एजेन्सी,चैत २८ । भारतको केरला राज्य स्थित एक मन्दिरमा भएको आगलागिमा परि ८६ जनाको मृत्यु भएको छ भने २ सय भन्दा बढी घाईते भएका छन्। आतिशवाजीकालागि राखिएको पटाखाहरुमा बिष्फोट हुँदा आगलागी भएर उक्त दुर्घट्ना भएको स्थानिय प्रहरीले बताएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। आगलागि आईतवार बिहान ३स्१५मा शुरु भएको बताईएको छ।
स्थानिय प्रहरीले आतिशबाजी नगर्न सचेत गराए पनि मन्दिर प्रशासनले निर्दैशन पालन नगर्नाले त्यस्तो दुर्घट्ना हुन गएको स्थानिय प्रशासनले जनाएको छ। उआगलागीमा परेर घाइते भएकाहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
प्रधानमन्त्री सम्बोधन:स्मार्ट सिटीदेखि रेल-वे चढ्ने सपनासम्म

काठमाडौं,चैत ३० । नयाँ वर्षको पूर्व संध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधनमा गरे । राजनीतिक विषयसँगै उनले जनताको जनजीवन, विकास र आर्थिक सम्बृद्धिसँग जोडिएका दर्जनौं उद्घोष सम्बोधनमार्फत नै गरे ।

प्रधानमन्त्री ओलीले सरकारको प्राथकिता भन्दै केही ‘महत्वाकांक्षी’ कार्यक्रम मात्रै घोषणा गरेनन्, इन्धन आपूर्तिलाई सहज गर्ने विषयसम्म पहिलो प्राथमितामा राखेर सुनाए ।

ग्यास दिन्छु

सम्बाधेनमा प्रधानमन्त्री ओलीले इन्धन आपूर्तिलाई सहज बनाउने प्रतिवद्धता जनाएका छन् । उनले विशेषतः खाना पकाउने ग्यासमा अझै रहेको असहज वितरणलाई छिट्टै सहज बनाइने बताएका छन् ।

भारतीय नाकाबन्दीपछि असहज भएको ग्यास आपूर्ति अझै सहज भएको छैन । सर्वासधारणले महिनौं कुर्दा पनि ग्यास नपाएको अवस्थामा ओलीले सरकारले त्यसमा केही महत्वपूर्ण कदम चाल्ल्ने संकेत गरेका छन् ।

वर्षा अगाडि पुर्ननिर्माण सुरु गर्छु

भूकम्पपछिको पुनर्निर्माण अपेक्षित गतिमा अघि नबढेको प्रधानममन्त्री ओलीले स्वीकार गरेका छन् । नाकाबन्दी, प्रशासनिक झमेला, कानुनको अभाव र दाताहरुसँग गरेको सर्त सहायता सम्झौता लगायतका अवरोधलाई यसको कारणका रुपमा उनले दर्शाए ।

ओलीले आगामी वैशाख १२ गतेभित्र भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये ११ वटा जिल्लाका विभिन्न गाविसहरुमा अनुदान सम्झौता प्रकृया द्रुत गतिमा अघि बढ्ने बताए । अब निजी आवास पुनर्निर्माण र तत्काल काठमाडौं उपत्यका सहित भूकम्पबाट प्रभावित अन्य १७ जिल्लामा सर्वेक्षणको काम सुरु हुने बताउँदै उनले त्यसलाई वषर्ात् अघि सकेर पीडितसँग अनुदान सम्झौता गर्ने दावी गरे ।

आगामी जेठ महिनाभित्रमा सम्पन्न गर्ने गरी पुनर्निर्माण प्रकृयालाई अघि बढाउन गाउँगाउँमा पुनर्निर्माण सामुदायिक समिति गठन गर्ने, वर्षाको समयमका लागि भूकम्पपीडितका लागि सामूहिक आवासको व्यवस्था मिलाउने, भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका सम्पदा, शैक्षिक संस्था, स्वास्थ्य चौकी, सरकारी भवनहरु लगायतको पुनर्निर्माणलाई तत्काल अघि बढाउने, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई आवश्यक जनशक्तिको व्यवस्थापन गरी संस्थागत संरचनालाई पूर्णता दिने बताए ।

साथै प्रत्येक जिल्लामा कम्तीमा दुई स्थानमा स्रोतकेन्द्र स्थापना गर्ने, प्रत्येक गाविसमा एक जना इन्जिनियर, एक जना सामाजिक परिचालक र एकजना तालिम प्राप्त निर्माण कर्मीको व्यवस्था गर्ने, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको आवास तथा कार्यालय, प्रधानमन्त्रीको कार्यालय, सेनाको मुख्यालय, सर्वोच्च अदालत, संसद भवन, निर्वाचन आयोग लगायत महत्वपूर्ण सरकारी निकायहरुको निर्माण प्रकृया तत्काल थँलने लगायतका घोषणा पनि ओलीले सम्बोधनमार्फत नै गरेका छन् ।

रेल, विमानस्थल र राजमार्ग बनाउँछु

प्रधानमन्त्री ओलीले आफ्नो जीवनमा नै आधुनिक रेल चढ्छु भन्ने सपना देख्न देसवासीलार्ए आग्रह गरे । साथै यातायात सञ्जाल विस्तारमा सरकारले सडक, रेल र हवाइ गरी तीन प्रमुख संरचना निर्माणमा प्राथमिकता दिने पनि बताएका छन् ।

हुलाकी राजमार्ग र पुष्पलाल मध्य पहाडी राजमार्ग, काठमाडौं-निजगढ द्रुतमार्ग, किमाथाङ्का-जोगवनी सडक, रसुवागढी-ठोरी सडक, कोरल्ला-बेलहिया (सुनौली) सडक, हिल्सा-कणर्ाली राजमार्गको निर्माणमा सरकारले विशेष प्राथमिकता दिने सम्बधोनमा उल्लेख छ ।

यस्तै तराईमा थालिएको पूर्व-पश्चिम रेलमार्गको अतिरिक्त केरुङ-काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्ग निर्माणका लागि अब काम सुरु हुने प्रधानमनत्रीले उद्घोष गरे । उनले सबै नेपालीलाई आफ्नो जीवनकालमै आधुनिक रेलबाट सयर गर्न सम्भव छ भन्ने सपना देख्न आह्वान गरे । निर्माणाधीन भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँगै प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोेन्नति पनि सरकारको प्राथकितामा रहेको उनले सुनााए ।

कृषि र सञ्चारलाई सुधार्छु

कृषिलाई व्यावसायिक र आधुनिक बनाउन सुनकोशी-कमला-वागमती, कालीगण्डकी-तिनाउ, राप्ती-सुराइ, भेरी-बबई डाइभर्सन लगायत सिँचाइ आयोजना अगाडि बढाएर तराईमा हरित क्रान्तिलाई तीव्र पार्ने विषय पनि सम्बाधेनमा समेटिएको छ । सहकारी, सामूहिक या साझेदारी ढाँचामा खेती गर्न प्रेरित गर्ने र किसानलाई मल, बिउ, प्रविधि, उत्पादनमा प्रोत्साहन गर्ने प्रधानमन्त्री ओलीले बताए ।

सञ्चार सञ्जालको लागि दुई छिमेकीसँग अप्टिकल फाइवर, ब्रोड व्याण्ड इन्टरनेट सेवामार्फत हेभी डेटा प्रसारण गर्ने प्रधानमन्त्रीको योजना छ । इ-कमर्स, इ-गवरनेन्स या डिजिटल नेपाल भनिने गरिएको विद्युतीय माध्यमबाट हुने कारोवारमा रहेको बताए ।

सबैलाई सामाजिक सुरक्षा दिन्छु

उनले सामाजिक सुरक्षा सुरक्षाका माध्यमबाट सबै नागरिकलाई शिक्षा र स्वास्थ्यमा समान हक सिर्जना गर्ने विषय पनि सम्बोधनमा सकेटेका छन् ।

सुरक्षा कोषका माध्यमबाट सक्रिय उमेरमा आफैंले जम्मा गरेको योगदानमा आधारित आजीवन पेन्सनको व्यवस्था गर्ने योजना पनि ओलीले बाहिर ल्याएका छन् । आधारभूत खाद्यबस्तु, आधारभूत स्वास्थ्य सेवा र ऊर्जामा आत्मनिर्भरता पनि सरकारको प्राथमिकतामा रहेको उनले बताए ।

स्मार्ट सिटी बनाउँछु

प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोध गर्दै स्मार्ट सिटीको उोजना अघि सारे । ‘मैले देखेको सपना रेट्रोफिटिङमा अडेको गाउँ, बस्ती र शहर हैन- सुविधायुक्त स्मार्ट सिटी हो । मैले हाम्रा योजनाविदहरुलाई दर्जनभन्दा माथि स्मार्ट सिटी, र आधुनिक नेपालको राजधानी भन्न लायक काठमाडौंको नक्सा कोर्न आग्रह गरेको छु,’ प्रधानमन्त्रीले भने ।

एकवर्षमा लोडसेडिङ हटाउँछु

उनले एक वर्षमा आधारभूत रूपमा लोडसेडिङ अन्त्यको लक्ष्य पुरा हुने दावी दोहोर्याए । उनले भारतबाट विजुली आपूर्ति बढाउने सम्बोधनमा उल्लेख गरे । माथिल्लो तामाकोशी लगायत निर्माणाधीन आयोजना तीव्र रूपमा सम्पन्न गर्ने, पञ्चेश्वर, माथिल्लो कर्णाली र अरुण तेस्रो जस्ता साझा लगानी या बाहृय लगानीका आयोजनालाई समयमै सम्पन्न गर्ने, बुढीगण्डकी, नलसिंहगाढ, नौमुरे लगायत प्रस्तावित आयोजनाहरूलाई तत्काल अगाडि बढाउने प्रधानमन्त्री ओलीको योजना छ ।

नागरिकले गौरव र अपनत्व महसुस गर्ने गरी कुनै ठूलो आयोजना आम जनताको सहभागिता र स्वदेशी स्रोतबाट सम्पन्न गर्ने, रेमिट्यान्समा आधारित एक आकर्षक जलविद्युत परियोजना अगाडि बढाउने र निर्माणसँगै प्रसारण विस्तारमा ध्यान दिने पनि सम्बोधनमा बताइएको छ । यस्तै सौर्य, वायु, जैविक लगायत वैकल्पिक ऊर्जाको विकासमा सरकारको ध्यान केन्द्रित रहेको प्रधानमन्त्रीले उल्लेख गरे ।

र, प्रधानमन्त्री ओलीले आफुले पद बहाली गरेकै दिन गरेको सबै तुइनलाई विस्थापन गर्ने योजना आगामी असोजसम्म टंगिने दाबी गरेका छन् ।

देशभर रहेका १७१ तुइनमध्ये ३ वटा विस्थापित भइसकेको, ९ वटा निर्माणाधीन, ४२ वटा खरिद प्रक्रिया, ४७ वटा विस्तृत परियोजना प्रतिवेदन तयारीमा रहेको फेहरिस्ता प्रस्तुत गरे । ३४ वटाको विस्तृत परियोजना प्रतिवेदन तयारी भइरहेकाले आगामी असोज अन्त्यसम्ममा परियोजना तयारीका सबै काम सम्पन्न हुने उनको दाबी छ ।

– .onlinekhabar.com

नामिबियाली क्रिकेट प्रमुखले भने-‘नेपाललाई पाठ पढाइदिन्छौं’ (विस्तृतमा पढ्नुहोस्)
२७ चैत, काठमाडौं ।
नामिबिया क्रिकेट एशोसिएसनले औपचारिक कार्यक्रम गरेर नेपालसँग खेल्ने टोलीको औपचारिक विदाइ गरेकोछ ।
नामिबिया क्रिकेट एशोसिएसनले औपचारिक कार्यक्रम गरेर नेपालसँग खेल्ने टोलीको औपचारिक विदाइ गरेको हो ।
त्यही कार्यक्रममा नामिबिया क्रिकेटका सीइओ डा. डोनोभान जिल्याण्डले कडा भाषण गरे, जुन सामाजिक सञ्जालमा छाएको छ ।
द नामिबियाका अनुसार जिल्याण्डले नामिबियाले काठमाडौंमा गएर घरेलु टोलीविरुद्ध जित्ने मात्र दाबी गरेनन्, नेपाली टोलीलाई पाठ पढाउने दाबी गरे ।
नेपालले सँधै ठूलो टिमसँग खेल्न चाहेको बताउने गरेको भन्दै उनले भनेका छन्-‘हामी उनीहरुलाई देखाइदिउँ कि ठूलो टिमसँग खेल्न कस्तो हुन्छ ।’
नेपाल आउनु अघि नामिबियाले इन्टरकन्टिनेन्टल कपमा अफगानिस्तानसँग चार दिवसीय क्रिकेट खेल्नेछ ।
टोलीका कप्तान स्टफेन बार्डले आफ्नो टोलीको तयारी राम्रो भएको बताएका छन् ।
द नामिबियनले आफ्नो समाचारमा नेपाल अफगानिस्तान जत्तिकै बलियो नभएको बताएको छ ।
तर, कीर्तिपुरमा हुने खेल हेर्न २५ हजार बढी दर्शक आउने र उनीहरुको कट्टर समर्थनका बीच नेपाललाई हराउन सजिलो नरहने बताएको छ ।
चरी मारिएपछि एकाएक चर्चामा आएकी खुस्बु ओली फेरि चर्चामा
काठमाडौं,चैत २३ । गुण्डानाइके दिनेश अधिकारी चरी मारिएपछि एकाएक चर्चामा आएकी खुस्बु ओली फेरि एकपटक चर्चामा छिन् । अहिले उनी चरीका कारणले भन्दा पनि एउटा नियुक्तिका कारणले चर्चामा आएकी हुन् । चरी प्रहरी इन्काउन्टरमा मारिएपछि बेपत्ता भएकी खुस्बु केपी ओली प्रधानमन्त्री भएपछि नेपाल भित्रिएकी थिइन् । झापा घर भएकी खुस्बु र प्रधानमन्त्री ओलीबीच पारिवारिक सम्बन्ध रहेको उनी निकट स्रोत बताउँछ । तिनै खुस्बुलाई उपप्रधान तथा समाजकल्याण मन्त्री सिपी मैनालीले समाज कल्याण परिषद्को उपाध्यक्ष बनाउन लागेका छन् ।
परिषद्का सदस्य तथा माले कार्यकर्ता निलमणि बरालको नाम उपाध्यक्षमा लिइएपनि एकाएक खुस्बुलाई अगाडि सारिएको छ । खुस्बुको नाम परिषद् उपाध्यक्षमा आएपछि मन्त्रिपरिषद्को बैठकमा एमाओवादीका तर्फबाट सरकारमा नेतृत्व गरेका उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अछामका झंकर साउदको नाम अगाडि सारेका थिए ।
‘परिषद्मा हाम्रो पार्टीका पनि एकजना पदाधिकारी हुनुपर्छ भन्दै रायमाझीले साउदको नाम अघि सारेपछि नियुक्तिको निर्णय हुन सकेको छैन । झापा नै घर भएका मैनाली पनि खुस्बुको परिवारसँग निकट मन्त्री हुन् । परिषद्को सदस्य सचिवमा अमेरिकी डिभीधारी नकुल बानियाँको पनि नाम छ । तर, खुस्बु ओलीको नाममा विवद भएपछि नियुक्ति प्रक्रिया पनि रोकिएको छ भनेर आजको दृष्टि साप्ताहिकमा खबर छ ।
जापानी सेनाको जेट विमान दुर्घटनामा ६ जनाको मृत्यु
२९ चैत, टोकियो ।
जापानी वायु सेनाको जेट विमान दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ । बिमानमा रहेका चालकदलका सदस्य सहित सबै सैनिकको मृत्यु भएको जापानी जलसेनाले पुष्टि गरेको छ ।
कुनै बाह्य कारण नभई जापानको दक्षिण पश्चिमस्थित कागोसिमा हिमालमा बिमान दुर्घटना भएको र यसको अनुसन्धान भइरहेको जापानी अधिकारीहरुले बताएका छन् ।
वायु सेनाको वोइड विमानमा मुत्यु भएका मध्ये चार जनाको शव विहीबार र दुई जनाको शव शुक्रबार भेटिएको छ ।
जापनका रक्षा मन्त्री गेन नाकातानीले विमानमा कार्यरत सबै कर्मचारीको मृत्यु भएको पुष्टि गरेका छन् ।
मुत्यु हुनेमा ४६ वर्षीय विमान चालक माज मासुरी हिरोकी, ३४ वर्षीय सहायक विमान चालक टिसुकासा हारागुची, ५२ वर्षीय प्राविधिक हिरोक्की सिरातोरी, २७ वर्षीय कर्मचारी युटा किकिमा, ४३ वर्षीय इको वातानाकी, ३४ वर्षीय तेपी योनिजावा रहेको मन्त्रालयले जनाएको छ ।
दुर्घटनाग्रस्त विमानका टुक्राहरु २००० देखि ३००० मिटरको उर्चाइमा टाकाकुमा हिमाल नजिक भेटिएका बताईएको छ ।
दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स अझै नभेटिएको र बिमान दुर्घटनाको ठोस कारण समेत पत्ता नलागिसकेको भन्दै जापानी रक्षा मन्त्रालयले ब्ल्याक बक्स भेटिएपछि दुर्घटनाको स्पष्ट कारण बताउन सकिने जानकारी दिएको छ ।
लामा हत्या प्रकरणको मुद्दामा फेरि तानिए बनमन्त्री
काठमाडौं,चैत २३ । द्धन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्याको आरोपमा दिइएको जाहेरीअनुरुप मन्त्री अग्नि सापकोटामाथि मुद्दा नचलाइएको भन्दै पीडितका तर्फबाट दिइएको सुनुवाइ गर्न संवैधानिक इजलासमा पठाइएको छ।
रिटमा सोमबार भएको सुनुवाइपछि न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो। अब यो विवाद प्रधानन्यायाधीशसहित पाँच न्यायाधीश संलग्न संवैधानिक इजलासले हेर्नेछ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
सापकोटा सूचना तथा सञ्चारमन्त्रीमा नियुक्त भएपछि २०६८ सालमा मृतक लामामी पत्नी पूर्णीमायाले नैतिक र कानुनी प्रशन उब्जाउँदै सर्वोचकै परमादेशअनुरुप मुद्दा नचलाइको दाबी निवेदकको थियो। यस्तै सापकोटालाई मन्त्री पदबाट हटाउन माग गर्दै त्यतिबेला पत्रकार कनकमणि दीक्षितले पनि भन्नै रिट दायर गरेका थिए। दुवै रिटलाई सुनुवाइकालागि संबैधानिक इजलासमा पठाइएको हो।
एमाले स्थानीय नेता रहेका लामाको माओवादी समूहबाट २०६१ सालमा अपहरणपछि एकमहिनासम्म बेपत्ता बनाएर हत्या गरिएको आरोप पीडित पक्षको छ। उक्त प्रकरणमा सापकोटालाई मुछिएको छ।
भूकम्पबाट काठमाडौं उपत्यकामा १० जना घाइते
२७ चैत, काठमाडौं । शनिबार साँझ गएको भूकम्पबाट राजधानीमा १० जना घाइते भएका छन् । मेट्रो प्रहरीका इन्सपेक्टर सुरेश सिंह तिमल्सिनाका अनुसार अहिले सम्म ललितपुरमा ५ जना, भक्तपुरमा १ जना र काठमाडौंमा ४ जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको इन्सपेक्टर तिमल्सिनाले बताए । उनीहरु मध्ये धेरैको खुट्टा र हात भाँचिएको र अन्य सामान्य घाइते भएको प्रहरीको भनाई छ । भूकम्प आउादा घर बाहिर भाग्दै गर्दा उनीहरु घाइते भएका हुन् । भूकम्पबाट घाइते भएकाहरुको थप विवरण संकलन भइरहेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सााझ ७ बजेर ५ मिनेटमा ललितपुरको भैंसेपाटीलाई केन्द्रविन्दू बनाएर ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।
पूर्वराज्यमन्त्री शर्मा गाडीको च्यासिस फेर्ने अवैध धन्धामा
काठमाडौं,चैत २६ । नेपाली कांग्रेसका नेता एवं पूर्वराज्यमन्त्री कमलेशकुमार शर्मा गाडीको च्यासिस फेर्ने अवैध धन्धामा संलग्न रहेको पाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले शर्माको टोयोटा ल्याण्ड क्रुजर बा २ ख ९९५५ नम्बरको गाडीमाथि शंका लागेर नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
गाडी बनाउने मेकानिकले सडकमा टेस्ट ड्राइभ गर्न लागेको अवस्थामा ट्राफिक प्रहरीले दरवारमार्गबाट नियन्त्रणमा लिएको हो । उक्त गाडी नम्बर शर्माको नाममा दर्ता छ ।
गाडीको च्यासिस नम्बर काटिएको छ । सक्कली गाडी भए च्यासिस नम्बर काट्नु नपर्ने बुझाइ ट्राफिक प्रहरीको छ । ट्राफिक प्रहरीले गाडीका चालकबाट शर्माको नाममा जारी ब्लुबुकसमे बरामद गरेको छ । ब्लुबुकमा ‘सांसदको प्रयोजनका लागि’ लेखिएको छ ।
२०५४ जेठ १९ गते बागमती अञ्चल कार्यालयमा दर्ता गरिएको शर्माकै नाममा रहेको ब्लुबुकमा प्रज्ञापनपत्र नम्बर ६७०८ र रजिष्ट्रेशन नम्बर ५६३६६ उल्लेख छ । कानुनतः कुनै पनि सवारीसाधनको इन्धन र च्यासिस नम्बर दर्ता कितावमा जे छ त्यहि उल्लेख हुनुपर्छ ।
पूर्वमन्त्रीको गाडी नम्बर अर्कै गाडी खरिद गरेर च्यासिस नम्बर टास्न लागिएको पाइएपछि अनुसन्धानमा संलग्न ट्राफिक प्रहरी अचम्मित बनेका छन् । कपिलवस्तु तौलिहवाका शर्मा नेपाली कांग्रेसको हालै सम्पन्न १३ औं महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य लडेर हारेका थिए ।
ड्रिम्स टोकियो नाकानो जेरो हलमा आज साँझ ५ बजे प्रदर्शन हुँदै
२८ चैत, टोकियो ।
सुपरहिट नेपाली चलचित्र ड्रिम्स जापानमा आज प्रदर्शन हुँदैछ । चलचित्र ड्रिम्स आज साँझ ५ बजे टोकियो नाकानो जेरो हलमा प्रदर्शन हुन लागेको हो ।
जापानमा बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको ड्रिम्स प्रदर्शन हुने भएपछि जापानमा रहेका नेपालीहरु आज उत्साहित देखिएका छन्।
मात्र ३ हजार ऐन टिकटदर राखिएको चलचित्र ड्रिम्स प्रदर्शन नेपाली नयाँ बर्ष २०७३ को संघारमा गर्न लागिएकाले चलचित्रको अधिकाशं टिकट प्रदर्शन हुनु अघि विक्रि भइसकेको व्यवस्थापनले जनाएको छ ।
चलचित्र ड्रिम्स साँझ प्रदर्शन हुने भएकाले दिउँसो हुने बुद्ध नेपालमा जन्मिएका हुन् भनि निकाल्न लागिएको शान्ति पदयात्रामा पनि जापानमा रहेका सबै नेपालीलाई सहभागीता जनाइदिनुहुन चलचित्र विक्रिको एकाअधिकार पाउनुभएका सफल व्यवसायी तथा समाजसेवी प्रल्हादसिंह महतले आग्रह गर्नुभएको छ ।
आज अपरान्ह १ बजे भारतले बुद्ध भारतमा जन्मीएको भन्दै गरिरहेको गलत प्रचार चिर्न र केही जापानीमा बुद्ध भारतमा जन्मीएको भनि परेको गलत सन्देश हटाउन शान्ति पदयात्रा गरिँदैछ ।
पदयात्रामा बुद्ध नेपालमा जन्मिएका हुन्, नेपाल जापान सम्वन्ध लगायतका विषयका प्लेकार्ड र व्यानर सहित जापानमा रहेका हजारौं नेपालीले आफ्नो राष्टिय पोशाक सहित सहभागीता जनाउँदैछन् ।
यो पनि पढ्नुहोस् ।
जापान ड्रिम्स पर्खाइ सकियो, टोकियो नाकानो जेरो हलमा १० तारिखमा पदर्शन
जापान १० तारिख -अपरान्ह शान्ति पदयात्रा, साँझ लामो पर्खाइपछिको 'ड्रिम्स'
टोकियोमा नेपाल चिनाउने बृहत शान्ति र्याली अप्रिल १० मा
जापानमा ड्रिम्स प्रदर्शनको महिना दिन अघि नै बुक !
नेपालमा ड्रिम्स चम्कंदा जापानमा पर्खाइ बढ्यो
विद्यालय विहिन गाविसको ल्याप्चे गाँउ
काठमाडौं,चैत २८ । ९ ड्याङगाउँमा एक संस्थाले सोलार बिजुली बाड्यो । ४० घरपरिवारका सदस्य बिजुली बत्तीको उपकरण लिन उपस्थित भए । संस्थाले बुझिलिएको भर्पाई गराउँदा चालिसै घरका सदस्यले ल्याप्चे सही गरे । ‘हाम्रो गाउँको सबैले ल्याप्चे गरे, मलाई साह्रै लाजमर्दो भयो,’ अघिल्लो साता भएको कार्यक्रमबारे स्थानीय बिही युवा मैत्री क्लबका सल्लाहाकार नवीन गुरुङले भने, ‘गाउँमा विद्यालय छैन, त्यसैले कसैले पनि पढ्न पाएनन् ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ – बिही गाविसका नौवटै वडामा विद्यालय नभएको उनले बताए । गाउँका केही युवा पढ्न काठमाडौं र सदरमुकाम गोरखा गएका छन् । उनीहरु गाउँ फर्कन मान्दैनन् ।
लाउड स्पिकर बजाउने होसियार ! प्रहरीले समात्ला नि !!
पप्पु गुरुङ्, १, बैशाख / दोधारा चाँदनी, कञ्चनपुर । कञ्चनपुरको दोधारा र चाँदनी क्षेत्रमा प्रहरीले लाउड स्पिकर बजाउनमा रोक लगाएको छ । अबेर सम्म लाउड स्पिकर र साउन्ड सिस्टमको चर्को आवाजका कारण चोरी, डकैती लगाएतका घटना हुन सक्ने भन्दै प्रहरीले राति १२ बजे पछिको समयमा बजाउनमा रोक लगाएको हो । प्रहरीले तोकिएको समय भन्दा बढी अटेर गरी कसैले त्यस्ता गतिविधि गरेमा पक्राउ गर्ने जनाएको छ । लाउड स्पिकरले गर्दा शान्ति सुरक्षामा खलल पर्ने भएकाले बजाउनमा रोक लगाएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् । विवाह, व्रतबन्ध, जन्मदिन, पूजाआजा लगाएतको कार्यका लागि राति १२ बजे सम्म मात्रै लाउड स्पिकर बजाउन अनुमती दिइने गरी व्यवस्था मिलाएको र राति १० बजे पछि लाउड स्पिकर बजाउनु पर्ने भए स्थानीय प्रशासनको अनुमति लिनुपर्ने गरी नियम समेत बनाएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक बिरेन्द्र विर बिश्वकर्मा ले जानकारी दिएका छन् ।
कांग्रेस संसदीय दलमा मनोनयन सकियो, शाह निर्विरोध
काठमाडौं,चैत २५ । नेपाली कांग्रेस व्यवस्थापिका–संसद्, संसदीय दल कार्यसमितिको शुक्रबार हुने निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न भएको छ । नेपाली कांग्रेसको २२ सदस्यीय संसदीय दल कार्यसमितिका लागि हुन लागेको निर्वाचनमा ४२ जनाको मनोनयन दर्ता भएको छ । शुक्रबार हुने निर्वाचनमा उम्मेदवारी दिएकाहरुको प्रथम नामावली प्रकाशित भएको छ ।
संसदीय दल कार्यसमितिमा सात प्रदेशबाट सात जना, जनजाति चार, मधेसी तीन, खस आर्य तीन, दलित दुई तथा मुस्लिम, थारु र पिछडिएको क्षेत्रबाट एक(एक जनाका लागि शुक्रबार निर्वाचन हुँदैछ ।
पिछडिएको क्षेत्रतर्फ एक पदका लागि राजिवविक्रम शाहको एकमात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका सदस्य सुरेन्द्रराज पाण्डेले जानकारी दिए।
प्रदेश नं १ बाट दीपक खड्का र तारामान गुरुङ, प्रदेश नं २ बाट प्रेम किशोरप्रसाद साह तेली र तेजुलाल चौधरी, प्रदेश नं ३ बाट ध्यानगोविन्द रञ्जित र रामेश्वरप्रसाद ढुङ्गेलले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै प्रदेश नं ४ बाट कमलप्रसाद पङ्गेनी र रामचन्द्र पोखरेल, प्रदेश नं ५ बाट विक्रम खनाल र सञ्जयकुमार गौतम, प्रदेश नं ६ बाट तप्तबहादुर विष्ट र रीता शाही र प्रदेश नं ७ बाट दीर्घराज भाट र भरतबहादुर खड्काले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, समावेशीतर्फ आदिवासी÷जनजाति पुरुषतर्फ दुई पदका लागि आङ्टावा शेर्पा, तीर्थबहादुर लामा, झुलबहादुर आले र कञ्चनचन्द्र वादेको उम्मेदवारी परेको छ । आदिवासी जनजाति महिलातर्फ दुई पदका लागि ज्ञानकुमारी छन्त्याल, उषा गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ र पुष्पलता लामाले उम्मेदवारी दर्ता गराएका छन् ।
खसआर्य पुरुषतर्फ एक पदका लागि बुद्धिराम भन्डारी र राजेन्द्रकुमार केसी, खसआर्य महिलातर्फ दुई पदका लागि मधु शाही ठकुरी, गीता वाग्ले, चन्द्रादेवी जोशी र सारदा पौडेलले उम्मेदवारी दिएका छन् ।
मधेसी पुरुषतर्फ एक पदका लागि राम अयोध्याप्रसाद यादव, लालबाबु सिंह भुइहार, मधेसी महिलातर्फ दुई पदका लागि रश्मी ठाकुर, प्रमिलादेवी दास र कविताकुमारी सरदारले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, थारुतर्फ एक पदका लागि भुटनीदेवी खवास र बुद्धिसागर चौधरी, मुस्लिमतर्फ एक पदका लागि अब्दुल रज्जाक र अब्दुल हमिद सिद्धिकी, दलित पुरुषतर्फ एक पदका लागि नरभान कामी र खड्गबहादुर बस्याल, दलित महिलातर्फ एक पदका लागि आषा विक र कल्पना सोपले उम्मेदवारी दिएका छन् । कांग्रेस संसदीय दल कार्यसमितिको निर्वाचन विद्युतीय मतदानबाट हुने तय भएको छ । त्यसका लागि आजै उक्त विद्युतीय भोटिङ मेसिनको निर्माणकर्ता राम÷लक्ष्मण रिमालले कांग्रेस सांसदहरुलाई मतदान गर्ने तरिकाका बारेमा जानकारी गराए ।
निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि बिहिबार बिहान ११ देखि अपराह्न १ बजेसम्म समय निर्धारण गरेको थियो । समितिका उम्मेदवारीको अन्तिम नामावली चैत २५ गते अपराह्न ५:३० बजे प्रकाशन गरिनेछ । कार्यसमितिको निर्वाचन शुक्रबार बिहान ९ देखि दिउँसो १२ बजेसम्म हुने समितिले जनाएको छ । दलको सबै निर्वाचन कार्यक्रम पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा हुँदैछ ।
कार्यसमितिमा २२ पदको निर्वाचनसँगै कम्तीमा तीन महिलासहित नौजना मनोनीत हुने दलको विधानमा व्यवस्था छ । त्यसबाहेक समितिमा संसदीय दलको नेता र उपनेतासहित महामन्त्री, प्रमुख सचेतक, सचेतक र पार्टी सरकारमा भएको अवस्थामा कानुनमन्त्री पदेन सदस्य हुने प्रावधान छ ।
19.29¡ÆC