म्युजिक मेला तयारी पुरा-सुगम, सम्झना लगायत पाँच कलाकार जापान आउँदै

२९ चैत, टोकियो ।
मे १ तारिखमा जापानमा हुन लागेको म्युजिक मेलामा गायक सुगम पोखरेल सहित पाँच जना कलाकार जापान आउने पक्का भएको छ ।

जापानमा रहेका नेपालीहरुलाई नचाउन पोखरेल सहित निर्णय एनएसके, नविन पौडेल, सम्झना लामिछाने मगर र साहिमा श्रेष्ठ नेपालबाट आउने भएको आयोजकले जनाएको छ ।

नेपालबाट आउने कलाकारहरुको टुंगो लागेपछि आयोजक संस्था मिडिया म्यासेजले टिकट विक्रि खुल्ला भएको जनाएको छ ।

कार्यक्रम संयोजक नविन निउरेका अनुसार टिकटको मूल्य भीभीआईपीका लागि १० हजार येन र सामान्य टिकटको २५ सय जापानी येन राखिएको छ ।

मे १ तारिख बेलुका ४ बजेदेखि सुरु हुने म्युजिक मेलामा सहभागी हुन जापानमा रहेका सम्पूर्ण नेपालीहरुमा मिडिया म्यासेज प्रा।लिले अनुरोध गरेको छ ।

मिडिया म्यासेज प्रा। लिद्वारा सञ्चालित नेपाल सन्देश डट कमको तेस्रो वार्षिक उत्सवको उपलक्ष्यमा कार्यक्रम मे १ तारिखमा ओतासिटी स्थित इकेगामी हल टोकियोमा आयोजना हुँदैछ ।

परीक्षा केन्द्रमै झाडापखाला, ७ दर्जन परीक्षार्थी र आधा दर्जन शिक्षक बिरामी

जाजरकोट, चैत २३ । जाजरकोटको सदरमुकामबाट पैदल दुई दिन टाढा पश्चिमी क्षेत्र दसेरास्थित एसएलसी परीक्षा केन्द्रमा तीन दिनयता झाडापखालाको संक्रमण फैलिँदा जाँच दिइरहेका सात दर्जन परीक्षार्थी र आधा दर्जन शिक्षक विरामी परेका छन्।
 
जनप्रिय उच्च मावि केन्द्रमा फैलिएको प्रकोपले परीक्षा अवधिभरमा एकै विद्यार्थीलाई ३÷४ पल्टसम्म पखाला लाग्ने गरेको छ। पखालाबाठट शिक्षक र परीक्षार्थी विरामी परेपछि परीक्षासमेत प्रभावित भएको छ। यो परीक्षा केन्द्रबाट रामोदय मावि जेवा दसेरा, कालिका मावि सोडारी साल्मा, बाल उच्च मावि झाप्रा र सरस्वती उच्चमावि सीमाका गरी ५ सय २१ विद्यार्थीले एसएलसी दिइरहेका छन्।
 
विरामीलाई टाउको दुख्ने, ज्वरो आउने र पखाला लाग्ने गरेको दसेरा स्वास्थ्य केन्द्रका अहेब विष्णु गिरीले बताए। पखालाबाट केन्द्राध्यक्ष शेरबहादुर अधिकारी, निरीक्षक हर्कबहादुर थापा, विपना थापा, ऐनवहादुर थापा र कल्पना गिरीसमेत विरामी परेको गिरीले बताए। कान्तिपुर दैनिकमा समाचार छ।

भूकम्प पीडितलाई त्रिपाल किन्दा हिनामिना गर्ने यि ६ जना बिरुद्ध मुद्दा दायर

२६ चैत, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्पपीडितका लागि खरिद गरिएको त्रिपालमा भ्रष्टाचार गरेको अरेपमा भन्दै काठमाडौँ महानगरपालिकाका तत्कालीन कार्यकारी प्रमुखसहित छ जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता कृष्णहरि पुस्करकाअनुसार कामपाका तत्कालीन कार्यकारी प्रमुख तथा हाल सार्वजनिक खरिद तथा अनुगमन कार्यालयका सहचिव पूर्णभक्त तण्डुकार, तत्कालीन विभागीय प्रमुख शान्तराज पोखरेल, वित्त विभाग प्रमुख बुद्धरत्न मानन्धर, प्रशासन महाशाखा प्रमुख अखतबहादुर साउद, क्षितिज इन्टरप्राइजेजका सञ्चालक नन्दराज पोखरेल तथा न्यु चौधरी टे«डर्सका सञ्चालक सुन्दरलाल चौधरीविरुद्ध मुद्दा दायर गरिएको हो ।

आयोगकाअनुसार तत्कालीन कार्यकारी प्रमुख तण्डुकार, विभागीय प्रमुख पोखरेल, वित्त विभाग प्रमुख मानन्धर र प्रशासन महाशाखा प्रमुख साउदसँग जनही रु २४ लाख १० हजार २१४ बिगो दाबी गरिएको छ । यस्तै त्रिपालको ठेकेदार क्षितिज टे«ड इन्टरप्राइजेजका सञ्चालक पोखरेलसँग रु दुई लाख ९१ हजार ३२३ र न्यु चौधरी टे«डर्सका सञ्चालक सुन्दरलाल चौधरीसँग रु २१ लाख १८ हजार ८९० बिगो दाबी गरिएको आयोगले जनाएको छ ।

भूकम्पपछि मानवीय सहायता उपलब्ध गराउने र भूकम्पपीडितलाई अस्थायी आश्रम उपलब्ध गराउने सन्दर्भमा अनावश्यक लाभ लिने, पीडित व्यक्ति तथा परिवारमा परेको मानवीय सङ्कटको मौका उठाएर बढी मूल्य लिई त्रिपाल बिक्री वितरण गरेको उजुरीमाथि छानबिन गर्दा भ्रष्टाचार भएको ठहर अख्तयारको छ ।

प्रयोग गर्न अनुपयुक्त, कम गुणस्तर र साना आकारका प्लास्टिक त्रिपाललाई समेत परल मूल्यभन्दा अस्वाभाविक मूल्य राखी भुक्तानी गरेको, काठमाडौँ महानगरपालिकाका राष्ट्रसेवक कर्मचारी तथा आपूर्तिकर्ताले आफूलाई गैरकानुनी लाभ लिएको अनुसन्धानबाट पत्ता लागेको आयोगले जनाएको छ ।

आयोगले ओरापी सबैलाई हदैसम्मको कारबाहीको माग गरेको छ । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले त्रिपाल घोटाला प्रकरणमा सहभागी सबैलाई कारबाही गर्न र सत्य तथ्य सार्वजनिक गर्न यसअघि नै निर्देशन दिएको थियो ।

काँग्रेस विधान संशोधन गरेर अगाडि बढ्ने

१८ चैत, काठमाडौं ।
नेपाली काँग्रेसको शीर्ष नेताको बैठकले संसदीय दलको निर्वाचन अघि विधान संशोधन गरेर अगाडि बढ्ने निर्णय गरेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहराटारमा आज भएको नेताहरूको छलफलमा संसदीय दल र कार्यसमिति निर्वाचन अघि विधान संशोधन गरेर अगाडि बढ्ने बारेमा छलफल भएकोे बैठकमा सहभागी नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो ।

बैठकले आगामी चैत २२ गते संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ । बैठकमा वरिष्ठ नेता पौडेल, सभापति शेरबहादुर देउवा पक्षबाट गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, पूर्णबहादुर खड्काको सहभागिता रहेको थियो ।

यसअघि निर्वाचन समितिको बैठकले संसदीय दलको नेताको चयन चैत २४ र कार्यसमितिको निर्वाचन चैत २६ गते गर्ने भनिएको थियो ।

प्रवेशिका परीक्षामा सुदूरपश्चिमबाट ७२ हजार भन्दा बढी विद्यार्थी सहभागी हुने

पप्पु गुरुङ्, १५ चैत्र / कञ्चनपुर । यस बर्षको एसएलसी प्रवेशिका परीक्षामा सुदूरपश्चिम बाट ७२ हजार भन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन् । चैत्र १८ गते सुरु हुने परीक्षामा सुदूरपश्चिमका ७२ हजार २ सय ८८ विद्यार्थी सहभागी हुने क्षेत्रीय शिक्षा निर्देशनालय राजपुर डोटीले जनाएको छ । साधारण तर्फ ९ सय ५७ र प्राबिधिक तर्फ १४ गरी ९ सय ७१ विद्यालय परीक्षामा सहभागि हुनेछन् । गत वर्षका १ सय ९४ र यस वर्ष थप भएका ७ गरी सुदूरपश्चिम भरि यस वर्ष २ सय १ केन्द्रमा परीक्षा सञ्चालन गरिन लागेको क्षेत्रीय शिक्षा निर्देशनालय राजपुर डोटीका शाखा अधिकृत पुर्णबहादुर शाहले बताउनु भएको छ ।  
 

धार्मिक कार्यलाई विकाससँग जोड्नुपर्छ-सिँचाइ मन्त्री

२६ चैत, सप्तरी ।
सिँचाई मन्त्री उमेशकुमार यादवले धार्मिक कार्यलाई विकाससँग जोड्नु पर्ने बताउनु भएको छ । मधेशमा धार्मिक पर्यटनको असाध्यै सम्भावना रहेको उल्लेख गर्दैै मन्त्री यादवले छिन्नमस्ता मन्दिरलाई धार्मिक पर्यटनसँग जोडेर सप्तरीको विकास गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

सखडामा २०७३ चैतमा हुने श्री श्री १००८ लक्ष्यचण्डी रुद्र महयज्ञका लागि शुक्रवार मन्त्री यादवबाट भूमि पूजा सम्पन्नपछि भएको साँस्कृतिक कार्यक्रममा आफ्नो धारणा राख्नु हुँदै मन्त्री यादवले छिन्नमस्ता भगवतीको दर्शन गर्न लाखौ अन्तरिक तथा भारत विहारका आन्तरिक पर्यटक आउने गरेको तर त्यसको उचित व्यवस्थापन नभएको कारण सखडाको विकास नभएको बताउनु भयो । उहाँले भन्नुभयो, यहाँको कलासँस्कृति जोगाउने काम हामी सबैको हो । एकजना कुनै व्यक्तिले चाहेर पनि हुँदैन, यहाँसम्म कि कुनै मन्त्रीले पनि चाहेर हुँदैन सबैको इच्छा शक्ति हुनुपर्छ ।’

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तथा माथी पहाडसम्मका भक्तजनहरु यहाँ छिन्नमस्तामा आउने गरेका छन् तर कोही यहाँ बास बस्न चाह्यो भने सकिदैन, कुनै धार्मिक पर्यटकलाई एक दिन रोक्न चाहियो भनि सकिदैन, दिसापिसाब गर्ने ठाउँ छैन, खानेपानीको राम्रो प्रबन्ध छैन, पसल तथा स्टलको राम्रो व्यवस्थापन छैन भन्नु हुँदै मन्त्री यादवले यी सबै कुरामा यहाँका स्थानीयवासी तथा मन्दिरका समितिले विशेष जोड दिनुपर्ने बताउनुभयो । धार्मिक पर्यटकलाई जोड्नका लागि राजपुर सडक बन्नुपर्ने कुरामा उहाँले विशेष जोड दिनुभएको थियो ।

कुनै पनि विकास कार्यमा यो दल वा त्यो दल भनेर हुँदैन, विकासका नाममा सबै दल मिल्नुपर्छ भन्नु हुँदै उहाँले झापाको उदाहरण दिदै भन्नुभयो, एकपटक हामी सिचाईको अनुगमनमा झापा जाँदा त्यहाँका जनतामा विकासका नाममा जुन एकता देखे त्यो दखेर म छक्क परे । त्यहाँ सबै दल मिलेर विकासका लागि तयार भएको मैले पाए । एउटै योजना, एउटै विचार लिएर उहाँहरु आउनु भयो र म बाध्य भएर त्यहाँ २२ करोड पठाउनु पर्यो । तर सप्तरीमा त्यस्तो देखिएको छैन । सप्तरीमा पनि झापा जस्तै होस् भनि मैले चाहेको हुँ । विकासका नाममा राजनीतिक गर्नु हुँदैन,  राजनीतिक गर्ने थुप्रै ठाउँहरु छन् त्यहाँ राजनीतिक गरौंला तर विकासका नाममा हामी सबै एक ठाउँमा आउ ।’

कार्यक्रम छिन्नमस्ता मन्दिरका मुल पुजारी महादेव ठाकुरको अध्यक्षतामा भएको थियो । कार्यक्रममा भारत विहार लोकहा विधानसभाका विधायक लक्ष्मेश्वर यादवले पनि आफ्नो धारणा राख्दै महायज्ञका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउँदै यो महायज्ञले नेपाल र भारतको सम्बन्धलाई अझ बलियो बनाउने धारणा राख्नुभयो ।  

प्रधानमन्त्री निवासमा एमाले बैठक राख्दा माधव नेपाल पड्कीए

२८ चैत, काठमाडौं ।
एमाले केन्द्रीय कमिटीको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा राखिएकोमा सदस्यहरूले आपत्ति जनाएका छन् ।

शनिबार बैठक सुरु हुनासाथ केही सदस्यले पार्टीको झन्डा र ब्यानरविनै प्रधानमन्त्री निवासमा बैठक डाकिएको भन्दै आपत्ति जनाएका थिए। नयाँ पत्रिका दैनिकमा समाचार छ।

नेपालपक्षीय केन्द्रीय सदस्यहरू ठाकुर गैरे, टंक कार्की, रामकुमारी झाँक्री, पर्शुराम मेघी गुरुङ, लक्ष्मण पौडेललगायतले प्रधानमन्त्रीनिवासलाई पार्टी कार्यालय बनाएर नियमित बैठक बोलाएकोमा आपत्ति जनाएका हुन्।

उनीहरूले यसबाट जनतामा गलत सन्देश जाने र गलत संस्कृतिले प्रश्रय पाउने भन्दै पार्टी कार्यालय धुम्बाराहीमै बैठक बस्नुपर्ने माग पनि गरे। उनीहरूको आपत्तिपछि आइतबारको अधिकांश समूहको समूहगत छलफल पार्टी कार्यालय धुम्बाराहीमै हुने भएको छ।

नाम र झन्डा गायब भएकोमा आपत्ति

स्रोतका अनुसार केन्द्रीय सदस्य गैरेले अध्यक्ष ओलीको मन्तव्य सकिनेबित्तिकै सरकारीनिवासमा पार्टीको लोगो, झन्डा र ब्यानरविनै कम्युनिस्ट पार्टीको बैठक डाकिएको भन्दै आपत्ति जनाए।

‘सरकारीनिवासमा राष्ट्रिय झन्डा मात्रै हुने, जुन पार्टी हो त्यो पार्टीको झन्डा र ब्यानरविनै बैठक बस्ने, यो कस्तो चलन हो रु यसरी नै बैठक अघि बढाउने हो भने मेरो आपत्ति छ,’ गैरेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

उनको आपत्तिपछि महासचिव ईश्वर पोखरेलले गल्ती भएकाले अर्को दिन झन्डाको व्यवस्थापन गरिने भन्दै आश्वस्त तुल्याएका थिए। नेपालपक्षीय नेताहरूले एजेन्डा पनि व्यवस्थित ढंगले नआएको भन्दै आलोचना गरेका थिए।

अफगानिस्तानबाट पाकिस्तान पुगेर अलपत्र नेपाली फर्काइदै

२४ चैत, काठमाडौं ।
अफगानिस्तानको काबुलबाट गैरकानुनीरुपमा पाकिस्तान हुँदै घर फर्कने क्रममा तीन महिनादेखि अलपत्र परेका तीन नेपाली कामदारलाई इस्लामाबादस्थित नेपाली दूतावासले उद्धार गरेर घर फिर्ता पठाएको छ ।
 
दूतावासले मोरङ विराटचोकका २७ वर्षीय विनोद दनुवार, धादिङ धादिङबेसीका ३८ वर्षीय सुकबहादुर सोनार र झापा गोलधापका ५६ वषीैय गंगाबहादुर गुरुङलाई उद्धार गरेको हो ।

मानव तस्करहरुले उनीहरुलाई अवैधानिक कागजात र उपायबाट दिल्ली ट्रान्जिट हुँदै करिब एक वर्षअघि काबुल पुर्याएका थिए।
 
काठमाडौ दिल्ली हुँदै काबुसम्म सञ्जाल बनाएर बसेका दलाल एकाएक सम्पर्कहीन बनेपछि र भने अनुसारको काम पाउने स्थिति नरहेपछि उनीहरु अफगान–पाक सीमा छिचोलेर घर फर्कने क्रममा थिए ।

तीनमध्ये विनोद र गंगाबहादुर गत जनवरी दोस्रो सातामा तोरखम नाकाबाट पाकिस्तान छिरेका थिए।
 
उनीहरु पाकिस्तान छिरेयता इस्लामाबादस्थित नेपाली दूतावासको संरक्षणमा थिए भने सुकबहादुर तोरखम नाका काट्दै गर्दा पाकिस्तानी सुरक्षा निकायको नियन्त्रणमा परेका थिए । कान्तिपुर दैनिकमा समाचार छ।

पाकिस्तानी सुरक्षा निकायले ४० दिन हिरासतमा राखेपछि सुकबहादुर गत जनवरी २९ मा इस्लामावादस्थित नेपाली दूतावासमा बुझाएको थियो ।

कछुवाको तालमा अगाडी  बढेको सरकारले जनताको हितमा काम गर्न सकेन् – शर्मा

काठमाडौं,चैत १७ । एमाओबादीका प्रवक्ता दिनानाथ शर्माले वर्तमान सरकार कछुवाको तालमा अगाडी बढेको बताउनु भएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकारको काम कारवाही प्रभाबकारी नभएको भन्दै सरकाले जनताको हितमा काम गर्न नसकेको बताउनु भएको हो ।
उहाँले काँग्रेसको महाधिबेशन पस्चात सरकार परिवर्तनको बिषय हल्ला मात्र भएको बताउँदै यहि सरकालाई राष्ट्रिय सरकारको स्वरुप प्रदान गर्दै काँग्रेसलाई समेत सरकारमा सामेल गराउन शिर्ष नेताहरु लागि परेको बताउनु भयो ।
उहाँले मधेश अन्दोलनका जायज मागहरुको सम्बोधन नगरे स्थानिय निकायको निर्वाचन असफल हुने भन्दै संघियता र सिमांकनको टुंगो नलगाएसम्म सथानिय निकायको निर्वाचन सम्भव नरहेको उहाँको टिप्पणी छ ।
नेपाल सरकारका प्रधान मन्त्रीको चीन भ्रमणमा गरिएको सम्झौताहरुको कार्यान्वयनमा जटिलता देखिएको र विगत देखि नै सरकारले बनाएको यौजनमा हुने भागबन्डा र कमिशनको खेलकै कारण हरेक यौजना सफल हुन नसकेकाले सरकारले यता तर्फ ध्यान दिनु पर्नेमा जोड दिनु भयो ।
भुकम्पले थिलो थिलो पारेका नेपाली लाई थप हावा हुरीले पिडा थपेको र सकारले केही गर्न नसकेको भन्दै बर्खा लाग्नु अगावै सरकारले भुकम्प पिडितहरुका लागि गास र बासको जोहो गर्नु पर्ने बताउनु भयो । 
इन्धन र ग्याँसको अभावमा सरकारले कालो बजारीयाहरुलाई नियन्त्रण गर्न असफल भएको आरोप लगाउँदै उहाँले नेपाल आयाल निगम र सरोकारवालहरुले नै इन्धनको अभाव श्रृजना गरेको र सरकार मुख दर्शक मात्र बनेको बताउनु भयो ।
बिभिन्न कम्युनिष्टबीचको एकतालाई एमओबादीले तिव्रता दिएको भन्दै एकाता नभए पनि धुब्रिकरण भएर सबै अगाडी बढ्ने उहाँको भनाई छ ।र

कता हराए सशस्त्र संघर्षको धम्कीदिदै वैद्यसँग सम्बन्ध विच्छेद गरेका विप्लव ?

१७ चैत,काठमाडौं । १० वर्षे जनयुद्धको लक्ष्य र उद्देश्य अझै पूरा नभएको र माओवादीको मूल नेतृत्वले जनतालाई धोका दिएको भन्दै सशस्त्र संघर्षको तयारीमा रहेको विप्लव माओवादी आन्तरिक व्यवस्थापन मिलाउन नसक्दा भित्रभित्रै समस्यामा पर्न थालेको खबर छ । युद्धका लागि केही आन्तरिक तयारी गर्न नसक्दा युद्ध तयारीको मनस्थितिमा रहेको विप्लव माओवादी विस्तारै छिन्नभिन्नको अवस्थामा पुग्ने हो कि भन्ने संशय यो पार्टीबाट केही हुने आस गरेर लागेकाहरुमा पलाउन थालेको छ ।

विश्वस्त स्रोतका अनुसार सशस्त्र संघर्ष गर्ने भन्दै वैद्य माओवादीसँग सम्बन्ध विच्छेद गरेर बनेको यो पार्टी अहिले युद्धको तयारीका केही कुरामा अल्झँदा छिन्नभिन्नको अवस्थामा पुगेको छ । युद्धका लागि आवश्यक पर्ने तयारीमा विप्लव माओवादी खरो रुपमा उत्रन नसक्दा यो पार्टीमा व्यापक रुपमा असन्तुष्टि बढ्दै गएको बताइन्छ ।

स्रोतका अनुसार, विप्लव माओवादीले देशभर संगठन निर्माण र ५ हजारभन्दा बढीको संख्यामा छापामार तयार पारे पनि युद्धका लागि आवश्यक पर्ने हतियारलगायत युद्ध सामग्रीको प्रवन्ध भने अझै गर्न सकेको छैन । हतियार खरिदका लागि उसले पटक–पटक प्रयास गरे पनि उसको प्रयास सार्थक हुन नसकेको बताइन्छ । विप्लवले हतियार खरिदका लागि गरेको प्रयासबारे यसअघि अखबार दैनिकले खुलासा गरेको अखवार दैनिकले समाचार लेखेको छ । विप्लव माओवादीले पहिलोपटक हतियार खरिदका लागि उदय चलाउनेलाई जिम्मा दिए पनि उनले चितियाँ व्यापारीसँग गर्नै लागेको सम्झौताबारे चिनियाँ कम्युनिष्ट पार्टी हुँदै सरकारसम्म सूचना पुगेपछि अवरुद्ध बन्न पुगेको थियो । पछि चीन सरकारले ‘के नेपालमा हतियार आवश्यक रहेको हो ?’ भन्दै एमाओवादीसँग यसबारे जानकारी नै माग गरेको थियो । यो घटनापछि एमाओवादीमा विप्लव माओवादीलाई कसरी हेर्ने भन्नेबारे बहस नै सुरु भएको थियो ।
स्रोतका अनुसार, चलाउनेको प्रयास असफल भएपछि विप्लवले दोस्रोपटक आफ्नै हेर्डक्वार्टरका सुदीप मल्ललाई हतियार खरिदको जिम्मा दिँदै चीन पठाएका थिए । तर, उनले पनि हतियार किन्न नसकेको कुराले अहिले विप्लव माओवादीमा नयाँ तरंग उत्पन्न गराएको छ । ‘विप्लवले दोस्रोपटक हतियार खरिदका लागि गरेको प्रयास पनि असफल भएको छ,’ स्रोतले अखबार दैनिकसँग भन्यो, ‘विप्लवको दोस्रोपटकको हतियार खरिदको प्रयास पनि असफल भएपछि अहिले विप्लव माओवादीमा हतियार कसरी प्रवन्ध गर्ने भन्ने विषय टाउको दुखाइ बनेको छ ।’

भारतले तेर्सायो प्रस्ताव

नेपालमा अस्थिरता रहे मात्र आफ्नो भलाइ हुने बुझाइमा लामो समयदेखि रहेको भारतसँग पनि विप्लवले हतियार ल्याउने डिलिङ गरेको स्रोतको दाबी छ छ । विश्वस्त सं्रोतका अनुसार विप्वल माओवादीले हतियार खरिदको प्रस्ताव भारतीय खुफिया एजेन्सी ‘रअ’सँग समेत राखेको छ । तर, विप्लवले हतियार खरिदका लागि सहयोग गर्न ‘रअ’ सँग आग्रह गरे पनि उसले भने सर्त तेर्साएको छ । रअले के सर्त तेर्सायो भन्ने बारेमा केही थाहा हुन नसके पनि उसले नेपालको राष्ट्रिय हितविपरीत हुने केही मुद्दाहरुमा सहयोग गर्न विप्लवसँग सर्त राखेको बुझिएको छ । ‘विप्लवले रअसँग पनि नेपालमा हतियार ल्याउन सहयोग गर्ने कुरा पुर्याएका छन्,’ स्रोतले भन्यो, ‘तर, रअले भने केही सर्तहरु तेर्साएको छ ।’ रअले सर्त तेसाएपछि भने विप्लवले निकै असजिलो महसुस गरेको बुझिएको छ ।

हतियार नभएपछि चुलियो निरासा

विप्लव माओवादीले सशस्त्र संघर्ष थाल्ने भनेर पार्टीभित्र धेरैपटक आन्तरिक मिति तोकिसकेको छ । तर, उसले पटकपटक मिति तोके पनि उसले सशस्त्र संघर्ष सुरु गर्न सकेको छैन । उसको सशस्त्र संघर्ष थाल्ने बारे प्रकाशमा आएका कुराहरु यथार्थमा नहुँदा एकातिर विप्लव माओवादीको संघर्षको कुरा कतिपयले गफ मात्रै रहेको रुपमा विश्लेषण गर्न थालेका छन् भने पार्टीभित्रै पनि यसले तीव्र असन्तोष पैदा गरेको अवस्था छ । स्रोतका अनुसार केही महिनाअघि देखि नै छिटो सशस्त्र संघर्ष थाल्न दबाब दिएका छापामार तथा युवा नेताहरुले अहिले विप्लवलाई थप दबाब दिइरहेका छन् । तर, केही अघि एकैपटक जित्ने गरी संघर्ष थाल्ने तयारी रहेको बताएका विप्लव स्वयं आफैं पनि यतिबेला नाजावाफ हुन पुगेको बुझिाएको छ ।

f

११ दिने नेपाल बसाई सकेर  हृयारी स्वदेश फर्किदै

१७ चैत, काठमाडौं । 
बेलायती राजकुमार ह्यारी ११ दिने नेपाल बसाई सकेर आज बेलुका स्वदेश फर्किदै छन् । गत चैत ६ गते नेपालको औपचारिक भ्रमणका लागि आएका ह्यारी बुधबार राति स्वदेश फर्किन लागेका हुन्। ह्यारी कतार एयरवेजको विमानमार्फत बुधवार राति  ९:१५ स्वदेश फर्किने कार्यक्रम छ।  ह्यारी हिजो अपरान्ह गोरखाको लापु गाविसबाट काठमाडौ आएका थिए । उनि लैनचौरस्थित बेलायती दूतावासमा बसेका थिए । बेलायती राजदबार केन्सिङ्टन प्यालेसले ह्यारीको स्वदेश फिर्तीबारे औपचारीक रुपमा केही बताएको छैन । बेलायती राजकुमार ह्यारी चैत ६ गते नेपालको औपचारिक भ्रमणमा आएका थिए । 

औपचारिक भ्रमण सकिएपछि पनि उनले आफू नेपालको सौन्दर्यबाट प्रभावित भएको र नेपाललाई अझै सहयोग गर्न चाहेको भन्दै बसाइ ६ दिन थप लम्बाएका थिए ।नेपालमा बसाइका क्रममा राजकुमार ह्यारीले राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गरेका थिए। यसैगरी ह्यारीले भूकम्पले क्षति पुर्याएको ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रसहित बर्दीया, भक्तपुर, लम्जुङ, गोरखा र पोखराको भ्रमण गरेका थिए। 
 

नेपाली एकजुट हुन नदिन षड्यन्त्र भइराखेको छ : प्रधानमन्त्री

१८ चैत, चितवन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रनिर्माणमा नेपालीलाई एकजुट हुन नदिन बिभिन्नखाले  षडयन्त्र भइरहेको बताउनुभएको छ ।

उहाँले विभिन्न समयमा बैदेशिक हस्तक्षेप हुदै आएको र केही विदेशीहरुले नेपाललाई प्रयोगशाला बनाउन खोजेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफूले हालै गरेको छिमेकी देशको भ्रमणले छिमेकी राष्ट्रहरुसंगको सम्बन्ध अझ सुमधुर बनाएको भन्दै नेपालले दुवै छिमेकी देशहरुसंग मैत्रीभाव राखेको तर सार्वभौमिकताका सवालमा भने कसैसग सम्झौत गर्न नसकिने स्पष्ट पार्नुभयो ।

चितवनको रत्ननगरमा शुरु भएको नेपाल निमार्ण व्यवासायी महासंघको १८ औं साधारणसभाको उद्घाटन गर्नुहुंदै प्रधानमन्त्री ओलीले नेपालले दुबै छिमेकी देशसंग मैत्रीभाब राखेको तर सार्बभौमिकताका सवालमा कसैसंग सम्झौता गर्न नसकिने स्पष्ट पार्नुभयो ।  

प्रधानमन्त्रीले आफुले हालै गरेको छिमेकी देशको भ्रमणले छिमेकी राष्ट्रहरुसंगको सम्बन्ध अझ सुमधुर बनाएको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले भुकम्पका कारण बिषम परिस्थिति सिर्जना भएको भन्दै निर्माण कार्यमा ठेक्का लिएका निर्माण व्यवसायीहरुलाई १ बर्षको म्याद थप गरिने बताउनुभयो ।

आजै चितवनमा आयोजीत कार्यकर्ता धेटघाट कार्यक्रमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाली जनतालाई  चाहिएजती बिजुली उपलब्ध गराउन सरकार लागिपरेको बताउनुभयो । एक वर्ष भित्र लोडसेडिङ अन्त्य  र दुइवर्ष भित्र चाहिएजति बजिुली उपलब्ध गराउन जलविद्युत आयोजना निर्माण र मर्मतको काम शुरु भएको जानकारी दिनुभयो ।

एमाले अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री ओलीले चितवनको शक्तिखोर मदन भण्डारी स्मृति पोलिटेक्नक इन्स्टिच्युट स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आजै चितवनमा  प्रधानमन्त्री ओलीले सुरक्षा निकायसँग  छलफलमा  
कानुनको सर्वोच्चतालाई कायम राख्दै चुस्त काम गर्न मातहतका सुरक्षा निकाय तथा कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।

जिल्ला र क्षेत्रका सुरक्षा निकाय एंवम् प्रशासन प्रमुखलाई सुरक्षा व्यवस्था चुस्त पार्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्री के।पी शर्मा ओली –रिपोर्टस क्लव

प्रधानमन्त्री के।पी शर्मा ओलीले आप्mनै नेतृत्वको सरकारमा नेपाली कांग्रेस सामेल हुन उपयुक्त हुने बताउनु भएको छ ।

रिपोर्टर्स क्लब नेपालको १८ औ बार्षिकोत्सबका अबसरमा आज काठमाडौमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नयां संबिधानले सबैका हक अधिकार स्थापित गरेकाले संबिधानको कार्यान्वयन संगै ती देखिदै जाने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले अब देश बिकासको बाटोमा द्रुत गतिमा अगाडी बढ्ने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले नेपाल दुबै छिमेकी मुलुकसंग मित्रबत सम्बन्ध चाहन्छ र ती दुबै देशको आप्mनो भ्रमणबाट त्यो चाहना पुरा भएको उल्लेख गर्नुभयो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web