प्रधानमन्त्री निवासमा एमाले बैठक राख्दा माधव नेपाल पड्कीए

बैशाख १९, २०७३ मा प्रकाशित | 732 views

२८ चैत, काठमाडौं ।
एमाले केन्द्रीय कमिटीको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा राखिएकोमा सदस्यहरूले आपत्ति जनाएका छन् ।

शनिबार बैठक सुरु हुनासाथ केही सदस्यले पार्टीको झन्डा र ब्यानरविनै प्रधानमन्त्री निवासमा बैठक डाकिएको भन्दै आपत्ति जनाएका थिए। नयाँ पत्रिका दैनिकमा समाचार छ।

नेपालपक्षीय केन्द्रीय सदस्यहरू ठाकुर गैरे, टंक कार्की, रामकुमारी झाँक्री, पर्शुराम मेघी गुरुङ, लक्ष्मण पौडेललगायतले प्रधानमन्त्रीनिवासलाई पार्टी कार्यालय बनाएर नियमित बैठक बोलाएकोमा आपत्ति जनाएका हुन्।

उनीहरूले यसबाट जनतामा गलत सन्देश जाने र गलत संस्कृतिले प्रश्रय पाउने भन्दै पार्टी कार्यालय धुम्बाराहीमै बैठक बस्नुपर्ने माग पनि गरे। उनीहरूको आपत्तिपछि आइतबारको अधिकांश समूहको समूहगत छलफल पार्टी कार्यालय धुम्बाराहीमै हुने भएको छ।

नाम र झन्डा गायब भएकोमा आपत्ति

स्रोतका अनुसार केन्द्रीय सदस्य गैरेले अध्यक्ष ओलीको मन्तव्य सकिनेबित्तिकै सरकारीनिवासमा पार्टीको लोगो, झन्डा र ब्यानरविनै कम्युनिस्ट पार्टीको बैठक डाकिएको भन्दै आपत्ति जनाए।

‘सरकारीनिवासमा राष्ट्रिय झन्डा मात्रै हुने, जुन पार्टी हो त्यो पार्टीको झन्डा र ब्यानरविनै बैठक बस्ने, यो कस्तो चलन हो रु यसरी नै बैठक अघि बढाउने हो भने मेरो आपत्ति छ,’ गैरेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

उनको आपत्तिपछि महासचिव ईश्वर पोखरेलले गल्ती भएकाले अर्को दिन झन्डाको व्यवस्थापन गरिने भन्दै आश्वस्त तुल्याएका थिए। नेपालपक्षीय नेताहरूले एजेन्डा पनि व्यवस्थित ढंगले नआएको भन्दै आलोचना गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web