तातोपानी खोल्न चीनको प्रस्ताव-संयुक्त सुरक्षा संयन्त्र, चिन बिरोधी गतिविधिको सुचना माग

पुस १२, २०७४ मा प्रकाशित | 855 views

काठमाडौं ।

चीनले तिब्बती गतिविधि नियन्त्रण गर्ने संयुक्त सुरक्षा संयन्त्र निर्माण गरेर तातोपानी नाका खोल्ने सन्देश दिएको छ ।

गत शनिबार खासामा भएको दुईपक्षीय बैठकमा चीनले प्रस्तुत गरेको ‘ज्वाइन्ट कमान्ड मेकानिज्म’ र ‘ज्वाइन्ट कमान्ड मेकानिज्म अफिस’ स्थापनाको प्रस्ताव लिएर सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी काठमाडौं आएका छन् । गत असारमा रसुवामा पनि यस्तो संयन्त्र गठन भइसकेको छ ।

तिब्बतको खासामा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग चीनको सीमा सुरक्षा हेर्ने सिनियर कर्नेल वाङ जिङ त्याङ्वीले दुई दस्ताबेज पेस गरेका थिए ।

‘प्रतिवेदन लिएर काठमाडौं आएको छु । गृह मन्त्रालयले जे निर्देशन दिन्छ, त्यहीअनुसार अघि बढ्छु,’ सिडिओ तामाङले भने । आजको नयाँ पत्रिकामा पर्शुराम काफ्लेले लेखेका छन् ।

उनका अनुसार सीमावर्ती क्षेत्रमा तिब्बतीहरूको गतिविधि भइरहेको चिनियाँ अधिकारीहरूको आशंका थियो । उनीहरूले बाह्रबिसेमा यस्ता गतिविधि भइरहेको दलिल नै पेस गरेका थिए । तर, नेपाली अधिकारीले त्यस्तो नरहेको स्पष्ट पारेका थिए ।

‘सिडिओ, जिल्ला प्रहरी प्रमुख, सशस्त्र सीमा बलका प्रमुख अनि अप्रेसन अफिसरको तहमा संयुक्त कमान्ड बनाउने, संयुक्त गस्तीदेखि चेकिङसम्म गर्ने, कार्यालय स्थापना गर्नेसम्मको प्रस्ताव आएको छ,’ तामाङले भने, ‘चीनको सुरक्षाका लागि सूचना दिएबापत सघाउने नेपाली सुरक्षाकर्मीलाई पुरस्कृत गर्नेसमेतको चिनियाँ प्रस्ताव छ ।’ त्यसबापत नेपाललाई आर्थिक भार नपर्ने चिनियाँ अधिकारीहरूले बैठकमा बताएका थिए ।

नाका खुल्ने ३ आधार-अस्मान तामाङ, सिडिओ

१. खासाबाट तिब्बततिर अत्यन्तै राम्रो बाटो बनेको छ । खासाबाट बस्ती हटिसकेको छ, केवल सुरक्षाकर्मी मात्र छन् ।

२. खासादेखि मितेरी पुलसम्म चार स्थानमा बाटो निर्माण भइरहेको छ ।

३. उनीहरूकै उद्योगी–व्यापारीले नाका खोल्न सल्लाह दिँदै आएका रहेछन् । दुई महिनाभित्र नेपालसम्म आउने एक्सेस रोड खोल्ने र सन् २०१९ सम्म फराकिलो बाटो बनाउने वचन तिब्बत सरकारले दिएको रहेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web