जलविद्युत बजार विस्तार गर्ने लक्ष्य सहित हाइड्रो एक्स्पो हुने

काठमाडौं ।

नेपालमा जलविद्युतको बजार विस्तारका साथै अनुभव र प्रविधि आदान प्रदान गर्न सहयोग पु¥याउने उद्देश्यले  हिमालयन हाइड्रो एक्स्पो २०१८ आयोजना हुने भएको छ ।

यही पुष २१ देखि २३ गतेसम्म काठमाडौंमा आयोजना हुने मेलामा हाइड्रो पावर निर्माता, हाइड्रो पावरमा प्रयोग हुने उपकरण उत्पादक, सप्लायर्स, डिजाईनर्स र कन्सलट्यान्ट, बीमा कम्पनी, लगानीकर्ता र बैंक तथा वित्तीय संस्था समेत गरी १०० वटा स्टल रहने आयोजक ईपानले जानकारी दिएको छ ।

मंगलवार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा स्वतन्त्र उर्जा उत्पादक संघ (ईपान) का अध्यक्ष शैलेन्द्र गुरागाईंले सरकारले लिएको विद्युत उत्पादनको लक्ष्य पुरागर्न मेलाले मघत गर्ने बताउनु भयो ।

भृकुटी मण्डप स्थित प्रदर्शनी कक्षमा चल्ने मेलामा भारत र चीनका जलविद्युत उत्पादक कम्पनीको विशेष सहभागिता रहने छ भने भारत र चीन बाहेक दक्षिण कोरिया, जर्मनी, अष्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटाली, स्विडेन, बेलायत, ब्राजिल लगायतका मुलुकका सरोकारवाला कम्पनीको पनि सहभागिता रहने छ ।

उद्यमशिलता विकास र गरिवी निवारणमा युवा परिचालन गरिने

काठमाडौं ।

सरकारले मुलुकमा उद्यमशिलताको विकास र गरिवी निवारणमा युवाहरुलाई परिचालन गर्ने भएको छ ।
उद्यमशिलताको विकास र गरिवी निवारणमा युवाहरुलाई परिचालन गर्ने सम्वन्धमा मंगलवार उद्योग मन्त्रालय र राष्ट्रिय युवा परिषद्वीच एक सम्झौतामा हस्ताक्षर भयो ।
उद्योग मन्त्रालयमा आयोजित हस्ताक्षर कार्यक्रममा उद्योग मन्त्री सुनिलवहादुर थापाले मुलुकमा रहेको वेरोजगारीको समस्या न्यूनिकरणका लागि सम्झौताको कार्यन्वयनबाट मद्दत पुग्ने बताउनुभयो ।
कार्यक्रममा उद्योग राज्यमन्त्री रेशम वहादुर लामा र राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधब प्रसाद ढुंगेलले सम्झौताबाट स्थानीय तहमा उद्योग र उद्यमशीलताको विकास, रोजगारी सिर्जना र गरिवी निवारण कार्यक्रमको कार्यान्वयनमा योगदान पुग्ने बताउनुभयो ।
सम्झौता अनुसाार मन्त्रालय मातहतका निकायबाट उद्यमशीलता विकास लगायत विभिन्न विषयमा युवाहरुलाई सीप विकास तालिम प्रदान गरिने छ भने परिषदका तर्फबाट देशका सवै जिल्लामा युवा लक्षित विभिन्न कार्यक्रमहरु सञ्चालन हुनेछन् ।
सम्झौतापत्रमा उद्योग मन्त्रालय औद्योगिक प्रवद्र्धन महाशाखाका सहसचिव प्रदीपकुमार कोइराला र युवा परिषद्का उपाध्यक्ष माधवप्रसाद ढुंगेलले हस्ताक्षर गर्नुभएको थियो ।

जनकपुरधाममा वाक्लो कुहिरोका कारण विमान सेवा अवरुद्ध

जनकपुरधाम ।

आज विहान देखि फेरि पनि शितलहर शुरु भएको छ । पश्चिमी वायुको प्रभाव संगै वाक्लो कुहिरो संगै शितलहर शुरु भएपछि प्रदेश नंं २ को अधिकांश जिल्लाहरुको जनजीवन प्रभावित बनेका छन् ।

विहान देखि चिशो हावा संगै जाढोबढेपछि फेरि न्यानो कपडाको विक्रि वितरणमा व्यापक बृद्धि भएको छ ।

चिशोका कारणले बृद्ध–बृद्धा, वालवालिका, असक्त तथा अपाङ्गहरु मारमा परेका छन् । केही दिन देखि घाम शुरु भएपछि सर्व साधारणले राहतको अनुभूति गरेका थिए ।

चिशोका कारणले दम्मा, अस्थमा, निमोनिया सहितका विरामीहरु बढी पिडित हुने गरेको छ भने रुघा खोकीले पिडित हुनेहरुको संख्या बढे गएको छ ।

यता वाक्लो कुहिरोका कारणले पुनः जनकपुर– काठमाण्डौ विमान सेवा प्रभावित बनेका छन् ।

विमान अवतरणका लागि चाहिले भिजिविलिटी नभएका कारणले कुनै पनि विमान सञ्चालन नभएको बुद्ध एअरका जनकपुर स्टेशन म्यानेजर विजय सिंहले बताउनु भयो ।

जनकपुरमा दाइजोको निहुँमा यातना र बलात्कार पछि हत्या गर्नेमाथि कडा कारवाहीको माग

जनकपुर ।

गत महिना जनकपुर उपमहानगरपालिका वडा नंं २ को किशोरी नगरमा वलत्कार पछि हत्या गरिएकी महिलाका आफन्त तथा अन्य महिलाहरुले दोषि माथि कडा कारवाहीको माग गरेका छन् ।

आफ्ना छोरी २२ वर्षकी रञ्जना शर्मालाई मोटरसाईकलका लागि पटक पटक यातना दिने गरेको र सशुराले शुरु देखि नै शारिरीक यातना दिने गरेको भन्दै मृतकका आमा प्रभादेवी ठाकुर तथा बुबा रामनारायण ठाकुरले दोषि माथि कारवाही गराए आफूलाई न्याय दिलाई दिनका लागि पनि आज जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत आग्रह गर्नु भएको छ ।

मंसि ८ गते राति पति आनन्द मोहन शर्मा, जेठान अरविन्द कुमार शर्मा, शशुरा देवनारायण ठाकुर, जेठानी रिंन्कु कुमारी शर्मा तथा शाशु सुमित्रा देवी समेतले ढढं मिलेर आफ्नो छोरीको पाता फर्काई हत्या गरेको दुवै नाक, कामवाट रगत आएको तथा घाटी थिचिएको तथा योनीवाट पिसाव पनि बाहिर आएको पोष्टमार्टम रिपोर्टमा समेत आएकाले दोषि माथि कारवाहीको माग गरेका छन् ।

स्थानीय बाँसीहरुले पनि हत्या गरिएकी बुहारीलाई पटक पटक यातना दिएको आफूहरुले पनि मृतकवाट थाहा पाउने गरेको बताउदै हत्या गरिएका दिन पछि मृतक संगै एक हजार रकम लिएर शशुराले सोही दिन साझ दुई किलो कुखुराको माशु तथा रक्सी खरिद गरेर खाएको बताउदै दोषि माथि कारवाही नभए आफूहरु पनि आन्दोलनमा उत्रने स्थानीय बाँसी आशा ठाकुरले बताउनु भयो ।

गत वर्ष मंसिर २७ गते १५ लाख दाईजो दिएर छोरीको विवाह गरेको बताउदै छोरीको हत्या भएको खवर पाएपछि कतारवाट स्वदेश फर्केका बुबा रामानारायण ठाकुरले घटनामलाई ढाक छोप गर्ने काम भएको बताउदै न्यायिक छानविनको माग पनि गर्नु भएको छ । सो हत्यामा संलग्न भएका मध्ये दुई जना माथि मात्र प्रहरीले कारवाही अगाडी बढाएको र अरु तीन जनालाई उन्मुक्ति दिएर अन्याय गरेको बताउनु भयो ।

वि एस्सी नर्सिङ्ग तेश्रो वर्षमा छात्रबृत्तिमा अध्ययनरत रहेकी छोरीलाई अध्ययनका लागि पनि आफूहरुले नै खर्च दिने गरेको बताउदै हत्यापछि छोरीको दाह संस्कार तथा क्रिया कर्म पनि नगर्नुले पनि उनीहरु मिलेर नै हत्या गरेको प्रस्ट भएको छ भन्दै प्रहरी तथा सरकारी वकिलले कल डिटेल्स पनि नहेर दोषिलाई उन्मुक्ति दिने काम गरेको बताउनु भयो ।

१६ दिने महिला हिंसा विरुद्धको अभियान शुरु भएको पहिलो दिनमा नै रञ्जनाको हत्या भएको थियो । स्थानीय महिला अधिकारकर्मी मृतकका छिमेकीहरु पनि उपस्थित भएर दोषि माथि कडा कारवाहीको माग पत्रकार सम्मेलनमा नै गरेका थिए । धनुषा जिल्ला अदालतले ६५ वर्षका शशुरा देवनारायण ठाकुरलाई जिल्ला अदालतले पूर्व पक्षका लाथि थुनामा पठाएका छन् ।

हंसपुर नगरपालिकाका उपप्रमुख तथा महिला अधिकारकर्मी रेणु झाले दोषि माथि कडा कारवाहीको माग गर्दै यसमा संलग्न भएका कुनै पनि दोषि उम्कन नहुने पनि बताउनु भयो ।

नेपाली काँग्रेस धनुषाका सभापति तथा प्रदेशसभा सदस्य रामसरोज यादवको नेतृत्वमा गएको टोलीले रञ्जना शर्माको हत्याको राम्रो संग अनुसन्धानको माग गर्दै प्रदेश नंं २ को प्रहरी प्रमुख विजयलाल कायस्थलाई ज्ञापनपत्र बुझाएको छ ।

उदयपुरमा जीप दुर्घटना हुँदा १ को मृत्यु ३ गम्भीर

उदयपुर ।

उदयपुरमा बोलेरो जीप दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् ।

जिल्लाको रौतामाई गाउँपालिका ४ सल्ले बजारबाट सुन्तला बोकेर सदरमुकाम गाईघाटतर्फ आउँदै गरेको स १ च १२२८ नम्बरको बोलेरो दुर्घटनामा पर्दा त्रियुगा नगरपालिका १० बोक्सेका कमलबहादुर मगरको घट्नास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

दुर्घट्नामा परी हराईरहेका ५० वर्षीय मगर २ घण्टापछि ५ सय मिटर तल मृत अवस्थामा भेटिएको थियो । सल्लेदेखि हिडेको केहीबेरमै जीप जितेनीपाखास्थित सडकमा अनियन्तित भई खस्दा सडकबाट ३ सय मिटर तल झेरर भिरमा दुर्घटनामा परेको प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए । जीप अझै भिरमै अड्किरहेको प्रत्यक्षदर्शी स्थानीय गंगा रानामगरलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

जीपमा सवार ५ यात्रुमध्ये रौतामाई ४ भदौरेका सोही ठाउँका ४५ वर्षीय भक्तबहादुर सार्की, ४० वर्षीया निर्मला राई र सोही ठाँउका चालक ३५ वर्षीय रत्न राई घाईते भएको प्रहरीले जनाएको छ । जीपमै सवार १४ वर्षीय सन्देश राई भने हाम फालेर बँच्न सफल भएको प्रहरीले जनाएको छ ।

दिउसो २ः१५ बजे भएको दुर्घट्नाको खवर पाएलगत्तै साउनेस्थि चौकीबाट प्रहरी टोली घट्नास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ । घाईतेहरुको उद्धार गरी उपचारार्थ ल्याउन सदरमुकामदेखि एम्बुलेन्स पठाइएको एसपी भट्टले बताए ।

राज्यलाई कर छलेको एनसेललाई लाभांश बिदेश लैजान दिन सर्वोच्चको आदेश

काठमाडौं ।

नेपाल सरकारलाई तिर्नुपर्ने राजश्व छलेको एनसेललाई सर्वोच्च अदालतले लाभांश विदेश लैजाने कानुनी बाटो खोलिदिएको छ ।

कानुनी दायित्व पूरा गरेको कम्पनीको लाभांश रोक्नु संवैधानिक प्रावधान विपरीत हुने भन्दै उक्त कार्यमा बाधा नगर्न सर्वोच्चले ठूला करदाता कार्यालय तथा राष्ट्र बैङ्कका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

लाभकर विवाद देखाउँदै ठूला करदाता कार्यालयको पत्राचारमा राष्ट्र बैङ्कले लाभांश लैजान रोक लगाएको थियो ।

रेनोल्ड्स होल्डिङ र एनसेल प्रालिको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले आइतबार लाभांश लैजाने कानुनी बाटो खोलिदिएको हो ।

लाभकरको दायित्व आफूमा नरहेको र लाभांश लैजान पाउनुपर्ने मागसहित पुस २ गते रेनोल्ड्स र एनसेलका तर्फबाट फरक फरक निवेदन सर्वोच्चमा दर्ता भएका थिए ।, आजको गोरखापत्रमा यो खबर छ ।

‘लाभकर दायित्व टेलियाको’

संयुक्त इजलासले लाभकर विवादको छिनोफानो पूर्ण इजलासबाट हुनुपर्ने रायसहित रिटलाई पूर्ण इजलासमा पेस गरे पनि एनसेलको कानुनी दायित्व पूरा भइसकेको आदेशमा स्पष्ट लेखेको छ ।

यस्तै आदेशमा बाँकी लाभकर असुलउपर टेलियाबाटै हुने ठूला करदाता कार्यालयको पत्राचारलाई स्मरण गराएको छ । घुमाउरो सन्दर्भमा पूर्ण इजलासमा पेस गरेको विवादमा पनि अन्तरिम आदेशमै संयुक्त इजलासले धारणा बनाएको छ ।

शेरबहादुर देउवाले राज्यढुकुटीबाट कार्यकर्तालाई १० करोड बाँडे

काठमाडौं ।

कामचलाउ सरकारले सत्तारुढ दलका ५ सय २८ कार्यकर्तालाई १० करोडभन्दा बढी रकम बाँड्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएलगत्तै मंसिर २५ गते बसेको मन्पिरिषद् बैठकले कार्यकर्तालाई आर्थिक सहायता विवरण गर्ने गोप्य निर्णय गरेको हो, आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

निर्णय भएको १५ दिन वितिसक्दा पनि प्रधानमन्त्रीले आर्थिक सहायता वितरण गरिएाके निर्णय कार्यालयको वेबसाईटमा राखेको छैन ।

बढी रकम पाउनैहरु

अशोक बराल, सुनसरी ५ लाख

अलाउद्धिन हुसेन् सुनसरी ५ लाख

जोगराज राना धनगढी ५ लाख

रामलक्ष्मण राना, धनगढी ५ लाख

अक्षयकुमार राना, कञ्चनपुर, ४ लाख

आशीषकुमार चौधरी, कैलाली ४ लाख

अलिास गुरुङ, ४ लाख

कल्पना कार्की, ओखलढुंगा ४ लाखा

दिनेश श्रेष्ठ, ललितपुर ४ लाख

दिनेशसिंह भण्डारी बैतडी ४ लाख

सञ्जु बख्रती नुवाकोट ४ लाख

सन्तोष घिमिरे, अर्घाखाँची ४ लाख

सावित्रा कार्की, बारा ४ लाख

नुहाउनु छ भने पहिल्यै नाम दर्ता गराउनुस !

जिल्ला कारागारमा सुरक्षा नेतृत्व गर्ने प्रहरी नायव निरीक्षक ९सई० पीताम्बर आचार्यको शनिबार नुहाउने पालो थियो ।

‘आज मज्जाले नुहाइयो,’ उनले भने, ‘एक बाल्टिन पानीले नुहाइयो । उब्रेकाले लुगा पनि धोएँ ।’ कारागारमा पानीको हाहाकार भएपछि नुहाउनका लागि सुरक्षाकर्मीलाई पालो मिलाइएको छ ।

जिल्ला कारागारमा सुरक्षा नेतृत्व गर्ने प्रहरी नायव निरीक्षक 'सई' पीताम्बर आचार्यको शनिबार नुहाउने पालो थियो ।

‘आज मज्जाले नुहाइयो,’उनले भने, ‘एक बाल्टिन पानीले नुहाइयो । उब्रेकाले लुगा पनि धोएँ ।’ कारागारमा पानीको हाहाकार भएपछि नुहाउनका लागि सुरक्षाकर्मीलाई पालो मिलाइएको छ ।,  आजकोकान्तिपुरमा  खबर छ ।

Guatemala to move embassy to Jerusalem

Guatemalan President Jimmy Morales has ordered to move the country's embassy in Israel to Jerusalem.

In a Facebook post,  Morales said the decision was taken after he had spoken with Israel's PM Benjamin Netanyahu.

Last week, Guatemala was one of only seven nations to vote against a UN resolution urging America to reverse its recognition of Jerusalem as the capital of Israel.

Donald Trump threatened to cut aid to nations that voted against the US.

The US is an important aid donor to Guatemala, an impoverished Central American country.

Guatemala to move embassy to Jerusalem

Guatemalan President Jimmy Morales has ordered to move the country's embassy in Israel to Jerusalem.

In a Facebook post,  Morales said the decision was taken after he had spoken with Israel's PM Benjamin Netanyahu.

Last week, Guatemala was one of only seven nations to vote against a UN resolution urging America to reverse its recognition of Jerusalem as the capital of Israel.

Donald Trump threatened to cut aid to nations that voted against the US.

The US is an important aid donor to Guatemala, an impoverished Central American country.

No possibility of STV system in National Assembly

CPN (Maoist Centre) Chairman Pushpa Kamal Dahal has said that party unification between CPN (UML) and CPN (Maoist Centre) has reached at the final stage.

At a programme in Chitwan yesterday chair Dahal said that people’s mandate have already approved the unity between the two parties.

Stating that both parties would not backtrack from the decision to become one, the Maoist Centre chairman further said.

Chair Dahal said that there is no possibility of single transferable vote system in National Assembly election and it will be better if there is representation of Nepali Congress, which will remain in the opposition.

एपिएफलाई हराउँदै सुनसरी ११ फाल्गुनन्द गोल्डकपको सेमिफाईनलमा

पाँचथर ।
सुनसरी ११ नवौं फाल्गुन्नद गोल्डक कप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।
पाँचथरको फिदिममा आईतबार भएको खेलमा शुनसरी ११ ले सशस्त्र प्रहरीको ए पि यफ क्लबलाई टाईब्रेकरमा ३÷० गोल अन्तरले पराजित गरेको थियो ।
शुनसरी ११ का लागि हेमन्त थापा मगरले २ र तिर्थ बस्नेतले १ गोल गरेका थिए ।
यस खेलको म्यान अफ दि म्याच घोषित भएका शुनसरी ११ का दुई गोल कर्ता हेमन्त थापा मगरले १० हराज रुपैँया पुरस्कार प्राप्त गरेका थिए ।
सोमबारको खेल आयोजक फिदिम स्पोट्रिङ्ग क्लब र बिर्तामोड युनाईटेडकाबिच हुनेछ ।
प्रतियोगिताको विजेता क्लबले ३ लाख रुपैँया पुरस्कार प्राप्त गर्ने छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web