कुन-कुन देशका हुन् त विश्व क्रिकेटमा तहल्का मच्चाउने वेष्टइण्डिजका खेलाडीहरु ?

बैशाख २१, २०७३ मा प्रकाशित | 1282 views

काठमाडौं । विश्व क्रिकेटमा बेलाबेलामा धुम मच्चाउँदै आएको वेस्ट इण्डिज विश्वमानचित्रमा कुन देश होला भनेर धेरैलाई चासो नहुन सक्छ । यो कुन महादेशमा पर्छ भनेर धेरैलाई थाहा नहुन पनि सक्छ । सन् १९७० देखि १९८० बीचका दुई विश्वकप क्रिकेट जितेर यो देशले धुम मच्चाएको थियो । १९७५ र १९७९ को विश्वकप क्रिकेट वेस्ट इण्डिजल जितेको थियो । त्यतिखेर वेस्ट इण्डिजलाई हराउन जुनसुकै टोलीको लागि पनि सहज थिएन ।

टेस्ट मान्यता प्राप्त वेस्ट इण्डिजले पछिल्ला वर्ष फेरि क्रिकेटमा धूम मच्चाउँदै आएको छ । केही महिना अघि यू १९ क्रिकेटको विश्वकप जितेको यो टोलीले आइतबार एकै दिन दुई विश्वकप जितेर विश्वकप उपाधिमा ह्याट्रिक गरेको छ । आइतबार महिला टोलीले टी ट्वान्टी विश्वकपमा अष्ट्रेलियालाई ८ विकेट र रोचक भिडन्तमा पुरुष टोलीले इङल्याण्डलाई स्तब्ध पार्दै अन्तिम ओभरमा ४ विकेटको जित निकाल्दै उपाधि जितेको छ । सन् २०१२ को टीट्वान्टी क्रिकेटको विश्वकप पनि वेस्ट इण्डिजले जितेको थियो ।

सनसनी मच्चाउने वेस्ट इण्डिज के हो त ?

वेस्ट इण्डिज आफैंमा एउटा छुट्टै देश होइन । यो दक्षिण र उत्तर अमेरिकाबीचमा पर्ने क्यारेबियन क्षेत्रका टापु देशहरुको युनियन हो । यिनै टापु देशहरु जहाँ प्रायः अंग्रेजी भाषा बोल्ने साना देशहरु मिलेर बनाइएको टिम नै वेस्ट इण्डिज हो । यो बहुराष्ट्रिय क्रिकेट टिम हो । वेस्ट इण्डिज बहुराष्ट्र १९५८ मा नामाकरण गरिएको थियो ।

क्यारेबियन आइसल्याण्ड देशमा जम्मा २८ वटा देश पर्दछन् । जहाँ क्युवा, हैटी जमैका, ट्रिनिडाडा एण्ड टोबागो, डोमिनिका, बाराबाडोससहितका देश पर्दछन् ।   तर, बेलायती उपनिवेश रहेका नरहेका प्रायः अग्रेजी भाषा बोल्ने १५ वटा देश मिलेर वेस्ट इण्डिजको क्रिकेट टिम बनेको हो । १९५८ मा वेस्ट इण्डिज बनेपछि यसैमा केही देशहरु संगठित हुँदै यही नाममा क्रिकेट खेल्न थालेका हुन् ।

क्रिकेट खेल्ने क्यारेबियनका स्वतन्त्र जमैका, बाराबाडोस, डोमिनिका, गुएना, ट्रिनिडाड एण्ड टोबागो, एन्टिगुआ एण्ड बर्बुडा, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट एण्ड ग्रेनाडिनिज, ग्रेनेडा  देश छन् । त्यस्तै, सेन्ट किट्स एण्ड नेभिस जुन बेलायती महारानीलाई मान्ने कवनवेल्थ देश अन्तर्गतका सेन्ट किट्स र नेभिस, बिट्रिस डिपेन्डिेन्सिका एंगुलिया, मोन्टसेरान्ट, बिट्रिस भर्जिन आइसल्याण्ड, डच डेपेन्डिेन्सीका सिन्ट मार्टेन र अमेरिकी डिपेन्डिेन्सीका युएस भर्जिन आइसल्याण्ड जस्ता साना देश पनि वेस्ट इण्जिसँग जोडिएका छन् । फुटबलसहितका ओलम्मिकसहितका अरु खेलकुद गतिविधिमा भने यी देशहरु छुट्टाछुट्टै खेल्ने गर्दछन् ।

अहिलेका चर्चित खेलाडी को कुन देशबाट

वेस्ट इण्डिजका नाममा खेल्ने खेलाडीहरु विभिन्न देशबाट आएका छन् । क्रिस गेल जमैका, सामुयल बद्रि ट्रिनिडाड एण्ड टोबागो, डवेन ब्राभो ट्रिनिडाड टोबागो, आन्द्रे रसेल जमैका, सुनिल नारने ट्रिनिडाड, लेन्डल सिमोन्स ट्रिनिडाड, कार्लोस बार्थोवेटे बाराबाडोस, डरेन ब्राभ्रो ट्रिनिडाड, जोन्सन चाल्र्स सेन्ट लुसिया, डरेन सामी सेन्ट लुसिया, जेरोमी टेलर जमैका, एन्ड्रे फ्लेचर ग्रेनेडा, केरन पोलार्ड ट्रिनिडाड, केमोर रोच बारबाडोस, मारलन सामयल्स जमैका, क्रागज बार्थवेटे बाराबाडोस, रबि रामपाल ट्रिनिडाड आदि छन् ।

वेस्ट इण्डिजका महान खेलाडी यस्ता छन्

सर भिभि रिचर्डस, ब्रायन लारा, सर गारफिल्ड रोबर्स, लेन्स गिब्स, शिवनारायण चन्दपोल यो क्षेत्रका चर्चित टेस्ट र वनडे खेलाडी हुन् ।
-खबर डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web