नेपाल र लाओसबिचको मैत्रीपूर्ण फुटबल बराबरीमा सकियो

काठमाडौं,जेठ १६ ।  नेपाल र लाओसबिचको मैत्रीपूर्ण फुटबल बराबरीमा सकिएको छ । लाओसको भियनतानस्थित राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार साँझ सवा ५ बजे खेल सुरु खेल १-१ को बराबरी सकिएको हो ।  लाओसमा भएको खेलमा नेपालले पहिलो अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा बरीबरीमा चित्त बुझाउनु पर्‍यो । ७७ औं मिनेटमा विशाल राईले गोल गरेको भएपनि त्यसको २ मिनेट पनि नवित्तै लाओसले बराबरी गोल फर्काएको थियो ।

जापानी प्रशिक्षक ग्योतोकु कोजीले नेपाली टोलीको जिम्मेवारी सम्हालेयता नेपालको यो पहिलो औपचारिक खेल हो । यसअघि उनको नेतृत्वमा नेपालले मलेसियाको २१ वर्ष मुनिको टोलीसँग मैत्रिपुर्ण खेल खेलेको थियो । यसैगरी चर्चित खेलाडीहरु भरत खवास, किरण चेम्जोङ लगायतले पनि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । लामो समयसम्म नेपाली राष्ट्रिय फुटबल टोलीले खेल्ने औपचारिक प्रतियोगिता नभएकाले अखिल नेपाल फुटबल संघ ९एन्फा०ले मैत्रिपूर्ण खेललाई प्राथमिकता दिएको हो । नेपालले एक महिनाअघि मलेसियाको २३ वर्षमुनिको टोलीसँगको खेल पनि १–१ को बराबरी गरेको थियो ।  त्यसअघि नेपालले भारतमा भएको सागको फुटबलको फाइनलमा भारतलाई हराएर स्वर्ण जितेको थियो भने बंगलादेशमा भएको बंगबन्धु गोल्डकपको फाइनल पनि जितेको थियो ।

भारतको मोतिहारीबाट व्यापारी सुरेश केडिया सकुशल अपहरण मुक्त

काठमाडौं,जेठ १६ ।  बाराबाट अपहरणमा परेका व्यापारी सुरेश केडिया अपहरणमुक्त भएका छन् । बिहीबार साँझ अपहरणमा परेका केडियालाई नेपाल प्रहरी र भारतीय प्रहरीको संयुक्त टोलीले बिहारको मोतिहारीबाट सकुशल अपहरण मुक्त गरेको छ। व्यापारिक कामले बाराको बरियारपुर जाँदा उनलाई  भारतीय नम्बर प्लेटको गाडीमा आएका व्यक्तिले चालकलाई गोली हानि अपहरण गरेका थिए । भारतीय सञ्चारमाध्यमहरुले पनि केडियालाई अपहरणमुक्त गरिएको बताएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी केशव घिमिरेले पनि व्यापारी केडिया अपहरणमुक्त भएको सुनिएपनि यसबारे थप प्रष्ट हुन बाँकी रहेको बताए ।

जापानभर धन्यवाद सहित नेपाल भ्रमणको निम्तो बाँडीयो (फोटो फिचर/भिडियो)

गोकर्ण अधिकारी-१६ जेठ, टोकियो ।
जापानमा रहेका नेपालीहरुले जापानी नागरिकलाई भूकम्पपछि नेपाललाई गरेको सहयोगको लागि धन्यवाद सहित नेपाल भ्रमणको निम्तो दिएका छन् ।

नेपाली राजदूतावास जापानका कार्यवाहक राजदूत गहेन्द्रराज राजभण्डारी, गैर आवासिय नेपाली संघ एनआरएनका केन्द्रिय उपाध्यक्ष भवन भट्ट, एनआरएन जापानका अध्यक्ष सुदन थापा लगायत विशिष्ट व्यक्तिको विभिन्न स्थानमा उपस्थिति रहेको थियो ।

राजधानी टोकियोको सिन्जुकुमा भएको धन्यवाद ज्ञापन कार्यक्रममा कावा राजदूत राजभण्डारी, सफल व्यवसायीको रुपमा समेत परिचित भवन भट्ट सहित एनआरएन जापान अध्यक्ष सुदन थापा स्वयंले जापानी नागरिकहरुलाई नेपाललाई गरेको सहयोगको लागि धन्यवाद सहित नेपाल भ्रमणको निम्तो दिनुभएको थियो ।

धन्यवाद सहित नेपाल भ्रमणको लागि बाँडीएको निमन्त्रणा पत्र लिंदै जापानीहरुले सहयोग लिएर धन्यवाद दिन यतिठूलो कार्यक्रम आयोजना गरिएकोमा खुशी हुँदै आभार प्रकट गरेका थिए ।

जापानीहरुले धन्यवाद दिन बसेका नेपालीहरुप्रति श्रद्धाभाव व्यक्त गर्दै गत बर्षको भूकम्पपछि नेपालको अवस्थाका बारेमा समेत जिज्ञासा राखेका थिए ।

नारा वा होहल्ला बिना शान्त रुपमा उपस्थित भएर शुभकामना र नेपाल भ्रमणको निम्तो दिन अधिकाशं ठाउँमा नेपाली पोशाक सहित नेपालीहरुको उत्साहजनक सहभागीता रहेको थियो ।

दिनको ठिक ३ देखी ४ बजेसम्म आयोजित कार्यक्रम तोकिएकै समयमा सुरु भएर तोकिएकै समयमा समापन हुनुका साथै शान्तिपूर्ण र सभ्य रुपमा सफल भएको पाइएको छ ।

जापानका मुख्य शहर टोकियो, सिन्जुकु, ईकिबुकुरो सहित नागोया, गुम्बाकेन लगायत ठाउँमा भएका कार्यक्रम भव्य रुपमा सफल भएको टपनेपालन्युजडटकमलाई प्राप्त जानकारीमा उल्लेख छ । यस्तै अन्य स्थानमा भएका कार्यक्रमहरु पनि भव्य रुपमा सफल भएको एनआरएन जापानले जानकारी दिएको छ ।

जापानभर भएका कार्यक्रमको विस्तृत विवरण भने एनआरएन जापान तथा नेपाली राजदूतावासले केहीदिनपछि जानकारी गराउने बताएको छ ।

आईपिएलको उपाधिका लागि बैंग्लोर र हैदरावाद भिड्दै

एजेन्सी,जेठ १६ । इण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको उपाधि भिडन्त आज हुदैछ । आईतवार हुने फाइनलमा रोयल च्यालेन्जर्स बैंग्लोर र सन राइजर्स हैदरावाद भिड्दैछन् ।छिन्नस्वामी क्रिकेट स्टेडियम बैंग्लोर पहिलो पटक पुगेको फाईनल यात्राको सदुपयोग गर्दै उपाधि हत्याउने दाउमा मैदान उत्रदै छ । हैदरावादको भने यो तेस्रो फाइनल यात्रा भएकाले उच्च बनोबलको साथ मैदान उत्रदै छ ।

बैंग्लोर कप्तान विराट कोहली, एबी डि भिलियर्स, क्रिस गेल र सेन वाट्सनजस्ता स्टार ब्याट्सम्यानहरुको साथ रहनेछ ।हैदरावाद यसअघि सन् २००९ र २०११ म फाइनल खेलेपनि उपाधि जित्न भने सकेको थिएन । तर, डेविड वार्नरको कप्तानीमा उत्रने हैदरावादले विराट कोहलीको टोलीलाई पराजित गर्दै पहिलो उपाधि रक्षा गर्ने दाउमा हुनेछ ।

बैंग्लोरले पहिलो प्ले अफको खेलमा गुजरात लायन्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । यता हैदरावाद भने दोस्रो प्ले अफमा कोलकत्ता नाइट राइडर्सलाई पराजित गर्दै क्वालिफायर राउण्डमा प्रवेश गरेको हो । फाइनल प्रवेशका लागि भएको क्वालिफायरमा पहिलो प्ले अफमा पराजित गुजरात लायन्सलाई पराजित गर्दै बैंग्लोरसँगको भेट पक्का गरेको हो ।

नेपाल र लाओसको मैत्रिपूर्ण फुटबल भिडन्त आज

काठमाडौं,जेठ १६ । अनिल गुरुङको कप्तानीमा नेपालले आज लाओससँग अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल खेल्दैछ । लाओसको भियनतानस्थित राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार आज साँझ सवा ५ बजे सुरु हुनेछ । यो फिफा मान्यता प्राप्त खेल हो । फिफा बरियतामा १८० औ स्थानमा रहेको नेपालले १७६ औ स्थानमा रहेको लाओसलाई हराएमा नेपालको फिफा र्‍यान्किङमा सुधार आउने छ ।

जापानी प्रशिक्षक ग्योतोकु कोजीले नेपाली टोलीको जिम्मेवारी समालेयता नेपालको यो पहिलो औपचारिक खेल हो । यसअघि उनको नेतृत्वमा नेपालले मलेसियाको २१ वर्ष मुनिको टोलीसँग मैत्रिपुर्ण खेल खेलेको थियो । आजको खेलमा चर्चित खेलाडीहरु भरत खवास, किरण चेम्जोङ लगायतले पनि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।

लामो समयसम्म नेपाली राष्ट्रिय फुटबल टोलीले खेल्ने औपचारिक प्रतियोगिता नभएकाले अखिल नेपाल फुटबल संघ एन्फाले मैत्रिपूर्ण खेललाई प्राथमिकता दिएको हो । विश्वकप छनोट र एसियन कप छनोटबाट बाहिरीसकेको नेपालले खेल्ने अर्को औपचारिक फुटबल प्रतियोगिता अर्को वर्ष बंगलादेशका हुने साफ च्याम्पियनसिप हो ।

कांग्रेसको धम्की -‘आर्थिक अनुशासन तोडेर ल्याइएको बजेट कार्यान्वयन हुँदैन’

काठमाडौं,जेठ १६ । नेपाली काँग्रेस संसदीय दल र केन्द्रीय समितिको संयुक्त  ‘आर्थिक अनुशासन तोडेर ल्याइएको आव २०७३-७४ बजेट कार्यान्वयन हुन नसक्ने निष्कर्ष निकालेको छ ।व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आइतबार बिहान बसेको बैठकले बजेटमा कार्यान्वयनका लागि नीतिगत एवम् संरचनागत व्यवस्था नभएकाले कोरा कल्पनामा सीमित हुने ठहर गरेको छ ।  छलफलमा नेताहरु विमलेन्द्र निधि, डा रामशरण महत, महेश आचार्य, डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत, भरतबहादुर खड्का लगायतले बजेटले मुद्रास्फीति बढाई अर्थतन्त्रलाई डाँवाडोल बनाउने बताए । बैठकपछि सञ्चाकर्मीसँग कुरा गर्दै नेता डा प्रकाशशरणले ‘आकार ठूलो भएको वितरणमुखी बजेटले उल्लेख गरे अनुसारको स्रोत जुटाउन नसक्ने भएकाले’ बजेट कार्यान्वयनमा चुनौती आउने बताए । कर्मचारीको तलब वृद्धि र सांसदको कोठा भाडा वृद्धिलगायत विषय राम्रै भए पनि यसले साधारण खर्च बढाउने एवम् महँगी बढ्ने नेताको भनाई छ । बजेटमा महंगी नियन्त्रण र उत्पादकत्व बढाउने ठोस आधार नभएकाले चुनावमुखी, पार्टीगत नारा एवम् सस्तो लोकप्रियताका लागि बजेटमा कार्यक्रम ल्याइएको उनीहरुले बताए ।

चालु आवमा पूर्वाधार र पुँजीगत खर्चका लागि छुट्याइएको बजेट अहिलेसम्म २० प्रतिशत पनि खर्च नभएकाले पनि आगामी आवको महत्वाकाङ्क्षी बजेट कार्यान्वयन नहुने धारणा बैठकमा नेताहरुले राखेको नेता रमेश लेखकले बताए । “आर्थिक वृद्धि खस्कँदो भएका बेला बजेटको आकार बढेकाले स्रोत जुटाउन गाह्रो छ, यसैले यसको कार्यान्वयन चुनौतीपूर्ण देखिन्छ, लोकप्रियताका लागि बजेटलाई अनावश्यक रुपमा ठूलो बनाइएको छ”–उनले बताए।

बजेटको आकार र प्राथमिकताको सूचना अघिल्लै दिन सञ्चारमाध्यमबाट सार्वजनिक भएकाले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नैतिक रुपमा राजीनामा दिनुपर्ने काँग्रेसको माग छ । पुँजीगत खर्चको क्षमता नबढाई यो बजेट कार्यान्वयन कोरा कल्पना हुने काँग्रेसको निष्कर्ष छ ।

सामाजिक सञ्जालमा छायो ‘आरिगात्तोउ निहोन्’

१६ जेठ, काठमाडौं ।
जापानमा रहेका नेपालीहरुले आज भूकम्पका समयमा नेपाललाई सहयोग गर्ने जापानी नागरिक र जापान सरकारलाई धन्यवाद दिंदैछन् ।

सार्वजनिक स्थानमा उभिएर धन्यवाद सहित नेपाल भ्रमणको निम्तो दिन लागिएको यो कार्यक्रम सामाजिक सञ्जालमा पनि व्यापक बनेको छ ।

जापानमा रहेका अधिकाशं नेपालीले फेसबुक, ट्विटर, गुगल प्लस जस्ता सञ्जालमा जापान र जापानी नागरिकलाई सम्वोधन गर्दै धन्यवाद दिएका छन् ।

जापानी भाषा राम्रोसँग जानेकाहरुले जापानी भाषामै अन्यले अँग्रेजी तथा नेपालीमा लेखेर आजको कार्यक्रमको लागि बनाइएको तस्विर सहित राखेर धन्यवाद दिएका छन् ।

आफ्ना जापानी साथि तथा समकक्षीहरुलाई समेत जोडेर जापानका लागि कार्यवाहक राजदूत गहेन्द्रराज राजभण्डारी सहित सबै तह र तप्काका नेपालीले शुभकामना बाँडी रहेका छन् ।

कावा राजदूत राजभण्डारीले दिनको ३ देखी ४ बजेसम्म हुने धन्यवाद ज्ञापन कार्यक्रममा सहभागी भइदिनुहुन जापानमा रहेका सबै नेपालीहरुलाई अनुरोध सहित यस्तो लेख्नुभएको छ ।
भोलि मे २९ मा दिनको ३ देखि ४ बजेसम्म जापानका विभिन्न शहरहरुमा
निर्धारित THANK YOU JAPAN- PLEASE VISIT NEPAL कार्यक्रम सम्पूर्ण नेपालीको साझा कार्यक्रम भएकोले यसलाई शिष्ट, शालिन, शव्य तथा भव्यरुपमा मर्यादित तथा अनुशासित भई सफल बनाउन सबैमा हार्दिक अनुरोध छ ।

नेपाली राजदूतावास जापान, नेपाल पर्यटन बोर्ड र गैर आवासिय नेपाली संघ जापानको संयुक्त प्रयासमा हुन लागेको कार्यक्रम जापानभर ५० ठाउँमा हुँदैछ ।

कार्यक्रममा सहभागीता जनाउन अनुरोध सहित एनआरएन जापान अध्यक्ष सुदन थापाले सबैमा कार्यक्रममा उपस्थितिको अनुरोध सहित कार्यक्रम हुने स्थानहरुको बारेमा विस्तृत जानकारी आफ्नो फेसबुकपेजमा फोटो समेत राख्नुभएको छ ।

यस्तै विभिन्न संघ संस्था सहित जापानमा रहेका सबै नेपालीहरुले समेत फेसबुकमा तस्विर सहित कार्यक्रममा उपस्थितिको लागि अनुरोध सहित जापान र जापानी नागरिकलाई धन्यवाद व्यक्त गरेका छन् ।

सार्वजनिक स्थानमा उभिएर दिन लागिएको धन्यवाद कार्यक्रम सामाजिक सञ्जालमय समेत बन्दा कार्यक्रम थप सफल हुने अपेक्षा आयोजकले राखेको छ ।

आउनुहोला है ! यि ठाउँमा हुँदैछ 'धन्यवाद जापान' कार्यक्रम

आउनुहोला है ! यि ठाउँमा हुँदैछ 'धन्यवाद जापान' कार्यक्रम – See more at: https://topnepalnews.com#sthash.oyWjAwg7.dpuf

बजेट भाषण पछि ‘ब्ल्याक स्टोन’को सटिक व्यंग्य सहितको नेपाल यात्रा

‪#‎मेचीमहाकाली_बुलेट_रेलवे‬ अन्तर्गत "चितवन स्टेसन" मा रेल राेकिएकाे थियाे । मैलै साथीलाई झ्यालबाट बाहिर देखाएर भने – "याे १२० तले भवन ‪#‎एमालेकाे_केन्द्रीय_कार्यालय‬ हाे ।" मैले रेलकाे TTE लाई साेधेँ – झापा पुग्न अब कति लाग्छ? उसले भन्याे – अब १ घन्टा । त्यत्राे लाग्छ? म अतालिएँ ।

छेउमा एउटा खैरे बसेकाे थियाे । साेधेँ – कहाँसम्म ??
उसले भन्याे – "नेपालकाे P.R पाइएन, अाफ्नै देश ‪#‎अमेरिका‬ फर्किँदैछु । एकपटक विश्वकै ठूलो पानीजहाज हेरूँ कि भनेर झापा हिँडेकाे ।

अर्काे डिब्बाबाट धार्मिक अावाज अायाे – "राधेराधे भन्ने हामीलाई लाइराछ ।" गएँ, ‪#‎हिसिलासहित_बाबुराम‬ भट्टराई रहेछन् । डाक्टर बाेले – "अाेलीले उठिबास लाइहाले, कुम्लाे-कुटुराे बाेकेर हरिद्वार हिँडेकाे । गङ्गाका छेउमा कीर्तन गरेर बस्ने बिचार छ ।" हिसिला च्याँठ्ठिइन् – "प्रटिगामी टट्वले गरिखान डिएन ।"

झापा पुगियाे ।

नेपालले ठाडै हस्तक्षेप गरेर ३ वर्षमा ९ वटा सरकार ढलाइदिएकाे हुनाले भारत हैरान भएर, नेपाललाई खुशी पार्न अाफ्नाे "पश्चिम बंगाल" प्रदेश उपहारमा दिएकाे थियाे । मन्जुश्रीले चाेभारकाे डाँडाे काटेझैँ, अाेली सरकारले ‪#‎समुद्रको_पानी_झापासम्म‬ ल्याएकाे रहेछ ।

नेपाली ‪#‎झण्डा‬ "फरररररररर" पार्दै ठुलाे ‪#‎पानीजहाज‬ छुट्याे । जल-यातायात कार्यालयले जानकारी गरायाे – "अवैध बसाेबास गरेका अष्ट्रेलियाली नागरिकलाई फिर्ता पठाइयाे ।"

तिर्खा लाग्याे, ‪#‎सार्वजनिक_धारामा‬ गएँ । तीनवटा टुटी रहेछन् – पानी, दूध र रक्सीका । ३ गिलाँस रक्सी तन्काएँ । अाराम भयाे ।

त्यसपछि, ‪#‎झापाबाट_केवलकारमा‬ ३० मिनेटकाे यात्रामा ताप्लेजुङ पुगियाे । ‪#‎अपिकञ्चनजंघा_हिमाली_राजमार्गकाे‬ ८ लेनकाे नागबेली बाटाे, सार्वजनिक गाडीमा म राराताल तिर लागेँ । गाडीमा छेउमा बसेका जुङ्गावालाले अाफ्नाे परिचय दिए – मने! म ‪#‎प्रचण्ड‬ । ‪#‎दस_हजार‬ मेगावाटको ‪#‎कर्णाली_हाइड्रोपावर‬" उद्घाटन गर्ने अाेलीजीकाे हुकुम छ, साे त्यतै हिँडेकाे ।

अर्काेपट्टि हातमा ‪#‎फुटेकाे_घैँटाे‬ लिएका एक युवा र दुइचार जना बुढाहरू झाेक्र्याउँदै थिए । मैले साेधेपछि युवाले परिचय दिए – म ‪#‎गगन_थापा‬ । यिनी ‪#‎रामचन्द्र‬, उनी ‪#‎शेरबहादुर‬, त्याे चश्मे चाहिँ ‪#‎रामशरण‬ महत । काठमाडौंमा चुनावमा उठेकाे, नराम्ररी हारियाे, सबैकाे धराैटीसमेत_जफत भाे । विरक्त लागेर मानसराेवर दर्शन गर्न हिँडेकाे हामी त ।

अलिपर पुगेपछि ठुलाठुला ‪#‎पाइप_लाइन‬ देखिए । गाडि राेक्याे, ४ जना निख्खर ‪#‎काला_मधेशीहरू‬ चढे । मैले भनेँ – रामराम भैया ! उनीहरूले हात जाेडे – "रामराम हजुर । अाेलीजीले ‪#‎देशनिकाला‬ गर्ने भनिहाल्नुभाे, बल्लबल्ल हाथ जाेडेर फकाएपछि पाइपलाइन मर्मत गर्ने काम दिएर यहाँ पहाडमा पठाइ हाल्नुभाे । मैले साेधेँ, याे केकाे पाइप हाे? एउटा बाेल्याे – "दैलेखकाे पेट्रोल चाइना बेच्न लाने पाइप हाे हजुर ।"
म बाेलेँ – परिचय पाउँ न, सबै पालैपालो बाेले – म ‪#‎सीके‬ रावत, म ‪#‎उपेन्द्र‬ यादव, म ‪#‎राजेन्द्र‬ महताे, म ‪#‎महन्थ‬ ठाकुर ।

दैलेखबाट भर्खर म काठमाडौ ओर्लिए, आधा घण्टामै मेचीमहाकाली_बुलेट_रेलले काठमाडौंमा-ल्याइपुरायो, ‪#‎काठमाडौं‬ पुरै फेरिएछ । म सिधै मेट्रो चढेर लागे साथीको कोठातिर ।

साथिको ‪#‎AC‬ Room मा आराम गर्दै मैले सोधे, #AC महङ्गो हुदैन ? साथिले मन्द मुस्कानका साथ भने, ‪#‎हावाबाट‬ निकालेको बिजुली हो धेरै सस्तो छ । ‪#‎हामी‬ #धरहरा घुम्न निस्कियौ। धरहराको #चौथो तल्ला सम्म गाडीहरू खचाखच Parking गरिएका थियो । दसौं तल्लाबाट काठमाडौं नियाली सकेपछी हामी केबलकार बाट श्यम्भु हान्नियौ । काठमाडौं साच्चिकै बिचित्र थियो ।

#ओलीको भाषणको प्रभाव कतिसम्म परेछ, #हैट्

सुमन श्रेष्ठ को फेसबुक वालबाट साभार

बिदेशमा हुने नेपालीलाई बजेटमा के छ ?

१६ जेठ, काठमाडौं ।
सरकारले आर्थिक बर्ष २०७३र७४ को लागि भन्दै हिजो संसदमा १० खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँको बजेट भाषण गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेट अनुसार चालु खर्चतर्फ ६ अर्ब १७ करोड र पुँजिगत तर्फ ३ खर्ब ११ अर्ब ९४ करोड बजेट छुट्याइएको छ ।

करिव साँडे १० खर्बको बजेटमा प्रवासमा रहेका गैर आवासिय नेपालीसँग सरोकार राख्ने महत्वपूर्ण बुँदाहरु यस्ता छन् ।

प्रवासमा रहेका नेपाली नागरिकहरुले नेपालमा हुने संघ, प्रदेश र स्थानीय तहका निर्वाचनमा मतदान गर्न पाउने !

बैंक मार्फत विप्रेषण प्राप्त भएको प्रमाण सहित घर जग्गा खरिद गरेमा लाग्ने रजिस्ट्रेशन शुल्कमा २५ ५ छुट दिने ब्यबस्था !

समस्यामा परेका नेपालीहरुको उद्धारकालागि विदेशस्थित नेपाली नियोगहरुमा द्रुत उद्दार टोलि परिचालन गरिने !

राहदानी प्राप्त गर्न अन लाइन मार्फत निबेदन दिन सकिने !

ई-पासपोर्ट जारि गर्न आवस्यक पूर्वाधार तयार गरिने !

ओमान, लेबनान जोर्डन र मलेसियासंग श्रम सम्झौता गरिने !

सरकार संलगन आकर्षक प्रतिफल दिने जलबिद्युत आयोजना निर्माणमा गैरआवासीय नेपालीहरुले समेत शेयरमा लगानी गर्न पाउने ब्यबस्था !

बैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरुको शिप र कार्य दक्षताको परिक्षण गरी प्रमाण पत्र दिने ब्यबस्था !

नेपाल बायु सेवा निगमको २ वटा प्लेन थपिने १ आदि….

पहाडिया मण्डलेका कारण मुलुक विखण्डनको खतरामा : मातृका यादव

राजविराज,जेठ १६ ।  पहाडिया मण्डले शासकहरुका कारण मुलुक विखण्डनको खतरामा रहेको धारणा नेकपा माओवादी केन्द्र, हेटक्वार्टर सदस्य मातृकाप्रसाद यादवले राखेका छन् । आसन्न आधिकारिक ट्रेड युनियन निर्वाचनको सन्दर्भमा राष्ट्रिय कर्मचारी संगठनले शनिबार राजविराजमा आयोजना गरेको अन्र्तक्रियामा उनले सो धारणा राखेका हुन् ।

पहाडी शासकले नै अहिले सिके राउतलाई उक्साएको मधेसीलाई दास बनाउन खोजेको आरोप लगाउँदै यादवले भने, ‘ तर अब मधेसी जनता दास बन्न चाहँदैन, विद्रोह गरेर आफ्ना अधिकार लिएरै छाड्छ ।’ मधेसको समस्या केवल मधेसको मात्र नभई देशकै समस्या हो ।’ उनले भने आजको राजधानी दैनिकमा खबर छ  ।

अहिलेको बजेट सत्ता टिकाउने खेलः बाबुराम

काठमाडौं,जेठ १६ ।  नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले अर्थमन्त्री विष्णु पौडेलद्वारा पेस गरिएको बजेज केही सकारात्मक र केही नकारात्मक भनी टिप्पणी गरेका छन् । उनले सामाजिक सुरक्षा भत्ता बढाउनु सकारात्मक रहेको तर सांसद कोषको रकम बढाउनु दःखद भएको बताएको आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

सरकार परिवर्तन भए पनि राम्रो सुरुवात गरेको थियौं भन्ने ढंगले केही कार्यक्रम राम्रौ र महत्वकांक्षी पनि ल्याइएको छ । केही अन्तरविरोधी प्रकृतिका पनि छन्, पूर्वप्रधानमन्त्री समते रहेका उनले भने, मसँग परामर्श लिँदा मैले भनेको थिएँ पूर्वाधारमा जोड दिनुपर्छ भनेर । पूर्वाधारका क्षेत्रमा रहेका कार्यक्रमहरु सकारात्मक नै छन् । सामाजिक भत्ता बढाउनु पनि सकारात्मक नै छ ।

तर सांसदको रकम बढाइएको छ जुन अधिल्ला वर्षमा पनि दुरुपयोग भइरहको छ । त्यो चाँहि सांसदलाई खुसी पार्न र सरकार टिकाउने खेल हो । त्यो बेठीक भयो उनले भने । पूर्वलडाकुलार्य निद बाँकी रहेको पैसा दिने कार्यक्रमको पनि उनले स्वागत गरे ।

रियल मड्रिडलाई ११ औं पटक च्याम्पियन्स लिगको उपाधि

एजेन्सी,जेठ १६ ।  रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा छिमेकी क्लब एथ्लेटिको मड्रिडलाई पेनाल्टीमा ५–३ ले हराउँदै रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको उपाधि उचालेको हो ।यो सँगै रियल मड्रिडले अहिलेसम्म ११ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । मिलानमा भएको फाइनलको  निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको खेल  १-१ को बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा रियलले बाजी मार्यो । रियल मड्रिडका लागि क्रिष्टियानो रोनाल्डोले विजयी पेनाल्टी गोल गरे ।

रियल मड्रिडले पहिलो हाफमा निकै राम्रो प्रदर्शन गरेको थियो । सुरुका सात पेनाल्टीमा लगातार गोल भएको थियो । त्यसमा रियल मड्रिडले चार गोल गरेको थियो भने एथ्लेटिको तीन गोल थियो । एथ्लेटिकोका लागि चौंथो पेनाल्टी प्रहार गर्न आएका  वानफ्रान चुके । त्यसपछि रोनाल्डोले निर्णायक पेनाल्टीमा गोल गर्दै रियलको जित सुनिश्चित गरे । स्पेनिस ला लिगामा बार्सिलोना भन्दा एक अंकले पछि पर्दै उपविजेतामा सीमित भएको रियल मड्रिडले यो सिजन युरोपको प्रतिष्ठित च्याम्पियन्स लिगको उपाधि उचाल्यो । यसअघि सन् २०१४ मा पनि रियलले एथ्लेटिको मड्रिडलाई नै हराएर उपाधि जितेको थियो । एथ्लेटिको मड्रिड भने अहिलेसम्म तीन पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेर पनि उपाधि जित्न सकेको छैन । उपाधिसँगै रियलका प्रशिक्षक जिनेदिन जिदान खेलाडी र प्रशिक्षकका रुपमा च्याम्पियन्स लिग जित्नेहरुको सिमित सूचीमा थपिएका छन् । उनले सन् २००२ मा रियलबाटै खेल्दै च्याम्पिन्स लिग जितेका थिए ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web