चितवन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र माओवादी केन्द्र दुवै पार्टी एकताबाट पछाडी फर्कन नसक्ने बताउनु भएको छ ।
दुवै पार्टी निकट बौद्धिक संस्था नेपाल बुद्धिजीवी परिषद् र नेपाल बुद्धिजीवी संगठनले चितवनमा आज गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले दुई पार्टी एकता जनताको अभिमतले अनुमोदन गरिसकेकाले पार्टी एक गर्नुको विकल्प नभएको बताउनुभयो ।
उहाँले दुवै पार्टीको नेतृत्वले पार्टी एकता नहुने कल्पनासमेत नगरेको बताउनु भयो ।
अध्यक्ष प्रचण्डले प्रतिपक्ष सहभागी हुँदा बहस र छलफलले जीवन्तता पाउने भएकाले राष्ट्रियसभामा काँग्रेसको प्रतिनिधित्व गराउँदा भने राम्रो हुने बताउनुभयो ।
20.12¡ÆC