सक्लान त ! राजधानी ठप्प पार्ने मोर्चाको तयारी,वैशाख ६ मा विशेष घोषणा

काठमाडौं,चैत २९ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राजधानी ठप्प पार्ने गरि आन्दोलन गर्ने तयार िगरेको छ । नयाँबानेश्वरस्थित सद्भावना पार्टीको मूख्यालयमा सोमबार बसेको मधेसी मोर्चाको सचिवालय  बैठकले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गर्न लागेको हो ।  वैशाख ६ गते बृहत अन्तरक्रिया गरी आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ ।
 
मंगलबारसम्म सरकारलाई दिएको अल्टिमेटमको समय बाँकी रहेको जनाएको सचिवालयले प्रधानमन्त्री केपी ओलीले अल्टिमेटमलाई सम्बोधन नगरे वैशाख ६ गते थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिनेछ उल्लेख गरेको छ ।
 

 

अर्थ मन्त्रालय नयाँ बजेट बनाउँदै

२६ चैत, काठमाडौं ।
व्यवस्थापिका संसद्मा हरेक वर्षको जेठ १५ गते अर्थमन्त्रीले बजेट पेश गर्नुपर्ने संविधानमा व्यवस्था भए अनुरुप आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियालाई तीब्रता दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

शुक्रबार अर्थ मन्त्रालयमा रेडियो नेपालसँग कुरा गर्दै अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख एवं सहसचिव रामशरण पुडासैनीले आगामी बजेटका नीति र कार्यक्रम सम्बन्धमा राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र विभिन्न मन्त्रालयहरुबीचको छलफल अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

सहसचिव पुडासैनीले आगामी आर्थिक वर्षको बजेट मुलुकलाई आर्थिक सम्वृद्धितिर लैजाने, आत्मनिर्भर बनाउने र संघीयता कार्यान्वयनमा सघाउने गरी आउने बताउनुभयो ।

सहसचिव पुडासैनीले रणनीतिक पूर्वाधार निर्माणमा लगानी बढाउने, सरकारले नै नेतृत्व गरेर लगानीको वातावरण बनाउने र नयाँ नयाँ आर्थिक अवसरहरु सिर्जना गर्नेतर्फ बजेटमा जोड दिइने बताउनुभयो ।

आगामी बजेट यथार्थमा आधारित, कार्यान्वयनयोग्य र प्रतिफल निष्कने क्षेत्रमा लगानी केन्द्रित गर्ने गरी आउने उहाँले स्पष्ट गर्नुभयो ।

एक प्रश्नको जवाफमा सहसचिव रामशरण पुडासैनीले भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई ६५ अर्ब रुपियाँ खर्चको अख्तियारी दिइसकिएको, त्यो खर्च भए थप नौ अर्ब र त्यत्तिले पनि नपुगे अन्यत्र खर्च नभएको रकम समेत व्यवस्थापन गरी अर्थ मन्त्रालयले उपलब्ध गराउने जानकारी दिनुभयो ।

टी-२० विश्वकप : ३१४ छक्का, ६४ अर्धशतक र ९,७३२ रन

एजेन्सी,चैत २३ । वेष्ट इन्डिजले इंग्ल्याण्डलाई चार विकेटले हराउँदै उपाधि जितेसँगै आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट आइबार राति सकियो । वेष्ट इन्डिजले दोस्रो पटक उपाधि उचालेको हो । यो विश्वकपमा पूरुष तर्फ सहभागी विभिन्न देशका दुई ११ खेलाडीले ब्याटिङ गरे । यी खेलाडीले प्रतियोगिता भरमा जम्मा ९ हजार सात सय ३२ रन बनाए । यो प्रतियोगितामा तीन सय १४ छक्का तथा ६४ अर्धशतक बन्यो । यस्तै प्रतियोगिताभरमा चार सय २१ विकेट गएको आइसिसीले जनाएको छ ।

दुई सय ९५ रन बनाएका बंगलादेशका तमिम इकबाल सर्वाधिक रन बनाउने खेलाडी हुन् । यस्तै १२ विकेट लिएका अफगानिस्तानका मोहम्मद नाबी सर्वाधिक विकेट लिने खेलाडी हुन् । ३३ खेलाडीले एक रन पनि जोड्न सकेनन् भने एक सय भन्दा बढी रन बनाउने खेलाडी २९ जना रहे । महिला विश्वकप तर्फ यो पटक सबै खेलमा गरेर पाँच हजार दुई सय ९४ रन भएको छ । 
unn.com.np

पुबुदु नेपालको सल्लाहकार प्रशिक्षक बन्न सहमत,चैत २२ मा नेपाल आउदै

काठमाडौं,चैत १८ । अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसीको प्रस्तावमा पुबुदु नेपालको सल्लाहकार प्रशिक्षक बन्न सहमत भएका छन् । आइसीसीको सर्तअनुसार बनेको स्वतन्त्र कमिटीले नेपालको टीम छनोट गर्नेछ । जुन कमिटीमा कप्तान पारस खड्का र प्रशिक्षक टमाटा छन् भने पुबुदु आइसीसीका प्रतिनिधि सल्लाहकारको रुपमा रहनेछन् ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिवियाविरुद्ध वैशाख पहिलो साता हुने खेलका लागि नेपालका पूर्व प्रशिक्षिक पुबुदु दसानायके नेपाल आउने लागेका हुन् । नेपालले नामिवियासँग वैशाख ४ र ६ गते कीर्तिपुरमा खेल्ने छ ।

आईपीएल क्रिकेटः राइजिङ पुनेको विजयी सुरुवात,रहानेको उत्कृष्ट प्रदर्शन

एजेन्सी,चैत २७ । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको नव प्रवेशी टिम राइजिङ पुने सुपर जायन्ट्सले विजयी सुरुवात गरेको छ ।  घरेलु टोली मुम्बइ इन्डियन्सलाई ९ विकेटले हराउदै पुनेले पहिलो जित दर्ता गरेको हो । टस जितेर पहिले व्याटिङमा गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै  एक सय २१ रन बनायो।

सामू एक सय २२ रनको चुनौती पछ्याएको पुनेले १४.५ ओभरमा ३२ बल बाँकी छदै उक्त लक्ष्य भेट्टायो । पुनेको लागि अजित रहानेले ४२ बलको सामना गर्दै ७ चौका र ३ छककमो सहयोगले नटआउट ६६ रन बनाए । पिटरसन २१ रनलमा नटआउट रहे ।  मुम्बईको लागि एक मात्र विकेट हरवजन सिंहले लिए ।  टस जितेर पहिले व्याटिङमा गरेको मुम्बईका लागि हरभजन सिंह ४५ रनमा नटआउट रहे। यस्तै अम्बाटीले २२, विनय कुमारले १२ तथा हार्दिक पाण्डेले ९ र सिमोन्सले ८ तथा कप्तान रोहित शर्माले मात्र ७ रनको योगदान दिएका थिए।
 
राइजिङ पुनेका लागि इसान्त शर्मा र मार्सले समान २–२ विकेट लिए भने रजत बटिया, रविचन्द्र आश्विन, मुरुगान आश्विन र आरपी सिंहले समान १–१ विकेट लिए।

 

प्रचण्डले चीनका राजदूतलाई भेटे

२० चैत, काठमाडौं ।
एकीकृत नेकपा 'माओवादी' का अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि चीनका राजदूत वु चुन्ताईबीच भेटवार्ता भएको छ ।
 
अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन पहिले गर्नुभएको चीन भ्रमण र त्यसक्रममा भएका दुई देशबीचको सम्झौताबारे छलफल भएको थियो ।
 
यस्तै मुलुकको पछिल्लो राजनीतिक अवस्था र चीन भ्रमणले पारेको प्रभावलगायतका विषयमा छलफल भएको अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

भोली टोकियो नाकानो जेरो हलमा ‘ड्रिम्स’ पर्दशन हुँदै

२७ चैत, टोकियो ।
अनमोल केसी अभिनित सुपरहिट चलचित्र ड्रिम्स जापानमा भोली प्रदर्शन हुँदैछ ।

चलचित्र प्रदर्शनको एकदिन अगावै अधिकाशं टिकट सकिएपछि हौसिएको प्रदर्शन गर्ने युनिटले तयारी पुरा भएको जानकारी दिएको छ ।

जापानमा बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको ड्रिम्स प्रदर्शन भोली आइतबार अप्रिल १० तारिखका दिन साँझ ५ बजे टोकियो नाकानो जिरो हलमा हुँदैछ ।

मात्र ३ हजार ऐन टिकटदर राखिएको चलचित्र ड्रिम्स प्रदर्शन नेपाली नयाँ बर्ष २०७३ को केहीदिन मात्र अगाडी हुन लागेकाले जापानवासी नेपालीहरुको उत्साहजनक सहभागीता रहने भएको चलचित्र प्रदर्शन तथा टिकट विक्रि हेरिरहनुभएका सरोजकुमार खत्रीले टपनेपालन्युजडटकमलाई जानकारी दिनुभयो ।

चलचित्र ड्रिम्स साँझ प्रदर्शन हुने भएकाले दिउँसो हुने बुद्ध नेपालमा जन्मिएका हुन् भनि निकाल्न लागिएको शान्ति पदयात्रामा पनि जापानमा रहेका सबै नेपालीलाई सहभागीता जनाइदिनुहुन चलचित्र विक्रिको एकाअधिकार पाउनुभएका सफल व्यवसायी तथा समाजसेवी प्रल्हादसिंह महतले आग्रह गर्नुभएको छ ।

भोली नै अपरान्ह भारतले बुद्ध भारतमा जन्मीएको भन्दै गरिरहेको गलत प्रचार चिर्न र केही जापानीमा बुद्ध भारतमा जन्मीएको भनि परेको गलत सन्देश हटाउन शान्ति पदयात्रा गरिँदैछ ।

पदयात्रामा बुद्ध नेपालमा जन्मिएका हुन्, नेपाल जापान सम्वन्ध लगायतका विषयका प्लेकार्ड र व्यानर सहित जापानमा रहेका हजारौं नेपालीले आफ्नो राष्टिय पोशाक सहित सहभागीता जनाउँदैछन् ।

यो पनि पढ्नुहोस् ।

जापान ड्रिम्स पर्खाइ सकियो, टोकियो नाकानो जेरो हलमा १० तारिखमा पदर्शन

जापान १० तारिख -अपरान्ह शान्ति पदयात्रा, साँझ लामो पर्खाइपछिको 'ड्रिम्स'

टोकियोमा नेपाल चिनाउने बृहत शान्ति र्याली अप्रिल १० मा

जापानमा ड्रिम्स प्रदर्शनको महिना दिन अघि नै बुक !

नेपालमा ड्रिम्स चम्कंदा जापानमा पर्खाइ बढ्यो

आर्चरी खेलाडी नगदसहित सम्मानित

काठमाडौं, चैत २१  । नेपाल आर्चरी संघले भारतको गुवाहटी÷सिलोङमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आर्चरीमा कांस्य पदक जितेका प्रेमप्रसाद पुनलाई आइतबार नगदसहित सम्मान गरेको छ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले २५ हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरी प्रेमलाई सम्मान गरे । नगद पुरस्कार डिकी आर्चरी एन्ड स्पोर्ट्स तथा मेन्थाङ ओर्गानिक एप्पल फार्मले बराबर प्रायोजना गरेको हो ।

सिलोङमा फेब्रुअरी २ देखि ९ तारिखसम्म सञ्चालित आर्चरीको पुरुष व्यक्तिगत रिकर्भमा प्रेमले कांस्य जितेका थिए । उनले श्रीलंकाली खेलाडीलाई ६–० ले हराउदै सागको आर्चरीतर्फ व्यक्तिगत स्पर्धामा पहिलो पदक जित्ने खेलाडीको कीर्तिमान रचेका थिए । सागको टिम इभेन्ट भने नेपालले आर्चरीमा पदक जितेको छ । 

सम्मान कार्यक्रममा सदस्य–सचिव विष्टले राज्यबाट खेलाडीलाई सम्मान गर्न बाँकी रहेको अवस्थामा संघले आफ्ना खेलाडीलाई सम्मान गर्नु खुशीको कुरा भएको बताउदै प्रक्रियामा जानु पर्ने भएकोले राज्यबाट सम्मान हुन ढिलाइ भइरहेको बताए ।

उनले राज्यबाट सागमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने नीतिगत निर्णय नै भइसकेको बताउदै त्यसका अलावा राष्ट्रपतिबाट पनि छुट्टै कार्यक्रम गरी पदक जित्ने खेलाडीलाई सम्मान गर्ने योजना रहेको अवगत गराए ।

सिद्धार्थ बैकले जापानबाट सिधा कारोवार सुरु गर्ने,सेवा प्रारम्भको दिन टोकियोमा भव्य कार्यक्रम

काठमाडौं,चैत १६ । जापानमा सिद्धार्थ बैक लिमिटेडले आफनो सिधा बैकिङ कारोवार सेवा सुरु गर्ने भएको छ ।  आगामी अप्रिल महिनाबाट जापानबाट पहिलो पटक नेपालको क वर्गको सिद्धार्थ बैक लिमिटेडले सिधा कारोवार सुरु गर्न लागेको हो ।  बैक मार्फत नेपालीहरुले जापानबाटै आफनो नाममा सिधै खाता खोल्न, रकम जम्मा गर्न र रेमिटयान्सको सेवा लिन पाउने सुविधा लिन पाउने छन । 

सिद्धार्थ बैक लिमिटेड जापानका प्रमुख बाबुराम भण्डारीका अनुसार पहिलो पटक जापानमा नेपालीहरुका लागि विभिन्न सेवा सहित बैकिङ सेवा सुरु गर्न लागिएको हो । जसमा पहिलो पटक जापानको भिषा पाउनु भएकाहरुलाई सहुलियत दरमा ऋण सेवा सहित अन्य कारोवार प्रदान गर्न लागेको छ । यस्तै जापानमा वसोवास गर्दै आएका जापानी नेपालीहरुलाई अन्य वैकको तुलनामा सहुलियत दरमा व्यवसायीक तथा घरजग्गा ऋण प्रदान गर्ने लक्ष्य राखेको छ । 

यसैगरि खातामा रकम ट्रान्सफर सेवा तथा अनलाईन बैकिङ सुविधा समेत प्रदान गर्न लागिएको प्रमुख भण्डारीले जानकारी दिनुभयो ।  आगामी २०१६ अप्रिल १ तारिकबाट सुरु हुने बैकिङ सेवा पहिलो पटक नेपाली समुदायलाई लक्षित गरि संचालन गर्न लागिएको हो । बैकिङ सेवासंगै सोही स्थानबाट रेमिटयान्सको सेवा समेत पाईने छ ।

यसैवीच बैकको औपचारिक उदघाटन कार्यक्रम भने आगामी मे २ तारिक सोमवारका दिन टोकियोमा एक भव्य सांगीतिक कार्यक्रमको साथमा विशिष्ट अथितिको उपस्थितिमा हुदैछ । उदघाटन कार्यक्रममा सिद्धार्थ बैक लिमिटैडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, अधिकृत सुन्दरप्रसाद कडेल र रेमिटयान्स विभाग प्रमुख पंकज पन्त लगायतका विशिष्ठ पदाधिकारीहरुको सहभागिता रहने छ ।

सिद्धार्थ रेमिटयान्सले टोकियोमा भव्य सांगीतिक कार्यक्रमको गर्ने निमा रुम्वा, मनोज गजुरेल सहित जिग्री र पाँडे बुढो पनि जापान आउने, प्रवेश निशुल्क जापानमा पहिलो पटक सिधा बैकिङ सेवा सुरु गर्न लागेको सिद्धार्थ बैक तथा रेमिटयान्स प्रदायक सिद्धार्थ रेमिटले सेवा प्रारम्भ भएको अवसर पारेर भव्य सांगीतिक कार्यक्रमको आयोजन गर्ने भएको छ । 

टोकियो नाकानो जिरो हलमा आगामी मे २ तारिकका दिन हुने सांगीतिक कार्यक्रम नेपाली साँझ २०१६ मा नेपालका चर्चिक हास्य कलाकारहरु मनौज गजुरेल, हास्य कार्यक्रम भद्रगोलका जिग्री कुमार कट्टैल, पाँडेबुढा अर्जुन घिमिरे तथा लोकप्रिय पपगायक निमा रुम्वा, लोकगायिका काजल गुरुङ लगायतको विशेष प्रस्तृति रहनेछ । साथमा नेपाली चलचित्रकी चर्चित नायिका ऋचा शर्माको नृत्य तथा वेजोड प्रस्तुति रहनेछ । 

छिटो र भरपर्दो रेमिटयान्स सेवा पुरयाउने लक्ष्य राखेको सिद्धार्थ रेमिट तथा सिद्धार्थ बैकको जापान सेवा सुरु भएको अवसर पारेर गर्न लागिएको कार्यक्रममा प्रवेश निःशुल्क गरिएको छ । कार्यक्रममा सहभागिता जनाउनका लागि रेमिटयान्सको बेवसाईट तथा लिंकबाट वा फारम भरेर निशुल्क पास लिन सकिने कम्पनीले जनाएको छ । सदस्यता फारम भरेर कुपन लिएकाहरुका लागि रेमिटयान्स कम्पनीले साथमा दुईहजार येन समेत उपहार स्वरुप प्रदान गर्नेछ । 
नेपाली समुदायमा चर्चामा रहेका रेष्टुरेन्ट व्यवसायी बाबुराम भण्डारी, आईटि ईन्जिनियर मेघराज नेपाल तथा गैरआवासीय नेपाली अभियन्ता तथा व्यवसायी सुदन थापा लगायतको सकृयतामा जापानमा संचालन हुन लागेको सिद्धार्थ बैक तथा सिद्धार्थ रेमिटले जापानबाट सिधै बैकिङ र रेमिट सेवा समेत सुरु गर्न लागेको हो। 
सेवा प्रारम्भ अवसर पारेर गर्न लागिएको सो कार्यक्रममा सिद्धार्थ बैकका प्रतिनिधिहरु सहित विशिष्ठि व्यक्तित्वहरुको सो अवसरमा विशेष उपस्थिति रहने छ । 

कोहली दोस्रो पटक  प्लेयर अफ दि टुर्नामेन्ट घोषित

एजेन्सी,चैत २२ । भारतका ब्याट्सम्यान विराट कोहली आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट २०१६ को प्लेयर अफ दि टुर्नामेन्ट घोषित भएका छन् । कोहली लगातार दोस्रो पटक प्लेअफ दि टुर्नामेन्ट घोषित भएका हुन् । उनी यसअघि सन् २०१४ मा बंगलादेशमा भएको ट्वेन्टी–ट्वेन्टी विश्वकपमा पनि प्लेयर अफ दि टुर्नामेन्ट घोषित भएका थिए । यो विश्वकपमा भारतलाई सेमिफाइनलसम्म पु¥याउन कोहलीले ठूलो भूमिका खेलेका थिए । कोहलीलाई पूर्व क्रिकेट तथा कमेनटेटरको समूहले सर्वसम्मतिले प्लेअर अफ दि टुर्नामेन्टको  रुपमा छनौट गरेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले जनाएको छ ।

प्लेअर अफ दि टुर्नामेन्ट घोषित भएपछि कोहलीले भने ‘घरेलु मैदानमा सेमिफाइलनसम्म मै सीमित हुनु पर्दा दुःख लागेको छ । तर प्लेअर अफ दि टुर्नामेन्टको अवार्ड पाउँदा गर्व लागेको छ ।’ कोहलीले यसपटक विश्वकपमा पाँच पारीमा एक सय १३६।५० को औषतमा दुई सय ७३ रन बनाएका छन् । उनको स्ट्राइक रेट एक सय ४७ छ । कोहलीले न्युजिल्याण्डसँगको खेलमा २३, पाकिस्तानसँगको खेलमा नटआउट ५५, बंगलादेशसँगको खेलमा २४, अस्ट्रेलियासँगको खेलमा नटआउट ८२ तथा वेष्ट इन्डिजसँगको सेमिफाइनलमा नटआउट ८९ रन बनाएका थिए । कोहलीले सन् २०१४ को विश्वकपमा तीन सय १४ रन बनाएका थिए । 

-उज्यालो अनलाईन 

मन्त्री र सभासद् भएर पनि कम्प्युटर नै चलाउन आउदैन-विज्ञान तथा प्रविधि मन्त्री थापा

भरतराज उप्रेती – काठमाडौं,चैत १६ ।  कम्प्युटर शिक्षा आज सबैका लागि आवश्यक छ, कम्प्युटर तथा सूचना प्रविधिको ज्ञान बिना अबको जीवनशैली अपुरो नै हुन्छ । हाम्रो पालामा कम्प्युटर सिक्न न त के देख्न समेत पाइएन । जसोतसो खरीबोटबा शिक्षा लिइयो । दुःख जेलो गरेर पढ्छु भन्दा पनि पढ्न नपाइने अवस्था थियो । अहिले त सबैको हात हातमा मोबाइल घर घरमा कम्प्युटर छ । ५ वर्षको बच्चाले पनि मोबाइलमा सजिलै गेम खेल्छ । सूचना प्रविधिको प्रयोगले जीवनस्तर अति सहज बनाइदिएको छ । 

हामी सभासद र मन्त्रीहरुलाई पनि सहजसग कम्प्युटर चलाउन समेत आउदैन, १५ दिने निःशुल्क आधारभुत कम्प्युटर तथा अनलाइन पत्रकारीता तालिमको उद्घाटन गर्दै विज्ञान तथा प्रविधि मन्त्री शिवललाल थापाले भने । आधारभुत कम्प्युटरको ज्ञानले नै सबै कुरा सिकाउछ । विज्ञानको आविष्कार र चमत्कारले विश्वलाई प्रविधिमार्फत एउटै सञ्जालमा रुपान्तरण गरिदिइएको छ । माध्यमिक तहदेखि नै कम्प्युटर शिक्षा लागू भइसकेको अवस्था छ । जनतालाई सूसुचित गर्ने माध्यमहरु प्रिन्ट इलेक्ट्रोनिक्स हुदै अलाइनमा रुपान्तरित भइसकेको छ । विश्वभरका सूचना र जानकारीहरु मोबाइलबाटै पढ्न र हेर्न सकिने अहिलेको प्रविधिको जमाना आएकोले कम्प्युटरको ज्ञानले नै सभ्य अनलाइन पत्रकारीता सिकाउने विज्ञान तथा प्रविधि मन्त्री थापाले बताए ।

विज्ञान प्रविधि मन्त्रालयको उपस्थितीलाई ७५ वटै जिल्लामा पुर्याउन लागि आफूले उच्चस्तरमा काम गरिरहेको मन्त्री थापाले बताउनुभयो । सरकारी स्कुलका बिद्यार्थी जसले विज्ञान र प्रविधिमा उत्कृष्ट काम देखाउछन् त्यो स्कूल र बिद्यार्थीलाई प्रोत्साहन समेत गर्ने कार्यनीति आफूले बनाउने मन्त्री थापाले उद्घाटन कार्यक्रममा बताउनुभयो ।

अनलाइन मार्फत सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत हुन जरुरी छ :  एसएसपी सर्वेन्द्र खनाल
कलेज लेभका बिद्यार्थीहरु बढी मात्रामा सामाजिक सञ्जालमा अभ्यस्त रहने हुदा उनीहरु कही कतैबाट साइवर अपराधभित्र तानिने र फस्ने अवस्था बढ्दो छ । त्यसैले बेलैमा सावधानी अपनाउन बिद्यार्थीहरले जरुरी छ । त्यसका लागि बिद्यालय, अभिभावक संघ संस्था र सरोकारवाला निकायहरुले साइवर अपराध बारेको जानकारीलाई समुदाय, स्कुल कलेजबाट व्यापक रुपमा अभियानको रुपमा अगाडी लैजान अत्यावश्यक भइसकेको छ । कारणवश साइवर अपराध परे ५ वर्ष सम्म जेल सजाय र जरीवाना समेत हुनेछ । पछि हतकडी लगाएर चिसो सिंढीमा पर्नुभन्दा बेलैमा साइवर अपराधबाट बच्ने उपाय आजै अवलम्वन गरौं । साइवर अपराधमुक्त समाज बनाउन आफैबाट सामाजिक सञ्जालको प्रयोगलाई सूचनामुलक बनाऔं ।

कम्प्युटरको ज्ञान त्यतिबेला महत्वपूर्ण मानिन्छ जब त्यसको प्रयोगले कुनै पनि काम र कार्यक्रम सूचनामुलक र उपलब्धि हुन्छ तर त्यसको प्रयोग कुनै पनि अपराधजन्य काममा लागि प्रयोग गरिन्छ त्यसको नतिजा अन्तमा घातक सिद्ध हुन्छ । विज्ञान प्रविधिको आविष्कारले प्रविधिको माध्यम बनेको इमेल इन्टरनेट, अनलाइन ब्लग, अनलाइन मिडिया र सामाजिक सञ्जाल अहिलेको मानिसको अभिन्न अंगभित्रको सहज जीवनशैली बन्दै गइरहेको छ । तथापी सूचना प्रविधिको यिनै माध्यमलाई अपराध गर्नेहरुले आफ्नो प्रयोग अनुकुल बनाउदै लगेकाप्रति हामी सचेत हुने बेला आएको छ । 

अपराध गर्नेहरुले सामाजिक सञ्जाल फेसबुक ट्वीटर लगायतका सोसल मिडियालाई बढी प्रयोग गर्दै आएका छन् । प्रविधि हाम्रा लागि जति महत्वपूर्ण छ त्यति नै त्यसको प्रयोगमा सावधानी नअपनाउदा घातक बन्दै गएका उदाहरणहरु सार्वजनिक भइरहेका छन् । सामाजिक सञ्जाल के का लागि प्रयोग गर्ने किन प्रयोग गर्ने कस्ता सूचना, जानकारी र फोटोहरु पेष्ट गर्ने, कस्ता व्यक्तिलाई साथी बनाउने भन्ने बारेको ज्ञान सामाजिक सञ्जाल प्रयोगकर्तामा हुनु आवश्यक छ । सामाजिक सञ्जालबाट अपराधका घटनाहरु १६ देखि २५ वर्षभित्रका व्यक्तिहरुले बढी मात्रामा भइरहेका छन् । कतिपयले सामाजिक सञ्जाल प्रयोगमा सावधानी नअपनाउदा भएको छ भने कतिपयले अपराधिक मानसिकताले गरिरहेका छन् । सामाजिक सञ्जालमा नक्कली आइडी बनाएर अपराध गर्नेहरु पनि त्यत्तिकै छन् ।

प्रविधिमैत्री स्वास्थ्य सेवाको भावना विकास गर्न जरुरी छ :  लोकबहादुर टण्डन
सूचना प्रविधि आजको आवश्यकता हो । हरेक क्षेत्र र निकाय सूचनाप्रविधि बिना अब नचल्ने भइसकेका छन् । स्वास्थ्य क्षेत्रमा सूचना प्रविधिको प्रयोगमा व्यापकता बन्दै गइरहेको छ । हामीले आफ्नो स्वास्थ्यको जानकारी मोबाइलबाटै थाहा पाउने अवस्था आइसकेको छ । त्यसैले कम्प्युटरको ज्ञानले स्वास्थ्य, सूचना, सञ्चार, कृषि पर्यटन क्षेत्रको बिकास र बिस्तारलाई सहयोग पुर्याउदै आएको छ । स्वास्थ्य क्षेत्रमा एमआरआई, भिडियो एक्सरे, सिटी स्क्यान, ल्याब, इसिजी, अल्टासाउण्ड सबैको कम्प्युटरमार्फत प्रविधिको प्रयोग भएका छन् । त्यसैले कम्प्युटर अहिलेको माग होइन आवश्यकता हो । जसबाट हाम्रो जीवनशैली सहज बनिरहेको छ । त्यसैले सूचना प्रविधिको प्रयोगको अनुकुलता खोज्दै जादा यसको दुरुपयोग भयो भने त्यसको परिणाम अब मान्छेले कल्पना नै गर्न नसक्ने अवस्थामा पुग्न सक्छ । मानीलिऔं, ल्याबको एउटा प्राविधिकले एक अक्षरको मात्र रिपोर्टमा गल्ती गरिदियो भने बिरामीको अवस्था भयावह हुन सक्छ, त्यस्तै डाक्टरले अप्रेसनमा । त्यसैले सामाजिक सञ्जालमा रमाइलोको भरमा तपाइले झुक्किएर गरेका सानो गल्तीले साइवर अपराधभित्र हतकडी लाग्न सक्छ । त्यसैले सूचना प्रविधिको ज्ञानलाई देश विकास लागि प्रयोगमा ल्याऔं ।

सामाजिक रुपान्तरण र देश विकास लागि सूचना प्रविधि र पत्रकारीता : राजेश अधिकारी
हामीले हाम्रो धरातललाई बिर्सन हुदैन । राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने संस्कारको विकास हामीले गर्न र सिक्न जरुरी छ । विज्ञान तथा सूचना प्रविधिमार्फत विश्व रुपान्तरण भइरहेको छ भने हामी पनि त्यसभित्र भर्खर छिरेका मात्र छौं । सूचना प्रविधिको प्रयोगमार्फत देश विकास गर्न सकिन्छ भन्ने हामी सबैले भनेका छौ., तर प्रारम्भिक चरणमा यसको प्रयोग कसरी गर्ने भन्ने बारेमा स्पष्ट ज्ञान नहुदा हामी सूचना प्रविधिलाई गलत तवरले प्रयोग गर्दै छौं । प्रविधिमैत्री बन्ने भन्ने होडमा जीवनशैलीलाई अस्तव्यस्त हामी आफैले बनाइरहेका छौं । त्यसकारण विज्ञान तथा सूचना प्रविधिको प्रयोगका लागि पहिले त सरकारको नीति बलियो बन्नुपर्यो, त्यसपछि त्यसलाई प्रयोगमा ल्याउने निकाय सम्पन्न र सुदृढ हुनुपर्यो भने सक्षम जनशक्तिको कार्यशैली चुस्त दुरुस्त हुन आवश्यक छ भने प्रयोगकर्ताहरुलाई सूचना प्रविधिको यथेष्ट ज्ञान र अनुगमन तथा मूल्यांकन । यी सबै कुरा भएपछि पनि सूचना प्रविधिको सफल हुदैन किनकी अझै केही समस्या र खराबीहरु देखा पर्न सक्छ । यो अवस्था विकसित देशहरुमा देख्न सकिन्छ । त्यसैले हाम्रो जस्तो विकासोन्मुख देशमा सूचना प्रविधिको प्रयोगले केही वर्षमा कायापलट गराउन सकिन्छ भन्ने मानसिकतालाई हटाउन जरुरी छ । संस्थाको वेभसाइट बनाउदैमा संस्था या कम्पनी प्रविधि मैत्री भयो भन्न मिल्दैन शुरुवात भयो मात्र भन्न मिल्छ ।

त्यसैले सूचनाको हक अधिकारलाई जनतामाझ सूसुचित गराउने कम्प्युटर इन्टरनेट र अनलाइन मिडिया तथा सामाजिक सञ्जाललाई कसरी समाज रुपान्तरण र देश विकासका लागि लगाउने भन्ने बारेको ज्ञान एवं चेतना अबको पिढींमा हुन जरुरी छ । त्यसका लागि बिद्यार्थी जीवनकालदेखि नै सकरात्मक सूचना प्रविधिको प्रयोगमा ल्याउनुपर्ने देखिन्छ । यस अर्र्थमा युवा सूचना केन्द्र काठमाडौं र आइसिटी पत्रकार विकास मञ्चको आधारभुत कम्प्युटर तथा अनलाइन पत्रकारीता तालिम कार्यक्रम सूचना प्रविधिको चेतनाको स्तर अभिबृद्धि गर्ने उपलब्धिमुलक हुन सक्ने मैले आशा गरेको छु ।

आधारभुत कम्प्युटर तथा अनलाइन पत्रकारीता तालिमको उद्घाटन कार्यक्रमको सभापति आइसिटी पत्रकार विकास मञ्चका संस्थापक अध्यक्ष भरतराज उप्रेती, प्रमुख अतिथि विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापा, विशिष्ट अतिथिहरु जिल्ला खेलकुद विकास समिति, युवा सूचना केन्द्र काठमाडौंका प्रमुख लिलाराम बस्नेत, महानगरीय अपराध महाशाखा टेकुका एसएसपी सर्वेन्द्र खनाल, ग्रीन सिटी हस्पिटलका अध्यक्ष लोकबहादुर टण्डन, अतिथिहरु राष्ट्रिय प्रेस क्लव नेपालका संस्थापक अध्यक्ष रामकृष्ण कर्माचार्य, म. क्षे. खे. वि.स का पूर्व अध्यक्ष तथा लेखक राजेश अधिकारी, महानगरीय प्रहरी बृत्त बालाजुका प्रहरी उपरीक्षक, नेपाल सूचना तथा विज्ञान प्रविधि संस्थाका अध्यक्ष सी.पी. भट्टराई, मोबाइल एसोसियसन अफ नेपालका संस्थापक अध्यक्ष अम्बिका प्रसाद ढकाल, राष्ट्रिय नागरिक विकास मञ्चका अध्यक्ष तथा सञ्चारकर्मी महेशजंग कुँवर, तारकेश्वर नगरपालिकाका योजना अधिकृत ई. सविन महर्जन, मानसिङ धर्म उच्च मा.वि.का संस्थापक मानसिङ महर्जन, प्राचार्य विनोद पण्डित लगायत बिभिन्न सामाजिक संघ संस्थाका प्रमुखहरु र मानसिङ उ.मा.वि.का कक्षा ११ र १२ का बिद्यार्थीहरुको उल्लेख सहभागीता रहेको थियो । 

कार्यक्रम जिल्ला खेलकुद विकास समिति, यूवा सूचना केन्द्र काठमाडौको सहयोगमा आइसिटी पत्रकार विकास मञ्चले आयोजना गरेको हो । कार्यक्रम १५ दिन चैत्र १५ गतेदेखि २९ गतेसम्म दैनिक ३ घण्टाका दरले चल्नेछ । तालिममा न्युनतम ३५ जना बिद्यार्थीहरुको सहभागीता रहने संस्थाले जनाएको छ । तालिममा कम्प्युटर इतिहास शिक्षा र अनलाइन तथा सामाजिक सञ्जाल प्रयोगमा लागि आधारभुत ज्ञान दिइनेछ भने तालिममा अनलाइन पत्रकारीता, सामाजिक सञ्जालको प्रयोग कसरी सूचना र ज्ञानमुलक बनाउन सकिन्छ भन्ने बारेमा सिकाइने संस्थाका संस्थापक तथा कार्यक्रम संयोजक भरतराज उप्रेतीले बताए । अनलाइन पत्रकारीतासगै सूचनामुलक ब्लग सञ्चालन गर्ने ज्ञान समेत तालिममा दिइनेछ । १५ दिने तालिमको अवसरमा उक्त कार्यक्रममा अनलाइन पत्रकारीता तालिम सँगै बढ्दो साइवर सुरक्षा चुनौतीको बारेमा बिद्यार्थीहरुलाई सचेतना समेत दिइने कार्यक्रम तालिका रहेको छ । तालिममा मोबाइल सुरक्षा बारेको जानकारी अम्बिका प्रसाद ढकालले दिनुहुनेछ भने, साइवर अपराध के हो र कसरी बच्ने भन्ने बारेको जानकारी महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले दिनुहुनेछ । 

अनलाइन मिडिया सञ्चालन, व्यवस्थापन र अनलाइन मिडियामार्फत हुने साइवर अपराधको जानकारीको बारे प्रेस काउन्सिल नेपालको तर्फबाट अध्यक्ष बोर्ण बहादुर कार्कीले दिने कार्यक्रम तालिका रहेको छ । पत्रकारीताको अवस्था भोगाई र जीवनशैली बारेको जानकारी राष्टिय प्रेस क्लवका अध्यक्ष रामकृष्ण कर्माचार्यले दिनुहुनेछ । आधारभुत कम्प्युटर इमेल, इन्टरनेट वेभसाइट बारेको ज्ञान ई सी.पी. भट्टराईले दिनुहुनेछ । त्यस्तै साइवर अपराध नियन्त्रणका लागि नेपाल दूरसञ्चार प्राधिकरणको अनुगमन नीतिका बारेमा प्राधिकरणका निर्देशक आनन्दराज खनालले दिनुहुनेछ । अनलाइन न्युज पोष्ट तथा ब्लग तथा फेसबुक पेज बनाउने बारेको तालिम कार्यक्रम संयोजक भरतराज उप्रेतीले दिनुहुनेछ । वेभ डिजाइन कन्सेप्ट र सर्च इन्जिनका बारेमा वेभ इन्जिनियर सुरेन्द्र बूढाथोकीले सहजीकरण गर्नुहुनेछ । 

चैत्र १९ गते शुक्रबार तालिममा सहभागी ३५ जना बिद्यार्थी लगायत सरोकारवारा निकायका प्रमुहखरुलाई मुनि बहादुर शाक्यको इनोभेसन सेन्टरमा कम्प्युटर मेसीन, इ लाइब्रेरी, टेलिमेडिसिन लगायतका प्रविधिका उपकरणहरुको अवलोकन भ्रमण लाने कार्यक्रम तालिका समेत रहेको छ ।

पार्टी सभापति र दलको नेताको चुनावबीचमा को–को गए देउवासँग?

काठमाडौं,चैत २४ ।  नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा पनि जित्छन् भन्ने कुरा दलको नेताको परिणाम आउनु आगाडि नै पक्का थियो। तर पार्टी नेता रामचन्द्र पौडेललाई दोब्बर भन्दाबढी मतअन्तरले पराजित गरी देउवा दलको नेता बन्दैछन् भन्ने चाहिँ कसैले पनि सोचेका थिएनन्।

संसदीय दलको विधान संशोधनका लागि चैत २२ गते संसदीय दल र केन्द्रीय समिति बैठक बस्नु अगाडिको दिनसम्म पनि सभापति देउवा र उनी निकट नेताहरूले दलको नेताको निर्वाचनमा १ सय २० देखि १ सय २२ मतसम्म आउनसक्ने आँकलन गरेका थिए।

उता दलको नेताका आकांक्षी पौडेलले दुई वर्षअघि संसदीय दलको नेतामा पूर्व सभापति सुशील कोइरालाले प्राप्त गरेको १ सय ५ मतमा दुई, चार मत थपिन सक्ने तर त्योभन्दा कम नहुने विश्लेषण आफू निकट नेता तथा सांसदहरूसँग गरिरहेका थिए।

पौडेल र उनी निकट नेताहरूले पार्टीको १३ औं महाधिवेशनमा आफूहरूबीचको अन्तरद्वन्द्वका कारण प्राविधिक रुपमा पराजित भए पनि दलको नेतामा सफलता पाउने अपेक्षाका साथ आन्तरिक तयारी गरिरहेका थिए।

तर पछिल्लो तीन दिनभित्रमा पुरानो संस्थापन पक्षभित्र पहिरो नै गयो। देउवाको पक्षमा माहोल अनपेक्षित रुपमा सृजना हुँदै गयो, त्यसको अनुमान पौडेलेले गर्नै सकेनन्।

त्यो माहोलबाट हौसिएका देउवाले दलको नेताको निर्वाचन सुरू हुनुपूर्व बुधबार बिहान भेट्न पुगेका आफू निकट नेता–कार्यकर्तालाई आफूले १ सय ४० भन्दाबढी मत पाउने दाबी गरेर चकित बनाए। जुन दलको नेताको निर्वाचन परिणामले नै पुष्टि गर्यो।

कांग्रेसको २ सय ७ सदस्यमध्ये खसेको २ सय ६ मतमा देउवाले पौडेलको भन्दा दोब्बर बढी अर्थात् १ सय ३९ मत ल्याएर दलको नेता बने। जबकि, पौडेलले ६७ मतमात्रै पाए।

यतिधेरै मत कसरी ल्याए?

एक महिनाअघि सम्पन्न पार्टीको महाधिवेशनबाट सभापतिमा निर्वाचित हुदाँखेरि नै देउवाले संसदीय दलको नेतामा पनि जित्ने स्पष्ट संकेत देखिएको थियो।
खासगरी दुई वर्षअगाडि सम्पन्न संसदीय दलको नेताको निर्वाचनमा खसेको १ सय ९४ मतमध्ये तत्कालीन सभापति सुशील कोइरालाले १ सय ५ मत ल्याएर देउवालाई १६ मतको अन्तरले पराजित गरेका थिए।  

नेता पौडेलसँगकोे सहमतिअनुसार देउवालाई दलको नेतामा पराजित गर्दै २०७० माघको अन्तिम साता कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएर २०७२ असोजसम्म सरकार सञ्चालन पनि गरे।

त्योबीचको समयमा कोइराला र उनका सहयोगीको व्यवहारका कारण कतिपय पार्टी नेता र सांसदहरूसमेत रुष्ट बन्दै गएका थिए। जसको कारण पुरानो संस्थापन पक्षबाट पार्टी र संसदमा स्थापित नेताहरू मानबहादुर विश्वकर्मा, केशवकुमार बुढाथोकी, चन्द्र भण्डारीदेखि कोइराला परिवारको गृहजिल्ला मोरङका पार्टी सभापति एवम् सांसद अमृत अर्यालसम्मले कोइराला खेमाबाट नाता तोड्दै देउवासँगको सामीप्यता बढाए।

त्यतिमात्रै होइन, कोइरालाले केन्द्रीय समितिमा मनोनित गरेका महोत्तरीका नेता श्याम घिमिरेले पनि कोइरालाको साथ छोड्दै देउवासँग निकट बन्न पुगे।

त्यसको अलवा संविधान निर्माणको प्रक्रियामा कोइरालासँग चिढिएका सांसद अमरेशकुमार सिंहदेखि सुरेन्द्रप्रसाद चौधरीले कोइराला र पौडेलभन्दा बरु देउवा नै ठिक भन्दै देउवासँग सम्बन्ध सुधार गर्दै गए।

पार्टीको १२ औं महाधिवेशन यताको साढे पाँच वर्षको अवधिमा देउवा समूहबाट केन्द्रीय सदस्य बनेका नेता मिनेन्द्र रिजालबाहेक अरु कुनै नेताले देउवाको साथ छोडेनन्।

बरु, पार्टी महाधिवेशनको बीचमा माघ २५ गते सभापति सुशील कोइरालाको निधन भएपछि कोइराला पक्षभित्रै ठूलो विग्रह सुरू भयो।

कोइरालाका महामन्त्री कृष्णप्रसाद सिटौला र गगन थापासहितको समूहले विद्रोह गर्दै १३ औं महाधिवेशनमा उम्मेदवारी दिए भने अर्कोतर्फ नेता पौडेलले आफ्नो समूहको व्यवस्थापनमा एकपछि अर्को कमजोरी गर्दै गए।

त्यसबाट असन्तुष्ट बनेका पार्टी नेता कूलबहादुर गुरुङ, अर्जुननरसिंह केसीदेखि सूर्यमान गुरुङ, मीना सुब्बा, अर्जुन जोशीसमेत पार्टी सभापतिको उम्मेदवारी घोषणासभामा उपस्थित भएर देउवाको समूहबाट उम्मेदवार बने। सांसदहरू जगदिश्वरनरसिंह केसी, मीठू मल्लले पनि देउवालाई सभापतिमा सघाए।

विगत लामो समयदेखि पार्टी नेता गिरिजाप्रसाद कोइरालादेखि सुशील कोइरालासँग समेत अत्यन्त नजिक रहेर काम गरेका तराई–मधेसका चर्चित नेता फरमुल्लाह मन्सुरले पनि उम्मेदवारी दर्ता गर्नु केही समयअगाडि देउवासँग हात मिलाउँदै उनैको खेमाबाट केन्द्रीय सदस्य बने।

संविधान निर्माणको क्रममा मधेसीहरूको अधिकार र पहिचानसँगै सीमांकनको विषयलाई लिएर देउवासँग रुष्ट भएका दुई नम्बर प्रदेशका कतिपय सांसदहरु रामअयोध्याप्रसाद यादव, मधु शाही, रामचन्द्र यादव र दिनेश परसैला यादवसम्मलाई मन्सुरको पछिल्लो निर्णयले प्रभावित पार्यो।

पार्टीको सभापति पदमा दोस्रो चरणको निर्वाचनमा देउवालाई नेता सिटौला र उनको पक्षमा रहेका सांसददेखि महाधिवेशन प्रतिनिधिले सहयोग गरे र उनी सभापतिमा ठूलो मतअन्तरले विजयी बने।

देउवा सभापतिमा चुनिएपछि सिटौला र उनको साथमा रहेका सांसदहरू गगन थापा, भीमसेनदास श्रेष्ठ, उषा गुरुङ, तारामान गुरुङ, अमृतलाल राजवंशी, सुधीर शिवाकोटी, गणेश विमली पनि देउवालाई दलको नेतामा समर्थन गर्न तयार भए।

पार्टी सभापति र दलको नेताको चुनावबीचमा को–को गए देउवासँग?

कोइरालाको निधन र पौडेलको पराजयपश्चात् कतिपय पुरानो संस्थापन पक्षका सांसदहरू आफ्नो राजनीतिक भविश्यकोबारे चिन्तित बन्दै गएका थिए।

उनीहरूको चासो र चिन्तालाई निवारण गर्दै उनीहरूको राजनीतिक सुरक्षा दिने भरपर्दो आश्वासन नेता पौडेलदेखि महामन्त्री शशांक कोइराला वा प्रकाशमान सिंहबाट उनीहरूले पाउन सकेनन्।

त्यसको ठिक विपरीत सभापति पदमा निर्वाचित भएलगत्तै देउवाले आफ्ना सहयोगीहरूलाई दलको नेतामा समर्थन जुटाउन अर्को पक्षका सांसदहरुसँग कुरा गर्न खटाए।

फलस्वरुप, सुर्खेतका सांसद तप्त विष्टदेखि दाङका सांसद राजु खनालदेखि सिन्धुलीका सांसद मोहन बराल, कौशर शाहसम्मले सभापति देउवासँग प्रत्यक्ष कुराकानी गरी दलको नेतामा सहयोग गर्न तयार भए।

त्यतिमात्रै होइन, दलको नेतामा उम्मेदवारी दिनु अघिल्लो दिन सोमबार देउवा आफंैले तराई–मधेसमा बलियो पकड भएका कोइराला खेमाका नेता पद्मनारायण चौधरीलाई सहयोगका लागि आग्रह गरे।

पार्टी अधिवेशनमा झिनो मतअन्तरले पराजित थारु समुदायका नेता चौधरीलाई एकातिर महाधिवेशनमा पौडेलको कमजोर व्यवस्थापनले आजित बनाएको थियो भने अर्कोतर्फ सभापति देउवाले नै सहयोगका लागि आग्रह गरेपछि ‘नो’ भन्नसक्ने अवस्था रहेन।

अन्ततः चौधरीले मंगलबार बिहान संसदीय दलको कार्यालयमा पुगेर देउवाको समर्थक बस्न तयार हुँदै त्यहीँबाट पौडेल र अर्का नेता महेश आचार्यलाई फोनमार्फत आफूले दलको नेतामा देउवालाई समर्थन गर्ने जानकारी दिए।

चौधरीको उक्त निर्णयले तराई–मधेसको दुई नम्बर प्रदेशबाट आएका सांसदहरुबीच समेत हलचल ल्यायो। फलस्वरुप चौधरीसँगै सुरेन्द्र यादव, रामचन्द्र यादव, रामचन्द्र चौधरीलाई पनि देउवाको पक्षमा उभिने साहस दियो।

त्यसअलवा देउवाको उम्मेदवारी दर्ता हुनु अगाडि सुशील कोइरालाले आफ्नो गृहजिल्ला बाँकेबाट मनोनित गरेका पाँचजना सांसदहरु आशा विक, मैकुलाल बाल्मिकी, अब्दुल हमित सिद्धिकी, बादशाह कुर्मी, सरवत आरा खानम हलुवाईनी समेतले देउवालाई भेटी आफ्नो सर्मथन जनाए।

यसरी मनोनयन दर्ताकै क्रममा विजयको बलियो आधार बनाएका देउवाले मंगलबार साँझदेखि बुधबार बिहान मतदान हुनु अगाडिसम्म पनि अर्को पक्षमा रहेका सांसदहरुसँग सहयोगको लागि आग्रह गरे।

स्रोतका अनुसार बुधबार बिहानमात्रै देउवाले सांसद सीताराम भण्डारी, प्रकाश शर्मा पौडेल, शारदा पौडेल, लक्ष्मी राई र लालबाबु सिंहलाई भेटी सहयोग मागे।

कसले–कसले सहयोग गरे गोप्य रुपमा?

पछिल्लो समय विकसित घटनाक्रमले सभापति देउवा संसदीय दलको नेतामा निर्वाचित हुने कुरामा कसैको शंका थिएन।

तर जब पुरानो संस्थापन पक्षका कतिपय केन्द्रीय सदस्यदेखि सांसदसम्मले देउवा पार्टी र दलको नेता बनेपछिको आफ्नो राजनीतिक भविश्यबारे सोच्न थाले। त्यसपछि दोधारमा परेका त्यी सांसदहरुसम्मले देउवालाई मत दिएको चर्चा बुधबार दिउँसो सिंहदरबारमा चलेको थियो।

यसरी देउवालाई गोप्य रुपमा मतदिने नेतामा पूर्वराष्ट्रपति रामवरण यादव पुत्र चन्द्रमोहन यादवदेखि अमियकुमार यादव, केन्द्रीय सदस्य र कतिपय कोइराला परिवार निकट नेताहरु समेत भएको दाबी देउवा र पौडेल पक्षकै सांसदहरुको रहेको छ।

उनीहरुले खुला रुपमा बाहिर केही नभने पनि भित्रभित्रै देउवालाई मत दिएकै कारण कोइरालासँग पाएको मत भन्दा ५० मत बढी देउवाले पाउन सकेको विश्लेषण सांसद अमरेशकुमार सिंहको रहेको छ।
साभार सेतोपाटी डटकम

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web