आर्मीलाई हराउँदै मोरङ ११ नवौं फाल्गुन्नद गोल्डकको सेमिफाईनलमा प्रवेश

पाँचथर ।
मोरङ ११ नवौं फाल्गुन्नद गोल्डक कप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।
पाँचथरको फिदिममा बुधबार भएको अन्तिम क्वाटरफाईनलमा मोरङ्ग ११ ले नेपाल आर्मी क्लबलाई टाईब्रेकरमा ४÷२ गोल अन्तरले पराजित गरेको थियो ।
निर्धारित समय ११ गोलको बराबरीमा सम्पन्न भए पछि खेलको निर्णय टाईब्रेकर मार्पmत गरिएको थियो ।
प्रतियोगिताको पहिलो सेमिफाईनल रुपन्देहि ११ र सुनशरी ११ बिच हुनेछ भने दोस्रो सेमिफाईनल बिराट युनाईटेड र मोरङ्ग ११ काबिच हुनेछ ।

आर्मीलाई हराउँदै मोरङ ११ नवौं फाल्गुन्नद गोल्डकको सेमिफाईनलमा प्रवेश

पाँचथर ।
मोरङ ११ नवौं फाल्गुन्नद गोल्डक कप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।
पाँचथरको फिदिममा बुधबार भएको अन्तिम क्वाटरफाईनलमा मोरङ्ग ११ ले नेपाल आर्मी क्लबलाई टाईब्रेकरमा ४÷२ गोल अन्तरले पराजित गरेको थियो ।
निर्धारित समय ११ गोलको बराबरीमा सम्पन्न भए पछि खेलको निर्णय टाईब्रेकर मार्पmत गरिएको थियो ।
प्रतियोगिताको पहिलो सेमिफाईनल रुपन्देहि ११ र सुनशरी ११ बिच हुनेछ भने दोस्रो सेमिफाईनल बिराट युनाईटेड र मोरङ्ग ११ काबिच हुनेछ ।

३३ केजी सुन तस्करी प्रकरण : सर्वोच्चद्वारा बन्दी प्रत्यक्षीकरण रिट खारेज

काठमाडौं ।  त्रिभुवन विमानस्थलबाट २० पुस २०७३ मा भएको ३३ केजी सुन तस्करीमा संलग्न आरोपीहरूले हालेको बन्दी–प्रत्यक्षीकरण रिट खारेज भएको छ । आफूहरूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै भन्सारका कर्मचारी श्रीनारायण यादव, सुन कारोबारी रामहरि कार्की, तस्करीको सुन व्यवस्था मिलाएको अभियोग लागेका दिलबन्धु थापा, कारोबारी सन्तोष काफ्ले तथा एक्स रेमा बस्ने भन्सार कर्मचारी राजकुमार ढकालले सर्वोच्च अदालतमा बन्दी–प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

सर्वोच्चका न्यायाधीश शारदाप्रसाद घिमिरे र बमकुमार श्रेष्ठको संयुक्त इजलासले सुन तस्करीमा संलग्नलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षमा थुनामा राख्न दिएको आदेश कानुनबमोजिम भएको ठहर गरेको छ । प्रहरीले सुन तस्करीमा संलग्न भनी अनुसन्धानपश्चात् अदालतमा मुद्दा दायर गरेपछि जिल्ला अदालतले संलग्न सबैलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० पुस २०७३ मा दुई सय ८२ थान सुनको बिस्कुट (३२८९२.४८ ग्राम) र ६८४.९२ ग्राम सुनको गहना गरी जम्मा ३३ किलो ५७७.४ ग्राम सुन बरामद भएको थियो, जसको मौद्रिक मूल्य १६ करोड ८२ लाख ८८ हजार सात सय रुपैयाँ ६६ पैसा हुन आउँछ, नयाँ पत्रिकामा खबर छ ।

७ प्रदेशमध्ये कुन समृद्ध र गरिब ?

काठमाडौं ।  मुलुक संघीय प्रणालीमा गएसँगै ७ प्रदेशमध्ये कुन समृद्ध र गरिब छन् भनेर लेखाजोखा सुरु भएको छ । समृद्धि र गरिबीका आधारमध्ये मुलुकभित्रमा खानीको आधार विश्लेषण गर्दा केन्द्रीय राजधानीसमेत रहेको प्रदेश ३ समृद्ध देखिएको छ । खानी विभागले दिएको तथ्यांक र उद्योग मन्त्रालयले सार्वजनिक गरेको विभिन्न वर्षको वार्षिक प्रतिवेदनअनुसार सातवटा प्रदेशमध्ये उत्खनन भइरहेको खनिज पदार्थ र खनिज पदार्थ रहेको वा नरहेको विषयमा गरिएका विभिन्न अध्ययनलाई आधार मान्दा प्रदेश २ सबैभन्दा गरिब देखिएको छ ।

खानी तथा भूगर्भ विभागले दिएको जानकारीअनुसार अहिलेसम्म मुलुकभित्र १ सय २८ ठाउँमा खनिज पदार्थ उत्खनन भएको छ । यसरी उत्खनन भएका खानीहरूमध्ये चुनढुंगाको संख्या धेरै छ ।

उत्खनन गरिएका खानीहरू स्थानका हिसाबले सबैभन्दा धेरै प्रदेश ३ मा छन् । प्रदेश २ का कुनै पनि स्थानमा खनिज पदार्थ उत्खनन भएको छैन । उत्खनन भएका खनिजमध्ये प्रदेश १ मा आठ स्थानमा खनिज उत्खनन भएको छ । जसमा पाँच ठाउँमा चुनढुंगा, दुई ठाउँमा रातोमाटो र एक ठाउँमा स्फटिकको उत्खनन भएको छ ।

त्यस्तै, सबैभन्दा बढी प्रदेश ३ मा ४५ स्थानमा खनिज उत्खनन भइरहेको छ । धादिङमा एक ठाउँमा डोलोमाइट, दुई ठाउँमा फलाम, एक ठाउँमा सिसा, २२ ठाउँमा चुुनढुंगा, एक ठाउँमा म्याग्नेसाइट, तीन ठाउँमा मार्बल, नौ ठाउँमा क्वार्टजित नामक धातु उत्खनन भइरहेको छ । चुनढुंगाजस्तै टल्क धातुको पनि प्रदेश ३ मा पाँच ठाउँमा उत्खनन भइरहेको छ ।यसरी उत्खनन भइरहेका खानीमध्ये प्रदेश ४ मा सात ठाउँ, प्रदेश ५ मा ३६ ठाउँ र प्रदेश ६ मा २५ स्थानमा खानी उत्खनन भइरहेको विभागले जनाएको छ । प्रदेश ७ मा आठ ठाउँमा खनिज उत्खनन भइरहेको छ ।

प्रदेश नं.               उत्खनन सुरु भइसकेका      अध्ययन सुरु/स्वीकृति पाएका

प्रदेश १                            ८                                  ३७

प्रदेश २                            ०                                  २

प्रदेश ३                           ४५                               १६१

प्रदेश ४                           ७                                 २१

प्रदेश ५                          ३६                                 ९९

प्रदेश ६                          २५                                २३

प्रदेश ७                          ८                                   २२

विभागको स्वीकृतिमा विभिन्न कम्पनी एवं संस्थाले गरेको अध्ययनले मंगलबारसम्म मुलुकभर ३ सय ६५ स्थानमा खानी भेटिएको छ । यो अध्ययनका लागि अनुमति माग्ने कम्पनीको संख्या बढिरहेकोे विभागले जनाएको छ । विभागका सिनियर डिभिजन इन्जिनियर कृष्णदेव झाले विभागले अध्ययनका लागि जहिले पनि अनुमति दिन सक्ने भन्दै यो संख्या दैनिक बदलिन सक्ने जानकारी दिए, सुदर्शन अर्यालले राजधानी दैनिकमा खबर लेखेका छन्  ।

तातोपानी खोल्न चीनको प्रस्ताव-संयुक्त सुरक्षा संयन्त्र, चिन बिरोधी गतिविधिको सुचना माग

काठमाडौं ।

चीनले तिब्बती गतिविधि नियन्त्रण गर्ने संयुक्त सुरक्षा संयन्त्र निर्माण गरेर तातोपानी नाका खोल्ने सन्देश दिएको छ ।

गत शनिबार खासामा भएको दुईपक्षीय बैठकमा चीनले प्रस्तुत गरेको ‘ज्वाइन्ट कमान्ड मेकानिज्म’ र ‘ज्वाइन्ट कमान्ड मेकानिज्म अफिस’ स्थापनाको प्रस्ताव लिएर सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी काठमाडौं आएका छन् । गत असारमा रसुवामा पनि यस्तो संयन्त्र गठन भइसकेको छ ।

तिब्बतको खासामा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग चीनको सीमा सुरक्षा हेर्ने सिनियर कर्नेल वाङ जिङ त्याङ्वीले दुई दस्ताबेज पेस गरेका थिए ।

‘प्रतिवेदन लिएर काठमाडौं आएको छु । गृह मन्त्रालयले जे निर्देशन दिन्छ, त्यहीअनुसार अघि बढ्छु,’ सिडिओ तामाङले भने । आजको नयाँ पत्रिकामा पर्शुराम काफ्लेले लेखेका छन् ।

उनका अनुसार सीमावर्ती क्षेत्रमा तिब्बतीहरूको गतिविधि भइरहेको चिनियाँ अधिकारीहरूको आशंका थियो । उनीहरूले बाह्रबिसेमा यस्ता गतिविधि भइरहेको दलिल नै पेस गरेका थिए । तर, नेपाली अधिकारीले त्यस्तो नरहेको स्पष्ट पारेका थिए ।

‘सिडिओ, जिल्ला प्रहरी प्रमुख, सशस्त्र सीमा बलका प्रमुख अनि अप्रेसन अफिसरको तहमा संयुक्त कमान्ड बनाउने, संयुक्त गस्तीदेखि चेकिङसम्म गर्ने, कार्यालय स्थापना गर्नेसम्मको प्रस्ताव आएको छ,’ तामाङले भने, ‘चीनको सुरक्षाका लागि सूचना दिएबापत सघाउने नेपाली सुरक्षाकर्मीलाई पुरस्कृत गर्नेसमेतको चिनियाँ प्रस्ताव छ ।’ त्यसबापत नेपाललाई आर्थिक भार नपर्ने चिनियाँ अधिकारीहरूले बैठकमा बताएका थिए ।

नाका खुल्ने ३ आधार-अस्मान तामाङ, सिडिओ

१. खासाबाट तिब्बततिर अत्यन्तै राम्रो बाटो बनेको छ । खासाबाट बस्ती हटिसकेको छ, केवल सुरक्षाकर्मी मात्र छन् ।

२. खासादेखि मितेरी पुलसम्म चार स्थानमा बाटो निर्माण भइरहेको छ ।

३. उनीहरूकै उद्योगी–व्यापारीले नाका खोल्न सल्लाह दिँदै आएका रहेछन् । दुई महिनाभित्र नेपालसम्म आउने एक्सेस रोड खोल्ने र सन् २०१९ सम्म फराकिलो बाटो बनाउने वचन तिब्बत सरकारले दिएको रहेछ ।

प्रचण्ड दाहाल हप्तादिनदेखी भेटघाट बन्द, सबैबाम एकतामा दुई बामबिचमै खटपटको आशंका

काठमाडौं ।

सबैबाम एकैठाम भन्दै बाम एकता तथा पार्टी एकिकरणमा जुटेका वाम गठबन्धनका दुई शीर्ष नेता एक अर्काको भूमिकाप्रति आशंका गर्न थालेका छन् ।

एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच केही दिनयता प्रत्यक्ष भेटघाटसहितको संवाद हुन नसक्दा आशंका र अविश्वास जन्मिएका छन्। यो खबर रामकृष्ण अधिकारीले आजको अन्नपूर्णमा लेखेका छन्।

गठबन्धन निर्माणकै बेला प्रस्ट चित्र नआइसकेकाले पार्टी एकतापछिको नेतृत्व व्यवस्थापनमा विभिन्न अड्कलवाजी हुँदै आएका थिए। सरकारको नेतृत्व, पार्टी नेतृत्व, आलोपालो सरकारलगायत चर्चा चलेका थिए। दुवै नेताले आफूहरूका लागि व्यक्तिगत पदरप्रतिष्ठा पार्टी एकताभन्दा ठूलो हुन नसक्ने बताउँदै आइरहेका थिए। २९ मंसिरमा बबरमहलको एक निजी निवासमा भएको छलफलबाहेक पार्टी एकताका विषयमा दुई पार्टीका शीर्ष नेताबीच प्रत्यक्ष संवाद हुन नसकेपछि अविश्वास चुलिएको छ।

नेताबीच संवाद हुन नसक्नुमा केही अप्ठ्यारा र आशंका आइपरेको दुवै पार्टीका नेता स्विकार्छन्। तर, त्यस्तो आशंकाका विषयमा भने मुख खोल्न चाहँदैनन्। ‘केही समस्या र अप्ठ्यारा आइपरेका छन् तर त्यो वार्ताका क्रममा हटेर जान्छन्’, माओवादी केन्द्रका सचिवालय सदस्य चक्रपाणि खनालले अन्नपूर्णसँग भने। ५ दिनयता चितवनमा रहेका माओवादी अध्यक्ष दाहाल मंगलबार काठमाडौं आएसँगै दुई नेताबीच ‘वान टु वान’ छलफल हुने बताइए पनि छलफल हुन सकेन। न त नेताहरूले छलफलको मिति र समय नै निर्धारण गरिसकेका छन्। जसले गर्दा पनि एमालेस्माओवादी बीचको पार्टी एकतामा खटपट सुरु हुन थालेको हो कि भन्ने आशंकालाई बल पुगेको छ। तर, दाहालको निजी सचिवालयले दुई पार्टीबीचको एकतामा शंका गर्ने कुनै ठाउँ नरहेका कारण तरंगित भइरहनु नपर्ने प्रतिक्रिया दिएको छ।

दुई पार्टीका शीर्ष नेताको अभिव्यक्ति, दोस्रो तहका नेताहरूको पार्टी एकताका लागि दबाब बढाउन भइरहेको दौडधुप र गृहकार्य हेर्दा एमालेस्माओवादीका अध्यक्षबीच अहिले केही आशंकाले घर गरेको छ। त्यसैको प्रत्युत्तर जवाफमा दाहाल गृहजिल्ला चितवन पुगेर ५ दिन बसिदिने, आलोपालो सरकारको नेतृत्वमा सहमति भएको खुलासा गर्नेदेखि एमालेले माओवादीभन्दा पहिले उपेन्द्रसँग सरकार गठनका लागि छलफल गरेको जस्ता ओलीलाई सशंकित बनाउने अभिव्यक्ति दिएका थिए।

यता, ओलीले दाहालले आलोपालो सरकारको नेतृत्वमा दिएको अभिव्यक्तिदेखि आफ्नै पार्टी नेता माधव नेपाल पक्षसँग दाहालले बढाएको बाक्लो हिमचिममा आफ्नो असन्तुष्टि रहेको एक कार्यक्रममा पोखेपछि दुवै पक्ष एकस्अर्कासँग सशंकित हुन थालेका छन्। ‘नाङ्लो ठटाएर हात्ती तर्साउने भनेजस्तो अहिले ओलीस्प्रचण्ड एकअर्काका सामान्य अभिव्यक्ति र गतिविधिलाई आशंका गर्ने र तरंगित हुने गर्न थाल्नुभएको छ’, माओवादीका एक नेताले भने, ‘पार्टी एकताबाट कोही पनि पछाडि हट्न सक्ने अवस्था छैन तर केही आशंका जन्माइदिएको छ, यो हटाउने प्रयास जारी छ।’ दाहाल संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई ओलीले निर्वाचन आयोगले समानुपातिक तर्फको पूर्ण परिणाम नै सार्वजनिक नहुँदै दिएको महत्व देखेर झस्किएका छन्।

कतै ओलीले फोरमलाई साथमा लिएर आफूहरू बिनाकै सत्तारोहणको तयारी गर्दै त छैनन् भन्ने आशंका दाहालले गरेका छन्। उपेन्द्रसँग ओलीले भेट गरेको विषयमा माओवादीले एमालेसँग बुझ्दा भेटै नभएको प्रतिक्रिया दिएपछि माओवादी थप झस्किएको थियो। माओवादी नेता चक्रपाणि खनालका अनुसार उपेन्द्रसँगको ओलीको भेट पनि गठबन्धनभित्र देखा परेको एउटा गाँठो हो। ‘उपेन्द्र्रसँगको भेटलाई नै एमाले पक्षबाट गुपचुप राख्न खोजियो तर उपेन्द्रले भेट भएको कुरा स्विकारे, यसबाट पनि केही आशंका जन्मियो, निर्वाचन रिजल्टको सुरुमै माओवादी अब आफूहरूसँगको गठबन्धनमा आए पनिस्नआए पनि केही हुन्न भनेजसरी जान खोजियो, गाँठो त्यहीँ पर्‍यो’, खनालले भने।

ओलीलाई पनि दाहालले चितवनमा पुगेर आलोपालो सरकारको नेतृत्व गर्ने अभिव्यक्ति दिएपछि चिढ्याउने काम गर्‍यो। त्यसमाथि आफूसँग भन्दा पछिल्ला दिनमा दाहालको पार्टीभित्रकै नेता माधव नेपालसँगको भेटघाट र संवादले ओलीलाई दाहालप्रति सशंकित बनाएको ओलीनिकट स्रोतले बतायो। त्यसो त ओलीले सोमबार साँझ अन्नपूर्ण होटलमा निजी तथा उच्च माध्यमिक विद्यालयको संगठन हिसानका पदाधिकारीसँगको रात्रिभोजमा त्यसप्रतिको असन्तुष्टि खुलेरै राखेका थिए।

ओलीले आलोपालो सरकारको नेतृत्वका विषयमा दाहालले अहिले अभिव्यक्ति दिएर सही नगरेको धारणा व्यक्त गरेका थिए। ‘प्रचण्डजीले सरकारको आलोपालोको विषय चितवनमा गएर बोलिदिनुभयो, यसले जनताको स्थिर सरकारको अपेक्षामा चोट लाग्ने गरी नराम्रो सन्देश गयो, पार्टी नै एउटै भएपछि को प्रधानमन्त्री के भन्ने कुरा ठूलो होइन’, ओलीले रात्रिभोजमा व्यक्त भनाइ उद्धृत गर्दै हिसानका एक पदाधिकारीले भने, ‘त्यस्तै भूमिकै नभएका व्यक्तिले अहिले पार्टी एकताको पहल गरेको अभिव्यक्ति दिने गरी जान थाल्नुभयो, यो पनि ठीक भएन, अहिले नै आफ्नो भूमिका खोज्ने काम गर्नुभएन।’

ओलीस्दाहालबीच अविश्वास जन्मँदै गर्दा दुई पार्टीबीच एकताका लागि निर्माण भएको एकता संयोजन समितिको बैठक १५ कात्तिकयता बसेको छैन। समितिको बैठक बस्ने भनिए पनि प्राविधिक कारणले सर्दै आएका छन्।

पारसको निर्मल निवास प्रवेश प्रयास-हिमानीसँग नाचगान, ज्ञानेन्द्रसँग टिका ग्रहण

काठमाडौं ।

झन्डै तीन  वर्षअघि नेपाल फर्किए पनि पूर्व युवराज पारस शाहले निर्मल निवासमा अझै औपचारिक प्रवेश पाएका छैनन् ।

यद्यपी, पछिल्ला दिनमा उनले पत्नी हिमानीसहित परिवारका सदस्यसँगको सम्बन्धमा भने सुधार गर्दै छन् । आफ्ना उद्दण्ड गतिविधि र अनियन्त्रित खानपिनमा पनि उनले नियन्त्रण गरेका छन् ।

२०७१ चैतमा बैंककबाटछ फर्किएपछि पारस बहिनी शीताष्मा 'काका धिरेन्द्रकी छोरी' को घरमा बस्दै आएका छन् ।

पिता पूर्वराजा ज्ञानेन्द्र, आमा कोमल र पत्नी हिमानीसहित परिवारका  सदस्यसँगको उनको भेटघाट कमै हुने गरेको थियो। तर पछिल्लो एक वर्ष यता बाबु आमा र श्रीमतीसँगको भेटघाट भने बाक्लो भएको  खबर योगेश ढकालले आजको गज्जब साप्ताहिकमा लेखेका छन् ।

पारस १५ असोजमा पत्नी हिमानीको जन्मदिनमा सहभागी  भए। परिवारका नजिकका आफन्तबीच मनाइएको उक्त कार्यक्रममा पारस र हिमानी केहीबेर सँगै नाँचेका पनि थिए ।

उनीहरूलाई सँगै नाच्न नातेदारहरूले मिलाइदिएका थिए। दसै तिहार बुबा आमासहित परिवारसाग निर्मल निवासमै रमाइलो गरेर मनाए ।

रानीपोखरीलाई कुरुप बनाउँदा एकजुट, मेयर उपमेयर दलिय दाउपेचको लडाईमा

काठमाडौं ।

रानीपोखरीको पुनर्निर्माणका नाममा कंक्रिकको प्रयोग, व्यापारिक प्रयोजनको संरचना लगायतमा जनबिरोधन नहुँदासम्म मौन देखिएका काठमाडौंका मेयर उपमेयर अहिले आएर दलिय विवादमा उत्रेका छन ।

काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरबीचको मतभेद सतहमै देखिएको छ । यो विवादमा मेयर र उपमेयरसँगै सम्पदा जोगाउनुपर्छ भन्ने तथा व्यापारिक प्रयोजना उपयोग गर्नुपर्ने आवाज उठाउने पनि कम छैनन् ।

मेयर विद्यासुन्दर शाक्यले सम्पदा नमासिने गरी काम भइरहेको झुठो दाबी गरिरहेका बेला उपमेयर हरिप्रभा खड्गी पुनर्निर्माण कार्य रोक्न लागिपरेकी छन् ।

महानगरपालिकाले पुनर्निर्माण गर्ने क्रममा हाल रानीपोखरीको दक्षिणतर्फ पूरै, पूर्वतर्फ करिब ८० प्रतिशत र पश्चिमतर्फ जमलदेखि बालगोपाल मन्दिरसम्मको भागमा पर्खालसहित ढलान गरिएको छ। पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण भने पुरातत्व विभागले गरिरहेको छ।

महानगरपालिकाकी उपमेयर खड्गी मंगलबार बिहान १० बजे रानीपोखरी पुगेर पर्खाल र ढलानको काम तत्काललाई रोक्न निर्देशन दिइन्। रानीपोखरी पुनर्निर्माणका क्रममा सम्पदा संरक्षणमा चासो राख्ने र स्थानीय बासिन्दाले रड र सिमेन्ट प्रयोग भएकोप्रति विरोध जनाएपछि काम रोक्न लगाएको उनले तर्क गरेकी छिन् । जनस्तरबाट बिरोध सुरुभएपछि आफु निर्माणको बिपक्षमा रहेको देखाउन खडकी बिरोधमा उत्रिएको उनको अहिलेसम्मको मौनताले देखाइसकेको महानगरकै कर्मचारीहरु बताउँछन ।

उपमेयर खड्गी रानीपोखरी पुग्दा भेला भएका स्थानीयले आधुनिक निर्माण सामग्रीको प्रयोगले सम्पदाको अस्तित्व संकटमा परेको गुनासो गरेका थिए। रानीपोखरी संरक्षण अभियन्ताले खड्गीको अनुगमनलगत्तै पोखरी प्रवेशमा तालाबन्दी गरेका थिए। अभियन्ता आलोक तुलाधरले उपमेयर खड्गी, सम्पदाविद् र पुरातत्वविद्कै समर्थनमा जमलतर्फबाट रानीपोखरी प्रवेशद्वारमा तालाबन्दी गरिएको जानकारी दिए। तालाबन्दीका कारण मंगलबारदेखि निर्माण कार्य रोकिएको छ। डोजरलगायत निर्माण सामग्री पोखरीमै छन्। रानीपोखरी अहिले पानीविहीन छ । गोपीकृष्ण ढुंगानाले आजको अन्नपूर्णमा खवर लेखेका छन्।

उपमेयर फर्किएको केही समयपछि मेयर विद्यासुन्दर शाक्य रानीपोखरी पुगे। शाक्य पुग्दा प्रवेशद्वारमा ताला लागेको थियो। त्यहाँ लेखिएको थियो, ‘सम्पदामाथि भएको अतिक्रमणको विरोधमा तालाबन्दी।’

उनले ताला खुलाउन रानीपोखरी रहेको वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गीलाई फोन गरे। वडाध्यक्षले ताला खोल्न नसक्ने बताएपछि शाक्यले प्रहरी बोलाएर ताला फोड्न लगाए। मेयर शाक्यले पोखरीको किनारा, चलिरहेको निर्माण कार्य, पोखरीको बीचमा रहेको बाल गोपालेश्वर मन्दिरलगायत संरचना अवलोकनमा करिब २ घन्टा बिताएका थिए। अवलोकनपछि आफूले पुरातत्व विभागकै स्वीकृतिमा डिजाइन गरिएअनुसार काम गरिरहेको दाबी मेयर शाक्यले गरे। उनले भने, ‘सम्पदा संरक्षण मेरो प्राथमिकताको विषय भएकाले ऐतिहासिक रानीपोखरीको मौलिकताविपरीत जान सक्दिनँ। यो योजना कार्यान्वयन म आउनुअघि महानगरपालिका, पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागले निर्णय गरी काम थालिएकाले विस्तृत अध्ययनपछि मात्र म ठोस निर्णयमा पुग्नेछु।’ तीनवटै निकायको संयुक्त प्रक्रियाबाट ०७२ माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको पुनर्निर्माण थालनी गरेकी थिइन्।

‘रानीपोखरी पुनर्निर्माण संस्थागत निर्णय हो। निर्वाचित जनप्रतिनिधि सबैका साझा भएकाले पक्ष र विपक्षमा नरही काम गर्नेछु’, महानगरका मेयर शाक्यले भने।उपमेयर श्रेष्ठले पनि मेयर र उपमेयरबीच विवाद नभएको भन्दै साझा मत निर्माण गर्न मेयरसँग भेट्ने बताइन्।

लिभेवल काठमाडौं र सोसाइटी अफ नेप्लिज आर्किटेक्ट 'सोना'ले सोमबार राजधानीमा आयोजना गरेको रानीपोखरी पुनर्निर्माणसम्बन्धी बहसमा प्राध्यापक डा। सुदर्शनराज तिवारीले पोखरीसँग मानिसको सम्बन्ध जोडे मात्र बच्ने उपाय सुझाउँदै त्यो नभए नासिएर जाने भन्दै रानीपोखरीलाई तीर्थका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए।

रानीपोखरीमा स्टिल र कंक्रिटको प्रयोग २०१५/२०१८ सालको पुनर्निर्माण क्रममा पनि गरिएको जानकारी दिँदै उनले भने, ‘पुनर्निर्माण गर्ने क्रममा एकपटक गल्ती भएको हो तर पहिलेको गलत नजिर देखाएर बारम्बार गल्ती गर्न हुँदैन।’तत्कालीन राजा प्रताप मल्लले नेपाल संवत् ७९० मा पाँच वर्ष लगाएर रानी पोखरी निर्माण गर्न लगाएका थिए।

बहसमा काठमाडौं ४ का प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले तत्कालका लागि पुनर्निर्माणको काम रोकेर डिजाइनबारे छलफल गर्नुपर्ने बताएका थिए। काठमाडौं ६ का सांसद भीमसेनदास प्रधानले रानीपोखरी व्यापारिक प्रयोजनका लागि निर्माण भइरहेको आरोप लगाएका थिए।पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले महानगरले हाल गरिरहेको काम नियमविपरीत भएको दाबी गरे।

रानीपोखरीको पानी सुकाउँदा पनि कुनै सल्लाह नलिएको बताउँदै उनले अन्नपूर्णसँग भने, ‘आधुनिक सामग्री प्रयोग गर्नै नहुने भन्ने होइन तर नियम सम्पदाको शैली र स्वरूप बिग्रने गरी काम गर्न भने पाइँदैन।’

रमेश खरेलको पहलमा कालिकोट म्यादी प्रहरी मृत्यु घटना बिवाद मिल्यो

कालिकोट ।
गएको सात गते कालिकोट जिल्लामा प्रदेस तथा प्रतिनिधि सभा निर्वाचानका लागी भर्ना गरिएका म्यादी प्रहरी र जिल्ला प्रहरी कार्यालय बिच भएको बिवादमा प्रहरीले चलाएको गोलि लागेर म्यादी प्रहरी बिबेक ऐडिको मत्यु भए पछि उत्पन्न बिवाद समाधान भएको छ । बिवाद समाधान भए संगे कालिकोट जिल्ला सदरमुकामको तनाव ग्रस्त अबस्था सामान्य बनेको छ । जिल्ला प्रहरी कार्यालको अगाडी प्रहरीको गोलि लागेर म्यादी प्रहरीको ज्यान गए पछि आक्रोसित स्थानियको देआन्दोलनका कारण काकिलोटको जनजिवन अस्तब्यस्त बनेको थियो । नेपाल सरकरका गहृ सहससचिव मान बहादुर बिश्वकर्मा नेपाल प्रहरीका डिआईजि रमेस खरेल सहीतको सरकारी उच्च स्तरीय छनाबिन समिति कालिकोट पुगेर पिडितका परिवार संग बर्ता गरे पछि ५ दिन पछि मृतकका आफन्तले जिल्ला अस्पतालमा पोष्टमाटम पछि सबबुझेका छन । उनको भाृलि बिधि पुर्वका शान्तिघाट स्थित िआर्यघाटमा दहासंसकार गरिने मृतकका आफन्तले जनाएका छन । सरकारी छनाबिन समितिले कालिकोटमा बसेर घटनाको अनुसन्धान गरि रहेको छ ।

सशस्त्र हेडक्वाटरमा मट्टितेल हालेर भ्रष्टाचार कागजमा आगजगनी

काठमाडौं ।

भ्रष्टाचार गरेको कर्तुत लुकाउन सशस्त्र प्रहरी बलको हेडक्वाटरमै मट्टितेल हालेर आगलागी गराएको पाइएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको अनुसन्धानमा सशस्त्रको ढुवानी सम्बन्धी कागजपत्र जलाउन सशस्त्र प्रहरी हवल्दार रामकृष्ण श्रेष्ठले मट्टितेल छर्किएर आगो लगाएको खुलेको हो ।

महाशाखा प्रमुख एसएसपी दिवस लोहनीका अनुसार अनुसन्धानमा श्रेष्ठ आफैंले जानजान आगलागी गराएको देखिएपछि पक्राउ गरी अनुसन्धान प्रकृया अगाडि बढाउन महानगरीय प्रहरी बृत्त स्वयम्भुमा पठाइएको छ ।

‘अनुसन्धानमा दुर्घटनाका कारण नभई सशस्त्रको कर्मचारीले मट्टितेल छर्किएर आगो लगाएको देखिएपछि श्रेष्ठलाई पक्राउ गरेका हौं,’ उनले भने‘ नियोजितरुपमै आगो लगाएको देखिएपछि कारवाही प्रकृयाका लागि घटनास्थल रहेको क्षेत्रको प्रहरी कार्यालयमा पठाएका छौं ।’

कागजपत्र बुझाउँदा आफु भ्रष्टाचारमा तानिने भएपछि उनले प्रमाण नष्ठ गर्न फाइल स्टोरमा लगेर राखी आगो लगाएको देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

सशस्त्रमा सामान ढुवानी शिर्षकमा नक्कली विल खडा गरेर भ्रष्टाचार गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानकोक्रममा सशस्त्रको ३ सइ र एक हवल्दार निलम्बनमा परेका छन् ।भ्रष्टाचारमा हवल्दार श्रेष्ठ समेत संलग्न हुनसक्ने देखिएपछि अख्तियारले बोलाएर उनको बयान लिई आवश्यक कागजपत्र मगाएको थियो ।

सशस्त्र हेडक्वाटरमा मट्टितेल हालेर भ्रष्टाचार कागजमा आगजगनी

काठमाडौं ।

भ्रष्टाचार गरेको कर्तुत लुकाउन सशस्त्र प्रहरी बलको हेडक्वाटरमै मट्टितेल हालेर आगलागी गराएको पाइएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको अनुसन्धानमा सशस्त्रको ढुवानी सम्बन्धी कागजपत्र जलाउन सशस्त्र प्रहरी हवल्दार रामकृष्ण श्रेष्ठले मट्टितेल छर्किएर आगो लगाएको खुलेको हो ।

महाशाखा प्रमुख एसएसपी दिवस लोहनीका अनुसार अनुसन्धानमा श्रेष्ठ आफैंले जानजान आगलागी गराएको देखिएपछि पक्राउ गरी अनुसन्धान प्रकृया अगाडि बढाउन महानगरीय प्रहरी बृत्त स्वयम्भुमा पठाइएको छ ।

‘अनुसन्धानमा दुर्घटनाका कारण नभई सशस्त्रको कर्मचारीले मट्टितेल छर्किएर आगो लगाएको देखिएपछि श्रेष्ठलाई पक्राउ गरेका हौं,’ उनले भने‘ नियोजितरुपमै आगो लगाएको देखिएपछि कारवाही प्रकृयाका लागि घटनास्थल रहेको क्षेत्रको प्रहरी कार्यालयमा पठाएका छौं ।’

कागजपत्र बुझाउँदा आफु भ्रष्टाचारमा तानिने भएपछि उनले प्रमाण नष्ठ गर्न फाइल स्टोरमा लगेर राखी आगो लगाएको देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

सशस्त्रमा सामान ढुवानी शिर्षकमा नक्कली विल खडा गरेर भ्रष्टाचार गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानकोक्रममा सशस्त्रको ३ सइ र एक हवल्दार निलम्बनमा परेका छन् ।भ्रष्टाचारमा हवल्दार श्रेष्ठ समेत संलग्न हुनसक्ने देखिएपछि अख्तियारले बोलाएर उनको बयान लिई आवश्यक कागजपत्र मगाएको थियो ।

सशस्त्र हेडक्वाटरमा मट्टितेल हालेर भ्रष्टाचार कागजमा आगजगनी

काठमाडौं ।

भ्रष्टाचार गरेको कर्तुत लुकाउन सशस्त्र प्रहरी बलको हेडक्वाटरमै मट्टितेल हालेर आगलागी गराएको पाइएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको अनुसन्धानमा सशस्त्रको ढुवानी सम्बन्धी कागजपत्र जलाउन सशस्त्र प्रहरी हवल्दार रामकृष्ण श्रेष्ठले मट्टितेल छर्किएर आगो लगाएको खुलेको हो ।

महाशाखा प्रमुख एसएसपी दिवस लोहनीका अनुसार अनुसन्धानमा श्रेष्ठ आफैंले जानजान आगलागी गराएको देखिएपछि पक्राउ गरी अनुसन्धान प्रकृया अगाडि बढाउन महानगरीय प्रहरी बृत्त स्वयम्भुमा पठाइएको छ ।

‘अनुसन्धानमा दुर्घटनाका कारण नभई सशस्त्रको कर्मचारीले मट्टितेल छर्किएर आगो लगाएको देखिएपछि श्रेष्ठलाई पक्राउ गरेका हौं,’ उनले भने‘ नियोजितरुपमै आगो लगाएको देखिएपछि कारवाही प्रकृयाका लागि घटनास्थल रहेको क्षेत्रको प्रहरी कार्यालयमा पठाएका छौं ।’

कागजपत्र बुझाउँदा आफु भ्रष्टाचारमा तानिने भएपछि उनले प्रमाण नष्ठ गर्न फाइल स्टोरमा लगेर राखी आगो लगाएको देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

सशस्त्रमा सामान ढुवानी शिर्षकमा नक्कली विल खडा गरेर भ्रष्टाचार गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानकोक्रममा सशस्त्रको ३ सइ र एक हवल्दार निलम्बनमा परेका छन् ।भ्रष्टाचारमा हवल्दार श्रेष्ठ समेत संलग्न हुनसक्ने देखिएपछि अख्तियारले बोलाएर उनको बयान लिई आवश्यक कागजपत्र मगाएको थियो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web