अस्ट्रेलियन प्रधानमन्त्रीद्धारा नेपालीलाई नयाँ वर्षको शुभकामना व्यक्त

बैशाख २०, २०७३ मा प्रकाशित
Published at 2016-05-02

1249 views

मुकुन्दराज भेटुवाल-२५ चैत, अस्ट्रेलिया ।
नेपाली नयाँ बर्ष २०७३ को अवसरमा अस्ट्रेलियाका प्रधानमन्त्री म्यालकोल्म टर्नबुलले नेपालीलाई शुभकामना दिएका छन् ।

नेपाली नयाँ वर्षको अवसरमा अस्ट्रेलियामा रहेका नेपालीहरुलाई अस्ट्रेलियाली प्रधानमन्त्री टर्नबुलले एक विज्ञप्ति प्रकाशित गरि शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री टर्नबुलले नेप्लीज फ्रेण्ड्स अफ लिभरलका संयोजक श्रीनापित मार्फत नेपाली समुदायलाई नयाँ वर्षको शुभकामना सन्देश प्रेषित गरेको विज्ञप्तिमा उल्लेख छ ।

अष्ट्रेलियन प्रधानमन्त्री टर्नबुलले नेपाली नयाँ बर्षलाई विशेष रुपमा चित्रित गर्दै २९ मार्चमा शुभकामना पठाउँदै विज्ञप्तिमा “नयाँ वर्षको अवसरमा भविष्यमा आउने दिनहरु सफल हुन् तथा आपसी समझदारी बढोस् ।” भनिएको छ ।

टर्नबुलले शुभकामना सन्देशमा-“वाक स्वतन्त्रता तथा विविधताको सम्मान गरेकै कारण आज अस्ट्रेलिया विश्वकै सफल बहुसाँस्कृतिक राष्ट्र बनेको छ, नेपाली समुदायले अस्ट्रेलियामा गरेको प्रगतिको हामी सम्मान गर्छौ । नेपालीहरुले मनाउने नयाँ वर्षलाई अष्ट्रेलिया सरकार सम्मान गर्छ र नयाँ वर्षको शुभकामना पनि दिन चाहन्छौ ।” उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.