काठमाडौं,चैत २३ । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । सिंहदरबारस्थित दलको कार्यालय पुगेर दुवै नेताले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । पौडेलको प्रस्तावकमा प्रकाशमान सिंह छन् भने समर्थकमा महामन्त्री शशांक कोइराला रहेका छन् भने देउवाको प्रस्तावकमा सांसद फरमुल्लाह मन्सुर छन् भने समर्थकमा सांसद पद्यनारायाण चौधरी रहेका छन्। निर्वाचन समितिका अनुसार संसदीय दलको नेताको उम्मेदवार बन्न २५ हजार रुपैयाँ शुल्क लाग्नेछ। त्यस्तै चैत २६ गते हुने संसदीय कार्यसमितिका लागि उम्मेदवार बन्न ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
बुधबार बिहान ११ बजेदेखि मतदान हुने भएको छ। दल कार्यसमितिको निर्वाचन यही चैत २६ गते गर्ने मिति तय भएको छ ।
उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्गलबार १२स्३० बजे गरिनेछ । १२स्३० बजेदेखि १ बजेसम्म नामावली उपर दाबी विरोध, दोस्रो नामावली प्रकाशन १ बजेदेखि १स्३० बजेसम्म, नाम फिर्ता लिने समय १स्३० बजेदेखि २ बजेसम्म र अन्तिम नामावली प्रकाशन २ बजेपछि गरिनेछ । २०७० साल माघ १२ गते आइतबार भएको संसदीय दलको नेताको निर्वाचनबाट निर्वाचित भएका पार्टीका तत्कालिन सभापति सुशील कोइरालाको निधन भएकाले फेरी निर्वाचन गर्नु परेको हो ।
‘मोर्चाले आन्दोलन घोषणा गरेपछिमात्रै सरकारले वार्ताको नाटक रच्छ’
काठमाडौं, चैत्र २९ । संघीय समाजवादी फोरम नेपालका सभासद एवम् केन्द्रीय सदस्य डा. विरेन्द्र महतोले वर्तमान सरकारको ६ महिने कार्यकाल प्रचारवाजी मै सिमित भएको आरोप लगाएका छन् ।
सोमबार सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा सभासद महतोले ओली नेतृत्वको सरकारले जनतालाई राहत दिने कुनै काम नै गर्न नसकेको बरु सस्तो प्रचारबाजी मै ६ महिना खेर फालेको बताएका हुन् । उनले भने,“यो बीचमा बरु प्रधानमन्त्री तथा मन्त्रीहरु विदेश घुम्न मै समिति हुनुभयो, जनता अभावमा जीवनयापन गर्न बाध्य हुनुहुन्छ ।”
सभासद डा. महतोले मोर्चाले सहमतिबाटै मुलुकलाई निकास दिनको लागि एक महिनासम्म आन्दोलनका कार्यक्रमहरु स्थगित् गरेर वार्ता तथा सहमतिको लागि अथक प्रयास गर्दापनि सरकार पक्षले कुनै गम्भिर चासो नदेखाएको गुनासो पोखे । उनले भने,“मोर्चाले सहमतिको लागि दिएको समय सरकारले त्यतिकै खेर फालेको र आन्दोलन घोषणा गरिसकेपछि मात्रै सरकारले वार्ताको नाटक रचिरहेको छ, यसले मुलुकलाई निकास दिँदैन।”
मधेश आन्दोलनले मुलुकको अर्थतन्त्रमा ठूलो असर परेको उल्लेख गर्दै सभासद महतोले अन्र्तराष्ट्रिय लगानी भित्र्याउन पनि चाँडो भन्दा चाँडो वार्ता तथा सहमतिबाटै निकास दिनुपर्ने सुझाव दिए ।
नयाँ संविधानमा आफ्ना हकअधिकार सुनिश्चित् नगरेकोले बाध्य भएर मधेशी समूदायले आन्दोलन गर्नुपरेको बताउँदै महतोले सरकारमा बसेकाहरुले आन्दोलनरत समूदायलाई होच्याउने काम गर्न नहुने जिकिर गरे ।
उनले भने,“मेधशीलगायत विभिन्न पिछडीएका समूदायलाई मुलुक टुक्र्याउन लागि परेको भनेर सरकारले झुठो आरोप लगाउने काम गरेको छ, यो कुनैपनि हालतमा न्यायसँगत छैन, भोलि यही आवाज विस्फोटनमा रुपान्तरण हुन्छ ।”
मधेशी जनताले आफ्नो अधिकार सुनिश्चितको लागि गरेको आन्दोलनलाई भारतबाट सञ्चालित भनेर सरकारले सस्तो टिप्पणी गरेर आन्दोलन तुहाउँने प्रपञ्च रचेको समेत उनले गुनासो पोखे । उनले भने, “सरकारले जबरजस्ती मधेशी जनतालाई राष्ट्रघातीको बिल्ला भिराउने काम गरिरहेको छ, यो देशको लागि समेत राम्रो हुँदैन ।”
दुवै पक्षले मेरो गोरुको बाहै« टक्का भनेर मुलुकलाई अनिर्णयको बन्दी बनाएर राख्न नहुने भन्दै उनले अविलम्ब वार्ताको माध्यमबाट निकास खोज्न समेत सरकारलाई आग्रह गरेका छन् । त्यस्तै सभासद महतोले आउँदै गरेको नया ँवर्षको उपलक्ष्यमा सम्पूर्ण नेपालीजनतामा सुख, समृद्धि र शान्ति छाओस् भन्ने कामना समेत गरेका छन् ।
‘म यति गोरी, म यति राम्री बोलको गीत सार्वजनिक’
काठमाडौं । गायककार डेनी रेग्मीको म यति गोरी, म यति राम्री बोलको गित सार्वजनिक भएको छ । प्रायः गितमा आफुमा भएको विशेषता वा शारिरीक बनोटलाई बढाईचढाई गर्ने गरेको पाइएतापनि रेग्मीको भिडियोमा आफ्नै मौलिक पन झल्कन्छ । म यति गोरी, म यति राम्री, म यति अग्ली, म यति हँसिली जस्ता शब्दले रेग्मीको गित झन् सुनौसुनौ बनेको छ ।
उक्त भिडियोलाई गितकार किरण बरालले चलनचल्तीका शब्दहरु राखेर भिन्न बनाइदिएका छन् ।
आफैलाई बढाईचढाई गरेको या आफुलाई केही होइन भनेर नजरअन्दाज गरिने पाटो हाबी भएका नेपाली गितको भीडमा आफुलाई बढी वा घटी केही नभएर ठिक्कको हो भन्ने भाव बोकेको गीत हो । ललितपुरको सिलौटा रिसोर्टलाई कलात्मक रुपमा प्रयोग गरिएको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । यसभन्दा अगाडि मैले चोलीको तुनामा बोलको गीत गाएर स्रोतामाझ चिनिएकी रेग्मी यस गीतले आफ्नो सांस्कृतिक पहिचानलाई अझ दर्शकमाझ फैलाउने विश्वास लिएकी छन् । आशिष एल्बममा समेटिएको यस गीतलाई भिजन नेपाल फिल्मस् एण्ड इन्टरटेन्मेन्टले बजारमा ल्याएको हो ।
सशस्त्र द्वन्द्वकालका पीडितले न्यायका लागि उजुरी दिन पाउने
१७ चैत,काठमाडौं ।
सशस्त्र द्वन्द्वकालका पीडितले न्यायका लागि उजुरी दिन पाउने भएका छन् । २०५२ साल फागुन १ गतेदेखि २०६३ साल मंसिर ५ गतेसम्म राज्य तथा तत्कालिन माओवादीबिच भएको द्वन्द्वमा मानव अधिकारका गम्भीर उल्लंघनमा परेकाले आउँदो वैशाख महिनादेखि उजुरी दिन पाउने सत्य निरुपण तथा मेलमिलाप आयोगले जनाएको छ । आयोगले आज सार्वजनिक सूचना निकालेर वैशाख ५ गतेदेखि असार २ गतेसम्म पीडितले उजुरी दिन सक्ने जनाएको छ ।
उजुरी दिन फारम भर्नु पर्ने र फारम आयोगको कार्यालय बबरमहल काठमाडौं तथा जिल्लाका स्थानीय शान्ति समितिको कार्यालयमा पाईने सूचनामा उल्लेख छ । बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा यौनजन्य हिंसामा परेका व्यक्तिलाई उजुरी दिन आयोगले विशेष व्यवस्था गर्ने जनाएको छ । सशस्त्र द्वन्द्व समाप्त भई शान्ति सम्झौता भएको ९ वर्ष बितिसक्दा पनि न्याय नपाएको पीडितका गुनासाकाबीच आयोगले उजुरी दिन सक्ने व्यवस्था गरेको हो ।
अस्ट्रेलियामा कारको ठक्करबाट नेपाली बालकको मृत्यु
मुकुन्दराज भेटुवाल-२६ चैत, अस्ट्रेलिया ।
कारको ठक्करबाट अस्ट्रेलियाको सिड्नीमा एक नेपाली बालकको मृत्यु भएको छ ।
तीव्रगतिमा गुडेको कारको ठक्करबाट श्रेयन थापाको मृत्यु भएको हो ।
बिहान करिब १० बजे सिड्नीको नस्थित मारियन रोडमा भर्खरै गाडी चलाउने अनुमती पाएका चालकले चलाएको कारको ठक्करबाट १ बर्ष ४ महिनाका बालकको मृत्यु भएको हो ।
कारले ठक्करपछि वेष्टमिड अस्पताल लगिएका बालकलाई तत्काल मृत्यु घोषणा गरिएको थियो ।
केही बर्षअघि बिद्यार्थीका रुपमा अष्ट्रेलिया आएका मृतकका बुबा सुजन थापा र आमा रोजीता थापा आफ्नो काखे छोरा गुमाएपछि शोकमा परेका छन् ।
अष्ट्रेलियाका स्थायी बासिन्दाको अनुमती लिने प्रक्रियामा रहेका थापा परिवारमा एनआरएन अष्ट्रेलिया सहित यहाँ रहेका नेपाली समुदायले घटनामा दुख व्यक्त गर्दै धर्यधारण गर्न आग्रह गरेको छ ।
कारले ठक्कर दिएको समयमा बालक सँगै उनको हजुरआमा रहेपनि उनलाई केही भएको छैन ।
प्रहरीले ठक्कर दिने कारका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाढी बढाएको छ ।
सांसद भित्र रहेका बेला संसद भवनमा रकेट आक्रमण
एजेन्सी,चैत १५ । अफगानिस्तानको राजधानी काबुलको नयाँ संसद भवनमा रकेट आक्रमण भएको छ । सांसदहरु भित्र रहेका बेला रकेट आक्रमण भएपनी सांसदहरु सुरक्षित रहेको बताइएको छ । तालिवान विद्रोहीले आक्रमण गरेको बताइएको छ । आक्रमणबाट भएको क्षतिको पूर्ण विवरण आइनसकेको भारतीय सरकारी च्यानल दूरदर्शनले जनाएको छ । भारतको सहयोगमा उक्त संसद भवन बनेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत डिसेम्बरमा भवन उदघाटन गरेका थिए । आक्रमणको जिम्मेवारी हालसम्म कसैले लिएको छैन भने कारण पनि खुलिसकेको छैन ।
अनुदान पाउनयोग्य भूकम्पपीडितको सूची आज सार्वजनिक गरिँदै,कुन जिल्लाको काहाँवाट ?
२१ चैत, काठमाडौं ।
अनुदान पाउनयोग्य भूकम्पपीडितको सूची आज सार्वजनिक गरिदैछ । केन्द्रीय तथ्यांक विभागद्वारा सञ्चालित भूकम्प प्रभावित आवसा पुनर्निमाण लगत संकलनबाट व्यक्तिगत घर निर्माण गर्न अनुदान पाउनयोग्य व्यक्तिको सूची आज सार्वजनिक गर्न लागेको हो । सूचीमा नपरेका व्यक्तिले दुई लाख खनुदान, सामूहिक जमीनको तीन लाख सहुलियत ऋण र गाउँमा १५ लाख धितोसहितको ऋण पाउने छैनन् ।
भूकम्प प्रभावित जिल्ला मध्ये आठ जिल्लाका आठ गाउँमा सूची सार्वजनिक गर्न लागेको हो । प्राधिकरण अनुसार गोरखाको हंसपुर, धादिङको मार्पाक, नुवाकोटको खरानीटार, काभ्रेको रविओपी, रामेछापको मन्थली नगरपालिकाको ओख्रेनी, सिन्धुलिको रातमाटा झाँगाझोली, ओखलढुंगाको सिद्धिचरण नगरपालिका र रसुवाको धुन्चेमा अनुदान पाउनयोग्य लाभग्राहीको सूची सार्वजनिक गरिदैँछ ।
प्राधिकरणले छनोट गरेका सिन्धुपाल्चोक र मकवानपुरका गाउँका बारेमा स्थानीय तहसँग समझदारी नहुँदा ती जिल्लाका गाउँमा भने आइतबार सूची सार्वजनिक गरिने छैन ।
अनुदान पाउन योग्यको सूचीमा परेका घरधनीलाई स्रोतकेन्द्र वा गाविस वा नगरपालिकामार्फत अनुदान प्राप्त गर्ने विधि, प्रक्रिया र सम्वन्धित व्यक्तिले पालना गर्नुपर्ने सर्त तथा आवश्यक कागजातबारेमा विस्तृत जानकारी दिइन्छ ।
प्याब्सन अध्यक्ष सहितको तीन निजी विद्यालय मर्ज (विज्ञप्ती)
काठमाडौ,चैत २४ । गुणस्तरीय शिक्षा उपलब्ध गराउन उदेश्यका साथ राजधानीमा सञ्चालित तीन निजी विद्यालय गाभिएर एउटै भएका छन् । ‘धेरैबाट एक र त्यसभित्र मजबुतीको आधार’ खोज्ने नेपाल सरकारको समायोजन नीतिलाई आत्मसात गरी डिल्लीबजारस्थित सूर्योदय आवासीय मावि, मैतीदेवीस्थित आनन्दभूमि मावि र अनामनगरस्थित ब्ल्युस्काई मावि समायोजन भई एसएबी पब्लिक स्कुल बनेको हो ।
सूर्योदयको ३१ वर्ष, आनन्दभूमिको २९ वर्ष र ब्ल्यू स्काईको १९ वर्ष गरी करीब ८० वर्षे शैक्षिक अनुभवलाइ समेटेर बनेको एसएबी पब्लिक आगामी दिनमा भरपुर प्रयोग गर्दै विश्व बजारको माग अनुसारको दक्ष जनशक्ति उत्पादन, समयानुकूल शिक्षण पद्धति, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विज्ञान एवम् कम्प्युटर प्रयोगशाला, इ–लाइब्रेरी, डिजिटल कक्षाकोठा, असल एवम् सु–संस्कृत ऊर्जाशील तथा प्रतिस्पर्धी असल पुस्ताको निर्माण, आर्थिक, भौतिक तथा सामाजिक एवम् सांस्कृतिक सम्वृद्धिमा केन्द्रित रहने विज्ञप्तीमा जनाईएको छ ।
सूर्योदय निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन)का अध्यक्ष लक्ष्यबहादुरको हो भने आनन्दभूमि प्याब्सनका पूर्वअध्यक्ष भोजबहादुर शाहीको हो। ब्ल्युस्काई भने प्याब्सन सदस्य प्रेम ओलीको हो । समायोजनपछि एसएबीमा विद्यार्थी संख्या हजार नाघेको छ।
प्रेस विज्ञप्ति
‘धेरैबाट एक र त्यसभित्र मजबुतीको आधार’ खोज्ने नेपाल सरकारको समायोजन नीतिलाई आत्मसात गरी सूर्योदय आवासीय माध्यमिक विद्यालय, आनन्दभूमि हाई स्कुल र ब्ल्यू स्काई पब्लिक स्कुलको समायोजनसँगै सूर्योदय एजुकेशन फाउण्डेसन अन्तर्गत एस.ए.बि. पब्लिक स्कुल (SAB Public School) बनी नयाँ उदेश्य र गन्तव्यसहित अघि बढेको कुरा सहर्ष जानकारी गर्दछौँ । आफ्नो स्थापनासँगै सूर्योदयको ३१ वर्ष, आनन्दभूमिको २९ वर्ष र ब्ल्यू स्काईको १९ वर्ष गरी करीब ८० वर्षे शैक्षिक अनुभवलाई आगामी दिनमा भरपुर प्रयोग गर्दै विश्व बजारको माग अनुसारको दक्ष जनशक्ति उत्पादन, समयानुकूल शिक्षण पद्धति, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विज्ञान एवम् कम्प्युटर प्रयोगशाला, इ–लाइब्रेरी, डिजिटल कक्षाकोठा, असल एवम् सु–संस्कृत ऊर्जाशील तथा प्रतिस्पर्धी असल पुस्ताको निर्माण, आर्थिक, भौतिक तथा सामाजिक एवम् सांस्कृतिक सम्वृद्धिमा हामी केन्द्रित रहने कुरा विश्वस्त गर्न चाहन्छौँ ।
हाम्रो कार्यगत समयोजन तथा एकता पश्चात देहाय बमोजिम विशिष्ट उदेश्य सहित अघि बढ्ने कुरा जानकारी गर्दछौँ ।
१. विद्यालयको दिगो विकास एवम् स्तरोन्नतिमा यो प्रक्रियाले ठुलो मद्दत पुग्ने विश्वास लिइएको ,
२. अन्तर्राष्ट्रिय अध्ययन अध्यापन एवम् शिक्षण सिकाइमा सहजता कायम गर्नका लागि अमेरिकन नागरिक मार्क विबर्सलाई प्रिन्सिपलको भूमिका दिदै उहाँकै शैक्षिक नेतृत्वमा विद्यालयलाई अगाडि बढाइने,
३. नयाँ गति, समय सापेक्षित एवम् समयानुकूल प्रयोगात्मक शिक्षा प्रदानमा विशेष जोड दिइने,
४. पढाइका अतिरिक्त खेलकुद, सङ्गीत, नृत्य, नाट्य अभिनय कला, नेतृत्व विकास प्रशिक्षण, स्काउट, योगा लगायत बालबालिकामा अन्तर्निहीत क्षमताको सर्वाङ्गीण विकासलाई अगाडि बढाइने,
५. अन्तर्राष्ट्रिय मापदण्डभित्र, विज्ञान र प्रविधिको अधिकतम प्रयोग गर्दै समयानुकूल विश्व बजारमा सहजै प्रतिस्पर्धामा उत्रन सक्ने दक्ष जनशक्तिको उत्पादनमा केन्द्रित रहने,
६. प्रत्येक चाडपर्व एवम् विशेष महत्व बोकेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वपूर्ण अवसरहरूलाई फरक ढङ्ले अनुभूत गर्ने अवसर दिई बालबालिकामा मौलिक संस्कार र परम्पराको पुनर्जागरणमा अभियान चलाइने,
७. अनुभवि, दक्ष एवम् तालिमप्राप्त शिक्षक शिक्षिकाहरूबाट विद्यार्थी केन्द्रित अत्याधुनिक सूचना र प्रविधि (IT) को प्रयोग गरी अध्ययन अध्यापन गराइने,
८. अमेरिका, अष्ट्रेलिया, यूरोप लगायतका देशहरूसँग विद्यार्थी आदान–प्रदान (Student Exchange Programme) सञ्चालन गरिने,
९. हाल सूर्योदय विद्यालय रहेको भवनमा प्राइमरी ब्लक र आनन्दभूमि विद्यालय रहेको भवनमा सेकन्डरी ब्लक रहने र करिब एक वर्षपछि सुविधा सम्पन्न भवनको निर्माण सम्पन्न भएसँगै सम्पूर्ण कक्षा तथा प्रशासनिक एकाइहरू सूर्योदय ब्लकबाटै सञ्चालन गरिने
१०. हामी यस अवसरमा नेपाल सरकारसँग यो अनुरोध गर्न चाहन्छौँ कि अन्य वित्तिय संस्थाहरू समयोजन हुँदा जसरी नै मानव संशाधनको मिलान, कर छुट लगायत अन्य विशेष योजना अघि सार्नुका साथै नेपाल सरकार शिक्षा मन्त्रालयको विद्यालय समायोजन नीतिलाई हामी उदाहरण नै बनेर प्रस्तुत हुन चाहन्छौँ ।
अन्तमा नयाँ उदेश्य र गन्तव्य सहित अघि बढेका हामीहरू आगामी दिनमा समयको मागलाई पुरा गर्नु नै हाम्रो अभिष्ट रहेको कुरा यहाँहरूसमक्ष अवगत गराउन चाहन्छौँ ।
दुबईको अल सावर टावरमा भीषण आगलागी
दुबई,चैत १६ । दुबई नजिकैको अजमान शहरको दुई विशाल भवनमा सोमबार राति आगलागी भएको छ । दुबईबाट उत्तरी भागमा रहेको अजमान एमिरेट नामक अग्लो आवसीय भवनमा आगलागी भएको थियो ।
आगो लागेपछि यी भवनबाट मानिसहरुलाई सुरक्षितरुपमा बाहिर निकालिएको छ । राति लागेको आगोलाई अग्निनियन्त्रकले निभाउन सफल भएका छन् । त्यहाँ करिब ३ हजार अपार्टमेन्ट रहेका छन् ।
७३५ मिलियन डलरमा निर्माण भएको उक्त कम्लेक्स सन् २००९ मा सकिनुपर्नेमा केही वर्ष ढिला गरी सकिएको थियो ।
पत्रकारहरुक न्युनतम पारिश्रमिक तोक्ने सन्चारमन्त्रीको पहलले तिब्रता लियो
१८ चैत,काठमाडौं । श्रमजिवी पत्रकारहरुको न्युनतम पारिश्रमिक बृद्धिका लागि भएको सिफारिस कार्यन्वयनका लागि सूचना तथा सन्चार मन्त्री शेरधन राईले सरोकारवालाहरुसँग छलफल अघि बढाउनुभएको छ । चाँडैनै प्रमुख सरोकारवालाको बैठक राखी न्युनतम तलबमान तोकिने भएको छ ।
न्युनतम पारिश्रमिक निर्धारण समितिले गरेको सिफारिस अनुसार पत्रकारहरुको न्युनतम पारिश्रमिक व्यवहारमा कार्यन्वयनका सन्दर्भमा मन्त्री राईले ठूला सन्चारगृहका लगानीकर्ताहरुसँग विहिवार परामर्श गर्नुभएको छ । सन्चार मन्त्रालयमा आयोजित मिडिया सोसाइटीसँगको छलफलमा मन्त्री राईले सरकार न्युनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसलाई बलजफ्ति लागु गराउने भन्दा पनि सरोकारवालाहरुसँगको छलफलबाट प्राप्त सुझाबका आधारमा सबैलाई मान्य हुने खालको तलबमान तोक्ने पक्षमा रहेको प्रष्ट पार्नुभयो ।
मन्त्री राईले श्रमजिवी पत्रकार ऐन कार्यन्वयन र न्युनतम पारिश्रमिक बृद्धि गर्ने सन्दर्भमा सकारात्मक ढंगले सघाउन लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको सन्चार मन्त्रालयका प्रेस सल्लाहकार मात्रिका पौडेलले जानकारी दिनुभयो । ‘सरकार लगानीकर्तालाई मर्कामा पारेर मिडिया उद्योग कमजोर बनाउने दिशामा जादैन तर पत्रकारहरुको न्युनतमक पारिश्रमिक र श्रमजिवी पत्रकार ऐन कार्यन्वयनमा सहजकर्ता बन्न चाहान्छ’ मन्त्री राईको भनाइ थियो । उहाँले पत्रकार महासंघ,मिडिया सोसाइटी लगायत सबै सरोकारवालाहरुसँगको साझा सहमतिका आधारमा नयाँ वर्षदेखि पत्रकारहरुको न्युनतम पारिश्रमिक बृद्धि गर्ने सोच आफ्नो रहेको प्रष्ट पार्नुभएको थियो ।
करीव डेढ घण्टा लामो छलफलमा मिडिया सोसाइटीका पदाधिकारी र सन्चार उद्यमीहरुले अहिले सिफारिस भएको १९ हजार ५ सय न्युनतम पारिश्रमिक कुनै पनि हालतमा लागु गर्न नसकिने बताएका थिए । उनीहरुले सरकारलेनै यो निर्णय गर्ने हो भने आफूहरुले सामुहिक रुपमा सन्चारगृह बन्द गरेर चाबी सरकारलाई एकमुष्ट रुपमा बुझाउने बताए । मिडिया सोसाइटीका अध्यक्ष पुष्करलाल श्रेष्ठले जसले पारिश्रमिक दिनुपर्ने हो उसैलाई बाहिर राखेर जबर्जस्ति गरिएको सिफारिस मान्य नहुने बताउनुभयो । मिडिया सोसाइटीका निवर्तमान अध्यक्ष कैलाश सिरोहियाले संसारमा कहिँ पनि आफ्नो तलब आफैं तोक्ने व्यवस्था नरहेको भन्दै सन्चार उद्यमीको प्रतिनिधित्व नभएको समितिको सिफारिस मान्न नसकिने र सरकारले यसमा वृहत छलफल गर्नुपर्ने बताउनुभयो ।
उहाँले न्युनतम पारिश्रमिक तोक्ने बारेमा सरकारले छलफल गरेमा आफूहरु सहभागी हुने र सहमतिमा आउन सकिने प्रष्ट पार्नुभयो । मिडिया सोसइटीका महासचिव शुभशंकर कँडेल,आरके मानन्धर,मदन लम्साल,शिशिर भट्ट,निर्मल गुरुङ,निकिता पौडेल लगायत सन्चार उद्यमीहरुले भूकम्प र नाकाबन्दीको ९ महिना लामो सकसबाट तहसनहस अवस्थामा पुगेको सन्चार उद्योगलाई बन्द गराउने षडयन्त्रस्वरुप अहिले न्युनतम पारिश्रमिक बृद्धिको हतियार चलाइएको आरोप लगाउनुभयो । मिडिया सोसाइटीले सन्चार उद्योगलाई सेवामूलक उद्योगको मान्यता दिन र सन्चार नीति लगायत अन्य विषयमा सन्चार उद्यमीको सहमति लिन मन्त्रालयसँग आग्रह गरेको छ ।
सन्चार उद्यमीहरुसँगको छलफलले पत्रकारहरुको न्युनतम पारिश्रमिक लागु गर्ने सम्बन्धमा थप छलफल र बीचको बाटो निकास आवश्यक देखिएको सन्चार सचिव दिनेशकुमार थपलियाले बताउनुभयो । उहाँले ऐन कानुन पालना गराउने दायित्व सरकारको भएकाले सहमतिमा आएर सघाउन मिडिया सोसाइटीका पदाधिकारीहरुलाई आग्रह गर्नुभयो । मन्त्री राईले चाँडैनै मन्त्रालयले सन्चार उद्यमी र पत्रकार महासंघ सहित प्रमुख सरोकारवालाहरुको संयुक्त बैठक राखेर न्युनतम पारिश्रमिकमा सहमति जुटाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्रीको भनाइमा मिडिया सोसाइटीका पदाधिकारीले सहमति जनाएका छन् । मन्त्री राईले सन्चार उद्योगलाई सेवा उद्योगको मान्यता दिलाउने लगायत सन्चार उद्यमीका समस्या समाधानमा आफूले सन्चार मन्त्रीका हैसियतमा पूर्णरुपमा सघाउने बचन समेत व्यक्त गर्नुभएको छ । एक साताभित्रै पारिश्रमिक बृद्धिका लागि मन्त्रालयले सरोकारवालाको बैठक बोलाउनेभएको छ ।
कुन-कुन देशका हुन् त विश्व क्रिकेटमा तहल्का मच्चाउने वेष्टइण्डिजका खेलाडीहरु ?
काठमाडौं । विश्व क्रिकेटमा बेलाबेलामा धुम मच्चाउँदै आएको वेस्ट इण्डिज विश्वमानचित्रमा कुन देश होला भनेर धेरैलाई चासो नहुन सक्छ । यो कुन महादेशमा पर्छ भनेर धेरैलाई थाहा नहुन पनि सक्छ । सन् १९७० देखि १९८० बीचका दुई विश्वकप क्रिकेट जितेर यो देशले धुम मच्चाएको थियो । १९७५ र १९७९ को विश्वकप क्रिकेट वेस्ट इण्डिजल जितेको थियो । त्यतिखेर वेस्ट इण्डिजलाई हराउन जुनसुकै टोलीको लागि पनि सहज थिएन ।
टेस्ट मान्यता प्राप्त वेस्ट इण्डिजले पछिल्ला वर्ष फेरि क्रिकेटमा धूम मच्चाउँदै आएको छ । केही महिना अघि यू १९ क्रिकेटको विश्वकप जितेको यो टोलीले आइतबार एकै दिन दुई विश्वकप जितेर विश्वकप उपाधिमा ह्याट्रिक गरेको छ । आइतबार महिला टोलीले टी ट्वान्टी विश्वकपमा अष्ट्रेलियालाई ८ विकेट र रोचक भिडन्तमा पुरुष टोलीले इङल्याण्डलाई स्तब्ध पार्दै अन्तिम ओभरमा ४ विकेटको जित निकाल्दै उपाधि जितेको छ । सन् २०१२ को टीट्वान्टी क्रिकेटको विश्वकप पनि वेस्ट इण्डिजले जितेको थियो ।
सनसनी मच्चाउने वेस्ट इण्डिज के हो त ?
वेस्ट इण्डिज आफैंमा एउटा छुट्टै देश होइन । यो दक्षिण र उत्तर अमेरिकाबीचमा पर्ने क्यारेबियन क्षेत्रका टापु देशहरुको युनियन हो । यिनै टापु देशहरु जहाँ प्रायः अंग्रेजी भाषा बोल्ने साना देशहरु मिलेर बनाइएको टिम नै वेस्ट इण्डिज हो । यो बहुराष्ट्रिय क्रिकेट टिम हो । वेस्ट इण्डिज बहुराष्ट्र १९५८ मा नामाकरण गरिएको थियो ।
क्यारेबियन आइसल्याण्ड देशमा जम्मा २८ वटा देश पर्दछन् । जहाँ क्युवा, हैटी जमैका, ट्रिनिडाडा एण्ड टोबागो, डोमिनिका, बाराबाडोससहितका देश पर्दछन् । तर, बेलायती उपनिवेश रहेका नरहेका प्रायः अग्रेजी भाषा बोल्ने १५ वटा देश मिलेर वेस्ट इण्डिजको क्रिकेट टिम बनेको हो । १९५८ मा वेस्ट इण्डिज बनेपछि यसैमा केही देशहरु संगठित हुँदै यही नाममा क्रिकेट खेल्न थालेका हुन् ।
क्रिकेट खेल्ने क्यारेबियनका स्वतन्त्र जमैका, बाराबाडोस, डोमिनिका, गुएना, ट्रिनिडाड एण्ड टोबागो, एन्टिगुआ एण्ड बर्बुडा, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट एण्ड ग्रेनाडिनिज, ग्रेनेडा देश छन् । त्यस्तै, सेन्ट किट्स एण्ड नेभिस जुन बेलायती महारानीलाई मान्ने कवनवेल्थ देश अन्तर्गतका सेन्ट किट्स र नेभिस, बिट्रिस डिपेन्डिेन्सिका एंगुलिया, मोन्टसेरान्ट, बिट्रिस भर्जिन आइसल्याण्ड, डच डेपेन्डिेन्सीका सिन्ट मार्टेन र अमेरिकी डिपेन्डिेन्सीका युएस भर्जिन आइसल्याण्ड जस्ता साना देश पनि वेस्ट इण्जिसँग जोडिएका छन् । फुटबलसहितका ओलम्मिकसहितका अरु खेलकुद गतिविधिमा भने यी देशहरु छुट्टाछुट्टै खेल्ने गर्दछन् ।
अहिलेका चर्चित खेलाडी को कुन देशबाट
वेस्ट इण्डिजका नाममा खेल्ने खेलाडीहरु विभिन्न देशबाट आएका छन् । क्रिस गेल जमैका, सामुयल बद्रि ट्रिनिडाड एण्ड टोबागो, डवेन ब्राभो ट्रिनिडाड टोबागो, आन्द्रे रसेल जमैका, सुनिल नारने ट्रिनिडाड, लेन्डल सिमोन्स ट्रिनिडाड, कार्लोस बार्थोवेटे बाराबाडोस, डरेन ब्राभ्रो ट्रिनिडाड, जोन्सन चाल्र्स सेन्ट लुसिया, डरेन सामी सेन्ट लुसिया, जेरोमी टेलर जमैका, एन्ड्रे फ्लेचर ग्रेनेडा, केरन पोलार्ड ट्रिनिडाड, केमोर रोच बारबाडोस, मारलन सामयल्स जमैका, क्रागज बार्थवेटे बाराबाडोस, रबि रामपाल ट्रिनिडाड आदि छन् ।
वेस्ट इण्डिजका महान खेलाडी यस्ता छन्
सर भिभि रिचर्डस, ब्रायन लारा, सर गारफिल्ड रोबर्स, लेन्स गिब्स, शिवनारायण चन्दपोल यो क्षेत्रका चर्चित टेस्ट र वनडे खेलाडी हुन् ।
-खबर डबली
‘लोग्ने मान्छे देखेर डर लाग्छ’
करिब ६ वर्ष पछि १८ वर्षिय बिपना ठगुन्ना (नाम परिवतर्तन गरिएको) भारतको कर्नाटक, बैगलोर, अन्तराष्ट्रिय बिमानस्थल, हेचल मुकेश पाली एप्पल नेष्ट १३ क्रस १४ स्थितबाट भागेर दोधारा चाँदनी नगरपालिका वडा नं. २, कालिका टोल फर्केका छन् । बिपनाले युवतीले करिब ६ वर्ष सम्म जून क्रुरता भोग्नु प¥यो त्यो संसारमै अकल्पनीय छ । देह व्यापारको धन्दा गर्दै आएका केही मानिसले उनलाई दिन भरि काममा लगाउने र राती बुकिङ्ग गरेर शारीरिक सम्पर्क राख्न बाध्य पारेका थिए ।
बिपना जब मात्र १२ वर्षकी थिईन तब उनलाई जागिरको प्रलोभनमा दलालहरुले नेपालबाट भारत पु¥याएका थिए । दोधारा चाँदनी नगरपालिका वडा नं. २, कालिका टोल बस्ने उनका छिमेकी दाई भन्ने शंकर धामीले उनलाई १२ वर्षको उमेरमा बिभिन्न पैसा कमाउने प्रलोभन देखाएर भारतको कर्नाटक, बैगलोर, अन्तराष्ट्रिय बिमानस्थल, हेचल मुकेश पाली एप्पल नेष्ट १३ क्रस १४ मा पुगाएर वेश्याबृद्धी गर्न बाध्य बनाएका थिए ।
जब उनी भारत पुगिन तब उनलाई एउटा सानो अध्यारो कोठामा बन्द गरेर राखे । किनकी उनी अब दलालहरुको हातबाट वेश्यालयमा पुगिसकेकी थिईन् । उनलाई काँचो उमेर र छिमेकी शंकर दाई प्रतिको बिश्वासले यस्तो कुराको थाहै भएन् । बैगलोरका ठुला महलहरुमा उनि दिनदिनै बेचिएकी उनलाई ६ वर्ष सम्म राम्रो संग सुत्न समेत नदिएर दिनरात ग्राहकको यौन प्यास मेटाउन बाध्य पारियो ।
रातमा उनलाई सुतेको भएपनि व्युझाएर ग्राहक संग जबरजस्ती शारीरिक सम्बन्ध राख्न लगाइन्थ्यो । उनले रातमा पनि राम्रो संग सुत्न पाउदैनथी । त्यही बीचमा केही समय पछि उनलाई त्यहांको पीडा असह्य भयो । सानो उमेरको शरिरलाई सेठहरुको बडेमानको जिउले शरिरै थाकिसकेको थियो । दिभरीको अर्काको घरमा गएर काम गर्नु पर्ने सातामा ४ चोटी तथा ५ चोटी शंकर धामीले लगेर ८÷१० मञ्जील अग्ला कोठामा छाडेर जान्थे, बिपनालाई । त्यही बेला भाग्यले त्यो नर्कबाट बाहिर निस्कने एउटा बाटो देखायो त्यो उनको लागि गर्व र सम्मान बाटो सावित भयो । खबर अनुसार बिनिताले एक दिन राती बुकिङ्गमा गएको बेला शौचालय लागेको बहाना काडेर भाग्ने योजना बनाईन् जसमा उनी सफल भइन् ।
यसै सन्द्रभमा दोधारा चाँदनी नगरपालिका वडा नं. २, कालिका टोल बस्ने १८ वर्षिय बिपना ठगुन्ना (नाम परिवतर्तन गरिएको) संग गरिएको संक्षिप्त कुराकानी ः–
“कहाँ बाट सुरु गरौ । सुरु गर्न समेत आफैलाई लाज लागेर आउछ् । आज घरबाट बाहिर निस्कन समेत सकिरहेको छैन् । मेरो जिवननै बरबाद भयो । सानोको छदाको अर्काको भनाईमा लागेर पैसा कमाउन जादा मेरो जिन्दगी नै बरबाद भएर आयो । म त्यती बेला कक्षा ८ मा पढ्दै गर्थे । हाम्रो घरको करिब ५ मिनेको दुरीमा शंकर धामीको घर थियो । शंकर दाई बैगलोरबाट आउनु भएको थियो । उहाँको सबै आफन्त यतै दोधारा चाँदनीमा भएपनि शंकर दाई भारतको बैगलोरमा आफ्ना जहान लगेर बस्नु हुन्थ्यो । बैगलोरबाट शंकर दाईले मलाई राम्रो जागीर लगाई दिन्छु भन्दै भारत जान भन्दै आउनु भएको थियो । मेरो उमेर १२ वर्षको थियो ।
अहिले म १८ वर्षको पुगेकी छु । तिम्रो ४ बहिनी छौं, तिम्रा बाबा पनि बेरोजगार रहेका छन् । तिमीले पैसा कमाएर महिनै पिच्छे घरमा पठाई दिएपछि तिम्रा घर परिवार कति खुशी मान्लान् भन्दै आउनु भएको थियो । शंकर दाईले । मैले पनि आफ्नो घरको आर्थिक कठिनाईको बारेमा निकै सोचे । पछि आएर जान ईच्छा पनि जाग्यो । मैले शंकर दाई लाई मेरो घर परिवारलाई सोध्नु भने । शंकर दाईले घरमा सोधे तिमीलाई जान दिदैनन् त्यसैले थाहै नदिई रोजगारीको जानको लागी मलाई फकाए । म पनि कस्तो । शंकर दाई माथी बिश्वास गरे । मलाई भोली जाने तयार हुन शंकर दाईले भने । उहाँ अन्तजी ४२ वर्षको उमेरको मैले सानै देखि चिन्ने छिमेकी दाई हुनुहुन्छ् । उहाँको श्रीमती र छोरा छारी बैगलोरमा बस्ने गर्थे ।
मलाई उहाँ प्रति निकै बिश्वास गर्थे । भोली जानको लागी शंकर दाईले भने पछि मैले घरपरिवारमा कसैलाई सुईको समेत दिएन् । त्यस साँझ खान खाई सकेपनि सुत्न ओछ्यानमा सुते । अबेर सम्म निन्द्रा लागेन् । त्यस रात मलाई खुशी र दुखको पिडा मनमा लिएर निकै लामो परिकल्पना गरे ।
एकातिर मैले कमाएको पैसाले मेरो घरको आर्थिक परिवर्तन गर्न सक्छु भन्ने खुशी थियो भने बाबा, आमालाई नसोधेर छोरी मान्छेले त्यती टाढा जानुको पिडा एकातिर थियो । बिभिन्न परिकल्पनामा डुब्दै कति बेला सुतेछु पत्तोनै भएन् । बिद्यालय जाने बहानाले बिहान घरबाट हिडे । म, एकसरो लुगामा भारत पसे । हामी ४ दिन लगाएर भारतको कर्नाटक, बैगलोर, अन्तराष्ट्रिय बिमानस्थल, हेचल मुकेश पाली एप्पल नेष्ट १३ क्रस १४ भन्ने स्थानमा पुग्यौ । शंकर दाईले मलाई आफ्नै नाता पर्ने भन्ने प्रेम सिंह ठगुन्ना भन्नेको घरमा छाडेर आफु आफ्नो कोठामा जानुभयो ।
प्रेम सिंह ठगुन्नाको घरमा उनका श्रीमती बसन्ती ठगुन्ना र २ छोराहरु थिए । सुरु सुरमा त्यहा मलाई राम्रै ब्यहार गरे । एक साता नबित्दै मेरो नौकरी पनि सुरु भयो । मैले १४ अलग अलग घरमा गएर भाडा सफा गर्नु पर्ने थियो । १४ अलग अलग घरमा गएर भाडा सफा गरेबाफत मासिक २३ हजार भारतिय रुपियाँ पाउने सम्झौता शंकर दाईले मिलाउनु भएको थियो ।
मासिक रकम पाउने बित्तिकै शंकर दाई म बाट खोसेर लगिहाल्नुहुन्थ्यो । काममा लागेको २ महिना नबित्दै मलाई कुटपिट गर्न थालियो । प्रेम सिंह ठगुन्नाका छोरो समेतले म माथी यौन शोषण गर्न थाले । शंकर धामीले सातामा ४ चोटी कोठा देखि टाढा अग्ला अग्ला कोठामा लगेर छाडेर आउनु हुन्थ्यो । रातभरी मेरो यौन शोषण गर्थ्यो ।
मेरो कजोर शरिर थियो । मोटा मोटा सेठहरुको शरिरले मेरो शरिर थकित गराउथ्यो । त्यहांको असह्य पिडाले मेरो मनमा निकै चोट लाग्थ्यो । तब देखि लाग्ने मान्छे देखि डर लाग्छ् । म, पिडाले नमाने पछि मदिरा सेवन गरेपछि निर्घातरुपमा मलाई पिट्थ्यो । एक रात म सेठको सुते बाफत शंकरले रु. ५ हजार देखि १० हजार सम्म रकम लिने गर्थे ।
मलाई भाडा माझेको मासिक तलब समेत पैसा दिएनन् । दिन रात मेरो रोएरै बित्यो । सञ्चो नभएपनि दिन रात म बलत्कारको शिकार बन्नु प¥यो । कति जनाको ओछ्यानको शिकार हुनु प¥यो, मैले औलामा गन्ती गर्न सकेन्”
-दोधारा चाँदनीका पत्रकार पप्पु गुरुङ पिडीतसँग गरेको कुराकानीमा आधारित
25.12¡ÆC