काठमाडौं,जेठ १६ । नेपाल र लाओसबिचको मैत्रीपूर्ण फुटबल बराबरीमा सकिएको छ । लाओसको भियनतानस्थित राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार साँझ सवा ५ बजे खेल सुरु खेल १-१ को बराबरी सकिएको हो । लाओसमा भएको खेलमा नेपालले पहिलो अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा बरीबरीमा चित्त बुझाउनु पर्यो । ७७ औं मिनेटमा विशाल राईले गोल गरेको भएपनि त्यसको २ मिनेट पनि नवित्तै लाओसले बराबरी गोल फर्काएको थियो ।

जापानी प्रशिक्षक ग्योतोकु कोजीले नेपाली टोलीको जिम्मेवारी सम्हालेयता नेपालको यो पहिलो औपचारिक खेल हो । यसअघि उनको नेतृत्वमा नेपालले मलेसियाको २१ वर्ष मुनिको टोलीसँग मैत्रिपुर्ण खेल खेलेको थियो । यसैगरी चर्चित खेलाडीहरु भरत खवास, किरण चेम्जोङ लगायतले पनि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । लामो समयसम्म नेपाली राष्ट्रिय फुटबल टोलीले खेल्ने औपचारिक प्रतियोगिता नभएकाले अखिल नेपाल फुटबल संघ ९एन्फा०ले मैत्रिपूर्ण खेललाई प्राथमिकता दिएको हो । नेपालले एक महिनाअघि मलेसियाको २३ वर्षमुनिको टोलीसँगको खेल पनि १–१ को बराबरी गरेको थियो । त्यसअघि नेपालले भारतमा भएको सागको फुटबलको फाइनलमा भारतलाई हराएर स्वर्ण जितेको थियो भने बंगलादेशमा भएको बंगबन्धु गोल्डकपको फाइनल पनि जितेको थियो ।

18.12¡ÆC