वैद्यले पन्छाए माओवादी एकता

काठमाडौं,चैत २८ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र पुष्पकमल दाहाल नेतृत्वको एकीकृत माओवादीबीच एकता तत्काललाई टर्ने देखिएको छ।वैद्य माओवादीका महासचिव रामबहादुर थापाले तत्कालै पार्टी एकता हुनुपर्ने मतसहित बिहीबार साँझदेखि हस्ताक्षर अभियान थालेपछि संकटमा परेका अध्यक्ष वैद्यले आन्तरिक गृहकार्य नपुगेकाले वैशाख अन्तिम साता फेरि बस्ने भन्दै शनिबार बिहान बैठक स्थगनको निर्णय लिएका हुन्।

चैत १२ देखि सुरु क्रान्तिकारी माओवादी केन्द्रीय समितिको बैठक अध्यक्ष वैद्यले स्थगित गरिदिएपछि एकता सम्भावना पर सरेको हो। एकता–एजेन्डाकै लागि दुई सातासम्म चलेपछि चार दिनलाई भनेर बैठक स्थगित भएको थियो। यसैबीच हस्ताक्षर अभियान सुरु भएपछि वैद्यले सम्भावित संकट रोक्न बैठक रोक्नुपरेको बताएका छन्।कान्तिपुर दैनिकमा समाचार छ।

गर्जिए कमल थापा -‘बरु सरकार छाडिन्छ,नेपाली जनताको मुल एजेन्डा हिन्दू राष्ट्रको मुद्दालाई छोडदैनौ’

१५ चैत, काठमाडौं  ।
राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले हिन्दु राष्ट्रको पक्षमा जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको बताउदै नयाँ घोषणा गरेका छन् । हिन्दूराष्ट्र नेपाल स्थापनार्थ सोमबार बुटवलमा आयोजित हिन्दूत्व जागरण बृहत आमसभालाई सम्बोधन गर्दै मन्त्री थापाले हिन्दू राष्ट्रको पक्षमा जस्तोसुकै आन्दोलन पनि गर्ने घोषणा गरेका हुन् ।

हिन्दु धर्मको पक्षमा जागरण अभियान चलाउँदै आएको राप्रपा नेपालले सोमबार बुटवलमा आयोजना गरेको धार्मिक सभालाई सम्बोधन गर्दै थापाले अलग पहिचान र फरक विचार लिएर सरकारमा सहभागी भएको राप्रपा नेपाल आफ्ना एजेण्डा स्थापित गर्न हिन्दु राष्ट्रको पक्षमा जस्तोसुकै आन्दोलन गर्नपनि तयार रहेको वताएका हुन्। थापाले हिन्दु धर्मको पक्षमा एकतावद्व हुन सबैलाई आह्वानसमेत गरे।

हिन्दुराष्ट्र स्थापित नहुँदासम्म आफ्नो पार्टी सदन र सडकबाट संघर्ष गरिरहने उनको भनाई छ। पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु धर्म, राजासहितको प्रजातन्त्र र संघीयताको विकल्पमा स्थानीय स्वायत्त शासन जस्ता एजेण्डाको पक्षमा राप्रपा नेपालले सदन र सडकबाट एकसाथ आवाज उठाईरहेको थापाले बताए।

पार्टीका मुद्दालाई संविधानले नसमेटेकाले आफ्नो दलले मात्रै संविधानको विपक्षमा मतदान गरी मुद्दा स्थापित गराउन जनतामाझ आएको स्पष्ट पारे । परराष्ट्रमन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण नेपाली जनताको पक्षमा भएको दाबी गरे। ‘चीन भ्रमणले नेपाल र चीनबीच आर्थिक विकास हुने आधार तयार पार्नुको साथै अब नयां ढंगले दुई देशबीच व्यापार बिस्तार हुने ढोकापनि खुलेको छ,’ उनको दाबी थियो। हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्र स्थापित गराएरै छाड्ने अठोट व्यक्त गर्दै हिन्दू राष्ट्र स्थापित नहुदाँसम्म आन्दोलवाट विश्राम नलिने समेत प्रष्ट पारे ।

‘थापाले भने बरु पर्यो भने सरकार छाडिन्छ तर, ९४ प्रतिशत नेपाली जनताको भावना, चुनाबमा जनताले हामीलाई दिएको म्यान्डेड, विश्वमा देखिएको हिन्दूत्वको जनमत अनि हाम्रो गौरबशाली पार्टी राप्रपा नेपालको मुल एजेन्डा हिन्दूराष्ट्र र संवैधानिक राजसंस्था जस्तो हाम्रा आत्मीय मुद्दालाइ हामी किमार्थ छोडदैनौ’  ।

म्यानचेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी,बैशाख १ । इंग्लिस क्लब म्यानचेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । फ्रान्सेली क्वब परिस सेन्ट जर्मेन (पीएसजी)लाई हराउँदै सिटी पहिलो पटक च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो ।

क्वाटरफाइनलको दोस्रो लेगमा मंगलबार राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजीलाई सिटीले १–० पराजित गर्दै समग्रमा ३–२ को जितसहित अन्तिम चारमा पुगेको हो । सिटीका लागि केविन डी ब्राउनले खेलको ७३ औँ मिनेटमा गरेको गोल नै निर्णायक सावित भएको थियो। घरेलु मैदानमा भएको खेलमा सिटीले फ्रेन्च च्याम्पियन पिएसजीलाई निराश बनाएको हो । पेरिसमा भएको पहिलो लगेमा सिटी र पिएसजीले २–२ को बराबरी खेलेका थिए ।

त्रिवि केन्द्रीय क्यापसका विद्यार्थीलाई नेपाल र नामिबियाबीचको खेल हेर्न छुट

काठमाडौं,बैशाख १ । आगामी शनिबार र सोमबार हुने नेपाल र नामिबियाबीचको खेल टिकटमा त्रिभुवन विश्व विद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा अध्ययनरत विद्यार्थीले ५० प्रतिशत छुट पाउने भएका छन् ।
केन्द्रीय क्याम्पस कीर्तिपुरमा अध्ययनरत विद्यार्थीलाई ५० प्रतिशत छुट दिइएको टिकट बिक्री तथा व्यवस्थापन गरिरहेको ईसेवा फोन पे प्रालिले जनाएको आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

विद्यार्थी छुटको टिकट लिन विद्यार्थीले बुधबार बेलुका ५ बेजे कीर्तिपुरस्थित क्रिकेट खेल मैदानमा आफ्नो विद्यार्थी परिचयपत्र लिएर स्वयं उपस्थित हुनुपर्ने ईसेवाका प्रमुख कार्यकारी अधिकृत अस्गर अलीले बताएका छन् ।

राजतन्त्र ढलेको १० वर्षपछि पनि करमा अझै श्री ५ को सरकार !

काठमाडौं,बैशाख १ । कर कार्यालय धनकुटाले श्री ५ को सरकार लेखिएको अनुसुची १० को कर फारम भराएपछि धनकुटाका स्थानीय व्यावसायीले आपत्ति जनाएका छन् । धनकुटा-४ का खुकुरी तथा ग्रील उद्योगी गोपाल विश्वकर्माले राजतन्त्र गएको १० वर्षपछि पनि फारममा सुधार नगरेको भन्दै कर कार्यालयका प्रमुखसँग विवाद गरेका छन् ।

अझै पनि यसतो लापरबाही हुनु हजारौं जनताको बलिदानीबाट आएको लोकतन्त्रको उपहास भएको उनको भनाई छ । उता कर कार्यालयका प्रमुख पेशल न्यौपानेले भने मन्त्रालयबाटै यस्तो अनुसूची भएको फारम आएकोले आफूले केही गर्न नसक्ने बताए । अभियान दैनिकमा खबर छ ।

महतो धम्की-‘अब नाकाबन्दी गर्ने आन्दोलन हुँदैहुँदैन,सिंहदरबार केन्द्रित गर्छौ’

काठमाडौं,बैशाख  १  । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता एवम् सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अबको आन्दोलनमा कुनैपनि नाकाबन्दीका कार्यक्रम नहुने प्रष्ट पारेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले विगतको नाकाबन्दीको आन्दोलनबाट कुनै परिणाम नआएको र सरकारले भन्दापनि जनताले सास्ती पाएको उल्लेख गर्दै बैशाख ६ गतेबाट हुने आन्दोलन कुनैपनि किसिमको नाकाबन्दी कार्यक्रम नहुने बताएका हुन् । उनले भने,‘अब हामी नाकाबन्दी र जनतालाई दुःख दिने काम गर्दैर्नौ, आन्दोलन सिंहदरबार केन्द्रीत हुन्छ, यो आन्दोलन कसैको विरुद्धमा होईन, अधिकारप्राप्तिको लागि हो ।’

अध्यक्ष महतोले विगतमा मधेश केन्द्रित आन्दोलन गर्दा आफूहरुलाई गलत आक्षेप लगाएको उल्लेख गर्दै अबको आन्दोलन सिंहदरबार केन्द्रित रहेर देशव्यापी रुपमा सशक्त बनाउने बताएका हुन । उनले भने,‘अबको आन्दोलन जनता कम प्रभावित हुने र सरकारलाई अधिकतम दबाब पुग्ने खालको हुन्छ ।’

साक्षात्कारमा उनले विगतमा सरकारलाई दबाब दिनको लागि बाध्य भएर आफूहरुले नाकाबन्दी गरेको भएपनि सरकारले सुनुवाई नगरेकोले अब हुने आन्दोलनले सरकारको घुँडा टेकाएर छाड्ने दाबी गरे । उनले थपे,‘‘हामी सिंहदरबार घेर्छौं, हाम्रा माग सम्बोधन हुनेगरि संविधान संशोधन नभएसम्म हामी आन्दोलन गरिरहन्छौं ।’’

महतोले प्रधानमन्त्रीले जनताको नाममा गरेको सम्बोधनवारे टिप्पणी गर्दै भने,‘ओलीको सम्बोधन बकवास छ, यो औचित्यहिन छ, यसले न त जनतालाई एक पैसाको राहत दिन्छ, न त आन्दोलनकारीको मागलाई नै सम्बोधन गर्छ ।’

ओलीले वार्ताको लागि आह्वान गरेर आन्दोलन तुहाउने नाटक मञ्चन गरेको भन्दै उनले थपे,‘हामीले वार्ताको लागि आन्दोलन स्थगित् गर्दा उहाँहरु कानमा तेल हालेर बस्नुभयो तर हामीले वार्ताको लागि फेरि अल्टिमेटम दिँदा कुनै वास्ता गर्नुभएन, त्यसैले उहाँहरु मुलुकलाई निकास दिने पक्षमा हुनुहुन्न, त्यसैले अब वार्ताको कुनै सम्भावना छैन ।’

नयाँ वर्षको सम्बोधनमा आफूहरुले प्रधानमन्त्री ओलीको राजिनामाको उपहार खोजेको बताउँदै सम्बोधनको नाममा सरकारले जनतालाई उपहास गरेको उनले बताए । मधेशीको माग नै नबुझेको भन्ने प्रधानमन्त्रीले आह्वान गरेको वार्तामा जानु भनेको ओलीको अनुहार हेर्न जाने काम मात्रै हुने उनले बताए ।

यद्धपी अध्यक्ष महतोले आन्दोलन आफूहरुको कुनै चाहना नभएको स्पष्ट पारे । उनले थपे,‘आन्दोलन हाम्रो बाध्यता हो, दुई महिनासम्म पनि आन्दोलन स्थगित गर्दा वार्ता गरिएन, अल्टिमेटम दिएको अन्तिम दिनमा आएर सरकारले हामीलाई वार्तामा बोलाउनु भनेको जनतालाई झुक्याउने काम हो, यो वार्ताको नौटंकीमात्रै हो ।’

उनले बैशाख ६ गते पहिचान पक्षधरहरु मधेशी, जनजाती, आदिवासीलगायत सबै शक्तिहरुसँगको छलफलपछि बृहत्त आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने जानकारी दिए ।

क्लबका अध्यक्ष ऋषि धमलाले एकता, सहकार्य र सहमतिका साथ अघि बढ्न राजनीतिक दलहरुलाई सुझाव दिएका छन् । धमलाले भने,‘‘नयाँ वर्षसँगै मुलुकमा सहमति कायम गरेर अघि बढ्ने दिशातर्फ प्रमुख राजनीतिक दल र यसका शीर्ष नेताहरु लाग्नुपर्छ, यसो भयो भने मात्रै मुलुक र जनताको भलो हुन्छ ।’’

उनले शीर्ष नेताहरुलाई मुलुक र जनताको सुख, समृद्धि र विकासको लागि केन्द्रित हुन समेत आग्रह गरेका छन् ।

संसदीय दलको नेतामा देउवासँग भिड्ने प्रकाशमानको तयारी,पौडेल पछि हटे

१५ चैत, काठमाडौं   ।
भर्खरै सम्पन्न १३ औं महाधिवशेनबाट नेपाली कांग्रेसको सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई टक्कर दिन पार्टीकै एक जना प्रभावशाली नेता तयार भएका छन् । महाधिवेशनपछि संसदीय दलको नेता छान्ने तरखरमा रहेको कांग्रेसमा देउवासँग भिडेर दुई पटक पराजित भएका रामचन्द्र पौडेल भने पछि हटेका छन् । पौडेलको ठाउँमा निर्वाचित केन्द्रीय सदस्य एवं निवर्तमान महामन्त्री प्रकाशमान सिंहले देउवालाई टक्कर दिन मैदानमा उत्रिने तयारी गरेका हुन् ।

गणेशमान पुत्र सिंह आगामी २४ गते हुने संसदीय दलको निर्वाचनमा देउवासँग भिड्न तयार भएको कांग्रेस स्रोतले जनाएको छ । सभापतिमा हारेका रामचन्द्र पौडेललाई सर्वसम्मत संसदीय दलको नेता बनाउन गरेको प्रस्ताव देउवाले अस्वीकार गरेपछि सिंह अघि बढ्न लागेका हुन् ।

स्रोतका अनुसार सोमबार पौडेल निवास बोहोराटारमा बसेको बैठकले प्रकाशमान सिंहलाई संसदीय दलको नेतामा चुनाव लडाउने गरी छलफल भएको र देउवाबिरुद्ध चुनावी मैदानमा आउने लगभग तय भएको छ ।

देउवासँग दुईपटक पराजित भएका पौडेललाई संसदीय दलको नेतामा चुनाव नलड्न उनी निकटका नेताहरुले सुझाव दिएपछि पौडेल पछि हटेका छन् ।

बहुमत देउवाको पक्षमा, असन्तुष्ट फकाउँदै पौडेल समूह

संसदीय दलमा देउवासँग भिड्न तयार भएपनि प्रकाशमान सिंहसँग बहुमत भने अहिले देखिँदैन् । देउवाभन्दा पौडेल समूह कमजोर छ । जसका कारण देउवालाई जित्न त्यती सजिलो छैन् ।

तर कांग्रेसभित्र ठूलो प्रभाव पार्ने नेता खुमबहादुर खडका र कुलबहादुर गुरुङ अहिले सभापति देउवासँग असन्तुष्ट छन् । महाधिबेशन अगाडि गरेको (गुरुङलाई वरिष्ठ नेता, खडकालाई उपसभापति दिने) बाचा देउवाले पुरा नगरी वास्ता नै गर्न छाडेपछि असन्तुष्ट बनेका यी दुई नेतालाई पौडेल समूहले फकाउने प्रयास गरिरहेका छन् । यी दुई नेताले पौडेल समूहलाई सहयोग गरे सिंह संसदीय दलको नेता बन्न सक्छन् ।
– dainiknepal.com

स्पेन रोमानियासँग बराबरीमा रोकियो

एजेन्सी,चैत १५ ।  स्पेन रोमानियासँग गोलरहित बराबरीमा रोकिएको छ । सोमबार विहान भएको मैत्रीपूर्ण खेलमा स्पेन रोमानियासँग गोलरहित बराबरीमा खेलेको हो ।  स्पेनले केही दिन अघि इटालीसँग पनि १–१ गोलको बराबरी खेलेको थियो।

३१ सय नेपाली कामदार लैजाँदै कोरिया

२८ चैत, काठमाडौं । रोजगार अनुमति प्रणाली ९ईपीएस० अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जान लिइने सातौं भाषा परीक्षामा करिब ३१ सय नेपाली युवालाई उत्तीर्ण गराइने भएको छ ।

यो संख्या गत वर्षको भन्दा झन्डै ६३ प्रतिशत कम भएको आजको कारोबार दैनिकमा समाचार छ । गत वर्ष ८ हजार ४९० युवा उत्तीर्ण भएका थिए ।

कोरियाको मानव संशाधन विकासले निर्धारण गरेको अनुमानित उत्तीर्ण संख्यामध्ये उत्पादनमूलक क्षेत्रमा २ हजार १०० र कृषि तथा पशुपालन क्षेत्रमा एक हजार निर्धारण गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ । यो कोटाले कोरिया भाषा परीक्षाको तयारी गरिरहेका युवालाई भने निराश बनाएको छ ।

यो वर्ष धेरै कोटा आउने अपेक्षा नेपाली युवाले गरेका थिए ।

प्रचण्डले रेणुलाई महासचिव बनाउन खोजेपछि पेरिसडाँडामा रुवाबासी

काठमाडौं,बैशाख १ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नी छोरी रेणुलाई पार्टीनिकट महिला संगठनको महासचिव बनाउन खोजेपछि नेतृहरु चर्को विरोधमा उत्रिएका छन् । यही विवादबीच सोमबार बिहानैदेखि पेरिसडाँडामा महिलाको चर्को रुवाबासी चल्दा वरपरका बासिन्दासमेत के भयो भन्दै हेर्न पुगेका थिए ।

२३ चैतदेखि २५ गतेसम्म काठमाडौंमा चलेको अनेमसंघ क्रान्तिकारीको छैटौं राष्ट्रिय सम्मेलनले पदाधिकारी चयन गर्न नसकेपछि पार्टीको तर्फबाट धर्मशिला चापागाई अध्यष रहने गरी केन्द्रीय सदस्यको नामावली प्रस्तुत गरिए पनि अन्य पदाधिकारीचाहिँ केन्द्रीय समितिले चयन गर्ने प्रस्ताव थियो ।

तर, पदाधिकारीका आकांक्षी धेरै भएपछि पार्टीले त्यहाँ पनि हस्तक्षेप गर्न खोजेको भन्दै महासचिवका दाबेदार विमला सुवेदीसहित ताम्सालिङ महिलाले बैठक बहिस्कार गरेका छन् । उता, महासचिवको दाबी नछाडेकी रुकुमकी विमला केसीले पार्टी नेताले प्रचण्ड पुत्रीलाई जबरजस्ती उठाउन लागेको भन्दै सोमबार बिहान धर्धरी रोएर यसलाई नमान्ने घोषणा गरेकी हुन् ।

विमला केसी जनार्दन शर्माका भतिज बसन्तकी श्रीमती हुन् । लामो समयदेखि महिला आन्दोलनमा सक्रिय उनलार्य अध्यक्ष नै बनाउनुपर्नेमा जनार्दन शर्माले जोड गर्दै आएपनि महासचिव कृष्णबहादुर महरा र सचिव वर्षमान पुनले झापाकी धर्मशिलालाई अध्यक्ष बनाएको स्रोतको दाबी छ ।

पदाधिकारीमा आकांक्षी धेरै भएपछि महरा र वर्षमानले सोमबार बिहान १७ जना उपाध्यक्ष, १ महासचिव, १५ सचिव र १ कोषाध्यक्ष बनाउने भन्दै प्रचण्डपुत्री रेणुको नाम महासचिवमा प्रस्ताव गर्दा विमला केसी आफू उापध्यक्षको हुलमा नबस्ने भन्दै धुरुधुरु रोएकी थिइन् । त्यसपछि त्यहाँ एकपछि अर्को गर्दै रुवाबासी चलेको हो ।

उता, नारायाणकाजीनिकट पूर्वएकता केन्द्रका महिलाले पनि आफूहरुलाइ अपमान गरिएको तथा महिला फ्र्याक्सन इञ्चार्ज शशी श्रेष्ठलाई बाइपास गरिएको भन्दै बैठक बहिस्कार गरेका छन् । जनआस्था साप्ताहिकमा खबर छ ।

हुरी चल्दा बलो समातेर जोगिए बेलायती राजकुमार ह्यारी

१६ चैत, गोरखा ।
बेलायतका राजकुमार ह्यारी सोमबार दिउँसो दुई बजेतिर लापुबेसीको प्रभातकिरण माविका विद्यार्थीसँग भेटघाट कार्यक्रममा सरिक हुन जाँदै थिए। उनी विद्यालयमा मात्र पुगेका थिए, एक्कासी हावाहुरी चल्न थाल्यो।

‘ठूलै हावाहुरी चल्यो। उनी हत्तपत्त विद्यालयको अफिस कोठाभित्र छिरे’ प्रधानाध्यापक जीव गुरुङले भन, ‘हामी शिक्षक स्टाफहरु नाल, थाम, बलो समातेर बसेका थियौं। उनी पनि त्यसै गर्न थाले।’ अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

२० मिनेट जोडदार हावाहुरी चलेको उनले बताए। ‘२० मिनेटसम्म हुरी चल्यो। कक्षा कोठाको जस्ता सबै उनकै आँखा अगाडि उडायो। यो देखेर उनी डराएका पनि थिए’, गुरुङले भने।

त्यतिबेला कक्षा आठका विद्यार्थीहरु जिल्लास्तरीय परीक्षा दिइरहेका थिए। ‘छानो उडाएपछि जाँच दिइरहेका विद्यार्थीहरु भागाभाग भयो’ गुरुङले भने ‘नैतिक बिषयका जाँच दिइसकेर स्थानीय बिषयको जाँच दिन थालेका थिए। जाँचै अधकल्चो भयो।’ स्थानीय बिषयको परीक्षा भएकाले विद्यालयले नै निर्णय गरेर अर्को परीक्षा लिने उनले बताए ।

हावाहुरी थामिएपछि ह्यारीले शिक्षक विद्यार्थीहरुसँग सामुहिक तस्वीर खिचाएका थिए। प्रकोप आइरहने भएकाले पक्की विद्यालय भवन चाँडो बनाउन सुझाव दिएका थिए।

सरकारका मन्त्री नै कृश्चियन धर्मको प्रचारमा !

काठमाडौं,बैशाख १ । क्रिश्चियन धर्मावलम्बीले ‘क्रिसमस डे’मा सार्वजनिक बिदाको माग गर्दै आन्दोलन सुरु गरेका छन् । संविधानमा धर्मनिरपेक्षता लागू गरेपछि नेपालका क्रिश्चियन संघ–संस्थाले सरकारलाई दबाब दिन केही दिनदेखि आन्दोलन गर्दै क्रिसमस डेलाई राष्ट्रिय पर्वको रुपमा मनाउन जबरजस्ती माग तेस्र्याएका हुन् ।

सरकारले हालै मन्त्रिपरिषदको निर्णयबाट क्रिसमस डेमा क्रिश्चियनहरुलाई मात्र बिदा दिने निर्णय गरेपछि नेपालमा क्रियाशील इसाईहरू आक्रोशित बनेर आन्दोलनमा लागेका छन् । यसैगरी, चितवनलगायत विभिन्न जिल्लामा सञ्चालित बालगृहमा रहेका बालबालिकालाई क्रिश्चियन धर्मको प्रचार गर्न क्रिश्चियन शिक्षा दिएको पाइएको छ ।

हालै जिल्ला प्रशासन र महिला विकास कार्यालयले गरेको अनुगमनमा बालबालिकालाई पढाउने नाममा क्रिश्चियन शिक्षा दिने गरेको भेटिएको हो ।

चितवनमा मात्रै ३२ वटा बालगृहमा रहेका करीव एक हजार बालबालिकालाई क्रिश्चियन धर्म प्रचारका लाग पढाउने गरेको पाइएपछि प्रशासन कार्यालयले त्यस्ता बालगृहलाई सचेत गराएको छ ।गरिव र अशिक्षाको फाइदा उठाउँदै जबरजस्ती क्रिश्चियन धर्म लाद्ने प्रयास पछिल्ला दिनमा निकै बढेको छ ।

गणतन्त्र आएपछि राजनीतिक स्वतन्त्रताको फाइदा उठाउँदै केही पश्चिमा राष्ट्रका संघ संस्था क्रिश्चियन धर्म प्रचारका लागि डलरको खोलो बगाइरहेका छन् । सरकारको दुर्नियत एवम् निरीहताकै कारण ०६३ पछि पचासौँ गुणा चर्चको संख्या थपिए । धर्मनिरपेक्षताको आडमा चर्चहरू खुल्ने र सोझा विपन्न नेपालीलाई यसमा आबद्ध गर्ने प्रवृत्ति पछिल्लो दिनमा ह्वात्तै बढ्यो ।

एक तथ्याङ्कअनुसार तेस्रो जनआन्दोलनपछि मात्र देशभरिमा थप आठ हजार चर्च स्थापना गरिएका छन् । यसमा हजारौँ सोझासाधा नेपाली नागरिकलाई अनेक प्रलोभन र आश्वासन दिएर अबद्ध गरिएको हो ।

यसका लागि ठूलो धनराशी खर्च गरिएको छ । क्रिश्चियन धर्म प्रचारका लागि अहिले विभिन्न रेडियो, टीभीमार्फत अनेक कार्यक्रम सञ्चालन गरी भ्रम फैलाउने प्रयास भइरहेको छ । नेपालमा रहेका अधिकांश एफएम रेडियो, टीभीलगायतका मिडियाबाट यशु खिष्टबारे प्रवचन दिने, अन्य धर्मभन्दा क्रिश्चियन धर्म नै उत्कृष्ट भएको भ्रमपूर्ण प्रचार गर्ने गरिएको छ ।

सरकारले जबरजस्ती धर्म परिवर्तन गर्न लगाउनेलाई कारबाही गर्न नसक्दा क्रिश्चियनहरुले अवान्छित चलखल गर्ने मौका पाएका हुन् ।

सरकारका मन्त्री एकनाथ ढकालमाथि त धर्म प्रचारका लागि आफ्नो एनजीओमार्फत विदेशबाट डलर ल्याई विभिन्न चर्च र यससम्बन्धी अभियानमा खर्च गर्ने गरेको आरोप पहिलादेखि नै लाग्दै आएको छ । ढकालले क्रिश्चियन धर्म प्रचारका लागि आएको पैसा पोसेर मन्त्री पद हत्याएको चर्चा पनि चल्दै आएको छ । घट्ना र विचार साप्ताहिकमा खबर छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web