पप्पु गुरुङ्ग-१७ जेठ, कञ्चनपुर ।

महाकाली नदीपारिको दोधारा चाँदनी नगरपालिकाको बडवाल टोल अर्थात शिवनगर टोल भारतीय हात्ती र जोगबुडाको बाढीले बसेर्नी सताईरहेको छ । शिवनगरमा रात परेपछि गाउ संगै जोडिएको भारतीय जङ्गलबाट कुन बेला हात्तीको लस्कर आउने पत्तो नै हुदैन । स्थानीयवासी चन्द्र लोहार भन्छन् , “रात परे पछि भोलि सम्म बाँचिने हो कि होइन भन्ने चिन्ताले सताउछ, रात परे पछि हात्तीको समूह भारतीय जङ्गलबाट गाउमा आउछ, कहिले काही त बाघ, भालु, अर्ना समेत आउछ ।”

एक वर्ष अघि हात्तीको समूहले आक्रमण गर्दा स्थानीयवासी बल बहादुर थापाको मृत्यु भए पछि गाउँले थप आतङ्कित भएका हुन् । त्यस बेला हात्तीले आक्रमण गरी २६ घर समेत भत्काइदिएको थियो । एका तर्फ हात्तीबाट आतङ्कित भएका टोलवासी वर्षामा जोगबुढा नदीको बाढीबाट थप पीडित हुन्छन् । प्रत्येक वर्ष जस्तो वर्षायाममा बाढी यो टोलमा पस्छ । टोलको पारि पट्टिको भागमा जोगबुडामा जालीतार बाँधिए पनि गाउ तर्फका भागमा त्यो सुरु नगरिएको गाउलेको गुनासो छ । स्थानीयवासी बुद्धिदेवी सुनार भन्छिन्छ, “यताबाट हात्तीले सताउछ, उताबाट जोगबुढाको बाढीले सताउछ, हामी गाउले सधै भरि रोएरै बस्नुपर्ने भो ।” बडुवाल टोल समेत भनेर चिनिने यो गाउमा १२५ घरमा ६६९ जनाको बसोबास छ ।

विद्युत्तको पहुच नभएको टोलमा अधिकांश दलित समुदायको बस्ती छ । न्यून आय भएका गाउँलेको मुख्य आय स्रोत भारतमा गएर मजदुरी गर्ने र गाउमा खेती किसानी गर्ने हो । गाउलेको कच्ची घर भएका कारण हात्ती आएर घर भत्काइदिन्छ, लगाएका अन्नबाली खाइदिन्छ, कुल्चिदिन्छ । यो टोलबाट प्रवेशिका उत्तीर्ण गर्ने कोही नहुनाले पनि गाउ आर्थिक र सामाजिक रुपमा पिछडिएको पुष्टि गर्छ । हात्तीले हानेर चालिस वर्षीय प्रेम क्षेत्रीको छ वटा करङ भाँचिदियो । भारतको पिलिभित लगेर उपचार गरिए पनि पूर्ण रुपमा निको नभए पछि अहिले उनी अपाङ्ग जीवन जिउदै पसल चलाएर गुजारा चलाइरहेका छन् । एउटा हात्ती आउदा सम्म त गाउलेले केही मान्दैनन् मिलेर लखेट्छन् तर कहिले काही ५०-६० को हुलका हुल हात्ती आउदा उनीहरु संग ज्यान जोगाउन भाग्नाको विकल्प हुदैन ।

एका तर्फ लगाइएका गहुँ, मकै, धान जस्ता सबै अन्नबाली हात्तीले कुल्चने र खाएर नष्ट गरिदिने, अर्का तर्फ बाढीले बगाइदिने समस्याले गाउलेको वर्ष भरिको मिहिनेत खेर जाने र खाद्यान्न किनेर खानुपर्ने बाध्यता सिर्जना गरिदिएको छ । केही समय अघि किसन थापाको घर पनि हात्तीले भत्काइदियो । अहिले भारत गई कमाएर ल्याएका पैसाले फेरि घर बनाउदै गरेका थापालाई फेरि कुन दिन आएर भत्काइदिने हो भन्ने चिन्ताले पिरोलिरहेको छ । बुद्धि सुनार र सीता सुनारको घर भत्काइदिए पछि कमाएर फेरि भत्काएको घर बनाउने भन्दै भारत तर्फ रोजगारीका लागि गएका छन् । सशस्त्र हिंसा न्यूनीकरण तथा सामुदायिक सुरक्षा सबलीकरण परियोजनाले हात्तीबाट बचाउन भन्दै केही महिना अघि तीन सायरन गाउलेलाई वितरण गर्यो । अहिले हात्ती आउदा सोलारबाट चल्ने सो सायरन गाउलेले बजाउछन् ।

यसले सबैलाई सतर्क बनाउछ र क्षति हुनबाट बचाएको छ । परियोजनाका सहजकर्ता अमिर तिरुवा भन्छन्छ, “हामीले सुरुमा सायरन बजेपछि गाउले सुरक्षित होऊन् र भाग्न सकून् भनेर जोडेका थियौ तर पछि हात्ती आउँदा सायरन बजाए पछि त्यसको आवाजले हात्ती भाग्न थालेपछि दोहोरो काम भयो ।” पहिलेको तुलनामा अहिले हात्ती आउन कमी भएको छ तर दात भाचिएको एउटा हात्ती अहिले पनि नियमित रुपमा गाउमा प्रवेश गर्ने गरेको गाउले बताउछन् ।

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र वीर विक आफू यस क्षेत्रमा आय पछि सुरुआती केही महिना प्रत्येक दिन रातभर शिवनगर गाउमा प्रहरी टोली गस्तीका लागि पठाउनुपर्ने बाध्यता रहेकामा अहिले केही घटेको बताए । उनले भने, “रात परेपछि हात्ती आयो आयो भनेर गाउलेको फोन आइहाल्थ्यो, प्रत्येक दिन जसो एउटा टोली छुट्टै यही गाउका लागि खटाउनु पर्ने बाध्यता थियो ।”

काठमाडाैं । नेपाली राजनीतिको इतिहासमा एक रहस्यमय घटनाको रुपमा रहेको दरबार हत्याकाण्ड भएको १५ वर्ष पुरा हुँदैछ । यस विषयमा आजसम्म सत्यतथ्य खुल्न सकेको छैन । आम मानिसहरु आजपनि इतिहासको त्यो तितो क्षणलाई स्मरण गरिरहेका छन् । यसैविषयमा नेपाल साप्ताहिकले विशेष रिपोर्ट प्रस्तुत गरेको छ । नेपाल साप्ताहिकमा प्रकाशित आलेखका अनुसार लेखकहरूले पत्यारिलो निष्कर्ष सार्वजनिक गर्नुपर्ने धारणा व्यक्त गरेका छ्न् ।

यसै विषयमा नेपाल ल क्याम्पसका क्याम्पस प्रमुख, कर्णबहादुर थापाले राज्यले चाहेमा गर्न नसक्ने केही छैन भनेका छन् । उनले नेपालको राजनीतिक इतिहास नै हेरफेर गर्ने खालको घटना भएका कारण पनि यसको सही र पत्यारिलो निष्कर्ष सार्वजनिक गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

प्रस्तुत छ नेपाल साप्ताहिकमा प्रकाशित नारायणहिटी राजदरबार हत्याकाण्डको प्रत्यक्षदर्शीहरुको नामावाली :

प्रत्यक्षदर्शीहरु

कोमल राज्यलक्ष्मी देवी शाह

शोभा शाही

पारस वीरविक्रम शाह

हिमानी राज्यलक्ष्मी देवी शाह

पूजा राज्यलक्ष्मी देवी शाही

शीताष्मा राज्यलक्ष्मी देवी शाह

दिलासा राज्यलक्ष्मी देवी शाह

प्रेरणा राज्यलक्ष्मी देवी शाह

गोरखशमशेर जबरा

महेश्वरकुमार सिंह

केतकी चेस्टर

डा राजीव शाही

शाही पाश्र्ववर्ती र ड्युटीमा खटिएका अन्य व्यक्ति

महासेनानी सुन्दरप्रताप राना

सेनानी अनन्तकेशर सिंह

सेनानी गजेन्द्र बोहरा

सह–सेनानी चक्र शाह

क्या पवन खत्री

सह–सेनानी प्रफुल्ल विक्रम शाह

प्यूट रामकृष्ण केसी

शाही अर्दली रामकृष्ण केसी

व्वाइज शान्तबहादुर खड्का

व्वाइज बच्चुराम केसी

द्वारेआमा जमुना अधिकारी

भान्से बाजे गोपाल देवकोटा

हुद्दा खेमराज आचार्य

सिपाही लीलाबहादुर गुरुङ

सेनानी राजुकुमार कार्की

महासेनानी केशवराज महत

सेनानी विष्णु खड्का

सह–सेनानी झमान सिंह थापा

सह–सेनानी टेकविक्रम मल्ल

सुबेदार लक्ष्मण खत्री

हुद्दा धु्रवराज आचार्य

अमल्दार देवीराम ज्ञवाली

अमल्दार विदुरकुमार बस्नेत

प्यूठ लक्ष्मण गौतम

सिपाही टंकबहादुर गोले

सिपाही अर्जुन पौडेल

सिपाही एकनारायण शर्मा

सिपाही केदार कार्की

सिपाही भवानीशंकर ढकाल

सिपाही मनबहादुर पराजुली

सिपाही परशुराम खत्री

सिपाही विष्णुबहादुर खत्री

सिपाही बालकृष्ण न्यौपाने

सिपाही राजेश

सिपाही वीरेन्द्रकुमार श्रेष्ठ

सिपाही इन्द्रप्रसाद देवकोटा

सिपाही गीताबहादुर खड्का

सिपाही कमलबहादुर रोका

सिपाही कपिल थापा

सिपाही देवनारायण पौडेल

सिपाही शालिकराम क्षत्री

सिपाही ठाकुरप्रसार न्यौपाने

उपसेनानी काले कार्की

हवल्दार मनबहादुर खत्री

हुद्दा नवराज सापकोटा

हवल्दार भरतबहादुर थापा मगर

छत्रध्वज बोगटी

अमल्दार लोकबहादुर कार्की

सिपाही कृष्णप्रसाद पोखरेल

सिपाही रामकुमार केसी

सिपाही रवीन्द्रविक्रम खाँड

सिपाही रामबहादुर पाण्डे

सिपाही रामचन्द्र शर्मा

सिपाही तीर्थ लुइँटेल

हवल्दार पदमबहादुर तामाङ

तत्कालीन अवस्थामा अन्य जिम्मेवार अधिकारी

ब्रिगेडियर टीका धमला

मुख्यसचिव तीर्थमान शाक्य

प्रमुखसचिव पशुपतिभक्त महर्जन

सैनिक सचिव उपरथी विवेक शाह

दीपेन्द्रका निजी सचिव सौजन्यकुमार सुल्प्य जोशी

गृहसचिव श्रीकान्त रेग्मी

प्रधानसेनापति प्रज्ज्वलशमशेर जबरा

सहसेनानी माधव भण्डारी

टेलिफोन सम्पर्कबाट जोडिएका

देवयानी राज्यलक्ष्मी राणा

सुप्रिया शाह

काठमाडौं,जेठ १७ । राणाविरुद्ध लड्न गिरिजाप्रसाद कोइरालाले तमसुक गरेर लिएको बन्दुक फिर्ता नआएपछि त्यसका धनी साढे ६ दशकदेखि खोजिमा छन् । २००३ सालमा जहानियाँ राणा शासनविरुद्ध नेपाली कांग्रेसले सशस्त्र आन्दोलनको घोषणा गर्यो । जनक्रान्तिकै लागि कांग्रेसले देशै भरिबाट हातहतियार र सेना एकट्ठा गर्न थाल्यो । क्रान्तिकै शिलशिलामा २५ पुस २००७ मा कांग्रेसका तत्कालिन पोलिटिकल कमिसनर गिरिजाप्रसाद कोइरालाले धरान जुद्धनगर (हालको नयाँबजार)का सूर्यनारायण श्रेष्ठको नाममा रहेको ‘एकनाले ५ फायर भाजर’ बन्दुक जनक्रान्ति सफल भएपछि फिर्ता दिने सर्तमा कवुलनामा गरी लिएर गए । त्यसको डेढ महिना नपुग्दै अर्थात ७ फागुन २००७ मा सशस्त्र क्रान्तिकै आडमा नेपालमा प्रजातन्त्र आयो ।

प्रजातन्त्र आएसँगै कांग्रेसले छेडेको सशस्त्र आन्दोलन थामियो । जनक्रान्ती सफल भएता पनि लडाइँका लागि लगिएको सूर्यनारायणको बन्दुक सर्तअनुसार फिर्ता आएन । आज ६५ वर्षपछि पनि गिरिजाप्रसादले लगेको उक्त बन्दुक पाउने आसमा उनका दरसन्तान छन् । त्यसबेला कोइरालाले सूर्यनारायणका जेठा दाइ जयनारायणबाट मोरङ गोस्वारामा दर्ता नम्बर ४० रहेको बन्दुक र त्यसको २५ ओटा गोली भर्पाइमा हस्ताक्षर गरी बुझेका थिए । सूर्यनारायणका नाति, अर्थात २०३० सालमा राजाको सवारीमा बम प्रहार गरेको आरोप लगाएर मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठका जेठा छोरा मनोजनारायणले त्यो भर्पाइ उनको संग्रहालयमा सुरक्षित राखेका छन् । ‘बन्दुक फिर्ता पाउँ भन्दै बाजेले उतिबेलाका धेरै आईजीपीहरूलाई समेत पटक–पटक चिठी लेख्नु भयो, तर फिर्ता भएन ।’ त्यसरी लेखिएका पत्रका छाया प्रति देखाउँदै मनोजले भने ।

तत्कालिन आईजीपीहरूलाई लेखिएका पत्रमा सूर्यनारायणले बन्दुक फिर्ता नदिने हो भने, ‘परेको मोल’ २५ सय भारु दिनु, भर्पाइ चाहिए त्यो पनि देखाउँला‘ भनी उल्लेख गरेका छन् । बन्दुक लिएको ४४ वर्षपछि अर्थात २०५१ सालको मध्यावधि निर्वाचनका बेला तत्कालिन प्रधानमन्त्रीसमेत रहेका कोइराला सहिद भीमनारायणको परिवारलाई भेट्न धनकुटा सदरमुकामस्थित घरैमा पुगे । मनोजले भने, ‘त्यसबेला पनि बाजेले गिरिजाबाबुसँग भर्पाइ देखाएरै बन्दुक माग्नु भयो ।’ भर्पाइ पढेर रोमाञ्चित भएका कोइरालाले तत्कालिन क्रान्तिका डरलाग्दा, रहस्यमय र केही रमाइला किस्सा सुनाए ।तर, बन्दुकका बारेमा कुनै प्रतिक्रिया दिएनन् ।

सूर्यनारायणले ‘माल’ नभए अहिलेको हिसाबमा सात लाख रुपियाँ दिनु भने । ‘त्यसपछि भने गिरिजाबाबु मज्जैले हाँस्नु भयो’ मनोजले विगत सम्झे । गिरिजाप्रसादले लिनुअघि, अर्थात २५ वैशाख २००७ मा मोरङ गोस्वाराले २ वर्षका लागि उक्त बन्दुकको दर्ता इजाजत नविकरण गरेको थियो । २०६६ वैशाखमा बन्दुकका मालिक सूूर्यनारायणको निधन भयो । त्यसयता पनि उनका नाति (सभासद् मनोहरनारायण श्रेष्ठका दाजु) मनोजले भेटेजति कांग्रेसका ठूला नेतासँग ‘फिर्ता’ पाउने आसामा बन्दुकको प्रसंग उठाउन छाडेका छैनन् । २ वर्षअघि धनकुटा आएका कांग्रेस महामन्त्री प्रकाशमान सिंहसँग पनि मनोजले कुरा राखे । त्यसबेला प्रकाशमानले ‘भर्पाइ हेर्दै इतिहास सुरक्षित राख्नु भएको रैछ, राम्रो गर्नुभो’ मात्रै भने । मनोज भन्छन्, “भित्री मनबाट बन्दुक पाउने आसा मरिसकेको छैन् ।”

स्रोत : नेपाल साप्ताहिक

काठमाडौं,जेठ १७ । जीवित देवी कुमारीको हेरचाह गर्ने चिताइदारले आर्थिक अनियमितता गरेको आरोप लगाउँदै तलेजुका १० जना पुजारीले गुठी संस्थानमा निवेदन दिएका छन् । उनीहरुले हेरचाहको नाममा धर्मविपरीत कामबाट चिताइदार ज्ञानदेवी शाक्यको परिवारले महानगरक्षेत्रभित्र करोडौं मूल्यका तीनवटा घर बनाएका, ४ वटा मोटरसाइकल, नगद , सुन, चाँदी र गहना जोडी विदेशबाट समेत रकम लिएर आर्थिक अनियमितता गरेको निवेदनमा उल्लेख गरेको छ ।

मूल पुजारी उद्धव कर्माचार्यलगायतका पुजारीसँग सल्लाह नै नगरी मनपरी रुपमा कुमारीको पुजाआजा गर्ने गरेको आरेप निवेदनमा उल्लेख गरिएको छ । पुजारी परिवारले करिव दुई साताअघि गुठी संस्तानमा निवेदन दिएर कुमारीको समपूर्ण सम्पत्ति छानविन गर्न समेत माग गरेका छन् । चिताइदारले मनपरी रुपमा काम गरे नित्यलगायतका सम्पूर्ण पूजा रोक्न सक्ने मूल पुजारीले चेतावनी दिएका छन् । आजको नेपाल समाचार पत्र दैनिकमा खबर छ ।

काठमाडौं,जेठ १७ । २०७३ जेठ ६ गते भएको एकताले पूर्णता नपाउँदै माओवादी केन्द्रमा भाँडभैलो सुरु भएको खबर छ । पद बाँडफाँड तत्काल नमिलाउने हो भने भित्रभित्र भुसको आगो झैं सल्किएको असनतुष्टि बिस्फोट हुनसक्छ । बाबुराम भट्टराईबाट विद्रोह गरेर प्रचण्ड क्याम्पमा बसेका युवा नेता टोपबहादुर रायमाझी ‘हेप्नुको पनि हद हुन्छ, प्रचण्डलाई देखाइदिन्छु’ भन्दै असनतुष्टि पोख्दै हिँडेको खबर छ ।

सन्तुलन मिलाउने नाममा नारायणकाजी श्रेष्ठलाई बढी भाउ दिँदा बाबुराम बिच्किए, अहिले कुँडाकर्कटलाई लिएर कार्यालय बनाउँदा एउटा प्रवृति समेट्नु पर्दैन ? रायमाझीको असन्तुष्टि रहेको बताइन्छ । रायमाझीले आफूलाई पार्टीभित्रको बाबुराम प्रवृतिको नेतृत्व गरिरहेका छन् । रायमाझीमा केन्द्रीत हुन तार्किक नेता राम कार्की अझै सहमत भएका छैनन् । कार्कीसँग बाबुराम पक्षका अधिकांश नेताहरु रायमाझीसँगै छन् । आजको साँघु साप्ताहिकमा खबर छ ।

काठमाडौं,जेठ १७ । कांग्रेस र मधेसवादी दलहरुलाई प्रयोग गरेर ओली सरकार गिराउने दाउ तुहिएपछि तिल्मिलाएको भारत यो कार्ड उपयोगहिन भएसँगै के सोच्दै होला ? नेपालमा अनेक दाउपेच रचेर अस्थिरता निम्त्याउँदै आएको भारत के अब चाहिँ थोककै हो त ? नेपाल मामलामा भारतको आगामी कदमबारे अनेक आशंका र प्रश्नहरु उब्जिरहेको बेला नयाँदिल्लीले गुप्त रुपमा काठमाडौंमा विशेषदूत पठाएर राजनीतिक चलखेल सुरु गरेको दावी स्रोतले गरेको छ ।

स्रोतका अनुसार, भारतको विगतको दबदबा चिर्न चिनियाँ पक्ष नेपालको हरेक मामलामा हावी हुन थालेपछि झस्किएको भारतले जसरी भएपनि ओली सरकार गिराउनु पर्ने निष्कर्श निकाल्दै केही विशेष दूतहरुलाई यसको जिम्मा दिएर नेपाल पठाएको चर्चा एकथरीले गरेका छन् । ‘अर्कोथरी स्रोत भन्छ– पूर्वराजा ज्ञानेन्द्र शाहको नयाँदिल्ली दौड र राजतन्त्र पुर्नस्थापनाको खेल सुरु भएको राजनीतिक हल्ला चलेपछि दलहरुलाई सचेत गराउँदै राजतन्त्र पुर्नस्थापनाको खेललाई तुहाउने विशेष मिसन बोकेर आलोक जोशीको विशेष टिम काठमाडौं आउको बताउँछन् ।’ आजको साँघु साप्ताहिकमा खबर छ ।

१७ जेठ, मुगु ।
मुगु लगायत कर्णाली अञ्चलका ५वटै जिल्लाहरुमा खडेरीले हिँउदे र बर्षे बाली उत्पादनमा भारी गिरावट आए पछि खेती पातीको भरले जिवन गुजारा गर्दै आएका दुर दराजका जनताहरु हाल भोकै बस्नु पर्ने बाध्यता देखिएको छ ।

मुगु जिल्लामा रहेको नेपाल खाद्यासंस्थानको गोदाम्मा भने हाल ६ हजार ७ सय क्वीन्टल चामल मौज्दात रहेको नेपाल खाद्यासंस्थान शाखा कार्यालय मुगुका प्रमुख टेक प्रसाद रेग्मीले बताउनु भयो ।

कुनै बेला ५ केजी चामलको लागी जिल्ला प्रशासन कार्यालय धाउने गरेका मुगुका जनताहरु मुगुमा गाडी पुगे यता सदरमुकाम लगायत आसपासका गाउँका मानिसहरु गमगढी बजारमा रोजेर चामल लगायतका खाद्य प्रदार्थहरु खरिद गर्ने गरेका छन् भने खेतीको भरमा मात्र जिबन यापन गर्ने ग्रामिण भेगमा बसोबास गर्ने जनताहरुलाई भोगमरीले छाक टार्न समेत मुस्किल भैरहेको बताईएको छ ।

बेरोजगारी समस्या झेली रहेका गाँउका युवाहरु झनै भोगमरी शुरु भए पछि जिल्लाका सयौं युवा शक्ति भारत पलायन भएकाछन् ।

१७ जेठ, मुस्ताङ ।
हिमाली क्षेत्रका उच्च लेकहरुमा पाईने यार्चागुम्बा नामक बन्य जडिबुटिको कमि देखिएको छ ।

विश्वमा देखिदै गएको जलवायु परिवर्तनका कारण नेपालका उच्च हिमाली लेकहरुमा हिउँदमा हिमपात नहुदा जमिनको तापक्रम बढ्न गई यार्चामा खडेरी लाग्न थालेको हो ।

बिगत बर्षहरु झै पर्याप्त मात्रामा यो सिजन यार्चा नपाईने सकेत देखिए पछि टाढा टाढाबाट यार्चा खोज्न जानेहरु चिन्तित देखिएका छन् ।

विशेषतःहिमाली क्षेत्रहरु—मनाङ,डोल्पा,मुस्ताङ लगायतका उच्च लेकहरुमा यार्चागुम्बु पाईने गर्दछ।यार—वर्षा,चा—घाँस हो भने गुम्बुको अर्थ दैवि स्वरुप मानिन्छ।हिउँदको चिसो समय झुशिल्किरा आकारको किरा हुने र गर्मि याममा विकसित हुदै घासको रुपमा देखा पर्ने वनस्पति हो।यो सुक्ष्म रुपमा जमिनको चिसो सतहमा पाईने गर्दछ ।

पातलो आकार झलक्क हेर्दा खुर्सा्नि जस्तो देखिने यार्चागुम्बु नामक जडिबुटी अक्सर औषधिको रुपमा प्रयोग हुने गर्दछ ।

यार्चालाई दैनिक दुधमा मिसाएर खादा शारिरीक स्फुर्ति बढ्ने वताईन्छ । त्यस्तै यार्चालाई बिकसित देशहरुले आर्युवेदिक औषधि बनाउन केमिकलको रुपमा प्रयोग गर्ने गर्दछन् ।
चीन, जापान, हङकङ्ग र थाईल्याण्ड आदी देशमा यार्चा जडिबुटिको ठूलो मात्रामा निकासी हुँदै आएको छ ।

बर्षेनी मुस्ताङ, मनाङ र डोल्पा जिल्लाका लेकहरुमा यार्चा खोज्नका लागी रुकुम, रोल्पा, जाजरकोट, धादिङ र बाग्लुङ जिल्लाका मानिसहरु पुग्ने गरेको पाईन्छ। उनीहरु खाने, बस्ने लगायतका प्रबन्ध मिलाएर जाने गर्दछन् ।

बर्षेनी यार्चाको खरिद बिक्रिमा मुल्य सन्तुलित देखिएको छैन । प्रति गोटा यार्चा दुई सय देखि पन्ध्र सय सम्म पर्दछ भने प्रति केजि यार्चा बिस देखि तिस लाख सम्म पर्ने गर्दछ।गत बर्ष भुकम्पका कारण यार्चा खरिद बिक्रि सन्तोषजनक नभएको स्थानिय जेबिल गुरुङले बताए ।

बर्षेनी उनले दुई लाख सम्मको यार्चा टिप्ने गरको उनको भनाई छ ।

बिशेषतःहिमाली लेकहरु अन्नपुर्ण संरक्षण एक्यापको मातहतमा रहने भएता पनि यार्चागुम्बुको फुकुवा स्थानिय तहमा गाउँ समाजले गर्दे आएको छ ।यार्चा खोज्नका लागि गाउँको नियम अनुसार तोकिएको शुल्क तिरेर पुर्जि लिनुपर्ने हुन्छ ।

पुर्जि लिएकाहरु दुई महिना सम्म लेकमा बसेर यार्चा खोज्न जुट्दछन् । जोमसोममा पुर्जिका लागि पाच हजार र डोल्पा र मनाङमा बिस हजार सम्मको पुर्जि काट्नु पर्ने हुन्छ ।

मुस्ताङ जिल्ला अन्तरगत जोमसोम, मुक्तिनाथ, लुप्रा, झोङ, छुसाङ, टुकुचे र कोवाङका लेकहरुमा धमाधम पुर्जि फुकुवा गरिए लगत्तै सयौको सख्यामा मानिसहरु लेक तर्फ प्रस्थान गरेका छन्।यार्चा सङ्कलनका लागि व्यापारीहरु बर्षेनी लेकमा नै पुग्ने गर्छन् ।

१७ जेठ, पाचथर ।
जिल्लाको आङनामा गाविस १ मा सोमबार जंगली च्याउ खाएर सिकिस्त बिरामी भएका मध्ये उपचारको क्रममा आज पनि एक जनाको मृत्यु भएको छ ।

बिराटनगरको नोबल अस्पतालमा उपचार गर्ने क्रममा आङना –१ की ३९ बर्षीय मनकुमारी माङलाकको आज मृत्यु भएको हो। यसअघि हिजो ४५ पदममाया माङलाक र उनका १३ बर्षीय छोरी कबिता माङलाक र ५ बर्षीय छोरी सोनी माङलाकको उपचार गर्न लैजाने उपचारको क्रममा बाटो मै मृत्यु भएको थियो ।

जंगली बिसालु च्याउ खाएर पाँचथरमा सोमबार यता तीन परिवारका पाँचको मृत्यु भएको हो ।

यसैगरी पाँचथर थर्पु –६ मा जंगली च्याउ खादाँ शनिबार एक बालिकाको मृत्यु भएको छ भने अन्य चार जना सिकिस्त बिरामी रहेका छन् ।
च्याउ खाएर मृत्यु हुनेमा थर्पु –६ का धनबहादुर माबोकी ११ बर्षीय छोरी एलिजा माबो रहेकी छन् ।

त्यस्तै १६ बषीर्य छोरी पुष्पा माबो, ९ बर्षिय छोरी सुलोचना माबो र ६ बर्षीय प्रशान्त माबो सिकिस्त बिरामी रहेका छन् । उनीहरुको थप उपचार धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भइरहेको छ ।
उनीहरुले शुक्रबार राती जंगलबाट ल्याएको जंगली च्याउ खाएको बताइएको छ ।

पप्पु गुरुङ्-१७ जेठ, कञ्चनपुर ।

महाकाली नदीमा डुबेर एक भारतिय नागरिक बेपत्ता भएका छन् । भारतको लालकुवा, हल्दवान, राजनगर ग्राम पञ्चायत निवासी अन्ताजी ३० वर्षिय बिनोद स्यामवाल महाकाली नदीमा डुबेर बेपत्ता भएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ ।

हिजो अपरान्ह करिब ३ बजेर ३० मिनेटमा ६ जना साथी संग मदिरा सेवन गरेर महाकाली झोलुङ्गे पुलको २ सय मिटर उत्तर दिशामा नदीमा तैरिने क्रममा आज बेपत्ता भएको भारतिय नागरिक स्यामवालका साथीहरुले जनाएका छन् ।

बेपत्ता स्यामवालको खेजी कार्यमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानिय तथा परिवारजन लागेको बताईएको छ् ।

काठमाडौं,जेठ १७ । प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकारले बजेट कार्यान्वयन गर्ने दाबी गर्दै सरकारको नेतृत्व परिवर्तन गर्ने विषयमा एमाओवादीसँग कुनै पनि प्रकारको गोप्य सम्झौता नभएको स्पष्ट पारेका छन् । संसद् भवन नयाँ बानेश्वरमा आइतबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले नयाँ सरकार गठनका विषयमा कुनै सहमति नभएको प्रस्टीकरण दिएका छन् ।

द्विविधा नराख्नुस्, कुनै सम्झौता भा’छैन यो बजेटपछि सरकार फेरिन्छ भन्ने हल्ला चलाइएको छ, तपाईंहरू कोही पनि त्यो भ्रममा नपर्नुस् । सरकारको नेतृत्वका विषयमा एमाओवादीसँग कुनै गोप्य सम्झौता भएको छैन । आजको नयाँ पत्रिका दैनिकमा बर छ ।

काठमाडौं,जेठ १७ । ६ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाएर आलोचित नेकपा (माओवादी केन्द्र) ले ३ सय केन्द्रीय सदस्य थप्दै हजार बनाउने तयारी गरेको छ । केन्द्रको सोमबार बस्ने बैठकले त्यसको निर्णय लिनेछ । माओवादी केन्द्रको संगठनात्मक विधि र नेतृत्व प्रणालीबारे टुंगो लगाउन वर्षमान पुनको नेतृत्वमा गठित उच्चस्तरीय कार्यदलले यसको तयारी गरेको हो ।

जेठ ६ गते १० माओवादी समूह मिलेर बनेको माओवादी केन्द्रको केन्द्रीय समितिमा पर्नेमा अधिकांश कनिष्ठ नेता रहेको भन्दै एकीकृत माओवादीबाट आएको पक्षले आक्रोश पोखेपछि पुनको कार्यदल दबाबमा परेको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।