सशस्त्र हेडक्वाटरमा मट्टितेल हालेर भ्रष्टाचार कागजमा आगजगनी

पुस ११, २०७४ मा प्रकाशित | 746 views

काठमाडौं ।

भ्रष्टाचार गरेको कर्तुत लुकाउन सशस्त्र प्रहरी बलको हेडक्वाटरमै मट्टितेल हालेर आगलागी गराएको पाइएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको अनुसन्धानमा सशस्त्रको ढुवानी सम्बन्धी कागजपत्र जलाउन सशस्त्र प्रहरी हवल्दार रामकृष्ण श्रेष्ठले मट्टितेल छर्किएर आगो लगाएको खुलेको हो ।

महाशाखा प्रमुख एसएसपी दिवस लोहनीका अनुसार अनुसन्धानमा श्रेष्ठ आफैंले जानजान आगलागी गराएको देखिएपछि पक्राउ गरी अनुसन्धान प्रकृया अगाडि बढाउन महानगरीय प्रहरी बृत्त स्वयम्भुमा पठाइएको छ ।

‘अनुसन्धानमा दुर्घटनाका कारण नभई सशस्त्रको कर्मचारीले मट्टितेल छर्किएर आगो लगाएको देखिएपछि श्रेष्ठलाई पक्राउ गरेका हौं,’ उनले भने‘ नियोजितरुपमै आगो लगाएको देखिएपछि कारवाही प्रकृयाका लागि घटनास्थल रहेको क्षेत्रको प्रहरी कार्यालयमा पठाएका छौं ।’

कागजपत्र बुझाउँदा आफु भ्रष्टाचारमा तानिने भएपछि उनले प्रमाण नष्ठ गर्न फाइल स्टोरमा लगेर राखी आगो लगाएको देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

सशस्त्रमा सामान ढुवानी शिर्षकमा नक्कली विल खडा गरेर भ्रष्टाचार गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानकोक्रममा सशस्त्रको ३ सइ र एक हवल्दार निलम्बनमा परेका छन् ।भ्रष्टाचारमा हवल्दार श्रेष्ठ समेत संलग्न हुनसक्ने देखिएपछि अख्तियारले बोलाएर उनको बयान लिई आवश्यक कागजपत्र मगाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web