काठमाडौं ।

भ्रष्टाचार गरेको कर्तुत लुकाउन सशस्त्र प्रहरी बलको हेडक्वाटरमै मट्टितेल हालेर आगलागी गराएको पाइएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको अनुसन्धानमा सशस्त्रको ढुवानी सम्बन्धी कागजपत्र जलाउन सशस्त्र प्रहरी हवल्दार रामकृष्ण श्रेष्ठले मट्टितेल छर्किएर आगो लगाएको खुलेको हो ।

महाशाखा प्रमुख एसएसपी दिवस लोहनीका अनुसार अनुसन्धानमा श्रेष्ठ आफैंले जानजान आगलागी गराएको देखिएपछि पक्राउ गरी अनुसन्धान प्रकृया अगाडि बढाउन महानगरीय प्रहरी बृत्त स्वयम्भुमा पठाइएको छ ।

‘अनुसन्धानमा दुर्घटनाका कारण नभई सशस्त्रको कर्मचारीले मट्टितेल छर्किएर आगो लगाएको देखिएपछि श्रेष्ठलाई पक्राउ गरेका हौं,’ उनले भने‘ नियोजितरुपमै आगो लगाएको देखिएपछि कारवाही प्रकृयाका लागि घटनास्थल रहेको क्षेत्रको प्रहरी कार्यालयमा पठाएका छौं ।’

कागजपत्र बुझाउँदा आफु भ्रष्टाचारमा तानिने भएपछि उनले प्रमाण नष्ठ गर्न फाइल स्टोरमा लगेर राखी आगो लगाएको देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

सशस्त्रमा सामान ढुवानी शिर्षकमा नक्कली विल खडा गरेर भ्रष्टाचार गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानकोक्रममा सशस्त्रको ३ सइ र एक हवल्दार निलम्बनमा परेका छन् ।भ्रष्टाचारमा हवल्दार श्रेष्ठ समेत संलग्न हुनसक्ने देखिएपछि अख्तियारले बोलाएर उनको बयान लिई आवश्यक कागजपत्र मगाएको थियो ।

काठमाडौं ।

भ्रष्टाचार गरेको कर्तुत लुकाउन सशस्त्र प्रहरी बलको हेडक्वाटरमै मट्टितेल हालेर आगलागी गराएको पाइएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको अनुसन्धानमा सशस्त्रको ढुवानी सम्बन्धी कागजपत्र जलाउन सशस्त्र प्रहरी हवल्दार रामकृष्ण श्रेष्ठले मट्टितेल छर्किएर आगो लगाएको खुलेको हो ।

महाशाखा प्रमुख एसएसपी दिवस लोहनीका अनुसार अनुसन्धानमा श्रेष्ठ आफैंले जानजान आगलागी गराएको देखिएपछि पक्राउ गरी अनुसन्धान प्रकृया अगाडि बढाउन महानगरीय प्रहरी बृत्त स्वयम्भुमा पठाइएको छ ।

‘अनुसन्धानमा दुर्घटनाका कारण नभई सशस्त्रको कर्मचारीले मट्टितेल छर्किएर आगो लगाएको देखिएपछि श्रेष्ठलाई पक्राउ गरेका हौं,’ उनले भने‘ नियोजितरुपमै आगो लगाएको देखिएपछि कारवाही प्रकृयाका लागि घटनास्थल रहेको क्षेत्रको प्रहरी कार्यालयमा पठाएका छौं ।’

कागजपत्र बुझाउँदा आफु भ्रष्टाचारमा तानिने भएपछि उनले प्रमाण नष्ठ गर्न फाइल स्टोरमा लगेर राखी आगो लगाएको देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

सशस्त्रमा सामान ढुवानी शिर्षकमा नक्कली विल खडा गरेर भ्रष्टाचार गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानकोक्रममा सशस्त्रको ३ सइ र एक हवल्दार निलम्बनमा परेका छन् ।भ्रष्टाचारमा हवल्दार श्रेष्ठ समेत संलग्न हुनसक्ने देखिएपछि अख्तियारले बोलाएर उनको बयान लिई आवश्यक कागजपत्र मगाएको थियो ।

राजपिराज ।
बालअधिकार तथा वातावरण समाज नेपाल क्रेस नेपालले मंगलबार युनिसेफको सहयोग तथा महिला तथा बालबालिका कार्यालयको समन्वयमा बाढीपीडीत परिवारका १ सय बालबालिका लाई नगद सहयोग गरेका छन् ।
गत साउन २७ गतेको बाढिले घरवार विहिन भई कष्टकर जीवन विताउन बाध्य बाढिपीडीत परीवारका १ सय जना बालबालिकालाई व्रmेस नेपालको कार्यालयमा वोलाएर एक कार्यक्रम विच राहत स्वरुप ५÷५ हजारका दरले नगद सहयोग वितरण गरीएको हो ।
बाढिबाट सर्वाधिक प्रभावित तिलाठी–कोइलाडी, तिरहुत, हनुमाननगर, भारदह, सकरपुरा, मैनाकडेरी, रम्पुरामलहनीयाँ, लोहजरा, रुपनी, सुरुङ्गा, कञ्चनरुप, विष्णुपुर, छिन्नमस्ता ,मधवापुर लगायतका स्थानका बाढीपीडीत गरीव असहाय परीवारका १ सय जना बालबालिकाको खोजीगरी नगद सहयोग वितरण गरीएको व्रmेस नेपाल सप्तरीका अध्यक्ष उपेन्द्र साहले बताउनु भयो ।
संस्थाले सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि र संचारकर्मीहरुको रोहवरमा बाढिपीडीत बालबालिकाहरुलाई राहत वितरण गरेका हुन् । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि निमित सिडियो नरबहादुर खडका, प्रमु्ख महिला विकास अधिकृत चन्द्रकला श्रेष्ठ, युनिसेफ प्रतिनिधि अशोक झा, इन्सेक प्रतिनिधि मनोहर पोखरेल, संचारकर्मी वैद्यनाथ झा, मनोज माझी, वृजमान तामाङ, नवीन गुप्ता लगायतले आयोजक संस्था प्रति आभार व्यक्त गर्दै बालबालिकाले सहयोग वापत पाएको रकमको सदुपयोग गर्न अभिबावक संग आग्रह गर्नु भयो ।
सो क्रममा प्रमुख अतिथि खडकाले बालबालिकाहरुलाई प्राप्त रकम के गर्नेरु भन्ने जिज्ञाशा समेत राख्नु भएको थियो । जवाफमा अधिकांस बालबालिकाले शौक्षिक सामाग्री किन्ने, स्कुलको फिस बुझाउने र चिसो बढेकाले न्यानो लुगा किन्ने जवाफ फर्काउनु र्भएका थिए ।
वडा कार्यायमा तालावन्दी
दिनानाथ यादव
राजविराज, पुस ११ गते । सप्तरीको महदेवा गाउँपालीका वडा नं। १ मा बाढिपीडितको नाममा आएको राहत सामग्री वितरणमा अनियमिता तथा भ्रष्टाचारी भएको भन्दै स्थानीयले वडा कार्यायमा तालावन्दी गरीएको छ ।
स्थानीय बहादुर सदाको नेतुत्वमा सयौ बाढिपीडित वडा कार्यालय पकरीमा मंगलबार पुगेर तालावन्दी गरेको हो । वडा नं। १ का स्थानीय बहादुर सदाले राहतको नाममा आएको चामल, त्रिरपाल, कम्वल, म्याट लगायतको सामग्री वडा कार्यालयमा नराखि वडा अध्यक्ष जयकिशोर दासको निजी घरमा राखेको बताए ।
महदेवा गाउँपालीकाका कार्यकारी अधिकृत केशव झाले ८५ बोरा चामल पठाएको बताए भने वडा सचिव शिव कुमार मण्डलले ३८ बोरा मात्र आएको सदाले बताएका छन् ।
वडा अध्यक्ष दासले बाढिपीडितको नाममा केहीलाई पैसा लिएर केही आफन्तजन, नाजागोता, राजनीतिक दलका व्यक्तिलाई बाढीपीडितको नामावलीमा नाम समावेश गरीएको सदाले संचारकर्मी समक्ष सो आरोप लगाएका हुन ।
उनले भने बाढिपीडितको नाममा आएको राहत सामग्री बाढिपीडितले नै पाउनु पर्छ गैर बाढिपीडितलाई वडा अध्यक्षले वाडन खोजेकोले आपूmहरु वडा कार्यालयमा तालावन्दी गर्नुपरेको बताए ।
पाँचथर ।
रुपन्देहि ११ नऔँ फल्गुन्नद गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।
पाँचथरको फिदिममा मंगलबार भएको खेलमा रुपन्देहि ११ ले दार्जिलिङ्गको यु के फुटबल क्लबलाई ३÷१ गोल अन्तरले पराजित गरेको थियो ।
राष्ट्रिय खेलकुद परिषद च्याम्पियनशिप अन्तर्गत २१ औं महिला तथा ३१ औं पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता पोखरामा मंगलबार देखि शुरु भएको छ ।
प्रतियोगिताको पुरुषतर्फको लिग खेलमा नेपाल आर्मी, सशस्त्र प्रहरीको ए।पी।एफ, पश्चिमाञ्चल र नेपाल पुलिस क्लबले सफलता हात पारेका छन् ।
यसैगरि महिलातर्फको लिग खेलमा एपीएफ, मध्यामञ्चल, पश्चिमाञ्चल र नेपाल पुलिस क्लबले बिजयी शुरुवात गरेका छन् ।
युवा तथा खेलकुद मन्त्री राजनकुमार केसीले रेफ्रि टहलसिंह थापामगरलाई बल हस्तान्तरण गदै प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।
काठमाडौं ।
भैरहवा ग्ल्याडियटर्स संग पराजित भए संगै चितवन टाईगर्स एभरेस्ट प्रिमियर लिग ई पि यल टि २० क्रिकेट प्रतियोगिताको लिग चरण बाटै बाहिरिएको छ ।
कीर्तिपुर स्थित त्रीभुवन विश्वविद्यालयको मैदानमा मंगलबार भएको पहिलो खेलमा भैरहवा ग्ल्याडियटर्सले चितवन टाईगर्सलाई ४ विकेटले पराजित गरेको थियो ।
भैरहवा यो जित पछि एक खेल अगावै क्वालिफाएरमा प्रवेश गरेको छ ।
भैरहवाले ग्ल्याडियटर्सले अब बुधबार बिराटनगर वारीयर्स संग क्वालिफायरमा प्रतिस्पर्धा गर्ने छ ।
क्वालिफायर विजेता टोली सोभैm फाईनलमा प्रवेश गर्ने छ ।
क्वालिफायरमा पराजित भएको टोलीले तेस्रो स्थानमा रहेको ललितपुर प्यट्रियट्स् र चौथो स्थानमा रहेका पोखरा राईनोजबिचको विजेता संग खेल्ने छ ।
मंगलबारको खेलमा पहिलो ब्याटिङ्ग गरेको चितवन टाईगर्सले २० ओभरमा ९ विकेटको क्षेतीमा ८७ रन बनाएको थियो ।
८८ रनको सामान्य लक्ष्य भैरहवा ग्ल्याडियटर्सले १८.३ ओभरमा विकेटको क्षेतिमा प्राप्त गरेको थियो ।
मंगलबार भएको दोस्रो खेलमा ललितपुर प्यट्रियट्स्ले पोखरा राईनोजलाई ६ विकेटले पराजित गरेको थियो ।
शुरुमा ब्याटिङ्ग गरेको पोखरा राईनोजले २० आभरमा ५ विकेटको क्षेतीमा १ सय ३२ रन बनाएको थियो ।
१ सय ३३ रनको विजयी लक्ष्य ललितपर प्यट्रिसले २० ओभरमा ४ विकेटको क्षेतीमा पुरा गरेको थियो ।
ललितपर प्यट्रिसका जयकिशन कोल्सावालाले ५६ रनको योगदान गर्दै अर्ध शतक पुरा गरेका थिए ।

दिपक धिताल-ह्यामबर्ग ।

जर्मनी निवासी नेपाली समुदायले अंग्रेजी नयाँ बर्ष सन् २०१८ को अवसरमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।

अन्तराष्ट्रिय कलाकार मञ्चको आयोजनामा डिसेम्बर ३१ तारिख साँझमा ब्रेमेन सहरमा हुने कार्यक्रममा इजी ब्याण्ड जर्मनी, स्थानीय नेपाली कलाकार तथा ज्याकोव विश्वविद्यालयका नेपाली विद्यार्थीहरुको समेत विशेष प्रस्तुती रहने आइएएफ जर्मनीका अध्यक्ष बेल गुरुगंले जानकारी दिए ।

नेपाली कला संस्कृती झल्कने विभिन्न गित संगित तथा नृत्य समेत प्रस्तुत हुने कार्यक्रममा जर्मनीस्थित नेपाली कुटनीतिज्ञहरु, पत्रकार, कलाकार, एनआरएनए प्रतिनिधीहरुको उपस्थिती रहनेछ ।

चितवन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सत्ता हस्तान्तरण गर्न आतुर भएको बताउनुभएको छ । आज चितवनको सौराहामा आयोजित १४ औं हात्ती महोत्सवको समुद्धघाटन गर्न आउनुभएको प्रधानमन्त्री देउवाले सो कुरा बताउनु भएको हो । समुद्धघाटन समारोहमा बोल्दै देउवाले कांँग्रेसको इतिहासमा संक्रमणकालिन अवस्थामा समेत कांग्रेसले सफलता प्राप्त गरेको भन्दै कांँग्रेसको फाईदा बेफाईदा भन्दा पनि आफूले निर्वाचनलाई शान्तिपुर्णरुपमा सफल पार्नु ठुलो कुरा रहेको बताउनु भयो । प्रमुख अतिथि देउवाले कांग्रेस सधै लोकतन्त्र पक्षमा रहेको उल्लेख गर्दै कांग्रेसले अव छिट्ठनै सत्ता हस्तान्तरण गर्ने दोहोराउनु भयो ।
समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले कांँग्रेसले आर्थिक पुर्वाधारको कार्य सबै तयार गरिसकेको भन्दै उहांँले अव बन्ने सरकारले आर्थिक विकास र समृद्धितिर लम्किने आशा व्यक्त गर्नुभयो । सो अवसरमा बोल्दै उहांँले देशकै केन्द्र भागमा रहेको चितवन राष्ट्रिय निकुञ्ज र सौराहामा गएको बाढीले गरेको नोक्सान र बगेर गएका बन्यजन्तुलाई फर्काएर ल्याउन सकेकोमा निकुञ्जका कर्मचारी लगायत सम्बद्ध व्यत्तिहरुको कामप्रति सरह्राना व्यक्त गर्नुभयो । यसैबीच उहांँले मुग्लिङ्ग नारायणगढ पुर्ननिर्माण गर्न पटक पटक निर्देशन दिदासमेत बाटो निर्माणको ढिलाई प्रति आफूलाई दुःखित बनाएको उल्लेख गर्नु भयो ।
सो कार्यक्रममा बन र बन्यजन्तुको संरक्षणमा योगदान दिने निकुञ्ज कर्मचारी , समाजसेवी एवं हात्ती माउतहरुलाई सम्मान गरिएको थियो । सो हात्ती महोत्सव पुष १५ सम्म चल्नेछ ।
दमक ।
फुटपाथमा कपडा बेच्नेहरुको भीड बढेको भन्दै तिनीहरुलाई करको दायरामा ल्याउन थान कपडा ब्यवसायी संघले दमक उधोग वाणिज्य संघलाई अनुरोध गरेको छ ।
दमक थान कपडा ब्यवसायी संघले ज्ञापन पत्र बुझाएर जतासुकै ब्यापार गरी हिड्ने ब्यापारीलाई करको दायरामा ल्याउन वाणिज्य संघलाई आग्रह गरेको हो । वाणिज्य संघका कार्यवाहक अध्यक्ष विमल खतिवडालाई बस्तुगत संघ मध्येको थान कपडा संघका अध्यक्ष लक्ष्मण श्रेष्ठको टोलीले आज ज्ञापन पत्र बुझाएर वाणिज्य संघलाई ध्याकर्षण गराएको छ ।
साइकल र हातमा कपडा बोकेर बेची हिड्ने ब्यापारी दमकमा बढेपछि स्यायी रुपमा पान र भ्याट तिरेर ब्यापार गरी रहेका थानकपडा ब्यवसायी विस्थापित हुने अवस्था आएको बताउदै अध्यक्ष श्रेष्ठले समस्या दर्साउनु भयो । वाणिज्य संघले सरकारी कार्यालयसंग समन्वय गरी पूर्वको नाका झापाको काकरभिटा र मोरङ्गको विराटनगर स्थित जोगवनीमा समेत खुल्ला रुपमा कपडाका समान ल्याउनेलाई करको दायरामा ल्याउनु पर्ने अध्यक्ष श्रेष्ठको सुझाव छ ।
यदी नाकाहरु खुल्ला छोड्ने र फुतपाथमा ब्यापार गरी हिड्ने ब्यापारीलाई वाणिज्य संघ र सरकारले पान वा भ्याटको दायरामा नल्याउने हो भन्ने दमकका धेरै थान कपडा ब्यवसायी यो पेशाबाट विस्थापित हुने भन्दै उहाँले गुनासो गर्नु भयो । वाणिज्य संघका कार्यवाहक अध्यक्ष खतिवडाले ज्ञापन पत्र बुझी सकेपछि थान कपडा ब्यवसायीको समस्या प्रति गम्भीर भएर अघि बढ्ने र चाँडो यसको सामधान खोज्ने आश्वसन दिनु भयो । सामाजिक कार्य र विवाहको बहानामा भन्सार नतिरी खुलखुल्ला ढंगले ल्याउन गर्दा सरकारलाई पनि आउने सबै खाले कर पनि खेर गएको ज्ञापन पत्रमा उल्लेख छ ।
दमकमा १५ लाख देखि एक करोड सम्मको ब्यापार गर्ने थान कपडा ब्यवासायी रहेको संघले जनाएको छ
बस्तुगत संघमा दर्ता भएका ४५ वटा थान कपडाका ब्यवासायी भए पनि दर्तामा नआएका एक सय बढीको हाराहारीका ब्यापारीहरु रहेको बताइएको छ ।

एजेन्सी ।

भारतले ताइवान कार्डको प्रयोग गर्न खोजेको भन्दै चीनले यसबारेमा कडा टिप्पणी सहित भारतलाई चेतावनी दिएको छ ।

ताइवान र भारतबीच औद्योगिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको दुई हप्ता पछि चिनीयाँ सरकारको आधिकारीक धारणा लेख्ने विश्वास गरिँदै आएको चीनीयाँ पत्रिकाले यस्तो उल्लेख गरेको छ ।

चिनियाँ र ताइवानी सञ्चारमाध्यममा विभिन्न टीकाटिप्पणी भइरहेका बेलामा चिनियाँ सरकारी अखबारले त्यसलाई लिएर भारतलाई सचेत गराएको हो ।

ताइवानलाई लिएर भारत आगोसँग खेलिरहेको भन्दै चीनको ग्लोबल टाइम्सले भारतीय प्राज्ञहरुले पछिल्लो समझदारीलाई दुई देशबीचको आवश्यक राजनीतिक तथा रणनीतिक सम्बन्ध भनेका छन् जबकि ताइवानको प्रश्न कुनै सरकारी स्तरको मुद्दा होइन। कतिपय भारतीयहरुले मोदी सरकारलाई ुताइवान कार्डु प्रयोग गर्न सल्लाह दिइरहेका छन् जुन भारत(चीन सम्बन्धका लागि खतरनाक साबित हुन सक्छ। उल्लेख गरेको छ ।

भारतसँग भएको समझदारीलाई ताइवानी सञ्चारमाध्यमले दुई देशबीच व्यापार र लगानी बढ्ने बताइरहँदाभन्दै चीनले ूखासमा ताइवान कार्डको प्रयोग गर्दा भारत यो कुरा बिर्सन पुग्छ कि ऊ आफैँ कैयौँ संवेदनशील मुद्दाको सामना गरिरहेको छ, भारतले यो कुरा सम्झनुपर्छ कि आफ्नो चीन नीतिबारे लक्ष्मणरेखा पार गरे त्यसलाई उसले थेग्न सक्दैन।ू

चिनियाँ सरकारी अखबारले ताइवानकी राष्ट्रपतिलाई पनि सचेत गराउँदै -यिङ वेन खतरासँग खेलिरहेकी छन्, उनले ताइवानको स्वतन्त्रता मुद्दामाथि काम गरिरहेकी छन्। यदि ताइवान कार्डको प्रयोग गरी भारतले डोकलाम गतिरोधको बदला लिन सकिन्छ भन्ने ठान्छ भने त्यो उसको भ्रम हो। भनेको छ ।

ताइपेइमा अक्टोबर १२ मा भारतसँग औद्योगिक सहयोग सम्मेलन भएको थियो।

सरकारी आंकडा अनुसार भारत र ताइवानबीच पछिल्लो समय व्यापार बढ्दो छ ।

भारतले आधिकारिक रुपमा ुएक चीन नीतिु मान्ने अर्थात ताइवान स्वतन्त्र देश नभई चीनकै एउटा हिस्सा हो भन्ने स्वीकार गर्दै आएपछि मोद सरकारले अमेरिका, अष्ट्रेलिया र जापानसँग मिलेर ताइवानसँग सम्बन्ध बढाइरहेको ठानिन्छ ।

काठमाडौं ।

नेपाल औषधि लिमिटेडले माघको दोश्रो सातासम्म सिटामोल उत्पादन गरि बजारमा लैजाने तयारी गरेको जनाएको छ ।

मंगलवार काठमाडौमा आयोजना गरेको पत्रकार सम्मेलनमा लिमिटेडका महाप्रबन्धक डा.रोभस कुसुम सुवेदीले सिटामोल उत्पादनका लागि कच्चा पदार्थको आयात, प्याकेजिङ तथा वितरणका लागि बोलपत्र आह्वान लगायतका ९० प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो ।

औषधिमा आत्मनिर्भर बन्ने उद्देश्यले २०२९ सालमा स्थापना भएको सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले २०६० सालसम्म १ सय २० प्रकारका औषधि उत्पादन गर्दे आएको थियो ।

तर विश्व स्वास्थ्य संगठनको मापदण्ड (जिएमएफ) पुरा गर्न नसक्दा २०६७ सालमा बन्द भएको थियो । सरकारले गत बर्षबाट लिमिटेडलाई पुन संचालन गर्दै आएको छ ।

काठमाडौं ।

नेपालमा जलविद्युतको बजार विस्तारका साथै अनुभव र प्रविधि आदान प्रदान गर्न सहयोग पु¥याउने उद्देश्यले हिमालयन हाइड्रो एक्स्पो २०१८ आयोजना हुने भएको छ ।

यही पुष २१ देखि २३ गतेसम्म काठमाडौंमा आयोजना हुने मेलामा हाइड्रो पावर निर्माता, हाइड्रो पावरमा प्रयोग हुने उपकरण उत्पादक, सप्लायर्स, डिजाईनर्स र कन्सलट्यान्ट, बीमा कम्पनी, लगानीकर्ता र बैंक तथा वित्तीय संस्था समेत गरी १०० वटा स्टल रहने आयोजक ईपानले जानकारी दिएको छ ।

मंगलवार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा स्वतन्त्र उर्जा उत्पादक संघ (ईपान) का अध्यक्ष शैलेन्द्र गुरागाईंले सरकारले लिएको विद्युत उत्पादनको लक्ष्य पुरागर्न मेलाले मघत गर्ने बताउनु भयो ।

भृकुटी मण्डप स्थित प्रदर्शनी कक्षमा चल्ने मेलामा भारत र चीनका जलविद्युत उत्पादक कम्पनीको विशेष सहभागिता रहने छ भने भारत र चीन बाहेक दक्षिण कोरिया, जर्मनी, अष्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटाली, स्विडेन, बेलायत, ब्राजिल लगायतका मुलुकका सरोकारवाला कम्पनीको पनि सहभागिता रहने छ ।

काठमाडौं ।
सरकारले मुलुकमा उद्यमशिलताको विकास र गरिवी निवारणमा युवाहरुलाई परिचालन गर्ने भएको छ ।
उद्यमशिलताको विकास र गरिवी निवारणमा युवाहरुलाई परिचालन गर्ने सम्वन्धमा मंगलवार उद्योग मन्त्रालय र राष्ट्रिय युवा परिषद्वीच एक सम्झौतामा हस्ताक्षर भयो ।
उद्योग मन्त्रालयमा आयोजित हस्ताक्षर कार्यक्रममा उद्योग मन्त्री सुनिलवहादुर थापाले मुलुकमा रहेको वेरोजगारीको समस्या न्यूनिकरणका लागि सम्झौताको कार्यन्वयनबाट मद्दत पुग्ने बताउनुभयो ।
कार्यक्रममा उद्योग राज्यमन्त्री रेशम वहादुर लामा र राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधब प्रसाद ढुंगेलले सम्झौताबाट स्थानीय तहमा उद्योग र उद्यमशीलताको विकास, रोजगारी सिर्जना र गरिवी निवारण कार्यक्रमको कार्यान्वयनमा योगदान पुग्ने बताउनुभयो ।
सम्झौता अनुसाार मन्त्रालय मातहतका निकायबाट उद्यमशीलता विकास लगायत विभिन्न विषयमा युवाहरुलाई सीप विकास तालिम प्रदान गरिने छ भने परिषदका तर्फबाट देशका सवै जिल्लामा युवा लक्षित विभिन्न कार्यक्रमहरु सञ्चालन हुनेछन् ।
सम्झौतापत्रमा उद्योग मन्त्रालय औद्योगिक प्रवद्र्धन महाशाखाका सहसचिव प्रदीपकुमार कोइराला र युवा परिषद्का उपाध्यक्ष माधवप्रसाद ढुंगेलले हस्ताक्षर गर्नुभएको थियो ।