बालकोटमा घाम ताप्दै ओली प्रचण्डले पार्टी एकता, सरकार निर्माणमा यस्तो छलफल गरे

पुस १२, २०७४ मा प्रकाशित | 987 views

भक्तपुर ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।

करिब डेढ घण्टा भएको भेटका क्रममा दुई अध्यक्षबीच पार्टी एकता,नयाँ सरकार निर्माण र राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेशबारे गंभीर छलफल भएको बताईएको छ ।

भेटपछि संचारकर्मीलाई प्रतिकृया दिंदै अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले पार्टी एकताको बारेमा बाहिर आएका हल्ला गलत भएको र यसमा कुनै समस्या नरहेकोमा उहाँहरुबीच एकमत रहेकोले यसलाई छिटो टुंगोमा पुर्याउने बारे छलफल भएको बताउनुभयो ।

भेटका क्रममा नयाँ सरकार गठनका लागि बर्तमान सरकारले तुरुन्त बाटो खोलिदिनुपर्ने बारेमा दुई अध्यक्षको एक मत रहेको उहाँले बताउनुभयो ।

उहाँले अध्यादेशको गाँठो सरकारले छिटो फुकाउनुपर्ने र  निर्वाचन आयोगले देखिएका ब्यबधान फुकाएर लैजानुपर्छ भन्ने  बारेमा  समेत छलफल भएको बताउदै  अधिकारीले पार्टी एकता संयोजन समितिको बैठक थप छलफल पछि भोली बस्ने बारे समेत छलफल भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web