चितवन टाईगर्स लिग चरणबाटै बाहिरियो, भैरहवा क्वालिफायरमा प्रवेश

पुस ११, २०७४ मा प्रकाशित | 1595 views

काठमाडौं ।
भैरहवा ग्ल्याडियटर्स संग पराजित भए संगै चितवन टाईगर्स एभरेस्ट प्रिमियर लिग ई पि यल टि २० क्रिकेट प्रतियोगिताको लिग चरण बाटै बाहिरिएको छ ।
कीर्तिपुर स्थित त्रीभुवन विश्वविद्यालयको मैदानमा मंगलबार भएको पहिलो खेलमा भैरहवा ग्ल्याडियटर्सले चितवन टाईगर्सलाई ४ विकेटले पराजित गरेको थियो ।
भैरहवा यो जित पछि एक खेल अगावै क्वालिफाएरमा प्रवेश गरेको छ ।
भैरहवाले ग्ल्याडियटर्सले अब बुधबार बिराटनगर वारीयर्स संग क्वालिफायरमा प्रतिस्पर्धा गर्ने छ ।
क्वालिफायर विजेता टोली सोभैm फाईनलमा प्रवेश गर्ने छ ।
क्वालिफायरमा पराजित भएको टोलीले तेस्रो स्थानमा रहेको ललितपुर प्यट्रियट्स् र चौथो स्थानमा रहेका पोखरा राईनोजबिचको विजेता संग खेल्ने छ ।
मंगलबारको खेलमा पहिलो ब्याटिङ्ग गरेको चितवन टाईगर्सले २० ओभरमा ९ विकेटको क्षेतीमा ८७ रन बनाएको थियो ।
८८ रनको सामान्य लक्ष्य भैरहवा ग्ल्याडियटर्सले १८.३ ओभरमा विकेटको क्षेतिमा प्राप्त गरेको थियो ।
मंगलबार भएको दोस्रो खेलमा ललितपुर प्यट्रियट्स्ले पोखरा राईनोजलाई ६ विकेटले पराजित गरेको थियो ।
शुरुमा ब्याटिङ्ग गरेको पोखरा राईनोजले २० आभरमा ५ विकेटको क्षेतीमा १ सय ३२ रन बनाएको थियो ।
१ सय ३३ रनको विजयी लक्ष्य ललितपर प्यट्रिसले २० ओभरमा ४ विकेटको क्षेतीमा पुरा गरेको थियो ।
ललितपर प्यट्रिसका जयकिशन कोल्सावालाले ५६ रनको योगदान गर्दै अर्ध शतक पुरा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web