२० चैत, काठमाडौं ।
मन्त्रिपरिषद् बैठकले भारत र युरोपियन युनियनले नेपालको विषयलाई लिएर जारी गरेको अनावश्यक र हस्तक्षेपकारी संयुक्त वक्तव्य अनुचित भएको ठहर गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरवारमा बसेको मन्त्रीपरिषद् बैठकले नेपालको विषयलाई लिएर जारी भारत र युरोपियन युनियनको संयुक्त वक्तव्य अनुचित भएको ठहर गरेको सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिनुभयो ।
यसैगरी, मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्रीको चिन भ्रमण ऐतिहासिक, उपलब्धीमुलक र युगान्तकारी भएको ठहर गरेको छ ।
बैठकले प्रधानमन्त्रीको चिन भ्रमणका समयमा भएको पारवहन तथा यातायात सम्झौता, रेल यातायात, हवाई मैदान निर्माण इन्धन अन्वेषण, जलविद्युत्त, ट्रान्समिसन लाइन लगायतका विषयमा भएको सम्झौता ऐतिहासिक भएको ठहर गरेको सूचना तथा सञ्चार मन्त्री राईले बताउनुभयो ।
बैठकले स्थानिय निकाय निर्वाचन कार्यविधि ऐन २०४८ लाई संसोधन गर्न बनेको विधेयकलाई संसदमा प्रस्तुत गर्नका लागि संम्बन्धीत समितिमा पठाउने निर्णय गरेको छ ।
यसैगरी, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाती आयोग, मधेशी, थारु मुस्लिम, दलित लगायतका सम्बैधानिक आयोगहरुका छुट्टाछुट्टै विधेयक तर्जुमा गर्नका लागि सैद्धान्तिक स्विकृती दिने निर्णय आजको मन्त्रीपरिषद्को बैठकले गरेको छ ।
16.03¡ÆC