बजेटमा एमालेको एकलौटी

काठमाडौं,जेठ १७ ।  माओवादी केन्द्रले बजेटमा आफ्ना सुझाव नपरेको भन्दै आलोचना गरेको छ । सिंहदरबारस्थित संसदीय दलमा बसेको माओवादी हेडक्वार्टरका ९ सदस्यसहितको संसदीय दल बैठकले प्रधानमन्त्री ओलीसँग अध्यक्ष पुष्पकमल दाहालले गरेको ९ बुँदे सहमतिको प्रतिविम्ब बजेटमा नआएको, शान्ति प्रक्रियाका बाँकी कार्यभार पुरा गर्ने, युद्धकालका सहिदका परिवार, घाइते र बेपत्ता परिवारलाई १० लाख दिने आश्वासन दिइए पनि बजेटमा त्यो नआएको भन्दै नेताहरुले आलोचना गरे । कान्तिपुर दैनिकमा समाचार छ।

बैठकमा बोल्दै दाहालले सहमतिको भावनाअनुरुप सरकारले चल्न नखोजेको, प्रधानमन्त्री र अर्थमन्त्री विष्णु पौडेलले एमालेकै मात्र सरकार बनेको जस्तो शैली देखाएको भन्दै आपत्ति जनाएका थिए । ‘माओवादीले पाएका कृषि, ऊर्जा, शिक्षा मन्त्रालय अन्तर्गत योजना पारिएका छैनन, परेका मध्येमा पनि बजेट कम छ,’ दाहाललाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘समग्रमा बजेट सकारात्मक त छ, तर उहाहरुको शैली ठिक हुँदै भएन । यो त पूरै एकलौटी भयो ।’

दीक्षित परिवारले लुकाएको जग्गा सरकारको नाममा ल्याउन अख्तियारको निर्देशन

काठमाडौं,जेठ १७ ।  साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित र उनको परिवारको नाममा रहेको १८ रोपनी गैरकानुनी जग्गा सरकारको नाममा ल्याउन अख्तियारले भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ ।  रानी जगदम्बाकुमारी राणाबाट सरकारको नाममा आउनुपर्ने जग्गा दीक्षित परिवारले आफ्नो नाममा सारेको प्रमाणसहित अख्तियारले आइतबार मन्त्रालयलाई निर्देशन दिएको स्रोतले जनाएको छ ।

मदन पुरस्कार पुस्तकालय र जगदम्बा प्रेसका नाममा रहेको जग्गा मात्र होइन, पाटन क्याम्पसको नाममा रहेको जग्गा पनि दीक्षित परिवारले आफ्नो नाममा सारेको अख्तियारको दाबी छ । पुल्चोकस्थित अत्यन्तै महँगो क्षेत्रमा रहेको सरकारी जग्गा व्यक्तिले लुकाएर राखेको भेटिएपछि तत्काल फिर्ता गराउन निर्णय गरिएको अख्तियारको दाबी छ ।

दीक्षित परिवारको स्वदेश तथा विदेशमा रहेको थप अकुत सम्पत्तिमाथि छानबिन भइरहेको स्रोतले जनाएको छ ।

जगदम्बाले सरकारलाई दिएको जग्गा पुल्चोकस्थित श्रीदरबार, श्रीमहल परिसर र उपत्यकाको विभिन्न स्थानमा रहेका पाँच सय ९८ रोपनी जग्गामध्ये ५८ रोपनी जग्गा आफूले राखेर रानी जगदम्बाले बाँकी सम्पूर्ण जग्गा सरकारका नाममा कायम गरिदिन स्वेच्छिक घोषणा गरेकी थिइन् ।

०२१ मा भूमिसुधार ऐन लागू भएपछि हदबन्दीभन्दा माथि रहेको जग्गा सरकारको नाममा कायम गरिदिन रानी जगदम्बाले घोषणा गरेकी थिइन् । नयाँ पत्रिका दैनिकमा समाचार छ।

हेपाहा भारत । नेपाल आफैँले गर्ने निर्माण भारतलाई अस्वीकार्य

काठमाडौं,जेठ १७ ।  नेपाल-भारत संयुक्त प्राविधिक समिति (जेएसटीसी) को गत शुक्रबार नयाँदिल्लीमा सम्पन्न पाँचौं बैठकमा सुनकोसी-कमला डाइभर्सनलाई सप्तकोसी उच्च बाँधको संयुक्त अध्ययनबाट अलग गर्न भारतले अस्वीकार गरेको छ। नेपालले सप्तकोसी उच्च बाँधको प्याकेजबाट सुनकोसी कमलालाई हटाई आफैले अध्ययन गरी निर्माण सुरु गर्न भारतलाई प्रस्ताव गरेको थियो। भारतीय पक्षले दुई देशका प्रधानमन्त्रीबीच भएको समझदारीअनुसार सुनकोसी कमलाको अध्ययन भइरहेको विषय जेएसटीसीको कार्यादेश (म्यान्डेट) भित्र नपर्ने भएकाले अस्वीकार गरेको बैठकमा नेपाली पक्षको नेतृत्व गरेका सिँचाइ मन्त्रालयका सहसचिव माधव बेलबासेले बताएको आजको अन्नपूर्णमा समाचार छ । उनले नेपाल भारत सप्तकोसी उच्च बाँध अध्ययनसम्बन्धी गठित संयुक्त आयोजना कार्यालय (जेपीओ) को म्याद आगामी फेब्रुअरीसम्म रहेको र त्यस अवधिभित्र भारतीय पक्षबाट सुनकोसी कमलाको प्रतिवेदन आउनसक्ने सम्भावना रहेकाले पनि जेएसटीसीको बैठकमा घनीभूत छलफल भए पनि निर्णय नभएको बताए।

बेलबासेका अनुसार आगामी फेब्रुअरीसम्म सुनकोसी कमलाको भारतीय पक्षबाट अध्ययन प्रतिवेदन प्राप्त भए नेपाललाई अध्ययन गर्न लाग्ने समय र लागत बचत हुने बताए। ‘प्रतिवेदन आउने सम्भावना छ, नआए हामी आफैं गर्न सरकारले बजेट वक्तव्यमार्फत बन्दोबस्ती गरिसकेको छ,’ बेलबासेले आइतबार अन्नपूर्णसँग भने। भारतको उच्च प्राथमिकतामा रहेको सप्तकोसी उच्च बाँधको अध्ययन गर्दा सुनकोसी-कमला डाइभर्सनको पनि अध्ययन हुनुपर्ने नेपाली पक्षले नै आग्रह गरेपछि यो विषय भारतीय पोल्टामा परेको सिँचाइका अधिकारी बताउँछन्। त्यतिबेला नेपालले नदी डाइभर्सन (एक नदीको पानी अर्को नदीमा लगेर मिसाउने) सम्बन्धी कुनै अध्ययन गरेको अनुभव नभएका कारण भारतलाई जिम्मा दिएको थियो।

हाल नेपालले भेरी-बबई डाइभर्सन अध्ययन पूरा गरी निर्माणका क्रममा पुर्‍याएको छ भने कालीगण्डकी-तिनाउ, सुनकोसी-मरिन र राप्ती-कपिलवस्तुजस्ता नदी बेसिन स्थानान्तरणसम्बन्धी आयोजना अध्ययनलाई तीव्रता दिएको छ।सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा समेत सुनकोसी-कमला डाइभर्सनलाई नेपाल सरकार आफैंले अध्ययन गरी विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) गर्ने र निर्माण कार्य सुरु गर्ने उल्लेख गरेको छ। सुनकोसीको ७२ घनमिटर प्रतिसेकेन्ड पानीलाई कमलामा मिसाउँदा एक लाख ३८ हजार क्षेत्रमा वर्षभरि सिँचाइ सुविधा उपलब्ध हुने अध्ययनले देखाएको छ। यसबाट पूर्वको सप्तरीदेखि पश्चिमको सर्लाही र महोत्तरीसम्म सिँचाइ सुविधा उपलब्ध भएमा कृषि उत्पादनमा व्यापक वृद्धि हुने भएकाले नेपाल सरकारले यसलाई उच्च प्राथमिकतामा राख्दै आएको हो । सिन्धुलीको खुर्कोटमा ब्यारेज बनाई १६.९ किलोमिटर सुरुङ खनेर ६१ मेगावाट विद्युत् उत्पादन गर्नेसमेत योजना छ।

नेपाल र भारतले संयुक्त रूपमा सन् १९९७ देखि कोसी उच्च बाँधको अध्ययनसँगै सुनकोसी कमला डाइभर्सनलाई पनि एउटै प्याकेजमा राखिएको हो । तीन सय मिटर लामो र एक सय ९५ वर्गकिलोमिटरको जलाशय निर्माण हुने गरी भारतले उच्चबाँध अध्ययन सुरु गरेपछि स्थानीय राजनीतिक दलका कार्यकर्ताको विरोधका कारण ठप्प छ । यही घानमा सुनकोसी कमला डाइभर्सन परेपछि नेपाल आफैंले बनाउन चाहेको हो।

यसबाहेक जेएसटीसीको बैठकमा कोसी-गण्डकका समस्या समाधान गर्न संयुक्त प्राविधिक संयन्त्र बनाउने सहमति भएको छ । टोली नेता बेलबासेका अनुसार नेपालले कोशी र गण्डक संरचना निर्माण गर्दा अझैसम्म क्षतिपूर्ति (बालीको समेत) नपाएको, भारतले एकपक्षीय रूपमा संरचनाका मर्मत गर्दा गुणस्तर नियन्त्रण नभएको, नेपालले सम्झौताअनुसार पानी नपाएको विषय बैठकमा राखेको थियो।

नेपाली पक्षको आग्रह स्वीकार गर्दै भारतले कोसी-गण्डकका सबालमा संयुक्त संयन्त्र (नेपाली प्राविधिकको समेत संलग्नता) बनाउन सहमत भएको हो । यसअघि कोसी-गण्डकका मामिलामा भारत आफैले मात्र काम गर्दै आएको थियो।

आईपिएलको उपाधि हैदारावादलाई, बैंगलोर घरेलु मैदानमै पराजित

काठमाडौं,जेठ १६ । इन्डियन प्रिमियर लिग (आईपिएल) को उपाधि सनराइज हैदारावादले जितेको छ । बैंगलोरको घरेलु मैदान चिन्नास्वामी स्टेडियममामा आईतवार भएको फाईनलमा रोयल च्यालेन्जर्स बैंलोरलाई ८ रनले हराँउदै उपाधि हात पारेको हो । टस जितेर व्याटिङ गर्दै हैदरावादले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको बैंगलोर २ सय रनमा समेटिदै उपाधि गुमाउन पुग्यो । बैंगलोरको लागि पहिलो विकेटका लागि विराट र गेलले ११४ रनको साझेदारी गरेपनि उपाधि दिलाउन सकेनन् ।

तेस्रो नम्बरमा आएका एबिडि ब्लेयर्सले ५ रन बनाएर आउट भए। यस्तै टिमका लागि के एल राहुल र शेन वाट्सनले समान ११-११ रन बनाए। हैदारावादका लागि बेन कटिङले २ तथा विपुल शर्मा,रहमान र विरेन्द्र शरणले समान १-१ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदारावादका लागि डेभिड वार्नरले सर्वाधिक ६९ रन बनाए। यस्तै बेन कटिङले बिस्फोटक ब्याटिङ गर्दै १५ बलमा ३८ रनको नटआउट पारी खेले। यस्तै युवराज सिंहले ३८ रन बनाए। शिखर धवनले २८,युवराज सिंहले ३८ रन,बेनले नट आउट ३९ बनाउनु बाहेका अन्नले राम्रो प्रदर्शन गर्न सकेनन् ।बैलोरका लागि क्रिश जोर्डनले सर्वाधिक ३ विकेट लिए। यस्तै अर्बिन्दले २ तथा चहलले १ विकेट लिए।

क्याम्पसको रकम दुरुपयोग गर्नेविरुद्ध मुद्दा दायर

१७ जेठ, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बडीमालिका क्याम्पस कलदेवमाडौँका क्याम्पस प्रमुख नवराज जैसी र लेखापाल लालबहादुर रावलले रु ३७ लाख ७१ हजार  भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार क्याम्पस प्रमुख जैसी र लेखापाल रावलले विभिन्न आर्थिक वर्षमा क्याम्पसमा प्राप्त भएको रकमको झुठा बिल भर्पाइ बनाई बद्नियतपूर्वक भ्रष्टाचार गरेको पाइएको छ ।

आयोगले भ्रष्टाचार गरेको रकम बडीमालिका क्याम्पसलाई नै दिलाउन उनीहरुबाटै असुलउपर गर्न र बिगोबमोजिम जरिवाना गर्नसमेत माग गरेको छ ।

रेडियो नेपालद्धारा फुलबारी तथा लोकदोहोरी गीत सम्मेलन आयोजना

१७ जेठ, काठमाडौं ।
गणतन्त्र दिवशको उपलक्ष्यमा आज रेडियो नेपालमा फुलवारी तथा लोक दोहोरी गीत सम्मेलनको आयोजना गरेको छ ।

गृहमन्त्रलयसँगको सहकार्यमा रेडियो नेपालले आयोजना गरेको सम्मेलनमा सास्कृतिक सस्थान र लोक दोहोरी प्रतिष्ठानका कलाकारहरुले चेतना मुलक गीत, विभिन्न भाषाका र दोहरी गीत प्रस्तुत गर्नुभएको थियो ।

सम्मेलनको उद्घाटन गर्नुहुदै गृहमन्त्री शक्तिवहादुर वस्नेतले भाषिक विविधतालाई सम्वोधन गर्ने प्रयास स्वरुप फुलबारी सम्मेलन गरिएको वताउनुभयो ।

गृहमन्त्री वस्नेतले सवै भाषा र वर्गका जनताको समान अधिकार प्राप्तिका लागि स्थापना भएको गणतान्त्रिक व्यवस्थालाई जनताको जीवनसँग जोडेर अघि वढनु पर्ने वताउनुभयो ।

सूचना तथा सञ्चार मन्त्रलयका सचिव दिनेशकुमार थपलियाले सामाजिक जागरणका लागि रेडियो नेपालले सधै अग्रिणी भूमिका निर्वाह गर्दै आएको वताउनुभयो ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले जनचेतना जागृत गर्ने कार्यमा रेडियो नेपाल सधै क्रियाशिल रहने वताउनुभयो ।

सास्कृतिक सस्थानका महाप्रवन्धक राजेश थापाले कला र सस्कृतिको विकासका लागि सास्कृतिक सस्थान रेडियो नेपालसँग सधै सहकार्य गरेर अघि वढन तयार रहेको वताउनुभयो ।

काँग्रेस भन्छ-‘बजेट कार्यान्वयन हुनै सक्दैन’, कुन नेताले के भने ?

१७ जेठ, काठमाडौं ।
नेपाली काँग्रेसले ‘आर्थिक अनुशासन तोडेर ल्याइएकाले आर्थिक वर्ष २०७३/७४ बजेट कार्यान्वयन हुन नसक्ने निष्कर्ष निकालेको छ ।

व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आज बसेको काँग्रेस संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले बजेटमा कार्यान्वयनका लागि नीतिगत एवम् संरचनागत व्यवस्था नभएकाले कोरा कल्पनामा सीमित हुने ठहर गरेको छ ।

छलफलमा नेताहरू विमलेन्द्र निधि, डा। रामशरण महत, महेश आचार्य, डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत, भरतबहादुर खड्का लगायतले हचुवामा ल्याइएकाले बजेटले मुद्रास्फीति बढाई अर्थतन्त्रलाई डाँमाडोल बनाउने बताउनुभयो ।

कर्मचारीको तलब वृद्धि र सांसदको कोठा भाडा वृद्धिलगायत विषय राम्रै भए पनि यसले साधारण खर्च बढाउने एवम् महँगी बढ्ने बैठकले ठहर गरेको छ ।

काँग्रेस नेता रमेश लेखकले चुनावमुखी, पार्टीगत नारा एवम् सस्तो लोकप्रियताका लागि बजेटमा कार्यक्रम ल्याइएको बताउनुभयो । चालु आर्थिक वर्षमा छुट्याइएको बजेट अहिलेसम्म २० प्रतिशत पनि खर्च नभएकाले पनि आगामी आवकोे महत्वाकाङ्क्षी बजेट कार्यान्वयन नहुने धारणा नेताहरूले राखेको नेता लेखकले बताउनुभयो ।

बजेटको आकार र प्राथमिकताको सूचना अघिल्लै दिन सञ्चारमाध्यमबाट सार्वजनिक भएकाले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नैतिक रूपमा राजीनामा दिनुपर्ने माग गरेको नेता रमेश लेखकले बताउनु भयो ।

‘पर्वतारोहणसँगै सरसफाइलाई पनि ध्यान दिनु जरुरी’

१७ जेठ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आव २०७३/७४ को बजेटले नेपालको विकासलाई तीव्रताका साथ अघि बढाउन नयाँ दृष्टिकोण पेस गरेको बताउनुभएको छ ।

नवौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा मूल समारोह समितिले आज राजधानीमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बजेटले हरेक क्षेत्रलाई उत्साहित बनाएको र पर्यटन क्षेत्रलाई पनि प्रोत्साहन थपेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री भन्छन्-‘राष्ट्रको ढुकुटी जनताको उन्नतिका लागि वितरण गर्न मुखी बजेट ल्यायौं’

१७ जेठ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको करबाट संकलन राष्ट्रको ढुकुटी जनताको उन्नतिका लागि नदिएर अर्थ मन्त्रालय र राष्ट्र बैंकमा पोको पारेर राख्न नचाहेकोले सरकारले वितरणमुखी बजेट ल्याएको वताउनु भएको छ ।

बजेटबारे छलफल गर्न नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले बुझाएको पैसा जनताको उत्थान र देशको विकासका लागि खर्च गर्न थालेकाले त्यसमा सहयोग गर्न आग्रह गर्नु भयो ।

प्रधानमन्त्री ओलीले विकासको प्रस्थान वर्ष बनाउने नीतिका साथ इतिहासमै सर्बश्रेष्ठ बजेट ल्याएको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले बजेटपछि सरकार ढल्ने हल्लाका पछि नलाग्न सांसदहरुलाई आग्रह गर्दै सरकारको नेतृत्वका विषयमा माओवादीको नेतृत्वसँग कुनै गोप्य सम्झौता नभएको बताउनु भयो ।

प्रधानमन्त्रीले बजेट राम्रो छ भन्न प्रतिपक्षी दलका नेताहरुलाई दलीय अप्ठेरो परेकोले उहाँहरुको विरोध गर्ने अधिकारलाई आफूले सम्मान गर्ने बताउनु भयो ।

कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिपक्षलाई बजेट मन नपरेको नभई  सरकारले बढी लोकप्रियता प्राप्त गर्ने चिन्ताले आलोचना गरेको बताउनु भयो ।

एमाले प्रमुख सचेतक भानुभक्त ढकालले बजेट एकदमै राम्रो भएकोे जनमत भएकाले सबै सांसदलाई बजेटका पक्षमा दृढतापूर्वक उभिन निर्देश गर्नुभयो ।

सीसीआरसीलाई स्किम्स कप

काठमाडौं, जेठ १६ । सीसीआरसी ‘बी’ ले प्रथम स्किम्स कप खुला थ्री बाइ थ्री छात्र बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । महाराजगन्ज, चक्रपथस्थित आयोजक स्किम्सको कोर्टमा भएको फाइनलमा सीसीआरसीले नासालाई २१–१८ ले पराजित ग¥यो । सीसीआरसीको जितमा आशिष बस्नेत र थिलेन शेर्पाले समान १०–१० तथा करण केसीले १ अंक जोडे ।

हिमालयन ह्याप्पी चाइल्ड एकेडेमी (एचएचसीए) ले तेश्रो स्थानमा चित्त बुझायो । एचएचसीएले गोल्डेनपिकलाई २१–१८ ले हरायो । विजेताका प्रवीण राई र रुपेश खड्काले समान ८–८ स्कोर गरे ।

शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाण पत्र प्राप्त गरे । सीसीआरसीका आशिष बस्नेत ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।

विजेतालाई नेपाल बास्केटबल संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र थापा, स्किम्स विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेबबहादुर खड्का, प्रिन्सिपल आरपी खतिवडा, निर्देशक खगेन्द्र ढकाललगायतले पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा ३२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रधानमन्त्रीले पेनाल्टी मिस गर्दा मुख्य सचिवको टिम विजयी

काठमाडौं,जेठ १६ । गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री– ११ र मुख्य सचिव– ११ बीच आयोजित मैत्रीपूर्ण फुटबलमा मुख्य सचिवको टिम आइतबार विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मुख्य–सचिव टिमले प्रधानमन्त्री टिमलाई ३–२ गोलले पराजित ग¥यो ।

निर्धारित ६० मिनेटको खेलमा मुख्य–सचिवको तर्फबाट सिचाईं मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले २ तथा लोक सेवा आयोगका  सचिव माधव रेग्मीले १ गोल गरे । प्रधानमन्त्रीको टोलीबाट कानून मन्त्री अग्नि खरेल र श्रम तथा रोजगार मन्त्री दीपक बोहराले १–१ गोल गरे ।

चिल्ड्रेन मोडेल च्याम्पियन

काठमाडौं,जेठ १६ । नेपाल चिल्ड्रेन मोडेल स्कुलले तेश्रो इन्डो–नेपाल कराते प्रतियोगिताको उपाधि आइतबार जितेको छ । चिल्ड्रेन मोडेलले ११ स्वर्ण जित्दै टिम च्याम्पियनको उपाधि उचाल्यो ।

नेपाल गोजुकाइ कराते डो संघद्वारा आयोजित प्रतियोगितामा भारत दोश्रो भयो । भारतले २ स्वर्ण, २ रजत र २१ कांस्य हात पा¥यो । तेश्रो बनेको नेपालको नेसनल स्कुलले २ स्वर्ण र १ रजत प्राप्त ग¥यो ।

बालुवाटारस्थित चिल्ड्रेन मोडेल स्कुलमा भएको प्रतियोगिताको पुरुषमा नेसनलका प्रतीक श्रेष्ठ तथा महिलामा चिल्ड्रेन मोडेलकी प्रीति वाइबा उत्कृष्ट खेलाडी चुनिए ।

विजेतालाई आयोजक संघका सल्लाहकार प्रमोद भट्टराई, आयोजक संघका अध्यक्ष अशोक पाण्डेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा नेपालका २ सय १ र भारतका ३३ गरी जम्मा २ सय ३४ खेलाडीले १७ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web