुझाव दिनुहुँदै निकासका लागि गम्भीर भएर अघि बढ्न आग्रह गर्नुभएको जानकारी राष्ट्रपतिका मूख्य स्वकीय सचिव भेषराज अधिकारीले दिनुभयो ।
राष्ट्रपति भण्डारीले अध्यादेशका सम्बन्धमा यथाशक्य निकास निकाल्न आफुले दलका नेताहरुसँग परामर्श गरिरहेको जानकारी संघीय फोरमका नेताहरुलाई गराउनुभएको थियो ।
भेटका अवसरमा राष्ट्रपति भण्डारीले निर्वाचनमा पाएको सफलताका लागि संघीय फोरमका नेताहरुलाई बधाईं पनि दिनुभएको थियो ।
राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेशलाई लिएर प्रमुख राजनीकि दलहरुबीच मतान्तर बढ्दै गएपछि राष्ट्रपतिले विभिन्न दलका नेताहरुसँग परामर्श गर्दै आउनुभएको छ ।

NC women leaders urge President to promptly endorse ordinance

Nepali Congress (NC) women leaders have appealed to President Bidya Devi Bhandari to pave the way for political outlet by immediately endorsing the Ordinance on National Assembly election.
Issung a press release today, two dozen women leaders of the NC demanded the President to help clear the political stalemate by approving the Ordinance.
Stating that the federal and provincial parliamentary elections were accomplished under the leadership of Prime Minister and Nepali Congress President Sher Bahadur Deuba, they said that the ordinance on national assembly election presented to the President's Office should be certified without any delay.

Performance-based contract to limit power leakage

The Nepal Electricity Authority (NEA) has been signing performance-based contracts with its staffers with the goal of bringing down power leakage nationwide down to 20 per cent.
NEA Executive Director Kulman Ghising has signed one with Chairman of the NEA board of directors and Energy Secretary Anup Kumar Upadhyay.

The current leakage in the NEA power supply system is 22.9 per cent.
The NEA also plans to limit the leakage further down to 15 per cent within the next three years.

No discrimination of payment to temporary police: Spokesperson

Nepal Police has made it clear that there was no discrimination of payment and allowance to the temporary police persons mobilized during the elections.
Organizing an interaction today, Deputy Inspector General of Nepal Police, Manoj Neupane, informed that all temporary police persons mobilized for the election were provided the salary, allowance and ration as announced in the terms and condition.
So allowance was not curtailed from the provisioned scheme, he added.
The basic payment of Rs 17,230 was provided to every temporary police. Similarly, the ration and allowance was different from one region to another, the Spokesperson said.
In Kalikot district, a temporary police person Bibek Aidi had died Friday in a clash erupted with the police persons, as they struggled with the reason -they were paid less allowance as mentioned in the terms and condition.
According to him, a committee formed to probe the incident has begun its task.

Prosperity and unity of the nation are top priority of next govt.: leader Mahara

CPN (Maoist Centre) leader and Deputy Prime Minister, Krishna Bahadur Mahara, has said that prosperity and unity of the nation would be the top priority of the next government.

At a programme in Dang today, he expressed the view that even a small step initiated with a positive thinking would help make the campaign of building a prosperous society successful.

27 per cent of the total budget spent till six months of current fiscal year

The government has spent Rs 340 billion in the first six months of the current fiscal year, which is around 27 per cent of the total budget.

According to the Finance Ministry, expenditure trend till the mid-December of the current fiscal year is progressive and out of Rs 1278 billion allocated budget, 26.6 per cent was spent.

Spokesperson at the Ministry, Arjun Prasad Pokharel, said 36.44 per cent or Rs 292 billion is towards current expenditure while Rs 31.99 billion or 9.55 per cent is towards capital expenditure. Similarly, Rs 15.41 billion or 10.99 per cent has been spent in fiscal management.

The government through the concerned ministries has directed the projects and offices to increase capital expenditure.

No possibility of STV system in National Assembly election: Chair Dahal

CPN (Maoist Centre) Chairman Pushpa Kamal Dahal has said that party unification between CPN (UML) and CPN (Maoist Centre) has reached the final step.

At a programme in Chitwan today he said that people’s mandate have already approved the unity between the two parties.

Saying that both parties would not backtrack from the decision to become one, the Maoist Centre chairman said.

There is no possibility of single transferable vote system in National Assembly election and it will be better if there is representation of Nepali Congress, which will remain in the opposition, he said.

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web