देउवा कोइराला खेमाकै समर्थनमा संसदीय दलको नेता बन्ने दाउमा

२४ चैत, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबाहादुर देउवा र रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

दलका नेता तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधन भएपति दुई महिनादेखि सो पद रिक्त छ । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रमुख विपक्षी दलको नेतालाई वेटिङ प्राइम मिनिस्टरको रुपमा हेरिने भएकाले पनि कांग्रेस संसदीय दलको नेताको यो निर्वाचनलाई विशेष महत्वका साथ हेरिएको छ ।

संसदीय दलको नेताको निर्वाचनका लागि २ सय सांसदले मतदान गर्ने भएकाले विजयी हुन १ सय ४ मत आवश्यक पर्नेछ । हालको गणितिय अधारमा सभापति देउवाको जित सुनिश्चितजस्तै देखिएको छ ।

तत्कालीन संस्थापन पक्षधरका केही सांसद र १३ औं महाधिवेशनमा सभापतिमा लडेका कृष्ण सिटौला पक्षधरले देउवालाई मतदान गर्न लागेकाले उनको जित सुनिश्चित भएको हो । यद्यपि, गोप्य मतदान भएकाले यसै भन्न सकिने अवस्था छैन ।

दोधारा चाँदनीमा वन्यजन्तुलाई रोक्न बिद्युतीय तारवार गरिने

पप्पु गुरुङ्, २७ चैत्र, दोधारा चाँदनी/ कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा वन्यजन्तुलाई रोक्न बिद्युतिय तारवार गरिने भएको छ् । हिमालय मध्यवर्ती उपभोक्ता समिति दोधारा चाँदनीको आयोजना र भु–परिधी कार्यक्रम (ताल) तथा शुक्लाफाँटा वन्य जन्तु आरक्ष कार्यालय कञ्चनपुरको सहयोगमा दोधारा चाँदनी नगरपालिका वडा नं. ३, बडुवाल टोलमा वन्यजन्तुलाई रोक् न बिद्युतिय तारवार गरिन लागेको आरक्ष कार्यालयले जनाएको छ् । बडुवाल टोलमा भारतिय जंगलबाट गाँउ भित्रिएको हात्तीको बथानले स्थानियहरुका बाली नाली खाएर तथा दर्जनौ घर भत्काएर आतंक मच्चाउन थालेपछि उक्त स्थानमा वन्यजन्तुलाई रोक्न बिद्युतिय तारवार गरिन लागेको हिमालय मध्यवर्ती उपभोक्ता समितिका संयोजक पदम बहादुर सिंहले जानकारी दिएका छन् । “यहि महिना भित्र बिद्युतिय तारवार जडान गर्ने कार्य सम्पन्न गर्छौ”े हिमालय मध्यवर्ती उपभोक्ता समितिका संयोजक पदम बहादुर सिंहले भने । भु–परिधी कार्यक्रम (ताल) तथा शुक्लाफाँटा वन्य जन्तु आरक्ष कार्यालय कञ्चनपुरले बिद्युत तारवारको लागी लाग्ने उपकरण समेत खरिद गरि पठाईसकेको जनाएको छ् । ३ किलोमिटर लम्बाईको बिद्युतीय तारवार जडान पश्चात बडुवाल टोलमा हात्तीको आतंक निर्मुल हुने स्थानिय चन्द्र लोहारले बताएका छन् । १ सय २५ घरधुरी रहेको बडुवाल टोलमा ६ सय ६९ परिवार बसोबास गर्दै आएका छन् ।

 

अस्ट्रेलियन प्रधानमन्त्रीद्धारा नेपालीलाई नयाँ वर्षको शुभकामना व्यक्त

मुकुन्दराज भेटुवाल-२५ चैत, अस्ट्रेलिया ।
नेपाली नयाँ बर्ष २०७३ को अवसरमा अस्ट्रेलियाका प्रधानमन्त्री म्यालकोल्म टर्नबुलले नेपालीलाई शुभकामना दिएका छन् ।

नेपाली नयाँ वर्षको अवसरमा अस्ट्रेलियामा रहेका नेपालीहरुलाई अस्ट्रेलियाली प्रधानमन्त्री टर्नबुलले एक विज्ञप्ति प्रकाशित गरि शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री टर्नबुलले नेप्लीज फ्रेण्ड्स अफ लिभरलका संयोजक श्रीनापित मार्फत नेपाली समुदायलाई नयाँ वर्षको शुभकामना सन्देश प्रेषित गरेको विज्ञप्तिमा उल्लेख छ ।

अष्ट्रेलियन प्रधानमन्त्री टर्नबुलले नेपाली नयाँ बर्षलाई विशेष रुपमा चित्रित गर्दै २९ मार्चमा शुभकामना पठाउँदै विज्ञप्तिमा “नयाँ वर्षको अवसरमा भविष्यमा आउने दिनहरु सफल हुन् तथा आपसी समझदारी बढोस् ।” भनिएको छ ।

टर्नबुलले शुभकामना सन्देशमा-“वाक स्वतन्त्रता तथा विविधताको सम्मान गरेकै कारण आज अस्ट्रेलिया विश्वकै सफल बहुसाँस्कृतिक राष्ट्र बनेको छ, नेपाली समुदायले अस्ट्रेलियामा गरेको प्रगतिको हामी सम्मान गर्छौ । नेपालीहरुले मनाउने नयाँ वर्षलाई अष्ट्रेलिया सरकार सम्मान गर्छ र नयाँ वर्षको शुभकामना पनि दिन चाहन्छौ ।” उल्लेख छ ।

झोल कोकिनसहित दुई विदेशी महिला पक्राउ 

१५ चैत,काठमाडौं  । 
झोल कोकिनसहित दुई विदेशी महिला पक्राउ परेका छन् । काठमाडौंको ठमेलबाट स्याम्पुको बट्टाभित्र कोकिन लुकाइराखेको अवस्थामा दक्षिण अफ्रिकी र अर्की भारतीय महिला पक्राउ परेका हुन् । नेपालमा झोल कोकिन बरामद भएको यो पहिलो पटक भएको प्रहरीले बताएको छ ।

अफ्रीकी नागरिक एमप्याथोनीको साथबाट ३ वटा बट्टामा कोकिन लुकाइराखेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनीसँगै भारत नागाल्यान्ड घर भएकी मेर्सीको साथबाट एउटा स्याम्पुको बट्टामा कोकिन फेला परेको प्रहरीले जनाएको छ ।  स्याम्पुको बट्टामा कोकिन फेला परेको नेपालमा पहिलोपटक हो । यसको मूल्य ५ करोड ४० लाख भएको ब्यूरोले जनाएको छ । उनीहरु चैत २ गते दुबई हुँदै ब्राजिल पुगेर चैत ११ गते काठमाडौं आएको प्रहरीले जनाएको छ । 

‘ सरकार परिवर्तन गर्ने बेला भईसकेको छैन’-उपप्रधानमन्त्री थापा

दाङ, चैत २७ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले सरकारले शुक्रबार गठन गरेको ‘संघीयता  कार्यान्वयन उच्चस्तरीय समिति प्रति आफ्नो असन्तुष्टि रहेको स्पष्ट पारेका छन ।  रिपोर्टर्स क्लब नेपाल दाङले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले समितिमा स्थानीय विकास मन्त्रालयलाई नसमेटेको भन्दै आफूले त्यसबारेमा प्रधानमन्त्रीसँग कुराकानी गर्ने बताए ।

साक्षात्कारमा उनले भने,‘हिँजो दश बजे मन्त्री परिषदको बैठक भनेर बोलाइएको थियो तर, ११ बजेसम्म बैठक बसेन अनि म अर्काे पूर्वनिर्धारित कार्यक्रमको लागि हिँडे त्यसपछि बैठक बसेर समिति बनाइएछ । त्यसमा संघीय मामला तथा स्थानीय विकास मन्त्रालयलाई राखिएन ।
थापाले थपे ‘संघीयता कार्यान्वयन गर्ने सबैभन्दा महत्वपूर्ण मन्त्रालय भनेको संघीय मामला तथा स्थानीय विकास मन्त्रालय नै हो, यो नियतवश गरिएको त हैन होला, एक पटक प्रधानमन्त्रीसँग कुरा गरेँ भने मिल्नसक्छ ।’
उनले अहिले नै सरकारको विकल्प खोज्ने बेला भइनसकेको स्पष्ट पार्दै अझैं संविधान कार्यान्वयनका धेरै कामहरु बाँकी रहेको र सरकार गठनको ६ महिनामात्रै भएका हुँदा अहिले नै त्यस्तो कुरा चलाउनु सरकार र संविधानलाई कमजोर गराउने खेलमात्रै हुने दावी गरे ।
थापाले भने,‘राप्रपा नेपालसमेत सहभागी भएको सरकारभन्दा अर्काे राष्ट्रिय सहमतिको सरकार कस्तो हुन्छ ?, प्रजातान्त्रिक पद्धतिमा सबै दलहरु मिलेर सरकारमा जाँदा प्रतिपक्ष पनि कमजोर हुन्छ र संविधान अनि राज्यसमेत कमजोर हुन्छ ।’
उनले जनताको विश्वास भए संबिधान अनुसार नै राजतन्त्र फिर्ता हुने दावी गर्दै जनताको विश्वास भए संविधानमा हिन्दू राज्य र राजतन्त्र आउन सक्ने बताए ।  संवैधानिक राजतन्त्र र हिन्दू राज्यको मागमा कत्ति पनि बिचलित नभएर पनि सरकारमा छिरेको दावी गर्दै राप्रपा नेपालका अध्यक्ष समेत रहेका थापाले भने ‘के सम्भव छ भनेर हामी यो मागमा अडेका होइनौँ, के आवश्यकता हो भन्ने कुराले हामी राजतन्त्र र हिन्दू राज्य मागेका हौँ ।’
थापाले कुनै पनि व्यवस्था परिवर्तन गर्नका लागि अब फेरि पहिलाको जस्तै आन्दोलन नै गर्नु अवस्था नरहेको उल्लेख गर्दै भने,‘संविधानकै माध्यमबाट आफ्ना मान्यता स्थापित गराउन सकिन्छ, अब आफ्ना माग पूरा गराउनका लागि बन्दूक बोकेर जंगल पनि जानु पर्दैन, सिमामा बसेर नाकाबन्दी पनि गर्नुपर्दैन ।’

उनले संविधानप्रति राप्रपा नेपालको समेत असन्तुष्टि रहेको र बहुमतको कदर गरेर राप्रपाले संविधान स्विकारेको पनि बताए । ‘हो, यो संविधानमा हाम्रो पार्टीका आधारभूत मान्यताहरुसमेत समेटिएका छैनन् तर, अत्यधिक बहुमतले त्यसलाई पारित गरिसकेपछि त्यसलाई स्विकार गर्नु प्रजातिन्त्रक आदर्श हो ।’ उनले भने ।
संविधानमा कुनै पनि कुरा अपरिवर्तनीय नभएको दाबी गर्दै थापाले अब आफ्ना मान्यताहरु प्नि राप्रपाले संविधानकै माध्यमबाट स्थापित गर्ने दाबी समेत गरे । उनले आगामी अध्यावधिक चुनावमा राप्रपाले त्यो मुद्दामा जित हासिल गर्ने दाबी पनि गरे ।

 

हार्ने चुनावमा रामचन्द्र पौडेल उठ्नुको कारण यस्तो रहेछ

काठमाडौं,चैत २५ । हार्छु भन्दाभन्दै पनि नेता रामचन्द्र पौडेल संसदीय दलको नेतामा उम्मेदवार बन्दै पराजित भएका छन् । एक महिना अघि उनै पौडेल देउवासँगै पराजित भएका थिए । 

१. प्रतिपक्षी दलको प्रतिपक्षी नेता बन्ने रणनीति
रामचन्द्र पौडेललाई थाहा थियो– संसदीय दलको निर्वाचन जितिन्न । तर, देउवासाग प्रतिस्पर्धा गर्न अरू कसैलाई पठाउादा उही नै शक्तिकेन्द्र बन्ने भय उनलाई थियो । महाधिवेशन र दलको चुनावमा हारे पनि देउवाको प्रतिस्पर्धी पौडेलबाहेक अरू कोही छैन भन्ने उनी पुष्टि गराउन चाहन्थे ।

२.कोइराला परिवारको मनोविज्ञान
सुशील कोइरालाको उत्तराधिकारी बन्न खोजेका शशांक, शेखर र सुजाताले बाध्य भएर महाधिवेशनमा पौडेललाई नेता मान्नुपर्‍यो । दलको नेतामा अर्कोलाई अघि सार्दा ऊ पनि अगुवा बन्छ भन्ने कोइराला परिवारको मनोविज्ञानले अरूलाई अगाडि आउन दिएन । पौडेल नै उम्मेदवार भए ।

३. प्रकाशमान र रामशरणको स्वार्थ

प्रकाशमान सिंह र डा. रामशरण महत संसदीय दलको उम्मेदवार हुन चाहन्थे । यसपालि पराजित भए पनि पुरानो संस्थापनको नेता हुन सकिन्छ भन्ने उनीहरूको आाकलन थियो । तर, आफूले नपाउने अवस्थामा आफूसरहको अर्को नेता अगाडि नजाओस् भन्नेमा पनि यी दुवै चनाखो थिए । त्यसैले उम्मेदवारको रूपमा पौडेलको विकल्प भएन ।

चुनावको सन्देश
महाधिवेशनमा पौडेल समूहबाट महामन्त्रीमा उठेका शशांक कोइरालाले आठ सय मतान्तरले जिते । जिल्ला राजनीतिमा सीमित सीतादेवीले समेत उनकै समूहबाट कोषाध्यक्षमा जितिन् । तर, पौडेलले पाँच सय २६ मतान्तरले हार्दा उनलाई पुरानो संस्थापनका सबैले नेता मानेनन् भन्ने त्यतिवेलै पुष्टि भएको थियो । तर, दलको निर्वाचनसम्म आइपुग्दा पौडेलले पुरानो संस्थापनलाई एकतिहाइ मतमा झारे ।

संसदीय दलको नेतामा शेरबहादुर देउवालाई निर्विरोध छाडेर सहमतिका लागि नैतिक दबाब दिने अस्त्र पौडेलसँग थियो । त्यसो गर्दा पुरानो संस्थापन यति कमजोर भयो भनेर छर्लंग देखिने थिएन । तर, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले नेतृत्व गरेको समूहलाई यति छिट्टै एकतिहाइमा खुम्च्याएको अपजस पक्कै पनि पौडेललाई जान्छ । यो चुनावपछि उनी त्यसो समूहका नेता रहिरहन राजनीतिक रूपमा पनि समस्या छ ।
-नयाँ पत्रिका 

गठन भएको करिव चार महिना बितिसक्दा पुर्ननिर्माण प्राधिकरण अझै अपुर्ण 

काठमाडौं,चैत २५ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन भएको करिव चार महिना बितिसकेको छ। भूकम्प प्रभावितलाई छिटो र छरितो ढंगले  पुनर्वासको कार्यक्रम अगाडि बढाउनु पर्ने केन्द्रीय निकाय आफै भने जनशक्ति अभावमा समस्यामा परेको छ । २ सय ८ कर्मचारीको दरबन्दी रहेको कार्यालयमा सरकारले करिब आधा कर्मचारी मात्रै खटाउन सकेको छ। सामान्य प्रशासन मन्त्रालयले १ सय २५ जना कर्मचारी प्राधिकरणमा खटाइसकेको जनाएको छ। ८३ कर्मचारी अझै अपुग छ।
 
तर खटाइएका भनिएकाहरु पनि प्राधिकरणमा हाजिर भएका छैनन्। प्राधिकरणमै गएका केही कर्मचारी अन्यत्र फर्किएका छन्। सरकारले आफूले प्राथमिकतामा राखेको कार्यसम्पादन गर्नेै अड्डामा नै जनशक्ति परिचालन गर्न सकेको छैन।  प्राधिकरणमा उच्च तह र प्राविधिक जनशक्ति व्यवस्थापनमा ठूलो समस्या छ। १० सहसचिवको दरबन्दी रहेकोमा ५ जना मात्रै खटिएका छन्। कान्तिपुर दैनिकमा समाचार छ ९ करिब २० इन्जिनियर र २२ कम्युटर अपरेटरको पद रिक्त छ।  
 

गृहमन्त्रीको आडमा अक्सिजनमा ताला

काठमाडौं,चैत २६ । गृहमन्त्री शक्ति बस्नेतको आडमा एकीकृत नेकपा माओवादी जिल्ला नेतृत्वको सहयोगमा काभ्रेको पनौति नगरपालिका २ सुब्बागाउँमा रहेको नवज्योती ग्यासेस प्रालीले उत्पादन गर्ने अक्सिजन ग्यासमा दश दिनदेखि लगाएको ताला अझै खुल्न सकेको छैन ।

अक्सिजन ग्यास उत्पादन गर्दै आएको उक्त प्रालिमा २०७२ सालमा मात्रै पाँचौपटक ताला लागेको नेपाल समाचार पत्र दैनिकमा समाचार छ । पछिल्लो समय २०७२ साल चैत १५ गते माओवादी कार्यकर्ता पनौती-२ सुब्बा गाउँकै इन्द्रकुमार श्रेष्ठको नेतृत्वमा गएको एक दर्जन कार्यकर्ताहरुको समूहले ताला लगाइदिएको हो ।

प्रशासन, प्रोडक्सन र वितरण कक्षमै ताला लगाइदिएपछि कम्पनिले उत्पादन गर्दै आएको अक्सिजन, लिक्विड नाइट्रोजन र नाइट्रोजन उत्पादन नै ठप्प भएको छ,’ कम्पनीका म्यानेजर उत्तम गौतमले भने, ‘अक्सिजन उत्पादन नहुँदा सर्वसाधारण जोखिममा परेका छन् ।’

 

एसएलसीमा ३९५ जनालाई कारबाही

२६ चैत, काठमाडौं ।
यसवर्षको एसएलसी परीक्षामा अनियमितता गर्ने ३९५ जनालाई कारबाही गरिएको छ ।

परीक्षा सम्पन्न भएपछि यसबारे जानकारी दिदै परीक्षा अबधीभर अनियमिता गर्ने ३२८ जना परीक्षार्थीलाई परीक्षाबाट निष्कासन गरिएको, ३७ जना निरिक्षक र ३० जना सहायक कर्मचारी सहित अन्य व्यक्ति गरि ३९५ जनालाई कारबाही गरिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले जानकारी दिनुभयो ।
प्राबिधिक तर्फको प्रयोगात्मक परीक्षा भने २९ गतेसम्म चल्ने उहाँले जानकारी दिनुभयो ।

देशभर १ हजार ४४३ परीक्षा केन्द्रबाट कूल ६ लाख १५ हजार ५५३ परीक्षार्थी परिक्षामा सहभागि भएका थिए ।

परीक्षा नियन्त्रक काप्रीले परीक्षा सकिएको तीन महिना भित्र नतिजा सार्वजनिक गर्ने नियम रहेपनि असारको दोश्रो सातासम्म परीक्षाफल सार्वजनिक गर्ने गरि तिब्र रुपमा काम गर्ने बताउनुभयो ।

जनकपुरमा बम हानेर हत्या गर्ने साहमाथि सिंघानिया हत्याको आरोप

२४ चैत, जनकपुर ।
तीन वर्षअघि पाँच जनाको ज्यान जाने गरी गराइएको विस्फोटका मूख्य आरोपी निलम्बित सभासद सञ्जयकुमार साह सञ्चार उद्यमी अरुण सिंघानिया हत्यामा समेत संलग्न रहेको खुलासा भएको छ ।

सिंघानिया हत्याका मूख्या आरोपी चन्द्रदीप यादवले निलम्बित सभासद साह र उनका सहयोगी रामगोविन्द यादवले १० लाखको ‘सुपारी’ दिएर सिंघानियालाई हत्या गर्न लगाएको बयान दिएका छन् ।
 
सिंघानिया हत्याका आरोपीहरु निलम्बित सभासद साह, हत्याको जिम्मा लिने तत्कालीन सशस्त्र समूहका नाइके अर्जुन सिंह भनिने मुकेश चौधरी, गोली प्रहार गर्ने एकलाल भनिने योगेन्द्र सहनी र साहका पूर्वसहयोगी ओम यादवलाई धनुषा ल्याइएको कान्तिपुर दैनिकमा समाचार छ ।

बाहुबली’लाई उत्कृष्ट चलचित्रको उपाधि,अमिताभ र कंगना वर्षकै उत्कृष्ट 

एजेन्सी ।  भारतीय राष्ट्रिय फिल्म पुरस्कार-२०१५ को घोषणा भएको छ ।  बलिउडका विभिन्न भाषाहरूमा बनेका उत्कृष्ट चलचित्रहरूलाई सम्मान गर्ने कार्यक्रम ‘नेशनल फिल्म अवार्ड्स’ को ६३औँ श्रृङ्खला आज सम्पन्न भएको हो । उक्त कार्यक्रमवाट अभिनेतामा अमिताभ बच्चन उत्कृष्ट ठहरिएका छन् । अभिनेत्रीतर्फ उक्त पुरस्कार कंगना रनावतलाई प्रदान गरिएको छ ।

अमिताभले ‘पीकु’बाट उक्त पुरस्कार हात पारेका हुन् भने ‘तन्नु वेड्स मन्नु रिटर्न्स’ बाट कंगनालाई राष्ट्रिय पुरस्कार दिइएको हो । ‘बाहुबली’ वर्षकै उत्कृष्ट फिल्म घोषित भएको छ । ‘बाजिराव मस्तानी’ बाट सञ्जयलिला भन्साली उत्कृष्ट निर्देशक दरिएका छन् । ‘तनु वेड्स मनु’को दुवै भागबाट कङ्गनाले सफलता पाएपछि चलचित्रका सह(अभिनेताले भने, “इण्डष्ट्रीमा भित्रीएपछिको पछिल्लो ७ वर्षमा कङ्गना परिपक्व भैसकेकी छिन्।”
उत्कृष्ट अभिनेताः अमिताभ बच्चन, ‘पीकु’

उत्कृष्ट अभिनेत्रीः कंगना रनोत, ‘तनु वेड्स मनु रिटनर्स’

उत्कृष्ट फिल्मः ‘बाहुबली द बिगिनिंग’

उत्कृष्ट सन्चालकः संजय लीला भन्साली, ‘बाजीराव मस्तानी’

उत्कृष्ट संवादः जूही चतुर्वेदी (पीकु), हिमांशु शर्मा (तनु वेड्स मनु रिटन्र्स)

उत्कृष्ट कोरियोग्राफरः रेमो डिसूजा (बाजीराव मस्तानी)

उत्कृष्ट हिन्दी फिल्मः ‘दम लगा के हइशा’

उत्कृष्ट सहायक अभिनेत्रीः ‘तनवी आजमी’,‘बाजीराव मस्तानी’

उत्कृष्ट मराठी फिल्मः ‘रिंगन’

उत्कृष्ट मलयालम फिल्मः ‘पाथेमरी’

उत्कृष्ट तमिल फिल्मः ‘विसारनई’

उत्कृष्ट तेल्गु फिल्मः ‘कन्चे’

उत्कृष्ट संस्कृत फिल्मः ‘प्रियमनसम’

उत्कृष्ट कन्नडा फिल्मः ‘तिथि’

उत्कृष्ट पंजाबी फिल्मः ‘चौथी कूट’

उत्कृष्ट कोंकणी फिल्मः ‘एनिमी’

उत्कृष्ट असमिया फिल्मः ‘कोठनोडी’

उत्कृष्ट हरियाणवी फिल्मः ‘सतरंगी’

उत्कृष्ट मणिपुरी फिल्मः ‘इबुसु याओहन्बियु’

उत्कृष्ट मिजोरमी फिल्मः ‘लोड बियाँन्ड द क्लास’

उत्कृष्ट उडिया फिल्मः ‘पहाड रा लुहा’

उत्कृष्ट वाचो फिल्मः ‘द हेड हंटर’

उत्कृष्ट खासी फिल्मः ‘उनाता’

हावाहुरीले अवरुद्ध त्रिभुवन विमानस्थल खुल्यो

१५ चैत,काठमाडौं ।  
उपत्यकामा चलेको ठूलो हावाहुरीले अवरुद्ध  भएको  त्रिभुवन विमानस्थल खुलेको छ । भिजिबिलिटी कम भएपछि तथा हावाहुरी चलेकाले विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य सबै उडान ठप्प भएको थियो । विमानस्थल एक घन्टा बन्द हुदाँ उडान तथा अवतरण बन्द भएका थिए।  साँझ ५ बजे जेट एयरको विमान मुम्बइका लागि उडेको छ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web