<p><span style="line-height: 1.42857143;">काठमाडौं,जेठ १६ । बाराबाट अपहरणमा परेका व्यापारी सुरेश केडिया अपहरणमुक्त भएका छन् । बिहीबार साँझ अपहरणमा परेका केडियालाई नेपाल प्रहरी र भारतीय प्रहरीको संयुक्त टोलीले बिहारको मोतिहारीबाट सकुशल अपहरण मुक्त गरेको छ। व्यापारिक कामले बाराको बरियारपुर जाँदा उनलाई भारतीय नम्बर प्लेटको गाडीमा आएका व्यक्तिले चालकलाई गोली हानि अपहरण गरेका थिए । </span><span style="line-height: 1.42857143;">भारतीय सञ्चारमाध्यमहरुले पनि केडियालाई अपहरणमुक्त गरिएको बताएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी केशव घिमिरेले पनि व्यापारी केडिया अपहरणमुक्त भएको सुनिएपनि यसबारे थप प्रष्ट हुन बाँकी रहेको बताए ।</span></p><p> </p>
16.12¡ÆC