नन्दको प्रेमिकालाई हत्या गर्ने भाउजू जेल चलान

१५ चैत, बारा ।
नन्दको प्रेमिकालाई हत्या गरेको आरोपमा यहाँ आफ्नै भाउजू आइतवार जेल चलान भएकी छिन् ।

फाल्गुन ४ गते राती बाराको भोडाहा गाविस ८ बस्ने कृष्ण प्रसाद साह तेली लगायतका घर परिवारका सदस्यहरु समेत मिलेर पुनदेव प्रसाद यादवको हत्या गरेका थिए ।

प्रहरीका अनुसार रौतहट गा.वि.स.सन्तपुर दोस्तीया वडा नं.७ बस्ने हितलाल राउतको छोरा वर्ष २५ को पुनदेव प्रसाद यादवको घाटी काटी कर्तव्य गरी लास जिल्ला बारा गा.वि.स.मनहर्वा वडा नं.५ स्थित टेङरहर खोलाको किनारमा फालेको अवस्थामा भेटिएको थियो ।

फाल्गुन १४ गते मृतक यादवको लास एकाबिहान गाउलेहरु देखेपछि प्रहरीलार्य खबर गरेका थिए ।

कर्तव्य ज्यान मुद्दामा अभियुक्त मध्येका निज कृष्ण प्रसाद साह तेलीको छोरा बुहारी वर्ष २५ की रिन्कु देवी साह तेलीलाई आज जिल्ला  अदालत बाराको आदेशमा कारागार चलान गरिएको प्रहरी निरिक्षक शशिकुमार ठाकुरले जानकारी दिनुभयो ।

कारागार चलान भएकी रिंकुलाई गा.वि.स.तेलकुवा वडा नं.१ स्थित माईती घरमा लुकी छिपी बसेको अवस्थामा पक्राउ गरेको थियो । घटनाका अन्य आरोपितहरु फरार रहेको र निजहरुको खोजविन जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र प्रसाद उप्रेतीले जानकारी गराउनु भएको छ ।

मन्त्रीपरिषदद्धारा भारत र युरोपेली युनीयनको हस्तक्षेपकारी वक्तव्यको बिरोध

२० चैत, काठमाडौं ।
मन्त्रिपरिषद् बैठकले भारत र युरोपियन युनियनले नेपालको विषयलाई लिएर जारी गरेको अनावश्यक र हस्तक्षेपकारी संयुक्त वक्तव्य अनुचित भएको ठहर गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरवारमा बसेको मन्त्रीपरिषद् बैठकले नेपालको विषयलाई लिएर जारी भारत र युरोपियन युनियनको संयुक्त वक्तव्य अनुचित भएको ठहर गरेको सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिनुभयो ।

यसैगरी, मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्रीको चिन भ्रमण ऐतिहासिक, उपलब्धीमुलक र युगान्तकारी भएको ठहर गरेको छ ।

बैठकले प्रधानमन्त्रीको चिन भ्रमणका समयमा भएको पारवहन तथा यातायात सम्झौता, रेल यातायात, हवाई मैदान निर्माण इन्धन अन्वेषण, जलविद्युत्त, ट्रान्समिसन लाइन लगायतका विषयमा भएको सम्झौता ऐतिहासिक भएको ठहर गरेको सूचना तथा सञ्चार मन्त्री राईले बताउनुभयो ।

बैठकले स्थानिय निकाय निर्वाचन कार्यविधि ऐन २०४८ लाई संसोधन गर्न बनेको विधेयकलाई संसदमा प्रस्तुत गर्नका लागि संम्बन्धीत समितिमा पठाउने निर्णय गरेको छ ।

यसैगरी, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाती आयोग, मधेशी, थारु मुस्लिम, दलित लगायतका सम्बैधानिक आयोगहरुका छुट्टाछुट्टै विधेयक तर्जुमा गर्नका लागि सैद्धान्तिक स्विकृती दिने निर्णय आजको मन्त्रीपरिषद्को बैठकले गरेको छ ।

इजरायल जान केयर गिभर प्रक्रिया खुल्ला

२१ चैत, काठमाडौं ।
लिखित, मौखिक, प्रयोगात्मक परीक्षामा सफल भएपनि विभिन्न प्रक्रियागत झन्झटका कारण अन्योलमा परेको इजरायल रोजगारीमा बल्ल नेपाली युवायुवती जान पाउने भएका छन् ।

पहिलो चरणको लगभग सवै तयारी पूरा गरेका ५९ जनामध्ये १३ जनालाइ इजरायलबाट बोलाइएकाले पठाउने तयारी भइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ।
 
इजरायली अधिकारीले नै लिएको लिखित, मौखिक लगायतको परीक्षामा सफल भएका ५९ जनाले एकैपटक इजरायल जान पाउने अपेक्षा गरेपनि १३ जनालाई मात्र बोलाइएकाले कतिपय सभागी निराश भएका छन्।
 
तर सरकारी अधिकारीले भने सबैलाई एकैपटक पठाउँदा अलि समस्या हुनसक्ने भएकाले पहिलो चरणमा १३ जनालाई मात्र पठाउन थालेको जानकारी दिए । नागरिक दैनिकमा समाचार छ।

दिनदहाडै झाप्पड खाएपछि रुँदैरुँदै फर्किए उपसभामुख

काठमाडौं,  चैत २४ । ‘तँ विष्टेको दलाल होस्, मा चो भन्दै राजीव पराजुली पड्किए । गंगाप्रसाद यादव पनि किन चूप लाग्थे र, ‘एई, बहेन ‘ चो, कसलाई भन्सि दलाल रे ?’ भन्दै उसैगरी पड्किए । ‘तैंले के खोजेको? देखाइदिऊँ ?’ भन्दै राजीवले गंगालाई देखाइदिए एक झापु हानेर । देशको उपसभामुख, सरकारी दलबलसहित पार्टीको बैठकमा पुगेका थिए, गंगाप्रसाद यादव । कमल थापाकै खास मान्छे । केशरबहादुर विष्टलाई कारवाही नै गरेर जाँदा अलिक नराम्रो सन्देश जाला भन्ने सुझाव मात्रै दिएका हुन् । तर सहेनन्, राजीव पराजुलीले । हातपात भइसकेपछि कमलले राजीवलाई सम्झाए । भइसकेपछि सम्झाएर के गर्नु ? माफ त मागे । तर, सोझा गंगा रुँदैरुँदै काठमाडौं फर्किए । हालै वीरगञ्जमा सम्पन्न राप्रपा नेपालको बैठकको दृश्य हो यो । 

प्रमुख सचेतक दीलनाथ गिरीको दाउ रहेछ, अहिलेसम्म कमल थापाले चलाइरहेको स्थानीय विकास मन्त्रालयमा हात पार्ने । त्यहाँ केशरबहादुरका छोरा विराज सहायक मन्त्री छन् । विराज र राज्यमन्त्री कुन्तीदेवी शाहीको कुरा मिल्दैन । मन्त्रालयमा राज्य र सहायक मन्त्रीका असहमतिको कारण रमिता नै चलेको छ । यही मेसोमा विराजका बाबु केशरले कमल थापासँग निहुँ खोजिरहँदा त्यही ठाउँबाट भ्वाङ पारेर आफ्नो खेलो चलाउनेमा दीलनाथ लाग्ने नै भए । फलतः वीरगञ्जकै स्थानीय नेता राजीवनको होटलमा केशरबहादुर पक्षधरलाई लखेटेर, वरिपरि अधिकांश गैरकेन्द्रीय सदस्य राखी केशरबहादुरलाई कारवाही गरियो भनेर आजको जनआस्था साप्ताहिकमा खबर छ । 

गतिछाडा सांसद सुधार्न नयाँ नियमावली

२४ चैत, काठमाडौं ।
व्यवस्थापिका संसद बैठक कक्षमा हुने अभद्र र अशोभनीय व्यवहार रोक्न संसदले तयारी थालेको छ ।

बैठकमा सांसदबाटै यस्ता व्यवहार दोहोरिन थालेपछि संसदले नियमावली नै बनाएर कारबाही गर्न लागेको हो ।

व्यवस्थापिका संसद नियमावलीले त्यस्ता सांसदलाई निलम्बसहित कारबाही गर्ने अधिकार सभामुखलाई दिएको छ ।
 
अभद्र तथा अशोभनीय व्यवहार गर्ने सांसदलाई निष्कासन, निलम्बन र हर्जना तिराउनेसहित तीन चरणको कारबाही गर्न सक्ने अधिकार सभामुखलाई तोकिदिएको छ। पहिलो पटक स्पष्ट रुपमा यस्तो अधिकार दिइएको नियमावली बिहीवार समितिबाट पारित हुँदैछ ।
 
नियमावलीको परिच्छेद ८ को ‘बैठकमा सुव्यवस्था’ शीर्षकमार्फत सभामुखलाई निष्कासन, निलम्बन र हर्जना गरी तीन चरणको कारबाहीका लागि अधिकार तोकिएको नागरिक दैनिकमा समाचार छ ।

ओली नेपाल दुई खेमा हानाथापले एमाले विभागमा मनोनयन हुन सकेन

१८ चैत, काठमाडौं ।
नेकपा 'एमाले' को स्थायी कमिटीको आजको ३५ औँ बैठकमा पनि केन्द्रीय विभाग र सल्लाहकार समितिमा मनोनयनबारे निर्णय हुन सकेन ।

प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सो कार्यसूचीमाथि मङ्गलबारको स्थायी कमिटीको निर्देशनबमोजिम केन्द्रीय सचिवालयले रातिसम्म लगाएर गरेको गृहकार्यसहितको प्रस्ताव प्रस्तुत भए पनि निर्णय हुन सकेन ।

विभागका सदस्य चयन गर्दा सबै पक्षसँग परामर्श अपुग भएको भन्दै आलोचना भएपछि निर्णय हुन नसकेको हो ।

बसको झ्यालबाट टाउको निकाल्दा ज्यान गयो

२४ चैत, चितवन ।
चितवनको दारेचोकमा गाडीको झ्यालबाट टाउको निकाल्दा एक महिलाको आज ज्यान गएको छ ।

धादिङबाट पोखरा जान आउँदै गरेको ग१ख ६१८५ नम्बरको बसमा सवार एक यात्रुको झ्यालबाट टाउको निकालेका बेला ना४ख ४१४३ नंको ट्याङ्करले ठक्कर दिँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

चितवनको दारेचोक–९ फिस्लिङमा भएको उक्त दुर्घटनामा परी मृत्यु हुनेमा धादिङ सल्यानटारकी २३ वर्षीया नानुमायाँ परियार रहेको प्रहरीले जनाएको छ ।

झ्यालबाट टाउको निकालेका बेला ट्याङ्करले ठक्कर दिएर गम्भीर भएकी उनको उपचारका क्रममा आज दिउँसो भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रीमानलाई ऋण बोकाएर अर्कैसँग भाग्ने पक्राउ

२८ चैत, काठमाडौं ।
श्रीमान् विदेशमा रहेको समयमा सहकारी र व्यक्तिबाट ऋण लिएर अर्कै पुरुषसँग भागने खोटाङकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

ःयलभथ ल्भउबऋिण लिएर अर्कै पुरुषसँग भागेकी दिक्तेल नगरपालिका  ८ की ३५ वर्षीया सुजाता राईलाई प्रहरीले पक्राउ गरेको आजको नागरिक दैनिकमा समाचार छ ।  उनका श्रीमान् रोजगारीका सिलसिलामा दुई वर्षदेखि मलेसियामा छन् ।

महुली सहकारी संस्था , डिप्रोस सहकारी संस्था र गाउँका स्थानीयसँग ऋण लिएर उनी चैत १७ गते दोस्रो बिबाह गरेर भागेकी थिइन । उनलाई उदयवुरको कटारी बाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रजित राईसँग विहै गरेर भागेको जानकारी पाएलगत्तै सुजाताविरुद्ध प्रहरीमा उजुरी परेको थियो । सुजाताले श्रीमान्ले विदेशबाट पठाएको रकम समेत लिएर भागेको जनाइएको छ ।

ओलीको बोली-‘पुनःनिर्माणका कामबाट सरकार र म आफै सन्तुष्ट छैन’

१६ चैत,काठमाडौं । भूकम्प पुनःनिर्माण कार्यमा देखिएको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै समग्र अभियानमा तीव्रता दिन सम्बन्धित कर्मचारीलाई निर्देशन दिएका छन्। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सम्बन्धित मन्त्रालय, निकाय र एकाइबीचको समन्वयका लागि आयोजित पुनःनिर्माणसम्बन्धी गोष्ठीको उद्‌घाटन गर्दै प्रधानमन्त्री ओलीले आफू जनताले सोचेजस्तो गरी अघि नबढेको जनाउँदै, तीव्र गतिमा काम गर्न निर्देशन दिएका हुन्।

'समग्र सरकार र पुनःनिर्माणका कामबाट म आफू पनि सन्तुष्ट छैन। यसमा मेरो पनि दोष होला तर अन्य बाधा र अड्चन देखाएर अभियानलाई ढिलाइ गर्ने काम सह्य हुनेछैन। त्यसका लागि मन्त्रिपरिषद् वा संसद्बाट गर्नुपर्ने कामका लागि म तयार छु', उनले भने।

'अबदेखि कुनै पनि नाममा व्यवधान भएमा त्यस्ता कर्मचारीलाई सरुवा गरी काम गर्नेलाई खटाइनेछ, पुनःनिर्माणको सेवा गर्ने पवित्र काममा अतिरिक्त भत्तालाई सर्त बनाइएको भन्ने कुरा म पत्याउन सक्दिनँ। जनताको उत्साहलाई हामीले बाटो खोलिदिनुपर्छ। जनतालाई छानोमुनि ल्याउने काममा दशकौं वर्ष लाग्ने स्थिति भए राम्रो हुनेछैन', उनले भने।

प्रधानमन्त्री ओलीले अबदेखि कहाँ के कति पुनःनिर्माण भयो र कर्मचारी खटाइयो भन्नेबारे दैनिक विवरण राष्ट्रिय सञ्चारमाध्यमबाट सार्वजनिक हुनुपर्ने भन्दै यसमा युवा स्वयम्सेवक पनि परिचालित गर्नुपर्नेमा जोड दिए।

उनले नयाँ उचाइ र आत्मविश्वासका साथ पुनःनिर्माणका काम अघि बढाउन पटक पटक आग्रह गर्दै गत माघ २ बाट सुरु भएको पुनःनिर्माण महाभियानअन्तर्गत रानीपोखरी र धरहरा पुनःनिर्माणका कामको पनि आफूले प्रगति नदेखेकामा चिन्ता व्यक्त गरे। 'मेरो धरहरा म बनाउँछु' अभियानमा हालसम्म मन्त्री र केहीबाट गरी रु १८ लाखमात्र जम्मा भएकामा पनि उनले प्रश्न उठाउँदै यसमा संयन्त्र र जनस्तरबाट सहयोगको अपेक्षा राखे।

गृहमन्त्री शक्तिबहादुर बस्नेत, स्थानीय विकास राज्यमन्त्री कुन्तीकुुमारी शाही, मुख्य सचिव डा सोमलाल सुवेदी, विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीसमेत उपस्थित गोष्ठीमा विभिन्न मन्त्रालयका सचिवले आपूm मातहतका पुनःनिर्माणका काम, त्यसका व्यवधान र आगामी कार्यक्रमबारे प्रस्तुति गर्ने र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जवाफ दिने कार्यक्रम छ । -नागरिक

भारतको आंखा खुलोस् अब !! -बावुलाल भण्डारी

प्रधानमन्त्रीको हालै सम्पन्न भारत भ्रमणमा संयुक्त बक्तब्य आउन नसके पछि उनको भारत भ्रमण निस्फल भएको टिकाटिप्पणी भए । विपक्षको लागि त यो मजेदार मसला हुने नै थियो, भयो ।

खुद भारतका पूर्व सेनाध्यक्ष र सुरक्षाविज्ञ अशोक मेहताले ओलीलाई भब्य राजकिय सम्मान दिइएको देखाउन खोजे पनि प्रधानमन्त्री मोदीले गला मिलाउने आफ्नो आतिथ्य स्वभाब सम्ममा पनि कञ्जुस्याइ गरेको रमाइलो प्रसंग कोट्याएर भारत वास्तवमा ओली प्रति कति खुला, उदार र सद्भाबयुक्त थियो भन्ने तर्फ स्पष्ट संकेत गरे ।

यसरी नाकाबन्दी र तिक्तताको पृष्ठभूमीमा ओली भ्रमणको घोषित सम्बन्ध सुधारको पहिलो एजेण्डा नै त्यति सफल हुन सकेन भने, भ्रमणको खास उपलब्धीको रुपमा चित्रण भएको विसाखापटनमको थप बन्दरगाह उपयोगको सम्झौता पनि कुनै मूल्यको भएन । कारण स्पष्ट छ, हाम्रो असल छिमेकीको नियत फेरिएर सांच्चिकै असल नहुञ्जेल अरु दशौं बन्दरगाहका सुविधा पनि सबै एकैपटक नाकाबन्दीको चपेटामा पर्छन् र हाम्रो प्रयोजनको रहँदैनन् ।

तर,उनको यहि असफल भारत भ्रमण नेपालको राष्ट्रियताको कोणबाट भने ए्ेतिहासिक रुपले सफल ठहरिएको छ । उनले राष्ट्रिय स्वाभिमानमा एउटा बलियो स्तम्भ खडा गरेका छन् र राष्ट्रपे्रमीहरुको पंक्तिमा जवर्दस्त प्रभाब छोडेका छन् । कसरी ? यसको पनि स्पष्ट कारण छ । हाम्रा अधिकांश तथाकथित नायकहरु मित्रराष्ट्रको प्रलोभन, धम्की वा छलछाम जस्ता अस्त्रको सामु पटक पटक कायल भएका छन् र राष्ट्रियताको एक पछि अर्को सौदावाजी हुँदै आएको छ ।

भारतले राष्ट्रिय स्वाभिमान कमजोर हुने पदाकाँक्षी थुप्रै माथि २०४६ देखि प्रकट रुपले यो वा त्यो अस्त्र उच्च सफलताका साथ प्रयोग गर्दै आफ्नो स्वार्थसिद्घी गरेको छ । क.ओलीको विगतको पृष्ठभूिमको कारणले पनि काठमाण्डौंमा आशंका ब्याप्त थियो– ओली पनि कहीं न कहीं झुक्ने छन् वा झुकाइने छन् । तर, यसपटक यस्तो हुन पाएन ।

संयुक्त पत्रकार सम्मेलनमा मोदीजीको भावभङ्गिमा र केवल औपचारिकता जाहेर गर्ने उनको अप्रसन्न लवजले उनका वेमुनासिब अभिप्रायमा ओलीले नामञ्जुरीको साहस गरेछन् वा उताबाट अख्तियार हुने यि अश्त्रले ओलीमाथि काम गरेनछन् भन्ने देखिन्छ । भारतीय पक्षमा देखिएको यही असन्तुष्टी नै प्रकारान्तरले नेपालको उपलब्धी वा सफलताको पक्ष हो र ‘देर से आए, दुरुस्त आए’ भनेझैं ओलीले यसमा निश्चित रुपले क्रमभङ्ग गरेका छन् ।

यस क्रमभङ्गताको दीर्घकालिन महत्व अझ वेजोड छ । यसले नेपाललाई आफ्नो मौजा र यहाँको राजनीतिक नेतृत्वलाई आफ्नो खल्तीका प्यादा ठान्ने भारतीय हैकमबादलाई मजाको झट्का दिएको छ र अव नेपालको राजनीतिमा भारतको निर्णायक भूमिका समाप्त भई नयाँ अध्याय सुरु भएको सन्देश दिएको छ ।

यसले प्रपञ्च वा परिवन्दले झुक्न विवश इमान्दार नेताहरुलाई पनि राष्ट्रिय स्वार्थको वाटोवाट मात्र राजनीति दिगो हुने आत्मविश्वास एकातिर जगाएको छ भने अव आजको खुला समाज र सचेत नागरिक चेतनाको अगाडि पहीला जस्तो उद्दण्ड र निम्न कोटीको कुटनीति निरर्थक हुने यथार्थलाई भारत सामु प्रश्तुत गरेको छ । यो कुरा ओलीको चिन भ्रमण अघि र पछिका तमाम घटनाक्रमहरुले पनि पुष्टी गर्छन् ।

कति सम्म भने, ओलीको चिन भ्रमणको पूर्वसंध्यामा भारतीय अखवार “दि हिन्दू” ले ओलीको चिन भ्रमणबारे भारतलाई व्रिफिङ्ग गरिने भन्दै नेपालले चीन सङ्ग अघि बढाउने सबै सम्झौता र सहमतीमा भारतको अनुमोदन आवश्यक हुने भन्ने आशयको नियोजित सामाग्री छाप्यो । प्र.म. ओली र भ्रमण दलका मुख्य मुख्य सदस्यहरुलाई अनुचित प्रभाब पार्दै इन्धन आपूर्ती र पारवहन लगायतका सबै महत्वपूर्ण सम्झौता रोक्न जिजोड कोशिस भए र यही प्रयोजनले ‘रअ’ तथा विदेश मन्त्रालयका महत्वपूर्ण व्यक्ति फेरी काठमाडौंमा उतारीए ।

चीनले नेपालमा चाहेर पनि केही गर्न सक्तैन भन्ने एकोहोरो प्रचारवाजीमा भारत उत्रियो र नेपाली नेताहरुबाटै वकपत्र गरायो –नेपालले चीनसंग महत्वपूर्ण सन्धी सम्झौता गर्नु हुँदैन । एकातिर चाइना कार्ड प्रयोग गर्न खोजेको र यसो गर्नु नेपालकै लागि प्रत्युत्पादक हुने भन्दै ओलीलाई हच्काउने प्रयास भए भने अर्कोतर्फ कैयौं विश्लेषकहरु देखा परे जसले वार्षिक ७५ खरबको भोल्युममा कारोवार हुने भारत जस्तो ठुलो ब्यापारिक साझेदारको रुचि र स्वार्थ वाहिर चीन नेपालसँग कुनै सम्झौंतामा बाँधिने छैन भनेर रटान लगाई रहे ।

आपूर्ती मन्त्रीलाई भ्रमण टोलीबाट हठात् हटाई इन्धन आपूर्तिको विषयलाई रहस्यमय ढङ्गले कार्यसूचीबाट झिक्दा भारतीय रणनीति सफलता तर्फ अघि बढेका आशंकासमेत भए । तर, यहाँ पनि भारतले नराम्रो सङ्ग मात खान पुग्यो । भलै, इन्धन आयात सम्झौता केही समयको लागि थाती रहेको होस्, नेपाल चिन बिच त्यो भन्दा कैयौं गूणा महत्वको युगान्तकारी ठहर्ने यातायात र पारवहन लगायत कैयौं महत्वपूर्ण सम्झौता सम्पन्न भए ।

नेपालको यसका छिमेकीहरु सङ्गको भू –राजनैतिक सन्तुलनमा जवर्दस्त प्रभाब पार्न सक्ने पारवहन सम्झौताले, एकजना लेखकका अनुसार, नेपाललाई एकाएक ’ल्याण्डलक्ड’ बाट ‘ल्याण्ड लिंक्ड’ अवस्थामा पु¥याएको भन्ने छ, जो सर्वथा सहि हो । यो सम्झौता प्रतिकात्मक महत्वमा सिमित हुने र नेपालले यसबाट तत्कालिन वा दीर्घकालिन कुनै लाभ लिन नसक्ने भन्ने तर्क पनि आएका छन् तर यसले नेपाललाई निर्वाध समुद्र सम्मको वैकल्पिक निकास दिलाएको छ र नाकाबन्दीको सम्भावनालाई अब सधैका लागि टुंग्याइदिएको छ ।

हो, नेपाल सानो छ , गरीब छ, कमजोर र निर्धो पनि छ । ००७ साल देखि अहिले सम्म इतिहासले सिकाएको एउटा तितो पाठ केहो भने नेपाल कमजोर र निर्धो हुनुको एक्लो कारण यसको भू–परिवेष्ठित अवस्थिती नै हो । यो निर्धो हुनुका अरु जतिपनि कारण हामी भनांैला, ति सबै यसको भू–परिवेष्ठित परिस्थितीका सह–उत्पादन मात्र हुन् ।

नेपालको यहि कमजोर ग्रन्थी वा नट्टीलाई पक्डेर छिमेकी देश भारतले पटक पटक हाम्रो घाँटी थिचेको छ र मुलुक र नेतृत्वलाई घुंडा टेकाई आफ्नो रोडम्यापमा हिंडाउन सफल भएको छ । नेपालको अर्थतन्त्र, विदेशनीति, राजनीति , प्रशासन, सुरक्षा र नागरिकता लगायतका गृह मामिलामा समेत यसकै स्पष्ट छाँया देखिन्छ ।

अन्यथा नेपाल जस्तो प्राचिन, स्वतन्त्र र प्राकृतिक र साँस्कृतिक सम्पदाको धनी सार्वभौम मूलूक निर्धो हुनु र यहाँका यावत मामिलामा भारत हावी हुने अर्को कुनै कारण देखिन्न, छैन । कुनै समय एशिया महादेशका समृद्घ मुलूक मध्येमा गिन्ती हुने नेपालको आजको दूरावस्था आउनमा यहि कारण सर्वोपरी रहेको छ ।

वास्तवमा १७९१ को वेत्रावती सन्धी, १८१६ को सुगौली सन्धी र १८५६ को थापाथली सन्धीकै समान यस क्षेत्रको रणनैतिक शक्ति सन्तुलनमा जवर्दस्त प्रभाव पार्ने यो सन्धीले वास्तवमा नेपाललाई भारत वेष्ठित (इण्डोभर्ट) अवस्थाबाट पहिलो पटक सांच्चिकै स्वतन्त्र मुलुकको पंक्तिमा उभ्याउने संकल्प बोकेको छ र नयां युगको शूत्रपात गर्ने कोशेढुंगा बन्न पुगेको छ ।

वास्तवमा भारतिय पक्षले भनेजस्तै नेपालको सार्वभौमिकताको पूनर्भाष्य होइन कि अब २१औं शताब्दिको खुला परिवेश र नेपालको उन्नत राष्टचेतलाई समयमै बुझेर भारतले दवाब र मुढताको परंपरागत नेपाल नीतिमा परमार्जन गरी सौहार्दता, सम्मान र समानताको आधारमा नेपाल भारत सम्बन्धलाई पूनर्परिभाषित गरिनुपर्ने बेला चांहि आएकै हो । यो नेपालको चाहना र आवश्यकता मात्र होइन, अब भारतको बाध्यता बनेको छ ।

नेपाल – चिन यातायात र पारवहन सम्झौताको लगत्तै चिनको लोकप्रिय अंग्रेजी प्रकाशन ग्लोबल टाइम्सले अब भारत ब्युंझनुपर्छ भनेर लेख्नुमा धेरै अर्थ खोज्न सकिन्छ । यसलाई कसरी अथ्र्याउने, यो भारतको कुरा भयो तर अब नेपाल भारत सम्बन्ध शास्त्रिय हिसाबले पं.नेहरु वा इन्दिरा गान्धी डक्ट्रिनबाट अघि बढ्न सक्दैन भन्ने यसले एउटा बलियो तर स्पष्ट सन्देश बोकेको छ र आजको वस्तुगत यथार्थ पनि यहि हो ।

चिनसंगको पारवहन सम्झौताले नेपालको पारवहनमा भारतमाथि भएको एकोहोरो परनिर्भरतालाई सिद्धान्ततः अन्त गरिदिएको छ र नेपाललाई आपतकालिन सेफ्टिभल्भ उपलब्ध गराएको छ । तर पारवहन अधिकार हरेक भुपरिवेष्ठित मुलुकको यस्तो नैर्सिर्गक अधिकार पनि हो जसलाई सबै सम्बद्ध मुलुकले अन्तर्राष्ट्रिय कानुन र अभिसन्धि अनुसार सम्मान गर्नुपर्ने बाध्यता हुन्छ ।

त्यसैले यसलाई भारत वा अन्य कुनै पनि मुलुकले आफ्नो विकल्प वा आफ्नो स्वार्थमा आघात हुने अर्थमा बुझ्नु हुंदैन र यो वस्तुतः त्यस्तो होइन पनि । यसबाट छिमेकी देश भारतमा एक खालको तरगं पैदा हुनु सम्म जायज मानिएला तर भारतको संस्थापन ओभर रियाक्टिभ देखिइरहेको छ, जो स्वाभाविक छैन ।

अहिले मान्यवर नरेन्द्र मोदी आफै अग्रसर भएर नेपालको संविधान अपूर्ण रहेको भन्दै छिमेकी मुलुकको नितान्त आन्तरिक मामिलालाई अनधिकृत र अनुचित रुपमा अन्तर्राष्ट्रिय मञ्चमा उछाल्ने काम भएको छ । उहाँको उचाइको ब्यक्तित्वबाट स्वयं आफ्नो मुलुकमा भन्दा कैयौं गुणा प्रगतिशिल र समावेसी नेपालको संविधान प्रति अनर्गल र निरन्तर नकारात्मक सन्देश प्रवाहित हुनु र एउटा असल छिमेकीलाई एक्ल्याउने अभियान सञ्चालन हुनु असोभनीय र दूःखद छ ।

उता, नेपालका सबै आन्दोलनकारी असन्तुष्ट नेतृत्व र समूहलाई खुला रुपमा दूतावासमा आमन्त्रित गरी आन्दोलनका लागि प्रेरणा भर्ने काम भएको छ । त्यस्त,ै नेपालका राजनैतिक पात्रहरुलाई एक्ला एक्लै र समूहगत रुपमा गोप्य मन्त्रणाका लागि दिल्लीको निम्तो वाँड्नु भारतको स्वभाव बनिसकेको छ र यो सद्भाब विकासको निम्ती मात्र अवश्य भएको छैन ।

यस पटक पनि केही पात्रहरुलाई मौजुका सरकार विरुद्घ सिखण्डीको भूमिकामा उतार्न यस्ता निमन्त्रणा कार्ड वितरण भइ सकेका छन् र नेपालमा सरकार बनाउने, गिराउने र आन्तरिक मामिलामा नाजायज हस्तक्षेप गर्ने दूस्प्रयास हुंदैछन् । यो कुनै मर्यादित, सन्तुलित र बुद्घिमानी कुटनीति होइन । अहिलेको परिवर्तन परीस्थितीमा नेपालमाथि अवाञ्छित नियन्त्रण र दवावको उत्तोलक भारतको पकडबाट छुटिसकेको छ ।

तर, उ पुरानो ह्याङ्गओभरबाट मुक्त हुन सकिरहेको छैन र यथार्थलाई यथार्थतामा लिन सकि रहेको छैन । यसले उल्टै भारतकै कद , प्रतिष्ठा र विश्वसनियतालाई घटाईदिएको छ । पछिल्लो चरणमा नेपाल प्रति भारतका रुचीहरु क्रमशः असफलता तर्फ उन्मुख हुनुको जड कारण पनि यही हो ।

भारतले अब ढिलो चाडंो बुझ्नै पर्छ , उसले नेपालको असल छिमेकीको रुपमा आफ्नो छवि सुधार्न पट्टी नगई दबाबकै भद्दा कुटनीति अंगाली रहे भारतका एजेण्डा असफल हुने त छदैं छ , उसले बोकेका सबै पात्रहरु जनतामा थप नांगिदैं जाने र संघाई सहयोग परिषदमा जस्तै गरी नेपाल क्रमश ः भारतिय सामरिक धु्रवबाट टाढिंदै जाने छ । के भारत यस्तै चाहन्छ ?

१५ बर्षीय किशोरी दुई वर्ष देखी बन्धक बनाउने पक्राउ

१६ चैत, टोकियो ।
एक १५ बर्षीया किशोरीलाई दुई बर्षदेखी कोठामा बन्धक बनाएर राख्दै आएका एक जापानी नागरिक पक्राउ परेका छन् ।

जापानी प्रहरीलाई उदृत गर्दै यहाँको सरकारी समाचार संस्था एनएचके टेलिभिजनले उल्लेख गरे अनुसार बन्धक बनाइएकी किशोरी पनि जापानी नै हुन् ।
बन्धक बनाइएकी किशोरीले नै प्रहरीलाई फोन गरेपछि घटना सार्वजनिक हुन पुगेको हो ।

प्रहरीका अनुसार बाहिर जाँदा ढोका खुला राखेर गएको मौका छोपी १५ बर्षीय किशोरीले प्रहरीलाई फोन गरेकी थिइन । प्रहरीले उनीलाई शिजुओका क्षेत्रबाट १०० किमी टाढा फेला पारेको हो भने किशोरीको अवस्था सामान्य छ ।

प्रहरीले अपहरण र बन्धक बाएको आरोपमा कावु टिराउची नाम गरेका २३ वर्षीया युवालाई पक्राउ गरेको छ ।

सन् २०१४ को मार्च महिना मा अपहरण गरि ति युवतीलाई उनले बन्धक बनाएर राखेको बताइएको छ ।

दुई बर्षसम्म बन्धक बनाएपनि शारिरिक यातना र यौन तथा अन्य शोषण भएको नदेखिएको भन्दै प्रहरीले आइतबार पक्राउ पुर्जी जारी गरि सोमबार टिराउचीलाई सिजुओको प्रान्तबाट पक्राउ गरेको छ । उनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको जापानी प्रहरीले बताएको छ ।

सडक आन्दोलनमा ओर्लियो नयाँ शक्ति नेपाल

काठमाडौं,चैत २८ ।  डा.बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति नेपाल सडक आन्दोलनमा उत्रिएको छ ।आर्थिक समृद्धिको मुल एजेण्डा बनाउँदै आएको नयाँशक्ति नेपालले भ्रष्टाचार रोक्न माग गर्दै भद्रकालीवाट धर्ना सुरु गरेको छ । 

भूकम्पपीडितको मुद्दा सम्बोधन नभएको तथा नाकाबन्दीको बाहनामा भ्रष्टाचार, कालोबजारी मौलाएको भन्दै नयाँ शक्ति नेपाल सडक आन्दोलन उत्रिएको हो । काठमाडौँको भद्रकालीमा विहान १० बजेदेखि १२ बजेसम्म गरिएको धर्नामा नयाँ शक्तिका संयोजक डा।बाबुराम भट्टराई स्वयं सहभागी थिए ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web