दोधारा चाँदनीमा वन्यजन्तुलाई रोक्न बिद्युतीय तारवार गरिने

बैशाख २०, २०७३ मा प्रकाशित | 813 views

पप्पु गुरुङ्, २७ चैत्र, दोधारा चाँदनी/ कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा वन्यजन्तुलाई रोक्न बिद्युतिय तारवार गरिने भएको छ् । हिमालय मध्यवर्ती उपभोक्ता समिति दोधारा चाँदनीको आयोजना र भु–परिधी कार्यक्रम (ताल) तथा शुक्लाफाँटा वन्य जन्तु आरक्ष कार्यालय कञ्चनपुरको सहयोगमा दोधारा चाँदनी नगरपालिका वडा नं. ३, बडुवाल टोलमा वन्यजन्तुलाई रोक् न बिद्युतिय तारवार गरिन लागेको आरक्ष कार्यालयले जनाएको छ् । बडुवाल टोलमा भारतिय जंगलबाट गाँउ भित्रिएको हात्तीको बथानले स्थानियहरुका बाली नाली खाएर तथा दर्जनौ घर भत्काएर आतंक मच्चाउन थालेपछि उक्त स्थानमा वन्यजन्तुलाई रोक्न बिद्युतिय तारवार गरिन लागेको हिमालय मध्यवर्ती उपभोक्ता समितिका संयोजक पदम बहादुर सिंहले जानकारी दिएका छन् । “यहि महिना भित्र बिद्युतिय तारवार जडान गर्ने कार्य सम्पन्न गर्छौ”े हिमालय मध्यवर्ती उपभोक्ता समितिका संयोजक पदम बहादुर सिंहले भने । भु–परिधी कार्यक्रम (ताल) तथा शुक्लाफाँटा वन्य जन्तु आरक्ष कार्यालय कञ्चनपुरले बिद्युत तारवारको लागी लाग्ने उपकरण समेत खरिद गरि पठाईसकेको जनाएको छ् । ३ किलोमिटर लम्बाईको बिद्युतीय तारवार जडान पश्चात बडुवाल टोलमा हात्तीको आतंक निर्मुल हुने स्थानिय चन्द्र लोहारले बताएका छन् । १ सय २५ घरधुरी रहेको बडुवाल टोलमा ६ सय ६९ परिवार बसोबास गर्दै आएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web