सामाजिक सञ्जालमा छायो ‘आरिगात्तोउ निहोन्’

जेष्ठ १६, २०७३ 2016-05-29 मा प्रकाशित
Published at 2016-05-29

1805 views

१६ जेठ, काठमाडौं ।
जापानमा रहेका नेपालीहरुले आज भूकम्पका समयमा नेपाललाई सहयोग गर्ने जापानी नागरिक र जापान सरकारलाई धन्यवाद दिंदैछन् ।

सार्वजनिक स्थानमा उभिएर धन्यवाद सहित नेपाल भ्रमणको निम्तो दिन लागिएको यो कार्यक्रम सामाजिक सञ्जालमा पनि व्यापक बनेको छ ।

जापानमा रहेका अधिकाशं नेपालीले फेसबुक, ट्विटर, गुगल प्लस जस्ता सञ्जालमा जापान र जापानी नागरिकलाई सम्वोधन गर्दै धन्यवाद दिएका छन् ।

जापानी भाषा राम्रोसँग जानेकाहरुले जापानी भाषामै अन्यले अँग्रेजी तथा नेपालीमा लेखेर आजको कार्यक्रमको लागि बनाइएको तस्विर सहित राखेर धन्यवाद दिएका छन् ।

आफ्ना जापानी साथि तथा समकक्षीहरुलाई समेत जोडेर जापानका लागि कार्यवाहक राजदूत गहेन्द्रराज राजभण्डारी सहित सबै तह र तप्काका नेपालीले शुभकामना बाँडी रहेका छन् ।

कावा राजदूत राजभण्डारीले दिनको ३ देखी ४ बजेसम्म हुने धन्यवाद ज्ञापन कार्यक्रममा सहभागी भइदिनुहुन जापानमा रहेका सबै नेपालीहरुलाई अनुरोध सहित यस्तो लेख्नुभएको छ ।
भोलि मे २९ मा दिनको ३ देखि ४ बजेसम्म जापानका विभिन्न शहरहरुमा
निर्धारित THANK YOU JAPAN- PLEASE VISIT NEPAL कार्यक्रम सम्पूर्ण नेपालीको साझा कार्यक्रम भएकोले यसलाई शिष्ट, शालिन, शव्य तथा भव्यरुपमा मर्यादित तथा अनुशासित भई सफल बनाउन सबैमा हार्दिक अनुरोध छ ।

नेपाली राजदूतावास जापान, नेपाल पर्यटन बोर्ड र गैर आवासिय नेपाली संघ जापानको संयुक्त प्रयासमा हुन लागेको कार्यक्रम जापानभर ५० ठाउँमा हुँदैछ ।

कार्यक्रममा सहभागीता जनाउन अनुरोध सहित एनआरएन जापान अध्यक्ष सुदन थापाले सबैमा कार्यक्रममा उपस्थितिको अनुरोध सहित कार्यक्रम हुने स्थानहरुको बारेमा विस्तृत जानकारी आफ्नो फेसबुकपेजमा फोटो समेत राख्नुभएको छ ।

यस्तै विभिन्न संघ संस्था सहित जापानमा रहेका सबै नेपालीहरुले समेत फेसबुकमा तस्विर सहित कार्यक्रममा उपस्थितिको लागि अनुरोध सहित जापान र जापानी नागरिकलाई धन्यवाद व्यक्त गरेका छन् ।

सार्वजनिक स्थानमा उभिएर दिन लागिएको धन्यवाद कार्यक्रम सामाजिक सञ्जालमय समेत बन्दा कार्यक्रम थप सफल हुने अपेक्षा आयोजकले राखेको छ ।

आउनुहोला है ! यि ठाउँमा हुँदैछ 'धन्यवाद जापान' कार्यक्रम

आउनुहोला है ! यि ठाउँमा हुँदैछ 'धन्यवाद जापान' कार्यक्रम - See more at: https://topnepalnews.com#sthash.oyWjAwg7.dpuf

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.