हेटौंडा ।

मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्षका उम्मेदवार महेन्द्र राउतले मतदाताको घर दैलोमा पुगेर आफ्ना प्रबिद्धताहरु राखेका छन् ।

घरदैलोमा पुगेर आफ्ना एजेण्डाहरुबारे मतदातालाई बताउँदै मत माग्न ब्यस्त रहेका राउतले बुधबार हेटौंडा ९ र ८ नम्बर वडामा घरदैलो गरे ।

घरदैलोको क्रममा मतदाताहरुले उनलाई २५ मिटर सडक,ब्यवसायीक हित र औद्योगिक बातावरण निर्माण लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

महासंघको बिभिन्न तहमा बसेर काम गरिसकेकाले ब्यवसायीहरुको समस्याबारे आफु जानकार रहेको बताउँदै राउतले थारै पुँजि लगानी गरेर ब्यवसाय गरिरहेकाहरु प्रवद्र्धन आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।

‘हामी झुठा सपना बाँढ्दैनो,तर बोलेका सबै कुरा पुरा गरेर छाड्छौं’, उनले भने,‘कुनैपनि ब्यवसायीले गरेर खान पाईन भन्ने गुनासो गर्ने ठाउँ रहँदैन । हामी ढुक्कले काम गरेर खान सक्ने बातावरण बनाउँछौं ।’

उनीसँग बाणिज्य तर्फका उपाध्यक्षका उम्मेदवार कृष्ण कुमार गुप्ता अग्रवाल, उद्योग तर्फका उपाध्यक्षका उम्मेदवार रबिन्द्र प्रसाद घिमिरे,एशोसियट उपाध्यक्ष उज्वल चौँलागाई लगायत सदस्यका उम्मेदवारहरुको सहभागिता रहेको थियो । घरदैलो संगै अध्यक्षका उम्मेदवार राउतले बिभिन्न बस्तुगत समुहहरुसँग पनि भेटघाट गरे ।

नेपाली उत्पादन प्रर्वद्धन गर्न भारत देहरादुनमा व्यापार मेला हुँदै

काठमाडौं ।

नेपाली उत्पादन तथा पर्यटनलाई भारतमा प्रर्वद्धन गर्न सहयोग पुरयाउने उद्देश्यले दोस्रो इण्डो नेपाल व्यापार मेला तथा पर्यटन महोत्सव भारतको उत्तराखण्ड देहरादुनमा आयोजना हुने भएको छ ।

उद्योग वाणिज्य संघ कञ्चनपुर र भारतको उत्तराखण्ड उद्योग एशोसिएसनको समन्वयमा आउँदो माघ १९ गतेदेखि २५ गतेसम्म उक्त महोत्सव आयोजना गरिएको हो ।

नेपालमा उत्पादित वस्तु तथा सेवाको बजार प्रवद्र्धन गर्नका लागि महोत्सव आयोजना गर्न लागिएको उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष सुरेश रावलले आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो ।

उत्तराखण्ड प्रदेशको राजधानी देहरादुनको परेड मैदानमा हुने उक्त महोत्सवमा नेपाल र भारतका १५० भन्दा बढी कक्ष रहने छन् ।

पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष भवानी राणाले भारतमा महोत्सव आयोजना गर्दा नेपालको वस्तु र पर्यटनलाई प्रचारप्रसार गर्न सजिलो हुने बताउनुभयो ।

पत्रकार सम्मेलनमा यस अघि भारतमा गरेको पहिलो मेलाले नेपाली उत्पादनहरुको बजार भारतमा विस्तार गर्न बाटो खोलेको पनि जानकारी गराइएको थियो ।

KMC to coordinate with DoA and NEA on reconstruction of ranipokhari

Kathmandu Metropolitan City (KMC) is to coordinate with the Department of Archaeology and National Reconstruction Authority (NRA) on reconstruction of the Ranipokhari after escalation of internal dispute.

The move has been mooted following dispute between KMC Mayor Bidyasundar Shakya and Deputy Mayor Hari Prabha Khadgi on the reconstruction of historical Ranipokhari.

The reconstruction has been obstructed with the padlocking of main entrance door of Ranipokhari by some culture activists when Deputy Mayor Khadgi went on inspection of the under-construction Ranipokhari.

Later, a team led by Mayor Shakya reached the site and removed the lock. Though the Mayor and Deputy Mayor were supposed to go for inspection of the site together, the incident took a nasty turn when they reached there separately.

The culture experts and activists have been raising voice that the pond should not be small in size than it was before and concrete should not be used in the re-construction of Balgopaleswor Temple.

Mayor Shakya has directed the contractor to continue the reconstruction works while Deputy Mayor Khadgi has urged to stop the works claiming it to be against the rule.

जग्गा सस्तोमा नदिएपछि कान्तिपुरमा समाचार छापेर कैलाश सिरोहियाले बार्गेनिङ गरे-सुमार्गी

काठमाडौं ।

पछिल्लो समय श्रोत नखुलेको अर्बौंको सम्पत्ती जम्मा गरेको आरोप खेप्दै आएका व्यवसायी अजेयराज सुमार्गीले कान्तिपुर मिडिया ग्रुपका सञ्चालक कैलाश सिरोहियाले आफूसँग बार्गेनिङ गर्दै मिडियाको दुरुपयोग गरेको आरोप लगाएका छन ।

सिरोहियाले बार्गेनिङ गर्दै दवाव दिएको भन्दै त्यस्तो प्रस्ताव अस्वीकार गरेपछि आफूविरुद्ध मिडियाको दुरूपयोग गरेको आरोप लगाएका छन्। कान्तिपुर दैनिक र कान्तिपुरसम्बद्ध अन्य प्रकाशन तथा प्रसारण संस्थाहरूले बारम्बार एकतर्फी रूपमा भ्रामक समाचार प्रकाशन तथा प्रशारण गरेपछि सुमार्गीले यस पटक भने मुख खोलेका हुन् ।

सुमार्गीको लगानीमा हाल हिमालयन अनटप, इन्को प्यानल प्रालि, नेपाल स्याटलाइट, थाहा सञ्चार समूहलगायत एक दर्जनभन्दा बढी कम्पनी सञ्चालित छन्। मुक्तिश्री सिमेन्ट इन्डष्ट्रिज प्रालिका अध्यक्षसमेत रहेका व्यवसायी सुमार्गीले बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शान्ति सुरक्षाको माग गर्दै निवेदन दर्ता गराएका छन् ।

दर्ता गरेको निवेदनमा कान्तिपुरका सञ्चालक कैलाशले आफूलाई बेचेको जग्गा पुरानै मूल्यमा फिर्ता गर्न नमानेपछि आफूविरुद्ध आधारहीन समाचार प्रकाशन तथा प्रसारण गरेको उल्लेख गरेका छन्। व्यवसायी सुमार्गीले प्रशासनमा दिएको निवेदनमा आफ्नो सामाजिक तथा व्यावसायिक मान प्रतिष्ठामा क्षति पुर्याउँदै आफू र आफ्नो परिवारविरुद्ध भौतिक आक्रमणसमेत गराउन सक्ने भन्दै आफू तथा आफ्नो व्यापार व्यवसायसमेतको सुरक्षा दिन अनुरोध गरेका छन् ।

२०७४ सालमा सुमार्गी अध्यक्ष रहेको मुक्तिश्री सिमेन्ट इन्ड्रष्ट्रिज प्रालिले कान्तिपुरका कैलाश र उनकी पत्नी स्वस्तिका शेयरधनी रहेको काठमाडौं मार्ट प्रालिका नाममा दर्ता भएको काठमाडौंको तीनकुनेस्थित जग्गा खरिद गरेको थियो। ५ रोपनी ९ आना क्षेत्रफलको उक्त जग्गा खरिद गरेको एक वर्षपछि कान्तिपुरका सञ्चालक कैलाशले सो जग्गा पुरानै मूल्यमा मागेको जिल्ला प्रशासनमा दर्ता गरिएको निवेदनमा उल्लेख छ ।

पुरानै मूल्यमा जग्गा दिन नसकेपछि कान्तिपुरका सञ्चालक कैलाशले ुभनेबमोजिम नभएमा आफूलाई सिध्याउन जे जस्तो कार्य गर्न पनि पछि नपर्ने भनी धम्की दिएकोु पनि व्यवसायी सुमार्गीले स्पष्ट गरेका छन् ।

निवेदनमा भनिएको छ( ुसोपश्चात निजले आफ्नो कान्तिपुर पब्लिकेसन्स अन्तर्गतका कान्तिपुर दैनिक, द काठमाडौं पोष्ट अंग्रेजी दैनिक र नेपाल साप्ताहिक तथा कान्तिपुर टेलिभिजन र रेडियो कान्तिपुरको माध्ययमबाट म, मेरा परिवार तथा मेरा कम्पनीहरूको विरुद्धमा विभिन्न किसिमले कपोलकल्पित आधारहीन समाचार संप्रेषण गर्न थाल्नुभयो।ु व्यवसायी सुमार्गीले दिएको निवेदन दर्ता गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंलेले बुधबार नै जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई आवश्यक कारवाहीका लागि पत्राचार गरिसकेको जनाइएको छ।

व्यवसायी सुमार्गीको निवदेनको पूर्ण पाठ

श्रीमान प्रमुख जिल्ला अधिकारीज्य

जिल्ला प्रशासन कार्यालय काठमाडौ

मिति २०७४।९।११

विषय : जीउ धनको शान्ति सुरक्षा गरी पाऊँ ।

म निवेदक निम्न लिखित व्यहोराको निवेदन गर्दछु। १. म निवेदक विगत १२ वर्षदेखि दूरसंचार सेवालगायत विभिन्न किसिमका उत्पादन एवं सेवामूलक कम्पनीहरू स्थापना गरी व्यवसाय संचालन गरीे मुलुकको आर्थिक विकासमा सहयोग पुर्याउँदै आइरहेको व्यवसायी हुँ ।

यसै क्रममा म शेयरधनी अध्यक्ष रहेको मुक्तिश्री सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. कम्पनीले जिल्ला काठमाडौं का.म.न.पा.वडा नं. ३५ तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन्स प्रा.लि.का संचालक कैलाशप्रशाद सिरोहिया र निजकी श्रीमती स्वस्तिका सिरोहियासमेत शेयरधनी संचालक रहेको काठमाडौं मार्ट प्रा.लि.को नाउँमा दर्ता रहेको जिल्ला काठमाडौं का.म.न.पा.वडा नं. १० कि. नं. ३१८ समेतका जम्मा क्षे.फ. ९-४-० जग्गा निज कैलाशप्रसाद सिरोहियाले व्यावसायिक आर्थिक संकट दर्शाउँदै किनिदिन अनुरोध गरेको हुँदा उल्लेखित जग्गामध्ये ५-९-०-० जग्गा रु. २३,२१,१२,०००/- मूल्यमा मिति २०७०।३।१६ मा मुक्तिश्री सिमेन्ट इण्डष्ट्रिज प्रा.लि.को नाउँमा खरिद गरी लिएको थियो।

उल्लेखित जग्गाहरू मेरो कम्पनीको नाउँमा खरिद गरेको करिब एक वर्षपछि निज कैलाशप्रसाद सिरोहियाको आर्थिक अवस्था सबल भएपछि एवं जग्गाको मूल्य वृद्धि भइरहेको अवस्था हेरी उल्लेखित जग्गा पुन: आफ्नो नाउँमा मैले खरिद गरी लिएको मूल्यमा फिर्ता पाउन माग गर्नु भएकोमा मैले सोही मूल्यमा नै फिर्ता गर्न इन्कार गरेपछि निज कैलाशप्रसाद सिरोहियाले मसँग आर्थिक रूपमा सौदावाजी गर्दै निजले भनेबमोजिम नभएमा मलाई सिध्याउन जे जस्तो कार्य गर्न पनि पछि नपर्ने भनी धम्की दिनुभएको थियो ।

सोपश्चात निजले आफ्नो कान्तिपुर पब्लिकेसन्सअन्तर्गतका कान्तिपुर दैनिक, द काठमाडौं पोष्ट अंग्रेजी दैनिक र नेपाल साप्ताहिक र कान्तिपुर टेलिभिजन, रेडियो कान्तिपुरको माध्ययमबाट म, मेरा परिवार तथा मेरा कम्पनीहरूको विरुद्धमा विभिन्न किसिमले कपोलकल्पित आधारहीन समाचार संप्रेषण गर्न थाल्नुभयो। त्यसरी मेरो व्यावसायिक जीवनमा ठेस पुर्याउने, राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा मेरो मान प्रतिष्ठामा आँच आउने गरी मलाई बदनाम गराउने कार्यमा उद्यत रही झूठा एवं भ्रामक समाचारहरू प्रकाशन गरी पत्रिकामा निरन्तर छाप्न थाल्नु भयो ।

यसरी पटक पटक गरी हालसम्म दशौँ पटकसम्म म, मेरो परिवार तथा मेरा व्यावसायिक संस्थाहरूका विरुद्ध झूठा समाचारहरू प्रकाशन गर्दै मलाई मानसिक रूपमा प्रताडित गर्दै आतंकित गर्दै आउनुभएको छ। यसरी छापामार्फत् आतंकित गर्ने क्रमको शृंखला स्वरूप मिति २०७४ साल पौष ९ गते कान्तिपुर दैनिकमा 'सुमार्गीको २२ अर्ब अवैध' भन्ने शीर्षकमा झूठा एवं आधारहीन मनगढन्ते समाचार संप्रेषण गर्दै जनमानसमा मप्रति नकारात्मक प्रभाव पार्ने तथा भ्रम फैलाउने प्रयत्न गरिएको छ। यसै क्रममा निजले म तथा मेरा परिवारमाथि भौतिक रूपमा सांघातिक हमलासमेत गर्न/गराउन सक्ने आशंका रहेको हुँदा म तथा मेरो परिवारसमेतको जीउधन र मेरा व्यापार व्यवसायमा समेत शान्ति सुरक्षा कायम गरी पाउन अनुरोध गर्दछु।

विषयको गाम्भीर्यलाई मध्यनजर गर्दै यस निवेदन उपर यथाशीघ्र कारवाही अघि बढाइ पाउनसमेत अनुरोध गर्दछु।

संलग्न कागजातहरू

क. मिति २०७०।३।१६ मा जग्गा खरिद गरी लिएको तमसुकको प्रतिलिपि।

ख. मिति २०७१।१०।२१ गते देखि २०७४।९।१० सम्म कान्तिपुर पब्लिकेसन्सअन्तर्गत प्रकाशित समाचारको कटिङको प्रतिलिपि नौ थान।

निवेदक अजेयराज सुमार्गी पराजुली अध्यक्ष मुक्तिश्री सिमेन्ट इण्डष्ट्रिज प्रा.लि.

गण्डक नहरमा पानी नआउँदा वारा, पर्साका किसान प्रभावित

वीरगञ्ज ।

नारायाणी सिचाई आयोजना अन्तरगत गण्डक नहरमा पानी नआउँदा वारा, पर्सा, रौतहटका किसानहरु प्रभावित भएका छन् ।

गहुँमा सिचाई गर्ने बेला नहरमा पानी नआएपछि कृषकहरुले महंगो मुल्यमा पम्पसेटबाट पानी तानेर सिचाइ गर्न बाध्य भएको सवैठवाका रामबाबु चौरसियाले बताउनु भयो ।

नहरमा पानी नआएपछि पोखरीया नगरपालिकाका सतवरिया, बसनतपुर, कालिकामाई गाउपालिकाका बिरन्चीवर्वा, हरिहरपुर, भेडिहारी, मुडली, प्रशुरामपुर, पकहामैनपुर गाउपालिकाको लहावरथकरी, सबैठवा, पकहामैनपुर लगायत दर्जनौ क्षेत्रका कृषकहरु नहरमा पानी नआएपछि मारमा परेको पर्सा टिनडोबियाका कृषक राजाक राउत गदीले बताउनु भयो ।

नहरको मर्मत सुधारका लागि आवश्यक काम भई रहेकोले पानी छाडन ढिला भएको नारायणी सिंचाई परियोजनाले जनाएको छ ।

फरार अपराधि पक्राउ अभियान चलाएपछि पर्सामा ३९ जना पक्राउ

पर्सा ।

जिल्ला प्रहरी कार्यालय पर्साले विगत एक महिना यता चलाएको फरार अपराधि पक्राउ अभियान अन्तरगत हाल सम्म ३९ अभियुक्तलाई पक्राउ गरेको छ ।

विभिन्न अपराधमा संलग्न भइ फरार रहेका ३९ जना पक्राउ गरी कारवाहीका लागि वीरगंज कारागार चलान गरिएको पर्साका प्रहरी उपरिक्षक डा. गणेश रेग्मीले बताउनु भयो ।

विशेष गरी लागु औषध बेचविखन, अवैध हात हतियार तथा खरखाजाना, डाँका, मानव बेचबिखन तथा कर्तव्य ज्यान मुद्दामा फरार रहेका अभियुक्तहरुलाई पक्राउ गरिएको रेग्मीले बताउनु भयो ।

बालकोटमा घाम ताप्दै ओली प्रचण्डले पार्टी एकता, सरकार निर्माणमा यस्तो छलफल गरे

भक्तपुर ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।

करिब डेढ घण्टा भएको भेटका क्रममा दुई अध्यक्षबीच पार्टी एकता,नयाँ सरकार निर्माण र राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेशबारे गंभीर छलफल भएको बताईएको छ ।

भेटपछि संचारकर्मीलाई प्रतिकृया दिंदै अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले पार्टी एकताको बारेमा बाहिर आएका हल्ला गलत भएको र यसमा कुनै समस्या नरहेकोमा उहाँहरुबीच एकमत रहेकोले यसलाई छिटो टुंगोमा पुर्याउने बारे छलफल भएको बताउनुभयो ।

भेटका क्रममा नयाँ सरकार गठनका लागि बर्तमान सरकारले तुरुन्त बाटो खोलिदिनुपर्ने बारेमा दुई अध्यक्षको एक मत रहेको उहाँले बताउनुभयो ।

उहाँले अध्यादेशको गाँठो सरकारले छिटो फुकाउनुपर्ने र निर्वाचन आयोगले देखिएका ब्यबधान फुकाएर लैजानुपर्छ भन्ने बारेमा समेत छलफल भएको बताउदै अधिकारीले पार्टी एकता संयोजन समितिको बैठक थप छलफल पछि भोली बस्ने बारे समेत छलफल भएको उल्लेख गर्नुभयो ।

बाँकेमा दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स प्रतियोगिता सुरु
नेपालगञ्ज ।
बाँकेको सीतापुरमा बुधबारदेखि दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स प्रतियोगिता सुरु भएको छ ।
तिन दिने प्रतियोगितामा समावेश गरिएका एथ्लेटिक्सका विभिन्न ११ इभेन्टस्मा देशभरीका ९० खेलाडीले प्रतिस्पर्धा गर्ने हाम्रा नेपालगन्ज समाचारदाता नविन गिरीले जनाएका छन् ।
भैरहवालाई हराउँदै बिराटनगर वारियर्स एभरेष्ठ प्रिमियर लिगको फाईनलमा
काठमाडौं ।
बिराटनगर वारियर्स एभ्रेस्ट प्रिमियर लिग ई पि यल टि २० क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गर्न सफल भएको छ ।
कीर्तिपुर स्थित त्रीभुवन विश्वविद्यालयको मैदानमा बुधबार भएको पहिलो खेलमा बिराटनगर वारियर्सले भैरहवा ग्ल्याडियटर्सलाई ८ विकेट पराजित गरेको थियो ।
भैरहवा ग्ल्याडियटर्सले अब एलिमिनेटरमा विजयी भएको ललितपुर प्यट्रियटस संग दोस्रो क्वालिफयर खेल खेल्नु पर्ने हुन्छ ।
बुधबारबारको पहिलो खेलमा पहिलो ब्याटिङ्ग गरेको भैरहवा ग्याडियटर्सले २० ओभरमा ८ विकेटको क्षेतीमा १ सय २७ रन बनाएको थियो ।
बिराटनगर वारियर्सले १७ ओभरमा २ विकेटको क्षेतीमा विजयी लक्ष्य प्राप्त गरेको थियो ।
बिराटनगर वारियर्सका लागि सर्वाधिक ६२ रनको योगदान गर्दै अर्ध शतक पुरा गरेका बबर हायात यस खेलको प्लेएर अफ लि म्याच घोषित भएका थिए ।
कीर्तिपुरमा बुधबार भएको दोस्रो खेलमा ललितपुर प्यट्रियटसले पोखरा राईनोजलाई २७ रनले पराजित गरेको थियो पाराजित गरेको छ ।
पहिलो ब्याटिङ्ग गरेको ललितपुर प्यट्रियटसले २० ओभरमा ५ विकेटको क्षेतीमा १ सय ३८ रन बनाएको थियो ।
प्रतिउत्तरमा ब्याटिङ्ग गर्न आएको पोखरा राईनोजले १९।१ ओभरमा १ सय ११ रन बनाउँदा सबै विकेट गुमाउन पुग्यो ।
ललितपुर प्यट्रियटसका लागि सर्वाधिक ३८ रनको योगदान गर्ने शन्नी पटेल यस खेलको प्लेएर अफ दि म्याच घोषित भएका थिए ।
ललितपुर प्यट्रियटसले बिहिबार पहिलो क्वालिफयरमा पराजित भएको भैरहवा ग्ल्याडियटर्स संग फाईनल प्रवेशका लागि दोस्रो क्वालीफायर खेल खेल्ने छ ।
24.12¡ÆC