एजेन्सी,चैत २७ । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको नव प्रवेशी टिम राइजिङ पुने सुपर जायन्ट्सले विजयी सुरुवात गरेको छ । घरेलु टोली मुम्बइ इन्डियन्सलाई ९ विकेटले हराउदै पुनेले पहिलो जित दर्ता गरेको हो । टस जितेर पहिले व्याटिङमा गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय २१ रन बनायो।
सामू एक सय २२ रनको चुनौती पछ्याएको पुनेले १४.५ ओभरमा ३२ बल बाँकी छदै उक्त लक्ष्य भेट्टायो । पुनेको लागि अजित रहानेले ४२ बलको सामना गर्दै ७ चौका र ३ छककमो सहयोगले नटआउट ६६ रन बनाए । पिटरसन २१ रनलमा नटआउट रहे । मुम्बईको लागि एक मात्र विकेट हरवजन सिंहले लिए । टस जितेर पहिले व्याटिङमा गरेको मुम्बईका लागि हरभजन सिंह ४५ रनमा नटआउट रहे। यस्तै अम्बाटीले २२, विनय कुमारले १२ तथा हार्दिक पाण्डेले ९ र सिमोन्सले ८ तथा कप्तान रोहित शर्माले मात्र ७ रनको योगदान दिएका थिए।
राइजिङ पुनेका लागि इसान्त शर्मा र मार्सले समान २–२ विकेट लिए भने रजत बटिया, रविचन्द्र आश्विन, मुरुगान आश्विन र आरपी सिंहले समान १–१ विकेट लिए।
18.12¡ÆC